टुका इन्टरटेन्मेन्टको व्यानरमा तयार भएको
चलचित्र ‘मञ्जरी’ अहिले चर्चामा छ । सामान्य कथालाई आकर्षक तबरले बुनिएको
यो चलचत्रिलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रमा गौरब
पहाडी र सुजाता कोइराला पहिलो पटक नेपाली रजतपटमा भित्रदै छन् । दुई
कलाकारको साथमा चलचित्रमा वरिष्ठ कलाकार टिका पहाडीको पनि अभिनय छ ।
‘मञ्जरी’
सामान्य तर मन छुने सिनेमा रहेको दाबी निर्देशक पाण्डेको छ । उनले भने,
‘चलचित्रलाई नाटकिय भन्दा पनि वास्तविक बनाउन खोजिएको छ । यसैले कलाकार र
लोकेशनमा हामीले धेरै नै ध्यान दिएका छौ ।’
‘लैलामज्नु,
रोमियो जुलियटको प्रेमकथालाई सुनेका दर्शकले ‘मञ्जरी’ लाई पनि सोहि रुपमा
पाउनुहुनेछ’, पाण्डेले भने । अधिकांश दृश्य वुटवलमा छायांकन गरिएकाले पनि
चलचित्रमा स्थानिय कलाकार र भाषाको प्रयोग बढि छ ।
चलचित्रमा
कालिप्रसाद बास्कोटाको संगीत, महेश पौडेलको छायांकन, अनन्त तिमिल्सिनाको
सम्पादन, गम्भिर बिष्टको नृत्य निर्देशन छ । चलचित्रलाई नरेश पाण्डे र महेश
चालिसेले निर्माण गरेका हुन् ।
चलचित्रमा समावेश ‘दैव हे’ बोलको गीतको
भिडियोलाई पनि आकर्षक बनाइएको छ । चलचित्र चैत्र ९ गतेबाट देशभरका हलमा
एकसाथ प्रदर्शनमा आउने तयारीमा छ ।
सल्यान, फाल्गुन १३ -
जिल्लाको डाँडागाउँ गाविस वडा नं ५ स्यालपानीका एक वृद्धले गाउँकै १२
वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा सल्यान प्रहरीले पक्राउ
गरेको छ ।
पक्राउ पर्नेमा डाँडागाउँ– ५ स्यालपानीका ६२ वर्र्षीय वृद्ध चन्द्रबहादुर बस्नेत रहेका छन् । बस्नेतलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
घरमा कोही नभएको बेलामा बालिकालाई चाउचाउ देखाएर उनले बलात्कार गरेको परिवारले जनाएका छन् ।
बलात्कार भएको तीनदिनपछि बालिकाले पेट दुखेको बताएपछि अस्पतालमा जचाउँदा डाक्टरले बलात्कार भएको आशङ्का गरेको बालिकाका आफन्तले बताएका छन् । बालिकाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले बालिकाको बलात्कार भएको हो वा होइन भनेर अनुसन्धानका लागि रिपोर्ट काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । रासस

मोबाइल फोनको प्रयोग त्यति बेला मात्र गरौ जब यसको आवश्यकता पर्छ। अनावश्यक समयमा मोबाइल फोन चलाउने बानी ठीक होइन, यसलाई भरसक आफ्नो शरीरभन्दा टाढा राख्नुपर्छ।
इन्टरनल एरिएल भएको सेटलाई आफ्नो टाउको नजिक बढी समयसम्म नराखौ। बढी विकिरण हुने एसएआर मोबाइलबाट बचौं र बढी समय ब्याट्री खप्ने मोबाइल फोन मात्र खरिद गरौं। गुणस्तरका बारेमा जानकारी नभएका सञ्चारसम्बन्धी साधनहरूको खरिद-बिक्री तथा प्रयोग नगरौं।
मोबाइल प्रयोग निषेध लेखिएका ठाउमा मोबाइल प्रयोग गर्नुहुँदैन। माइक्रोवेब टावर तथा बिजुलीका ठूला उपकरणको नजिक मोबाइल फोनको प्रयोग खतरनाक हुन्छ। मोबाइल फोनको सेटलाई पानीबाट जोगाउनुपर्छ। मोबाइलमा पानी पसे सट सर्किट भएर विस्फोट हुनसक्छ। नेटवर्कका लागि प्रयोग गर्ने टावरहरूबाट विकिरण वा हानिकारक तरंगहरू आउने हुनाले यसलाई केहीँ वस्तुले छोपेर राखौं।
चार्जिङ गरिरहेको बेला मोबाइल फोन तात्यो भने सावधान हुनुपर्छ। यदि त्यसो हो भने तुरुन्त चार्जबाट निकालेर प्रविधिकलाई देखाउनुपर्छ। बढी तापक्रम भएको ठाउँमा मोबाइल राख्नु हुँदैन। चलिरहेको कम्प्युटर, ल्यापटप वा टेलिभिजन सेटमाथि मोबाइल राख्नु खतरनाक हुन्छ। भो ल्टेज अनियमित छ तथा पावर प्लग ठीक छैन भने मोबाइल चार्ज गर्नुहुँदैन। यस्तो बेला मोबाइल सर्ट भएर झिल्का आउँछ।
धेरै मानिस नराम्रा दिनका कुरा लुकाउन चाहन्छन्, तपाईंले भने हाम्रो आग्रहलाई सजिलै स्वीकार गर्नुभयो, किन ?
मानिसलाई धेरै पीडा भयो भने त्यसलाई सुनाउनुपर्छ। यसले पीडा कम हुन्छ। तपाईंहरूलाई भनेर म आफ्नो पीडा कम गर्न चाहन्छु। अर्को कुरा, मेरो पीडा सुनेर दुई जनाले पनि यो बाटोमा हिँड्नुहुँदो रहेनछ भन्ने बुझें भने मेरो जीवन सार्थक हुनेछ।
तपाईंले १५ वर्ष लागूऔषध सेवन गर्नुभयो, यो अवधिमा कस्ता व्यक्ति यसमा फसेको पाउनुभयो ?
जुन युवकले सानैमा चुरोट खान सिक्छ, उसले गाँजा तान्न बेर लगाउँदैन। जसले गाँजा तान्न थाल्छ, ऊ यसमा फस्न सक्छ। विशेषगरी अभिभावकको माया नपाएका, पैसा एवं गलत संगत भएका युवा यसमा फसिहाल्छन्।
तपाईं कसरी फस्नुभयो ?
म जन्मँदा मेरो बुवा खसिसक्नुभएको थियो। काठमाडौंको युवक भएकाले घरभाडाको पैसा आउँथ्यो। आमा व्यापार गर्नुहुन्थ्यो। गोजीमा पैसा हुने तर अभिभावकको गाइड नपुग्ने अवस्थामा गलतको संगतमा जोडिए, अनि फसिहालें।
कति वर्षको उमेरमा ?
१३ वर्षको उमेरमा सिनियर दाइहरूले चुरोट खान सिकाए। मज्जा हुन्छ, एकपल्ट तान् भनेर फुस्ल्याए। चुरोट तान्दा क्या दामी गरी तान्छ यार भनेर फुक्र्याउँथे। १४ वर्षको उमेरमा मज्जाले गाँजा तान्न थालें। १५ वर्षको उमेरमा म टोलको सबैभन्दा धेरै डोज ब्राउन सुगर पचाउन सक्ने एडिक्ट भैसकेको थिएँ।
घर-परिवारलाई थाहा भएन ?
१६ वर्षको उमेरमा थाहा भयो। त्यो बेला ७ कक्षामा फेल भएँ। संगत नराम्रो भयो भनेर काकाले स्कुल परिवर्तन गरिदिनुभयो, तर अर्को स्कुलमा पनि फेल भएँ। ब्राउन सुगरको खोजी गर्दै दिन बित्थ्यो, पढ्नै सकिएन। त्यसपछि थाहा भैहाल्यो।
कसरी पाउनुहुन्थ्यो ब्राउनसुगर ?
सिनियर दाइहरूले बेच्थे। आमाको पसल भएकाले मलाई पैसा चोर्न सजिलो थियो। उनीहरूलाई भारतबाट ल्याउने व्यक्तिहरूले दिन्थे। त्यो सामान मजस्ता भर्खरका युवालाई महँगोमा बेच्थे। यसको च्यानल नै हुन्छ।
लागूऔषध प्रयोग गर्नेलाई कुन बेला अप्ठयारो हुन्छ ?
जब बिहान-बेलुकाको डोज किन्ने पैसा हुँदैन, त्यो बेला अप्ठयारो मात्र होइन, साह्रै गाह्रो हुन्छ।
पैसा हुने भएकाले तपाईंलाई त धेरै अप्ठयारो परेन होला ?
पसल सानो थियो। मैले दिनैपिच्छे पैसा चोरेर हैरान पारेपछि आमाले पसल छाडिदिनुभयो। त्यसपछि भने साह्रै गाह्रो हुन थाल्यो।
पैसा पाउन तपाईंले गरेको सबैभन्दा निकृष्ट काम के थियो ?
आमाले पसल छाडेपछि घरको सामग्री चोरेर बेच्न थालें। सुन, भाँडा-कुँडा र अन्य सामान दिएर दुई-चार दिनको डोज जम्मा पार्थें। एक दिन चाडबाडमा लगाउने सबैभन्दा राम्रो साडी दिएर मैले दुई दिनको डोज लिएँ। त्यही दिन आमा आफन्तको भोजमा जानुपर्ने थियो तर ठिक्क पर्दा कुनै साडी थिएनन्। मैले आमाका सबै साडी बेचिसकेको रहेछु। उहाँ दिनभरि-रातभरि रुनुभयो। यो नै थियो मेरो निकृष्ट चोरी।
धेरैजसो ड्रग युजर पहिले आफ्नो घरको सामान चोरी गर्छन्, त्यसपछि अरूको। तपाईंले पनि त्यसै गर्नुभयो ?
हो, त्यसै गरें। मैले भात पकाउने भाँडासमेत बेचेपछि घरमा कडाइ हुन थाल्यो। त्यसपछि साथीभाइ मिलेर उनीहरूको घरमा चोरी गर्न थाल्यौं। यसै क्रममा धेरै पटक पक्राउ परेर प्रहरी थाना पनि पुग्यौं।
कतिपटक थुनिनुभयो ?
छ-सात पटक।
त्यस्तो बेला लज्जाबोध हुँदैनथ्यो ?
ड्रग युज गर्नुअघि कसरी आजको डोज पुर्याउने भन्ने चिन्ता हुन्थ्यो। जब गलत काम गरेर ड्रग लिइन्थ्यो, त्यसपछि म किन यति खराब भएको भनेर रुन मन लाग्थ्यो। पसलमा पैसा चोरेदेखि नै मलाई हीनताबोध हुन्थ्यो। जब घरका भाँडा र आमाको साडीसमेत चोरेर ड्रग लिने अवस्था आयो, मलाई लाग्यो, यसरी दुनियाँलाई रुवाएर बाँच्नु ठीक छैन। यही लज्जाबोधमा मैले ५ पटकसम्म आत्महत्याको प्रयास गरेँ। ड्रग पाउनुभन्दा अघि शरीरको भोक शान्त गर्न नसक्नुको पीडा, त्यही पीडाका कारण गर्नुपरेको गलत क्रियाकलाप र ड्रग लिइसकेपछिको पश्चाताप...। यो यति ठूलो पीडा हो, जसलाई शब्दमा वर्णन गर्न सकिँदैन। यो पीडाका कारण मानिस आत्महत्या गर्न बाध्य हुन्छ।
पहिलो आत्महत्याको प्रयास कसरी गर्नुभयो ?
त्यो बेला मैले घरको सुन चोरेको थिएँ। सुन चोरेको थाहा हुनुअघि नै म मर्न चाहन्थें। सुन बेचेका कारण मसँग दुई-चार दिनको स्टक थियो। मैले सोचें, ओभरडोज लिएपछि म बेहोसीमै मर्छु। मैले घरबाहिर एकान्तमा रहेको ट्वाइलेटमा पसेर सामान्यभन्दा दस गुणा बढीको डोज लिएँ। अरू बेला ठिक डोज लिने भएका कारण गहिरो ट्रिप दिन्थ्यो। यस पटक म त्यही ट्वाइलेटमै ढलें। सोचेको थिएँ, अब कहिलै उठ्नु पर्दैन, झन्झट खत्तम भयो, तर भाग्यले मर्न दिएन। शरीरले त्यति धेरै डोज पनि पचाइदिएछ। सात घण्टापछि होस खुल्दा म ट्वाइलेटको फोहोरमा लडिरहेको थिएँ।
त्यसपछि के गर्नुभयो ?
पटक-पटक मर्ने प्रयास गरे। अरू बेलाभन्दा सयौं गुणा बढी डोज लिएर मर्ने प्रयास गरें। त्यसलाई पनि शरीरले पचाइदिन थाल्यो। हेर्दा-हेर्दा विष नै हाने पनि मर्न नसक्ने गरी शरीर विखालु हुँदै गयो। मान्छेको शरीर अद्भुत हुँदो रहेछ। बानी लगाउने हो भने यसले जस्तोसुकै बिष पनि पचाउने रहेछ।
आत्महत्या गर्ने अरू तरिका पनि थिए, ती तरिका किन अपनाउनुभएन ?
अन्तिम पटक आफ्नो पाँचतले घरको माथिबाट हामफालेर मर्ने विचार गरेको थिएँ। जब हामफाल्न आँटें, मेरो मनमा अचानक आयो, यहाँबाट हाम फालेर अरू बेलाझैं म त मर्दिनँ। बरु हात-खुट्टा भाँचिएर कुँजो हुन्छु। त्यस्तो भएपछि डोज पनि खोज्न सक्दिनँ। मेरो बिजोग हुन्छ भनेर मर्ने विचार त्यागिदिएँ।
यति धेरै विजोग हुँदा पनि ड्रगबाट छुट्कारा पाउने प्रयास किन गर्नुभएन ?
सुरु-सुरुमा परिवारले मलाई रिह्याविट सेन्टर पुर्याएको थियो। त्यहाँको क्लास एवं अनुशासनले बिस्तारै लत छुट्थ्यो। एक-दुई महिना राखेर परिवारलाई जिम्मा दिइन्थ्यो। फर्केर आएपछि एक-दुई दिन टाढा बसे पनि बिस्तारै पुरानै साथीहरूको संगतमा पुगिन्थ्यो। साथीहरूले कर गरे पछि एक डोज त हो नि भनेर लिएपछि फेरि पुरानै कुरा दोहोरिन्थ्यो।
कतिपटक पुग्नुभयो, रिह्याबिट सेन्टर ?
ड्रग लिएको १५ वर्षमा १७ पटक विभिन्न रिह्याविट सेन्टर पुगें। प्रत्येक पटक यसको नकारात्मक असर, जीवनको बरवादी एवं विभिन्न किसिमका औषधिले तत्काललाई ड्रगको असर छुट्थ्यो। अब बाहिर गएर सभ्य जिन्दगी बिताउँछु भन्दा समाजले हेर्ने दृष्टिकोण त्यहीं पाउँथें। हामीजस्ता व्यक्तिसँग कोही पनि संगत गर्न मान्दैनथे। हामी संगत गर्न लायक पनि हुँदैनौं, किनभने उनीहरूलाई दिनुपर्ने दुःख पहिल्यै दिइसके का हुन्छौं। ड्रग्ससँग ८-१० वटा ट्याब्लेट लिएपछि र हतियार लिएर हिँडेपछि त्यसको परिणाम दुःखद हुन्थ्यो। झगडा पथ्र्यो। यस्ता व्यक्तिसँग असल व्यक्तिले कसरी संगत गर्ने ? त्यसपछि पुरानै संगतमा पुगिन्थ्यो र पुरानै दिनचर्या सुरु हुन्थ्यो।
झगडा गर्नुहुन्थ्यो ?
गर्थें। केही पैसा लिएर हामी कसैको उक्साहटमा खुकुरी एवं अन्य हतियार लिएर मानिस कुट्न जान्थ्यौं। मेरो कानको साइडमा तपाईंले गहिरो चोट देख्न सक्नुहुन्छ, यो त्यही बेला खुकुरीले लागेको चोट हो। ड्रगका लागि पैसा लिएर यस्तो काम गर्नु हाम्रो बाध्यता हुन्थ्यो। त्यस्तो बाध्यता बुझेकाहरूले हामीलाई प्रयोग गर्थे।
अहिले ड्रग लिनुहुन्न। स्पर्श नेपालमा एचआईभी पीडितहरूको परामर्शदाता हुनुभएको छ। जीवनले यसरी पल्टा खाला भन्ने कल्पना गर्नुभएको थियो ?
यस्तो होला भन्ने सपना पनि थिएन। पटक-पटक मर्ने प्रयास गर्दा पनि मर्न नसकेपछि, सबैलाई वाक्क बनाएर पनि नथाकेपछि एउटा यस्तो मोड आउँदो रहेछ, जुन मोडले मानिसलाई परिवर्तन गर्दो रहेछ।
तपाईंलाई परिवर्तन गर्ने त्यस्तो कुन तत्त्व थियो ?
२८ वर्षको उमेरमा पुग्दा म ८२ वर्षे बूढोजस्तो भएँ। शरीरले ड्रग माग्थ्यो, तर ड्रगको नशा थेग्न सक्दैनथ्यो। यस्तो बेलामा मानिसलाई यो संसारमा बाँच्न पाए हुन्थ्यो, फेरि एकपटक जीवनका असल कुराको स्वाद लिन पाए हुन्थ्यो भन्ने लाग्दो रहेछ। यही बेला मैले भित्रैदेखि म बाँचेर देखाउँछु भनेर हृदयदेखि नै पुकार गरें। धेरैलाई मैले रिह्याबिट सेन्टर पुर्याइदेऊ भनेर बिन्ती गर्न थालें। पहिले पनि मैले यसैगरी बचाइदे ऊ भन्ने गरेको थिएँ। कसैले दया गरेर पुर्याइदिन्थे तर अलिकति बलियो भएर र्फकनेबित्तिकै म पुरानै दुष्चक्रमा फस्थें। उक्त कुरा थाहा पाएका कसैले पनि मलाई सहयोग गरेनन्। अन्तिममा एक जना ड्रग लिन सिकाउने दाइलाई मैले रुँदै यी कुरा भने। उनी ड्रग युजर भएकाले मेरो पीडा बुझ्थे। उनकै सहाराले म रिह्याविटमा पुगें।
त्यसपछि सुध्रनुभयो ?
जति सजिलो गरी तपाईंले भन्नुभयो, त्यति सजिलो भएन। उनीहरूले मलाई राख्नै मानेनन्। किनभने यसअघि पनि मैले धेरै युवकलाई यस्ता सेन्टरबाट भगाएर बिगारेको थिएँ। १० दिन मलाई गेटको पाले बनाएर राखियो। १० दिन मलाई भिन्दै कोठामा राखियो र १० दिन त्यहाँ आएका युवकसँग थोरै समयका लागि मात्र भेट्ने व्यवस्था गरियो। यो ३० दिनसम्म मैले केही लिइहाल्छु कि भनेर कडा निगरानी राखिएको थियो। म सारा पीडा सहेर पनि ड्रग नलिने निर्णयमा पुगेको थिएँ। किनभने म बाँच्न चाहन्थें। ३० दिनसम्म सुत्न सकिनँ, निदाउन सकिनँ, खान सकिनँ। अरू सुतेको देखेर म भन्थें, 'हे ईश्वर ! मलाई पनि यस्तै निद्रा देऊ।' यस्तो अवस्थामा पनि मैले सहेको देखेपछि सबैलाई विश्वास भयो। विशेषगरी मनोविद् करुणा कुँवरले मेरो हिम्मत घट्न दिनुभएन। ४५ दिनसम्म म ड्रग नलिइ बसें। यसैबाट जीवन परिवर्तन भयो।
घर फर्किपछि पुरानो दिनचर्यामा किन र्फकनुभएन ?
घरका सबै मानिसले के सोचेका थिए भने फेरि पुरानै दिनचर्या सुरु हुन्छ, तर मैले घरका मानिसलाई भने, 'मेरो विवाह गरिदिनुहोस्, म बाँच्न चाहन्छु।' अचानक विवाहको प्रस्तावले घरका मान्छे छक्क परे। मैले थाहा पाइसकेको थिएँ, अब असल श्रीमतीले मात्र मलाई सम्हाल्न सक्छिन्। निकै कर गरेपछि मात्र परिवारले मेरो विवाह गरिदिए। भाग्य नै भन्नुपर्छ, मेरी श्रीमती असल परिन्। उनले लगातार मेरो औषधि मात्र गरिनन्, मेरो बाँच्ने चाहनालाई हौसला पनि दिइन्। राम्रो परामर्श र असल श्रीमतीका कारण मैले नयाँ जीवन पाएँ।
अब ड्रग्स लिनुहुन्न भन्ने के ग्यारेन्टी छ ?
मेरी एउटी छोरी छिन्। उनी हाँस्दा संसार हाँसेको देख्छु। मायालु श्रीमती छिन्, उनको प्रेम देखेर ईश्वरले यही प्रेम पाउन मलाई जन्माएका हुन् भन्ने लाग्छ। यो स्वर्ग छाडेर भोगिसकेको त्यो नर्कमा को पर्न चाहन्छ ? अब त एचआइभीपीडितहरूको परामर्शदाता पनि नियुक्त भएको छु।
म २६ वर्षीय युवक हुँ र भर्खर मात्र विवाह गरेको छु। मेरो लिंगको अगाडिको
भाग सानो र पछाडि भाग मोटो छ। म आफ्नी श्रीमतीले चाहेको सन्तुष्टि नपाएको
अनुभव गर्छु। सहवासपछि उनी रिसाउँछिन्। यो कुरामा मलाई अति नै चिन्ता
लाग्छ।
खि.
प्रश्नमा सीमित जानकारी मात्र भएको र प्रत्यक्ष परीक्षण गर्न नसकिएको स्थितिमा यस विषयमा चर्चा गर्न गर्न सकिने स्थिति त भएन, तर तपाईंलाई के भनौं भने व्यक्ति-व्यक्तिअनुसार लिङ्गको आकार फरक-फरक हुन्छ। लिङ्गको आकारको कुरा गर्दा, यसको नली आकारको मध्यभागलाई Shaft वा Body भनिन्छ भने अगाडितिरको फुकेको भागलाई मुण्ड भनिन्छ। मुण्डको अग्रभाग सानो हुँदै गएको हुन्छ भने पछाडितिर लिङ्गसँग जोडिएको भागदेखि बाहेक पनि केही बढी फुकेको भाग हुन्छ, जसलाई Corona भनिन्छ। लिङ्गको मध्यभागसम्म त छाला टाँसिएकै हुन्छ तर मुण्डलाई समेत छोपे पनि यो भागमा छाला भने टाँसिएको हुँदैन। नटाँसिएको उक्त छालालाई अग्रचर्म भनिन्छ।
यौन सन्तुष्टि नपाउँदा श्रीमतीको रिस
मानव यौन प्रतिक्रिया चक्रका चरणहरूलाई विचार गर्ने हो भने यौन उत्तेजनाले निरन्तरता पाइरहे हामी एउटा विशेष स्थितिमा पुग्छौं जसलाई 'यौन चरमसुख' को स्थिति भनिन्छ। अर्ग्याजम भनेर चिनिने चरण छोटो हुने भए पनि महत्वपूर्ण छ। धेरैजसो व्यक्तिका लागि यो चरमसुख प्राप्तिको विशेष महत्व हुन्छ र चाहेअनुरुप उक्त कुरा प्राप्त गर्न नसक्दा लागेको दुःख वा पीडा रिसका रूपमा पोखिएको हुनसक्छ। तपाईंकी श्रीमतीलाई रिस उठ्ने अन्य कारण छ कि छैनन् भन्ने कुरा विचार गर्न नबिर्सनुहोला।
महिलाले कसरी यौन आनन्द पाउँछन् ?
योनि महिलाको महत्वपूर्ण यौन अङ्ग हो र यौन क्रियाकलापमा अनि यौन सम्पर्कमा यसको महत्वपूर्ण भूमिका हुन्छ। बुझ्नुपर्ने कुरा के हो भने महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग वा भाग योनिको भित्री तहमा हुँदैन। अधिकांश महिलाको यौनसुखको केन्द्र भगांकुर हो। महिलाले यही भगांकुरको प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट यौन आनन्द प्राप्त गर्छन्। तपाईंलाई थाहै होला, भगांकुर बाहिरै हुन्छ। योनिको सन्दर्भमा पनि योनिको सम्पूर्ण लम्बाइको बाहिरीतिरको एकतिहाइ भाग चाहिँ यौन संवेदनशील हुन्छ। त्यसैले साधारणतः छोटो भनिने लिङ्गले पनि यौनसुख दिन सक्छ।
योनि तथा भगांकुरबाहेक महिलाको यौनाङ्ग क्षेत्रमा रहेको ठूलो तथा सानो भगोष्ठहरु तथा अग्रभागमा रहेको Mons veneris (जहाँ यौ नकेशहरु पाइन्छ) भागहरू यौन संवेदनशील हुन्छन्। त्यसैगरी सम्पूर्ण स्तन नै यौन संवेदनशील भए पनि यसको मुन्टो तथा वरिपरिको भाग विशेष यौन संवेदनशील हुन्छ। व्यक्ति-व्यक्तिअनुसार फरक पर्ने भए पनि नितम्ब, गर्दन, काखी, तिघ्रा, नाभी क्षेत्र आदि अंगहरूलाई पनि यौन संवेदनशील अङ्ग मान्न सकिन्छ।
यी कुरा गर्दा विशेष गरेर के बुझ्नु आवश्यक छ भने पुरुष तथा महिलाको यौन प्रतिक्रिया चक्र भने केही फरक हुन्छ। यौन उत्तेजनाको सुरुदे खि चरमसुखको स्थितिसम्म महिलाको तुलनामा पुरुष तुलनात्मक रूपमा चाँडो पुग्छन्। चरमसुखको स्थितिमा पुगेर वीर्य स्खलन भएपछि पुरु षहरूले यौनसम्पर्कलाई महिलाले जस्तो निरन्तरता दिन सक्दैनन्। निरन्तरता दिन नसकिएको स्थितिमा महिलामा यौन उत्तेजना बढ्ने क्रमले निरन्तरता नपाउन सक्छ अनि यौनसन्तुष्टि पाउने कुरा नै भएन।
महिलाहरूलाई केही समय बढी लाग्ने भएकाले पहिले महिलालाई उनको यौन संवेदनशील अङ्गको घर्षण वा मर्दन गरर राम्रोसँग उत्तेजित गराई तयार गरेपछि अर्थात् प्राक्क्रीडामा संलग्न भएर मात्र योनिमा लिङ्ग प्रवेश गराउँदा समयको तालमेल मिल्न सक्छ। कतिपय स्थितिमा यौनसम्पर्क गर्दा श्रीमान्-श्रीमतीमध्ये कसको यौन सन्तुष्टिलाई प्राथमिकता दिने भन्ने कुरामा विचार पुर्याएर आलोपालो गर्न सकिन्छ।
अब, अर्को कुरा
मेरो विचारमा तपाईंकी श्रीमती रिसाएकी भए पनि असन्तुष्टिलाई लिएर आफ्ना भावना व्यक्त गर्नु झट्ट हेर्दा नकारात्मक भए पनि एक किसिमले सकारात्मक नै हो। त्यसलाई दमन गरिए स्थिति अझ खराब हुन सक्थ्यो। यसैलाई आधार बनाएर के गर्दा तपाईं र तपाईंकी श्रीमतीको बीचमा यौन तथा यससम्बन्धी सन्तुष्टि प्राप्त गर्न सकिन्छ भनेर कुराकानी गर्नुपर्छ। दुवैले सल्लाह गरी नयाँ प्रयोगहरू गरे तपाइर् हरूको यौनजीवन सुखमय बन्नसक्छ। महत्वपूर्ण कुरा त तपाईंले आफ्नो मनमा भएको हीनताबोध चटक्कै निकालेर फाल्न सक्नुपर्छ। बरु हीनतावोधसहितको चिन्ताले चाहिँ यौनजीवनमा नकारात्मक असर पार्न सक्छ। त्यसैकारण मनलाई बलियो बनाउन अनुरोध छ।
म एकदम दुब्लो छु। ममा सेक्ससम्बन्धी उत्तेजना बढी छ। के म सेक्समा असफल त हुने होइन ? मेरो उमेर १८ वर्ष भयो।
७१६९९
तपाईंले आफू एकदम दुब्लो छु त भन्नुभयो तर तपाईंको वजन र उचाइ उल्लेख नभएको सन्दर्भमा यसै भन्न सकिने स्थिति भएन। अति नै कम वा बढी तौल भएको स्थितिमा त्यसको नकारात्मक प्रभाव यौन जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पर्छ। अर्कातिर किशोरावस्थामा केही हदमा शरीरको स्वरूपसम्बन्धी चिन्ता पनि हुन्छ। यौन उत्तेजना हुनुले तपाईंमा यौन सक्षमता राम्रैसँग विकास भैरहेको देखाउँछ, तर तपाईंले के कारणले असफल हुने कुरा गर्नुभयो थाहा भएन। यसरी नकारात्मक सोच राख्नुपर्ने कुनै कारण छैन। यौनसम्बन्ध पुरुष अनि महिला दुवैले मलजल गरी सुमधुर बनाउने हो न कि यो कुनै परीक्षा वा प्रतियोगिता हो, जहाँ हामी सफल वा असफल हुन्छौं। सुमधुर यौन सम्बन्ध नै सफल यौनसम्पर्क, यौन चरमसुख अनि यौन जीवनको आधार हो।
यौन मनोविज्ञान
करूणा कुँवर, मनोविद्
म ३० वर्षकी भए। श्रीमान् ३३ को हुनुहुन्छ। श्रीमान्को भन्दा मेरो यौनइच्छा बढी छ। पहिले उहाँको इच्छा बढी थियो। हाम्रो विवाह भएको पाँच वर्ष भैसक्यो। जब म इच्छा राख्छु, उहाँ मुड छैन भनेर टार्नुहुन्छ। म यस कारण निरास छु। तपाईंको विचारमा यो मनोवैज्ञानिक समस्या हो कि कुनै रोग ? यसको केही समाधान छ ?
क.
यदि कुनै पुरुष शारीरिक कमजोरीका कारण यौन क्रियाकलापमा सक्रिय हुन सक्दैन भने त्यो स्वास्थ्य समस्या हुन सक्छ। यदि कुनै शारीरिक समस्याबिना नै यौनमा चासो नराख्ने हो भने यो मनोवैज्ञानिक समस्या हुन सक्छ। तपाईंले पहिले श्रीमान् यौनसम्पर्क राख्ने इच्छा गर्नुहुन्थ्यो, अहिले गर्नुहुन्न भन्नुको अर्थ उहाँको मन परिवर्तन भएको हो कि जस्तो देखिन्छ। यद्यपि श्रीमान्का बारेमा राम्रो सूचना श्रीमतीलाई पनि नहुन सक्छ। अहिलेका लागि तपाईंको श्रीमान्को समस्या मनोवैज्ञानिक हो कि भन्ने आधारमा उत्तर दिने प्रयास गरिरहेकी छु।
नेपालमा मात्र होइन, विश्वभरि नै कहिले लोग्नेमानिसमा यौनचाहना बढी हुने वा कहिले स्वास्नीमानिसमा यौनचाहना बढी हुने समस्या दे खिन्छ। मसँग पनि यस्ता प्रश्न महिला-पुरुष दुवैले राख्ने गरेका छन्। चिकित्साको भाषामा यसलाई यौनचाहनामा भिन्नता भनिन्छ। धेरैजसो व्यक्तिले महिलामा भन्दा पुरुषमा यौनइच्छा बढी हुन्छ भन्ने धारणा राख्छन् तर महिलामा पनि उत्तिकै यौनचाहना हुन्छ। यौनचाहना व्यक्तिअनुसार फरक-फरक हुन्छ।
यौनचाहना एउटा प्राकृतिक विषय हो। यसभित्रको चरम रमाइलोपन र सन्तुष्टि प्राप्त गर्न भने केही सीप सिक्नु आवश्यक छ। जोडीमा अन्य केही समस्या छैन भने कहिलेकाहीँ यौनका बारेमा वा भनौ दुवैको शरीरलाई राम्रोसँग बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या सिर्जना भएका उदाहरण प्रशस्तै छन्। माथि भनेजस्तै यौनचाहना प्राकृतिक कुरा मात्र नभै यो नितान्त मनोवैज्ञानिक विषय पनि हो।
तपाईंको यो प्रश्नको उत्तर दिनुभन्दा अघि तपाईंको श्रीमानको यौनचाहना समयअनुसार कम हुँदै गएको हो वा पहिलेदेखि नै कम थियो भन्ने कुरा जान्नु आवश्यक हुन्छ। यदि समयअनुसार कम हुँदै गएको हो भने सबैभन्दा पहिले यसको कारण पत्ता लगाउनु आवश्यक छ। किनभने यो समस्याको स्रोत धेरै हुन सक्छ। तपाईंको प्रश्न सुन्दा तपाईंको श्रीमान् अहिले चिन्तामा रुमल्लिरहनुभएको छ जस्तो लाग्छ। दोस्रो, तपाईं र तपाईंको श्रीमानको बीचमा अन्य कुनै कुरामा मतभेद वा झगडा छ भन्ने बुझिन्छ। एक-अर्काप्रति सम्मान गर्ने बानी र स्वाभावमा पनि समस्या थपिन थालेको हुनुपर्छ। एकअर्काप्रतिको आकर्षणमा समस्या सिर्जना हुन थालेको हुनुपर्छ। यसको कारण परस्त्रीगमन पनि हुन सक्छ अथवा मानसिक तनावका धेरै स्रोत हुन सक्छन्। तिनीहरूलाई पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतिर जोड दिनुपर्ने हुन्छ। हाम्रो समाजमा धेरै मानिस विभिन्न बाध्यता आशा, प्रभाव, भ्रमपूर्ण प्रेम, खानदान कथित सामाजिक प्रतिष्ठा आदिलाई ध्यान दिन्छन् र तत्काल विवाह गरिहाल्छन्। एक-अर्कालाई राम्रोसँग बुझ्ने प्रयास नगरी गरिएका यस्ता विवाहहरू पछिसम्म पनि पारिवारिक असन्तुष्टि र कलहका स्रोत बन्न सक्छन्। तपाईंको समस्याको वास्तविकतामा पुग्नुअघि यस्ता धेरै विषय केलाउनुपर्ने हुन्छ।
तपाईंको श्रीमानमा यौन निष्क्रियतासम्बन्धी कुनै समस्या पनि भएको हुन सक्छ। यसका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ। यदि तपाईंको यौनचाहना बढी भएको हो भने यो अस्वाभाविक चाहिँ होइन। खासमा यौन क्रियाकलाप कति पटक भयो भन्नुभन्दा कति गुणस्तरीय भयो भन्ने महत्वपूर्ण कुरा हो।
जहाँसम्म यौनचाहना घटीबढीसम्बन्धी प्रश्न छ, हरेक व्यक्तिको यौन इच्छा फरक-फरक हुन्छ भन्ने कुरा बुझ्नु आवश्यक हुन्छ। कोही दैनिक यौन चाहन्छन् भने कोही महिनामा एक-दुई पटक। तपाईंहरू दुवैले कहिलेकाहीं हुने र सधैं हुनेलाई ठूलो समस्या वा स्वस्थ नभएको भनेर बुझ्नु उचित हुँदैन। त्यसकारण तपाईंको पार्टनरमा कुनै खराबी छ भनेर सोच्नुभन्दा तपाईंहरू दुवैको यौनइच्छा फरक छ भनेर बुझ्नु र कसरी एक-अर्काको यौनचाहनालाई सम्मान दिने भनेर सोच्नु उचित हुन्छ। यस्तो अवस्थामा तपाईंहरूले एक-अर्कालाई दोष लगाए विभिन्न समस्या सिर्जना हुन सक्छ र तपाईंहरूको सम्बन्ध थप जटिल बन्दै जान्छ। आफ्नो पार्टनर जसको यौन इच्छा कम छ उसलाई दबाब दिनुभन्दा एक-अर्काप्रतिको बुझाइलाई बढावा दिनु आवश्यक हुन्छ। दुई जनाबीच यौनचाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार गर्नुपर्ने हुन्छ। त्यसैले आफू आकर्षक बन्ने, परिवेश यौनमय बनाउने, हसीमजाक गर्ने, यौनअंगहरूलाई उत्तेजित मुडमा सुमसुम्याउने, गुणस्तरीय लुब्रिकेन्टसको प्रयोग गर्ने, एक-अर्काको शरीर र भावनालाई बुझ्न प्रयास गर्ने कामहरू गर्नुहोस्। श्रीमानलाई आफ्नो शरीर र उनको शरीर पनि दिनमा एकपटक नजिकबाट नियाल्न लगाउनु पनि यो समस्या समाधानको राम्रो उपाय हुन सक्छ।

फागुन १८ गतेबाट देशभरका हलमा एकसाथ
प्रदर्शनमा आउन लागेको चलचित्र ‘समय’ मार्फत नायिका मौसमी मल्लका छोरा
विक्की मल्ल नेपाली रजतपटमा उदाउँदै छन् । पहिलो चलचित्रमै प्ले ब्वाइको
भुमिकामा देखिन लागेका विक्कीले नायिका सुरबी जैनसँग खुलेरै रोमान्स गरेका
छन् ।
अनलाइनखबरसँगको
भेटमा बिक्कीले आफ्नो प्लेब्वाइको भुमिका भएकाले पनि थुप्रै उत्तेजक दृश्य
दिएको बताए । आफ्नै आमाले निर्माण गरेको सिनेमा ‘समय’ मार्फत चलचित्र
नगरीमा भित्रिन लागेका विक्कीले सुरुवातमा उत्तेजक दृश्य दिन केही
अप्ठ्यारो भएको बताए । उनले नायिकासँग रोमान्सको दृश्य दिदा आफ्नो आमा
मौसमी मल्ललाई छायांकनस्थलबाट पर राखेको खुलासा समेत गरे । ‘आमाको अघि
यस्तो दृश्य दिन अप्ठ्यारो हुने भएकाले पनि मैले उहाँलाई पर बस्न भने’,
विक्कीले अनलाइनखबरसँग भने ।
यस्तै चलचित्रमा प्लेब्वाई नायकको
प्रेमिका भएकाले पनि केही उत्तेजक दृश्य दिएको नायिका सुरबी जैनले बताइन् ।
उनले बजारमा आएजस्तो बिक्कीसँग आफ्नो कुनै खालको प्रेमसम्बन्ध नभएको दाबी
गरिन् ।
कलाकार तथा निर्मात्री मौसमी मल्लले सिनेमाले आफ्नो जीवनको वास्तविक कथालाई पनि उठान गरेको बताइन् ।
दयाराम दाहालको निर्देशनमा तयार भएको
चलचित्र ‘समय’ मा राजेश हमाल, मौसमी मल्ल लगायतका कलाकारले पनि अभिनय गरेका
छन् । चलचित्रले २ पुस्ता बिच समयले ल्याउने भिन्नतालाई देखाउन खोजेको छ ।
चलचित्रमा सन्देशमान श्रेष्ठको पनि लगानी छ ।
अमेरिकामा एक घरपालुवा कुकुरले आफ्नी मालिक्नीलाई लगातार ४५.८ सेकेण्ड किस गरेर किर्तिमान सहित उपाधि जितेको छ ।
प्रणय दिवसको उपलक्ष्यमा पोर्टल्याण्डमा
भएको कुकुर चुम्बन प्रतियोगितामा १२ वर्षको बिउ नामको कुकुरले आफ्नी
मालिकनी लिन्डा वाल्टनलाई लगातार ४५.८ सेकेण्ड चुम्बन गरी यो वर्षको च्याम्पियन बन्न सफल भएको हो ।
यस्तै मालिकनी केसी माउन्टेनलाई १६.८
सेकेण्ड चुम्बन गरेर सन्नी नामको कुकुर दोश्रो भयो भने डिजान्गोले तेश्रो
स्थान प्राप्त गर्दा आफ्ना मालिकलाई ११.७ सेकेण्ड चुम्बन गर्यो । पहिलो हुने बिउले उपाधिसँगै ७५ डलरको पुरस्कार पायो ।
नेपाली फिल्मलाई बलिउडको मसलामा पकाइने आरोप नयाँ होइन । अधिकांश फिल्मकर्मी पनि मसलामै खान्की बिक्ने मान्छन् । यथार्थपरक र चेतनामूलक विषयलाई 'डार्क' मानिन्छ । तर निर्देशक केपी पाठकले भने विगतको द्वन्द्वकालमा सेनाले काभ्रे खरेलथोककी १५ वर्षीया बालिका मैना सुनारलाई पक्राउपछि हत्या गरेको विषयलाई 'डार्क' मानेर लत्याएनन् । फिल्म बनाउन आँट देखाए पनि पाठकलाई फिल्म रिलिज गर्न भने चार वर्ष बढी लाग्यो । गत साता रिलिज गरिएको फिल्म 'मैना' ले वितरक नै नपाएर ढिलो भएको उनको जिकिर छ ।
फिल्म रिलिजपछि मनमा के खेलिरहेको छ ?
रिलिजअघि त स्टारकास्टका फिल्म आए, खत्तम हुन्छ कि भन्ने थियो । खुसीको कुरा अहिले त्यो डर त हट्यो तर कम्तीमा 'मैना' को दर्शक योभन्दा बढी हुनुपथ्र्यो । लुरेहरूको दौडमा फस्ट भएजस्तो मात्रै भयो । इनिसियल राम्रो पनि भएन । लगानी उठ्ने जस्तो पनि देखिएन ।
रिलिज ढिलो गरेर आफैंले पनि त फिल्मलाई लुरे पार्नुभयो नि ?
परिस्थितिले गर्दा ढिलो भ'को हो । फिल्मक्षेत्रको राजनीतिक चपेटामा पनि परें । अर्को मुख्य कुरा त मैले फिल्म चलाउन वितरक नै पाउन गाह्रो भयो । त्यसको कारण भनेको चलेका कलाकार छैनन्, व्यावसायिक हिसाबले जाँदैन भन्ने अनि सेनाले रोकिदिन्छ भन्ने त्रास पनि हो । सेनाको विषयमा बनेको फिल्म, बनाउने बेलैमा मैले भोगेका धम्कीहरूको त्रासले कसैले पनि फिल्म लिनै नमान्ने ।
सेनाको विषयमा बनेको फिल्म 'बधशाला’ लाई चल्नै समस्या परिरहेको बेलामा त्यस्तै विषयको 'मैना’ चल्न पाउँदै पनि खुसी लागेको होला ?
'मैना' नरोकिने कुरामा त म ढुक्क थिएँ । किनभने यसलाई राज्यले तीन-तीन किसिमले अनुमोदन गरेको छ । अर्को कुरा, फिल्मले सेनाले स्वीकार गरेकै कुरा मात्र देखाएको छ । अतिरञ्जित गरिएको छैन । सेना आफैंले गल्ती स्वीकारेको कुरालाई देखाउँदा र भएकै कुरा दिँदा सेनाले रोक्न सक्ने अवस्था थिएन । फेरि राज्यले सेन्सर पास गर्नुका साथै विशेष सिनेमा पनि मानेको हो । यही फिल्मलाई विकास बोर्डले पाँच विधागत राष्ट्रिय अवार्ड पनि दिएको छ ।
व्यावसायिक रूपमै चलाउने भएपछि फिल्ममा मनोरञ्जन पनि हुनु जरुरी मानिन्छ । तपाईंलाई के लाग्छ ?
मनोरञ्जन त हुनुपर्छ । तर यसको परिभाषाको दायरा भने फराकिलो हुनुपर्छ । अहिलेसम्मको बुझाइ के रह्यो भने मनोरञ्जन भनेको हँसाउने र नचाउने मात्रै हो । मनोरञ्जन त्यतिले मात्रै हुँदैन, दर्शक कन्भिन्स भयो भने पनि हुन्छ । कुनै कुरामा मान्छे सहमत हुनुपर्यो, त्यसले दर्शकलाई तान्नुपर्यो । होला, कुनै फिल्मले हँसाएर मनोरञ्जन दियो होला, कुनैले द्वन्द्वबाट त कुनैले नृत्यबाट । तर 'मैना' का दर्शकले रोएर मनोरञ्जन लिइरहेका छन् । मन पराउनु चाहिँ रमाइलो हो । नत्र कोही किन आँसु पुछ्दै अन्तिमसम्म बस्छ त ? 'मैना' ले दिने अर्को मनोरञ्जन भनेको फिल्ममा दर्शकले आफूलाई पाउँछ । दस वर्षे द्वन्द्वको प्रतिनिधि घटना र पात्रमा रहेर बनाएको फिल्म भएकाले अधिकांश दर्शकले फिल्ममा आफूलाई पाएर इन्टरटेनमेन्ट गर्छ । 'पिन ड्रप साइलेन्ट' मा दर्शकले फिल्म हेरेको पाएको छु । मन पराउनु भनेकै मनोरञ्जन गर्नु त हो नि । दर्शक उपस्थिति कम छ तर जति आएका छन् मन पराएका छन् ।
के सोचेर यस्तो 'डार्क’ विषयमा फिल्म बनाउनु भयो ?
फिल्मले हँसाउनु, नचाउनु त छँदै छ । त्यसले सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्छ । जब पछिल्लो जनआन्दोलन भयो, हामी फिल्मकर्मी पनि परिवर्तनको पक्षमा होमियौं । लोकतन्त्र आइसकेपछि चाहिँ अभिव्यक्ति स्वतन्त्रता होला, युद्ध अपराधीले कारबाही भोग्नुपर्ला, पीडितले न्याय पाउलान्, महिला हिंसा र दण्डहीनताको अन्त्य होला, मानवअधिकारको सम्मान होला भन्ने सोचेको तर भइदिएन । गणतन्त्रमा पनि बरु तिनै दोषी नै माथि पुगे । जनताको घरदैलोमा लोकतन्त्र आएन भने कसका लागि त भन्ने मनमा सोच आयो । एउटा पत्रिकामा मैनाको आमा देवी सुनारको आँखाभरि आँसु भएको फोटो देखेपछि यिनलाई चाहिँ किन लोकतन्त्र आएन ? आएको भए त छोरीको हत्यारालाई सजाय हुन्थ्यो होला नि ? उनले न्याय पाउँथिन् होला नि । मलाई यही विषयले
छोयो । यसअघि एकल महिलाको बारेमा बनाउन खोज्दै थिएँ तर मैनाको विषय बढी गम्भीर लाग्यो । अनुसन्धान क्रममा मैनाकी आमासँग कुराकानी गर्दा उहाँले तपाईं यस्तो घटनामा फिल्म बनाउन सक्नु होला र ? मैले यत्रो दुःख पा'छु । तपाईंहरूले सक्नुहोला र ? भनेपछि ममा झन् चुनौती थपियो । तपाईं न्यायको पक्षमा लाग्न सक्नुहोला र भनी गरिएको प्रश्न मेरा लागि गम्भीर भयो ।
जुन सोचले 'मैना’ बनाउनुभयो, तर दर्शक त खासै पाएन फिल्मले ।
मैले दुइटा राम्रा काम गरें भन्ने लागेको छ, 'मैना' बनाएर । एउटा त बिर्सन लागेको मैना सुनारको घटनालाई फेरि सम्झाउने काम गर्यो । परिणामस्वरूप मैना घटनाका दोषी मेजर निरञ्जन बस्नेतलाई शान्ति सेनाबाट फर्काइयो । अनि महिला हिंसाको कुरा मैले ५ वर्षअघि नै उठाएँ, फिल्मबाट । अहिले चरमोत्कर्षको रूपमा यसको अकुपाइ बालुवाटार चलिरहेको छ । अनि यथार्थपरक फिल्म बनाउने बाटोमा पनि 'मैना' ले कदम चालेको छ । अब यस्तै विषयमा अर्को फिल्म बनाउँदै छु । स्क्रिप्ट तयार भइसकेको छ, एक वर्षभित्रमा रिलिज हुन्छ । अहिले विषय खोल्दा सुटिङमा समस्या पर्न सक्छ ।

१२ फागुन, सिरहा । विपन्न वर्गका युवा
गाउँकै साहुसँग ऋण लिएर खाडी मुलुक जान्छन् तर लहान नगरपालिका-१० स्थित
पासवान टोलका युवा आफ्नै समुदायका महिलाले गिट्टी सङ्कलन गरेर आएको बचतबाट
रोजगारीका लागि खाडी मुलुक जाने गरेका छन् ।पासवान टोलका पुरुष तथा युवालाई
विदेश पठाउन मात्र नभएर गाउँका चेलीको विहे तथा भइपरी आउँदा गर्ने
खर्चसमेत गिट्टी सङ्कलन गरी जम्मा गरेकै बचतबाटै धान्ने गरिएका छन् । बचत
गर्न यहाँका महिला बिहान उठेदेखि साँझसम्म घरधन्दा गरेपछिको फूर्सदको समयमा
नजिकैको खुट्टी खोलामा गिट्टी सङ्कलन गर्ने गर्दछन् ।
खुट्टी खोलामा गिट्टी सङ्कलन गरेर बिक्री
गरेपछि भएको आम्दानीबाटै १८ वर्षीय जेठो छोरालाई विदेश पठाएको पासवान टोलकी
४० वर्षीया एकल महिला चन्दि्रकादेवी पासवानले बताउनुभयो । उहाँले
भन्नुभयो, ‘श्रीमान् नभए पनि जेठी छोरीको विहे गरे, कान्छो छोरालाई कक्षा ७
मा पढाउँदै छु र कान्छी छोरीको विहेको जोहो गर्दैछु ।’स्थानीय २२ वर्षीया
ममतादेवी पासवान पनि बिहान उठेपछि घरआँगनको काम सकाएर खोलामा पुगी गिट्टी
सङ्कलन गर्छिन् । ममतादेवीकी श्रीमान् लक्ष्मण साह उनीहरूले बचत गरेको
रकमबाट ऋण लिएर कतार उडेका छन् । छ महिना अगाडि श्रीमान् कतार गएको र
कमाएपछि समूहको बचतबाट लिएको ऋण चुक्ता गरिसकेको ममतादेवी बताउँछन् ।
खुट्टी खोला किनारमा बसोबास गर्दै आएका २२
घरपरिवारकै महिला गिट्टी सङ्कलन गरी चालेर बिक्री गरी रकम सङ्कलन गर्ने
गरेका छन् । यसरी उनीहरूले रकम सङ्कलन गर्नमा सक्रिय भए पनि स्थानीय
बुद्धिजीवीहरू समूहमा सहभागी बनाएर सोही समूहबाट बचत गर्ने परिपाटी चलाएका
छन् । स्थानीय देवकी पासवानलाई बचत समूहको अध्यक्ष बनाएको छ । अध्यक्ष
देवकीले भन्नुभयो, “बचत गर्ने बानी बसेपछि यहाँका युवाले विदेश जानका लागि
आवश्यक पर्ने रकम खोज्न साहुमहाजन र बैंकमा जग्गा धितो राखेर ऋण लिनुपर्ने
समस्याबाट छुट्कारा पाएका छन् ।”
अध्यक्ष देवकीका अनुसार, पासवान टोलका एक
परिवारले ८/१० दिन लगाएर एक ट्याक्टर गिट्टी सङ्कलन गर्छन् र रु दुई हजार
पाँस सयमा बिक्री गर्छन् । गिट्टी बिक्रीबाट हुने आम्दानी रकम प्रत्येक
परिवारले समूहमै बचत गर्दछन् र छोराले विदेशमा कमाएर पठाएको रकमले घरखर्च
चलाउँछन्- पासवान टोलकी महिलाहरू । रासस
खुलामञ्चमा मानिसहरुको बाक्लो भिड, लाग्छ
कुनै राजनीतिक दलको कार्यक्रम चल्दै छ । तर, भाषण गर्ने अनुहार कुनै नेताको
जस्तो लाग्दैन । सेतो पहिरनमा माइक अगाडी उभिएर भाषण गर्दै गरेकी ति महिला
अरु कोही नभएर गायिका कोमल वली थिइन् ।
वसन्त
निरौलाले निर्देशन गरिरहेको चलचित्र ‘राजनीति’को छायांकनका क्रममा गायिका
कोमल वलीको यस्तो रुप देखिएको हो । ‘आफ्नो पतिको निधन भएपछि कोमल राजनीतिमा
आउन वाध्य हुन्छिन’, निर्देशक निरौला भन्दै थिए । चलचित्रमा नायक राजेश
हमालको पनि अभिनय छ, तर खुलामञ्चमा भने हमाल देखिएनन् ।
गायक प्रमोद खरेल शुक्रबार राती ८ बजे
सवारी दुर्घटनामा परेका छन् । पर्वत महोत्सवबाट पोखरा र्फकदै गर्दा उनी
प्रमोद सवारी दुर्घटनामा परेका हुन् । सवारीको अवस्था हेर्दा गम्भिर
दुर्घटना देखिएपनि प्रमोद भने आफ्नो अवस्था सामान्य नै रहेको बताउछन् ।
आखिर कसरी भयो प्रमोदको दुर्घटना, उनकै शब्दमा :
शुक्रबार
बेलुकी म र एकजना साथी पर्वत महोत्सव सकेर ट्याक्सीमा पोखरा र्फकदै थियौ ।
हामी ट्याक्सीमा महोत्सवको रमाइलो क्षण साटासाट गर्दै आउँदै थियौ ।
अकस्मात हामी चढेको ट्याक्सी अनियन्त्रित भयो । विपरित दिशाबाट आउदै गरेको
गाडीको लाइटका कारणले गर्दा चालकले ट्याक्सी नियन्त्रण गर्न सकेनन् । उनले
ट्याक्सीको ब्रेक लगाए । यसपछि त ट्याक्सी एक्कासी पल्टियो र ४ बल्ड्याङ
खादै एक घरको आगनमा रहेको विजुलीको पोलमा गएर ठोक्कियो । ट्याक्सीको
सबैतिरको शिशा लगाएकाले पनि हामी एकछिन आत्तियौ । ट्याक्सी पल्टदै गर्दा
सास नै बन्द भएजस्तो भयो । जब ट्याक्सी पोलमा ठोक्किएर गुल्टन रोकियो, मैले
ट्याक्सीको सिसा फोरे र बाहिर निस्किए । ट्याक्सीको अवस्था हेर्दा कसरी
बाँचिएछ भन्ने लाग्यो । मैले बाहिर निस्किएर कुचिएको ट्याक्सीको फोटो पनि
खिचे । स्थानिय बासिन्दाको सहयोगमा हामीलाई पोखराको चिरक अस्पतालमा लगियो ।
ड्राइभरलाई पनि चोट लागेको थियो । घटना एक्कासी भयो, मैले त केही पनि
सोच्न सकेको छैन ।
शनिबार बिहान म प्लेनमा काठमाण्डौ आइपुगे ।
बाहिर खासै चोटपटक लागे जस्तो देखिदैन, तर भित्र भित्र दुखेको छ ।
विशेषगरी टाउको र कुममा दुखेको छ । तर पनि हिजोको भन्दा स्वास्थ्यमा सुधार
आउँदैछ । घटना हेर्दा म कसरी बाँचे भन्ने लाग्दैछ । तर भगवान र श्रोताको
साथले मलाई बचायो ।
नायिका शोभिता सिंखडा कतारमा रहेर पनि
आफ्नो अभिनय गर्ने चाहनालाई मर्न दिएकी छैनन् । सिनेमा भन्दा पनि म्युजिक
भिडियोमा शोभिता काम गर्न व्यस्त छिन् । हालै मात्र उनले ‘रिसर्च’ एल्बममा
समावेश ‘समाएर तिमीले तिमीले छोड्यौ हात’ बोलको गीतमा अभिनय गरेकी छिन् ।
उनको
साथमा भिडियोमा भानु शर्मा र बिष्णु कार्कीले अभिनय गरेका छन् । यो
भिडियोको छायांकन कतारको मरुभूमी र समुन्द्रको किनारमा गरिएको छ । भबिन्द्र
तामाङले निर्देशन गरेको भिडियोलाई बसन्त राइले छायांकन गरेका हुन् ।
सिरहाको वस्तीपुरमा गत शुक्रबार एक किशोरीमाथि भएको बलात्कार घटना मिलाउन स्थानीय प्रहरी चौकीका प्रमुखले रकम लिएको खुलासा भएको छ ।
शुक्रबार बेलुकी खेत हेर्न गइरहेकी बस्तीपुर–६ की १४ वर्षीया किशोरीलाई एक्लै देखेपछि बगैचामा रहेको झुपडीमा रातभरी बलात्कार गरिएको घटना वस्तीपुर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रोहिणी पोखरेलले जाहेरी लिनुका साटो रकमको लेनदेन गरि स्थानीय अगुवाको रोहवरमा मिलाएको हो ।
स्थानीय वस्तीपुर ६ का जोगेन्द्र यादव, ओम प्रकास महतो, बस्तीपुर ८ कै रामसुन्दर यादव, सिग्नेश्वर पासमान, गोविन्दपुर २ का रामलोचन महतोको रोहवरमा पीडित पक्षलाई क्षतिपूर्तिस्वरुप एक लाख रुपियाँ दिनुपर्ने निर्णय गराएर घटना ढाकछोप गर्ने प्रयास गरिएको हो ।
बेलुकी खेत हेर्न गइरहेको किशोरीलाई छिमेकी १८ वर्षीय नागे यादवले जबजस्ती तानेर नजिकै रहेको बगैंचामा पुर्याए पनि बगैंचामा रहेका नागेका दाजु २५ वर्षीय मागेन भन्ने चन्देश्वर यादवले किशोरीलाई देखेपछि भाइलाई घर पठाई त्यही रहेको झुपडीमा रात बलात्कार गरेका थिए ।
घटनाको जानकारी स्थानीय बासिन्दाबाट गोप्य रुपमा वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले मंगलबार पाएपछि मात्र घटना सार्बजनिक भएको थियो । घटनाको जानकारी पाउने बित्तिकै प्रहरी निरीक्षक खतिवडाले उक्त चौकीका प्रमुख पोखरेललाई निगरानीमा राखी कारबाही चलाउनुका साथै बलात्कृत किशोरीलाई उपचारको लागि राजबिराजस्थित सगरमाथा अञ्चल अस्पताल पठाइएको छ ।
बलात्कृत किशोरीले घटनाबारे आफ्ना बुवालाई बताएपछि उनी छोरीलाई बलात्कार गर्ने पीडकलाई कारबाही गर्न भन्दै शनिवार बस्तीपुरस्थित प्रहरी चौकी पक्की टोल पुगेका थिए । तर सो चौकीका पोखरेलले पीडितलाई न्याय दिलाउनुको साटो त्यस दिनभरी आफ्नै चौकीमा समाजका केही अगुवाहरुलाई बोलाई पञ्चेयती गरेर रकमको लेनदेन गर्दै ढाकछोप गरी घटना मिलाउने प्रयास गरेका थिए ।
‘मातहतको कार्यालय भए पनि बलात्कारजस्तो जघन्य घटनाको जानकारी हामीलाई दिइएन’, वडा प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक खतिवडाले भने ‘वस्तीपुरकै सर्वसाधारणबाट बलात्कारको घटनालाई रकमको लेनदेन गर्दै थामथुम पारिएको सूचना प्राप्त भएपछि तत्कालै सो चौकीका प्रमुख पोखरेललाई निगरानीका लागि नियन्त्रणमा लियौं ।’
बेलुकी एक्लै किशोरीलाई खेततर्फ गइरहेको देखेपछि भाइ नागेले नै जबर्दस्ती करणी गर्ने उद्देश्यले बगैंचामा लिएर गएको अनुसन्धानमा खुलेको छ’, प्रहरी निरीक्षक खतिवडाले भने ‘तर बगैंचाभित्र उनको दाई चन्देश्वर यादवले किशोरीसहित भाइलाई देखेपछि भाइलाई घर पठाई त्यहीभित्र रहेको झुपडीमा रातभरी किशोरीलाई बलात्कार गरेको पाइएको छ ।’
जाहेरी लिनु र सोको जानकारी माथि पठाउनुको साटो प्रहरी चौकीका प्रमुख पोखरेलले स्थानीय अगुवाको रोहवरमा छलफल गराई पीडित पक्षलाई क्षतिपूर्तिस्वरुप एक लाख रुपियाँ दिनुपर्ने निर्णय गराएका थिए । सोही निर्णय अनुसार पीडकका पिता बेचन यादवले आइतबार एक लाख रुपैयाँया प्रसनि पोखरेलसमक्ष जम्मा गरेका थिए । पोखरेलले भने त्यसमध्ये ९० हजार मात्र पीडित किशोरीका पितालाई बुझाएका थिए । घटना मिलाउन पीडकको तर्फबाट आफुले २५ हजार नगद लिएको वडा प्रहरी कार्यालय लहानको निगरानीमा राखिएका प्रहरी सहायक निरीक्षक पोखरेलले सञ्चारकर्मी समक्ष स्वीकारे ।
वस्तीपुर प्रहरी चौकीका प्रमुख पोखरेललाई मङ्गलबारै नियन्त्रणमा लिइएको सूचना पाउने बित्तिकै किशोरीलाई बलात्कार गर्ने चन्देश्वर यादव र उनका भाइ नागे यादव तथा पिता बेचन यादव फरार छन् ।
तीन पक्राउ
प्रसनि पोखरेलको पहलमा छलफलमा बस्ने पाँच मध्ये वस्तीपुर–६ मा बस्ने जोगेन्द्र यादव तथा बस्तीपुर–८ मा बस्ने रामसुन्दर यादवलाई वडा प्रहरी कार्यालय लहानले मङ्गलबार राति र सिग्नेश्वर पासमानलाई बुधबार अपरान्ह पक्राऊ गरिएको छ । छलफलमा रहेका अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका जोगेन्द्र र रामसुन्दर यादवलाई सार्वजनिक मुद्धा चलाइएको प्रहरीले जनायो । बलात्कारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनायो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक कृष्णहरि शर्माले बलात्कारजस्तो जघन्य अपराधलाई समेत ढाकछोप गरी मिलाउने प्रयास गर्ने स्थानीय प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रोहिणी पोखरेललाई कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको जनाए ।
रातमा सुत्दाखेरी कस्तो पोजिसनमा सुतिन्छ भन्ने कुराले सपना देखाइएको प्रकारमा प्रभाव पार्ने एक अध्ययनले देखाएको छ । खासगरी घोप्टो परेर पेट थिँचेर सुत्दा सेक्सको विषयका सपनाहरु बढि देखिने अध्ययनको निष्कर्ष छ । घोप्टो परेर सुत्दा सेक्सका मात्र होइन मृत्युदण्डका डरलाग्दा सपना पनि बढि देखिन्छ ।
शोधकर्ताका अनुसार घोप्टो परेर सुत्दा छातिमा समेत दबाब पर्ने र फोक्सो पूरै फैलिन तथा खुम्चिन नपाउने हुँदा रगतमा अक्सिजनको मात्रा कम हुन गई मस्तिष्कमा निद्राको बेला सेक्सको चिन्तन हुनुका साथै तनाव पनि बढ्ने भएकाले त्यस्ता सपना देखिएको हो ।
६७० जना विद्यार्थीमा यो अध्ययन गरिएको थियो । जसमध्ये दुइ तिहाई छात्राहरु थिए । यो अध्ययनको निष्कर्ष डि्रमिङ नामक जर्नलमा पनि छापिएको छ ।
रामचन्द्र नेपाल
भट्टराईको शवलाई विहिवार नेपाल पठाइएको छ । यस्तै बिहीवार सोही कम्पनीमा कार्यरत वाजुरा घर भएका धर्मराज भारतीको ज्यान गएको छ । वुधवारका दिन काम गर्दा उनी सामान्य रहेका थिए भने वेलुका पख आँखा धमिलिएको साथीहरुलाई जानकारी गराएका थिए । विहिवार विहान एक्कासि ऐया र आथ्थु गर्न थालेपछि साथीभाईहरुले उनलाई नजिकैको अस्पतालमा पुरयाएका थिए । अस्पतामा उपचारका क्रममा विहिवार दिउँसो उनको ज्यान गएको हो । हाल भारतीको शव पोसमार्टमको लागि सेरडाङ अस्पतालमा राखिएको संगै काम गर्ने राज कुमार चौधरीले अनलाइनखबरलाई जानकारी दिए ।
यस्तै तेलिन्तानमा रहेको सेन्ट्रामेलामेल कम्पनीमा कार्यरत नवलपरासि हकु-५, का ४० वर्षीय विश्वनाथ थारुको गत शनिवार ज्यान गएको छ । यसैगरी क्वालालम्पुर भन्दा करीव चार घण्टा टाढा पर्ने जोहोरमा गुल्मीका एक युवाको सुतेकै अवस्थामा ज्यान गएको छ । पूर्तीघाट गाविस वडा नम्बर २ घर भइ जोहोरमा रहेको एसविएन इण्डटि्रजमा कार्यरत वम वहादुर दलार्मिको सुतैकै अवस्थामा ज्यान गएको हो । दर्लामि रोजगारीको सिलसिलामा पाँच महिना अगाडि मात्रै मलेसिया आएको भिम तामाङले जानकारी दिए । यस्तै वातुपहातको जलान कोतामुनीमा रहेको लेम्ताक फुड एसडिएन विएचडिमा अर्का एक नेपालीको पनि ज्यान गएको छ ।
ओखलढुङा खिदिफलाट-५, घर भई कार्यरत अन्दाजी २९ वर्षीय लाक्पा शेर्पाले वुधवार राति झुण्डिएर आत्महत्या गरेका हुन् । एक महिना देखि विरामी पर्दै आएका शेर्पा कम्पनीको होस्टलमा वस्दै आएका थिए । दुवै किड्नी खराव भएको थाहा पाएपछि चिन्तित देखिएका उनले कोहि पनि साथीहरु नभएको मौका छोपेर आत्महत्या गरेका हुन । हाल उनको शवलाई पोसमार्टमको लागि स्थानिय अस्पतालमा राखिएको छ ।
अध्ययन अनुसार युवा युवतीबीच हुने चुम्बन आत्माको मिलन नभै आत्मिक युद्धको रुपमा रहेकेा हुन्छ । शोधकर्ताहरुका अनुसार महिलाहरु चुम्बनलाई पार्टनरसँगको सम्बन्ध दह्रो बनाउनमा प्रयोग गर्न चाहन्छन् जबकी पुरुषहरु चुम्बनलाई अन्तिम अस्त्रको रुपमा प्रयोग गर्छन् ।
अमेरिकाको पेन्सिल्भेनियास्थित एक कलेजका शोधकर्ताहरुले गरेको अध्ययनले महिला र पुरुष दुबैले चुम्बनलाई निकै आत्मिक क्रियाको रुपमा लिने गरेको भएपनि यसको मात्रा तथा दरमा भने भिन्नता देखिएको छ । शोधकर्ताहरुका अनुसार चुम्बन सम्बन्धलाई दीगो बनाउने काममा पनि कामयाबी हुन्छ र कतिपय अवस्थामा चुम्बनकै अनुभुतिका आधारमा महिला वा पुरुषले आफ्ना पार्टनरसँगको सम्बन्धको पुनर्मुल्यांकन गर्छन् ।
अध्ययनले एउटा रोचक कुरा के पनि पत्ता लगाएको छ भने महिलाहरु चुम्बन गर्न नजान्ने वा खराब चुम्बन गर्ने पुरुषसँगको सम्बन्ध तोडन् चाहन्छन् जबकी पुरुषहरु भने राम्ररी चुम्बन गर्न नजान्ने महिलासँग कम्तिमा एक पटक सम्भोग गर्न चाहन्छन् ।
तीन दशक लामो तलिम बिद्रोहलाई बल प्रयोग गरी दबाएको श्रीलंकाली सरकार र सेनाले मानवअधिकारको गम्भीर उल्लंघनको आरोप खेपिरहेको छ ।
पछिल्लो पटक बेलायती फिल्म निर्माताले सार्वजनिक गरेको एक तस्वीरले विद्रोही एलटीटीएका प्रमुख प्रभाकरणका छोराको निर्मम हत्याको गम्भीर आरोप लागेको छ । पछिल्लो २ वर्षमा फिल्म निर्माता क्यालम म्याक्रीले बेलायतको स्वतन्त्र टीभी स्टेशन ‘च्यानल ४’ का लागि केही फिल्म बनाएका छन् । जसमा उनले भिडियो प्रमाणको माध्यमबाट सन् २००९ मा एलटीटीएलाई समाप्त पार्ने क्रममा सरकारका तर्फबाट भएका गम्भीर युद्व अपराधलाई देखाएका छन ।
उक्त फिल्ममा प्रभाकरणका १२ वषर्ीय छोरा बालाचन्द्रणको शव देखाइएको छ र भनिएको छ- सेनाले उनको निर्मम हत्या गरेको थियो ।’ यसबारे म्याक्रीले तेस्रो फिल्म बनाएका छन्, जसमा केही तस्वीर देखाइएको छ । सेनाले बच्चालाई भूलबस लागेको र केही खतरा नभएको भने पनि पछि टाउकोमा पाँच पटक गोली हानेको फिल्ममा बताइएको छ । प्रभाकरनको छोरा भिडन्तमा मारिएको भन्ने श्रीलंकाली सरकारको दावी गलत भएको भन्दै म्याक्रीले जानीबुझी नै उनको हत्या गरिएको दावी गरेका छन् ।
श्रीलंकाले सेनाले भने म्याक्रीको आरोप अस्वीकार गरेको छ । श्रीलंकाली सरकारको देशभित्रै आलोचना भइरहेको छ । करीब १ सय ३३ ईसाई पादरीले सुरक्षा परिषद्लाई श्रीलंकाली सरकारविरुद्ध कठोर प्रस्ताव पारित गर्न अनुरोध गरेका छन् । उनीहरुले स्वतन्त्र छानविनको समेत माग गरेका छन् ।
एक च्यारेटी शो कार्यक्रममा पुगेकी गायिका तथा मोडल कट्रेनी स्टोडनले मिडिया सामु अचम्मको पोजमा फोटो खिचाइन् । १८ बषिर्य यि मोडलले छोटो वन पिस पहिरन लगाएकी थिइन् । तर उनले पोज दिदा उनको छोटो पहिरनले समेत उनलाई साथ नदिएको स्पष्ट देखिन्थ्यो ।
‘वी द लिंक एड्स’ नामक च्यारेटी इभेन्टमा पुगेकी यि गायिकाले आफ्नो फक्रदै गरेको जवानीलाई पनि खुलेरै देखाइन् ।
‘म रोए धेरै’ भन्दै नायिक पुजना स्त्रि चलचत्रि ‘रक्षा’ को एक गीतमा आँशु बगाइरहेकी छिन् । चलचित्रमा उत्तेजक बेडसिन दिएपछि पुजनाको आखाबाट आँशु किन झर्यो, कौतुहलताको बिषय बनेको छ ।
राजु गिरीको निर्देशनमा तयार भएको चलचित्र ‘रक्षा’ मा पुजना स्त्रिको यस्तै २ भिन्न रुप देख्न सकिनेछ । चैत्र ९ गतेबाट एकसाथ देशभरका हलमा प्रदर्शनमा आउन लागेको यो चलचित्रले राष्ट्रियता बोलेको निर्देशक गिरीको दाबी छ ।
चलचित्रको प्रदर्शन मिति नजिकिदै जाँदा निर्माणपक्षले यसको प्रोमो सार्वजनिक गरेको छ । प्रोमोमा चलचित्रका सम्पुर्ण कलाकारलाई देख्न सकिनेछ । पबन बस्नेतको निर्माणमा तयार भएको यो सिनेमाभित्र राजेश हमाल, अशोक फुयाँल, सुशान्त कार्की, पुजना स्त्रि, सारिका घिमिरे र स्वयंम निर्माता बस्नेतको अभिनय हेर्न सकिन्छ ।
चलचित्रले राष्ट्र बचाउँन युवतीले आफ्नो जवानीलाई समेत तिलाञ्जली दिन सक्छन् भन्ने बिषयलाई पनि उठान गरेको छ । चलचित्रमा कलाकार खुशी थापाले पनि एक उत्तेजक बेड सिन दिएकी छिन् । अर्जुन पोखरेलले संगीत भरेका चलचित्रका गीतहरुलेे बजार राम्रैसँग तताइरहेका छन् ।
सर्वोच्च अदालतका प्रधान न्यायाधीशलाई कार्यकारी प्रमुख बनाएर चुनाव गराउने चार दलीय योजनाको अहिलेको स्ट्याटस के छ?
हिजो चार पार्टीका प्रमुखले प्रधान न्यायाधीशसँग भेट गर्नुभयो। यो भेट-वार्तापछि उहाँहरुबीच एकपटक विज्ञहरूसँग सल्लाह गर्ने सहमति भयो। आज दिउसो नै विज्ञहरूसँग छलफल र सल्लाह हुँदैछ। त्यहाँबाट यो ठीक छ र ठीक छैन भन्ने दुवै राय आउला।
विज्ञ भनेको को?
विज्ञ भन्नाले कानुन क्षेत्रमा काम गर्ने साथीहरू। त्यसमा अब राज्यसँग रहेका कानुन क्षेत्रका साथीहरू पनि होलान् र कानुन व्यवसायी साथीहरू पनि होलान्। त्यहाँबाट के विचार आउँछ? त्यसपछि केही निष्कर्ष निस्कन्छ कि भन्ने झिनो आशा छ। यी सबैका बावजुद मलाई के लागिरहेको छ भने यसमा राष्ट्रपतिजीले आफैँ कुनै एउटा निर्णयमा पुग्नुपर्छ। चाहे त्यो दलहरूसँग सहमति गरेर होस्, स्वतन्त्र व्यक्तिको चयन गरेर होस् या प्रधान न्यायाधीशलाई नै नियुक्त गरेर किन नहोस्। उहाँ एउटा निष्कर्षमा पुग्नु जरुरी छ। सबैभन्दा उत्तम राजनीतिक विकल्प त दलहरूबीचको सहमतिबाटै अगाडि बढ्नु हो। त्यो भएन भने सरकारको सिफरिसमा भनुँ या आफ्नै स्वविवेकमा अथवा सर्वोच्च अदालतको राय लिएर राष्ट्रपति नै निष्कर्षमा पुग्नुपर्छ।
त्यसो भए तपाईंहरुले राजनीतिको बल राष्ट्रपतिको कोर्टमा फाल्दिनुभयो। होइन त?
नचाहँदा-नचाहँदै बल त्यहाँ पुगेको हो। हामीले चाहेको होइन। हामीले चाहेको राजनीतिक दलकै सहमतिमा सरकार हो। संविधान सभा विघटनपछि हामीले पहिले संविधानका विवादित मुद्दामा सहमति गर्न सकिन्छ भने फेरि किन संविधान सभाको निर्वाचन गर्ने? विवादित विषय टुंगो लगाउँ र छोटो समयका लागि भए पनि संविधान सभा पुनर्बहाली गरेर संविधान घोषणा गरौँ भनेका हौँ। तर, पाँच महिनाको छलफलबाट पनि कुनै निष्कर्ष निस्किएन। सहमति बन्न सकेन विवादित मुद्दामा। त्यसैले निर्वाचनमा जानुको विकल्प छैन भन्ने निष्कर्षमा हामी पुगेका हौँ। वर्तमान सरकारकै नेतृत्वमा सहमतीय सरकार गठन गरेर अगाडि बढ्ने कुरामा पनि हामीले सहमति जुटाउन सकेनौँ। अन्ततः नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन भए हुन्छ, नेपाली काँग्रेसले निर्णय गरोस् यसमा भनियो। हामीले सुशील कोइरालाको नाम प्रस्ताव गरेपछि माओवादी पार्टी आफ्नो बोलीबाट पछि हट्यो। त्यहाँबाट अर्को समस्या उत्पन्न भयो। अहिले दलीय सहमतिको सरकार बन्न नसकेको परिप्रेक्ष्यमा निर्वाचित संस्था लामो समयसम्म नरहने स्थिति आयो। यसले गर्दा जनताको शक्ति केन्द्रित हुने ठाउँकै अभाव भयो। मूलरूपमा त्यसैले संविधान सभाको निर्वाचन गरौँ, जसले पछि संसदको पनि काम गर्छ भनेर हामीले त्यो निर्णय गरेका हौँ। जसरी हुन्छ, हामी निर्वाचनमा जानुपर्छ भन्ने उद्देश्य हो आजको दिनमा।
ल भन्नुस न, अहिले त कस्तो देखियो भने राजनीतिक दलका यत्रो राष्ट्रिय दायित्व बोकेका कुनै पनि नेता जिम्मेवार देखिएनन्। दुलाहा जसलाई बनाउने हो, उसको अभिप्राय नै नबुझी बिहेको निर्णय गरेजस्तो भएन यो? प्रधान न्यायाधीशलाई चुनावी सरकारको नेतृत्व गरिदिनुपर्यो भनेर अफर नै नगरी कुरा अगाडि बढाइएको रहेछ नि त।
होइन, होइन। कुरा भएकै हो। राष्ट्रपति कार्यालयमा राष्ट्रपतिज्यूकै पहलमा बसेको चार दलको बैठकमा राष्ट्रपतिले यो प्रस्ताव त पहिले मैले राखेको हुँ भन्नुभएको छ। तर माओवादी नेतृत्वले आफ्नो महाधिवेशनमा त्यो प्रस्ताव राखेर मात्र समस्या उत्पन्न भएको हो। राष्ट्रपतिले त्यसो गर्नुहुँदैनथ्यो पनि भन्नुभयो। प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने विषयमा चार दल बसेर सहमति गरेर अगाडि बढाउनुको साटो आफ्नो पार्टीको एजेन्डाका रूपमा प्रस्तुत गर्नुभयो प्रचण्डजीले यो प्रस्ताव। मलाई लाग्छ- राष्ट्रपतिले सहमतिको सरकार गठन गर्न जुन लामो समयदेखि पहल गर्नुभयो, त्यसैको सिलसिलामा यो एउटा विकल्प आएको हो।
राष्ट्रपतिले प्रधान न्यायाधीशलाई प्रम बनाएर भए पनि निर्वाचन गराउँछु भन्ने अठोट गर्नुभएको थियो भन्दै हुनुहुन्छ तपाईँ?
मलाई त्यही लाग्यो। उहाँले चार दलकै बीचमा छलफलका क्रममा भन्नुभएको थियो- 'जसरी पनि संविधान सभाको निर्वाचन गर्नु एकमात्र विकल्प छ मुलुकका लागि। त्यसका लागि सहमतिकै सरकार चाहिन्छ। मैले दलीय सहमतिको सरकार निर्माण गर्न पहल गरेको लामो समय भयो। तपार्इंहरूलाई मैले बारम्बार सम्झाएँ। बनाउन सक्नुभएन। स्वतन्त्र व्यक्ति, पूर्व न्यायाधीश, न्यायाधीश जसलाई राखेर भए पनि निर्वाचनमा मुलुकलाई लान सकिन्छ कि भनेर मैले नै प्रस्ताव अघि सारेको हुँ। त्यस कारणले कसले प्रस्ताव ल्यायो? कहाँबाट आयो भनेर तपाईंहरू तरंगित नहुनूस्। यदि प्रधान न्यायाधीशलाई बनाएर निर्वाचनको बाटोमा अगाडि बढ्न सकिन्छ भन्ने जस्तो तपाईंहरूलाई पनि लाग्छ भने छलफल गर्नूस्, सहमति गर्नूस्।' त्यसपछि त्यो आग्रहले आकार लिन खोजेकोमात्र हो। आकार लिइसकेको छैन। यसमा विभिन्न प्रकारका राजनीति, संवैधानिक प्रश्नहरू उठेका छन्। त्यसको सम्बोधनविना प्रधान न्यायाधीशकै नेतृत्वमा सरकार बनाउने सम्भावना मैले आजसम्म पनि कमै देखेको छु।
हिजो प्रधान न्यायाधीशले के भन्नुभएछ त?
मूलतः तीनवटा प्रश्न उठेका छन् अहिले। पहिलो- राजनीतिक वातावरण हुनुपर्यो सहमति गरेर निर्वाचनमा जानका लागि। दोस्रो- प्रधान न्यायाधीशले सरकारको नेतृत्व गर्न जे/जति संवैधानिक बाधा अडचन छन्, त्यो फुकाउनुपर्यो। फेरि सबै राजनीतिक पक्षबाट प्रश्न उठ्न थाल्यो भने विवाद बढ्छ र निर्वाचन हुने वातावरण बन्दैन। तेस्रो- जुन कार्यका लागि मलाई ल्याउँदै हुनुहुन्छ त्यो पूरा गर्न सकिएन भने कुनै व्यक्ति विशेषलाई भन्दा पनि मुलुकलाई सारै नराम्रो हुन्छ। त्यसैले मुलुकलाई फाइदा पुग्नेगरी तपाईंहरू पहिला सहमति गर्नूस्। मैले थाहा पाएअनुसार प्रधान न्यायाधीशले जोड दिनुभएका विषय यिनै हुन।
विज्ञहरूको रायबाट सरकार बन्ने वातावरण तयार हुन्छ त अहिले?
विज्ञहरूको राय आएपछि राजनीतिक दलका नेताहरूले त्यसबारे सोच्न थाल्छन् नि त। मलाई लागेको अहिलेको अन्तरिम संविधानका धाराहरूबाट हामीले कुनै पनि निष्कर्ष निकाल्न सक्दैनौँ। अन्तरिम संविधानबाट हामी अलिकति माथि उठ्नैपर्छ। अन्तरिम संविधान आफैँ क्रियाशील हुन सक्ने अवस्थामा छैन।
यसलाई भत्काएर?
भत्काएर होइन। यसलाई क्रियाशील बनाउनका लागि जहाँनेर बाधा परेको छ, त्यो बाधा त हटाउनुपर्यो नि! त्यो हटाउने कुरालाई संविधान नै भत्काउने कुरा त भन्नुभएन नि हामीले। यस संविधानलाई क्रियाशील गराउन जहाँ बाधा उत्पन्न भयो, त्यो त हटाउनु नै पर्यो नि। उदाहरणका लागि नयाँ संविधान सभाको निर्वाचन गराउनु छ अहिले तर, नयाँ संविधान सभाको निर्वाचनको परिकल्पना अन्तरिम संविधानले कहीँ पनि गरेको छैन। नयाँ संविधान सभाको निर्वाचनका लागि संविधानमा नै संशोधन गर्ने आवश्यकता छ।
समस्या के छ भने तपाईंहरू यतिबेला यस्तो कुरा गर्दै हुनुहुन्छ, जब देश प्रतिनिधिबिहीन छ। संविधान संशोधन गर्ने ठाउँ नै छैन। कसले गर्ने त्यो? सरकार र राष्ट्रपतिको आपसी समझदारीमा त्यो गर्न पनि तपाईं राजनीतिक दलहरूमा सहमति छैन। तपाईंहरू संविधान संशोधन गर्नु सक्नुहुन्न भने फेरि मुख त राष्ट्रपतिकै ताक्नुपर्यो। होइन?
मैले अघि नै भनें यो कुरा। निर्णय त राष्ट्रपतिले नै गर्ने हो आजको दिनमा। राष्ट्रपति निर्णयमा पुग्दाचाहिँ कुन तरिकाबाट पुग्ने भन्नेमात्र हो। राष्ट्रपतिले पनि चाहनुभयो र त्यसैले दलीय सहमतिका आधारमा निर्णयमा पुग्ने कोसिस गर्नुभयो। त्यसमा सहमति जुट्न सकेन।
प्रधान न्यायधीशको प्रसंगमा तपाईंहरू सबैजनाको बोली मिलेको छ नि। सबैजना एक ठाउँमा देखिनुभएको छ। तपाईंहरू सबैजना लाग्नुभएको छ प्रधान न्यायाधीशलाई प्रम बनाउन। यसको प्रेरणाचाहिँ कहाँबाट आयो?
सामान्यरूपमा हामीले हेर्दा राजनीतिक दलमा सहमति हुन नसक्दा बंगलादेशमा प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार बन्यो र चुनाव भयो। झट्ट हाम्रो सामु त्यही उदाहरण आयो। मूलतः निर्वाचित संस्था नरहेको समयमा निर्वाचनलाई प्रमुख विषय मानेर हामीले विभिन्न विकल्पको खोजी गरेका हौँ। तर, त्यो विकल्प प्रयोगमा आइ नसकेको अवस्था हो अहिले।
यसो वातावरण हेर्दाखेरी त तपाईंहरूले प्रधान न्यायाधीशलाई नै सत्ता सुम्पने तय भएको जस्तो देखिन्छ नि? तपाईंहरु लागेको भए यो अस्तिनै सकिइसक्थ्यो होला। तर, प्रधान न्यायाधीशले नमानिदिँदा पो यस्तो भएको हो, होइन र?
ठीक भन्नुभयो। चार पार्टीका प्रमुखहरूले लगभग सहमति जनाइसकेकै कुरा हो।
तपाईंहरू देशमा उपस्थित त्यत्रा मुद्दाहरू कुनैमा पनि सहमतिमा पुग्न नसक्ने। अहिले प्रधान न्यायाधीशलाई प्रम बनाउने कुरामा रातारात कसरी एकै ठाउँमा उभिन आइपुग्नुभयो? कसले घच्घच्यायो तपाइंहरुलाई? उत्प्रेरक तत्व को हो यसको?
हामी कहाँ रातारात सहमतिमा पुगेका हौँ र? जेठ १४ देखि बल्ल यहाँसम्म आइपुगेका छौं। निकै समय लाग्यो नि।
तपाईंहरूको मौलिक आइडिया हो यो?
मौलिक आइडिया नै हो। खाली पहिला कसले फ्लोट गर्यो भन्नेमात्र हो। त्यो राष्ट्रपतिले नै गर्नुभएको होे।
राष्ट्रपति र प्रचण्डबीच महिना दिनअघि नै सहमति भइसकेको थियो भन्ने कुरा पनि आएको छ बजारमा। बाबुरामजीले महाधिवेशनभन्दा दुई दिनअघि मसँग कुरा गर्दा महाधिवेशनबाट सरकार निर्माणका लागि अमोघ अस्त्र लिएर आउछौँ भन्नुभएको थियो। यसका तन्तुहरू केलाउँदै केलाउँदै जाँदा यसको ओरिजिनचाहिँ कहाँ हो भनेरमात्र मलाई चासो लागेको।
मेरो विचारमा यो विचारको ओरिजिन राष्ट्रपति नै हो। हामीहरुले बाहिर छलफल गरेर निष्कर्ष ननिक्लने देखेर उहाँले राष्ट्रपति कार्यालयमा नै छलफल गर्न लगाउनुभयो। नास्ता, पानी सबै त्यहीँ व्यवस्था गरेर। जसरी हुन्छ उहाँले सहमतिमा पुर्याउने कोसिस गर्नुभएको हो।
राष्ट्रपतिको यो एजेन्डा हो भने जुन किसिमले माओवादीका दुईजना प्रमुख नेता प्रचण्ड र बाबुरामले यसलाई बोकिरहेका छन्, त्यही प्रतिबद्धतासाथ तपाईंहरूले किन यसलाई बोक्नुभएको छैन त?
राष्ट्रपतिले पहिला हामीलाई आफैँ मिल्नूस् भनेर धेरै पटक भन्नुभयो। त्यसमा कुरा नमिलेपछि स्वतन्त्रको कुरा आयो। त्यो पनि नभएपछि पूर्व न्यायधीशको कुरा आयो र त्यसपछि मात्र प्रधान न्यायाधीशको कुरा आएको हो। राष्ट्रपतिज्यूले दुई किसिमको भेट गर्नुभएको थियो। एउटा सबै दलका नेताहरूलाई छुट्टाछुट्टै भेट्नुभयो। अर्को सबैलाई सँगै भेट्नुभएको थियो। यसरी उहाँले देशलाई निकास दिन जुन प्रयास गर्नुभयो, त्यही प्रयासको सिलसिलामा नै यो अहिलेको विषय आयो। तर, प्रचण्डजीले हामीलाई उछिन्नका लागि महाधिवेशनमै यो प्रस्ताव राख्नुभयो। समस्याचाहिँ त्यहाँबाट उठेको हो। मलाई लाग्छ, शायद प्रचण्डजीले महाधिवेशनमा यो कुरा नराखेर चार दलकै बैठकमा पहिला राखेको भए अलिकति सहज ढंगमा निष्कर्षमा पुर्याउन सकिन्थ्यो कि?
उहाँभन्दा अगाडि तपाईंले पनि त भन्न सक्नुहुन्थ्यो नि?
भन्न सकिन्थ्यो। भनिएन। वार्ता गरेर कुनै कुरा निष्कर्षमा पुर्याउनु छ भने पार्टीले यसलाई आफ्नो एजेण्डाका रूपमा लैजानु हुँदैन। त्यसो भयो भने कहिल्यै पनि सहमति हुँदैन। नेपाली काँग्रेस, माओवादी, एमाले, मधेसी मोर्चा कसैको पनि निर्णयलाई अघि सारेर सहमतिमा पुग्न सकिँदैन। त्यसैले वार्ताको संवेदनशीलता र वार्तामा नेताहरूबीच हुने पारस्परिक तनावलाई ध्यानमा राखेर हामी बोली नहालेका हौं। वास्तवमै हामी निष्कर्ष निकाल्न खोज्छौँ भने यस्तो कुरा वार्ताको टेबलमा उठाउनुपर्छ। ठिक छ, आ-आफ्नो पार्टीमा छलफल गर्नुपर्छ। तर त्यो पार्टीमै सीमित राख्नुपर्छ। वार्ताको त्यो सामान्य नियम नै हो। नेपालको शान्ति प्रक्रियाकै नियम हो यो। जब पहिलो दिनको वार्ता हुन्छ र त्यहाँ भएका मत/मतान्तरहरू प्रेसमार्फत् बाहिर जान्छ, त्यसबेला सहमति गर्न निकै कठिन हुन जान्छ। यो विगतमा पनि देखिएको छ। प्रचण्डजीले महाधिवेशनमा यो प्रस्ताव राखेर गल्ती गरेकै हो।
यो त केवल दोषरोपण गर्ने कुरामात्र भयो। प्रचण्डजीले नबोल्नुभएको भए कुरा मिल्थ्यो भन्ने तर्कको त कुनै आधार नै छैन नि? प्रचण्डजीले जे प्रस्ताव गर्नुभयो, हिजो प्रधान न्यायाधीशले जे भन्नुभयो, आज जे खबर बाहिर आयो, त्यो त फरक छ नि। तपाईंहरू जेठमा निर्वाचन गराउने भन्नुहुन्छ। तर, प्रधान न्यायाधीश जेठमा निर्वाचन गराउन सकिएन भने समय हेरेर गराउने भन्नुहुँदैछ त?
जेठमै निर्वाचन गराउन सकिन्छ कि सकिँदैन भनेर अहिले नै भन्न गाह्रो छ। निर्वाचन गराउन निर्वाचन आयोगको औपचारिक बैठक बसेर नीतिगत कार्ययोजना पेश गरेको सय दिनमा मात्र सकिन्छ, थोरैमा। तर समय हेर्दा एकदमै खड्केको लाग्छ। जेठको मसान्ततिर सय दिन पुग्ने भएको छ। जेठको अन्तिमतिर त वर्षा सुरु हुने सम्भावना पनि त्यत्तिकै छ। त्यो भयो भने पनि निर्वाचन हुन सक्छ नि। जोसुकैको सरकार बने पनि सरकारकै कारणले निर्वाचन नहुने भन्ने हुँदैन। यो त राजनीतिक दलहरूको पारस्परिक सम्बन्धमा र प्राकृतिक मौसममा आधारित हुन्छ। सबै राजनीति दलहरूको सहमति मै निर्वाचन हुने भयो भने पनि त जेठमा हुने निर्वाचनलाई वर्षाले रोक्न सक्छ। त्यसैले प्रधान न्यायाधीशले प्रमुख पार्टीहरूबाट उचित समयमा निर्वाचनमा जाने प्रतिबद्धता खोजेको हुनुपर्छ। किनकि, उहाँले चाहेर वा नचाहेर त निर्वाचन हुने/नहुने होइन। यो राजनीतिक दलको भूमिका, निर्वाचन आयोग र मौसममा जोडिन्छ।
पानी परेको बेलामा निर्वाचन हुँदैन भनेरचाहिँ कहाँ लेखेको छ? सधैं पानी पर्ने देश छन्, सधैं हिउँ पर्ने देश छन्। त्यहाँ पनि चुनाव भएको छ।
तर, नेपालमा त्यो सम्भव छैन। वर्षा सुरु भएपछि जनता भोट हाल्नै आउँदैनन्। खुल्ला ठाउँमा भोट खसाल्नुपर्छ। कहाँ पानीमा रुझ्दै मान्छे भोट हाल्न आउँछ? हिँउदमा पनि हिँउ पर्ने बेलामा निर्वाचन सम्भव छैन।
तपाईं नेपाली काँग्रेसका यस्ता वार्ताकार हुनुहुन्छ, जो ठूला ठूला वार्ताहरू सहज ढंगमा सल्टाउनुभएको छ। तर पछिल्लो समयमा भने तपाईं वार्तामा असफल देखिँदै आउनुभएको छ। तपाईंले सुशीलजीलाई प्रधानमन्त्री बनाउन सक्नुभएन, हैन?
वास्तवमा मलाई लागेको थियो- सुशील दाइ प्रम हुनुहुन्छ भनेर। तपाईंले अहिले यो प्रश्न उठाउँदा हामी असफल भएकै हो जस्तो लाग्छ। यो हुन नसकेको कारण प्रचण्डजीले आफ्नो कुरा फेरेर पनि हो। त्यसमा मलाई ठूलो दुःख लागेको छ। कुरा धेरै कोट्याउन चाहन्न म।
प्रचण्डजीसँग त तपाईँको सम्बन्ध निकै सुमधुर छ नि त सुरुदेखि नै?
वार्तामा धेरै पटक उठबस भएकाले मानवीय संवेदना गाँसिएको हुन्छ। त्यो स्वाभाविक हो। राजनीतिकरूपमा उहाँले मलाई काँग्रेसकै महामन्त्रीका रूपमा हेर्नुहुन्छ, मैले उहाँलाई माओवादीको अध्यक्षकै रूपमा हेर्ने हो। तर वार्तामा अलिकति मानवीय संवेदनाले पनि काम गर्छ। एउटा विश्वासको वातावरण बनाउन मद्दत गर्छ। तर उहाँले त्यो विश्वास तोड्नुभयो। सुशील कोइरालाको नाममा सहमति भएपछि अहिले भएका जटिलता कसरी हटाउन सकिन्छ भनेर विभिन्न पार्टीका विज्ञहरू राखेर टोली पनि बनाइएको थियो। त्यसले काम पनि गर्न थालिसकेको थियो। त्यो दुई दिनमा सबै भत्कियो। लागु गराउन सकिएन। हामी त्यसमा असफल भयौँ। त्यसमा मलाई दुःख लाग्छ।
असफलताको कारण के त? तपाईं त असफल हुनेखालको मान्छे त होइन?
मैले तीतो शब्द किन भन्ने? प्रचण्डजीले जे भन्नुभएको थियो, जे वचन दिनुभएको थियो, त्यो पूरा गर्नुभएन।
उहाँको पार्टीभित्रको आन्तरिक जटिलताको कारणले हो कि? त्यो जटिलता तपाईंकै पार्टीभित्र पनि त छ!
उहाँको पार्टीको आन्तरिक जटिलता पनि हुन सक्छ। मलाई पनि त्यो लाग्छ। उहाँले सहमति गर्नुभयो तर बाबुरामजीले मान्नुभएन कि? हामीले कुरा गर्दा त पार्टीकै प्रमुखसँग कुरा गर्ने हो नि।
तपाईंहरूले पनि त प्रचण्डसँग तेरो उपाध्यक्षको टाउको ले भनेर माग्नुभयो नि, होइन? अराजनीतिक भाषामा त त्यही भन्नुभएको हो नि?
हैन, हैन। त्यो भाषा त एकदमै कडा भयो नि। (हा...हा...) त्यस्तो होइन।
तपाईंले माओवादी र काँग्रेसको सम्बन्ध नङ र मासुको जस्तो बनाउनुभएको थियो। संविधान सभाको निर्वाचनपछि मात्रै अलिकति अन्योलता आएको हो। त्यसपछिको माधवकुमार नेपालको पालामा पनि गिरिजाबाबु र प्रचण्डको सम्बन्ध एकदमै घनिष्ठ थियो। एकाएक त्यो बिग्रनु भनेको त खराब नै हो नि, हैन?
कुरा के हो भने गिरिजाबाबु हुँदा जुन निर्णय लिने क्षमता उहाँमा थियो, त्यो कसैमा पनि रहेन अब। त्यसबेला प्रचण्डजीसँग पनि जुन निर्णय गर्ने क्षमता थियो त्यो पनि आजको दिनमा रहेन। जतिबेला हामी शान्ति प्रक्रियाको डकुमेन्ट बनाउँदै थियौँ, त्यतिबेला प्रचण्डजीले के भन्नुहुन्छ भनेर बाबुरामजी, वैद्यजीहरू हेर्नुहुन्थ्यो। उहाँले भनेपछि फाइनल हुन्थ्यो, कुनै डिस्कसन हुँदैन थियो। कमान्ड थियो। जुन कमान्ड उहाँको तत्कालीन पार्टीभित्र थियो, त्यो अहिले देखेनौँ हामीले। त्यो पार्टी फुट्यो नै पिस प्रोसेसकै इस्युमा।
उहाँहरूको पार्टी त फुट्यो तर गिरिजाबाबुको देहावसानपछि तपाईंको पार्टीमा त निर्णय गर्ने क्षमता नै देखिएन नि?
निर्णय गर्ने क्षमता छैन काँग्रेसमा त नभनौँ।
खै त अहिलेसम्म के निर्णय गर्यो? तपाईंहरू कसिस्टेन्टल्ली कुन कुरामा टिक्नुभएको छ? एमालेसँग मिलेर पत्रकारको बुई चढेर आन्दोलन गर्न दैलेख जानुभयो। त्यो आन्दोलन कोहलपुर नआइपुग्दै समाप्त भयो त?
त्यस्तो होइन। पहिले गिरिजाबाबु हुँदा एकल नेतृत्व थियो। अहिले हाम्रो पार्टीको मूल निर्णय के हो भने नयाँ संविधान सभाका लागि सहमतीय सरकारमा नयाँ निर्वाचन। काँग्रेसले एउटा नाम दिनुपर्यो भनेपछि हामीले सुशील कोइरालाको नाममा निर्णय गर्यौँ। नयाँ संविधान सभाको निर्वाचन गर्न सम्वाद र संघर्ष दुवै सँगै बढाउँछौँ भनेर हाम्रो पार्टीले निर्णय गर्यो। हामीले दुवैलाई सँगै लैजान्छौँ भनेका थियौँ। यताको दिनमा आएपछिचाहिँ वार्तालाई नै निर्णयमा पुर्याउनुपर्यो भनेर नेतात्रय सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई निर्णय गर्ने जिम्मा दिएका छौँ।
तपाईंहरूले जसको हातमा राज्यलक्ष्मी बुझाउने तरखर गर्नुभएको थियो त्यो दुलाहा नै म बिहे गर्दिन भन्ने दोमनको देखा पर्यो, होइन? तपाईंहरूले दुलाहासँग कुरै नगरी सिधै गएर बिहे गर भन्नुभएको रहेछ नि हैन? अहिले त्यस्तै देखिएको छ नि? तपाईंहरूको राजनीतिक क्षमता भइदिएको भए त प्रधान न्यायाधीश गुहार्नै पर्दैन थियो नि, हैन र?
राजनीतिक दलकै सहमतिमा राष्ट्रिय सहमतिको सरकार बनाउने कुरामा सहमति थियो। त्यो सर्वोत्तम विकल्प थियो। त्यसपछि अर्को विकल्प भनेको स्वतन्त्र व्यक्तिको नेतृत्वमा निर्वाचनमा जाने भन्ने थियो। त्यो पनि नभएपछि न प्रधान न्यायाधीशको कुरा आएको हो। निर्णय गर्न नसकेकाले त्यहाँ पुगेको होइन नि त। को बन्ने भन्ने सहमति गर्न नसकेकाले हो। यसलाई नेगेटिभरूपमा मात्र हेर्नुभएन। राजनीतिक दलले नेतृत्व नै गर्न नसकेको होइन, सहमति जुटाउन नसकेको हो।
तपाईंले अघि बंगलादेशको उदाहरण उठाउनुभयो। त्यहाँ जति नै ठूलो मत/मतान्तर भए पनि आर्थिक विकासलगायत्का कुरा त रोकिएको छैन। हामीकहाँ त्यो किन रोकिन्छ?
बंगलादेश र हामीमा फरक छ। त्यो एउटा नयाँ देश हो। संक्रमणकालीन अवस्था पार गरेर नयाँ संविधान उसले प्रप्त गरिसकेको अवस्था छ। केवल त्यसको कार्यान्वयनमा समस्या देखिएको हो। हामीकहाँ फेरि संघीयता जस्तो नयाँ र नौलो कुराको पनि त उठान भयो। नेपाल लोकतान्त्रिक संघीय गणतन्त्रमा जाने भन्ने कुरामा अब कुनै विवाद नै रहेन। तर संघीयतामा कसरी जाने भन्ने कुरामा न सहमति हुन नसकेको हो नि।
यो त माओवादी र काँग्रेस दुवैका लागि नौलो कुरा हो। तर तपाईंहरूले योबारे कहिल्यै छलफल नै गर्नुभएन, किन?
त्यस्तो होइन। संघीयतामा जाने कुरामा कसैको पनि दुई मत छैन। एक दुई वटा साना दललाई छाडेर।
बाह्र बुँदे समझदारी, जुन अहिले डढिसक्यो। त्यो बेलामा पनि त संघीयताको कुरा उठेको थियो होला नि?
बाह्र बुँदे समझदारी अझै कायम छ। त्यो डढिसक्यो भन्ने पक्षमा म छैन। त्यसको कार्यदिशा अझै कायम नै छ। तर बाह्र बुँदे समझदारी गर्दा राज्य पुनःसंरचनाको कुरामात्र भनिएको थियो। पछि हामीले त्यसलाई मधेसबाट उठेको असन्तुष्टिपछि अन्तरिम संविधानमा सम्बोधन गर्यौँ। राज्य पुनर्संरचनाकै ठाउँमा हामीले संघीयताको कुरा उल्लेख गर्नुपर्थ्यो। त्यसमा गल्ती भएकै हो। हामीलाई राज्य पुनर्संरचना भनेरै संघीयतामा पुग्न सकिन्छ भन्ने लागेको थियो। तर मधेस आन्दोलनपछि हामीले त्यो गल्ती स्वीकार गर्यौँ र त्यसलाई सम्बोधन पनि गर्यौँ। अब संघीयता हुन्छ या हुँदैन भनेर विवाद गर्नुको कुनै औचित्य छैन। यसमा देश निकै अगाडि बढिसक्यो।
संघीयता हुन्छ। त्यसमा कुनै दुई मत भएन। तर कस्तो किसिमको संघीयता त?
हो, त्यसमा धेरै मतभेद छ।
जति मतभेद छ, त्यति डिबेट पार्टीहरूले गरेका छैनन् नि?
म मान्छु यो कुरा। पार्टीले जुन स्तरमा डिबेट गर्नुपर्ने हो, त्यो गरेको छैन। जनतामा त्यो लैजानुपर्थ्यो र पार्टीमा उठाउनुपर्थ्यो, त्यो भएन।
तपाईं पार्टीको महामन्त्री पनि हुनुहुन्छ। तपाईंले किन उठाउनुभएन त?
हामीले उठायौँ। म के स्वीकार गर्न चाहन्छु भने हामीले राज्यको पुनःसंरचना गरेर कहिले छ प्रदेशमा पुग्यौँ, सात प्रदेशमा पुग्यौँ। भन्न खोजेको के भने हामीभित्रै पनि मतभेद छ नि त। संघीयतालाई हेर्ने दृष्टिकोणमा मतभेद छ। तर, एउटा कुरामा नेपाली काँग्रेस पार्टीभित्र आमसहमति छ, त्यो भनेको संघीयताकै संविधान आउनुपर्छ भनेर।
अहिले यस्तो तरल अवस्था छ। जातजातिको हिसाबमा भन्दा पनि राजनीतिक हिसावमा देश विभाजित छ। तपाईंहरू विकल्प खोज्नुहुन्छ, त्यो प्रयोग नै गर्न नपाई तुहिएको अवस्था छ। राजनीतिक दलबीच पानी बाराबारको स्थिति छ। यस्तो अवस्थामा देश कसरी सुस्थिर हुन्छ जस्तो लाग्छ?
यसमा मेरो ठीक विपरित धारणा छ। राजनीतिक दलबीच पानी बारबारको स्थिति छैन। राजनीतिक दलहरू बारम्बार भेटिरहेका छन्, औपचारिक/अनौपचारिक छलफल भइरहेका छन्। हामी बैठकमा बसिरहेका छौँ। हामीबीच एकदमै हार्दिकताको सम्बन्ध छ।
तपाईंहरूबीच हार्दिकताको सम्बन्ध त छ तर जनतालाई नाटक देखाइरहनुभएको छ। पुतलीको खेल?
पुतलीको खेल त होइन तर के भने इस्युमा सहमति भएन। नेताहरू दलको घेराभन्दा माथि उठ्न सक्नुभएन। यो कुनै एउटा दललाई मात्र लागु हुँदैन। सबै दललाई लागु हुन्छ।
गिरिजाप्रसाद कोइरालापछि तपाईंहरूले केही गर्नै सक्नुभएन त?
गिरिजाबाबुले जुन ढंगबाट शान्ति प्रक्रिया हाँक्नुभयो, त्यहीरूपमा हामी जान नसकेकै हो। तर उहाँले दिनुभएको कार्यदिशा नेपाली काँग्रसले छाडेको छैन।
गिरिजाप्रसादले निर्माण गर्नुभएको त्यो बाह्र बुँदे समझदारीलाई काँग्रेसले कहिल्यै ग्रहण गरेको देखिएन। मान्नुहुन्छ यो कुरा?
अहँ, मान्दिन। किनभने नेपाली काँग्रेसको बाह्रौँ महाधिवेशनमा हामीले त्यो शान्ति प्रक्रियामा हामी प्रतिबद्ध छौँ भनेर निर्णय गरेका छौँ। पुराना कुरा धेरै कोट्याउन चाहन्न म, धेरै निर्णय माओवादीले ढिलो गरी गर्दा धेरै समस्या उत्पन्न भएका हुन्। उहाँहरूको पार्टी पनि फुट्यो।
प्रधान न्यायाधीशमा पनि कुरा नमिलेर लम्बियो भने देश कतातिर जान्छ त?
राजनीति भ्याक्युम जति लम्बिएर जान्छ, मूलतः प्रजातन्त्रले नै दुर्गति भोग्नुपर्छ।
होइपोथेटिकल कुरा गरौँ। यदि प्रधान न्यायाधीशको नेतृत्वमा पनि सहमति हुन सकेन भने अहिलेकै सरकार कन्टिन्यु हुन्छ कि के हुन्छ?
अहिले गठबन्धनमा रहेका कुनै पनि नेताको नेतृत्वमा सहमतीय सरकार बन्न सक्ने सम्भावना मैले देखेको छैन।
त्यो पनि नहुने, यो पनि नहुने। त्यसो भए के त जर्नेल लिएर आउने?
तपाईंले भनेजस्तो जर्नेलको तहसम्म नपुग्ला। त्यहाँसम्म त पुग्दै पुग्दैन, त्यो त डिजास्टर हो।
डिजास्टर आउनुअघि यस्तै सन्नाटा हुन्छ नि, हैन?
तपाईंको विश्लेषण ठीक हो तर त्यो आउनुअघि हामी त्यसलाई रोक्छौँ। त्यो अवस्थामा पुग्न दिँदैनौँ।
तपाईंहरूको कुरामा जनताले विश्वास नै गर्न छाडिसके। तपाईंहरू कहिल्यै ठेगानको कुरै गर्नुहुन्न, हैन?
विश्वास नै गर्न छाडे त म भन्दिन तर हाम्रो कमजोरीप्रति भने जनता पनि दिक्क भइसकेका होलान्। अझै पनि जनतामा विश्वास निर्माण गर्न सक्नुपर्छ। त्यसैले अब निष्कर्षमा पुग्नैपर्छ।
स्मृति ढुंगाना, काठमाडौं, फागुन १० - 'छपनीले छान छान' बोलको गीत गाउने गायक गंगा वरदान इटहरीतिर बरालिएको अवस्थामा भेटिन्छन्। उनको सांगीतिक गतिविधि पनि पातलिएको छ। वास्तविक नाम गंगा मास्के भए पनि उनी 'वरदान' टाइटलबाट चर्चित छन्। उनले चौथो एल्बम 'गंगा वरदान भाग ४' गत असार महिनामा एसियन म्युजिकबाट रिलिज गरेका थिए।
बरालिने क्रममा केही महिनाअघि विराटनगरमा भेटिएका उनी गाँजा खाएर आफू बिग्रिएकोमा पछुतो गर्दैथिए। 'पैसा कमाउने सोच गरिनँ। गाँजा खाने लत लाग्यो। अब त नयाँ कलाकारले पनि नचिन्ने अवस्था आइसक्यो,' ६० वर्षका उनले भने।
संगीत क्षेत्रका पुराना साथीभाइको संगत छुटेकाले गानाबजानामा अलि निस्त्रि्कय भएको उनले बताए। नेपाली संगीतमा २५ वर्षभन्दा बढी बिताइसकेका उनका अधिकांश गीतहरु हराइसकेका छन्। 'गीत रचना, संगीत र गायन विधामा काम गरेँ। ध्यान दिन नसक्दा हाल धेरै गीतहरु हराएका छन्। बसाइको ठेगान नहुँदा र आफूले राख्न नसक्दा हराए ती गीतहरु,' उनले बिजोग सुनाए।
हालसम्म आफ्नो जम्मा २६ वटा गीत रेकर्ड भएको उनलाई सम्झना छ। त्यस्तै 'मेरो कविता यात्रा' नामक कवितासंग्रह पनि प्रकाशन गरेका छन्। आठ वर्षदेखि उनी कुनै पनि ब्यान्डसँग आवद्ध छैनन्। तैपनि उनले फाट्टफुट्ट एकल कर्न्सट गरिरहेकै छन्। त्यस्तै कन्सर्टको आम्दानीबाट उनको गुजारा चलिरहेको छ।
'कहाँमा काट्यौ' बोलको गीतसँगै संगीत यात्रा सुरु गरेका उनले पछिल्लोपटक 'हाँस्नु खेल्नु' नामक डिस्को गीतमा स्वर दिएका थिए। '५५ वटा गीतहरु तयार गरेको छु। त्यसबाहेक विभिन्न ठाउँका धुनहरु संकलन गरिरहेको छु। केही समयपछि राजधानी आएर गीत रेकर्ड सुरु गर्नेछु,' उनको योजना लामो छ। उनले 'गंगा वरदान' शीर्षकमा चारवटा एल्बम रिलिज गरिसकेका छन्।
'राजधानीका कलाकारसँग गाउनका लागि गीत छैन। किनकि उनीहरुले गीतको शब्द रचनामा कहिल्यै गम्भीरता देखाएनन्। नेपाली गीतको अवस्था खस्कनुमा उनीहरु बढी जिम्मेवार छन्,' उनले आरोप लगाए। इटहरीका स्थानीय युवाहरुसँगको सहकार्यमा उनले लोक धुन संकलन गर्दै शब्द रचिरहेका छन्।
कालो लट्टा परेको कपाल, दाह्री, चेक सर्ट र जिन्सको आफ्नो गेटअप उनले कहिल्यै परिवर्तन गरेनन्। 'गंगा स्टाइल'बाट चर्चित उनको स्टाइललाई पछ्याउने अल्लारेसँग उनले गाँजा तान्न भ्याइसकेका छन्। '२०३० सालतिर मेरो हुलिया अप्नाउने केटाहरु धेरै थिए। अहिले पनि केही केटाहरु मेरो हुलियामा देखिन चाहन्छन्। मलाई पनि यस्ता हुलियालाई परिवर्तन गर्ने कहिल्यै सोच आएन,' उनले भने। विराटनगरमा तीसको दशकमा युवा कला कुञ्ज स्थापना गरेका उनी अभिनेता शिव श्रेष्ठका समकालीन साथी हुन्। 'कला कुञ्ज स्थापना गर्दा हामी दुईले एकसाथ काम गरेका थियौं। उनले गर्दा फिल्मतिरका धेरै व्यक्तिसँग चिनाजान गर्ने मौका मिल्यो। अभिनय चाहिँ गरिएन,' उनले बताए।
आफूले ६० वर्ष नाघेको बताउने उनलाई धेरैले जमैकन गायक बब मार्लीको नक्कल मान्छन् तर उनी यसलाई स्विकार्दैनन्।
नयाँ दिल्ली, फागुन १२ (एजेन्सी) - बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले बलिउड हिरो आमिर खानलाई बेलायत आउन निम्तो दिएका छन्। भारतको छोटो भ्रमणमा आएका क्यामरुन र आमिरबीच दिल्लीस्थित एक शैक्षिक संस्थामा कुराकानीसमेत भएको थियो। प्रधानमन्त्रीको निम्तोलाई आमिरले सहर्ष स्वीकार गरेका छन्। आउँदो वर्ष उनी बेलायत भ्रमणमा जाने भएका छन्।
युनिसेफका लागि भारतीय सद्भाँवना दूत रहेका आमिरलाई क्यामरुनले विशेष महत्त्व दिएका छन्। दिल्लीमा उनीहरुलाई कडा सुरक्षा घेरामा भेट गराइएको थियो। दिल्लीका विद्यार्थीहरुबीच उनीहरुले गफसमेत गरेका थिए। विद्यार्थीबीच प्रश्नोत्तर भएपछि आमिर र क्यामरुनबीच कुराकानी भएको थियो।
मीनप्रकाश उप्रेती
सउल । रोजगारीका लागि एक बर्षअघि कोरिया
पूगेका झापा अनारमनी-८ का ३६ बर्षीय राजेश राईको गत शनिबार सुतिरहेको
ठाउँमा हत्या भएको छ । ३१ बर्षीय क्याम्बोडियन नागरिक सामिनले उनको हत्या
गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । हत्यारा सामिन र राईलाई कम्पनीले
एउटै कोठामा आवासको प्रवन्ध मिलाएको थियो । कोरियन कानूनमा त्यसरी दुई
देशका कामदारलाई एउटै कोठामा राख्न नमिल्ने जानकारहरु बताउँछन् ।
तीन महिनाअघि रोजगारका लागि कम्पनीमा
सरेका राईलाई क्याम्बोडियन नागरिक संगै एउटै कोठामा राखिएको थियो । राई र
सामिनवीच कम्पनीमा आएदेखि नै खानाको पिषयलाई लिएर विवाद हुने गरेको सँगै
काम गर्ने कैलालीका अर्जुन श्रेष्ठले भनाइ छ । एक देशका नागरिकलाई अर्को
देशको खानाको गन्ध मन नपर्ने भएका कारण दुईजनावीच विवाद उत्पन्न हुँदै आएको
थियो । अलग देशका नागरिकलाई एउटै केाठामा राख्न नहुने कोरियन नियमलाई
कुल्चिएर कम्पनी साहुले उनीहरुलाई एउटै कोठामा राख्दै आएका थिए ।
यसरी भयो राईको हत्या
गत शनिबार साँझ झापा अनारमनीका छिमेकी
साथी बसन्त बस्नेत र नुवाकोटका सूर्य तामागलाई राईले भेटघाटका निम्ति
बेालाएका थिए । राई साथीलाई खाना बनाउन लागेका मात्र के थिए क्याम्बोडियन
सामिनले राईलाई नेपाली खानाको गन्ध आफुलाई मन नपर्ने भन्दै खाना पकाउन रोक
लागाए ।
राईले प्रतीकार गर्दै पकाउन खोज्दा विवाद
लम्बियो र हात हालाहालको स्थिति आयो । त्यस क्रममा समीनले बलप्रयेागका लागि
छीमेकी साथीलाई बेालाएको प्रहरीको बयानमा उल्लेख गरिएको छ । जब अन्य २ जना
क्याम्बेडियनहरु उक्त कम्पनीमा प्रवेश गरे, तब स्थितिले उग्र रुप लिन
पुग्येा । केही समयको भीडन्तपछि सबै तितर-वितर भए ।
सामिनले नेपालीकेा पिटाइ खाइसकेको थियो
जसले गर्दा उसमा आक्रोशकेा ज्वालाले सीमा नाघिसकेकेा थियो । त्यसपछि राति
करीब साढे ११ बजे एक्कसी एैया…. भन्ने आवाज बसन्त बस्नेको कानमा पर्यो ।
र्फकेर हेर्दा राजेश राईलाई सिँढीको तल रगतको आहालमा फेला परे । राईको
देब्रे कोखामा रोपिएको बसन्त बताउँछन् । त्यसपछि क्याम्बोडियनहरुको भागदैाड
र नेपालीहरुको रुवाबासीको दृश्य सम्झँदै बस्नेत भन्छन् राईलाई उपचारका
लागि लान एम्बुलेन्सको तयार हुँदाहुँदै रगत धेरै बगिसकेको थियो । प्रहरीको
सहारामा राति एक बजे आसानस्थित हान्गुक हस्पीटलले राईलाई मृत घोषणा गर्यो ।
हाल राईको शव सेाही हस्पिटलमा पोष्टमार्टम
सकी नेपाल पठाउने तयारीमा राखिएको मृतकका जेठान राजकुमार बान्तवाले
जनाउनुभएको छ । शव नेपाल पठाउन आवश्यक कागजपत्र तयार भैसकेकेा र केही दिनमै
शव नेपाल पठाइने कोरियास्थित नेपाली दूतावासका श्रम सहचारी अनील गुरुगले
बताउनुभएको छ ।
फेसबुक जस्ता सोशल नेटवर्किङ प्लेटर्फम
रेनरेनमा उपलब्ध यो एप्स खासगरी विद्यार्थीहरुमाझ लोकप्रिय छ
।प्रयोगकर्ताहरु यो एप्समा प्रेम, फिल्म, प्रदुषण र चुटि्कला जस्ता विषयमा
टिप्पणी र प्रश्न गर्न सक्छन् भने यो एप्सले तत्काल जवाफ दिन्छ । तर,
सबैभन्दा महत्वपूर्ण यसको जवाफ दिने तरिका हो ।
चिनियाँ समाचार एजेन्सी सिन्हृवाका अनुसार
कुनै पनि व्यक्तिले म्यासेज पोष्ट गर्न सक्छन् । यसले कसैको निर्देशनमा
नभई एक परिस्कृत सफ्टवेयरमार्फत् दिइन्छ । यो एप्सले जवाफ दिन मानिसकै
आवाजको प्रयोग गर्छ र व्यक्तिगत सल्लाहको रुपमा जवाफ दिन्छ । ‘चिक’ अधिकांश
प्रयोगकर्ताहरुलाई विश्वको सुन्दर पुरुष वा महिला भन्ठानेर कुरा गर्छ र
यस्तो लाग्छ कि चीनको नेटिजन्स उसँगै खेल्न लालायित छ ।
पछिल्लो
साता फेसबुकलाई निशाना बनाएका हृयाकरहरुले एप्पललाई शिकार बनाएको छ ।
आईफोनको निर्माता एप्पलको कम्प्युटर साइबर आक्रमणको शिकार बनेको हो ।
फेसबुकमा आक्रमण गर्नेहरुले नै आफ्नो कम्प्युटरमा आक्रमण गरेको एप्पलले
बताएको छ ।
क्यालिफोर्नियाको कम्पनी कपरटिनोले
एप्पलमा क्षति पुर्याउने सफ्टवेयरको पहिचान भएको बताएको छ । उसले भनेको
छ-’नोक्सान पुर्याउने त्यो सफ्टवेयर एप्पलविरुद्धको आक्रमणमा सहभागी थियो र
सफ्टवे्यर बनाउने इन्जिनियरको एक वेबसाइटको माध्यमबाट फैलिएको थियो ।’
पछिल्लो समय बढेको साइबर आक्रमणमा चिनियाँ
सेनाको एक खुफिया शाखालाई आरोप लगाइएको छ, जो विश्वको सबैभन्दा सफल साइबर
आक्रमणकारी समूह मध्ये एक हो । चीनले भने हृयाकिङ आरोपलाई अस्वीकार गर्दै
आएको छ ।
चर्चित पोर्न स्टार सन्नी लियोनीले कुनै
पनि सिनेमामा आइटम डान्स नगर्ने बताएकी थिइन् । पोर्न दुनियाबाट विश्राम
लिदै बलिउडमा प्रवेश गरेकी सन्नी अहिले सर्वाधिक चर्चित छिन् ।
‘जिस्म
२’ बाट बलिउडमा प्रवेश गरेकी सन्नीको चर्चा कुनै बलिउड नायिकाको भन्दा कम
छैन । यसैले पनि उनको चर्चा बलिउड देखि विश्व बजारमा चल्ने गरेको छ । कुनै
पनि बलिउड फिल्मको गीतमा आइटम डान्स नगर्ने बताएकी सन्नीले अब भने आफ्नो
बोली फेरेकी छिन् । उनले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘सुट आउट एट
वाडला’ मा आइटम नृत्य गर्ने बताइएको छ । यो चलचित्रमा नायिका पि्रयंका
चोपडाले पनि आइटम नृत्य गर्दैछिन् । पि्रयंकाले पहिलो पटक कुनै सिनेमामा
आइटम नृत्य गर्न लागेकी हुन् ।
सन्नी र पि्रयंकाको आइटम नृत्य समावेश हुने भएपछि यो चलचित्र एकाएक चर्चामा पुगेको छ ।