mainpageads

दिल्लीस्थित वेलायती दूतावासद्वारा क्रिकेट टोलीको भिसामा ढिलाइ


काठमाडौं, वैशाख ९- विश्व क्रिकेट लिग डिभिजन ३ खेल्न भोलि बर्मुडातर्फ प्रस्थान गर्ने नेपाली क्रिकेट टोली अझै भिसा कुरेर बसिरहेको छ। इन्डिगो एयरलायन्सबाट दिल्ली र ब्रिटिस एयरलायन्सबाट लन्डन ट्रान्जिट हुँदै नेपाली क्रिकेट टोली बर्मुडा पुग्ने कार्यक्रम रहे पनि दिल्लीस्थित वेलायती दूताबासले टोलीको ट्रान्जिट भिसा ढिलाइ गरेको हो।

नेपाल क्रिकेट संघका महासचिव अशोकनाथ प्याकुर्‍यालले कप्तान पारस खड्काको बर्मुडा भिसा अझै नआइ पुगेको बताए। बर्मुडाका लागि नेपाली टोलीले बेलायती भिसा नै आवेदन दिए पनि बाँकी टोलीको लन्डन ट्रान्जिटको बेलायती भिसा नै आएको छैन्। भिसाको लागि नेपाली टोलीले दिल्ली वेलायती दूताबासमा आवेदन गरेका छन्।

'हामी सोमबार साँझसम्म कुरेर बस्छौं। त्यसपछि के गर्ने निर्णय गर्छौं। त्यसै पनि हाम्रो हातमा केही छैन्,' प्याकुर्‍यालले भने, 'साँझ सम्म भिसा नआए हामी तालिका परिवर्तन गर्न बाध्य हुनेछौं। त्यसपछि हाम्रो तालिका एक दिन पछि सार्नेछौं।'


नेपालले अप्रिल २५ मा बर्मुडा ११ सँग अभ्यास खेल खेल्ने कार्यक्रम छ। सोमबार साँझसम्म भिसा नआएको खण्ड्मा बर्मुडा ११ सँगको अभ्यास खेल खेल्न नेपाली टोली बञ्चित हुनेछ। नेपालले अप्रिल २८ मा अमेरिकासँग खेलेर डिभिजन ३ को यात्रा सुरुआत गर्ने कार्यक्रम छ। डिभिजन ३ एकदिवसीय विश्वकप छनोटको आधार पनि हो।
बर्मुडा जाने नेपाली टोलीमा पारससहित, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल मण्डल, सुवाष खकुरेल, शरद भेषावकर, प्रदीप ऐरी, शक्ति गौचन, पृथु बाँस्कोटा, बसन्त रेग्मी, विनोद भण्डारी, सञ्जम रेग्मी, अमृत भट्टराई, चन्द्र साउद, राहुल विक छन्। त्यस्तै अफिसियलमा तारिणी विक्रम शाह (व्यवस्थापक), रमन सिवाकोटी (प्राविधिक विश्लेषक), पुबुदु दासानायके (प्रशिक्षक) र सुब्रमइएम (फिजियो) छन्। नेपाली टोलीसँगै क्यान अध्यक्ष टंक आङबुहाङ पनि जाँदैछन्।

श्रीलंकन मुलका दासानायके क्यानाडेली र फिजियो मलेसियाली भएकाले उनीहरुले भिसा आवेदन दिएका छैनन्। उनीहरुले बेलायत र बर्मुडामा आगमन भिसा सोझै पाउने छन्।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts