तीन वर्षपछि भेटियो लोग्नेले काटिदिएको नाक..
३
वर्षसम्म बिना नाक बाँच्न विवश एक इण्डोनेसियाली महिलाले अन्ततः नाक
प्राप्त गरेकी छिन् । एक जना विश्वचर्चित कलाकारले उनका लागि नाकको
व्यवस्था गरिदिएका हुन् ।
ओस्कार
विजेता कलाकार एलेक गिलिजले ती महिलालाई कृत्रिम नाक प्रत्यारोपण गराएर
उनलाई सम्मानसाथ बाँच्न पाउने अधिकार प्रत्याभुत गरेका हुन् । ३०
वर्षकी युसटिन्स नामकी ती महिलाको नाक ३ वर्षअघि घरायासी झगडाका क्रममा
आफ्नै लोग्नेले काटिदिएका थिए । त्यसपछि उनले नकटा भएर दुव्र्यवहार सहँदै
जिवन बिताएकी थिइन् । लाजले उनी घर बाहिर पनि निस्किन्नथिन् ।
उनको यो दुखद कहानीलाई अन्त्य गर्दै
कलाकार गिलिजले कृत्रिम प्रोस्थेटिक नाक तयार पारी उनमा प्रत्यारोपण
गराइदिए । विशेष इफेक्ट तयार पार्ने कलाकार गिलिजलाई यस कामका लागि सहयोग
गर्न ग्रोसमेन नामक संस्थाले गरेको आग्रह मुताविक उनले यस्तो काम गरेका हुन् ।
वास्तवमा गिलिजको काम नै फिल्ममा
कलाकारहरुलाई विचित्र रुप दिनका लागि कृत्रिम अंग बनाउनु थियो । उनले
फिल्ममा मात्र नभएर साँच्चीकै एक महिलाको लागि कृत्रिम नाक बनाएर जडान
गरिदिए र नयाँ जिन्दगी दिए । आफ्नो यो कामका लागि गिलिज पनि निकै खुसी छन् ।
कलाकारले बनाइदिएको उक्त नाक ती महिलाले आफै लगाउन र फुकाल्न सक्छिन् ।

0 comments
Write Down Your Responses