mainpageads

इमर्जिङ कप क्रिकेटको तयारीका लागि २२ खेलाडी छनोट

काठमाण्डौ । सिंगापुरमा हुने एसीसी इमर्जिङ कप क्रिकेटको तयारीका लागि बन्द प्रशिक्षणका लागि पहिलो चरणमा २२ खेलाडी छनोट भएका छन् । आगामी अगष्ट १७ देखि सिंगापुरमा हुने इमर्जिङ कप क्रिकेटलाई मध्यनजर राख्दै पहिलो चरणको बन्द प्रशिक्षणका लागि पूर्व कप्तान विनोद दास सहित २२ खेलाडी छनोटमा गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
बन्द सत्रका लागि विनोद दाससहित नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का, सुवास खकुरेल, शरद भेषावकर,ज्ञानेन्द्र मल्ल, अमृत भट्टराई, पृथु बाँस्कोटा, शक्ति गौचन, संजम रेग्मी, वसन्त रेग्मी, रामनरेश गिरी, जितेन्द्र मुखिया, सागर पुन, विनोद भण्डारी रहेका छन् ।
यसैगरी नरेश बुढाऐर, प्रदीप ऐरी, चन्द्र साउद, यज्ञमान कुमाल, अनिल मण्डल, राहुल विश्वकर्मा, महेश क्षेत्री र अविनाश कर्ण पनि पहिलो चरणको छनोटमा परेका छन् । बन्द प्रशिक्षण असार २६ गतेदेखि काठमाडौंमा सुरु हुने क्यानले जनाएको छ । इमर्जिङ कप क्रिकेट अगामी अगष्ट १७ देसिख २५ सम्म सिंगापुरमा हुनेछ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blogger news

Recent Posts