mainpageads

हातखुट्टा बाँधेर बलात्कार


इनरुवा , वैशाख ९ (संज़ीप कार्की) - सुनसरीको पचिरामा १५ वर्षीयालाई हातखुट्टा बाँधेर रातभर बलात्कार गरिएको छ । वैशाख ५ गते बलात्कार  भए पनि प्रहरीले सार्वजनिक गर्न नचाहेकाले ढिलो थाहा भएको हो ।
पचिरा गाविसमा लागेको मेलाबाट फर्कने क्रममा उक्त साँझ सिमरिया गाविसकी ती किशोरीलाई सोही ठाउँका ३५ वर्षीय दिलीप चौधरीले पचिरास्थित बाँसघारीनजिक खेतमा लगेर हातखुट्टा बाँधी बलात्कार गरेका थिए ।
बेहोस भएपछि चौधरी छाडेर भागेका थिए । बिहानै खेतमा मूर्छित किशोरीलाई स्थानीय बासिन्दाले देखेपछि परिवारलाई खबर गरेपछि वैशाख ६ मै इलाका प्रहरीमा जाहेरी दिए पनि प्रहरीले दर्ता गर्न नमानेको परिवारले जनायो । कोशी अञ्चल अस्पतालमा उपचारपछि किशोरी आइतबार घर फर्किएकी छन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts