विश्वमा सेक्सका लागि सबैभन्दा कम समय
छुट्टाउने मानिस कुन देशका होलान् ? ठ्याक्कै यसै हो भन्न गाह्रो छ । तर एक
अध्ययनले भने भारतीयहरुले सेक्समा सबैभन्दा कम समय दिन्छन् । अर्थात्
भारतीयहरुको सम्भोगको समय सबैभन्दा छोटो छ ।
हालै एक कण्डम कम्पनीले गरेको एक अनलाइन
सर्भे अनुसार भारतीय दम्पतीहरुले एक पटकको सम्भोगमा औषतमा १५ मिनेट १०
सेकेण्ड समय खर्चिन्छन् । यसको अर्थ १५ मिनेटमा भारतीय दम्पतीहरुको
यौनक्रिडाको शुभकार्य सम्पन्न हुन्छ । विश्वका ३७ देशका ३० हजार मानिसमा
गरिएको अध्ययनले यी देशमध्ये भारतीयहरुको सम्भोग सबैभन्दा छोटो हुने
देखिएको हो ।
सर्भेक्षण अनुसार सेक्सका बेला कण्डम
प्रयोगको सन्दर्भमा भने भारतीयहरु निकै अगाडि छन् । ७१ प्रतिशत दम्पतीले
सम्भोगका बेला कण्डम प्रयोग गर्ने गरेका छ । कण्डम प्रयोगको सबालमा
चिनीयाहरु पहिलो स्थानमा छन् । सयमा ७७ चिनिया दम्पतीले सेक्सका बेला कण्डम
प्रयोग गर्छन् । ७३ प्रतिशतका साथ हंगकंगका दम्पतीहरु दोश्रो स्थानमा छन् ।
यस्तै पाकक्रिडामा भारतीयहरु पाँचौ स्थानमा छन् । सम्भोग पहिलेको पाकक्रिडामा भारतीय दम्पतीहरुले औषतमा १९ मिनेट बिताउँछन् ।
यस्तै सबैभन्दा बढि सेक्स गर्नेमा
कोलम्बियालीहरु पहिलो स्थानमा छन् । ८९ प्रतिशत कोलम्बियालीले हप्तामा
कम्तीमा एक पटक सेक्स गर्छन् । बढि सेक्स गर्ने सबालमा इण्डोनेसियाली र
रसियनहरु संयुक्त रुपमा दोश्रो स्थानमा छन् ।
यस्तै सम्भोगका बेला चरम आनन्द प्राप्त
गर्ने सबालमा भने हंगेरीयनहरु पहिलो स्थानमा छन् । गि्रकहरु दोश्रो र
स्पेनी दम्पतीहरु तेश्रो स्थानमा रहेका छन् ।
एक अध्ययनले सयमा दश जना मानिसले आफ्नो
कार्यालयमै सम्भोग गर्ने गरेको देखाएको छ । रोजगारी सम्बन्धी एक इन्टरनेट
साइट ग्लासडोरले गरेको सर्भेक्षणले यस्तो देखाएको हो ।
आफ्ना १ हजार जना प्रयोगकर्तामा गरिएको
अनलाइन सर्भेक्षणका क्रममा दश प्रतिशतले कार्यालयमै प्रेम र यौनलाई मूर्त
रुप दिने गरेको बताएका छन् ।
५१ प्रतिशत मानिसले कार्यालयभित्र आफ्नो
सहकर्मीसाग प्रेम गर्न तथा सेक्स गर्नु कुनै नराम्रो काम नभएको बताए । सयमा
३७ जनाले सहकर्मीसाग रोमान्टिक गफ तथा अन्य व्यवहार गर्ने गरेको बताए ।
यता २२ प्रतिशतले भने आफुले कार्यस्थलमा सहकर्मीसाग कुनै प्रेम तथा यौनजन्य
कार्य नगरेको स्पष्टीकरण दिएका छन् । कतिपय मानिसहरु आफुले कार्यालयमा
प्रेम तथा यौनजन्य काम नगरेपनि आफ्ना सहकर्मीको भने खुबै चियोचर्चो गर्दा
रहेछन् । सर्भेक्षणका क्रममा ४१ प्रतिशतले आफ्ना केही सहकर्मीले कार्यालयमा
यौनजन्य गतिविधि गर्ने गरेको सुइाको आफुले पाएको बताए ।
यद्यपि सर्भेक्षणको यो नतिजा सबै देशका
सबै कार्यालयको हकमा नमिल्न सक्छ । तथापि यसले कार्यस्थलमा हुने रोमान्स
तथा यौनजन्य गतिविधि बढिरहेको र समाजमा खुलापन बढिरहेको कुरालाई इंगित
गर्ने बताइएको छ ।
सहाना बोल्न नसक्ने अवस्थामा, बास्तोला दुई महिनादेखि बेहोस
१८ फागुन, काठमाडौं । १० दिनदेखि सिकिस्त
बिरामी भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्थाबारे धेरैले चासो राखे
पनि देशका तीनजना प्रभावशाली नेता ओछ्यान परेको चाहिँ कमैलाई थाहा छ ।
पारसभन्दा पनि धेरै पहिलेदेखि बिरामी भएका यी तीन नेताहरुको स्वास्थ्य
अवस्था उत्तिकै गम्भीर छ । तर पारसको बारेमा सोधीखोजी र जिज्ञासा व्यापक भए
पनि बिरामी नेताबारे पार्टी नेतृत्वले नै खास ध्यान दिएको छैन ।
दुई वर्षदेखि घरभित्रै
बोल्न नसके पनि भेट्न जाने प्रायः सबैलाई
सहानाले चिन्नुहुन्छ । ‘हातको भाउ र इशाराले कुरा गर्ने गर्नुहुन्छ’
श्रेष्ठले भन्नुभयो ।ऊबेला राष्ट्रपति उम्मेद्वारको रुपमा समेत चर्चा
बटुलेकी सहानालाई अहिले अरुले मात्र होइन, उहाँको पार्टी एमालेले समेत
बिर्सन लागेको छ । सधैं उस्तै बिरामी त हो नि भनेर हिजोआज उहाँलाई भेट्न
कोही पनि जाँदैनन् ।
मुलुकमा सहमतीय प्रधानमन्त्री र महिला
अधिकारको आवाज चर्को रुपमा उठिरहेको बेला यी दुवै ठाउँमा उत्तिकै भूमिका
खेल्ने सहाना चाहिँ गुमनाम जस्तै हुनुहुन्छ ।
अप्रेशनको समय पर्खंदै
‘दमसँगै मुटुमा समेत समस्या देखिएपछि उहाँ
उपचारको लागि एक महिनादेखि भारतमा हुनुहुन्छ’ एमाले नेता श्रेष्ठले
बताउनुभयो । बुटवलको एक कार्यक्रममा सहभागी हुन जाँदा त्यहीँ बेहोस भएपछि
उहाँलाई भरतपुर अस्पतालमा सामान्य उपचार गराएर नयाँ दिल्ली लगिएको हो ।
नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उहाँको मुटुको शल्यक्रिया गर्ने तयारी छ
।
७६ वर्षीय अधिकारी केही महिनाअघि मुटुको
उपचारको लागि मेदान्त अस्पताल पुग्नुभएको थियो । अस्पतालले जाडोमा
शल्यक्रिया गर्दा समस्या हुने भएकाले गर्मीमा गर्नुपर्ने सल्लाह दिएको थियो
। त्यसपछि उहाँ नेपाल र्फकनुभयो । तर, फेरि समस्या भएपछि उहाँ त्यही
अस्पताल पुग्नुभएको हो । अस्पतालले शल्यक्रियाका लागि अझै केही महिना
पर्खनुपर्ने बताएपछि अधिकारी सिक्किमस्थित छोरी ज्वाईंको घरमा आराम गरेर
बसिरहनुभएको छ ।
बास्तोला दुई महिनादेखि बेहोस
‘आइसीयूबाट वार्डमा त सारिएको छ, तर होस
खुलेको छैन’ नेपाली कांग्रेस झापाका सदस्य केशवराज पाण्डेले अनलाइनखबरसित
भन्नुभयो -’डाक्टरहरुले अब क्रमिक सुधार हुन्छ भनेका छन् ।’बास्तोलाको छिटै
होस खुल्ने चिकित्सकले बताएका छन् । अहिले शरीररहको अंगहरु चल्न थालेको
चिकित्सकको भनाई उद्धृत गर्दै पाण्डेले भन्नुभयो । उहाँलाई प्रत्येक
घण्टामा पाइपको माध्यमबाट दुईसय ग्राम तरल खानेकुरा खुवाइने गरिएको छ ।
यस्तै फिजियोथेरापीको माध्यमबाट अंगहरुलाई
क्रियाशील गराउने प्रयास पनि भैरहेको छ । यसैवीच एमाओवादी अध्यक्ष
प्रचण्डका भतिज समीर दाहाल पनि दिल्लीको मेदान्त अस्पतालमा १५ दिन उपचार
गरेर बिहीबार काठमाडौं र्फकनुभएको छ ।
धेरैको दुर्घटनामा मृत्यु, केहीद्वारा आत्महत्या
१८
फागुन, क्वालालम्पुर । मलेसियामा नेपाली कामदारको मृत्युको समाचार नयाँ र
अनौठो होइन । हरेक दिनजसो कम्तिमा एक नेपालीको ज्यान जाने गरेको मलेसियामा
गत हप्तामात्रै पाँचजनाले ज्यान गुमाएका छन् । तथ्यांक अनुसार विगत १०
वर्षयता मलेसियामा २ हजार ४५ जना नेपालीले ज्यान गुमाइसकेका छन् । मृत्यु
हुने सबैको कथा-व्यथा उस्तै छ, कोही कम्पनीमा काम गर्दागर्दै त कसैको
अस्पतालमा उपचारका क्रममा मृत्यु हुने गरेको छ । केही नेपालीले आत्महत्या
समेत गरेका छन् । मलेसियाबाट प्रकाशित हुने द सन दैनिक पत्रिकाले नेपाली
दुतावासलाई उद्धृत गर्दै जनाएअनुसार सन् २००३ देखि गत वर्ष सम्म २ हजार ४५
जना नेपालीको मृत्युभएको उल्लेख गरेको छ ।
क्वालालम्पुरवाट नजिकै रहेको केलाङको एक
कम्पनीमा कार्यरत खोटाङका २३ वर्षीय सिगराज राईको यसैसाता केलाङ अस्पतालमा
उपचारका क्रममा ज्यान गएको छ । अवैधानिक रहेर काम गरिरहेका उनी विरामी
परेपछि साथीहरुको सहयोगमा अस्पताल भर्ना भएका थिए । एक वर्ष अगाडि मलेसिया
आएका उनी अवैधानिक रुपमा काम गरिरहेका थिए । हाल उनको शव पोसमार्टका लागि
केलाङ अस्पतालमै राखिएको छ । अवैधानिक रहेका कारण शव नेपाल पठाउन समस्या
परेकेा युवक तामाङले अनलाइनखवरलाई जानकारी गराए ।
त्यस्तै पेनाङमा रेलको पटरीमा अर्का एक
नेपालीले आत्महत्या गरेका छन् । फेवु्रवरी २४ तारिखका दिन उनले आत्महत्या
गरेको मलेसियाको सञ्चार माध्यमहरुले जनाएका छन । जोड गतिले आइरहेको रेलको
लिकमा उनी जादा रेलले किचेको बताइएको छ । मृतकको सनाखत हुन नसके पनि उनका
साथमा नेपाली भाषामा लेखिएको कागज भेटिएकाले उनी नेपाली रहेको खुलेको हो ।
उनको टाउको किचिएकाले भएकाले पहिचान हुन नसकेको स्रोतहरुले जनाएका छन् ।
केही नेपालीहरु आफ्ना कोही साथी पो परे कि भनेर खोजिनीति गरिरहेका छन् ।
हाल उनको शव पोसमार्टमका लागि पेनाङ अस्पतालमा राखिएको छ ।
यसैगरी पुलाउ पेनाङको सुगाइवेकापमा रहेको
सिङ सोग कम्पनीमा कार्यरत नवलपरासी अन्दाजी १८ वर्षका प्रदीप कुर्मीले
झुण्डिएर आत्महत्या गरेका छन् । आफुलाई कम्पनीमा काममा लगाउने वंगलादेशी
सुपरभाइजरले निकै नै दुख दिने गरेका कारण उनले आत्महत्या गरेको अनुमान
गरिएको छ । त्यस्तै क्वालालम्पुर भन्दा करीव चारघण्टा टाढा पर्ने टाइपिनमा
पनि एक नेपालीको ज्यान गएको छ । पर्सा जिल्ला सुनवास वैरिया गाविस वडा न ७
घर भएका २१ व्ाषर्ीय सुरज माझीको उपचारका क्रममा ज्यान गएको हो । पाचँ
महिना अगाडि मात्रै रोजगारीका लागि मलेसियाको टाईपिन सिम्पाङमा रहेको
कम्र्फोट रबर ग्लोव कम्पनीमा कार्यरत सुरेश केसीले घटनाबारे अनलाइनखबरलाई
जानकारी गराएका छन् ।
क्वालालम्पुरमा मंगलवार अर्का एक नेपालीको
ज्यान गएको छ । सानेपा घर भई मलेसियाको एक रेमिटान्स कम्पनीमा कार्यरत
रोशन श्रेष्ठको उपचारका क्रममा ज्यान गएको हो । सामान्य विरामी भएका
श्रेष्ठ उपचारका लागि आफैं अस्पताल पुगेका थिए । अस्पतालमा उपचार भैरहेको
अवस्थामा उनको ज्यान गएको हो ।
यो रोग त होइन ?
म २० वर्षीया विवाहित महिला हुँ। श्रीमान्सँग सम्पर्क गर्दा उहाँको वीर्य झरेपछि मेरो योनि एकदम पोल्छ। यस्तो भएको तीन महिनाजति भयो। के कारणले यस्तो भएको हो ? यो रोग त होइन ?किन पीडा भएको होला ?
हामीलाई थाहै छ, यौनसम्पर्क एक आनन्ददायक क्रियाकलाप हो। सम्भवतः यौन सम्पर्कबाट नै मानवले प्राप्त गर्न सक्नेमध्येको चरम आनन्द प्राप्त गर्छ। असीम आनन्द, चरमसुख, स्वर्गीय आनन्दजस्ता कतिपय नाम पनि यौनसम्पर्कको आनन्दसँग जोडिएका छन्, तर सबै यौनसम्पर्क सुखमय नहुन सक्छन्, त्यसैले यौनसम्पर्क किन पीडायुक्त हुन्छ भन्ने विषयमा केही कुरा गरौं।
योनि सुख्खा भएको स्थितिमा यौनसम्पर्क गर्दा पीडा हुन्छ र यौनसम्पर्कपछि पोल्ने हुन सक्छ। तपाईंको सन्देशमा पर्याप्त जानकारी नभएकाले यसै भन्न सकिने स्थिति भएन। पर्याप्त मात्रामा यौन उत्तेजना नभएको स्थितिमा योनि रस नै आएको हुँदैन। यस्तो स्थितिमा यौनसम्पर्कको घर्षणले पोल्ने समस्या हुन्छ। यौनसम्पर्कका दौरान त्यतातिर ध्यान नगएको हुन सक्छ, तर सम्पर्क सकिएपछि पोलेको अनुभव हुनसक्छ। योनिशो थका कारण यो समस्या थपिन सक्छ। अनावश्यक रूपमा धेरै डुस दिएर योनि सफा गर्ने बानी, केही हार्मोनयुक्त औषधीको प्रयोग, योनिमा चोटपटक (नङ, अन्य वस्तुवाट वा यौनसम्पर्ककै कारणले हुने) पनि यसको कारण हुन सक्छ।
तपाईंको आफ्नो यौन तथा यौनिकताप्रतिको धारणा स्पष्ट पार्नुभएको छैन। कतिपय स्थितिमा मानसिक कारणले यस्तो पीडा अनुभव हुने सम्भावना पनि छ। यौनसम्पर्कसम्बन्धी नकारात्मक धारणाले ग्रसित भएको स्थितिमा वा डर भएको स्थितिमा यस्तो हुन्छ। विशेष गरेर भयातुर वा डर भएका कारणले यौनसम्पर्क गर्न लाग्दा अकस्मात् योनिको मांसपेशीको संकुचित र कडा हुन्छ। यस्तो बेलामा यौनसम्पर्क राख्न खोज्दा पीडा हुनसक्छ। आशा गर्छु, त्यस्तो केही छैन।
यौनसम्पर्क राख्दा महिलाहरूमा पोल्ने कारणहरूमा योनिको संक्रमण प्रमुख हुनसक्छ। योनिको संक्रमण जीवाणु वा ढुसी जातिका सूक्ष्म जीवबाट हुन सक्छ। यसले गर्दा योनि शोथ गराउन सक्छ। यस्तो बेलामा अस्वाभाविक योनिश्राव हुन्छ र चिलाउँछ। त्यसबाहेक यौनरोग हुने सम्भावना पनि त्यत्तिकै छ। तपाईंले त्यस्तो लक्षणका बारेमा केही लेख्नुभएको छैन। शंका भए श्रीमान्-श्रीमती दुवैको परीक्षण तथा उपचार एकसाथ गर्नुपर्छ।
के तपाईंको समस्या वीर्यको एलर्जीले हो ?
कन्डम प्रयोग गर्दा यस्तो पोल्ने नहुने तर योनिमा वीर्य स्लखन हुँदा यस्तो समस्या हुन्छ भने त्यो 'वीर्यको एलर्जी' को कारणले हुन सक्छ।
यसरी वीर्य स्खलनपछि योनि पोल्ने समस्या विरलै (एक प्रतिशत) मात्र हुन्छ। त्यसो भए पनि यस्तो समस्या भएका महिलालाई निकै असहज हुनसक्छ, शारीरिक तथा मानसिक रूपमा। कसैकसैले त यौनसम्पर्कपछि केही घण्टासम्मै यस्तो असजिलो परिस्थति बेहोर्नुपर्छ। तपाईलाई थाहै होला, 'वीर्य' तपाईंको शरीरका लागि बाह्य वस्तु हो। बाह्य वस्तु शरीरमा प्रवेश गरेपछि त्यसले शरीरमा केही परिवर्तन ल्याउँछ नै। तपाईंको सन्दर्भमा तपाईंको योनिको वातावरणलाई केही नै भए पनि परिवर्तन गर्छ। यस्तो कुराले योनिशोथलाई बढावा दिन सक्छ।
तपाईंले तीन महिनादेखि समस्या भयो भन्नुभएको छ, जसको अर्थ पहिले हुँदैनथ्यो भन्ने बुझिन्छ। यस्तो परिस्थितिमा यौन क्रियाकलापमा केही परिवर्तन भएका छन् कि त्यो पनि विचार गर्नुहोला, जस्तै कि कन्डमको नियमित प्रयोग छोड्नुभएको वा पर्याप्त पाक्क्रीडा नगरी यौनसम्पर्क गर्ने गरेको वा कुनै हार्मोनयुक्त वा अन्य औषधीको सेवनले योनि बढी सुख्खा हुने स्थिति आएको छ कि ?
वीर्यको एलर्जीका लागि के गर्ने ?
समयावधि वा तीव्रता (severity) वीर्यको सम्पर्कमा आएको केही बेरपछि पोल्ने, चिलाउने, सुन्निने अनि रातो हुने हुनसक्छ। हुन त वीयर् मा भएको कुनै पनि प्रोटिनको एलर्जी हुन सक्छ। वीर्यको एलर्जी भन्नाले Human seminal plasm protein hypetsensitivity (SPH) बुझिन्छ। यो समस्या यस्तै एक प्रतिशतजति जोडीमा हुने देखिएको छ।
वीर्यको एलर्जी वीर्य योनिको सम्पर्कमा आउँदा मात्र होइन, अन्य अङ्गमा जस्तै कि मुख वा छालामा पर्दा पनि हुन सक्छ। श्रीमान्को वीर्य यसरी अन्य अङ्गमा पर्दा पनि त्यस एलर्जी हुने समस्या छ कि छैन, नलेख्नुभए पनि पक्कै तपाईंलाई थाह होला। त्यस्तो हो भने तपाईंको समस्या वीयर् को एलर्जीले सिर्जना गरेको हो भन्न सकिने बलियो आधार रहन्छ।
समाधानका लागि वीर्यको प्रत्यक्ष सम्पर्कमा आउने स्थितिलाई कम गर्नु हो। त्यसैले आवश्यकता नपरेसम्म वीर्य स्खलन पनि सीधै योनिमा पर्ने गरी नगरे समस्या कम गर्न सजिलो हुन्छ। यसका लागि सबैभन्दा राम्रो उपाय कन्डमको नियमित प्रयोग गर्नु नै हो। तपाईंलाई थाहै होला, कन्डमले यौनरोगका साथसाथै गर्भनिरोधको काम पनि गर्छ। सम्पर्कको समय कम गर्न त्यसबाहेक योनिको बाहिर, अनुहार, हात वा तिघ्रा जता वीर्य परेको भए पनि नरम हाते रुमाल वा सानो कपडाले त्यसलाई तुरुन्त पुछ्नु सहयोगी हुन्छ।
यौन मनोविज्ञान
म २४ वर्षीय अविवाहित पुरुष हुँ। मेरो काँधमा तीन जना भाइबैनीको जिम्मेवारी छ। आमा-बुवा पहाडमा खेती किसानी गर्नुहुन्छ। हामी चार जना काठमाडौंमा बसेर पढ्छौ। यही कारणले मैले कमाउनुपर्ने बाध्यता पनि छ। मेरो मुख्य समस्या भनेको म युवतीसँग संगत गर्न चाहन्छु। यद्यपि मसँगको संगत लामो समय कायम हुन सक्दैन। घरभित्र असल दाइको भूमिका निर्वाह गर्ने म बाहिर किन असल प्रेमी हुन नसकेको होला भन्ने पीरले भित्रभित्रै छट्पटिन्छु। मैले आफ्नो सबै पारिवारिक विवरण दिने भएकाले उनीहरू मसँग टाढिएका हुन् कि ? म तन्नेरी युवक भएकाले युवतीहरू मबाट प्रेम र यौनका केही क्रियाकलाप चाहने तर म त्यसो गर्न नचाहने किसिमको व्यक्ति भएकाले टाढिएका हुन् कि ? वा मैले युवतीको मनोविज्ञान बुझ्न नसकेकाले यसो भएको हो कि ? मेरो समस्यामा तपाईंको राय जान्न चाहन्छु।
एन.आर
