प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनु बाध्यताः देउवा
१७ फागुन, कैलाली । नेपाली काँग्रेसका
वरिष्ठ नेता शेरबहादुर देउवाले प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व
दिनु बाध्यात्मक भएको बताउनु भएको छ । राजनीतिक निकासका लागि नै भएपनि
अहिलेको अवस्थामा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनुपर्ने अवस्था
रहेको देउवाको भनाई छ ।
प्रधानन्यायाधीशको नेतृत्वमा गठन हुने
सरकारले निष्पक्ष निर्वाचन गर्ने विश्वास व्यक्त गर्नुभयो । दलहरुबीच अन्य
विषयमा सहमति भएकाले जेठमै चुनाव हुने पनि उहाँले दाबी गर्नुभयो ।

0 comments
Write Down Your Responses