म कक्षा ९ मा पढ्दै थिएँ करिब १५ वर्षकी
हुँदो हुँ । ग्रामीण परिवेशमा हुर्किएकी म, मध्यम वर्गीय परिवारकी जेठी
छोरी, साह्रै सरल थियो मेरो जीवन, बिहान आमालाई खाना बनाउन सघाउने, घर
नजिकैको ईनारबाट पानी ल्याउने अनि दिउँसो स्कुल र फेरी स्कुलबाट फर्किएपछि
कहिले स्कुल ड्रेसमा नै अनि कहिले ड्रेस फेरेर पानीको गाग्री काखी च्याप्दै
घर पुग्ने, मेरा दिनहरु यसैगरि बित्थे ।म आफू राम्री थिएँ या थिइँन त्यो
मलाई थाहा छैन । मेरो बालसुलभ चञ्चलतामा राम्रोको परिभाषा पनि अटेकै थिएन ।
तर घर आउने, चिनेका अनि नचिनेकाले कति राम्री भएकी, हलक्क बढिछ, आँखा पनि
कति राम्रा, दाँत कति मिलेका भन्दै मेरो प्रशंसा गर्नुले मलाई कता कता
काउकुती लाग्दथ्यो । गालाको माथीको टुप्पो रातो हुन्थ्यो अनि म सहजै
हाँसिदिन्थेँ अबुझ भएर तर मैले बुझ्न थालेथेँ म राम्रोको परिभाषा भित्र
अटाउने रहेछु । मलाई राम्री भनिने रहेछ ।
म पढाइमा पहिले देखि नै लगनशिल थिएँ ।
मैले दिमागमा जोड दिंदा पनि मलाई कुनै क्लास नलिएको या छुटाएको याद छैन ।
स्कुलमा कमै गयल हुने, शिक्षक शिक्षिका सँग पनि अनुशासित व्यवहार देखाउने
अनि आवश्यक कुरा मात्र गर्ने भएकोले होला म स्कुलमा सिनियर र साथीहरुको
माझमा राम्रै रुचाइन्थेँ । ९ कक्षामा अध्यनरत हामीमा, अब
एस.एल.सि.परिक्षाको तयारी गर्नुपर्छ भन्ने जिम्मेवारी भाव उत्पन्न भएको
थियो । जुन जिम्मेवारीले म आफु थप लगनशिल र अनुशासित बनेको थिएँ । असोज
महिनाको कुनै बिहान थियो । म केही कारणले अलि ढिला स्कुल पुगेको थिएँ ।
मेरो पहिलो पिरियड म्याथको थियो । म ढिला प्रायः हुँदिनथेँ त्यसैले त्यो
दिन ढिला हुनाले म साँच्चै हतारिएकी थिएँ । हतार हतार ‘ मे आइ कम इन सर ‘
भन्दै म भित्र छिरेँ । अनायाश साथीहरुको अट्टहासपूर्ण हाँसोले मैले
शिक्षकको आवाज नै सुनिन । म चुपचाप क्लास भित्र छिरेँ । साथीहरुको हाँसो
अझै रोकिएन । शिक्षक ब्लाकबोर्ड तिर फर्किएर ब्लाकबोर्डमा लेखिएका अक्षरहरु
मेट्दै हुनहुन्थ्यो । जसै शिक्षक हामी तिर र्फकनुभयो साथीहरुको हाँसो केही
कम भयो तर हाँसो पुरै थामिएको थिएन । सानो मधुरो भएर हावामा गुन्जिरहेकै
थियो । मैले आश्चर्य मिश्रति स्वरले मेरो प्रिय साथी पुजालाई सोधेँ, अनि
पुजाबाट थाहा पाएँ आज अनौठो घटना घटेछ । पुजा र क्लासका सबै साथीहरु आउनु
अगाडि नै ब्लाकबोर्डमा दिपिका सुमन लेखिएको रहेछ । पुजा र मेरा अरु केही
साथीहरुले शिक्षक आउनु अगाडि नै ब्लाकबोर्ड बाट मेट्न खोजेका रहेछन् तर
क्लासका केही उदण्ड केटाहरुले मेटाउन नदिए पछि कमजोर उनीहरु चुपचाप बसेका
रहेछन् । अनि मेरो म्याथ टिचर सोही लेखाई मेटाउँदै हुनुहुँदो रहेछ ।
त्यो घटनाले मलाई मर्माहत बनाएको थियो ।
आफ्ना हरेक गतिविधिहरु संयम भएर गर्ने म, जसलाई परिवारका सदस्य देखि
स्कुलका प्रत्येक शिक्षक शिक्षिकाले अनुशासनको नमुना बनाएका थिए । जसलाई
कुनै केटाहरुको सामित्यताले मन मष्तिक र दिलमा कुनै ज्वारभाटाहरु सृजना
गरेकै थिएनन्, जसको उमेर १५ वर्ष भएपनि प्रेमका लवजहरुले रोमाञ्चित बनाउन
सकेको थिएन । जो अटल थिई, साहसी थिई र भविष्यप्रति गम्भीर पनि, जो संग
स्कुलका कुनै पनि केटा बोल्न डराउँथे । त्यो केटीको नाम ब्लाकबोर्डमा
लेखिनु साँच्चीकै आश्चर्य थियो । आश्चर्य मेरो लागि मात्र थिएन सायद
आश्चर्य संगै अविश्वास पनि भएकै कारणले गर्दा होला शिक्षिकले ब्लाकबोर्डमा
लेखिएका अक्षरहरु मेटिदिनुभएको थियो र मलाई त्यो घटनाको बारेमा केही पनि
भन्नु भएको थिएन ।
मैले पूजासँग साउती गर्दै सुमन को हो रु
भनि सोधेँ । मानौँ मेरो प्रश्नको उत्तर उ संगै छ । तर उ पनि म जस्तै
अनभिज्ञ थिई । शंका र त्रास मिश्रति हेराई म तिर पुलुक्क हेर्दै भनेकी थिइ
‘मलाई के थाहा तँलाई नै थाहा होला’ । मेरो सबैभन्दा मिल्ने साथी पूजा, मेरो
अन्तरङ्ग साथी, जसलाई मैले मेरो सम्पूर्ण कुराहरु बताउने गर्दथेँ । जसले
मलाई नजिकबाट बुझेकी थिई । उसले समेत शंकास्पद आशयले ‘तँलाई नै थाहा होला’
भनेपछि मेरो साथ अब कोही नभएको महशुस गरेँ मैले । म एक्लिएको महशुस गरेँ ।
मैले गल्ति नै नगरी आफूलाई गलत महशुस गरेँ । त्यतिखेर मेरो मनमा पैदा भएका
त्रासदीहरु भनेर के भनिसाध्य थिए र ? त्यस माथि साथीहरुको व्यङ्गयात्मक
अभिव्यक्तिहरु जहाँ दिपिका संग सुमन जोडिएको हुन्थ्यो ती सबैले मर्माहत
भएकी थिएँ म, कमजोर र दुःखी भएकी थिएँ म, सोचाइ भरि को हो सुमन ? को प्रश्न
बोकेर म धेरै दिन देखि भौँतारिएको थिएँ । आश्चर्य नै आश्चर्य भएको थियो
मेरो जीवनमा, एउटा सानो घटना, कुन ठूलो घटना थियो र त्यो ?कसैले मेरो
नामसँग कोही केटाको नाम जोडेर ब्लाकबोर्डमा लेखिदिनु, के त्यति ठूलो घटना
थियो र मलाई त्यसरी विचलित बनाउनु पर्ने ? मैले चिन्दै नचिनेको मेरो स्कुल,
मेरो गाँउ, अनि मेरो नातागोतामा कहीँ पनि नभएको सुमनको नाम मेरो नामसँग
जोडिनु र ब्लाकबोर्डमा लेखिनुलाई सानो घटना मानेर भुलाइदिने जमर्को मेरो
साथीहरुले गरिदिएको भए, त्यो घटना पछिका दिनहरुमा व्यङ्गगात्मक शैलीमा म
माथि सुमनको नाम लिएर घोचपेच नगरिदिएको भए, सायदै म सुमन भन्ने नामसँग
त्यति घृणा गर्थे होला । तर दिनदिनै मैले भोग्नु परेका व्यथाहरुले उकुस
मुकुस भएको म, मलाई सुमन संग अत्यन्त घृणा लाग्थ्यो । संसारमा नै म त्यति
घृणा कसैलाई गर्दिनथेँ होला जति सुमनलाई गर्दथेँ ।
म सुमनलाई भेट्न चाहन्थेँ, चिन्न
चाहन्थेँ अनि त्यो मान्छे जसको नामै मात्रले मेरो जीवन नारकिय भएको थियो ।
त्यसलाई, अनि त्यो मानवरुपी डरलाग्दो भीमकाय राक्षसलाई सोध्न चाहन्थेँ,
मेरो अत्यन्तै सुखी जीवनमा अनावश्यक उतार चढाव ल्याउने के अधिकार छ तिमी
संग ? तर मैले सुमनलाई भेटिनँ । दिनहरु बित्दै गए ९ कक्षाको दोस्रो
त्रैमासिक परिक्षा सकियो, रिजल्ट भयो, म अनुर्तिण भएँ । शिक्षक शिक्षिकाको
विश्वासको विपरित भयो । बुबा आमाको आशाको उल्टो भयो, म अनुर्तिण भएँ ।
दुईवटा विषयमा अनुर्तिण भएँ । एउटा सानो घटनाले मेरो जीवनमा ल्याएको
असफलतालाई सम्झेर त्यसै दिन आँशु चुहाउँदै मैले संकल्प गरे कि अब कुनै सुमन
नामले मेरो जीवनका सफलता हरुलाई रोक्न सक्दैन अनि मलाई कमजोर बनाउन सक्दैन
।
स्कुलबाट सधैँ झै नियमित समयमा नै हामी
घर जानका लागि निक्लिएका थियौं । म र पुजा दिँउसो साईन्स टिचरले
देखाउनुभएको माइक्रोसकपको बारेमा कुरा गर्दै थियौ। एकाएक पछाडी बाट कसैले
बोलायो । दिपिका मलाई तिमी सँग कुरा गर्नुछ । प्लिज मलाई समय देउ भन्ने
आवाजले म त्रसित भएँ । मैले पछाडीनै नहेरी त्यो आवाजलाई बेवास्ता गर्दै
पाइला चालेँ तर त्यो आवाज रोकिएन बरु दोहोरियो अनि तेहेरियो मैले आवेग र
त्रास मिश्रति स्वर निकालेर सोधेँ, को हो तँपाई ? के कुरा गर्नुछ म संग ।
मलाई अपरिचित मान्छे संग कुरा गर्ने कुनै ईच्छा छैन । यी सबै घटना हुन्जेल
मैले एकपल्ट पनि त्यो व्यक्तिलाई हेरेको थिइँन । उसले आफूलाई परिचित
गराउँदै भन्यो दिपिका मेरो नाम सुमन हो । उसले अरु के के भन्दै थियो मैले
केही सुनिँन, केही बुझिँन पनि, सुमन नाम सुन्ने बित्तिकै मलाई रिङ्गटा
लागेर आयो । मलाई भीमकाय डरलाग्दो राक्षस संग जम्काभेट भए जस्तो भयो । मेरो
पछाडी हिँडिरहेको राक्षसलाई सडकको ठुलो ढुङ्गा टिपेर टाउकोमा बजार्न मन
लाग्यो । ओठहरु काप्न थाले दाँतहरु बज्न थाले । साह्रै गाह्रो संग आफूलाई
सम्हाल्दै केही नबोली म अगाडि बढी रहेँ । पूजाले मलाई साथ दिई रहि । उ
हाम्रो पछि पछि आई रह्यो मेरो घर सम्म, मैले उसलाई एकपल्ट पनि हेरिँन,
हेर्ने हिम्मत पनि गरिँन भय र घृणाले गर्दा त्यो व्यक्तिको नाम सम्झने आँट
पनि गरिँन त्यो घटना सम्झिने आँट पनि गरिँन । भोलि पल्ट म स्कुल जान डराएको
थिएँ । पहिलो पल्ट मलाई स्कुल जान डर लागिरहेको थियो । नियमित स्कुल जान
रमाउने मलाई त्यो दिन खै किन हो ? स्कुल जाने हिम्मत नै भएन । पुजाको घर
मेरो घरबाट ६ मिनेट जतिको दूरिमा थियो । हामी सधैँ मेरो घर अगाडि को चोकमा
भेट्थ्याँै तर त्यस दिन भने पुजा मेरो घरमा नै आई र मलाई ढिलो गरेकोमा गाली
गरि, मैले उसलाई स्कुल जाने ईच्छा नभएको बताएँ तर उसले मेरो हात समातेर
तान्दै मलाई स्कुल लगि । सधैँ झैँ बेलुकी ४ बजे स्कुल छुट्टी भयो, हामी
गेटबाट बाहिर निक्लियाँै । हाम्रो गेट अगाडी एउटा केटा उभिरहेको थियो ।
हामी अघि बढ्ने बित्तिकै उ हाम्रो पछि पछि लाग्यो । मलाई अत्यन्त डर लागेको
थियो । तर उसले त्यस दिन केही बोलेन, खाली हाम्रो पछि पछि हिँडि मात्र
रह्यो, मेरो घर नआउन्जेल सम्म । अब यो क्रम दैनिक हुन थालेको थियो । उ
नियमित हाम्रो स्कुल छुट्ने समयमा आईपुग्थ्यो अनि हाम्रो पछि पछि
हिँड्दथ्यो । उ कहिल्यै गयल भएन, म बरु कहिले काहीं स्कुलमा गयल हुन थालेको
थिँए । तर उ भने हामी स्कुल छुट्ने समयमा आईपुग्न कहिले पनि गयल भएन । म
स्कुल नगएको दिन उ पुजा संग कुराकानी गरि स्कुलबाट नै र्फकने रहेछ । अनि म
भएको दिन मेरो घर सम्म पुगेर मात्र छुट्टनिे गर्थ्र्यो ।
यो क्रम रोकिएन, समय पनि रोकिएन मैले ९
कक्षा उत्तिर्ण गरे । हामी दशाँै कक्षामा प्रवेश गर्यौं सुमनको यात्रा पनि
तेस्रो महिनामा प्रवेश गर्यो । उ बाटोमा हामी संग हिँड्दा हामीलाई हसाँउन
जोक्सहरु भन्थ्यो । बाटोमा हिँड्ने बच्चाहरुलाई जिस्काउँथ्यो । पुजासंग
कुरा गर्थ्यो । तर मसंग कहिले बोलेन । न म नै उसंग कहिले बोलेँ । तर मलाई
अब सुमन संग डर लाग्न छोडिसकेको थियो । घृणा कति थियो थाहा छैन तर सुमन
मेरो पछाडी आईरहँदा म त्यति विचलित हुन्थिँन जति तिन महिना अगाडि हुन्थेँ ।
मलाई डर थियो भने मेरो अभिभावकको, शिक्षकहरुको र सिनियरहरुको । त्यसैले
सुमन मेरो पछाडी नआओस् भन्ने हार्दिक ईच्छा भैरहन्थ्यो तर सुमनलाई कहिले
भन्न सकिँन किनकी उ म संग चाहेर पनि बोल्दैनथ्यो अनि म सुमन संग बोल्नै
चाहन्नथेँ । कुनै एउटा शुक्रबारको दिन थियो । त्यो दिन हामी अलिक चाँढो
स्कुलबाट निक्लिएका थियौ । सुमन सधैं झै मेरो स्कुलको कम्पाउण्ड अगाडि
भेटियो । त्यस दिन उसले सायद हिम्मत जुटाएर म संग कुरा गरेको थियो । कति
सहजै भनेको थियो उसले दिपिका मैले तिमीलाई पहिलो पल्ट तिम्रो घर माथिको
मन्दिरमा देखेको थिएँ । पहिलो झलक मै मलाई तिमी मनपर्यो सायद यसैलाई प्रेम
भनिन्छ । मलाई तिम्रो बारेमा केही थाहा थिएन । धैरै प्रयास गरेपछि तिम्रो
नाम, स्कुल र क्लास थाहा पाँए । प्रेम गर्थें तिमीलाई, व्यक्त गर्ने कुनै
तरिका थिएन तिम्रो अगाडि आउन डराउँथे तर्सथ मैले प्रेम व्यक्त गर्ने गलत
तरिका अपनाएँ तिमीलाई दुःखी बनाएँ , हाम्रो नाम ब्लाक बोर्डमा लेखिदिएँ ।
प्रेमले करिब अन्धो भएको थिएँ म, मैले कुन गलत हो कुन ठिक हो छुट्याउनै
सकिँन दिपिका त्यही गल्तिको प्रायश्चिचत गर्दैछु । तीन महिना सम्म लगातार
सामथ्र्य जुटाएर तिमीलाई फेरी प्रस्ताव राख्दैछु । तिमीले मेरो प्रेम
प्रस्ताव स्विकार्नु पर्छ दिपिका । उसले भनेको थियो दिपिका मैले गलत कदम
उठाएँ तिम्रो प्रेम पाउँन तर म गलत मान्छे होइन, म तिमीलाई असाध्यै माया
गर्छु ।
तिमीलाई हेरिरहन चाहन्छु, तिमीसंग बोलिरहन
चाहन्छु, तिमीलाई आˆनो बनाउन चाहन्छु, दिपिका उ अरु के के भन्दै थियो मैले
एकाग्र भएर सुन्नै सकिँन । मलाई फेरि त्यही दिन याद आयो । जुन दिन आफ्नो
नाम ब्लाक बोर्डमा लेखिएको थियो । कति दुःखी भएको थियो मेरो जीवन उसले
गरेको हर्कत पछि । मेरो साथीहरुको म माथिको हाँसो, शब्द शब्दमा म माथि
गरिने ब्यङ्गहरु अनि मैले अपहेलीत हुनु परेका क्षणहरु, अब मेरो आँखा अगाडि
यी सबै कुराहरु आईरहेका थिए । मलाई फेरी सुमन प्रति घृणा पैदा भयो मात्र
घृणा, त्यहाँ कहीँ प्रेम थिएन । उसले त्यसै दिन भनेको थियो मैले तिमीबाट
सकारात्मक उत्तर पाउनु पर्छ दिपिका, उसको कुरा नसकिँदै मेरो घर आईपुग्यो, म
घर तिर लागें, उ कहाँ गयो मलाई थाहा भएन । शनिबारको दिन स्कुल छुट्टी
भएकोले मन्दिरमा पुजा गर्ने जिम्मा मैरै थियो । म पूजा थाली बोकेर एक्लै
मन्दिर तिर लागेँ । बहिनी दिब्याले म संगै जाने इच्छा प्रकट गरेकी थिई । तर
मलाई त्यस दिन एक्लै मन्दिर जाने इच्छा भएथ्यो । मन्दिरमा सुमनलाई भेट्न
इच्छा थिएन तर भेटिने सम्भावना थियो । म मन्दिरको सिंडीहरु उक्लदैँ थिएँ ।
माथिल्लो सिंडीमा झोकि्रएर बसिरहेको सुमनलाई देखेँ । मैले अड्कल गरेँ उ
आईपुगेछ, बिहानै आईपुगेछ । तर थाहा पाएँ उ त राति पनि त्यहीँ सुतेको रहेछ,
मन्दिरकै पाटीमा, रात कटाएको रहेछ । बिहानीसंगै उसकी दिपिकाले पक्कै खुशी
बोकेर आउँछे भन्ने सुन्दर बिहानीको प्रतिक्षा गर्दै उकुस मुकुस रात कटाएछ
उसले ।
त्यस दिन मलाई थोरै सुमनको माया लागेको
थियो । तर उसको जिद्धीपनाले म अझ दुःखी भएको थिएँ । त्यस दिन मैले उसलाई
भनेको थिएँ सुमन तिमी मलाई प्रेम गर्छौ भने मेरो एस.एल.सि. परीक्षा
नसकुन्जेल मेरो नजिक नआउ । तिम्रो आगमनले मलाई अनौठो प्रभाव पार्दछ, म पढ्न
सक्दिँन । यसर्थ जुन दिन मेरो एस.एल.सि. परिक्षा सकिन्छ, त्यसै दिन हामी
भेटौँला । उ केही पनि बोलेन ज्ञानी बालक झैं मन्दिर बाट कतै निक्लियो, म
पुजा गरेर घर फर्किएँ । त्यस पछिका दिन उ कहिल्यै पनि मेरो अघिल्तिर आएन ।
मेरो स्कुल छुट्टी, सगैं मेरो अगाडी वा पछाडी हिडिँरहने मान्छे, बोलिरहने,
जिस्कीरहने, रमाइलो गरिरहने मान्छेको साथमा खै कसरी हो, म संगै रमाउन
थालेथेँ या किन हो कुन्नी उसको अनुपस्थितिमा म दुःखी भने भएको थिएँ । स्कुल
छुट्टी भए पछि घर जाने बाटोहरुमा मेरा आँखाहरुले उसलाई खोजेका थिए । तर
अहँ उ भेटिएन, उ आएन, मैले सोचेँ अब उ आउँदैन । यो सोचाईले म पहिलो पल्ट
दुःखी भएँ । म उसलाई घृणा गर्थे तर किन उ नआउनुले त्यति पीडा दिएको थियो
मलाई त्यो थाहा भएन । धेरै पटक मनै देखि उसलाई बोलाएँ तर उ आएन ।
समयको बेग संगै एस.एल.सि.को परिक्षा आयो,
सकियो पनि, अन्तिम दिन हामी सबै घुम्न जाने भएका थियौं । शारिरिक शिक्षाको
परिक्षा सिद्धयाएर म परिक्षा केन्द्रबाट बाहिर निक्लिँदै थिएँ । अनायासै
चिनेको अनुहार मेरो अगाडि देखें । उ सुमन थियो । उ मलाइ एकटकले हेरिरहेको
थियो । मलाई उसको माया लाग्यो । किन लाग्यो थाहा छैन ? तर लाग्यो । उसको
छातीमा आफ्नो टाउको राखेर भन्न मन लाग्यो तिमी त निष्ठुरी रहेछौ, किन आएनौ
यतिका दिन ? किन कुरायौ यतिका दिन ? तर अहँ त्यस्तो गर्न सकिँन । ती सबै
मैलेनै राखेका शर्तहरु थिए । उसले त मेरो खुशीको लागि मेरा हरेक शर्तहरु
पालना गरेको थियो । एस.एल.सि.पछिको लामो बिदामा मैले धेरै कामहरु गर्नु
थियो । सीपमूलक तालिमहरु लिने योजना बनाएको थिएँ । ति सबै संगै मैले सुमनको
बारेमा बुझ्नु थियो । किनकि उ मेरो नजिक थियो । मेरो अगाडि पछाडी तर म
उसलाई नजिक बाट चिन्दैनथेँ । प्रयास गरे असम्भव के छ र ? मैले सुमनको
बारेमा बुझ्न सकें । सुमन पनि म जस्तै मध्यम वर्गीय परिवारको छोरा रहेछ । उ
म भन्दा एक क्लास सिनिएर रहेछ । पढाईमा तेज, अनुशासित अनि सुसंस्कृत
परिवारमा जन्मिएको कारणले होला उसलाई उसको गाउँमा अब्बल दर्जाको युवकको
सूचिमा राख्ने रहेछन् । मेरा लागि आवारा सुमनको दोस्रो रुप थाहा पाएँ मैले ।
मेरो एस.एल.सि. को रिजल्ट भयो । म पास भएँ । साइन्स नै पढ्ने निधो गरें ।
तर सुमनको कलेजमा हैन । मेरो कलेजको पहिलो दिन नै उ मेरो कलेजमा आयो अनि
फेरी त्यही रट लाउन थाल्यो जुन मेरो लागि अब कुनै नौलो थिएन । मेरो हात
समातेर कलेजको छतमा लगेको थियो उसले,अनि मैले सहजै सुमनलाई भनको थिएँ, सुमन
म प्रेमलाई विवाहको रुप दिनु पर्छ भन्ने मान्यता राख्दछु, म जुन समाज र
संस्कारमा हुर्केको छु त्यहाँ प्रेम मात्र संभव छैन, विवाह सहितको प्रेम
केही संभव होला । तिमी मलाई पञ्चे बाजा बजाएर सिन्दुर हाली दुलही बनाई घर
भित्र्याउन सक्छौ भने मलाई तिम्रो प्रेम प्रस्ताव मन्जुर छ । मेरा यति
शब्दहरुले उसमा खुशी ल्याएदिएको थियो । उ अत्यन्त खुशी थियो त्यो दिन ।
उसको प्रतिक्षा प्राप्तिमा बदलिएको दिन, उसको तपस्याले फल पाएको दिन । उ
अत्यन्त खुशी थियो ।
आई.एस.सि. द्वितिय बर्षको परिक्षाको
तयारीमा सुमन जुट्यो । उसले मलाई प्रष्ट भनेको थियो । उसका दुई वटा लक्ष्य
छन् । एउटा डाक्टर बन्ने अर्को मलाई प्राप्त गर्ने, मानसिक, शारिरीक र
भौतिक रुपमा नै मलाई खुशी राख्ने, उ आफ्नो लक्ष्यमा प्रष्ट थियो । मेरो पनि
प्रथम बर्षको परिक्षा नजिकिँदै थियो । म पनि परिक्षाको तयारीमा लागेँ ।
सुमन पढाईमा ब्यस्त थियो अनि म पनि त्यति धेरै भेट्न या संगै रहन अनि माया
पि्रतिका कुराहरु आदान प्रदान गर्न जान्दिनथेँ त्यसैले पनि होला हाम्रो भेट
पातलिएको थियो । हामी कमै भेट्थ्यौ र भेटिहाले पनि पढाईका कुरा, लक्ष्य
प्राप्तिका कुरा, भविष्यका कुरा गथ्यौ । हामी एकअर्काका आर्दश थियौं ।
हामी उमेर नै नपुगी परिपक्व भैसकेका थियौँ । सुमनले डाक्टर पढ्न छात्रवृति
पायो । डाक्टर पढ्नको लागि सुमन रसिया जाने भयो । म त्यतिखेर आई.एस.सि.
दास्रो बर्षमा पढ्दै थिएँ । उ अत्यन्त खुशी भएको थियो त्यस दिन । उसको
जीवनका दुइटा ठूला उद्देश्य, एउटा डाक्टर बन्ने अनि अर्को मलाई प्राप्त
गर्ने । दुईवटा उद्देश्य नै प्राप्तिको बाटोमा थिए । उसले मलाई दुबै हातले
उचाल्दै खुशीले घाँटीबाट धोत्रे स्वर निकाल्दै भनेको थियो “अब मेरो जीवन
सार्थक भयो । “
अन्ततः सुमन रसियाको लागि उड्यो । उसलाई
छोड्न म विमान स्थल गएको थिएँ । उसले अन्तिम पल्ट भनेको थियो “दिपिका तिमी म
संगै रसिया जादैँछौँ, मेरा सम्झनाहरुमा म तिमीलाई बोकेर जादैँछु । मेरो
रगतका नशा नशामा तिमी छौ, मुटुको धड्कनहरुमा तिमीनै छौ । यसर्थ तिमी म संगै
छयौ दिपिका, त्यसैले म एक्लो छैन ।’’ सुमनको विमान आकासका टुक्रे
बाँदलहरुभित्र हरायो ।सुमनको बिदाईमा म विचलित हुनुपर्ने । उसलाई सम्झेर
आँखाबाट बगेका आँशुहरु सुक्न नसक्नुपर्ने हो तर मलाई त्यति धेरै गाह्रो
भएको थिएन । उ गएको पनि २ महिना भईसकेको थियो । उसले मलाई ४ वटा पत्र
पठाईसकेको थियो । इमेल इन्टरनेट र फोन अहिले जस्तो सहज थिएनन् । त्यसैले
चिठ्ठीहरुको प्रयोग हुन्थ्यो । मैले भने उसको पत्रको जवाफ लेखेकै थिइँन ।
मेरो पत्रको उत्तर नपाउँदा सुमन दुःखी हुन्छ भन्ने थाहा थियो । तर मलाई
लेख्न जाँगर नै चलेन ।
आई.एस.सि. दास्रो बर्षको परिक्षा सकिनु
संगै मेरो घरमा मेरो विवाहको कुरा चल्न थाल्यो । छोरीको विवाह को बारेमा
केही सोचि नसकेका मेरा बुवा आमाहरुलाई पनि सोच्न बाध्य बनाउने गरि मेरा
आफन्तहरु विवाहको लागि प्रस्ताव बोकेर आउन थाले । हाम्रो समाज अचम्मको छ ।
विवाह गर्ने उमेरको तय व्यक्ति स्वयंमले गर्न पाउँदैन अरु कसैले गरिदिन्छन्
। मैले आफू अहिले विवाह नगर्ने कुरा प्रष्ट राखेको थिएं । मलाई पढ्नु छ । म
साईन्समा नै मास्टर डिग्री सम्म पढ्न चाहन्छु । त्यो भन्दा अगाडि कृपया
मेरो विवाहको कुरा नगर्नुहोला भनेर प्रष्ट भनिदिएको थिँए । बुवाले मेरो
कुरामा सहमत जनाउनु भएको थियो आमा पनि मौन हुनुहुन्थ्यो । मलाई मेरो विवाह
४-५ वर्षको लागि सारिएको महशुस भएको थियो ।समयले फड्को मार्यो । सुमन
रसिया गएको पनि ३ वर्ष भइसकेको थियो । ३ वर्षमा सुमनले जति मलाई चिठ्ठी
पठाएको थियो त्यसको एक चौथाई मात्र मैले पठाएकी थिँए होला । उसका हरेक
पत्रमा मेरा यादहरु समेटिएका हुन्थे । मलाई भेट्न उ व्याकुल भएको कुरा
लेखिएको हुन्थ्यो । अनि मेरो फोटोलाई साथमा नै राखेर विदेशी मुलुकमा
पट्यारलाग्दा दिनहरु बिताईरहेको कुरा लेखिएको हुन्थ्यो ।
एक दिन बुबाले मलाई बोलाउनु भयो, एउटा
साह्रै नै असल, राम्रो, सुसंस्कृत परिवारको अनि आर्थिक रुपले पनि सुसम्पन्न
इन्जिनियरको प्रस्ताव राख्नुभयो । मैले आफू विवाह नगर्ने कुरा भन्दिएँ ।
बुबाले कारण सोध्दा म मौन थिएँ । मैले सुमनलाई सम्झनु पथ्र्यो, सुमनले
लेखिएका पत्रका हरफहरु सम्झनु पथ्र्यो । तर अहँ ति सबै मैले सम्झिदै सम्झिन
। मैले बुबालाई भनिनँ कि भोलिको डाक्टर मेरो प्रतिक्षामा दिनहरु कटाइरहेछ,
मैले उसलाई कुर्नुपर्छ । उ मेरो प्रेम हो अनि मैले त्यो प्रेमलाई
प्राप्तिमा बदल्नु पर्छ । बरु म चुपचाप लागिरहेँ र तत्काल विवाह नगर्ने
कुरा मात्र दोहोरयाईरहें । बुबा आमाले कर गर्न थाल्नुभयो । त्यति राम्रो घर
परिवार र केटाको प्रस्ताव अस्विकार गर्न चाहनु भएन उहाँहरुले, अन्ततः त्यो
केटालाई घरमा बोलाउनु भयो, उसको परिवार सहित । मैले बनाएको चिया खाने
कार्यक्रम तय भएको थियो त्यो दिन, म किस्ती भरी चियाको कपहरु राखेर बैठक
कोठामा प्रवेश गरेको थिएँ । मेरा आँखाहरु एकजोडी युवक आँखा संग ठोक्किए ।
उसको आँखामा चमक थियो अनि मुहारमा मुस्कान । मलाई उसको आँखा मन
पर्यो,आँखाको चमक मन पर्यो अनि मुस्कान मन पर्यो, मलाई उ मन पर्यो ।
उसलाई र मलाई मात्र त्यो कोठामा छोडेर
सबै जना बाहिर निक्लिएका थिए । उसले मलाई हेरेर हाँस्दै भनेको थियो दिपिका
मलाई तिमी संग केही कुरा गर्नुपर्ने छैन, मलाई तिमी पहिले नै मन परिसक्यो ।
म तिमीलाई सधैं खुशी राख्नेछु, तिमीले म संग विवाह गर्ने निर्णयले तिमीलाई
कहिल्यै दुःखी बनाउने छैन । तिमीलाई म संग केही कुरा सोध्नु छ भने सोधू ।
मैले भने उसलाई केही सोधिंनँ मात्र नाम सोधँे, उसको नाम केशव रहेछ ।
केशवसंग मेरो विवाह तय भयो । विवाह अगाडिको इन्गेजमेन्टको दिन तय भयो अनि
सकियो पनि । इन्गेजमेन्टमा आएका आफन्तहरु र केटा पक्षका सबै जनालाई बिदा
गरेर म आप\mनो कोठामा जाँदै थिएँ । हुलाकीको चिठ्ठीले मलाई फर्काइदियो सधैँ
झैँ त्यो चिठ्ठी सुमनको थियो । चिठ्ठी खोल्न डर लागेको थियो मलाई । मैले
डराई डराई चिठ्ठी खोले र माथि देखि तल सम्म एकै चोटि पढ्ने प्रयास गरें ।
प्रत्येक हरफ पढ्ने हिम्मत नै जुटाउन सकिराखेको थिइँन । सुमनले चिठ्ठीको
बीच तिर लेखेको थियो जहाँ मेरा आँखाहरुले बारम्बार पढिरहेका थिए । दिपिका म
तिमीलाई छिट्टै भेट्न आउँदैछु । मेरो कलेजमा एक महिनाको लामो छुट्टी
हुँदैछ, म त्यही छुट्टीमा आउनेछु । उसको पूरा चिठ्ठी पढ्न सकेको नै थिइँन
मैले, बारम्बार एउटै वाक्यमात्र मेरो रसिलो आँखामा आईरह्यो अनि त्यही
वाक्यमात्र मेरो स्मृतिमा रहिरह्यो । सुमनलाई सम्झेँ, सुमनको माया लाग्यो,
केशवलाई सम्झेँ, केशवको माया लाग्यो ।
मेरो विवाहको दिन नजिकिँदै थियो । म
विवाह अगाडिको हरेक गतिविधिमा आफू संलग्न भएँ । केशवको लागि किनिएका
सामानहरु आफैले हेरेको थिँए । दुलहीको लागि सम्पूर्ण सामानहरु आफैले छानेको
थिएँ । तर अचम्म मेरो मनमा उत्साह थिएन, मेरो शरीरमा फुर्ति थिएन, ममा
हर्ष थिएन । पञ्चे बाजा बजाएर दुलही बनी कोही राजकुमारको घर जाने इच्छा
बच्चैदेखि मनमा सजाएर हिँडेकी म, त्यही दिनको आगमन नजिकिँदा पनि खुशी
भैरहेको थिइँन बरु डराईरहेको थिएँ । डर लाई खुशीको आवरण भित्र लुकाउन
चाहन्थेँ, हाँस्न चाहन्थेँ, रमाउन चाहन्थेँ । डर र खुशीको संयोगले अलग्गै
अनुभूति भएको भए पनि हुन्थ्यो भन्ने चाहन्थेँ तर अहँ त्यस्तो भएकै थिएन । म
डराईरहेको नै थिएँ । तर मैले डराइरहँदा यो कहिले सोचिनँकि मेरो राजकुमारको
छनौटले त कतै म डराएको थिइन ? गतिशिल समय म डराएकोले रोकिन चाहेन, मेरो
विवाहको दिन आयो । विवाहको अघिल्लो दिन नै आएका आफन्त र संगीहरुको
जिस्काईमा म खिस्स हाँसिदिन्थेँ । गह्रुँगो मन, भारी शरीर बोकेर म मण्डपमा
बसेँ, चामलको पिठो र अबिरले सिङ्गारिएको मण्डपको अग्निकुण्डमा आगो बलिरहेको
थियो । म पुरोहित बा को आदेश अनुसार पुजा गरिरहेको थिएँ मलाई दुलहीको
रुपमा ग्रहण गर्न केशव आउँदैछ, उसले आफ्नो मन परेकी दिपिकालाई दुलही बनाएर
लैजानेछ । म पनि एउटा सक्षम र मायालु दुलाहाको पछि पछि उसको घरमा जानेछु,
मेरो नयाँ संसारमा जानेछु । त्यहाँका सबै सदस्यहरु मेरा लागि नौला हुनेछन् ।
नयँा दुलही भनेर मलाई छुट्टै माया दिनेछन् । मेरो अनुहार हेर्न भिड
लाग्नेछ , त्यतिखेर मेरो अनुहारमा लाजका अवशेषहरु भेट्टाउनेछु, मेरो गाला
रक्तिम हुनेछ । आहा ! कति सुन्दर कल्पनाहरु जुन मैले गर्नुपर्ने, दुलाहाको
आगमनमा व्यग्र भएर आँखाहरु आँगन,करेसाबारी हुँदै बाटोसम्म पुग्नुपर्ने तर
ति सबै त्यसरी भइराखेको थिएनन् जसरी हुनुपथ्र्यो ।
पर कतै बाजा बजेको आवाज आयो, बाजाको आवाज
बढ्दै गयो । मेरो मुटुको धड्कन बढ्दै गयो । जन्ती आईपुग्यो, सबैजना
जन्तीको स्वागत गर्नमा व्यस्त भए मेरा आँखाहरु भने एकाएक एकजोडी आँखासंग
जुध्न पुगे । ती आँखाहरु वाण जस्तै तिखा थिए, मेरो आँखाबाट छिरेर छातीमा
पुगे अनि मेरो मुटुमा छेडेझैँ लाग्यो मलाई । मलाई आफ्नो टाउको उठाएर हेर्ने
हिम्मत नै भएन । मलाई आफु ती आँखाका दोषीझैं लाग्यो, ती आँखाहरुले मलाई
दिपिका मेरो के गल्ति भयो ?’’ भनेर प्रश्न गरेझैं लाग्यो ।सुमनले अघिल्लो
पत्रमा नेपाल आउने कुरा लेखेको थियो । मैले याद गरें उसको पत्रमा उ नेपाल
आउने मितिपनि लेखिएको थियो अहो ! कस्तो संयोग उ त आजै पो आउँदै थियो उ
नेपाल आउनु त ठिकै थियो तर सिधै मेरो घरमा आउँछ भन्ने मैले सोचेकै थिइन ।
सोचेकी भए पनि म के गर्न सक्थंे र मैले सुमन होइन केशवसंग विवाह गर्ने जो
निर्णय गरिसकेको थिएँ । मेरो मन भित्र कुराहरु खेल्न थाले । म बिगतमा पुगे
जहाँ म थिएँ अनि म संग सुमन, उसले मलाई पाउन गरेका हरेक प्रयासहरुको सम्झना
आयो । उसले स्कुलको ब्लाकबोर्डमा मेरो र उसको नाम जोडेर लेखेको सम्झिएँ।
हरेक दिन मेरो अगाडि पछाडि उ हिँडिरहेको सम्झिएँ । मंदिरमा उसले रात
बिताएको सम्झिएँ । मेरो अनुरोध पछि उ मेरो अगाडि नआएको अनि मेरो चाहना
उसलाई भेट्ने, देख्ने भइरहेको पनिसम्झिएँ, मैले उसको प्रेम प्रस्ताव
स्विकारेको, उ डाक्टर पढ्न रसिया गएको अनि उसले पठाएका पत्रहरु सम्झिएँ ।
उसको दुइटा उद्देश्य थियो, एउटा मलाइ प्राप्त गर्ने, अर्को डाक्टर बन्ने,
जब त्यो सम्झेँ मलाई फेरि डर लाग्यो । मैले मनमनै निचोड निकाले मलाई पाउन
सुमनले जे पनि गर्दछ’ उ अब मेरो नजिक आउँछ मेरो हात समात्छ र मलाई भन्छ
दिपिका तिमी मेरी हौ तिमी मेरी हुनुपर्छ, तिमी हिडँ मसँग, तिम्रो सिउँदो
सजाउने अधिकार मेरो हो, अरु कसैको होइन’ । यो सम्झनाले मात्रै पनि म
आत्तिएँ । आमाबुबाको प्यारी छोरी म, उहाँहरुले मबाट कहिले पनि यस्तो
दुर्घटनाको कल्पना गर्नु भएन । आफन्तहरुमा पनि म राम्री र नमुना छोरी थिएँ ।
मेरो जन्ती आइसकेको थियो । अनि मेरो हुनेवाला श्रीमान्को लागि म आर्दश
थिएँ । तर ति सब मेरो लागि बनेका दृष्टिकोणहरु सुमनको एक शब्दले परिवर्तन
हुन सक्थे । मलाइ फेरि डर लाग्यो ।
म डरले पसिना पसिना भएको थिएँ । असार
महिनाको दिन, आकाश पनि म सँग रिसाए झैँ अँध्यारो भएको थियो । पानीका मसिना
थोपा मण्डप माथिको त्रिपालमा टिप-टिप गरिराखेको थिए । मण्डपको वरिपरि बसेका
बुज्रुकहरु विवाहका मन्त्रसंगै मलाइ र मेरो दाहिनेतिर बसेका मेरा हुनेवाला
श्रीमान्लाई पुजा गर्न सिकाइ राखेका थिए । मैले मेरो शिर थोरै उठाएर
सुमनलाइ हेरेँ । उ मेरो अगाडि थियो र मलाइ हेरिरहेको थियो एकटकले उसले मलाइ
पहिलो पल्ट देखेको होस् । सुमन कतिखेर बसेको स्थान बाट उठ्दछ र म भएको
ठाउँमा आउँछ अनि मलाइ हात समातेर उ सँग भागेर जान अनुरोध गर्दछ भन्ने
सोच्दै, अनि डराउँदै मेरो विवाह सम्पन्न भयो । तर अझै सुमनले त्यस्तो केही
गरेन, मैले सोचे जस्तो केही गरेन, खाली मलाइ हेरिरह्यो । मैले अरु कोही सँग
सात फन्का अग्नीको परिक्रमा गरेको हेरिरह्यो । कसैले मेरो टाउकोमा सिन्दुर
हालेको हेरिरह्यो । उसकी दिपिका अरु कसैको भएको हेरिरह्यो । अन्तत मेरो
विवाह सकियो । मलाई विवाहको मण्डपबाट अन्माइयो र घर देखि अलि पर राखिएको
गाडीमा लगेर बसाइयो । म घरका सम्पूर्ण सदस्यहरुलाई बिदा गरेर गाडीमा बसेँ,
जीवन यात्रामा बिल्कुल नयाँ भूमिका निभाउन । म बसेको गाडीको चक्का खाल्डोमा
नाचेझैँ महशुस भयो । मेरो दिमाग शून्य भएको थियो । केही सोच्नै नसक्ने
भएकी थिएँ । दिनभरि सुमनले उदण्ड गर्न सक्ने कल्पना गर्दै डराएकी म यतिखेर
सुमनको सम्झनामा चुर्लम्मै डुबेको थिएँ । आफ्नो कर्ममा पश्चाताप् गर्न
सकिराखेकी थिइँन तर त्यो कर्मले दुःखी भएकी थिएँ । मैले टाउको उठाएर गाडीको
साइड मिरर मा हेरें । गाडीको साइड मिररमा गाडी ठेल्दै गरेका मानिसको भीड
देखेँ । त्यही भीडमा मैले सुमनलाई देखेँ । उ कसैको मतलब नगरी कसैको बोलावट
बिनानै उसकी दिपिका दुलही बनेर बसेकी गाडी ठेल्दै थियो ।
मैले पहिलो चोटि साह्रै नै निःस्वार्थ
प्रेम देखेँ । मैले पहिलो चोटि प्रेमको अर्थ बुझेँ, मलाई सुमनको माया
लाग्यो, अत्यन्तै माया लाग्यो । गाडीबाट निस्केर सुमन भएको ठाउँतिर जान मन
लाग्यो । उसको गाडी ठेलिरहेका हातहरु समातेर चुम्बन गर्न मन लाग्यो ।
गर्लम्म उसको अंगालोमा बाँधिएर, म अरु कसैकी नभएर उसैकी हो भनि उद्घोष गर्न
मन लाग्यो । तर म उसकी हैन अरु कसैकी भैसकेकी थिएँ । जति खेर मेरो र
सुमनको मिलन संभव थियो, मैले प्रयास नै गरिनँ अनि जतिखेर मेरो र सुमनको
मिलन संभव थिएन मलाई सुमनकी हुनुपर्ने कुराको आत्मबोध भयो । तर ढिला
भइसकेको थियो, म अरु कसैकी भइसकेको थिएँ । विवाह पछिका दिनहरु मेरो लागि
त्यति सहज भएनन् । मेरो श्रीमान् केशवको मायामा म रमाउनु पर्ने, खुशीको
सागरमा डुबुल्की मार्दै नयाँ प्रेम, नयाँ साथको सामिप्यतमा दिनहरु थाहा
नपाई कट्नुपर्ने तर त्यस्तो भइराखेको थिएन । मेरो मन खाली थियो, हलुको थियो
। म केशवलाई माया गर्न चाहन्थेँ , उसका आखाँहरुबाट संसार हेर्दै स्वपनिल
भविष्यको कल्पनामा दिनहरु बिताउन चाहन्थेँ, एउटा उदाहरणीय दम्पती बन्न
चाहन्थेँ । तर विवाह पछिका दिनहरु त्यस्ता भएनन् जस्तो मैले सोचेकी थिएँ । म
केशव भित्र सुमनलाई खोज्न थालेको थिएँ । म केशवलाई भन्दा सुमनलाई माया
गर्न थालेको थिएँ । मलाई हरेक क्षण सुमनको याद आउन थालेथ्यो पछिल्लो चोटि
सुमनलाई त्यही गाडी ठेल्न लाग्दा देखेकी थिएँ । उसको त्यो गाडी ठेल्दाको
चेहेरा जब मेरो सम्झनामा आउँदथ्यो मलाई मेरो मुटु चिरिएझैँ हुन्थ्यो ।
बेदनाले म छट्पटिन्थेँ । केशव म संग नजिक थियो, उ मलाई अत्यन्तै माया
गथ्र्यो, मलाई खुशी राख्ने प्रयास गथ्र्यो । तर म केशव संग नजिक हुन
सकिरहेकी थिइँन । केशवले मलाई एक दिन सोधेको थियो “तिम्रो जीवनमा विवाह
अगाडि अरु कोहि थियो ? मैले सहजै जवाफ दिएको थिएँ “अँ थियो ‘ मेरो जवाफले
उसलाई के असर पर्यो म जान्दिँन तर म आफुभने त्यो जवाफ दिन पाउँदा खुशी
भएकी थिएँ ।
मलाई सुमनको बारेमा बुझ्ने इच्छा हुन
थाल्यो । सुमन जसको जीवनमा दुइवटा उद्देश्य थिए । एउटा डाक्टर बन्ने र
अर्को मलाई प्राप्त गर्ने । एउटा उद्देश्य त मेरो आफ्नो कारणले कहिल्यै
पुरा हुन सकेन, उसको अर्काे उद्देश्यमा उ कहाँ पुग्योे ,जान्ने तीव्र
इच्छाले म एक दिन सुमनको गाउँ गएको थिँए । मेरो कलेज पढ्दाको उसैको गाउँको
एकजना मित्रबाट थाहा पाए कि सुमन मेरो विवाहपछि पढ्नको लागि रसिया गएनछ ।
सुमनले आफ्नो पढाई बीचमानै छोडेकोले उसको परिवार पनि उ संग रुष्ट भएछन् ।
त्यसैले परिवारसंग पनि अलग्गै बस्दो रहेछ । कुनै लक्ष्य बिहिन मानिसको जीवन
जस्तो, बिहान घरबाट हिड्नु, दिनभर भांैतारिनु र फेरि बेलुकी घर आउनु नै
उसको दैनिकी रहेछ । सुमनको यर्थाथले मेरो मुटु फेरि हल्लायो । मैले डाक्टर
सुमनको हत्या गरेझैँ लाग्यो । मैले ठूलो पाप गरेको महशुस भयो । त्यो दिन म
खुब रोएकी थिँए । मेरा आखाँहरु रुदाँ रुदाँ राता भएका थिए । अनुहार उमङ्ग
विहिन फुङ्ग उडेको थियो । मैले सुमनलाई कहाँ भेट्न सकिन्छ भनि सोधेको थिएँ,
सुमनको कुनै ठेगाना नै नभएको, घरमा आउने जाने कुनै निधो नै नभएको थाहा
भएपछि म उसको गाउँबाट फर्किएको थिएँ ।
यता केशव र मेरो सम्बन्ध केही चिसिएको
थियो । केशवले बुझेर हो वा किन हो “तिम्रो विवाह अगाडि कोही संग प्रेम
सम्बन्ध थियो ? यो प्रश्न गर्नु र मेरो “अँ थियो” भन्ने उत्तर प्राप्त
गर्नु अनि लगातार ममा देखिएका उदासीपनाहरुले केशव पनि खुशी थिएन ।एकदिन
केशव र मेरो झगडा भएको थियो । म उ संग रिसाएर घरबाट बाहिर निस्केकीे थिएँ ।
म त्यो दिन पशुपति गएकी थिएँ । म गुहेश्वरी माथि उक्लिदैँ थिएँ ।
ढु्ङ्गाको स्लेटले छापिएको सिँडिहरुमा गहँरुङ्गो गरी उक्लिरहेका मेरा
खुट्टाहरु केही लरबराए । मैले अकस्मात मेरो अघिल्तिर सुमनलाई देखेँ । उसलाई
देख्ने इच्छाले सताइरहको मेरो मनलाई सान्त्वना मिल्यो । खुशीले धोत्रो
स्वर घाँटीबाट निकाल्दै मैले सुमनलाई बोलाएँ, तर उ त मलाई नचिनेको जस्तो
गरी वास्तै नगरेर सिँडिहरुओर्लन थाल्यो । मैले उसलाई हातमा च्याप्प समातेर
भने सुमन तिमिलाई कस्तो छ ? उसको उत्तरको आशा नै नगरि फेरी अर्को प्रश्न
राखें । तिमि डाक्टर पढ्न किन रसिया नगएको? उसले मेरो प्रश्नको उत्तर दिन
जरुरी ठानेन या उसंग उत्तरै थिएन । उ केहिपनि नबोली बाटो लाग्न खोज्यो ।
मैले उसलाई रोक्दै फेरि अर्को प्रश्न गरेँ । सुमन तिमिले किन विवाह नगरेको ?
तिमीलाई कसैको सामिप्यता चाहिएको छ सुमन कसैको साथ चाहिएको छ, त्यसैले
तिमीले विवाह गर्नुपर्छ सुमन । मैले यति भनेपछि उसले आवाज खोल्यो र भन्यो
दिपिका मैले विवाह गरिसकेको छु, जुनदिन मेरो मनले तिमिलाई अपनायो त्यहि दिन
मैले विवाह गरिसकेँ, विवाह यस्तो बन्धन हो जसको असर हृदयमा हुन्छ, मैले त
त्यही दिन तिमीलाई विवाह गरें जुन दिन तिमीले मलाई साथ दिने प्रण गरेकी
थियौं ।
अब म तिमी माथि सौता हाल्दिन दिपिका, म
बहु विवाह गर्दिनँ उ यति भनेर सिँडिहरु ओर्लिन थाल्यो । मेरो घाँटीबाट
सुमन, सुमन भन्ने मसिनो आवाज निक्लियो तर बाहिर सम्म सुनिएन शायद उ त्यो
आवाजले म तिर फकिर्दै फर्किएन, हिँडिरह्यो, मैले उसलाई हेरिरहेँ । उ
हिँडेको बाटो देखियुञ्जेल हेरिरहेँ र अघिकै आवाजमा बरबराए ‘ सुमन यो जन्ममा
दिपिका तिम्रो हुन सकिन, तर अब जीउने सयौं जन्महरु दिपिकाले तिम्रो लागि
जीउनेछ, तिमी मलाई साथ दिन्छौ हैन ? सुमनले मेरो आवाज सुन्दै सुनेन, म तिर
हेर्दै हेरेन, उ हिँडिरह्यो.., हिँडिरह्यो.., म उसलाई हेरिरहेँ… हेरिरहेँ… ।
घटना हो संवत २०३३ को फागुन ।
पूणिर्माको दिन । काठमाडौँस्थित भारतीय
राजदूतावासले त्यो दिन काठमाडौँका उच्च राजनीतिक नेतृत्वको ठूलो अंशलाई
दूतावासमा रमाइलो भेटघाटका निम्ति बोलाएको थियो । मलाई पनि निम्ता थियो ।
त्यो अपराहृनकालमा मैले डा. केशरजंघ रायमाझीलाई “जनतासित पार्टीको सम्बन्ध
विचलित हुँदै जान लागेको छ । नेपाल सरकारले गाउँदेखि नगर, जिल्ला,
अञ्चलस्तरका निर्वाचनहरू गराउने घोषणा गरिसकेको छ । यो अवसरलाई आफ्नो
पार्टीका कार्यकर्तालाई निर्वाचनमा उम्मेदवार बनाएर जनसम्पर्क शुरु गर्ने र
आफू निर्वाचित भएको पञ्चायत एकाइका क्रियाकलापलाई जनहितको स्वार्थमा
संलग्न गराउनेतर्फ क्रियाशील तुल्याउनु वेश होला” भनी सुझाउ दिएँ । उहाँले
स्वीकार गर्नुभयो र साँझमा ७ बजे आफ्नो घरमा मलाई बोलाउनुभयो र शैयद कमर
शाहलाई समेत भरे साँझ बोलाई पठाउनेछु भन्नुभयो ।
परिणामअनुसार ५/७ मिनेटको छलफलपछि रायमाझी
र कमर शाहले मलाई पञ्चायत निर्वाचनको उम्मेदवार हुन स्वीकार गराए । सो
कुरा मैले स्वीकार गरेँ किनभने संवत २०१९ र २०२४ को स्नातक प्रतिनिधि
निर्वाचनमा म एक मत र अढाई मतले पराजित भएको थिएँ । त्यो पनि पुन डा. तुलसी
गिरीले भनेर मतगणनाका अधिकृत राष्ट्रिय निर्देशन परिषद्का उपसचिव रहेका
कुलशेखर शर्माले सोझैँ झेल गरेर डा. नगेन्द्रप्रसाद श्रीवास्तवको पक्षमा
जाली मत गन्ती गरेर संवत् २०२४ को स्नातक निर्वाचनमा समेत डा. प्रकाशचन्द्र
लोहनीको पक्षमा त्यस्तै झेल गरेर निर्वाचनमा मलाई हराएका थिए ।
संवत २०३४ को काठमाडौँ नगर पञ्चायत
निर्वाचनमा उम्मेदवार हुन मैले “गाउँ र्फक राष्ट्रिय अभियान समिति” बाट
स्वीकृति पाइनँ । त्यसबेलाको कानुनअनुसार जुन तहको निर्वाचनमा उम्मेदवार
हुने हो त्यो उम्मेदवारले त्यहीतहको गाउँ र्फक समितिसित अनुमोदन
लिनुपर्दथ्यो । मैले गाउँ र्फकको अनुमोदन माग्न त्यो अभियान समितिका
केन्द्रीय सदस्य श्री कमलराज रेग्मीसित भेटेर कुराकानी गर्नु उपयुक्त ठानेँ
।
श्री कमलराज रेग्मीसित अर्थात् पाल्पा
जिल्लाको कम्युनिस्ट समूहको नेतासित मेरो पहिलो भेट संवत् २००८ को मङ्सिर
अन्त्यतिर भएको थियो । त्यसबेला श्री टंकप्रसाद आचार्यको नेपाल प्रजा परिषद
तथा त्यो सालको २२ सेप्टेम्बरदेखि ३० सेप्टेम्बरसम्म कलकत्ताको भवानीपुरमा
भएको नेपालका ४५ जना कम्युनिस्टहरूको भेलाले विधिवत गठन गरेको थियो ।
पार्टी सङ्गठनलाई वैधानिकता प्रदान गर्न त्यसले ३ सर्त पूरा गर्नुपर्दछ
भन्ने अन्तर्राष्ट्रिय उदाहरणको आधारमा प्रस्तावित पार्टीका सदस्यहरूको
भेला गर्नु :
१) दोस्रोमा त्यो भेलाले त्यो पार्टीको प्रस्तावित विधानलाई सर्वसम्मतिले अनुमोदन गर्नु ।
२) तेस्रो सर्त हो त्यो सभाले केन्दि्रय समितिको निर्वाचन गरेर पार्टीको कार्यनीति वा कार्यक्रमलाई स्वीकार गर्नु ।
३) त्यसरी पार्टीको विधिवत सङ्गठन भएपछि
प्रजा परिषद र नेकपाले नेपालमा राष्ट्रिय जनतान्त्रिक संयुक्त मोर्चा गठन
गर्ने निर्णय गरेको थियो । त्यो मोर्चाको पहिलो बैठक मङ्सिरतिर काठमाडौँमा
हुने भएकाले वीरगन्जमा नेपालभरिका कम्युनिस्टहरू पहिल्यै जम्मा भएर सँगै
काठमाडौँतिर हिँड्ने प्रबन्ध गरिएको थियो । दक्षिण गण्डक प्रान्तीय कमिटी,
त्यस्तै पूर्वाञ्चल र पश्चिमाञ्चल कमिटीहरूबाट वीरगन्जमा ३० जना जति
कम्युनिस्टहरू जम्मा भयौँ र भिमफेदीतिर लाग्यौँ । भिमफेदीबाट चिसापानीगढीमा
एक रात बास बसेर कुलेखानी, मार्खु, चित्लाङ् हुँदै थानकोटसम्म आइपुग्यौँ र
मोटर लहरीमा टन्न कसिएर बस्यौँ । त्यो समूहमा पाल्पाबाट आएको समूह
सबैभन्दा बढी समर्पित समूहजस्तो मैले देखेको थिएँ । त्यसको नेतृत्व श्री
कमलराज रेग्मीले गर्नुभएको थियो । कलकत्ताको भवानीपुर सम्मेलनमा कमलराजजीको
अनुपस्थितिका कारण पाल्पाको किसान आन्दोलनमा उहाँले ११ महिना थुनामा
बस्नुपरेको रहेछ ।
वीरगन्जमा भेला भएर काठमाडौँतिर हिँडेको
त्यो समूहमध्ये पाल्पा समूह थानकोटमा आइपुगेपछि र मोटर लहरीमा बसेर
काठमाडौँतिर हिँडेपछि त्यो समूहले गीत गाउन थाल्यो- आयो कम्युनिस्ट नेपालमा
रातो झन्डा फहराउँदै… । मोटर लहरीको बीचबाट उढेको त्यो पाल्पाली गीतमा
कमलराज रेग्मी सम्मिलित भए नभएको मैले देख्न र बुझ्न सकिनँ तर राजविराजदेखि
पर्सा जिल्लासम्मका हामी ८/९ जना व्यक्ति भने त्यो गीतमा निकै रमायौँ तर
सम्मिलित हुन सकेनौँ । काठमाडौँ पुगेपछि भुरुङ्खेलको घरमा बसोबासका निम्ति
प्रबन्ध गरिएको थियो ।
त्यो राष्ट्रिय जनतान्त्रिक संयुक्त
मोर्चाको विशाल बैठक ७ दिनसम्म चलेपछि खिचिएको “ग्रुप फोटोग्राफ” (८०/९०
जनाको उपस्थिति) को अग्रपङ्क्तिमा कुर्सीमा बसेका श्री कमलराज रेग्मीको
तस्बिर मसित अझै छ । त्यो मोर्चाको अधिवेशन कमलराज रेग्मीको कुनै वक्तव्य
भने मैले सुनेको छैन । संयुक्त मोर्चा सम्मेलनको वर्ष दिनपछि संवत् २००९
सालमा म र श्री कमलराज रेग्मीसँगै काठमाडौँ आयौँ कुलेखानीमा एकरात बास
बस्नुपरेको थियो । हामी बास बसेको होटेलको मालिकले आएर हामीसित सोध्यो-
राती के खाने ? दाल, भात, तरकारी कि गाईको घिउ हालेर पकाएको भुजा र
कुखुराको मासु ? मैले घिउ हालेको भात रोज्दा श्री कमलराज रेग्मीले ममा
रहेको अभिजात्यताको लक्षणबारे मलाई राम्रैसित फट्कार्नुभयो र त्यस्तो
मान्छे कम्युनिस्ट पार्टीको नेता कसरी हुन सक्छ ? त्यतिखेर मैले मौन
बस्नुपरेको थियो । यसरी वर्षदिन २ वर्षमा कमलराज रेग्मी र मेरोबीच भेट हुने
गर्दै रहृयो । पार्टीको पहिलो महाधिवेशन (संवत २०१०) बारे मेरा सम्झना
अहिले क्षीण भएका छन् । संवत २०१४ असारको दोस्रो पार्टी महाधिवेशनले समेत
रेग्मीज्यूलाई पार्टीको केन्द्रिय समितिको र आफूले रोजेका वरिष्ठ नेताहरूका
व्यक्तिगत तस्बिरहरू खिचेका थिएँ । आफ्नो डेरामा बोलाएर । मैले खिचेको
रेग्मीज्यूको तस्बिर अहिले पनि उहाँको कोठामा म देख्छु । २०१७ साल पुस १
गते पछि उहाँ पाल्पामा पक्राउमा पर्नुभयो र पाल्पा बुटवल तथा काठमाडौँका
जेलहरूमा गरी ४ वर्षसम्म जेलमा रहनुभयो । म आफू वीरगन्जको र काठमाडौँको
सेन्ट्रल जेल र नख्खू जेलमा गरी जम्मा ११ महिना जति जेलमा बसिसकेको हुँदा
मलाई जेल परेका साथीहरूलाई भेट्न त्यहाँ जान मन लाग्दैनथ्यो । ती ४ वर्ष
पनि मैले उहाँलाई भेटिनँ, नेकपाका कुनै ठूला नेताले पनि जेलमा उहाँको
अवस्था कस्तो छ, पाल्पामा परिवारका सदस्यहरूको अवस्था के कस्तो छ आदि
विषयबारे कहिल्यै एक दिन पनि चासोसम्म नराखी आफूहरू भएकोतिरको यात्रामा नै
निरन्तर संलग्न रहने गरे । त्यस्तैमा एक दिन संवत २०२१ म श्री रेग्मीज्यू
जेल मुक्त हुनुभएको बारे शैयद कमर शाहले मलाई बताउनुभयो र उहाँ छुटेको दिन
नै टुँडिखेलमा रेग्मीज्यूसित हामी २ जनाको भेटघाट र कुराकानी भयो । त्यहाँ २
घण्टासम्म उभिएर भलाकुसारी गर्दा मसित डा. तुलसी गिरीको सिनेमा क्यामेरा
थियो । त्यो क्यामेराले मैले रेग्मीज्यूको २० मिनेट जति तस्बिर खिचेँ । आज
त्यो तस्बिर मसित छैन किनभने नेकपा काठमाडौँकै एक सुपरिचित र निकै
क्रियाशील रहेका वटुकचन्द्र गौतम भन्ने युवकले यो तस्बिर म हेर्दछु भनी
मागेर लगेको २ सातापछि मैले आफ्नो फिल्म माग्दा “हराएछ” भनी मलाई फिर्ता
दिएनन् ।
श्री कलमराज रेग्मीसितको यो परिचयको
पृष्ठभूमिमा उहाँ गाउँर्फक राष्ट्रिय अभियानमा सदस्य हुन पुग्नुभयो ।
उहाँको त्यो सदस्यतालाई मैले सामान्य रूपबाट लिएको थिएँ । त्यसबेला उहाँको
कुनै सम्बन्ध नेकपासित रहेको थिएन । तापनि उहाँलाई नेपालको राजसंस्थाले
पूर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुरको मूल सडक छेउमै रहेको साढे दुई
बिघा क्षेत्रफलको लामो घरवास जमिन लिन उहाँले अस्वीकार गर्नुभयो । त्यो
अस्वीकृतिपछि राजसंस्थाले उहाँलाई फेरि बुटवलको तिनाउँ नदीको किनारा नजिकै
ठूलै घर जग्गा जमिन दियो । तर उहाँले त्यो लिन पनि अस्वीकार गर्नुभयो ।
यस पृष्ठभूमिमा मैले कमलराज रेग्मीसित भेट
गरेर म आफू काठमाडौँ नगर पञ्चायतको निर्वाचनमा सदस्य हुन चाहन्छु, मेरो यो
उम्मेदवारीका निम्ति गाउँ र्फकबाट अनुमोदन गरिदिनुस् भन्न गएँ । उहाँले
मेरा सबै कुरा सुन्नुभयो र मलाई भन्नुभयो- तपाईंजस्तो राष्ट्रिय परिचयको
व्यक्तिलाई मैले केही जवाफ दिन गाह्रो छ । तसर्थ तपाईं यही कोठामा बसेर
चुपचाप सुन्नुहोस्, म गाउँर्फकका केन्द्रीय सभापति खड्गबहादुर सिंहसित कुरा
गर्छु । केन्द्रीय सभापति खड्ग ब. सिंहलाई उहाँले टेलिफोन गर्नुभयो-
राष्ट्रिय पहिचानको एकजना व्यक्ति मसित उम्मेदवारीको अनुमोदन माग्दै
हुनुहुन्छ उहाँलाई तपाईं छेउ भोलि कुन बेला पठाऊँ ?
स्वभावतः भोलिपल्ट निर्धारित समयमा म
गाउँर्फकको केन्द्रीय कार्यालयमा पुगेँ । खड्गबहादुरसित मेरो परिचय
धुरसिङ-हेटौँडामा नेपाल राष्ट्रिय काङ्ग्रेसको सदस्यका रूपमा उहाँ प्रचारमा
लाग्नुहुँदा र त्यसपछि २०३२ सालसम्म हाम्रो निरन्तर भेटघाट हुँने गर्दथ्यो
। यो पटक उहाँलाई भेट्दा मैले उभिएरै कुरा गर्न गरेँ र “हिजो कमलराज
रेग्मीले मेरोबारे तपाईंलाई टेलिफोन गर्नुभएको व्यक्ति हुँ” भनी बताएपछि
उहाँले आफ्नो सामुन्नेको कुर्सी देखाएर बस्न भन्नुभयो । उहाँले सोध्नुभयो-
कुन तहसम्मको निर्वाचन लड्ने विचार गर्नुभएको छ ? उत्तरमा मैले भनेको थिएँ-
धुरसिङ्गमा म नेकपाको नेता र तपाईं राष्ट्रिय काङ्ग्रेसको कार्यकर्ता भएको
समयदेखि हाम्रो परिचय र घनिष्ठता बढेको हो । अहिले तपाईंको निधारमा श्री ५
को सिन्दुर तर मेरो निधार खाली छ । तथापि मैले काठमाडौँ नगर पञ्चायत
सदस्यको ठाउँमा मात्र उम्मेदवार हुने विचार गरेको छु । ३ मिनेट जतिमा त्यति
कुराकानी भएपछि हामी बिदा भयौँ । “म विचार गर्नेछु” भनी उहाँले भन्नुभयो ।
मलाई मैले मागेको गाउँर्फकको अनुमोदन दिइएन । मैले निर्वाचनमा भाग लिन
पाइनँ । त्यस्तैमा मेरी छोरीको विवाह हुने भएकाले मैले वीरगन्ज र मजफरपुर
जानुपर्ने भयो । संवत २०३३ को वैशाख ५ गते मेरो छोरा विनोद दीक्षितले
वीरगन्जमा मलाई टेलिफोन गरेर “गा.फ.रा.अ. ले तपाईंलाई का.न.पा. को सदस्यमा
हिजो मनोनित गर्यो ।” मैले वीरगन्जबाट वासुदेव ढुङ्गाना “का.न.पा. सभापति”
खड्गबहादुर सिंह र श्री कमलराज रेग्मीलाई आकाशवाणी पठाएर आˆनो धन्यवाद
अर्पित गरेँ । स्वभावतया म आफ्नो काम सिध्याएर १० वैशाख शुक्रबार काठमाडौँ
फर्किएँ । १२ गते का.न.पा. गएर मैले आफ्नो जिम्मेवारी सम्हालेँ ।
दोस्रो दिन, म श्री कमलराज रेग्मी कहाँ
पुगेँ र वार्ताको क्रममा मैले सोधेँ- म दलविहीनता विरोधी व्यक्ति हुँ ।
तथापि का.न.पा. मा सदस्य भएको छु । अब गाउँर्फकने मबाट के कामको आशा गरेको छ
भन्नेबारे मलाई केही बताइदिनुहुन आग्रह गर्दछु ।
श्री कमलराज रेग्मीको उत्तरबाट उहाँबारे
मैले २०१७ पुसदेखि अनुमान गरेको तर अरू कसैलाई केही नभनी आफैँभित्र गोप्य
राखेको कुरा प्रमाणित भयो । नेपालमा कम्युनिस्ट पार्टी गठन हुनेभन्दा
पहिलेदेखि उहाँले पाल्पाका किसानहरूलाई सङ्गठित गर्न थाल्नुभएको थियो ।
पाल्पा प्रशासन अर्थात् रूद्र शमशेर ज.ब.रा. र तिनका नातेदारहरू
रेग्मीज्यूसित क्रुद्ध रहने गरेका थिए । उहाँले जेलमा पनि बस्नुपरेको थियो ।
कम्युनिस्ट नेताका रूपमा उहाँको छवि पाल्पा बुटवल र काठमाडौँमा साह्रै
उज्यालो थियो । त्यसैकारण २०१७ मा उहाँ जेलमा दोस्रोपटक थुनिँदा उहाँले
पाल्पा पश्चिम निर्वाचन क्षेत्रमा कम्युनिस्ट नेता केशरजङ्ग रायमाझीले हारे
पनि आफू पूर्व क्षेत्रबाट प्रतिनिधि सभाको सदस्य बन्नुभएको थियो । ५ वर्ष
जेलमा बसेर उहाँ कैदमुक्त भएपछि मैले र कमर शाहले टुँडिखेल मैदानमा उहाँलाई
भेट्दा तिनै कुराहरूबारे मेरो मनमा पुष्टि पनि भएको थियो । २०३४ साल
वैशाखमा का.न.पा. को सदस्यका रूपमा मैले के काम गर्नुपर्छ भन्ने मेरो
प्रश्न थियो ।
उहाँले जवाफ दिँदै भन्नुभएको कुरा म अझै
अक्षरसः सम्झिन्छु- दीक्षितजी तपाईंले संस्कृतको मध्यमा र एम.ए. सम्म पढेर
विद्यावारिधिमा पनि लाग्नुभएको थियो । तपाईंको परिवारको प्रसिद्धि
नेपालव्यापी छ र आफ्नो विचारमा अडिग रहने मानिस हुनुहुन्छ । तर गा.फ.रा.अ.
ले तपाईंका यी सबै सकारात्मक छविलाई पञ्चायत व्यवस्थाको पक्षमा उपयोग गर्न
होइन कि तपाईंले का.म.पा. मा काम गर्दा तपाईंको मुखमा कालो पोतियोस्,
तपाईंको कुनै पनि उज्यालो छवि बाँकी नरहोस् भनेर तपाईंलाई सदस्यमा मनोनित
गरिएको हो । कुरा यिनै हुन् अब तपाईंलाई जे मन लाग्छ त्यही गर्ने गर्नूस्
मैले थप भन्नुपर्ने कुरा केही छैन ।
रेग्मीज्यूको त्यो विचित्रको जवाफबाट म
झसङ्ग भएँ । फागुपूणिर्माको दिन डा. केशरजंग रायमाझीले शैयद कमर शाह,
कृष्णराज वर्मा र आफ्नी पत्नी तरूलता रायामाझीलाई पनि पञ्चायतमा प्रवेश
गर्न निर्वाचनमा उम्मेदवार बनाउनेबारे मलाई बताइएको थियो तर ती कुनै पनि
कम्युनिस्ट नेता कोही पनि उम्मेदवार भएनन् तर श्रीमतीलाई काठमाडौँमा
राष्ट्रिय पञ्चायतकै माननीय सदस्य मनोनीत गराउनुभयो । म एक्लो भएँ भन्ने
सम्झिएर श्री कमलराज रेग्मीको उत्तरबाट म तर्सिएको थिएँ । तथापि आफूले
स्वीकार गरेको कामबाट उस्तै नपरी आफू पछाडि नफर्किने मेरो बानीअनुसार
का.न.पा. को सदस्यका रूपमा काम गर्दै गएँ । मेरो त्यो सफलता श्री कमलराज
रेग्मीज्यूको त्यो दिनको अनुदान हो भन्नेलाई मैले कहिल्यै बिर्सिइनँ ।
कहाँसम्म भने हाल मेरो घरसँगै पूर्व र उत्तरतिर रहेको साढे ४ रोपनी जमिनलाई
म समेत ३ जनाले, मलाई आधा जमीन दिएर बाँकी आधाबाट २ जना का.न.पा. सदस्यले
आफूले १/१ रोपनी लिने भन्ने गोप्य प्रस्ताव मेरो सामु ती २ ले गरेका थिए ।
मैले केही जवाफ दिएको थिइनँ र का.न.पा. का निम्ति नयाँ प्रशासकीय भवन
चाहिने हुँदा कुन ठाउँमा त्यसका निम्ति जमिन पाइने होला भन्ने विषयमा
का.न.पा. मा छलफल हुँदा मैले आफ्नो घरको पूर्व र उत्तरतिर रहेको साढे ४
रोपनी जमिन देखाइदिएर त्यो जमिनलाई का.न.पा. सदस्यहरूले आपसमा भागबण्डा
गर्ने विचारलाई अन्त्य गराइदिएको थिएँ । मेरो मुखमा कालो पोत्ने यस्ता केही
अन्य प्रयास पनि भएका थिए तर मैले विफल तुल्याएको थिएँ । संवत २०३६ को १०
जेठमा राजा वीरेन्द्रबाट राष्ट्रिय जनमत सङ्ग्रहको घोषणा गरिने प्रस्ताव
सार्वजनिक भएपछि दोस्रो दिन नै मैले का.न.पा. बाट राजिनामा गर्ने निर्णयगरी
चिठी लेखेर लगेको थिएँ । तर केही सदस्यहरूले २ दिन पर्खिन अनुरोध गरे-
त्यो अनुरोध काम लागेन । ४ दिनपछि १४ जेठको दिन मैले का.न.पा. सदस्यबाट
राजिनामा गरेँ ।
कमलराज रेग्मीसित मेरो भेटघाट अटुटजस्तै छ
। यद्यपि बढ्दो उमेरले बसयात्रा गर्नु प्रायः असम्भव जस्तै भएर उमेरले
गर्दा बाध्य भइयो र हाम्रो अटुट भेटघाटमा केही बाधा पर्न थालेको छ । त्यसो
हुँदाहुँदै पनि रेग्मीज्यूले आफ्नो परिवारप्रतिको दायित्वलाई सफलताका साथ र
पूर्णतामा पुर्याएको म देखिरहेको छु । जेलमा बस्नुपर्दा रेग्मीज्यूकी
देवीजी- श्री विमला रेग्मीले परिवार पाल्न धौ-धौ भएर पाल्पाको मिसन
अस्पतालमा परिचारिकाको काम गरेर परिवारको भारलाई आˆनो काँधमा बोक्नुभएको
थियो । यस्तै पीडाका कारणले हुन सक्छ- रेग्मीज्यूका पिताको देहावसान भयो ।
रेग्मीज्यूको परिवारतिर हेर्दा उहाँका ४ छोरी १ छोरामध्ये अधिकांश युरोपमा
अध्ययन गरेका, जेठा छोरा प्रकाशराज रेग्मीले सोभियत रूसको मेडिकल कलेजमा
हृदयरोग सम्बन्धी विशिष्ठतता प्राप्त गर्नुभएको र काठमाडौँका हृदयरोग
सम्बन्धी अस्पतालहरूमा गम्भीरतम अभ्यासरत रहनुभएका हामी देख्छौँ ।
रेग्मीज्यूकी कान्छी छोरी सन्ध्या रेग्मी जर्मनी र सिङगापुरमा अध्ययन पूरा
गरेर अहिले भियतनामको हो चि मिन्ह शहरमा समाजसेवामा विशिष्टता प्राप्त
गर्नुभएको छ । कमलराज रेग्मीज्यूका सन्तानहरूमा आˆनो स्नातकोत्तर अध्ययनको
विषय मात्र नभई प्रायः सबैजसो सुपुत्रीहरू विख्यात लेखिकाका रूपमा आफ्नो
पितासरह ख्याति प्राप्त गर्दै आउनुभएको छ । उहाँकी सुपुत्री श्री ज्योति
रेग्मी काठमाडौँको प्रसिद्ध काठमाडौँ युनिर्भसिटीमा प्राध्यापिका हुनुहुन्छ
। अरू छोरीहरू अरूणा कोइराला र किरण पाठकले पनि शिक्षा क्षेत्रमा नै
योगदान गरिरहेका छन् ।
मैले बुझेसम्म नेपालको कम्युनिस्ट
इतिहासमा केन्द्रीय स्तरमा प्रतिष्ठित र सम्मानित भएका, पञ्चायत
व्यवस्थाअन्तर्गत राजा महेन्द्रद्वारा राजमार्गस्थित विकासोन्मुख नगर
चन्द्रनिगाहापुर तथा बुटवलमा घरजग्गा (जुन जग्गा अहिले करोडौँ मूल्यको छ)
प्रदान गरिँदा सो जग्गा लिन इन्कार गर्ने व्यक्ति, नेपालका इतिहासमा १०
वर्षलामो जनसङ्घर्ष चलाउने माओवादी पार्टीले आफ्नो एउटा भूमिगत कार्यक्रममा
विशेष सम्मान प्रदान गरेको र अन्य कम्युनिस्ट पार्टीहरूले उत्तिकै सम्मान
गरेका नेताका रूपमा श्री कमलराज रेग्मी आजसम्म प्रतिष्ठित हुनुहुन्छ ।
एच एण्ड बी
डेभलपमेन्ट बैंकका १४ जनालाई कारबाही हुने भएको छ । बैंकमा भएको
अनियमिततामा प्रहरीले १४ जना विरुद्ध मुद्दा दायर गर्ने भएको हो ।
अनुसन्धानका क्रममा विभिन्न व्यक्तिका
नाममा रहेको रकम मध्ये २२ करोड रुपैयाँ गायब भएको छ । गुड फर पेमेन्ट चेकमा
उल्लेख भए अनुसारको ८७ करोड रुपैयाँ मध्येको रकम भए नभएको बारे यकिन
तथ्यांक आउन बाँकी रहेको छ । उक्त बैंकमा १ अर्ब ९ करोड रुपैयाँको
अनियमिततामा सहायक स्तरका कर्मचारुीलाई समेत अभियोग लागेको छ ।
अनियमिततामा सवैभन्दा धेरै एच एण्ड वि बैंक कुलेश्वर शाखाका प्रमुख निरज नेपाललाई १ अर्व ५ करोड रकम बराबरको विगो दावि गरिएको छ । मनोज चौरसिया, जयकुमार यादव, कुमार ढकाल, आनन्द श्रेष्ठ, सुरेन्द्र प्रधान विरुद्धपनि विगो दावि गरिएको छ ।
बैंकका ८ जना कर्मचारीविरुद्धपनि प्रहरीले विगो दावि सहित मुद्दा दर्ता गर्न लागेको हो । अनियमिततामा
बैंकका सहायक स्तरका कर्मचारीलाई अभियोग लगाइएको भएपनि उच्च अधिकारी तथा
सञ्चालक समितीका सदस्यहरुलाई भने अभियोग लगाइएको छैन् ।
तर अनुसन्धानमा रहेको प्रहरी बैंक व्यवस्थापनका उच्च अधिकारी र सञ्चालक समितिसम्म भने पुग्न बाँकी रहेको छ । एच
एण्ड बी डेभलपमेन्ट बैंकभन्दा अघि श्रीलंका मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स
र एनबी बैंकका सञ्चालकको अनियमितता सार्वजनिक भए पनि प्रहरीले केही
पूर्वकर्मचारी बाहेक अन्यलाई पक्राउ गर्न सकेको छैन् ।
१२ माघ, काठमाडौं । गरिबी निवारण कोषले
आफ्ना कार्यक्रम लागू भएका जिल्लामा गठन भएका सामुदायिक संस्थालाई अनुगमन
गर्न नयाँ ऐन ल्याउने तयारी सुरु गरेको छ । कोषले चालु आर्थिक वर्ष
२०६९/०७० सम्ममा ५९ जिल्लामा गरिबी निवारणका कार्यक्रम सञ्चालन गरेको छ ।
ती जिल्लामा २० हजार ७३४ सामुदायिक संस्था गठन भएका छन् । ती सामुदायिक
संस्थामा रहेको रकमलाई सदुपयोग गर्न नयाँ ऐनको आवश्यकता परेको कोषले जनाएको
छ ।
अति विपन्न र गरिब जनताले आफ्नो जीवनस्तर
माथि उठाउन आफैँले त्यस्ता सामुदायिक संस्था गठन गरी आयआर्जनका कार्यक्रम
सञ्चालन गरेका छन् । हाल तीस घरपरिवारले एउटा सामुदायिक संस्था गठन गर्ने
नियम रहेको छ । सामुदायिक संस्थामा रहेको बचत रकमलाई नयाँ ऐन ल्याएर अनुगमन
गर्न लागिएको कोषका उपाध्यक्ष युवराज पाण्डेले जानकारी दिनुभयो ।
कोषका कार्यकारी निर्देशक राजबाबु
श्रेष्ठले कोषका कार्यक्रमबाट समग्रमा दुई प्रतिशतले गरिबी हटेको, विपन्न
जनताको आयआर्जनमा सुधार आएको जानकारी दिनुभयो । समुदायबाट छनौट भइआएका
कार्यक्रमलाई कोषले सिधै आर्थिक सहयोग प्रदान गर्ने गर्दछ ।
काठमाण्डौ । बिदेशमा रहेका नेपालीहरुले
श्रम गरि आर्जन गरेको रेमिट्यान्स मुलुक भित्राउँदै आएको सिटि एक्सप्रेस
मनी ट्रान्सफर र नेपालको ‘क’ बर्गको बाणिज्य बैंक नेपाल इन्भेष्टमेण्ट बैंक
लिमिटेडवीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि
बिदेशबाट सिटि एक्सप्रेस मनी ट्रान्सफरमार्फत पठाएको पैसा नेपाल
इन्भेष्टमेण्ट बैंक लिमिटेडका मुलुकभरका शाखाबाट भुक्तानी लिन सकिने छ ।
सम्झौता पत्रमा सिटि एक्सप्रेस मनी
ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल इन्भेष्टमेण्ट
बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले
हस्ताक्षर गर्नुभयो । ६ बर्षदेखि बिदेशबाट सुरक्षित र भरपर्दो तरिकाले
रेमिट्यान्स भित्राउँदै आएको सिटि एक्सप्रेस मनी ट्रान्सफरले जापानबाट आˆनै
कार्यालयमार्फत तथा खाडी मुलुकसहित नेपाली कार्यरत सबैजसो मुलुकबाट
बिभिन्न रेमिट्यान्स कम्पनीहरुसँग सहकार्य गरि देशमा रेमिट्यान्स
भित्राउँदै आएको छ ।
पछिल्ला दिनमा संजाल विस्तारलाई तिब्रता
दिएको सिटि एक्सप्रेस मनी ट्रान्सफरले देशका अधिकांश ‘क’ बर्गका बैंक,
बिकास बैंक, फाईनान्स कम्पनी लगायतसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौता
गरेको छ । योसँगै सिटि एक्सप्रेसका मुलुकभरबाट करिव २ हजार ३ सय आधिकारीक
स्थानीय ठाँउबाट पनि सेवा लिनु सकिने छ ।
१२ माघ, काठमाडौं । शुक्रबार सुनको मूल्य
हृवात्तै घटेको छ । बिहीबारको तुलनामा सुन प्रतितोला ७ सय रुपैंयाले घटेको
हो ।बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५८ हजार ५ सय रुपैंया रहेकामा
शुक्रबार प्रतितोला ५७ हजार ८ सय रुपैंया कायम रहेको नेपाल सुनचाँदी
व्यवसायी सङ्घले जनाएको छ ।
सङ्घका अनुसार आइतबारदेखि बुधबारसम्म छापावाल सुनको मूल्य ५८ हजार ६ सय
रुपैंयामा स्थिर रहेकामा बिहीबार प्रतितोला १०० रुपैंयाले घटेर ५८ हजार ५
सय रुपैंया कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य
प्रतिऔंस १४ डलरले घट्नुका साथै अमेरिकी डलरको मूल्यमा पनि केही कमी आएकाले
नेपाली बजारमा त्यसको प्रभाव परेको सङ्घका निवर्तमान अध्यक्ष तेजरत्न
शाक्यले बताउनुभयो ।
१३ माघ, बर्दिया । मानिसले जन्माएका बच्चाको न्वारन हुन्छ सबैलाई थाहा छ, जंगली जनावर गैडाको न्वारन भएको सुन्दा आश्चर्य लाग्ला । हो, बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको शिव सामुदायिक वन डल्लामा गैडाले जन्माएको बच्चाको नबौं दिन शुक्रबार तामझामका साथ न्वारन गरिएको छ ।
गैडाको न्वारन पण्डित नभई स्थानीय संरक्षणवादीले विधिवत रुपमा गरेका हुन् । वन्यजन्तुको संरक्षणमा लागेका अन्तराष्ट्रिय अब्राहम पुरस्कार विजेता जिल्लाको ढोढरी ९ खाताका भदै थारु, संरक्षणकर्मी कृष्ण परियारले गैडाको नाम संयुक्त रुपमा घोषणा गरेका थिए ।
गैडा बच्चाको उपस्थिविना न्वारनमा सयभन्दा बढी उपभोक्ताको सहभागीता रहेको थियो । सुरक्षाका कारण जंगलमा रहेको बच्चालाई भने बाहिर नल्याई उसको फोटोबाटै नामाकरण गरियो, जसबाट उसको नाम शिबु राखिएको खबर कान्तिपुर दैनिकले छापेको छ ।
गैडाको न्वारन पण्डित नभई स्थानीय संरक्षणवादीले विधिवत रुपमा गरेका हुन् । वन्यजन्तुको संरक्षणमा लागेका अन्तराष्ट्रिय अब्राहम पुरस्कार विजेता जिल्लाको ढोढरी ९ खाताका भदै थारु, संरक्षणकर्मी कृष्ण परियारले गैडाको नाम संयुक्त रुपमा घोषणा गरेका थिए ।
गैडा बच्चाको उपस्थिविना न्वारनमा सयभन्दा बढी उपभोक्ताको सहभागीता रहेको थियो । सुरक्षाका कारण जंगलमा रहेको बच्चालाई भने बाहिर नल्याई उसको फोटोबाटै नामाकरण गरियो, जसबाट उसको नाम शिबु राखिएको खबर कान्तिपुर दैनिकले छापेको छ ।
१३ माघ, काठमाण्डौं । सशस्त्र प्रहरीका डिआईजी
सुशील श्रेष्ठ नारीवादी होइनन तर ‘नारीप्रेमी’ हुन् । घोषित श्रीमतीबाहेक
उनले झन्डै आधार दर्जन नारीलाई रखैल बनाइसकेका छन् तर श्रीमतीकै दर्जा दिएर
।
विवाह गरेर भित्र्याएकी श्रीमतीसित सम्बन्ध सुमधुर बन्न नसकेपछि श्रेष्ठले अन्यत्र आँखा डुलाउन थालेका हुन् । उनले ५ जनालाई रखैल बनाएको र उनीहरु मध्यै ४ जनालाई श्रीमतीकै दर्जा दिएको स्रोतको दाबी छ । श्रेष्ठकी खास श्रीमती अञ्जली प्रधान हुन् । यता रखैलका रुपमा भावना राई, अम्बिका शर्मा, तारा सिंह तथा थर नखुलेका राधिका र गीतालाई राखेको स्रोतले बताएको सौर्य दैनिकमा खबर छ । यी मध्ये भावना, अम्बिका, राधिका र गीतालाई उनले श्रीमतीकै हैसियत दिएका थिए । सशस्त्र प्रहरी व्यारेक पथलैयामा रहँदा सरकारी कार्यालयमा कार्यरत एक महिलासँग पनि उनको न्यानो सम्बन्ध रहेको स्रोतको दाबी छ ।
नेपाली सेनामा छँदा नै श्रेष्ठको अञ्जलीसँग बिहे भएको थियो । विवाह गरेको केही बर्ष दाम्पत्य सम्बन्ध राम्रै चल्यो । तर, श्रीमान्को अन्य तरुनीसँग पनि चक्कर रहेको सुईको पाएपछि अञ्जली झस्किएकी थिइन् । त्यसपछि विग्रिन थालेको सम्बन्ध अन्ततः डिभोर्सका लागि अदालतसम्म पुग्यो । तर, सानो छोराका कारण उनीहरुबीचको डिभोर्स हुन सकेको छैन् । आपसी समझदारमिा केही बर्ष उनीहरु फेरि मिलेर बसे । यद्यपी, फेरि उही सिलसिला दोहोरियो र दुवै छुट्टा छुट्टै बस्न थाले । यसैबीच श्रेष्ठलाई भने तरुनी फेर्ने लत नै बसिसकेको छ ।
विवाह गरेर भित्र्याएकी श्रीमतीसित सम्बन्ध सुमधुर बन्न नसकेपछि श्रेष्ठले अन्यत्र आँखा डुलाउन थालेका हुन् । उनले ५ जनालाई रखैल बनाएको र उनीहरु मध्यै ४ जनालाई श्रीमतीकै दर्जा दिएको स्रोतको दाबी छ । श्रेष्ठकी खास श्रीमती अञ्जली प्रधान हुन् । यता रखैलका रुपमा भावना राई, अम्बिका शर्मा, तारा सिंह तथा थर नखुलेका राधिका र गीतालाई राखेको स्रोतले बताएको सौर्य दैनिकमा खबर छ । यी मध्ये भावना, अम्बिका, राधिका र गीतालाई उनले श्रीमतीकै हैसियत दिएका थिए । सशस्त्र प्रहरी व्यारेक पथलैयामा रहँदा सरकारी कार्यालयमा कार्यरत एक महिलासँग पनि उनको न्यानो सम्बन्ध रहेको स्रोतको दाबी छ ।
नेपाली सेनामा छँदा नै श्रेष्ठको अञ्जलीसँग बिहे भएको थियो । विवाह गरेको केही बर्ष दाम्पत्य सम्बन्ध राम्रै चल्यो । तर, श्रीमान्को अन्य तरुनीसँग पनि चक्कर रहेको सुईको पाएपछि अञ्जली झस्किएकी थिइन् । त्यसपछि विग्रिन थालेको सम्बन्ध अन्ततः डिभोर्सका लागि अदालतसम्म पुग्यो । तर, सानो छोराका कारण उनीहरुबीचको डिभोर्स हुन सकेको छैन् । आपसी समझदारमिा केही बर्ष उनीहरु फेरि मिलेर बसे । यद्यपी, फेरि उही सिलसिला दोहोरियो र दुवै छुट्टा छुट्टै बस्न थाले । यसैबीच श्रेष्ठलाई भने तरुनी फेर्ने लत नै बसिसकेको छ ।
१३ माघ, काठमाण्डौं । बाँच्नलाई घास खानु
बाख्रीको अधिकार हो । भोको पेट भर्ने क्रममा उसले घासको साथ संयोगबश फूल
खाइदिइन् भने यसलाई ठूलो अपराध मानिन्न होला । तर, अस्ट्रेलियामा एक
निर्दोष बाख्रीलाई फूल खाएको अभियोगमा जरिवाना गरियो ।
यो प्रकरणमा बाख्रा र उसको साहुमाथि विधिवत् अदालतमा मुद्दा चल्यो । अन्ततः अदालतले बाख्रालाई निर्दोष ठहर गर्दै जरिवाना खारेज गर्यो । मेट्रो युकेका अनुसार सिड्नीको संग्रहालयमा छिरेर बाख्रीले घाससँग सुन्दर फूल पनि चर्न पुगेकी थिइन् । संग्रहालयको सौन्दर्य बढाउन ती फूलहरुको विशेष योगदान हुन्छ ।
बाख्रीका कारणले संग्रहालय कुरुप देखिएकोमा सुरक्षामा खटिएका प्रहरीहरु निकै निसाए । उनीहरुले बाख्री र उनको मालिक जेम्स डेजोर्डनोल्डसमाथि पनि जरिवाना लगाए । जेम्सले लापरबाही गरेको भन्दै प्रहरीले ४ सय ४० डलर जरिवाना गरेको थियो । उनी अस्ट्रेलियाको ठूलो हास्य कलाकार पनि हुन् ।
यो अन्याय विरुद्ध जेम्सले अदालतमा गुहारे । कुनै षडयन्त्र वा पूर्व योजना अनुरुप बाख्रीले फूल नखाएको भन्दै अदालतको मिजस्ट्रेटले जेम्समाथि लगाएको जरिवाना खारेज गरेको खबर कान्तिपुर दैनिकले छापेको छ । न्यायाधीश क्यारोलिन बार्केलले बाख्रीलाई फूलको मूल्य थाहा नभएको बताइन् । खाने लोभमा फूललाई चपाएर बाख्रीले पहाड उल्टिने गरी अपराध नगरेको पनि उनले बताइन् ।
यो प्रकरणमा बाख्रा र उसको साहुमाथि विधिवत् अदालतमा मुद्दा चल्यो । अन्ततः अदालतले बाख्रालाई निर्दोष ठहर गर्दै जरिवाना खारेज गर्यो । मेट्रो युकेका अनुसार सिड्नीको संग्रहालयमा छिरेर बाख्रीले घाससँग सुन्दर फूल पनि चर्न पुगेकी थिइन् । संग्रहालयको सौन्दर्य बढाउन ती फूलहरुको विशेष योगदान हुन्छ ।
बाख्रीका कारणले संग्रहालय कुरुप देखिएकोमा सुरक्षामा खटिएका प्रहरीहरु निकै निसाए । उनीहरुले बाख्री र उनको मालिक जेम्स डेजोर्डनोल्डसमाथि पनि जरिवाना लगाए । जेम्सले लापरबाही गरेको भन्दै प्रहरीले ४ सय ४० डलर जरिवाना गरेको थियो । उनी अस्ट्रेलियाको ठूलो हास्य कलाकार पनि हुन् ।
यो अन्याय विरुद्ध जेम्सले अदालतमा गुहारे । कुनै षडयन्त्र वा पूर्व योजना अनुरुप बाख्रीले फूल नखाएको भन्दै अदालतको मिजस्ट्रेटले जेम्समाथि लगाएको जरिवाना खारेज गरेको खबर कान्तिपुर दैनिकले छापेको छ । न्यायाधीश क्यारोलिन बार्केलले बाख्रीलाई फूलको मूल्य थाहा नभएको बताइन् । खाने लोभमा फूललाई चपाएर बाख्रीले पहाड उल्टिने गरी अपराध नगरेको पनि उनले बताइन् ।
१३ माघ, बागलुङ । नेकपा एमालेका अध्यक्ष
झलनाथ खनालले एकीकृत माओवादीको सर्वसत्तावादी सोचका कारण दलहरुवीच सहमति
हुन नसकेको आरोप लगाउनु भएको छ । खनालले सहमतिका लागि एमाओवादी नेतृत्वको
सरकारले राजीनामा नदिएसम्म सहमति हुन नसक्ने समेत वताउनुभयो ।
प्रेस चौतारी बागलुङ शाखाले शनिवार बिहान
बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले आन्दोलनको आँधीबेहरीवाट
वर्तमान सरकार ढाल्ने दाबी गर्नु भयो । उहाँले भन्नुभयो,’ मुलुक अब
आन्दोलनतर्फ गयो । विपक्षी दलहरुको सयुंक्त आन्दोलनबाटै यही हिउँदमा
राजनीतिको छिनोफानो हुन्छ ।’ मुलुकका सबै संवैधानिक निकायहरु विघटन गरेर
वर्तमान सरकारले तानाशाही शासन लाद्न खोजेकाकाले त्यसका विरुद्ध सिँगो
मुलुक नै धुव्रीकरणतर्फ गइसकेको खनालको भनाई छ ।
खनालले राजनीतिक दलबीच तत्काल सहमति
बन्ने कुनै सम्भावना नरहेको बताउनुभयो । खनालले एमाओवादी र मधेसवादी
दलहरुकै कारण मुलुक सङ्कटमा फसेको आरोप समेत लगाउनुभयो । लामो समय
वार्ताद्वारा सहमति खोज्ने प्रयास भएपनि कुनै निकास निस्कन नसकेपछि
आन्दोलननै प्रमुख एजेण्डाको रुपमा अघि आएको अध्यक्ष खनालको भनाइ थियो ।
लोकबन्धु कार्की, विश्व साइकल यात्री
आठ वर्षअघि साइकलबाट विश्वयात्रा थाल्छु
भन्दा नपत्याएर कुरा काट्नेहरुले आज पनि लोकबन्धु कार्कीको कुरा काटिरहेकै
छन् । तर, कार्कीले भने विश्वका ८६ मुलुक घुमिसकेका छन् । यद्यपि
विश्वयात्रामा कार्कीका सुख-दुखका कथा भने उदेकलाग्दा छन् । विदेशमा कसैसँग
झन्डै माया बसेको, आफ्ना दुई साथीहरु यात्राकै क्रममा गुमाउनुपरेको र कुनै
देशमा चाँहि पिसाब फेर्ने संकेत गर्दा गलत अर्थ लागेको अनुभवसमेत सँगालेका
छन् कार्कीले ।
नेपालका सगरमाथा र गौतम बुद्धलाई
विदेशीले नचिनेको तर, माओवादीका कारणले भने कतिपय देशले चिनेको अनुभव पनि
कार्कीले सँगाल्न भ्याएका छन् । विदेशमा रहेका नेपाली दाजुभाइका बारेमा पनि
कार्कीको नयाँ अनुभव छ । नेपाली पोशाक, राष्ट्रिय झण्डा र सगरमाथा एवं
बुद्धको प्रचार गर्दै विश्वयात्रा गरिरहेका कार्की यो साता मलेसियाको
राजधानी क्वालालम्पुरमा भेटिए । उनै कार्कीसँग अनलाइनखबरका मलेसिया
संवाददाता रामचन्द्र नेपालले गरेको रोचक कुराकानी :
कहिलेदेखि विश्वयात्रा शुरु गर्नुभयो ?
मैले विश्व भ्रमण गर्नुभन्दा अगाडि ०५९
साल जेठ २५ गते ताप्लेजुङवाट नेपालका ६७ जिल्लाको पैदल यात्रा शुरु गरेको
हुँ । ६७ जिल्ला घुम्नलाई १८ महिना लागेको थियो । त्यसपछि साईकलवाटै
नेपालका ५३ जिल्ला घुमें । त्यतिबेला मलाई ५ महिना १७ दिन लागेको थियो ।
विश्वयात्रा भने ०६१ साल मंसिर २३ गते धरानको भानुचोकबाट गरेको हुँ ।
विश्वका कुन-कुन देशमा पुग्नुभयो ?
विश्वमा रहेका १ सय ५३ देश भ्रमण गर्ने
लक्ष्यबा साथ अगाडि बढिरहेको छु । हालसम्म एसियाका ३२, अफि्रकाका ३६,
दक्षिण अमेरिकाका ८ र उत्तर अमेरिकाका ९ मुलुकको भ्रमण गरिसकें । अझै
आधाजति विश्व त घुम्नै बाँकी छ । सन् २०१७ सम्म सबै मुलुकको भ्रमण गरिसकेको
हुनेछु ।
यतिका देश घुमिसक्नु भयो, यो अवधिमा नेपाल कतिपटक पुग्नुभयो ?
आमा बितेपछि मैले घर छाडेको हुँ । नेपालमा
जम्मा दुईपटक पुगेको छु । आफन्तहरुले पनि बिर्सिएजस्तो भएको छु । आफन्तलाई
पनि परदेशको कुरा सुनाउँदिन ।
यात्रा गर्दा लाग्ने खर्च कसरी जुटाउने गर्नुभएको छ ?
शुरुमा यात्रा थाल्दा मैले आफ्नै जग्गा
साढे तीन लाखमा बेचेर शुरु गरेको हुँ । यात्रा शुरु गरिसकेपछि विभिन्न
देशमा रहेका नगरपालिका, खेलकुद, टुरिज्म, रेडक्रसलगायतले सहयोग गरिहेका छन्
। केही समय अगाडि दक्षिण अमेरिकी मुलुकमा १५/१६ हजार डलर सहयोग प्राप्त
भएको थियो । नेपाली ब्यवसायीहरु र विशेष गरेर श्रम गरिरहनुभएका श्रमिकहरुले
सहयोग गर्नुभएको छ । तर, विदेशमा खोलिएका संघसंस्थाहरुबाट भने त्यति सहयोग
भएको छैन । कति त नामका लागि खोलिएका संघसंस्था पनि पाएँ । अमेरिकामा
मात्रै ७ सयभन्दा बढी संस्था होलान्, इजरायलमा २२/२५ वटा होलान्, कोरियामा
७० भन्दा बढी नै होलान् । तर, त्यति सहयोग पाइएन । हालसम्म्ा यात्रा गर्दा
५५ हजार पाउण्डजति खर्च भैसक्यो । कहिलेकाँही पैसा नभएर ऋृण पनि लाग्ने
गरेको छ ।
यात्राका क्रममा कुनै देशमा त्यतै बसौं जस्तो लागेन ?
त्यस्तो त लागेन तर एसियाको लाओस र साउथ
अफि्रकाको लेसाथो, दक्षिण अमेरिको कोलम्बिया र उत्तर अमेरिकाको बेलीज निकै
राम्रो लाग्यो । यी ठाउँहरुले मेरो मन जितेका छन् ।
यात्रा गर्दा दुख पनि भोग्नुपर्छ होला नि ?
त्यसको त कुरै नगरौं । तर, पनि मैले
दुखलाई दुख ठानेको छैन । साइकलले उकालोमा तान्दैन, बोकेर हिँडनुपर्छ । कुनै
देशमा लेफ्ट र राईट हुन्छ त्यही समस्या हुन्छ । गाँसबासको कुनै टंुगो
हँुदैन । जंगल, मरुभूमि, मन्दिर, चर्च, मस्जिद, स्कुल, टहरा, पाटी पौवा,
सबैमा रात कटाउनुपर्छ । कति देशमा भाषाको समस्या पर्छ । हामीले सोच्छौं,
सबै देशमा अंग्रेजी बोल्छन् । तर, होइन रहेछ । मैले घुमेका मध्ये १७ देशमा
मात्रै नागरिकहरु अंग्रेजी बोल्थे । अरु त आफ्नै भाषा छन् । फेरि सांकेतिक
भाषाले पनि काम नचल्दो रहेछ । हामीले खानुपर्यो भने हात मुखमा पुरयाउँछौ,
कोही ठाउँमा काटाले खाँदा रहेछन् । कतै दाउराको छेस्कोले खाँदा रहेछन् ।
त्यसैले सांकेतिक भाषाले पनि नहुने । अझ बाटोमा पिसाब लाग्छ, यतिबेला पनि
समस्यै हुन्छ । हामीले पिसाब फेर्नुपर्यो भने कान्छी औंला ठड्याउछौं, कति
देशमा कान्छी औंला ठड्याउँदा नराम्रो अर्थ लाग्ने गर्दाे रहेछ ।
पाइलैपिच्छे समस्याहरु आउँछन् ।
यात्रा गर्दा सबैभन्दा खुशी लागेको दिनचाहिँ कुन थियो ?
पहिलो खुशी त मैले यात्रा शुरु गर्दाकै
दिन थियो । किनकि म एक अभियानमा हिँडेको थिएँ । त्यसपछि रङ भेद आन्दोलनका
नाइके नेल्सन मण्डेलालाई क्यापटाउन, दक्षिण अफि्रकामा भेट्दा निकै खुशी
लागेको थियो । त्यसैगरी युएनका पूर्व महासचिव कोफी अन्नानलाई घानाको
राजधानी आक्रामा भेट्दा निकै खुशी लागेको थियो । यसैगरी बु्रनाईमा नेपालमा
राजकीय सम्मानजस्तै गरेर रातो कार्पेटमा ओछ्याएर विभिन्न ठाउँमा लगियो । यी
अविस्मरणीय क्षणहरु हुन् ।
दुख लागेको दिन पनि त छ होला नि ?
दक्षिणी सुडानको मलकालमा झण्डाका कारणले
गर्दा समस्या परेर झण्डै ज्यान गएन । त्यहाँ नर्थ र साउथको छुटटा छुटटै
झण्डा रहेछन् मलाई थाहा भएन । मसंग सधै शान्तिको झण्डा हुने गर्दथ्यो ।
उनीहरुले मलाई नर्थबाट आएको जासुस भनेर समातेर तीन दिनसम्म राखे । अन्तिममा
गोली हानेर मार्नेसम्मको कुरा भयो । पछि के भएर हो, छाडिदिए । त्यसैगरी
मसँग साईकल यात्रामा रहेका महोत्तरीका खडक् जिसी साईकल चलाउँदा चलाउँदै
लाओसमा भीरबाट लडे । अर्धचेत अवस्थामा रहेका उनलाई नेपाल ल्याइयो । तर, उनी
बाँच्न सकेनन् । उपचारकै क्रममा ज्यान गयो । त्यसैगरी झापाका नारायण खरेल
बंगलादेशमा यात्रा गर्दा गर्दै जण्डिस भएर नेपाल र्फकनुभयो । उहाँको पनि
उपचारकै क्रममा ज्यान गयो । त्यसैगरी काभ्रेका जनार्दन खनाल जोर्डनबाट
बिरामी भएर र्फकनु भयो र उहाँको यात्रा वीचमै रोकियो । हाल उहाँ नेपालमा
हुनुहुन्छ । यात्राका क्रममा भेटिएका दुईजना साथीहरुलाई मैले यसरी गुमाउनु
पर्यो । यो सम्झँदा निकै दुख लाग्छ ।
कहिले काहि किन यात्रा गरिएछ जस्तो लाग्दैन ?
साथीको निधन भएपछि मैले तीन दिन खाना पनि
खाइँन । यात्रा पनि रोकौं किजस्तो भएको थियो । तर, फेरि जोस आयो, तैंले
यात्रा छोडनु हुँदैन, जन्म र मृत्युबाट त कोही पनि भाग्न सक्दैन भन्ने
लाग्यो र यात्रालाई निरन्तरता दिन शुरु गरें ।
अविवाहित हुनुहुन्छ, कतै विदेशतिर मायापि्रति त बसेन ?
छैन । स्वाजिल्याण्डको राजधानी एम्बाबाने
भन्ने ठाउँमा स्कुलको पि्रन्सिपलसँग लभ पर्लापर्ला जस्तो भएको थियो, तर
परेन । उनले मलाई निकै रुचाउँथिन् । उनको ब्यवहारले त्यस्तो झल्को दिन्थ्यो
।
विश्वका कुन देशका युवती सबैभन्दा सेक्सी लागे ?
त्यतापट्टी ध्यान दिनै भ्याइँन । सबै ठाउँका आफ्नो विशेषताअनुसार हुन्छन् होला । तर, मलाई त्यतापट्टी सोच्ने फुर्सदसमेत भएन ।
विश्वमा रहेका नेपालीहरुको अवस्था कस्तो पाउनुभयो ?
कुनैकुनै देशमा रहेका नेपालीहरुले
उधोगधन्दा पनि चलाउनुभएको रहेछ । कतैकतै व्यापारमा रहेको पनि भेट्टाएँ ।
होटल रेष्टुराँ चलाएर बस्नुभएकाहरु पनि भेट्टाएँ । तर, त्यो प्रतिनिधित्व
मात्रै हो अधिकांश देशमा श्रमिक जीवन बिताइरहेको पाएँ ।
विदेशमा नेपाललाई कसरी चिन्दारहेछन् ?
राज्य चलाउने निकायहरुलाई त थाहा हुने नै
भयो । तर, अधिकाश नागरिकहरुले नेपाललाई चिनेको जस्तो लागेन । जसले चिनेका
छन्, तिनीहरुले पनि नेपाल गरीब र युद्धमा होमिएको देश भनेर चिन्दा रहेछन् ।
अहिले पनि सगरमाथा चीनमा बुद्धको जन्मस्थल भारतमा पर्छ भनेर चिन्दा रहेछन्
। माओवादी विद्रोहका कारणले भने नेपाललाई चिन्दा रहेछन् । संसारमा माओवादी
युद्ध सफल भएको देश भनेर चिन्दा रहेछन् ।
सगरमाथा र वुद्धलाई विदेशीले नचिनिदिँदा कस्तो अनुभव हुन्थ्यो ?
एकपटक अवश्य चिन्ने छन् भन्ने लाथ्यो ।
सरकारले संसारभर हुनेखालको कार्यक्रम ल्याएको खण्डमा अवश्य पनि नेपाललाई
चिन्ने छन् भन्ने मलाई विश्वास छ ।
यात्रा पश्चात के गर्ने सोचाइ बनाउनुभएको छ ?
मैले विदेश घुम्दा पाएको ज्ञान र अनुभवलाई
नेपालका हरेक गाविसमा पुगेर बताउने इच्छा छ । यसै गरेर यात्रा सम्बन्धी
एउटा पुस्तक पनि तयार गर्दैछु, त्यसबाहेक वृद्धाश्रम चलाउने विचार छ ।
चित्रबहादुर केसी
अध्यक्ष, राष्ट्रिय जनमोर्चा
० शनिबार नयाँ बानेश्वरमा विपक्षी दलहरुको बैठक बसेको थियो, त्यहाँ के छलफल भयो ?
मंसिर ८ देखि राष्ट्रपतिबाट सहमतिको सरकार
गठनको आह्वान भए पनि सहमतिको सरकार गठन हुनै सकेन । यसैक्रममा शनिबार नयाँ
बानेश्वरमा विपक्षी १०/१२ दलको बैठक बसेको थियो । खास गरेर शनिबारको
बैठकमा माओवादीले चुनाव पनि गराउँदैन, सहमति पनि गर्दैन । यति गरिसकेपछि अब
संघर्षको विकल्प छैन । एमाओवादीले नयाँ-नयाँ पासो फाल्छ र त्यसो पासो र
षड्यन्त्रमा अरु पार्टीहरु पनि जान अञ्जानमा फस्दै गएका छन् । अब
एमाओवादीलाई संघर्षविना सत्ताबाट झार्न सकिँदैन भन्ने कुरा कांग्रेस,
एमालेले महशुस नगर्नु आश्चर्यको कुरा हो भन्ने हामीले बैठकमा राख्यौं ।
० भनेपछि अब आन्दोलन नगरी हुँदैन भन्ने तपाईहरुको निश्कर्ष हो ?
हो । एमाओवादीले जे बाहनाबाजी गरे पनि
मुख्यरुपमा राजनीतिक पार्टीहरुलाई अल्मल्याएर, खेलाएर, फुटाएर र गलाएर
आफ्नो सत्ता लम्ब्याउन चाहन्छ । त्यसैले कुनै प्रकारले माओवादीले फालेका
जालमा पर्नु निरर्थक र यसले देशलाई बर्बाद पार्छ भन्नेमा प्रायः सबै सहमत
भएका छन् ।
० प्रधानमन्त्री फेर्न
राष्ट्रपतिलाई दलहरुले लेखेर दिनुपर्छ भन्नेबारे बानेश्वर बैठकमा एमाले
नेता माधव नेपालले प्रस्ताव गर्नुभएको हो ?
यसबारेमा पनि छलफल भयो ।
० विपक्षी दलहरुले अझैसम्म पनि आन्दोलनमा जानुको साटो राष्ट्रपतिबाटै आश गरिरहेका हुन् ?
राष्ट्रपतिसँग आश गर्नुभन्दा पनि
माओवादीले जेजे नयाँ एजेन्डा फाल्छ, त्यही एजेन्डा बोकेर हिँड्छन्,
कांग्रेस र एमालेका साथीहरु । एउटा एजेन्डा फाल्दियो माओवादीले भने
त्यसैलाई पत्याएर एमाले पनि हिँड्छ, कांग्रेस पनि हिँड्ने गरेको छ । यस्तो
भ्रम पालेर किन हिँड्ने ?
० शीतलनिवासमा भएको पछिल्लो सर्वदलीय बैठकमा राष्ट्रपतिको भनाइ खासमा के थियो ?
राष्ट्रपतिले नयाँ महत्वपूर्ण कुरा के
भन्नुभएको छ भने तपाईहरु सत्तापक्ष र प्रतिपक्ष सहमति गरेर आउनुहुन्न भने
मबाट अध्यादेश स्वीकृत गराएर मबाट तपाईहरुले अब शासन गर्न पाउनुहुन्न ।
तपाईहरुलाई शासन चलाउन जुनजुन अध्यादेशको खाँचोपर्छ त्यो जारी गरिरहने काम
अब मबाट हुँदैन भन्नुभएको छ राष्ट्रपतिले । तपाईहरुले सहमति गरेर लु यो
अध्यादेश जारी गरेर मुलुकलाई निकास दिनुपर्यो भन्नुहुन्छ भने मैले जारी
गर्नैपर्छ, होइनभने सरकारलाई जुन कुराको खाँचो पर्छ, त्यही चाँहि स्वीकृत
गर्नुपर्यो भन्दैमा मबाट हुँदैन भन्नुभयो ।
० आन्दोलनमा जाने त भन्नुभयो, आन्दोलनको कार्यक्रम कहिले बनाउँछन् त विपक्षीले ?
सोमबार बस्ने बैठकले आन्दोलनको कार्यक्रम
ल्याउनेबारे छलफल भइरहेको छ । आइतबार नै बस्ने भनेको तर, ड्यास माओवादीलाई
पनि पर्खनुपर्ने भएकाले सोमबार बैठक गर्ने भनिएको हो । ड्यास माओवादी पनि
आन्दोलनमा जानका लागि तयार छ । आन्दोलनमा उसलाई पनि सामेल गर्नुपर्छ ।
किनभने शक्ति त चाहियो नि । ड्यास माओवादी, कांग्रेस र एमालेसमेत मिलेर
आन्दोलनमा जानुपर्छ ।
० उपेन्द्र यादवहरु पनि तपाईहरुको मोर्चामा आएका हुन् ?
उपेन्द्र यादव, शरतसिंह भण्डारी, रोहित पनि बैठकमा आए । विस्तारै अब धु्रबीकरण हुँदैछ । नेताहरुको घैँटामा घाम लाग्न थालेको छ ।
० दैलेख घटनाबारे राष्ट्रिय जनमोर्चाको धारणा के हो ?
हामीले त यसबारेमा विरोध प्रदर्शन नै
गरेका छौं । हत्यारालाई कारवाही नचलाउन प्रधानमन्त्री बोलेकै दिन हामीले
सबैभन्दा पहिले राष्ट्रव्यापीरुपमा विरोध गरेका हौं । मैले नै नयाँ
बानेश्वरमा भाषण गरें । हामीले दोषीलाई तुरुन्त कारबाही हुनुपर्छ,
प्रधानमन्त्रीबाट गैरजिम्मेवार कुरा गर्न पाइँदैन भनेका छौं । अहिले पनि
दैलेखमा भैरहेको आन्दोलनमा राष्ट्रिय जनमोर्चा अगाडि नै छ ।
० तर, द्वन्द्वकालमा मारिएका सबैको मुद्दा खोतल्न हुँदैन भन्दैछन् नि माओवादीहरु ?
चोरको खुट्टो झिक् भन्दा आफ्नो पर्ने भएर
उनीहरु आत्तिएका हुन् । यही भएर त उनीहरुले ६ वर्षसम्म सत्य निरुपण आयोग
बनाएनन् । जसको कथित जनयुद्धसँग सारेका थिएन, तिनीहरु चन्दा नदिएका कारणले
काटिएका छन् । खान बस्न नदिएका कारणले अपहरणमा परेका छन् । राज्यपक्षले त
झन् माओवादीले भन्दा हजारौं गुणा अपराध गरेको छ । त्यही बेलामा सुरक्षा
निकायका मान्छेहरुले अकूत सम्पत्ति पनि कमाएका छन् । नेपाली जनताको ज्यान
लिनेमा माओवादीलाई राज्यपक्षले १ सय ८० डिग्री उछिनेको छ । त्यसैले सत्य
निरुपण आयोग नबनाउन कांग्रेस, एमाले र एमाओवादी तीनैथरिको अघोषत सहकार्य छ ।
साच्चै छानविन गर्ने हो भने त्यतिबेलाका सत्ताधारी कांग्रेस, एमाले,
ज्ञानेन्द्र र विद्रोही माओवादीसमेत सबै तानिन्छन् । त्यसैले यिनीहरु भरसक
सत्य निरुपण आयोग बनाएर सत्यतथ्य बाहिर ल्याउन चाहन्नन् ।
० भनेपछि दोषीलाई कारवाही हुन नदिनेमा एमाओवादीमात्रै नभएर कांग्रेस, एमाले पनि पर्छन् ?
हो । यी तीनवटैको अघोषित सहकार्य छ । मैले
त चारवर्षसम्म संविधानसभामा यिनीहरुको नाटक प्रत्यक्ष देखेको छु । त्यसैले
०५२ देखि ०६३ सम्मका शासकहरु को-को थिए भन्ने इतिहासमा रेकर्ड छँदैछ ।
त्यसैले अहिले माओवादीको पालो भए पनि अन्ततः यिनीहरु सबै तानिन्छन्,
पूर्वराजा पनि तानिन्छन् ।
० उसोभए कांग्रेस-एमाले र माओवादी जो सत्तामा भए पनि द्वन्द्वकालका पीडितले न्याय नपाउने रहेछन् हैन ?
यिनीहरुले नगरे पनि नेपाली जनताले यसको हिसाब किताब लिएरै छाड्छन् । यिनीहरुमात्रै सधैं सत्तामा रहिरन्छन् भन्ने छैन ।
० लण्डनमा कर्णेल कुमार लामा पक्राउ परेकोमा जनमोर्चाले स्वागत गरेको हो ?
हो । मानवताविरोधी अपराध गर्ने, यद्ध
अपराध गर्नेहरुलाई कारवाही कहीँ पनि गर्न सकिन्छ, गर्नुपर्छ । घरघरबाट
निकाले जनतालाई सुरक्षा निकायले निर्मम हत्या गरेको छ । कथित जनयुद्धको
विरुद्ध अभियान चनाउने जनमोर्चाका कार्यकर्ता पनि मारिएका छन् । सुरक्षा
निकायले जनताका घरमा आगो लगाएका छन्, बलात्कार गरेका छन् । नागरिकलाई
बेपत्ता पारेका छन् । यिनको हिसाब-किताब आज एमाओवादी वा कांग्रेस, एमाले
सत्तामा भएका बेला नभए पनि ढीलो चाँडो नेपाली जनताले खोज्छन् र खोज्नुपर्छ ।
प्रदीप नेपाल, एमाले नेता
एमाले नेता प्रदीप नेपाल यतिबेला
पार्टीभित्र भिन्न धारका नेता मानिनुहुन्छ । पार्टीमा आफूलाई लागेका कुरा
बोल्न नडराउने नेता नेपाल यतिबेला आफ्नो पार्टी र नेपाली कांग्रेस लगायतले
गरेको आन्दोलनप्रति सन्तुष्ट देखिनुहुन्न । एमाओवादी नेता प्रचण्डले पार्ने
प्रलोभनमा नेताहरु फस्ने गरेको उहाँको आरोप छ । शुक्रबार
पार्टी कार्यालय बल्खुमा अनलाइनखबरसँग कुराकानी गर्दै नेता
नेपालले वार्ताको कुरै नगरी आन्दोलनमा जानुपर्ने र ‘रातो बिरालो’लाई
पिटेरै तह लगाउनुपर्ने बताउनु भयो ।
विपक्षी दलहरुले आन्दोलनको घोषणा गर्नुको अर्थ अब वार्ता र संवादको सम्भावना पूरै सकिएको हो ?
वार्ताको सम्भावना अब पूर्णरुपमा सकिएको छ
। तर, हाम्रा शीर्ष नेताहरुलाई आन्दोलन भनेर जेलाई भनिरहनुभएको छ, म चाँहि
यसरी आन्दोलन होला भन्ने ठान्दिँन ।
किन ?
किनभने अहिलेसम्म पनि साथीहरुले सत्ताको
प्रकृतिलाई चिन्न सक्नुभएको छैन वा चाहनुभएको छैन । अहिलेको लडाइँ भनेको
निरंकुशतन्त्र भर्सेस लोकतन्त्र हो । अहिले एमाओवादीले सम्पूर्णरुपले
निरंकुशताको अभ्यास गरिरहेको छ । हाम्रो विरोध बाबुराम वा प्रचण्डप्रति
नभएर उहाँहरुले अख्तियार गरेको निरंकुशताप्रति हो । म दक्षिणपन्थी
निरंकुशता र उग्र वामपन्थी निरंकुशतालाई एउटै ठान्छु । हिजो
ज्ञानेन्द्रपथमा मुलुक गएपछि जसरी हामीले जनतासँग एकाकार भएर आन्दोलन गरेका
थियौं, अहिले पनि त्यही उचाइमा गएर नगर्ने हो भने आन्दोलन हुँदैन ।
यो सरकार पनि ०५९ असोज १८ पछिको ज्ञानेन्द्रकै पालाको जस्तो हो भन्न खोज्नुभएको हो ?
मैले गत जेठ १५ को दिनलाई असोज १८ सँग तुलना गरेको छु ।
आफूसँग सहकार्य गरिरहेका दलले चलाएको सरकारलाई ज्ञानेन्द्रसँग तुलना गर्नका लागि के आधार छ ?
आधार छ । निर्वाचन आयोग रित्तिँदैछ भन्ने
थाहा पाउँदा पाउँदै सिद्धियो । यसलाई कसरी जोगाउने भन्नेमा प्रतिपक्षहरुले
पनि ध्यान दिएनन् । अब हेर्दै जानुहोला, सर्वोच्च अदालत पनि यसैगरी
रित्तिन्छ । यो उग्र वामपन्थी चेत हामीले पनि भोगेर आएका हौं । आफूले
भोगेको हुनाले मैले यसलाई छिटो देखेको हो कि । अहिले पनि पालुङटारको
निर्णयबाट एमाओवादी नेताहरु बाहिरिनुभएको छैन । आजभोलि एमाओवादी नेताहरु
जनताको संविधान भन्न थाल्नुभएको छ । निरंकुशता भनेको रातो भए पनि कालो भए
पनि बिरालोले दूधै खान्छ । अहिलेको रातो बिरालो उग्र वामपन्थी निरंकुशता
हो, यसलाई माया गर्नु हुन्न, यसलाई पनि हामीले चुटेरै तह लगाउनुपर्छ ।
हाम्रो झलनाथजीले घोडाबाट लतार्छौं भनेर भाषणचाहिँ गर्नुभएको छ, तर यसरी
घोडाबाट लतार्ने आन्दोलन नै हुँदैन ।
यसको मतलब अहिले विपक्षीले घोषणा गरेको आन्दोलनको तरिका तपाईलाई चित्त बुझेको छैन ?
यो आन्दोलनको तरिकै ठीक भएन । यो सरकार
निरंकुश छ, योसँग वार्ता होइन, आन्दोलनको भाषामात्रै बोल्न सकिन्छ ।
हामीलाई सत्ता चाहिएको छैन, हामीलाई लोकतन्त्र चाहिएको छ भनेर जानुभएन भने
कोही पनि आउँदैनन् आन्दोलनमा । प्रधानमन्त्री फेर्न कोही आउँदैन । यो
आन्दोलन प्रधानमन्त्री फेर्नका लागि होइन, शासन प्रणाली फेर्ने लडाइँ हो
भनेर जानुपर्छ ।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर गल्ती भयो भन्ने लाग्न थालेको हो तपाइहरुलाई ?
यसमा त गल्ती भएको छैन । कि तपाईले
निरन्तर हत्याको श्रंखला जारी रहन दिनुपर्दथ्यो, यात युद्धमा हराउने
विदेशीहरुको सहायता लिनुपर्ने हुन्थ्यो । अहिले जतिसुकै गफ गरे पनि नेपाली
सेनाले हराउन नसकेकै हो । दुबै विन-विन पोजिसनमै थिए । त्योबेला राष्ट्रलाई
जोगाउन बाह्रबुँदे सम्झौता राम्रो काम भएको हो । पछि गिरिजाले एमालेलाई तह
लगाउन माओवादीलाई ८४ सीट दिएर गल्ती गरे । प्रचण्डले गिरिजालाई
राष्ट्रपतिको लोभ देखाए । गिरिजा मरेपछि माधव नेपाललाई प्रचण्डले एक रातभरि
राष्ट्रपति बनाए । हरेक मान्छेलाई लोभ देखाएर माओवादीले आफ्नो पोजिसन
यस्तो बनायो । माओवादीले चुनाव जितेर पनि आएको होइन । यो सबै कुरा गिरिजाले
बाँचुञ्जेल बुझेनन् । उनी आफू पनि लडे, एमालेलाई पनि लडाए ।
तपाईको विचारमा विपक्षी दलहरु कहाँनेर चुकिरहेका छन् ?
समकालीन राजनीतिमा म प्रचण्डको
कुबुद्धिलाई मान्छु । प्रचण्डमा बुद्धि भैदिएको भए उनी धेरै ठूला मान्छे
हुन्थे । तर, उनी कुबुद्धि भएका मान्छे रहेछन् । उनी जसलाई पनि
लफन्ड्याउँछन् । उनले गिरिजालाई पहिलो राष्ट्रपति बनाए, माधव नेपाललाई
दोस्रो राष्ट्रपति बनाए । अस्ति उनैले सुशील जी तपाई तयार हुनोस् भन्दै
उनलाई पनि प्रधानमन्त्री बनाइदिए । त्यसपछि नागरिक समाज नाम गरेका
लोभीपापीहरुलाई पनि उनलाई प्रधानमन्त्री बनाइहाले । नागरिक समाजको गोप्य
बैठक पनि चल्यो । उनले प्रधान न्यायाधीशलाई पनि प्रधानमन्त्री दिँदैनन् ।
बाबुरामको ठाउँमा प्रधानमन्त्री हुन लायक कोही छ भने त्यो प्रचण्डमात्र हो
भन्ने उनको बुझाइ छ । यो सच्चाइलाई हाम्रा कुनै पनि नेताहरुले बुझेनन् ।
वहाँहरुलाई पालो आउँछ कि भन्ने भ्रम भैराखेको छ । तर, एमाओवादीले आफ्नो
पार्टी र आफ्नो मान्छेबाहेक दोस्रोलाई पालो दिनेवाला छैन ।
त्यसोभए अब विपक्षी दलले के गर्नुपर्छ ?
अब वार्ता नगर्ने । वार्तारहितको आन्दोलन गर्नुपर्छ ।
सरकार फेर्नका लागि आन्दोलन गरिएको हैन भन्नका लागि त सुशील कोइरालाको नाम पनि प्रस्ताव गर्न भएन होला नि हैन ?
कसैलाई अगाडि सार्नुपर्दैन । हामीलाई
लोकतन्त्र चाहिएको छ । तत्कालको मुद्दामा सुशील कोइरालाले लोकतन्त्रको
प्रतिनिधित्व गर्छन् भने बाबुरामले निरंकुशतन्त्रको प्रतिनिधित्व गर्छन्
भन्नसम्म सकिन्छ, तर मान्छेको नाम लिएर आन्दोलन गर्नु हुँदैन ।
विपक्षी दलहरुले दैलेखबाट आन्दोलन गर्ने बताएका छन्, तपाईको विचारमा अब कसरी जानुपर्छ ?
त्यो बेकार छ । जब महान्यायधिवक्ताको पत्र
सार्वजनिक भयो, त्यतिबेलै महान्यायधिवक्ताको कार्यालय घेर्न जानुपर्दथ्यो ।
कार्यालयभित्र १२/१५ जना छिरेर यो चिठी किन लेखिस्, तुरुन्त फिर्ता गर्
भन्न सक्नुपर्दथ्यो । यत्रो खतरनाक निरंकुशता देख्दादेख्दै पनि उनीहरु अझै
वार्तै गर्ने भन्दैछन् । अहिलेसम्म पनि विपक्षी नेताहरुको दृष्टिकोण ठीक
छैन । वार्ता र आन्दोलन कुनै धर्तीमा पनि सँगसँगै हुँदैन । कि आन्दोलनको
प्रेसरले वार्तामा पुग्नुपर्छ, कि वार्ता गरेर आत्मसमर्पण गर्नुपर्छ ।
आन्दोलनको बलमा मात्रै वार्ता हुने हो । त्यसैले नेताहरुले आफ्नो सोच र
चिन्तनलाई अझै परिमार्जन गर्न जरुरी छ ।
अब तपाईको विश्लेषणमा मुलुकमा के हुन्छ ? जेठमा चुनाब होला ?
म त ०७१ सालको बैसाखसम्म पनि चुनाव भएछ
भने आश्चर्य मान्नेछु । जवसम्म एमाओवादी सत्ताबाट बहिर्गमन गर्दैन, तबसम्म
चुनाबै हुँदैन । प्रचण्डले झुक्किएर भनिहाले, २५ वर्षसम्म शासन गरिन्छ ।
योचाहिँ उनको भित्री चेत बोलेको हो । यसलाई हामी कसैले पक्रन सकेनौं ।
अब आन्दोलनको एजेन्डा केलाई बनाउने त संविधानसभा पुनस्र्थापना भन्ने हो कि ?
हामीले ज्ञानेन्द्र विरुद्ध के आधारमा
आन्दोलन गरेका थियौं, त्यति सम्झिए पुग्छ । त्यो दक्षिणपन्थी निरंकुशता
थियो, यो उग्रपन्थी निरंकुशता हो ।
ज्ञानेन्द्रका पालामा प्रतिनिधिसभा पुनर्स्थापना स्पष्ट एजेन्डा थियो नि हैन र ?
त्यो त पछि गएर टुंगिएको हो, शुरुमै
संसद्को पुनर्स्थापना गर्न कसैले भनेको थिएन । यो आन्दोलन पनि संविधानसभा
पुनस्थापनामा पुग्दैन भन्न सकिन्न । किनभने संविधानसभालाई बलात् नै खोसिएको
हो । तर, अहिल्यै संविधानसभा पुनस्थापनाका लागि आन्दोलन बढाउनुपर्छ भन्नु
हुँदैन । हामीले निरंकुशताविरोधी आन्दोलन नै भन्नुपर्छ । पुनस्थापनाको पासा
त प्रचण्डले फालिसकेकै छन् नि ।
आन्दोलन नै गर्ने भनिसकेपछि कुन एजेन्डामा जाने प्रस्थानविन्दु त चाहिएला नि ?
अहिले माग्दाखेरि केन्द्रीय होइन, स्थानीय
चुनावको माग गर्नुपर्छ । हाल भैरहेको भ्रष्टाचार रोक्नका लागि पनि स्थानीय
निकायको चुनाव जरुरी छ ।
आन्दोलनको केन्द्रीय एजेन्डा नि ?
अहिले म कुन ठाउँमा पुगेको छु भने
सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार
बनाउनुपर्छ । यस्तो सरकारमा बस्ने मान्छेले चुनाव लड्न पाउँदैन ।
समानुपातिकमा पनि उसले आफ्नो नाम टाँस्न पाउँदैन र २६ जनामा पनि नाम हाल्न
पाउँदैन । उसको अधिकार भनेको निर्वाचन आयोग गठन गर्ने र चुनाव गराउनेमात्र
हुनुपर्छ । निर्वाचन एकैचोटि दुबै तहमा गराउनुपर्छ । तल छाडेर माथिको
मात्रै चुनाव गराइनु हुँदैन । निर्वाचन आयोग रित्तिन लाग्दा विपक्षीले
जोगाउन सकेनन् । प्रचण्डले पछि सहमतिमा बनाऔंला भनेर मख्ख पारेछन् । पहिले
अरु कुरा नगर, चुनाव गर्ने भए निर्वाचन आयोग बनाऊ भन्न सक्नुपथ्र्यो।
निर्वाचन आयोग नबनाउनेले कसरी चुनाव गर्छ ? प्रचण्डले जे भन्छन्, साथीहरु
त्यसैमा बग्दै जानुभयो ।
तपाईले पूर्व प्रधानन्यायधीशको नेतृत्वमा चुनावी सरकार बनाउने त भन्नुभयो, तर नेपाली कांगेसले सुशीलको विकल्प खोज्न मान्ला र ?
नमान्लामात्रै होइन, रामचन्द्रजीले वार्ता
र आन्दोलन सँगै लानुपर्छ भन्नुभएको छ । यो त वहाँहरुले बुझ्नुपर्यो नि ।
कांग्रेसले नमान्ला, प्रचण्डले नमान्लान्, कमल थापाले नमान्लान्, योसँग
सरोकार राख्नुहँदैन ।
कांग्रेसको मात्रै के कुरा गर्नु एमालेकै बैठकमा माधव नेपालले यस्तो प्रस्ताव राख्दा नेताहरुले मानेनन् रे त ?
एउटै मान्छेका पछि लागिराख्दा कुरो नमिल्न
पनि सक्छ भनेर माधवजीले भन्नुभएको हो । उहाँले बोल्नै पाउनुहुन्न त भन्ने
मिलेन नि । म त शुरुदेखि नै बाबुरामको ठाउँमा केपी ओली, रामबहादुर,
श्यामबहादुर भन्ने पक्षमै छैन । खास गरेर बिप्पा सम्झौतादेखि नै
बाबुरामप्रति मेरो आशंका हो । इमिग्रेसन सुरक्षाको विषयमा पनि आशंका बढ्यो ।
विपक्षीको आन्दोलनमा उपेन्द्र यादवहरु आउनै लागेका थिए, सुशील कोइरालाकै कारण पछि हटे भन्ने छ नि ?
अहिले हामीले कांग्रेसलाई आन्दोलनबाट
बाहिर जान दिनु हुँदैन । र, अरुलाई पनि दिनु हुँदैन । उपेन्द्र यादवहरु किन
गए भन्ने मलाई नसोध्नु न नेताहरुलाई नै सोध्नोस् । त्यहीबेला माधव नेपालले
अर्को मान्छेलाई बनाऔंला आउनोस् भनेको भए केही बिग्रन्नथ्यो । त्यहाँ केही
नभन्ने अनि यहाँ (बल्खुमा) आएर भनेको भरमा मान्छेले मान्दैनन् । त्यही भएर
उनीहरुले मानेनन् । आन्दोलन गर्ने हो भने सबैलाई समेट्न सक्नुपर्छ ।
सुसीलको नाम आउनेवित्तिकै माओवादी (वैद्यपक्ष) आन्दोलनमा आउँदैन ।
नेताहरुलाई यसबारे सामान्य ज्ञान हुनुपर्ने हो । मेरो विचारमा सबैलाई मान्य
हुने नाम भनेको पूर्वप्रधानन्यायाधीश नै हुन् ।
तपाईको विचारमा अब यो आन्दोलन कहिले पार लाग्ला ? फागुन, चैत्र वा बैसाख ?
यो आन्दोलन मेरो हिसाबमा घटीमा दुईवर्ष,
बढीमा पाँचवर्ष जान्छ । किनभने बाबुरामका प्रभु अन्तै छन् । प्रचण्ड पनि
बाबुरामका प्रभु हैनन् । त्यसैले आन्दोलन दुईवर्षभन्दा ढी समयका लागि तय
गरिनुपर्छ । आन्दोलनलाई राष्ट्रियतासँग जोड्नुपर्छ । तर, नेताहरु भारतको
विरोध गर्न डराइराखेका छन् । त्यो भारतले के गर्छ ? हदैभए नेताका
छोरोछोरीलाई छात्रवृत्ति दिन छाड्ला ।
०४६ सालको परिवर्तनपछि नेकपा एमाले नेपाली राजनीतिको उदीयमान शक्ति थियो, तर अहिलेको अवस्थामा आइपुग्नुको कारण के हो ?
जव ०५३ सालमा कांग्रेसले सूर्यबहादुर
थापाको नेतृत्वमा सरकारमा सामेल हुन हुन्छ भने हामीले पनि लोकेन्द्रबहादुर
चन्द नेतृत्वको सरकारमा सामेल हुन मिल्छ भन्ने निर्णय जव स्थायी कमिटीले
गर्यो, त्यही दिनबाट हामी स्खलनतिर लाग्यौं । त्यसपछि स्खलन निरन्तर अगाडि
बढ्दै गयो ।
अहिले पनि विपक्षी गठबन्धनमा कार्यक्रमहरुमा एमाले अध्यक्ष झलनाथ खनालकै छेउमा सूर्यबहादुर थापा देखिनु त्यसैको सिलसिला हो ?
सरकार र आन्दोलन अलि फरक छ । जनताको
बहुदलीय जनवादले दिएको शिक्षा के हो भने आफ्नो नेतृत्वमा आफ्नो कार्यक्रम
लागू हुने गरी सरकारमा जान सकिन्छ । तर, अर्काको पार्टीको प्रधानमन्त्री
भएपछि आफ्नो कार्यक्रम कसरी लाने ? आन्दोलन त बेग्लै पाटो हो, यसमा सिंगो
शक्तिलाई परिचालन गर्नुपर्छ ।
एमालेमा स्खलनका अरु शिलसिला के हुन् ?
हामीले नेपाली क्रान्तिको मार्गदर्शक
सिद्धान्त बहुदलीय जनवाद हो भनेका छौं । यसो भनिसकेपछि हामीले मार्क्सवाद
लेनिनवाद भनिरहनै पर्दैन । नेपालको मार्क्सवाद भनेकै जनताको बहुदलीय जनवाद
हो । मचाहिँ मार्क्सवाद लेनिनवाद भनिरहन जरुरी छैन भन्छु, तर साथीहरुचाँहि
तलको प्रतिवादलाई सम्झाउनै सक्नुहुन्न । महाधिवेशन हलमा पनि लेनिनको फोटो
किन राखिएन भनेर हल्ला चलेपछि हतार-हतार ल्याइयो । लेनिनको तानाशाही
संगठनात्मक सिद्धान्त हामीसँग मिल्दैन भन्न सक्नुपर्थ्यो ।
नेताभन्दा कार्यकर्ता अलि वायाँ रहेछन् हैन एमालेमा ?
वायाँ भन्दा पनि हामी पढ्दैनौं क्या ।
त्यही मदन भण्डारीकै रचना पढ्ने हो भने पनि सबै कुरो त्यहीँ छ । पढ्दीने हो
भने समस्यै पर्नै थिएन । अर्को कुरा ६० वर्ष नाघेपछि मान्छे बूढो
हुँदोरहेछ । उहिले माओत्सेतुङ्गको दर्शन पढेर आएको मान्छे मार्क्सबादी हुनै
सक्दैन ।
भनेपछि एमालेको नेतृत्व तहमा नयाँ मान्छे नभएकाले पनि समस्या परिरहेको रहेछ हैन ?
एकदम । हिजो साथीहरुले ७० वर्ष पुगेपछि
नेतृत्वमा नबस्ने भनेछन् । मैले त ६० वर्षपुगेपछि बस्न हुँदैन भनिराखेको छु
। ६० वर्ष अवकाशको राम्रो उमेर हो । नेताहरु किन ७० को कुरो उठाइरहनुभएको छ
भने उहाँहरु अझै एक कार्यकाल खान खोज्दै हुनुहुन्छ । यस्तो केटाकेटी काम
पनि गर्न हुन्छ ? भारतमोहनजी बाहेक हाम्रा धेरै नेताहरु ००५ सालका छन् ।
अहिले ६५ भए, पाँचवर्षपछि ७० पुग्छन् । त्यसैले ७० वर्षसम्म खाइहालौं भन्ने
योजनामा छन् ।
हरेक आमाबाबुलाई आफ्नो सन्तान आफूभन्दा पनि प्रिय लाग्छ । तर, भारतमा एक आमाले आफ्नी ११ वर्षीया छोरीलाई बेचिदिएकी छिन् ।
जन्म दिने आमाले बेचेको थाहा पाएपछि
बालिका विरोध गर्दै बस्तीबाट भागेकी थिइन् । किनकेलमा संलग्नहरुले उनीलाई
लखेटेपछि एक होटलमा पसेकी बालिका फर्निचरमा लुकिन र त्यहाँ रहेका कसैले
पुलिसलाई खबर गरिदियो ।
प्रहरीले बालिकाको आमासँग खरिदकर्तालाई
पनि पक्राउ गरेको छ । पक्राउ परेकी ती क्रुर आमाले भने पञ्चालयले आफूमाथि
लगाएको साढे ४ लाखको जरिवाना तिर्न आफूले छोरीलाई बेच्न खोजेको बताएकी छिन्
।
उनका अनुसार बालिकाको विवाह माधोपुरमा
एकसाग पक्का गरिएको थियो । तर, आमाले केही समयमा नै छोरीलाई फिर्ता
ल्याएपछि गाउँ पञ्चायत बस्यो र उक्त कदमलाई गलत ठहर गर्दै अर्थिक जरिवाना
तोक्यो । युवतीको परिवारलाई केही पैसा दिएर विवाह गरिन्छ ।
बालिकाले आफूलाई आमाले बेचेको र कन्जरी
बस्तीमा लगेर अनैतिक कार्य गर्न दबाव दिएको बताएकी छिन् । आफूलाई कुटपिट
समेत भएको भन्दै उनले मुम्बईमा बेच्ने कुरा भएपछि आफू भागेको प्रहरी समक्ष
बनाएकी छिन् । बालिकालाई अहिले बालिका गृहमा राखिएको बीबीसीले जनाएको छ ।







