mainpageads

पारसको अवस्था 'आशा मात्रै' ...


काठमाडौं, फागुन ११ (नागरिक)- हृदयघातपछि अचेत पूर्वयुवराज पारस शाहको उच्चज्वरो नियन्त्रणमा आए पनि स्वास्थ्यमा उल्लेख्य सुधार आएको छैन। बैंककस्थित समितिभेज अस्पतालको सिसियुमा उनी अझै अचेत अवस्थामा छन्। पारसकी बहिनी प्रेरणासँगै बैंकक गएका डा. राजीव शाहीको रेखदेखमा उनको उपचार भइरहेको छ।
बिहीबार राजीवबाहेक अरु कसैले उनलाई भेटन पाएनन्। राजीव निकटस्रोतका अनुसार बुधबार बेलुका पारसलाई अस्पतालकै सुविधासम्पन्न शाखामा लगिएको छ। बुधवार बेलुका बढेको ज्वरो बिहीबार दिउँसोसम्म सामान्य अवस्थामा फर्किएको छ। बुधबारको परीक्षणमा केही बढेको मुटुको आकार बिहीबार सामान्य देखिएको छ।
चिकित्सकका अनुसार बढी रक्तश्राव हुँदा मुटु सुन्निन्छ र आकार ठूलो हुन्छ। पारसको स्वास्थ्यस्थित तलमाथि भइरहेपनि चिकित्सक त्यति आशावादी नदेखिएको स्रोतले बतायो। 'हामीले आशा मात्र गर्ने हो,' थाई चिकित्सकलाई उद्धृत गर्दै स्रोतले भन्यो।
मुटु रोगको उपचारमा संलग्न एक नेपाली चिकित्सकका अनुसार हृदयघात भएको व्यक्तिको ज्यान जोगाउन एक घन्टा महŒवपूर्ण समय हो। त्यस समयमा कुनै नतिजा नआए स्वास्थ्य अवस्था जटिल बन्दै जान्छ। 'यस्तो बेला एक घन्टा गोल्डेन टाइम हो,' ती चिकित्सकले भने, 'यो समय लम्बिँदै जाँदा मुटुका सेल पनि मर्दै जान्छन्।'
पारसको स्वास्थ्यस्थितिबारे समाचारमा सार्वजनिक भइरहेका स्वास्थ्य विवरणमा समेत विरोधाभास देखिएको ती चिकित्सक बताउँछन्। मेजर हृदयघात भएको बेला तत्काल मुटुको शल्यवि्र्कया गरी भल्भहरूलाई खुलाउनु पर्नेमा तीन दिनसम्म शल्यवि्र्कया नहुनु आश्चयै भएको उनी बताउँछन्। 'अहिले सार्वजनिक विवरण चिकित्सकीय दृष्टिले विश्वसनीय देखिन्न,' उनले भने 'मूल कारण लुकाएझैं देखिन्छ।'
मंगलबार बेलुका थाइ समय अनुसार ९ बजे हृदयघात भएपछि पारसलाई अस्पतालमा भर्ना गरिएको थियो। आइसियुमा भर्ना गरिएका उनमा कुनै सुधार नआएपछि सिसियुमा सारिएको थियो। सुरुमा थाइल्यान्डमा रहेका गैरआवासीय नेपाली संघका प्रतिनिधिले पारसको हेरचाह गरे पनि बुधबार बहिनी प्रेरणासहित पूर्व राजपरिवारनिकट पाँच बैंकक पुगेका छन्।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts