mainpageads

हाम्रो एक मात्र सपना विश्वकप खेल्नुः पारस खड्का


११ बैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ३ मा नेपाली टोलीको एकमात्र सपना विश्वकप क्रिकेटका लागि छनोट हुनु रहेको बताएका छन् ।
‘हामीलाई थाहा छ, प्रतिस्पर्धी टोलीले हामीलाई खेलका हरेक क्षेत्रमा चुनौति पेश गर्नेछन् र बर्मुडामा आएका सबै टोली क्षमतायुक्त छन्’ इन्टरनेशनल क्रिकेट काउन्सिल आईसीसीसँगको कुराकानीमा खड्काले भनेका छन्-’यहीँ बुझेर हामीले यसलाई निकै गम्भीर रुपमा लिएका छौँ र जितका लागि हरसम्भव प्रयास गर्नेछौँ ।’
आफुहरुलेे प्राप्त श्रोत साधनलाई प्रयोग गर्दै प्रतियोगितामा सफलता प्राप्त गर्न उच्चतम तयारी गरेको पारसको दाबी छ । नेपाली टोलीका सबै सदस्यहरुसँग घरेलु क्रिकेटको अनुभव मात्र रहेको भन्दै उनले आफुहरुले आइसीसीको र्यांकिङमा आउन ठूलो मेहेनत गरेको र विश्व कप क्रिकेटमा छनोट हुनु एकमात्र सपना रहेको बताए ।
‘नेपाली टोली एसोसिएट राष्ट्रहरुमध्ये उत्कृष्ट ६ स्थानसम्म रहन सक्षम रहेको दाबी पारसको रहेको छ । त्यसैले छनोटका लागि हामी आफ्नो अधिकतम क्षमताका साथ खेल्नेछौं’-कप्तान पारस भन्छन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts