श्रीप्रसाद पण्डित, पूर्वरजिष्टार (सर्वोच्च अदालत)
गत एक महीनादेखि महिला हिंसा विरुद्धको
आन्दोलनले नेपालमा गति लिएको छ । तर, यही अवधिमा बोल्नेको पीठो बिक्ने,
बोल्न नसक्नेको चामल पनि नबिक्ने भनेझैं गरीव असहाय महिलाविरुद्ध भएका
हिंसा भने ‘आफ्नी छोरी नखरमाउली, तन्नेरीलाई दोष’ भनेजस्तो आभाष हुन थालेको
छ । समाज र राज्यप्रति कुनै कानूनी दायित्व नभएका अधिकारवादीहरुलाई यस्ता
गरीव असहाय महिलाविरुद्ध भएको हिंसाले ‘श्राद्धमा बिरालो बाँध्ने’जस्तो
औपचारिकता निर्वाह गराउनुबाहेक केही गर्न सकेको देखिएन ।
राज्यसंयन्त्रमा बलशालीहरुको पहूँचले
गर्दा गरीव असहाय महिलाहरु आफूउपर भएको हिंसालाई पीडितकै गल्तीका कारणले
पीडितले हिंसा सहनुपरेको हो, बाह्य कारणले होइन भन्ने सुन्न बाध्य पार्न
लागिएको छ । यथार्थमा महिला हिंसाको नारा उचाल्दै बालुवाटार वा सिंहदरबार
घेर्न जाने, त्यसरी जुलुसले खिचेको तस्वीर वा भिडिओ क्लीपमार्फत् आफ्नो
संस्थालाई आर्थिक सहयोग गरिरहेका आफ्ना अन्नदाता (मालिक ?) का रुपमा रहेका
अन्तर्राष्ट्रिय दातृ निकायलाई पठाउने र त्यसकै आडमा भोलि विदेशी मुद्रामा
मोटो रकम पुरस्कारको रुपमा लिने साधन भएका छन् गरीव र असहाय महिलाहरु ।
पीडितलाई न्याय दिलाउन अन्तिम अवस्थासम्म लागी रहने, दोषीलाई सजाय दिलाउन
प्रत्येक दिन हुने कानूनी कारबाहीको अनुगमन र ताकेता गर्ने र सर्जमीन गर्दा
पीडितका मान्छेका भनाइ राख्न दिनेदेखि लिएर फोरेन्सिक प्रयोगशालामा पनि
झारा टार्ने काम गरिन्छ भन्ने कुराका लागि अधिकारकर्मी सूर्योदयदेखि
सूर्यास्तसम्म अनुगमन गरिरहने फुर्सद अधिकारकर्मीलाई छैन । अथवा, यसो गर्नु
यिनीहरुको कर्तव्य नै होइन ।
भोलाकुमारीको मुद्दा
काभ्रेपलान्चोककी भोलाकुमारी चौलागाईलाई
यही काठमाडैंामा मारिएछ र नुवाकोटको रानीपौवा नजिक लगेर आत्महत्या गरेर
मरेको भन्ने पार्नलाई रुखमा झुण्ड्याइएछ, । कुनै अधिकारकर्मी संलग्न नभएको
त्योबेलामा काभ्रेका महिलाहरु स्वतःस्फूर्त रुपमा प्रत्येक दिन जुलुस गर्दै
राज्य संयन्त्रका आधिकारिक निकायसमक्ष लगातार विरोध प्रदर्शन गर्थे र
त्यतिखेर दोहोर्याएर पोष्टमोर्टम परीक्षण गरिएको थियो र नुवाकोट जिल्ला
अदालतमा कर्तव्य ज्यान मुद्दा चलेर ज्यान मारेको ठहर फैसला भई अहिले
पुनरावेन परी मुद्दा पुनरावेन अदालत पाटनमा विचाराधीन रहेको छ ।
सरस्वतीको कथा
यतिबेला डा. रेणु राजभण्डारीले आफूहरुले
सरस्वती सुवेदीको दोहोर्याएर पोष्टमोर्टम गराउन सरकारलाई इतिहासमै
पहिलोपटक बाध्य बनाएर बहादुरी गरेको कुरा टेलिभिजनबाट अन्तर्वार्ता
दिनुभएको सुनियो । उहाँले ‘काटें मुसाको कान, जोगाएँ ससुराको धान’ भनेझैं
गरे पनि सरस्वती सुवेदीको मृत्युलाई आत्महत्या नै हो भनी प्रमाणित गराउन
के-के हुनसक्थ्यो भन्नेतिर रेणुजीको ध्यान पुगेको देखिएन ।
अनामनगरमा एक व्यक्तिको घरमा घरेलु
कामदारका रुपमा त्यही घरले उपलव्ध गराएको टहरोमा छोरीका साथमा बस्ने गरेकी
सरस्वती सुवेदी (घरमा बोलाउने नाम ललिता हो) घट्टेकुलोकी हुन् । म पनि
घट्टेकुलोकै बासिन्दा र उनीहरुको छिमेकी भएको नाताले बाहृयरुपमा देखिने
त्यो परिवारको केही कुरा अरु छिमेकीसरह परिचित नै छु । यिनीहरु झापातिरका
हुन् । एउटा मात्र छोरा अकालमै मरेकाले पुत्रशोकबाट भुलिन्छ कि भनी
राजधानीमा छिरेका रहेछन् सरस्वतीका पिता माता । उनका माता-पिता विगत ५-६
वर्षदेखि घट्टेकुलामै बस्दै आएकाछन् । सरस्वती र उनकी बहिनीले आफ्ना बृद्ध
मातापिताको पालन पोषणमा छोरालाई नै बिर्साउने गरी भरथेग गरिरहेका थिए ।
आर्थिक दृष्टिले अत्यन्त सकसपूर्ण जीवन गुजारा गरिरहेको त्यो परिवार
अर्काको भाँडा माझेर, सुत्केरीलाई तेल लगाइदिने काम गरेर र प्रत्येक शनिवार
५-६ घरमा लुगा धोएर जीवन गुजारा गर्दै आएको छ । सरस्वती सुवेदी त्यो
परिवारको जेठी छोरी थिइन्, २२ वर्षको कल्कलाउँदो उमेरमा नै नियतिले उनलाई
विधवा बनायो एउटी छोरी काखमा सुम्पेर । आज उनकी छोरी ९ वर्षकी भै सकेकी
छिन् ।
वारदातमा बुझ्नुपर्ने कुराहरु
सरस्वती सुवेदीको मृत्यु सम्बन्धमा
राज्यले गरिरहेको अनुसन्धानको क्रममा थुनामा रहेका व्यक्तिका आफन्तहरुले
‘अनामनगर समाज’का नाममा सो परिवारको चरित्रहत्या गरेको र उनीहरुलाई थुनामा
राखेको भन्दै सिंहदरबार दक्षिणढोका अगाडि प्रदर्शन गरे । पढाइमा अत्यन्त
तेजिला छोरालाई समेत हिरासतमा राख्दा उनको पढाइ बिगि्रयो भनेर राज्यबाट
क्षतिपूर्ति समेत माग गरियो ।
विरोधका क्रममा सरस्वती सुवेदीको
दुई-दुईचोटि शव परीक्षण गर्दा पनि झुण्डिएर नै मृत्यु भएको भन्ने
पोष्टमार्टम रिपोर्टले देखाइसकेको अवस्थामा सरस्वतीले आत्महत्या नै गरेकी
हुन् भन्ने निचोड निकालिएको छ । राजधानीबाट निस्कने पत्रिकाले पनि जनमत
सिर्जना गराउनका लागि आशंकित परिवारमाथि अन्याय भएकै हो भनी अदालतले
भन्नुअघि नै आत्महत्याको निश्कर्ष निकाले ।
आरोपी परिवारले आफ्नो निर्दोषिता प्रमाणित
गराउन आँफैले जे गरिरहेको छ, त्यो कानुनसम्मत हुनुपर्छ । हुन सक्छ, उनीहरु
निर्दोष नै होउन् । त्यो परिवारले सरस्वती जुन वस्तुको पासो लगाएर
झुण्डिइन् भनेको छ, त्यो पासो नै काटिदियो भने सरस्वती सुवेदीलाई बचाउन
सकिन्छ कि भन्ने नाममा पासो काटिदिएको भनेका छन् । सरस्वती शौचालयभित्र
छिरिछन् रे, धेरैबेर भयो निस्किनन् भनेर केही भयो कि भन्ने शंकाले ढोका
फुटाएरभित्र पस्दा त झुण्डिएको अवस्थामा देखिइन् रे । मान्छेलाई कब्जियत
हुन सक्छ, शौचालयभित्र पसेको मान्छे कति समयभित्र निस्केन भने ढोका फोरेर
भित्र छिर्नु पर्छ भन्ने मापन सो परिवारले गर्यो ? एउटी महिला शौचालयभित्र
पसेको थाहा हुँदाहुँदै किन भित्र छिरियो ?
पोष्टमार्टम रिपोर्टको सीमा
सरस्वतीको घाँटीमा भएको चोट हेर्दा
झुण्डिएको कारणले मृत्यु भएको भन्ने पोष्ट मार्टमरिपोर्टलाई चुनौती दिन
नसकिएला । तर, आँफै झुण्डिएको हो कि झुण्ड्याइएको भन्ने कुरा पोष्टमार्टम
गर्ने डाक्टरले भन्न सक्दैनन्, यो कुराको निक्र्यौल प्रमाण र घटनास्थल
समेतको परिवेश एवं पस्थितिको मूल्यांकन गरेर मात्र हुन सक्छ र यस्तो
निक्र्यौल गर्ने निकाय भनेको अदालत नै हो ।
भन्नु परोइन, फाँसीको सजाय पाएर मृत्युवरण
गर्न विवश व्यक्तिको पनि पोष्टमार्टम गर्दा सरस्वतीको जस्तै झुण्डिएका
कारणले मृत्यु भएको भन्ने नै निस्कन्छ । तर, यसको मतलव फाँसी पाएको
व्यक्तिले आत्महत्या गरेको भन्ने निश्कर्ष निकाल्न मिल्छ र ? आफैं
झुण्डिइन् कि अरुले झुण्ड्यार मार्यो भन्ने कुराको अनुसन्धान प्रहरीले
मात्र गर्न सक्छ ।
सरस्वतीको त्यो अवस्था देखेपछि तुरुन्तै
प्रहरीलाई खबर गर्नुपर्ने थियो । घटनास्थल सिंहदरबारको महानगरीय प्रहरी
बृत्तबाट हिँडेर पनि तीन मिनेटभन्दा टाढाको दूरीमा छैन । सरस्वतीको
खुट्टालाई अँगालोले बाँधेर अलिकति उचालिदिएको भए भक्तपुरबाट नै आउनुपरे पनि
प्रहरी नआउञ्जेल सरस्वतीलाई यथावस्थामा राख्न सकिन्थ्यो । सरस्वती करीव ३२
वर्षकी युवती थिइन् । राजा त्रिभुवनको र महेन्द्रको उमेर १४ वर्षको फरक
थियो भने घरबेटीको उमेर पनि भरखर ५४ वर्षको मात्रै रहेछ । उनीहरुको
संम्बन्ध जे जस्तो रहे पनि सरस्वतीको अस्वाभाविक मृत्युपछि यस्ता शंकाहरु
उठ्नु अस्वाभाविक होइन । यस्तो अवस्थामा सरस्वतीको मृत्यु सम्बन्धमा
प्रमाणलाई नष्ट हुनबाट जोगाई अनुसन्धान कार्यमा प्रहरीलाई सहयोग गरी आफ्नो
निर्दोषिता सिद्ध गर्न प्रयत्नरत हुनुपर्नेमा आफ्नो सम्बन्ध प्रभावशाली
व्यक्तित्वहरुसँग भएको भन्ने आडमा घटनालाई आत्महत्या नै सिद्ध गर्न
पहिलेदेखि नै लागिपरेको जस्तो देखियो । सुनिए अनुसार त्यस परिवारको सम्बन्ध
त्यस्तो अत्यन्त बलशाली प्रहरी अधिकृतसँग जोडिएको चर्चा पनि छ जसले झण्डै
झण्डै बाबुराम भट्टराईलाई नै प्रधानमन्त्रीको कुर्सीबाट हुत्याइदिएको थियो
राजनैतिक समीकरण नै उनको कारणले बदलिन्छ कि भनेर । उनको हस्तक्षेप नहुन पनि
सक्छ, तर, खोरमा बाख्रो हराउनु र वनमा बाघ कराउने घटना एकसाथ भएकोले
समाजले शंका गर्नु बेमुनासिब पनि त थिएन ।
सरस्वती घरेलु नोकर थिइन् । उनी पनि
डेकेन्द्र थापाझैं एउटा पत्रकार वा प्रभावशाली परिवारको भएको भए आज यो
देशको संक्रमणकालले नै निकास पाउने गरी आन्दोलन हुने थियो, सञ्चार माध्यमले
सरस्वतीको मृत्युलाई अर्कै कोणले हेर्ने थियो कि ?
आत्महत्याको जुरिस्प्रुडेन्स
मोदीको मेडिकल जुरिस्प्रुडेन्स (Medical
Jurisprudence, 22nd Edition page 620) ले भन्छ, मान्छेले त्यसै आत्महत्या
गर्दैन । मनोचिकित्सकहरु र उक्त जुरिस्प्रुडेन्सका अनुसार आत्महत्या गर्ने
व्यक्तिले खास प्रकृति पहिलेदेखि नै देखाएका हुन्छन् । बराबर डाक्टरकहाँ
लगिरहेको हुनुपर्छ । धेरै पहिलादेखि नै यस्ता व्यक्तिमा निराशापन देखिन्छ,
कसैसँग बोल्न मन गर्दैन, बाँच्न मन नलागेको कुरा गर्छ, इत्यादि लक्षणहरु
देखिन्छन् । आत्महत्या गर्नेको सुइसाइड नोट पनि प्रायः भेटिने गर्छ ।
भेटि्टए पनि उसका हस्ताक्षर हो कि होइन भन्ने परीक्षण गर्नुपर्छ ।
पासो लगाउनलाई सिलिङ्गको उचाइ कति थियो,
केमा चढेर सिलिङ्गमा पासो अड्काइयो, पासो कत्तिको बलियो थियो, जमीन र
खुट्टाको दूरी कति फरक थियो ? इत्यादि प्रश्नहरुको पनि पूरा जाँच गरिएको
हुनुपर्छ । महिलाले आत्महत्या गर्दा कुनै पुरुष सदस्यसँग अन्तरंग सम्बन्ध
थियो कि भन्ने शंकालाई निवारण गर्नको लागि मृतकको गुप्तांगको रांंैलाई
काँगियो कोरेर डि.एन्.ए. परीक्षण गराउनु पर्छ । त्यस्तो रांैमा अरु
व्यक्तिको रौं पनि भेटि्टन्छ कि भनेर हेर्नुपर्छ । महिलाको शरीर र ओछ्यानमा
समेत वीर्यको चिन्ह छ कि छैन भनेर बैज्ञानिक जाँचसमेत गराउनुपर्छ ।
नेपालमा कानूनको शासनको व्यंग्य गर्दै कवि भीमनिधि तिवारीले लेखेका यी शब्द कालजयी छैनन् त ?
सडकबीच कुकुर बस्छ, उसको ज्यानै जान्छ,
त्यही ठाउँमा साँढे बस्छ, मोटर घुमी जान्छ ।
पुण्यप्रसाद भट्टराई
अघिल्लो लेख मैले न त महिलाको पक्षमा
लेखेको थिएँ न त पुरुषको पक्षमा । मैले त एउटा अवस्था देखेँ जहाँ पीडा थियो
र त्यसलाई विश्लेषण मात्र गरेको हुँ । किनकि हामी मान्छेका आँखा दुःखमा
रसाउँछन् र सुखमा विस्फारित हुन्छन् । अन्याय गर्ने माथि भन्दा अन्यायमा
पर्नेमाथि सहानुभूति जान्छ । हामी त्यति नै रुन्थ्यौँ यदि रावण सत्यको
पक्षमा थियो र रामले असत्यको पक्षमा रहेर मन्दोदरीको हरण गरेको थियो भने ।
हामी सीता नाम गरेकी महिलामाथि भएको दूराचारका कारण मात्र रोएका होइनौ,
त्यो दूराचार जस्को भएको भएपनि अन्यायमा हाम्रो आँखा रसाउँछ, चाहे त्यो
दूराचार महिलामाथि होओस् वा पुरुष माथि । मेरो लेख त्यही बलात्कारीको
बयानवाट शुरु भएकाले होला धेरै सकारात्मक टिप्पणी आएका थिए । त्यही
टीप्पणीले अर्को लेख लेख्न जागरुक गराएको छ ।
यो विषय महिला र पुरुष बीचमा सीमारेखा
लगाएर गाली गलौज गर्ने विषय जस्तो लाग्दैन । केही मानिसहरुले महिला र पुरुष
वीचमा यो विषयलाई राखेर ‘कुरुप पुरुषत्व’को दोष दिन पनि पछि परेनन् ।
पुरुषत्व आफैँमा कुरुप बन्दैन कुरुप पार्ने सामाजिक तत्वहरु हामीवीचमा नै
रहेको छ । भारतमा एउटा बसमा भएको सामूहिक बलत्कारको साक्षी बनेका एक
पुरुषको पुरुषत्वका हिसाबले के दोष थियो र ? मेरो लेखको एउटा निचोड हामी
महिला, पुरुष र तेस्रो लिङ्गीद्वारा निर्मित समाजमा बसेका छौँ र यहाँको
महिलाको सुन्दरता, पुरुषको पुरुषत्व र तेस्रो लिङ्गीको पहिचानलाई
उजिल्याउने जिम्मा हाम्रो हो र त्यसका लागि हामीले हाम्रो घरलाई सुुसँस्कृत
बनाउने प्रयास गर्यौँ भने पूरा हुनेछ भन्ने थियो । वास्तवमै यो साँचो हो
कि जसको घरमा सँस्कार छ, त्यहाँ गरिबी भए पनि कहिल्यै महिला हिँसा र कुरुप
पुरुषत्वले बास गर्न सक्दैन । त्यस घरका सन्तान सुसंस्कृत हुन्छन् । कसलाई
कहाँ कति सम्मान गर्ने भन्ने कुरामा उनीहरुले घरबाट सिकेका हुन्छन्,
जुनकुरा विश्वविद्यालय गएर सिकिने हैन ।
बास्तवमा नै बलात्कृत हुने बढी महिला नै
हुन् । बलात्कारीहरु समाजका त्यस्ता शत्रु हुन्, जसले सान्तानोत्पादनको
अमूल्य प्राकृतिक पद्धतिलाई आफ्नो बसमा पारेर यो प्राकृतिक प्रकृयामा
दुराचार मात्र गर्दैनन् समाजमा सामाजिक परिचालनको सुमधुरतामा अँकुश लगाउने
कार्य गर्दछन् । हामी यतिबेर राजनीतिक बहसभन्दा पनि एक कदम अघि उठेर यस्का
बारेमा बहस पैरबी गरिरहेका छौँ । बलात्कारीका विरुद्धमा प्लेकार्डसहित
नारावाजी गरिरहेका छौँ । शायद बलात्कारीलाई कारवाही गर्न कस्तो कानून
ल्याउन सरकारलाई दवाव दिने भनेर राजधानीको कुनै पाँचतारे होटलमा गोष्ठी
सम्मेलन समेत गरिरहेका छौँ । कुरुप पुरुषत्वलाई धिक्कार्दै बलात्कारीको
शरीरमा किरा परोस् भनेर सराप दिइरहेका छौ । तर, सत्य यो हो कि जवसम्म हामी
बलात्कारको विरुद्धमा नलागेर केवल बलात्कारीको विरुद्धमा लागिरहन्छौ यस्ता
घटनाले समाजलाई आक्रान्त पार्न छाड्छ जस्तो लाग्दैन ।
हामी गुरुत्वाकर्षणका बारेमा कहिल्यै कुरा
गर्दैनौ, केबल बस्तुको तौलको थपघटमा विवाद गरिरहन्छौँ । जसले
गुरुत्वाकर्षणका बारेमा, चुम्वकीय बलरेखाका विषयमा विश्लेषण गर्यो, उसले
नै हवाइजहाज बनायो र मलाइ त लाग्छ त्यही अरुले बनाएको जहाजमा चडेर हामी
हाम्रो क्षमता नाप्दै मच्ची मच्ची गफ गरिरहेका छौ । यथार्थतालाई कहिल्यै
भुल्न सकिन्न । यथार्थतालाई लत्याउनु भनेको आत्मसमर्पणको मार्गमा जानु हो ।
जसरी विश्वमा सदियौ पुराना विराशत पनि यथार्थतालाई चिन्न र स्वीकार गर्न
नसकेर निमिट्यान्न भएका छन् । एकातर्फ केही जानकारहरु मानवअधिकारका
दस्तावेजका केही धारा पढेर र विकसित मुलुकमा भएको फेसनशोलाई टीभी हेरेर
हाम्रो अधिकारको वकालत गरिहेका छन् भने अर्कातिर आधापेट खाएर लाज मात्र
ढाक्न भएपनि दिनरात दुख गर्ने मानिसहरु यही भूगोलभित्र रहेका छन् । केही
मानिसहरु यहाँ खुलापन, आधुनिकताको कुरा गर्दै समाजमा अधिकारको क्याप्सुल
बाँडिरहेका छन् भने भोकै हिँड्ने मान्छेहरु शारिरीक आवश्यकता पुरा गर्ने
क्याप्सुल मागिरहेका छन् । विद्वान अब्राहम मास्लोको आवश्यकताको
सिद्धान्तलाई हेर्ने हो भने यहाँ कतिपय उनका प्रथम आवश्यकता (खाना नाना र
छाना)का लागि मरिहेका छन् भने केही चौथो आवश्यकतालाई पुरा गर्दै पाँचौ
आवश्यकता पुरा गर्ने होडमा छन्, र यी दुइ गरिब र धनी वीचको दुर्गम दूरीका
कारण समाजमा यस्ता घटना घटेका छन् । तथापि हामी ‘कुरुप पुरुषत्वको’
ब्यवसायिक र राजनीतिक जार्गन अगाडि ल्याएर यसको समाधान खोज्न प्लेकार्ड,
होटल, सडक र शब्दको दुरुपयोग गरिरहेका छौँ । मलाइ त लाग्छ महिलाहरुमाथिको
सहानुभूति बेचेर हामी काठमाण्डौको पाँचतारे होटलमा बहस गरिरहेका छौँ ।
जन्मेको बाह्र बर्ष नपुग्दै पेटका कारण विदेशमा यौवन बेच्ने महिलाहरु बस्ने
रसुवाको यार्सामा, सोलुखुम्बुको गुदेलमा महिला अधिकार पुर्याउन
सक्नुपर्छ, तवमात्र बलात्कार कम हुन्छ र महिला अधिकारको सही उपयोग हुन्छ ।
हामी केही जानकारहरु, हातमा आइफोन र
एण्ड्रोइड बोकेर मानव अधिकारका बहस गरिरहेका छौँ, महिला अधिकारका बहस
गरिरहेका छौँ र दाह्रा किटिरहेका छौँ ती बलत्कारीका विरुद्धमा । यतिबेर
सयौँ महिलाहरु हाम्रै सडकपेटीमा खुलेका बारहरुमा पेटका कारण बलात्कृत छन् ।
खाडी मुलुक जाने आधा महिला पेटकै कारण बलात्कृत छन् । उनीहरुका बारेमा
कसले सोच्ने ? के उनीहरुको पेटका कारण भएको यो दुर्दशा चाहीँ बलात्कारको
परिभाषा भित्र पर्दैन ? यदि बलात्कारीको विरुद्धमा मात्र सोच्ने हो भने यो
शोषण बलात्कारको परिभाषाभित्र पर्दैन । त्यसो हो भने हामी बलात्कारको
विरुद्धमा लाग्न जरुरी छ, जसका लागि ‘कुरुप पुरुष मानसिकता’मात्र हैन
‘कुरुप सामाजिक मानसिकता’ खराब छ । केही अँग्रेजी बोल्न जान्ने र महिला
अधिकारका दस्ताबेजका केही धारा रटेर आफ्ना छोराछोरीलाई खुल्ला सडकमा
प्रेमराग र यौनराग सहितको खुल्लापन पढाउने अभिभावक र भोकभोकै शरिर बेच्न
हिडेका महिलाहरु जिम्मेवार छन् । त्यसैगरी यस्ता समाजका निर्लज्ज खुलापन
देखेर निर्दोष, असक्त र समाजको इज्जतको बोझले थिचिएका महिलामाथि जाइलाग्ने
‘दुशासन’ जस्ता फटाहा पुरुष सबैभन्दा जिम्मेवार छन् । यिनैका प्रभावका कारण
शालीन र सभ्य महिला पनि बलात्कृत भएका छन् ।
हामी हर प्रश्नलाई सामान्यीकरण गरेर हेर्न
अभ्यस्त भएका छौँ । कुनै पत्रकार, निजामती, न्यायाधीश वा महिलामाथि भएको
एउटा दुराचारलाई सिँगो सगठनसँग जोडेर अरुका विरुद्ध उत्रन्छौँ । हामीले
बुझ्न जरुरी छ, त्यो पत्रकार, निजामती, पुरुष वा महिलाको पनि संगठनबाहेक
ब्यक्तिगत पहिचान छ । समयअनुसार उसको विभिन्न सामाजिक उपस्थिति रहन्छ र
सोही उपस्थितिसँगै उसका कार्यहरु उप्रति उत्तरदायी बन्दछन्, ब्यवहारिक
हैसियतमा ऊ बाबु, आमा, काका, काकी, शत्रु, मित्र होला । द्रोणाचार्य आफ्ना
छोरा अश्वस्थामालाई हर सवालमा सोध्ने गर्दथे ‘तिमी यो प्रश्न कसलाई गर्दैछौ
गुरु वा पिता ?’ यसको मतलब सामान्य रुपमा बाहेक एक महिला, निजामती वा
पत्रकार वा अन्य कुनै निश्चित पेशाकर्मीका विविध स्वरुप हुन्छन् । उसको
कुनैपनि स्वरुपमा रहँदा भएको हिँसाको कारण सिँगो उसको बर्ग वा सँगठन नहुन
सक्छ । उसको ब्यवहारिक पारिवारिक कारण पनि हुन सक्छ । कतिपय मुद्धाको
अनुसन्धानबाट स्पष्ट भइसकेको छ, कतिपय यस्ता सामाजिक सगठनका ब्यक्तिमाथिको
दुराचार केवल उसकै पारिवारिक कारणबाट मात्र भएको पनि हामीले देखेका छौँ ।
यसकारण हामीले अब महिला र पुरुष वा पत्रकार, न्यायाधिश, निजामतीका रुपमा
हैन, कि खराब ब्यक्ति र सज्जन ब्यक्तिका आधारमा समाजका हरेक कार्यको
मूल्याँकन गर्न जरुरी छ ।
बहुचर्चित चलचित्र टाइटानिककी नायिका
रोजलाई उनी राम्री भएकाले मात्र दर्शकले मन पराएका हैनन्, उनको सामाजिक
सत्यताप्रतिको त्यागका कारण पनि हो, त्यसैगरी हामीले यो पनि बुझ्नुपर्छ कि
आफूलाई हाइपोथर्मियाबाट मृत्युको मुखमा पुर्याएर भए पनि रोजलाई बचाउने
यायावर (ज्याक)को हृदय कार्लको सम्पत्ति र महिलाप्रतिको दृष्टिकोण भन्दा
सयौगुणा महान छ, र उनी -पात्र ज्याक) पनि पुरुष नै हुन् । त्यसैगरी
धृतराष्टको राजसभामा द्रौपदीको बस्त्र हरण गरिरहेका दुशासनबाट द्रौपदीको
लाज बचाउने श्रीकृष्ण पनि महिला थिएनन् । यस्तो लाग्छ अब हामी महिला भएकाले
महिलाको पक्षमा बोल्छौं र उनीहरुको सम्पूर्ण सामाजिक बेथितिलाई क्षमा
गर्छौं । पुरुष भएकाले पुरुषको पक्षमा बोल्छौँ । यदि सत्य र अन्यायका
पक्षमा बोल्ने हो भने महिलाले पुरुषको र पुरुषले महिलाको संबेदनशीलतामा
बोल्न र आँशु खसाउन सक्नुपर्छ । आफ्नो अवस्था, समय, सामाजिक, आर्थिक र
राजनीतिक विकासको धरातलअनुरुप श्लीलता र अश्लीलताको मूल्यांकन र परिभाषा
हुन्छ, त्यसैगरी खुलापनको स्वीकार्यता । जुन देशका मानिसहरुमा धनी र
गरिबवीचको दुरी नै छैन, त्यस देशमा नाँगै हिड्नु पनि श्लील ठहरिएला, तर
हाम्रो जस्तो देशमा समाजका केही मर्यादालाई अधिकारको कवचले छोप्ने प्रयास
गर्दै अश्लीलतालाई श्लील देखाउन खोजिएका कारण पनि यस्ता घटना घटेका हुन्,
जुन मेरो अघिल्लो लेखको अन्तर्वस्तु थियो ।
बलात्कारका घटनाका दोषी महिला र पुरुष
दुबै हुन् । समाजको सामान्य नियम र नैतिकता भूलेर सम्पत्तिको दम्भमा
महिलालाई खेलौनाका रुपमा सोच्ने केही दुशासन जस्ता ब्यक्तिहरु समाजका दोशी
हुन्, त्यस्ता ब्यक्तिलाई पुरुष नभनेर राक्षस भने हुन्छ । त्यसैगरी महिला
आमा हुन्, दिदी बहिनी, छोरी, भान्जी सबै हुन् उनीहरुको सम्मान गर्नुपर्छ
भन्दैमा कंसजस्तो राक्षसलाई दूध पिलाउने र पवित्र मातृवात्सल्यसहितको दुधमा
विष मिलाई नन्दगाउँका अवोध सारा बच्चा सखाप पार्ने पूतना (श्रीकृष्ण
चरित्र, महाभारत)जस्ता मान्छेलाई महिला सृष्टिकर्ता हुन् भनेर पुजा गरिरहनु
पर्दैन । पूजा गर्नलाई पुज्य हुनुपर्छ । अधिकार र सम्पत्ति अनि पश्चिमी
संस्कृतिको दम्भमा सामान्य सामाजिक मर्यादा पनि भूलेर माझ सडकमा नाँगै
हिड्ने र समाज भड्काउने पुतनाहरुलाई पनि हामीले महिला अधिकारको नाममा पुजा
गरिरहनुपर्छ जस्तो लाग्दैन ।
समाज सञ्चालनका केही आधारभूत नियम छन्,
जुन आदिकालदेखि चलेको छ । बैज्ञानिकले गरेको डिजिटल विकासको दम्भमा यस्ता
आधारभूत नियमलाई नाघ्ने हो भने संसार उल्टो घुम्ने छ । तसर्थ शालीन र सभ्य
समाज निर्माण गर्ने भए पुरुष र महिलाले आफ्नो कर्तब्य पालन गर्न आवश्यक छ ।
स्वतन्त्रतासहितको कर्तव्यपालनालाई दासता भनिँदैन, त्यो त समाजको लगाम हो,
जसले घर, परिवार र समाज हुँदै विश्व सुधार्छ ।
म पुरुष हुँ, मैले भनेको महिलाले
मान्नुपर्छ भन्ने दम्भी ब्यक्तिलाई समाजले तिरस्कार गर्न सक्नुपर्छ र
सजायको भागिदार बनाउनुपर्छ । त्यसैगरी महिला हँु, स्वतन्त्रता मेरो अधिकार
हो भनेर म जति पनि नाङ्िगन पाउनु पर्छ, पुरुषले चाहिँ आफूलाई सम्हाल्न
सक्नुपर्छ, भन्ने हो भने आदिमकालमा भएका धर्मयुद्ध, शक्तियुद्ध जस्तै अब
महिला र पुरुषवीच महायुद्ध नहोला भन्न सकिन्न । किनकि आफ्नै अघि सार्वजनिक
स्थलमा नाँगै महिला हिडिँरहँदा सबै पुरुषले बेद पढेर बस्न सक्लान् जस्तो
मलाई लाग्दैन । तसर्थ हामीले गाली गलौज गर्दैमा, मैले कलम धस्दैमा समाज
सुधार हुँदैन । हामीले आफ्नो सामाजिक कर्तब्यको पहिचान गर्न सक्नुपर्छ र
त्यसको पालना गर्न सक्नुपर्छ । समाजलाई पुरुष र महिलाको सीमारेखाले
छुट्याउन खोजेर रामराज्य पाउन सकिन्न ।
महाभारतमा एउटा कथा यस्तो छ, कुन्तीले
आफ्नो चन्चलता थाम्न नसकेर उम्लिइरहेको यौवन सूर्यलाई सुम्पिइन् जसको
फलस्वरुप कुमारी अवस्थामा जन्म दिएकी कर्णलाई समाजको डरले नदीमा बगाइन् ।
त्यसैको फलस्वरुप कर्णले गुरु द्रोणबाट शिक्षा पाएनन् । यसै सामाजिक
गल्तीका कारण दानवीर कर्ण गुरु परशुरामबाट श्रापित हुन पुगे । त्यही लुकेको
पीडाका कारण उनले बीच सभामा द्रौपदीलाई नांगो पार्न दुर्योधनलाई सघाए । के
यो दृष्टान्तलाई महिला र पुरुषको सीमामा राखेर तुलना गर्न सकिन्छ ? के
यहाँ समाजको दोष छैन ? यौवनको चञ्चलता सम्हाल्न नसक्नुमा कुन्तीको के दोष
थियो र ? के महिला वा पुरुषबिनाको एकल समाज परिकल्पना गर्न सकिन्छ ?
हाम्रो समाज दोधारे विद्वानहरुबाट सताइएको
छ, जहाँ न त पूर्णरुपमा खुलापनको कदर गरेर समाजलाई स्वतन्त्र रुपमा
छोडिन्छ, न त समाजलाई पुरै तारजालीभित्र घेरेर राख्न सकिएको छ । अनैतिक र
गैरकानुनी बेश्याबृत्तिलाई सम्ााप्त पनि नपार्ने र यसलाई कानूनी घेराभित्र
ल्याएर राष्ट्रविकासमा लाउन पनि नसकेकै कारण समाजले यस्ता दुर्दशा भोग्न
परेको कसैबाट छिपेको छैन । जमैका, थाइल्याण्ड जस्ता राष्ट्रले कानूनी रुपमा
यौन ब्यापार गरेर लाखौं डलर आर्जन गर्न हुने, अनि नेपालले चाहीँ किन नहुने
? जुन कार्यले यौन दूराचार घटाउन मद्दत गरोस् ।
अन्तमा, पुरुषबादी समाजको पुरुषत्व,
महिलावादी समाजको सुन्दरता, ब्राम्हण समाजको ब्राम्हणत्व, लिम्बु समाजको
लिम्बुत्व, लामो र छोटो नाकको नाकत्व, पत्रकार समाजको कलमत्व, निजामती
समाजको कलमत्व भनेर रेखाङ्िकत गर्दै हामीले समाज विकासको विगुल फुक्न
थाल्यौं भने कदापि यहाँ विकास सम्भव छैन । हामीले केवल सही र गलत मानिसको
पहिचान गर्न आवश्यक छ । चाहे त्यो पुरुष होओस्, वा महिला, ब्राम्हण होओस्
वा तामाङ वा लामो नाके होओस् वा छोटो नाके । ‘तँ पुरुष होस् तैले तेरो
छोरालाई बलात्कार नगर् भनेर सिका तर मेरी छोरीलाई के कपडा लगाउने भनेर
सिकाउनु पर्दैन’ भन्ने हो भने आफैँ सोचौं समाज अवश्यै कुसंस्कारको दलदलमा
फस्नेछ ।
आदरणीय पाठकबृन्द यो लेख अघिल्लो लेखको
सिलसिलामा भएको कारण तपाई कतै अल्मलिन पनि सक्नुहुन्छ, यसका लागि
क्षमाप्रार्थी छु, एउटा घटनालाई देखेर मैले कलम समाएको थिएँ शायद यस
सन्दर्भमा अब कलम बन्द गर्दछु, मेरो विषय अरु नै छ ।
(लेखक सोलुखुम्बुका निर्वाचन अधिकृत हुनुहुन्छ ।)
१३ माघ, पोखरा । नेपाली काँग्रेसका
उपसभापति रामचन्द्र पौडेलले नेपाली काँग्रेसले आगामी जेठ १५ गते भित्र
संविधानसभाको निर्वाचान गराउने दाबी गर्नुभएको छ ।
काँग्रेसले चुनाव गराउन सक्छ भन्ने डरले माओवादीले सरकार नछाडेको भन्दै पौडेलले प्रचण्डलाई चुनावसँग नडराउन आग्रह गर्नुभयो ।
चुनाव गराउनका लागि काँग्रेस प्रयासरत
भएको भन्दै निष्पक्ष संविधान सभाको निर्वाचन नै अहिलेको राजनीतिक निकासको
उत्तम विकल्प हुने बताउनुभयो ।
१३ माघ, काठमाडौं । क्रान्तिकारी पत्रकार दीपेन्द्र रोकायाले एमाओवादी अध्यक्ष प्रचण्डका चारवटा ‘सम्भावित अवसान’ बारे चर्चा गर्नुभएको छ । प्रचण्ड भिक्षु बन्न सक्ने, जनताबाट मारिन सक्ने वा आफैं आत्महत्या गर्न सक्नेसमेत सम्भावना बताइएको छ ।
माओवादी जनयुद्धमा प्रत्यक्ष सहभागी हुनुभएका र हाल नयाँ जनदिशा दैनिकका सम्पादक रहनुभएका रोकायाको भर्खरै प्रकाशित ‘नाफाको जिन्दगी’ नामक पुस्तकको ३२९ पृष्ठमा भनिएको छ-’प्रचण्डका चार विकल्प छन् जस्तो लाग्छ । एक, उनी संसदीय नेतामात्र हुन्छन् । दुई, हेग पुर्याइने डरले बौद्ध भिक्षु बन्न सक्छन् । तीन, आफ्नो काममा आत्मग्लानि भएर स्वयं आत्महत्या गर्न सक्छन् । चार, क्रान्तिकारी कार्यकर्ता वा जनताको हातबाट मारिन सक्छन् ।’
जनयुद्धकालीन महत्वपूर्ण सूचना समेटिएको रोकायाको पुस्तकमा प्रचण्डको पाँचौं विकल्पचाहिँ अवसानसँग नभई ‘उत्थान’सँग सम्बन्धित छ । उहाँको पाँचौं विकल्पबारे भनिएको छ- ‘पुनः रुपान्तरण भई हिम्मतिलो निर्णय लिई पार्टी र क्रान्तिकारीलाई अघि बढाउन सक्छन् ।’
पत्रकार रोकायाको ३४० पृष्ठ बाक्लो पुस्तकमा एमाओवादी अध्यक्ष प्रचण्डका सम्बन्धमा केही रोचक ऐतिहासिक तथ्यहरुको समेत रहस्योद्घाटन गरिएको छ ।
प्रचण्डबारे पुस्तकका केही प्रशंग :
· जनयुद्धका बेला अध्यक्ष प्रचण्ड रहस्यमय पात्र हुनुहुन्थ्यो । युद्धमा सहभागी नहुनेका लागिमात्र होइन, स्वयं युद्ध लडिरहेका कार्यकर्ताका लागि पनि उहाँ निकै रहस्यमय हुनुहुन्थ्यो । त्योबेला शहर बजारमा भेटिएका माओवादी नेता कार्यकर्ता भन्थे, उहाँ रोल्पा रुकुममा हुनुहुन्छ । तर, रोल्पा रुकुम पुगेकाले पनि कहिल्यै उहाँलाई त्यो क्षेत्रमा भेट्न पाएनन् । जनयुद्धक्रममा केही समयमात्र उहाँ रोल्पाका विभिन्न ठाउँमा बस्नुभएको थियो । उहाँले युद्धको अधिकांश समय भारतमा बिताउनुभएको थियो ।
· भारतमा बस्नलाई पनि भारतीय विस्तारवादी शासकहरुसँग साँठगाँठ थियो भन्नेहरु पनि छन् । ०५७ को हिउँदमा पञ्जावमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनमा सहभागी पत्रकार कुमार शाहका अनुसार त्यतिबेला स्थानीय प्रहरीले घेरा हाल्दा मञ्चबाट आत्तिँदै ‘कुरो गरेरै आएको थिएँ, के भयो यो ?’ भन्दै भारतीय सुरक्षा अधिकारीसँग प्रचण्ड आफैंले फोन गर्नुभएको थियो । त्यसपछि सहजताका साथ कार्यक्रम सम्पन्न भएको थियो । यसरी हेर्दा उहाँले भारतमा बस्नका लागि भारतीय शासकहरुबाट केही स्पेस पाएको देखिन्छ ।
· अध्यक्ष प्रचण्ड बस्ने घरलाई हेडक्वार्टर भनिन्थ्यो । उहाँको व्यवस्थापनमा रहेका मध्ये एक पत्रकार चेतन कुँवर पनि हुनुहन्थ्यो । उहाँले प्रचण्ड बस्ने घरलाई दुलही झैं सिँगारपटार गरिने गरेको जानकारी दिनुभयो । घरको सबै कोठा सजाइन्थ्यो, वरिपरि चारैतिर सफासुग्घर आधुनिक रिसोर्टजस्तै बनाइन्थ्यो । सबै कोठाका भित्ता, सिलिङ र भूँई सबै सेतो कपडाले सजाइन्थ्यो । त्यसमाथि हुन्थे शहरबाट मगाइएका महंगा कपडा । राङ्सी डाँडागाउँमा प्रचण्ड तीन महिना बस्नुभएको थियो । त्यसबेला दैनिक ५/६ माना दूध पुर्याउनुहुँदोरहेछ सन्तोषी घर्तीले ।
· राङसीकै संवेग मगर भन्दै हुनुहुन्थ्यो, प्रचण्ड, सीता र प्रकाशलाई हामीले सुरक्षा दिन्थ्यौं । बारी वरिपरि बंकर खनेका थियौं । दुईवटा घोडाहरु थिए, दिउँसो ओखरको रुखमुनि बसेर चेस खुल्नुहुन्थ्यो । दिउँसो लेख्ने, पढ्ने इण्डियन टीभी च्यानल हुर्नुहुन्थ्यो, मेसका साथीहरुले खाना बनाएर कोठामै पुर्याउनुहुन्थ्यो । यही घरलाई ०६२ फागुन ५ गते सेनाले हेलीकोप्टरमा आएर बम गोला बर्साएको थियो । यो घर छाडेर दुईघण्टा पर गएको भोलिपल्ट आक्रमण भयो । रोल्पाली नेता चूडामणि वली आदर्शले भन्नुभयो, अब रोल्पाले धोकेबाज प्रचण्डको नाम सुन्न चाहेका छैनन् ।
· फौजीरुपमा पहिलोपटक मोर्चामा पुग्नुभएका जनमुक्ति सेनाका सर्वोच्च कमान्डर प्रचण्डकै कारण रुकुमको खारा मोर्चा सफल भएन भनने तत्कालीन कमान्डरहरु नै छन् । तत्कालीन सैन्य कमान्डरहरुको विचारमा जनयुद्धलाई यु टर्न गर्न अध्यक्ष प्रचण्डले खारामा मुख्य भूमिका खेल्नुभयो ।
· उहाँ (प्रचण्ड) ०६३ असार ३ गते साँझ पार्टी, जनता र जनमुक्ति सेनालाई थाहा नदिई एकाएक बालुवाटारमा सार्वजनिक हुनुभयो । त्यसको भोलिपल्ट गृहमन्त्री कृष्णप्रसाद सिटौलाको हेलीकोप्टरमा डोटीको वीपीनगर पुग्नुभयो । सेती महाकाली, भेरी कर्णाली थारुवान ब्यूरोको सामुहिक प्रशिक्षण भयो । सबैले हेडक्वार्टरको साहसको बढाइचढाइ गरे । गृहमन्त्री (सिटौला) लाई शुरुमै गार्ड बनाएको चर्चा गरे । त्यतिबेला मैले सबैलाई यो विषयमा नहौसिन आग्रह गरेको थिएँ । त्यो बेला जनमुक्ति सेनाका पश्चिम कमान्डर जनार्दन शर्मा प्रभाकर स्पष्टीकरण दिँदैमा हैरान हुनुभएको थियो । उहाँले कपिलवस्तु र पिली मोर्चा पार्टी अध्यक्षलाई कुनै जानकारी नदिई लडाएको भन्ने थियो ।
· प्रधानमन्त्रीबाट राजीनामा दिएपछि राष्ट्रिय स्वाधीनताको आन्दोलन अघि बढ्यो । अनिश्चितकालीन आम हड्ताल ६ दिनसम्म चल्यो । जनयुद्धमा कब्जा गर्न बाँकी रहेको काठमाडौं युवाहरुले चक्रपथ हाते साङ्लो लगाएर नियन्त्रणमा लिइसकेका थिए । मूल नेतृत्वको तयारी नहुनुले ऐतिहासिक पहल गुम्यो । आशा निराशामा बदलियो । माओवादीकै जिम्मेवार नेताहरुको दाबीअनुसार अध्यक्ष प्रचण्ड डराएकाले नै आन्दोलन सफलतामा पुग्न सकेन ।
· उहाँको छोरा प्रकाश दहालले आफ्नै पार्टीभित्रका क्रान्तिकारी नेता शंकर अधिकारीको श्रीमती बीना मगरलाई भगाउनुभयो । मैले सुने अनुसार छोरीहरुको घरमा पनि उतारचढाव आएको छ । रुखो श्रीमती र यस्तो परिवारको साथ पाइने आनन्द कमै हुन्छ । अर्को कुरा उहाँका बारेमा बजारमा नानाथरिका हल्ला चलेका छन्, उनीहरुका अनुसार काठमाडौंको भाटभटेनीहरुमा उहाँले लगानी गर्नुभएको छ । कांग्रेस नेता सुशील कोइरालाको शब्दमा प्रायः ठूला मिडियामा लगानी गर्नुभएको छ । कोही भन्दैछन्, नेपाल-युरोप गर्ने जहाज किन्दै हुनुहन्छ ।
· उहाँलाई महानायक ठानेको तन र मनमा खिन्नता आउन थाल्यो । पारिवारिक र गुटको घेराबन्दी बढ्दै गयो । उहाँको व्यवहार हेर्दा जता पनि ठिक्क हुने ‘वेश्या-रुप’ देखिन थाल्यो । हिजो आज जता जाँदा पनि प्रचण्डको आलोचना भएको सुन्नुपर्छ ।

जीन्दगीलाई सुखी र सम्पन्न बनाउने योजना बनाएर चार महिना अगाडि मात्रै मलेसिया आएका दोलखा जिल्ला च्यामा गाविस- ४ का गणेशवहादुर फुयाँल क्षेत्री अहिले दुबै खुट्टा छिनेको अवस्थामा मलेसिायस्थित एक अस्पतालको शैय्यामा पल्टेर आफ्नो कहालीलाग्दो बाँकी जीवनबारे सोचिरहेका छन् ।
पुत्राजया अस्पतालको बेड न २२ मा दुबै खुट्टा गुमाएर ओछ्यान परेका गणेशले भने- ‘के गर्नु, उसले पनि जानेर गरेको हैन, मेरो कर्म त्यस्तै रै’छ कसलाई के दोष दिनु ?’ आफ्ना दुबै खुट्टा गुमाएर पनि कसैलाई दोष नदिने विचित्रको अवस्थामा छन् गणेश यतिबेला ।
आठ कक्षामा पढ्दा बुबा बितेपछि परिवारको जिम्मेवारी सम्हाल्न पुगेका गणेश परिवारलाई सम्पन्न बनाउने सपना साँचेर केही वर्ष अगाडि मलेसियाको पेनाङमा आएका हुन् । शुरुमा उनको काम राम्रै थियो । मलेसियामा कमाएको पैसाले उनले गाउँमै खुद्रा पसल पनि थापे, उद्यमी बन्नु पर्छ भनेर कुखुरा फार्म पनि खोले ।
नेपालको परिस्थितिले उनलाई उद्यमी बनिरहन दिएन । दिनदिनै भइरहने आन्दोलन र बन्दले गर्दा उनले पालेका कुखुरा दानासमेत खान नपाएर मर्न थाले । लाखौं रुपैयाँ घाटा भएपछि उनी उद्यमी बन्ने सपना बीचैमा त्यागेर विदेशतिर हानिने निश्कर्षमा पुगे ।
मनमा जोश र जाँगर भएर पनि आर्थिक अवस्था कमजोर भएकाले जति नै संघर्ष गर्दा पनि सफलता भन्ने चिज उनको पोल्टामा कहिल्यै परेन । फलस्वरुप उनी चार महिना अगाडि मात्रै काठमाण्डौमा रहेको डिस्टिनेशन मेनपावरलाई एक लाख १० हजार रुपैयाँ बुझाएर मलेसिया आई पुचोङमा रहेको बसका पार्टपूर्जा निर्माण गर्ने कम्पनीमा काम गर्न थाले । नेपालमा मेन पावरले भनेजस्तो त कहाँ हुन्थ्यो र ? तै पनि उनले सन्तोष मानेर काम गरिरहे ।
तर, डिसेम्बर १० तारिखका दिन उनको जीवनमा ठूलो बज्रपात भयो । करिव १० बजेतिर उनका बंगालादेशी साथी फोकलिपमा सामान राखेर कतै लैजाँदै थिए । उनले पनि त्यसैमा लिफ्ट लिएर जाने बिचार गरे । तर, त्यसमा बस्दाबस्दै चलिरहेको फोकलिप ब्याक भयो र उनका दुबै खुट्टा च्यापिए । ‘म जोडले चिच्याएँ, साथीहरु दौडिँदै आउनुभयो । बोसलाई खबर गरेपछि मलाई अस्पताल लगिएछ’ गणेशले घटनाक्रम सुनाए-’ जतिबेला म होसमा आएँ, त्यतिबेला मेरा दुबै खुट्टा घुँडाबाटै काटिसकिएका रहेछन् ।’
उपचारका लागि कम्पनीले राम्रै सहयोग गरेको भए पनि सधैं उनलाई परिवारको चिन्ताले सताउन थालेको छ । ‘कम्पनीले तिमीलाई सहयोग गर्छ, चिन्ता नलेउ भनेको छ ।’ गणेशले भने-’तर मन त कहाँ मान्दोरहेछ र ।’ अस्पतालको शैय्यामा बसेर तीन छोरी, एक छोरा, श्रीमती र घरपरिवारलाई सम्झँदै उनले भने ।
सपाङग र सकुशल शीरर लिएर विदेशिएका गणेश अब अपाङ्ग शरीर लिएर नेपाल र्फकनेछन् । राज्यले विदेशमा अपाङ भएकाहरुलाई स्वदेश फर्किएपछि केही उद्यम गर्नका लागि विनाधितो सहयोग गर्नुपर्ने उनको धारणा छ । सधैं साथीभाइहरुको भलो चिताउने सहयोगी गणेश अहिले अस्पतालबाटै यस्तो सहयोगको अपेक्षा गरिरहेका छन् ।

काठमाडौ, माघ १२ - राजधानीमा बसेर पढिरहेका २८ प्रतिशत विद्यार्थी लागूऔषधको कुलतमा रहेको एक अनुसन्धानले देखाएको छ । लागूऔषध नियन्त्रण ब्युरोले ६ महिना लगाएर गरेको अध्ययनबाट त्यस्तो देखिएको हो । सर्वेक्षणअनुसार काठमाडौंमा सातामा २ केजी हेरोइन सप्लाई हुने गरेको छ । लागूऔषधको कारोबार र दुर्व्यसनीमा लागेका १ सय युवाहरूबीच गरिएको सर्वेक्षणले त्यस्तो देखाएको हो । ब्युरोले काठमाडौं परिसर र ५ वटा वृत्तमा समातेर थुनिएका १ सय जनाबीच गरेको अनुुसन्धानबाट विभिन्न व्यवसायमा लागेका १७ प्रतिशत युुवा लागूऔषधको कुलतमा छन् । यस्तै प्रहरी, आर्मी, डाक्टर, नर्स, चालक, किसानलगायत अन्य पेसामा रहेका व्यक्ति लागू औषधको दुुव्र्यसनीमा छन् । यसरी दुर्व्यसनीमा लाग्नेहरू ६७ प्रतिशत राजधानी बाहिरबाट काठमाडौं आएकाहरू छन् । ३३ प्रतिशत भने काठमाडौंकै रैथानेहरू छन् । ३१ प्रतिशत प्लस टु पढिरहेका विद्यार्थीले लागूपदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । यस्तै २८ प्रतिशत स्कुल तहमा पढ्ने विद्यार्थीहरू रहेका छन् । २२ प्रतिशत १० कक्षा पढिरहेका विद्यार्थी छन् । यस्तै स्नातक तह पढिरहेका १९ प्रतिशत छन् । ९७ प्रतिशत पुरुष र ३ प्रतिशत महिला छन् । लागूऔषध प्रयोग गर्ने युवामा टाटु बनाउने स्वभाव भने एकै प्रकारको देखिएको छ । लागूऔषध प्रयोग गर्नेमध्ये ५१ दशमलव ६६ प्रतिशतले शरीरका विभिन्न भागमा चराको टाउको, तारा, सर्प, बुद्ध र माछाजस्ता अनेक प्रकारका टाटु बनाउने गरेको पाइएको छ । अनुसन्धानमा लागूऔषधमाथि नै अनु्सन्धान गरिरहेका २५ प्रहरी पनि सामेल थिए । उनीहरूलाई प्रश्न बनाएर त्यो भर्न लगाइएको थियो ।
लागूऔषधको कुलतमा धेरैजसो साथीबाट खरिद गरेर खाने गरेको अनुसन्धानले देखाएको छ । 'आफूले खाना खर्च निकाल्नका लागि दोस्रो साथीलाई बेच्ने गरेको पाइयो,' लागूऔषध नियन्त्रण ब्युरोका डीआईजी केदार साउदले भने, '७७ प्रतिशतले साथीबाट खरिद गरेर सेवन गर्दारहेछन् । लागूऔषधका तस्करबाट सोझै १८ प्रतिशतले किनेर खाने गरेको पाइयो । सेवन गर्न पनि ९८ प्रतिशतले साथीबाट नै सिक्ने गरेको देखिएको छ । २ प्रतिशतले फिल्म र टेलिफिल्मबाट सिक्ने गरेका छन् ।
यस्तै लागूऔषध प्रयोग गर्नुपर्ने कारणमा ४४ प्रतिशत नैराश्य, २६ प्रतिशत तनाव र रिसका कारण खाने गरेका छन् । सन्तुष्टिका लागि प्रयोग गर्ने ३० प्रतिशत पाइएको छ । काठमाडौंमा लागूऔषधको कारोबार हुने मुख्य स्थल कलंकी हो । त्यसपछि नयाँ बानेश्वर, रामहिटी, कोटेश्वर, चाबहिल, बौद्ध, वसन्तपुर, नयाँ बसपार्कलगायतका क्षेत्रमा समेत यसको कारोबार हुने गरेको पाइयो । कारागारमा समेत धेरैजसो कैदीहरू लागूऔषध अपराधकै रहेका छन् । पछिल्लो ३ वर्षको तथ्यांकले समेत यही देखाएको छ ।
हेटौंडा, माघ १२ - 'मित दाजुले फकाएर दिल्लीको कोठीमा बेचे, कल्पनासमेत थिएन, उद्धार गरेर बिहीबार यहाँ ल्याइएकी युवतीले भनिन्, 'अस्मिता लुटियो ।' सुकौरा ८ की १६ वर्षीया किशोरीलाई मितदाजु र भाउजूले गत भदौ ८ मा विभिन्न प्रलोभन देखाएर अर्को दिन कोठी पुर्याएर बिक्री गरेका थिए ।
किशोरीको घर र मितदाजुको ससुराली नजिकै थियो । किशोरीलाई भाउजूले सुत्न बोलाइन् । सुत्न गइन्, निदाउन पाइनन् । दाजुभाउजूले अनेक प्रलोभन देखाए । चितवनमा गएर पसल थाप्ने भनेर उनलाई ९ गते बिहान गाउँबाट भगाए । उनीसँग गाउँकी एक युवती पनि थिइन् । उसलाई बाटैबाट फर्काए । 'मलाई फर्काउने कोही पनि भएन,' उनले भनिन्, 'म चितवन पुगेँ ।'
उनलाई भगाउने हर्नामाडी ४ का २१ वर्षीय लक्ष्मणी घिमिरे र १९ वर्षीया पत्नी सानुमाया स्याङ्तान हुन् । घिमिरेसँग दाजुले मित लगाएका थिए । दम्पतीले किशोरीलाई एक रात आफन्तकोमा राखे । आफन्तले आमाको तिलहरी चोरेर आएको भनेर त्यहाँबाट भोलिपल्ट निकालिदिए । भदौ १० गते बिर्तामोड पुगँे । तीन दिन बिर्तामोडको होटलमा बसेपछि घिमिरे दम्पतीले चौथो दिन सबिता राई भन्नेलाई जिम्मा लगाएर भागे । सबिताले उनलाई घुम्न जाने भन्दै भारतको सिलगुढी पुर्याइन् ।
सिलगुढीमा आफूजस्तै ५ जना केटी फेला परे । एक रात त्यहाँ राखेपछि ६ जनालाई एक महिला र एक पुरुषले घुम्न जाने भनेर दिल्लीको ठम्बुस्थित कोठीमा पुर्याएको उनले बताइन् । 'नचाएर अनेक खालको काम गर्नुपर्यो,' उनले भनिन्, 'मार्ला भन्ने डर, बाध्य भएर मान्नै पर्यो ।' ६ कक्षामा पढाइ छाडेकी किशोरीको कोठामा इलामकी विवाहित अधबंैसे महिला पनि थिइन् । दलालको प्रलोभनमा उनी बेचिइएकी थिइन् । किशोरी र महिलाबीच दुःखसुखका कुरा हुन्थे । एक दिन कोठी मालिक्नीको छोराको मोबाइल फेला पारेर महिलाले आफू बेचिएको पतिलाई जानकारी गराइन् । इलाम घर भएका पति खोज्दै कोठीमा पुगे । मालिक्नीले १७ हजार भारु दिएपछि मात्र लैजान पाइन्छ भनी । पैसा तिर्न लगाएर कोठीबाट उद्धार भइन् । उनीहरूसँगै बिर्तामोड आएर माइती नेपालको सहयोगमा किशोरी बिहीबार हेटौंडा आइपुगेकी हुन् । उनी माइती नेपालको संरक्षणमा छिन् ।
बाबु-आमा, दिदीबहिनी र दाजुहरू भेट्न उनी हतारिएकी छन् । आफ्नो घटना सुनाउँदा उनी पटक-पटक डाँको छाडेर रुँदै भनिन्, 'मलाई बिक्री गर्ने अपराधीलाई जेल हाल्नुपर्छ ।' बिक्री गर्ने घिमिरे दम्पती जेलमा छन् भन्ने कुरा उनलाई जानकारी छैन । उनीहरू जेलमा छन् भनेर जानकारी दिएपछि उनको अनुहारमा देखिएको पीडा र आक्रोशमा थोरै भए पनि परिवर्तन आएको थियो । घिमिरे दम्पतीलाई प्रहरीले उनलाई बिक्री गरेको आरोपमा गत कात्तिक २७ गते नेपालगन्जबाट पक्राउ गरेको थियो । जिल्ला अदालतको आदेशअनुसार उनीहरू पुर्पक्षका लागि थुनामा छन् ।
काठमाडौं, माघ १२ - एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बाबुराम भट्टराई नेतृत्वको सरकार र एमाओवादीले लोकतान्त्रिक मान्यताको धज्जी उडाउँदै 'लाल आतंक' मच्चाएको आरोप लगाएका छन् । नयाँ नेपालको नाममा 'लुटको नेपाल' बनाएको भन्दै उनले भट्टराई सरकार र एमाओवादीले मुलुकलाई बर्बादीमा लगेको उल्लेख गरे ।
'भ्रष्टाचार र कुशासनलाई बाबुराम र उनको पार्टीले इतिहाममै माथ गर्यो' एमाले सञ्चार इलाका कमिटीले शुक्रबार राजधानीमा गरेको अन्तक्रिर्यामा नेता नेपालले भने, 'अधिनायकवादी प्रधानमन्त्रीको रूपमा बाबुराम प्रस्तुत भएका छन्, प्रधानमन्त्री भएपछि उनको रौद्र रूप देखिएको छ ।' रगतको होली खेलेर आएकाहरू अझै नसुध्रिएको उल्लेख गर्दै नेपालले उनीहरू 'लठैत' जसरी प्रस्तुत भइरहेको बताए ।
नेता नेपालले राजनीतिक सहमतिका लागि जति प्रयास गर्दा पनि सफल नभएको र त्यसमा एमाओवादी दोषी रहेको उल्लेख गरे । सहमतिको सरकार नबनी मुलुक अघि बढ्न नसक्ने उनले भने, 'तर चुनावका लागि इमानदार भएर सहमति गर्ने मनसायले नआउूदासम्म अब वार्ता गर्नुको औचित्य नै छैन । आन्दोलन मात्र विकल्प भएको उनको भनाइ थियो ।
वार्तामा बस्दा जालझेलका कुरामात्र एमाओवादीबाट आउने गरेको नेता नेपालले बताए । उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई 'जालझेल र षड्यन्त्र' को संज्ञा थिए । यसअघि आफूले यस्तै संज्ञा दिूदा दाहालले चित्त दुखाए पनि खासमा उनको चरित्र यस्तै रहेको आरोप नेपालले लगाए । 'यस्तो कुराभन्दा उहाँले चित्त दुखाउनु भएको थियो, फेरि पनि म सरि भन्छु तर प्रचण्ड 'जालझेल र षड्यन्त्र' को अर्को नाम नै हो,' उनले भने । झन्डै एक वर्षअघि नेपालले यस्तो संज्ञा दिँदा एमाओवादी अध्यक्ष दाहाल नेपालसूग व्यक्तिगत रूपमा रिसाउूदै छलफल र वार्तामै बस्न मानेका थिएनन् । त्यसपछि तत्कालीत संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पहलमा दुई नेताबीच आरोप नलगाउने सहमति भएको थियो । नेपालले दाहाललाई दिएको संज्ञाप्रति क्षमा मागेका थिए ।
दाहालको जालझेल र षड्यन्त्रपूर्ण चरित्रको पछिल्लो उदाहरण सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने विषयमा दिएको धोकालाई लिन सकिने नेपालले उल्लेख गरे । कोइरालालाई एमाओवादी र दाहालकै आग्रहमा प्रधानमन्त्रीको रूपमा अघि सारिएको र सबै विषय मिलाउने गरी सहमति प्रयास भएपछि अन्तिममा दाहालले धोका दिएको उनको भनाइ थियो ।
१२ माघ, काठमाण्डौ । एकीकृत माओवादीका
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाओवादीप्रति जनताको लहर देखेर विपक्षी
काँग्रेस-एमाले लगायतका दलहरु तर्सिएको वताउनु भएको छ । मेचीदेखि
महाकालीसम्म एकीकृत माओवादीप्रति रहेको जनताको लहर देखेर विपक्ष दलहरू
आतंकित भएको प्रचण्डको भनार्इ छ ।
शुक्रवार विहान एकीकृत माओवादीको
काठमाण्डौ जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रचण्डले भन्नुभयो,’मेचीदेखि
महाकालीसम्म सवैभन्दा वढि लहर माओवादीकै छ । त्यो लहर देखेर विपक्षीहरु
आतंकित भएर चुनावमा जान डराएका छन् । त्यसैले उनीहरु सहमति भन्दा पनि
मुडभेड गर्न तम्सिएका छन् ।’ प्रचण्डले वुधवार दैलेखमा एमाओवादी
कार्यक्रममाथि डुंगामुडा गरेर आफूहरुलाई लोकतन्त्रवादी भन्ने
काँग्रेस-एमालेले लोकतन्त्रवादी चरित्र प्रष्ट पारेको वताउनुभयो ।
विपक्षी दल काँग्रेस-एमाले एमाओवादीको लहर
देखेर तर्सिदै चुनावमा नजाने षड्यन्त्रमा लागेको प्रचण्डको भनाई छ ।
उहाँले सहमतिका लागि आफूहरु सरकार छोड्न तयार रहेको समेत वताउनुभयो ।
उहाँले भन्नुभयो,’जेठ १५ भित्र निर्वाचन हुने सुनिश्चित भए हामी सरकारमा एक
मिनेट पनि बस्दैनौँ । त्यसैले पहिलो विपक्षी दलहरुले चुनाव हुने वातावरण त
बनाइदिनु पर्यो नी ?’ प्रचण्डले विपक्षी दलकै कारण जेठमा पनि चुनाव हुन
नसके के गर्नु पर्छ त्यो जनता आफैले गर्ने वताउनुभयो ।
यस्तै कार्यक्रममा एमाओवादीका उपाध्यक्ष
समेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार प्रतिक्रान्तिको
घेराबन्दी तोड्न सफल भएको बताउनु भयो । दैलेख घटना तर्फ संकेत गर्दै
प्रधानमन्त्रीले प्रतिपक्षी दलहरुले माओवादीको कार्यक्रम बिथोल्न खोजेको
भन्दै सरकारले प्रतिपक्षीलाई घुँडा टेकाउन सफल भएको दाबी पनि गर्नुभयो ।
पहिलो चरणको समाप्तीमा ७ अंकको अग्रता
१२ माघ, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको पहिलो चरणको अन्तिम खेलमा थ्रीस्टारले चिरप्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा थ्रीस्टारले मनाङलाई १-० ले पराजित गरेको हो । जितसँगै पहिलो चरणको समाप्तीमा ३५ अंक जोडेको थ्रीस्टारलाई ७ अंकको अग्रता लिएको छ र उपाधी दावेदारी बलियो बनाएको छ । दोस्रो स्थानमा रहेको आर्मीको २८, तेस्रो स्थानमा रहेको मच्छिन्द्रको २७ र चौथो स्थानमा रहेको मनाङको २६ अंक छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलको सुरुमा नै शिव श्रेष्ठको प्रहार वारमा लागेर फर्किँदा मनाङ अभागी सावित भयो । १४ औं मिनेटमा शिवको प्रहार थ्रीस्टारका गोलरक्षक किरण चेम्जोङले बताए । ३५ औं मिनेटमा निरजन मल्लले डि बक्स एरियाबाट हानेको एक्रोबेटिक सर्ट किरणले सहजै रुपमा बचाए । पहिलो हापमा थ्रीस्टारलाई दबावमा राखेको मनाङका शिवले ४३ औं मिनेटमा विजय गुरुङलाई डि बक्स एरियामा गलत ट्राकल गरेपछि थ्रीस्टारले पेनाल्टी पायो । जुन, थ्रीस्टारको जितका लागि पर्याप्य भयो । पेनाल्टीमा सन्तोष साहुखलले आफ्नो पूर्व क्लबविरुद्ध गोल गरेका हुन् ।
खेलको दोस्रो हालमा थ्रीस्टार हावी भयो । उसले केही राम्रा मौका पाएपनि अग्रता दोब्बर पार्न सकेन भने केही राम्रा अबसर गुमाउँदा मनाङ खेलमा र्फकन सकेन र थ्रीस्टार १-० ले विजयी भयो । खेल हेर्न सिजनकै लिगमा सबैभन्दा बढी दशर्क उपस्थित भएका थिए ।

क्वालालम्पुर । सडक दुर्घटनामा परेर मलेसियामा एक नेपाली श्रमिकको मृत्यु भएको छ । खोटाङ जिल्ला राजापानी-७, डेराखानी घर भई जोहोरबारुको पासिरगुडाङमा रहेको हृवाइटहर्स कम्पनीमा कार्यरत कमलकुमार राईको बिहीवार साँझ आठ वजेतिर समयमा ज्यान गएको सहकर्मी राजु शर्माले जानकारी दिए ।
विदाको दिन भएको कारण दिनभर होस्टलमै
बसेका राई साँझपख तरकारी किन्न बजार गएका थिए । फर्कनेबेला कामदार
ओसारपसार गर्ने बसले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको हो । ठक्कर दिने
वसलाई प्रहरीले नियन्त्रणामा लिएको छ । राई दुईवर्ष अगाडि मात्रै रोजगारीको
सिलसिलामा मलेसिया आएका थिए ।
१२ माघ, काठमाण्डौ । गैरआवासीय नेपाली संघ
(एनआरएन)को अग्रसरतामा गठित एनआरएन इन्भेष्टमेन्ट कम्पनीले नेपालमा दुईवटा
जलबिद्युत परियोजनामा लगानी गर्न भएको छ । बुधबार काठमाण्डौंमा बसेको
कम्पनीको बोर्ड बैठकले दुईवटा परियोजनाका लागि सैद्धान्तिक सहमति दिएको छ ।
तर, ती परियोजनाको लाइसेन्स लिएका
कम्पनीको कानुनी तथा आर्थिक अबस्थाको अध्ययन गर्नुपर्ने भएकाले तत्कालका
लागि त्यसको औपचारिक घोषणा गरिएको छैन । बोर्ड सम्बद्ध स्रोतले
भन्यो-’अध्ययनका लागि टोली बनाइएको छ, टोलीको प्रतिबेदन आउनसाथ १५ दिनभित्र
आधिकारिक घोषणा हुने छ ।’
स्रोतका अनुसार एउटा २७ मेगावाट र अर्को
१५ मेगावाट क्षमतका परियोजनामा लगानी गर्ने निर्णय भएको छ । ती आयोजनका
लाइसेन्स होल्डरसँग ‘नन डिस्क्लोजर एगि्रमेन्ट’ भएकाले औपचारिक घोषणा
नहुँदासम्म परियोजनाका नाम सार्वजनिक नगरिने बताइएको छ ।गैरआवासीय नेपाली
संघको आह्वानमा ६२ देशमा छरिएर रहेका गैरआवासीय नेपालीहरुले नेपालमा
जलबिद्युत आयोजना बनाउने प्रयोजनका लागि हालै १ अर्ब रुपैयाँ संकलन गरेका
छन् । एनआरएन इन्भेष्टमेन्ट कम्पनीको बहुमत सेयर रहने र परियोजनामा ७०
प्रतिशत वैंकको लगानी रहने गरि एनआरएनले लगानी गर्दैछन् ।
१२ माघ, काठमाडौं । ‘बाहुन डन’ उपनामले चर्चामा
रहेका रमेश पौडेल नेकपा एमालेमा प्रवेश गरेका छन् । विभिन्न फौजदारी
अभियोगमा खोजीको सूचिमा रहेका ‘बाहुन डन’लाई एमाले नेता केपी ओलीको उपस्थितिमा शुक्रबार रामेछापको सदरमुकाम मन्थलीबाट एमालेमा प्रवेश गराइएको हो ।
सदरमुकाम मन्थलीमा आयोजित एमालेको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा पार्टी सचिव शान्तिप्रसाद पौडेलले ‘बाहुन डन’ एमालेका प्रवेश गरेको घोषणा गर्नुभयो । स्रोतअनुसार अधिवेशनमा ‘बाहुन’लाई प्रत्यक्ष उपस्थित गराइने प्रचार गरिए पनि प्रहरीले पक्राउ गर्ने संकेत पाएपछि नाममात्रै घोषणा गरिएको हो । ‘बाहुन’ रामेछापको सैपु गाविस निवासी हुन् । तर, उनको बसोबास काठमाडौंमै रहेको बताइन्छ ।
सेनाको रेन्जर तालिम लिएर भागेका उनी चन्दा आतंक अपहरणका नाइके भएको भन्दै प्रहरीले खोजी गरिरहेको छ । उनले ५० करोडभन्दा बढी रकम असुलेको प्रहरीको दावी छ ।
रामेछापमा बाहुन डानसँगै अन्य व्यक्ति एमालेमा प्रवेश गरेका छन् । सदरमुकाम मन्थलीबाट ५० व्यक्ति कांग्रेस र एमाओवादी छाडेर एमालेमा प्रवेश गरेका छन् भने अन्य गाविसबाट करिब ७० व्यक्ति एमालेमा प्रवेश गरेको सचिव पौडेलले घोषणा गर्नुभएको छ । काठमाडौंबाट करिब ५० को संख्यामा ‘बाहुन’का सयोगी युवाहरु मोटरसाइकल चढेर मन्थली पुगेका छन् । एमाले अधिवेशनमा अतिथिका रुपमा बरिष्ठ नेता ओलीका साथमा प्रदीप ज्ञवालीसमेत सहभागी हुनुहुन्छ ।
शुक्रबार उद्घाटन गरिएको अधिवेशनको बन्द शत्र शनिवार हुने जनाइएको छ भने नेता ओली र ज्ञवाली मन्थलीको कार्यक्रम सकेर दोलखा जाने कार्यक्रम रहेको एमालेले बताएको छ ।

आन्दोलनरत चलचित्रकर्मीहरुले शुक्रबार
दिउँसो १ बजे प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइलाई भेटेका छन् । भेटमा
प्रधानमन्त्रीले माग प्रति सकारात्मक रहेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह
गरेका थिए । तर चलचित्रकर्मीहरुले चलचित्र बिकास बोर्डमा आफुहरुले भनेको
जस्तै चलचित्र क्षेत्रको विज्ञ व्यक्ति नआएसम्म आन्दोलन नरोक्ने जानकारी
प्रधानमन्त्रीलाई गराएका थिए ।
भेटमा
प्रधानमन्त्रीले चलचित्रकर्मीले भनेजस्तै व्यक्ति बोर्डमा आउने बताएका थिए
। प्रधानमन्त्रीसँगको भेटको क्रममा संचारमन्त्री राजकिशोर यादव पनि सहभागी
थिए । प्रधानमन्त्रीलाई भेटेपश्चात आन्दोलनरत संघसंस्थाका प्रतिनिधीहरुको
वैठक बसेको छ । बैठकले बोर्डमा अध्यक्ष चयन नभएसम्म आन्दोनललाई निरन्तरता
दिने निर्णय गरेको छ । आन्दोलनमा सक्रिय रुपमा लागेको सुरेशदर्पण पोखरेलका
अनुसार, बोर्डमा हुने नियुक्ती पश्चात मात्र आन्दोलनाई कसरी लाने भन्ने
निर्णय हुनेछ । ‘आफुहरुले भनेजस्तै व्यक्ति बोर्डमा आएको खण्डमा आन्दोलन
स्थगित हुन पनि सक्छ, तर अहिले केही भन्न सकिदैन’ सुरेशले अनलाइनखबरसँग भने
।
यसैबिच आन्दोलनमा चलचित्रकर्मीहरुको
सहभागीता बाक्लिदै गएको छ । शुक्रबार नायिका करिश्मा मानन्धर पनि अनशनमा
बसेकी छिन् । आन्दोलनमा सक्रिय रुपमा लागेकी नायिका मानन्धर शुक्रबार
मध्यान्न १२ बजेबाट अनशनमा बसेकी हुन् ।
कम्प्युटर निर्माता अमेरिकी कम्पनी
एप्पलले गएको वर्ष १३ अर्ब अमेरिकी डलर भन्दा बढि मुनाफा आर्जन गरेको छ ।
गएको आर्थिक वर्ष १३ अर्ब १० करोड मुनाफा आर्जन भएको तथ्यांक सार्वजनिक
गर्दै एप्पलले यो अवधिमा आइफोनको बिक्री २८ प्रतिशतले बढेको तथा आइप्याडको
बिक्रि ४८ प्रतिशतले बढेको जनाएको छ । यो अवधिमा एप्पलले १ खर्ब ६० अर्बको
व्यापार गर्यो ।
प्रविधिको दुनियामा विश्वमै सबैभन्दा
आधुनिक तथा उपभोक्ताको चाहनालाई ध्यान दिने कम्पनीको रुपमा चिनिएको एप्पलले
कम्पनीको भारी मुनाफामो तथ्यांक सार्वजनिक गरेपनि यसको शेयर मुल्यमा भने
ओरालो लागेको छ । बुधबार कम्पनीले आफ्नो मुनाफाको प्रतिवेदन सार्वजनिक
गर्दा एप्पलको शेयर मुल्यमा गएको वर्षको अधिकतम मुल्यभन्दा ३४ प्रतिशतले
गिरावट आएको छ । गएको सेप्टेम्बरमा एप्पलको शेयर मुल्य अहिलेसम्मकै बढि
अर्थात् ७०२ डलर नाघेकोमा बुधबार ४६१.३ डलरमा झर्यो
एप्पलले कम्पनीको आम्दानी उच्च भएपनि लागत
खर्च बढेकाले मुनाफा केही कम भएको जनाएको छ । यद्यपि कम्पनीको यो
आम्दानीबाट लगानीकर्ताहरु ढुक्क हुने अवस्था भने रहेको एप्पलको दाबी छ ।
विश्लेषकहरुले एप्पलले आशातित रुपमा आइफोन ५ बेच्न नसकेकाले मुनाफा सोचेजति नभएको बताएका छन् ।
सम्भोग मानिसको जैविक आवश्यकता हो । यो
आनन्दप्राप्तिको माध्यम मात्र नभएर तनाव निवारक पनि मानिन्छ । तर सेक्स
केवल आनन्ददायी तथा फाइदाजनक मात्र छैन जोखिम युक्त पनि छ । सेक्सले
मानिसको ज्यानै सम्म लिनसक्ने क्यानडामा भएको पछिल्लो अनुसन्धानले देखाएको छ
।
अनुसन्धानका अनुसार सम्भोगका बेला अनिच्छित गर्भ रहने मात्र होइन हृदयाघातको खतरा पनि हुन्छ ।
अनुसन्धानका अनुसार हृदयाघातका घटनामध्ये
सयमा २ प्रतिशत सम्भोगका दौरान हुने हृदयाघात हुन्छ । अर्थात् यदि १ सय
जनालाई हृदयाघात भएको छ भने औषतमा २ जना सम्भोगका बेला हृदयाघात भएकाहरु
हुन्छन् ।
हतारको सेक्सका कारण लिंग भाँच्चिने खतरा
पनि हुन्छ । यो निकै पीडादायी मात्र होइन निको नै नहुने खालको समस्या पनि
हो । असुरक्षित यौन सम्पर्कबाट यौन रोग सर्ने खतरा त छँदैछ सुरक्षित भैकन
पनि अवैध रुपमा राखिने संसर्गका बेला दुबैजनाको मनमस्तिष्कमा हुने एक
प्रकारको डर र कुण्ठा शारीरिक तथा मानसिक स्वास्थयका लागि हानिकारक नै
हुन्छ ।
बाल्यकालमा बाउआमाले सुनाएका कथा जिन्दगीभर नै सम्झनामा आइरहन्छन् ।
यस्ता उपदेशात्मक कथाहरु कहिलेकाहीँ मार्गदर्शन बन्छन् त कहिलेकाहीँ मनमा
डर बनेर बसिरहन्छन् । सिँगापुरका एक जना मानिसले आफ्नी हजुरआमाले आफु सानो
छँदा सुनाउने गरेको एक दन्तेकथाबाट प्रभावित भएर अनौठो भुत्ले कुर्सीको
निर्माण गरेका छन् ।

३६ वर्षका ज्यासन गोहले यस्तो भुत्ले
कुर्सी बनाएका हुन् जसलाई विश्वमै पहिलो भुत्ले कुर्सी मानिएको छ । सानोमा
खाना खान मन नगर्ने र पस्किएको खाना खेलाइरहने बानी भएका गोहलाई तर्साउन
उनकी हजुरआमाले माछाको भिमकाय भकुण्डोको कथा सुनाएर तर्साउने रहेछिन् ।
यदि खाना खेलाइरह्यौं भने यो ठूलो भुत्ले
डल्लो राक्षस बन्नेछ र तिमीलाई निल्नेछ भनेर हजुरआमाले तर्साउने गरेको
उनलाई अहिलेपनि याद छ । हजुरआमाले सुनाउने गरेको कथाबाटै प्रभावित भएर उनले
यो भुत्ले भकुण्डे कुर्सीको डिजाइन तयार गरेका हुन् । उनले यो कुर्सीको
नाम म्वाइ राखेका छन् ।
हेरौँ यो भुत्ले कुर्सी :
नेपाली सिने क्षेत्रमा पढेलेखेका र बौद्धिक कलाकारहरु नआएको आरोप
लागिरहेको बेला पछिल्लो समयमा केही बौद्धिक कलाकारहरुको आगमन भइरहेको छ ।
यही भिडमा नायिका निशा अधिकारी पनि सिनेमा वुझेकी र वौद्धिक नायिकाका रुपमा
चिनिन्छिन् । चलचित्रकर्मीहरुले सुरु गरेको आन्दोलनमा साथ दिन अनशनमा
बसेको समयमा नायिका अधिकारीसँग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी :
कसरी हेर्नुभएको छ चलचित्रकर्मीले गरेको आन्दोलनलाई ?
यदि माग पुरा भयो भने यो सिंगो सिनेमा क्षेत्रका लागि नै राम्रो हो । मलाई एकदमै खुसी लागेको छ किनकी, अहिले भएपनि सबै चलचित्रकर्मीहरु आफ्नै नेतृत्वमा नीति नियम हुनुपर्छ भनेर एकजुट हुनुभएको छ ।
आन्दोलन चलेको लामो समयपछि मात्र तपाई अनशनमा आउनुभयो नि, कहाँ हराउनुभएको थियो ?
म रौतहटमा शितलहरबाट पीडित नागरिकलाई कम्मल बाढ्न पुगेकी थिएँ । यसपछि चितवन महोत्सवमा पनि पुगे । तर पनि चलचित्र कलाकार संघको सह कोषाध्यक्ष भएका नाताले मैले सबै कुराको जानकारी लिइरहेकी थिएँ ।
के सरकारले चलचित्रकर्मीलाई उपेक्षा गरेको हो ?
मलाई सिनेमा क्षेत्रलाई मात्र सरकारले हेला र उपेक्षा गरेको छ जस्तो लाग्दैन । किनकी, यतिबेला सबै क्षेत्रमा सरकारको आखा गएको छैन । फेरि हामी सिनेमा क्षेत्रलाई हाक्न सक्ने विज्ञ व्यक्ति मागिरहेका छौं । मलाई त के लाग्छ भने, यदि हाम्रो क्षेत्रमा सरकाले विज्ञ मानिस पठायो भने सबै क्षेत्रले पनि विज्ञ मानिसको लागि आन्दोलन गर्न सक्छौ । अनि राजनीतिक दलका नेताहरुले कसरी आफ्ना कार्यकता भर्ती गर्न पाउलान् र हैन ? आफ्ना कार्यकता भर्ती गर्न नपाएपछि उहाहरुको राजनीति पनि चौपट हुन्छ, भोली चुनावमा उठ्दा आफ्नै कार्यकर्ताले साथ नदेलान् भन्ने डर होला, यसैले पनि सरकार र मन्त्री ज्यू डराउनुभएको होला । होइन भने आफैले लिखित हस्ताक्षर गरेको प्रतिबद्धता पुरा नगर्नु कतिसम्म लाजमर्दो कुरा हो भन्नुहोस त ।
बोर्डको अध्यक्ष बन्न प्रस्ताव आयो भने, के गर्नुहुन्छ ?
मैले अहिले सम्म यसको बारेमा कल्पना पनि गरेको छैन, र अझै १० बर्ष कल्पना गर्न पनि सक्दिन । किनकी, म यो क्षेत्रमा लागेको नै बल्ल ४ बर्ष भयो । म राम्रोसँग सबैलाई चिन्दा पनि चिन्दीन । फेरि लगाम हातमा लिएर घोडामाथि सुत्यो भने के हुन्छ, सबै भताभुङ्ग हुन्छ नि हैन । यसैले पनि हामी यो क्षेत्रमा विज्ञ र वुझेको मानिसको खोजीमा छौ, जुन क्षमता अहिले मसँग छैन । सिनेमा क्षेत्रको बारेमा वुझेको, नीति नियम बनाउन जान्ने र सिनेमा नगरीलाई आर्थिक रुपमा समेत सबल बनाउन सक्ने मानिस चाहिन्छ ।
सरकारले एक महिना आन्दोल गर्दा पनि सुनेन, अब कसरी अघि बढ्दा राम्रो होला ?
यो कसैको निजी स्वार्थका लागि गरिएको होइन । आफैले बिचार पुर्याउनुपर्ने ठाउँमा यति धेरै अनशन बसेर झकझकाउदा पनि सरकाले मान्दैन भने यो भन्दा दुखद र लाजमर्दो कुरा के हुन सक्छ । फेरि उहाँहरुले आश्वासन दिनु भएको छ, आश्वासन समेत दिएर पुरा नगर्नु भनेको सरकारले सिनेकर्मीलाई वेवास्ता गरेको हो । तर कलाकारको क्षमता र बोलिको प्रभाव कति सम्म हुन्छ भन्ने कुरा सरकारले अड्कल काट्न सकेको छैन ।
यो आन्दोलनमा सबै चलचित्रकर्मीले साथ दिएका छैनन् हो ?
हामी अहिले नै एकजुट भएर अघि बढ्न सकेनौ भने कहिले सक्दैनौ । विशेषगरी म नायिकाहरुलाई के भन्न चाहन्छु भने, हाम्रो समयमा नभए पनि आउने पिँढीले राम्रो नीति नियम पायो भने पक्कै पनि यो क्षेत्र सबैका लागि भविष्य बुन्ने राम्रो कर्मथलो हुनसक्ने थियो । नायिकाहरु यो क्षेत्रमा आउँदा पनि टाउको ठाडो बनाएर हिड्न सक्ने थिए । र कुनै पनि बुवा आमाले मेरो छोरी नायिका हो भनेर गर्बका साथ भन्न सक्ने थिए, यसैले सबैलाई आन्दोलनमा साथ दिन आग्रह गर्दछु ।

स्थापित गायक राजेशपायल राई पछिल्ला दिनमा अभिनयतिर लागिरहेका छन् । केही फिल्ममा ‘हिरो’ बनेका राई यो हप्ता ‘भिलेन’ बनेर दर्शकमाझ आउँर्दैछन् ।
संयोग नै भन्नुपर्ला, गायकबाट नायक हुँदै भिलेन बनेका राजेशपायल राईको भिडन्त महानायक राजेश हमालसँग हुँदै छ ।
राईले अभिनय गरेको चलचित्र ‘सी माला’ र हमालले अभिनय गरेको चलचित्र ‘स्वाभिमान’ यसै साता काठमाण्डौका हलहरुमा एकसाथ रिलिज हुँदैछन् । चलचित्रकर्मीको आन्दोलनका कारण सेन्सर बोर्डले काम गर्न नपाउँदा हिन्दी फिल्म चल्न नसकेपछि दुवै फिल्मले यो साता काठमाण्डौंबाट रिलिज हुने पालो पाएका छन् ।
मदन घिमिरेको निर्देशनमा बनेको स्वाभिमानमा हमालसँगै झरना थापा, सुमन सिंह, सौजन्य सुब्बाा, रमेश बुढाथोकी लगायतले अभिनय गरेका छन् । रुद्र गुरुङको निर्माण र निर्देशनमा बनेको सी मालामा राईसँगै मनोज आरसी, दिप्ती गुरुङ लगायतको प्रमुख भूमिका छ । यसअघि सीमालाको रिलिज डेट माघ १९ का लागि तोकिएको थियो । राजधानी बाहिर भने पुरानै मितिमा रिलिज हुने छ ।

नेपाली संगीतप्रेमीहरुका लागि कुटुम्ब कुनै नौलो नौलो होइन । ‘कुटुम्ब व्याण्ड’ संगीतप्रेमीहरुको मन र मस्तिष्कमा झुण्डिएको छ । तर ‘कुटुम्ब’ नाममै एक चलचित्रको निर्माण भएको छ ।प्रतिमान रुम्बाको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई सुजन लामाले निर्देशन गरेका हुन् । चलचित्रमा सुष्मा कार्की, सागर घिसिङ, लत्ता योञ्जन, प्रकाश वाइवा, सुर्यमान घले, सिता थिङ, राजु ढकाल, सुजन लामा लगायतका कलाकारको अभिनय छ । चलचित्रले तामाङ संकृती र रीतिरिवाजलाई उठान गरेको छ ।
तामाङ संकृतीमा फुपु चेलीको छोराछोरीसँग बिहे गर्ने चलन छ । तर आफ्ना वुवाआमाले सानोमै नाता जोडीदिएपछि छोराछोरीलाई पर्ने अप्ठ्यारो ‘कुटुम्ब’ मा हेर्न पाइने निर्माणपक्षले बताएको छ । चलचित्रमा नायिका सुष्मा कार्की एक धनी परिवारको छोरीको भुमिकामा देखिदैछिन् ।
रोशन वान्तवा र शोम घिसिङको संगीत रहेको चलचित्रमा चन्दा गोलेको कथा समावेश छ । चलचित्र नयाँ बर्षमा प्रदर्शनमा आउने निर्माणपक्षले बताएको छ ।

सुचिको चौथो स्थानमा अक्षय कुमार र पाचौ
स्थानमा अमिताभ बच्चनको नाम समावेश छ । यो सुचिमा समावेश अधिकांश
सेलिब्रेटी ३० देखि ५० उमेरको बिचका छन् । १ सय सेलिब्रेटी को यो सुचि
फोब्स इण्डियाको ताजा संकरणमा समावेश हुनेछ । यो संकरण २८ जनवरी २०१३ मा
बजारमा उपलब्ध हुनेछ ।
१२ माघ, दोलखा । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले माओवादीले विगतमा भएका सबै सहमति च्यातिसकेको आरोप लगाउनुभएको छ ।
दोलखाको चरिकोटमा भएको कार्यक्रममा नेता ओलीले १२ बुँदे लगायतका विभिन्न सम्झौता माओवादीले पालना नगरेकाले त्यो च्यातेभन्दा पनि घातक भएको बताउनुभयो । प्रेस चौतारीले गरेको कार्यक्रममा नेता ओलीले भन्नुभयो-’सहमति पालना नगर्नु भनेकै च्याते सरह हो, माओवादी नेताले सहमति च्यात्छौं भनेर दिएको धम्कीको कुनै तुक छैन, यसबाट हामी डराउँदैनौं ।’
अहिलेको सरकार शान्ति प्रक्रिया भाड्ने षडयन्त्रमा लागेको पनि आरोप लगाउनुभयो ।

हिजो आज राजधानीको गल्ली गल्लीमा
रेष्टुराँ खुलेका छन् । ग्राहकलाई आकर्षित गर्न उनीहरु आफ्नो बलबुताले
भ्याएसम्मको उपाय लगाउँछन् । यस्तो नेपालमा मात्र हैन, बिश्वका सवैजसो
देशमा हुन्छ । अरुभन्दा फरक देखाउनकै लागि व्यापारीहरु अनौठा हर्कत गर्न
पनि पछि पर्दैनन् ।
हामी यस्तै रेष्टुराँको कुरा गर्दैछौं,
जहाँ महिला वेटरहरु मात्र हुन्छन् र त्यो पनि विकिनीमा । कोलोराडो राज्यको
डेनभरमा रहेको अमेरिकाको ‘हट चिक अ लाटे’ रेष्टुराँमा अर्गानिक कफी,
ब्रेकफास्ट र ड्रिङ्कससँगै खाइलाग्दा तरुनीहरु पनि हुन्छन जसले जीउमा
कपडाको नाममा बिकिनीमात्र लगाएका हुन्छन् ।
अब भएन त मज्जा ? कफीको चुस्कीसँगै नसालु युवतीको साथ !
हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । हाँस्ने मान्छेको आयू बढ्छ
भनिन्छ । हँसिलो मान्छे अरुका नजरमा पनि राम्रो गनिन्छ । तर हाँस्ने वा
मुस्कुराउनका लागि समेत त केही विषय चाहियो ।
हामीले हाम्रा पाठकवृन्दको यहीँ भावनालाई ध्यानमा राख्दै यहाँ खोजबिन गरेर केही त्यस्ता तस्वीर पस्केका छौँ, जो हेर्दा यहाँलाई रोचक लाग्नेछ र हाँसो छुटाउनेछ ।

हामीले हाम्रा पाठकवृन्दको यहीँ भावनालाई ध्यानमा राख्दै यहाँ खोजबिन गरेर केही त्यस्ता तस्वीर पस्केका छौँ, जो हेर्दा यहाँलाई रोचक लाग्नेछ र हाँसो छुटाउनेछ ।
कसैकसैका रोग र पीडा पनि निकै दर्दनाक
हुन्छन् । यस्तै दर्दनाक पीडा भोगिरहेकी छिन् बेलायतकी एक युवतीले लाउरेन
हरी नामकी ती युवतील हरेक पटक हाच्छिउँ गर्दा ठूलो पीडा खप्नुपर्छ । कारण
के भने हाच्छिउँ गर्दा उनको काँधको हाडको जोर्नी फुस्किहाल्छ ।डाक्टरका
अनुसार २० वर्षे यी चेलीको काँधको हाडको जोर्नी यति कमजोर छ की हाच्छिउ
गर्दा वा अरु कुनै बल पुग्ने काम गर्दा त्यो फुस्किहाल्छ ।
अनि फुस्किएको हाडको जोर्नी ठीक ठाउँमा
ल्याउन अस्पताल दौडाइहाल्नुपर्छ ।यी युवतीको काँधको हड्डी एक दिनमा २०
पटकसम्म फुस्किएको छ । रुघाखोकी लागेका बेला हाच्छिउ बढि आउँदा यस्तो पीडा
भोग्नुपर्छ ।गाडिमा चढेको बेला गाडि बढीले झ्याँक्यो भने पनि उनको जोर्नी
फुस्किने खतरा हन्छ । चिकित्सकहरुले उनको यो समस्यालाई एहलर्स ड्यालोन्स
सिन्डोम भनेका छन् ।
यो एउटा वंशाणुगत समस्या हो जसका कारण
जोर्नीलाई संयोजन गर्ने कोलाजेन तन्तु निकै कमजोर हुन्छ फलतः हातखुट्टाको
जोर्नी कमजोर हुन्छ र झ्वाट्टै फुस्किन्छ । लाउरेनलाई १५ वर्षको उमेरदेखि
यस्तो जोर्नी फुस्किने समस्या देखिन थालेको हो ।