सामान्यतः मानिसहरू आफ्नो स्वाभाव जस्तो छ, अरूबाट पनि त्यही किसिमको स्वाभावको इच्छा राख्छन्। आफूले सम्मान चाहन्छन् भने अरूलाई सम्मान दिन्छन् अर्थात् सम्मान चाहने मानिसले अरूलाई पनि सम्मान गर्न जानेको हुन्छ। यो मानिसहरूको प्राकृतिक स्वाभाव हो। यसका लागि महिलालाई अझ बढी उपयुक्त उदाहरण भन्दा हुन्छ। महिलाहरू भावनामा मात्र होइन, शब्दमा पनि आफ्नो श्रीमान्लाई सम्मान गरिरहेका हुन्छन। यस्तै व्यवहार उनीहरू आफ्नो श्रीमान्बाट पनि चाहिरहेका हुन्छन्, तर धेरैजसो श्रीमान् आफूले मनैदेखि माया गरिरहेको छु भने बढी पुलपुल्याउने काम किन गरूँ भन्ने स्वभावका हुन्छन् र यस्तो स्वाभावको आपसमा सञ्चार नहुँदा कहिलेकाहीं श्रीमान्-श्रीमतीबीच सामान्य खटपट हुन्छ। सम्बन्धका आयामहरूको अध्ययन गरिरहेका विज्ञहरूको पनि यसमा फरक राय नै छ। यससम्बन्धी अध्ययन गरिरहेका विज्ञ रवि आर्यका अनुसार महिलाहरूसँगको सम्बन्धमा तीनवटा पाटा छन्। उनीहरू माया, महत्व र प्रशंसा तीन चीजका भोका हुन्छन्। उनीहरू यी तीनै चीजका खानी पनि हुन्। तीनै चीज दिन चाहने र लिन पनि चाहने भएकाले प्रेमीहरू, श्रीमान्हरूले यसलाई बुझेर त्यसै अनुसारको व्यवहार गर्नु श्रेयष्कर हुन्छ। यहाँसम्म कि पुरानै प्रशंसा दोहोर्याए पनि उनीहरूलाई पर्याप्त हुन्छ। सधैं नयाँ र मौलिक प्रशंसा नै हुनुपर्छ भन्ने छैन।
मार्क न्याप र अनिता भ्याङलिस्टीजस्ता सम्बन्धका विज्ञहरूले पनि यसलाई स्वीकारेका छन् र भनेका छन, जोडीहरू प्रारम्भतिर आपसमा प्रशंसामा डुबुल्की मार्छन्। यो केही वर्षसम्म जारी रहन्छ र सम्बन्ध पनि प्रगाढ रहन्छ, तर बिस्तारै महत्व घट्ने, प्रशंसा र माया पनि घटे जस्तो महसुस हुन थालेपछि सम्बन्ध बिग्रन थाल्छ। यस्ता थुप्रै घटनाका उदाहरण दिन सकिन्छ।
तपाईंको समस्या सुन्दा तपाईं बाहिरजस्तै अथवा अरूसँग जस्तै प्रेमिकासँग पनि कसरी परिपक्व सम्बन्ध बनाऊँ भनेर चिन्तित हुनुभएको बुझ्न सकिन्छ। प्रेमिकासँगको सम्बन्धमा पनि तपाईं आफू निपूर्ण हुन चाहनुहुन्छ भन्ने स्पष्ट हुन्छ। बाहिरी अन्य सम्बन्ध र प्रेमिकासँगको सम्बन्ध फरक कुरा हुन्। त्यसैले यसमा फरक ढंगले व्यवहार गर्नुपर्ने हुन्छ। प्रेमिकासँगको यौनसम्बन्धको कुरा गर्न खोज्नुभएको हो भने यसका लागि आपसमा बसेर कुराकानी गर्नुपर्ने हुन्छ। प्रेमिका यौनसम्बन्धका बारेमा सकारात्मक छिन् भने खुलेर कुरा गर्न सक्नुहुन्छ। यहाँ त तपाईंको संगतमा आउनेहरू नै त्यस्तो चाहना राख्ने हुन् कि भनेर तपाईले शंका गर्नुभएको छ। त्यस्तो हुन पनि सक्छ र तपाईंको शंका मात्र पनि हुन सक्छ। तपाईंको र उनीहरूको स्वभाव मेल खान नसकेकाले यस्तो भएको हुनुपर्छ। अर्को कुरा, पारदर्शी रूपमा कुरा गर्नेलाई जसले पनि मन पराउँछ। यसमा पनि तपाईंको अनावश्यक शंका देखिन्छ।
प्रविधीविद्ले एक यस्तो पारदर्शी
कम्प्युटर बनाएका छन्, जो तपाईको सिस्टमको भित्रसम्म पुग्ने र डिजिटल
कन्टेन्टलाई छोएर तपाईको कल्पनालाई आफ्नो हिसावले ढाल्ने सुविधा दिन्छ ।
लस एन्जसलमा टीईडीको कन्फ्रेन्समा यस
कम्प्युटरको प्रारम्भिक स्वरुपबारे जानकारी दिइएको छ । बोष्टनको
मासाचुसेट्स इन्सटिच्यूट अफ टेक्नोलोजिबाट स्नातक तथा माइक्रोसफ्ट कम्पनीमा
इन्टर्नसीप गरेका जिन्हा लीले यस्तो पारदर्शी कम्पुटरको अबधारणा अघि
ल्याएका छन् ।
‘स्पेसटप थ्री डी डेस्कटप’ बनाउन जुटेका
लीले यो आबिस्कार पूर्ण हुन एक दशकसम्म लाग्न सक्ने बताएका छन् । यो
कम्प्युटरले प्रयोगकर्ताहरुलाई मेशिनसँग सम्वाद गर्ने मौका समेत दिनेछ । यो
सिस्टममा एक पारदर्शी एलईडी डिस्प्ले हुनेछ, जसमा इन बिल्ट क्यामेरा
लगाइएको हुन्छ । यो क्यामेराले प्रयोगकर्ताको हाउभाउ र आँखाको गति अनुसार
आफूलाई एडजस्ट गर्छ ।
यो सिस्टम मानिसको बस्तुसँग सम्बाद
स्थापित गर्ने आवश्यकतालाई लिएर डिजाइन गरिएको हो । यो आबिस्कारले मूर्तरुप
लिएमा आगामी दशकमा कम्प्युटरको क्षेत्रमा अर्को क्रान्ति हुने बीबीसीले
जनाएको छ ।
मोडल क्यान्डिस स्वानिपोल विश्वकै सेक्सी
महिलाको सुचिमा अग्रस्थानमा छिन् । १५ बर्षको उमेरबाट नै आफ्नो करिअर सुरु
गरेकी क्यान्डिस अहिले विश्वका करोडौ फ्यान माझ लोकप्रिय छिन् । उनलाई
फोव्र्स म्यागजिनले सर्वाधिक कमाई गर्ने मोडलहरुको सूचिको उत्कृष्ट १० मा
समावेश गरिसकेको छ ।
आकर्षक
शरिरका कारण पनि क्यान्डिसको चर्चा विश्व बजारमा चलेको हो । साउथ
अफि्रकाका जन्मिएकी यि मोडलले ५ हजार डलर दैनिक कमाउने बताइएको छ ।
चलचित्र ‘समय’ मार्फत नेपाली सिने नगरीमा
प्रवेश गरेकी नवनायिका सुरबी जैन बिष्ट यतिबेला चर्चामा छिन् । फागुन १८
गतेबाट देशभरका हलमा यो सिनेमा प्रदर्शनमा आउन लागेकाले पनि सुरबी दौडधुपमा
व्यस्त छिन् । सिनेमा क्षेत्रमा लागेकासँग प्रेम र विवाह दुवै नगर्ने
बताएकी सुरबीले गोविन्द राईले निर्देशन गरेको चलचित्र नागबेलीमा पनि अभिनय
गरिरहेकी छिन् । उनै नायिका बिष्टसँग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी :
· सिनेमा खेल्ने रहर कहाँबाट जाग्यो ?
मलाई पहिलेदेखि नै सिनेमा खेल्ने इच्छा
थियो । बेलायतमा पढाई सकेर नेपाल आएपछि केही म्युजिक भिडियोमा काम गर्छु
भन्ने थियो । तर एकाएक ‘समय’मा अफर आएपछि नाई भन्न सकिन र खेलें ।
· कस्तो पाउनु भयो त सिनेमा नगरी ?
यो क्षेत्रमा नआउँदा त मैले छ्या भन्थें ।
तर जब यो नगरीमा आएँ, साह्रै राम्रो लाग्यो । कम पैसा र सामान्य प्रविधिमा
पनि हामी धेरै सशक्त सिनेमा निर्माण गरिरहेका छौं ।
· सिनेमामा लाग्दा परिवारबाट कत्तिको अड्चन आएको थियो ?
मेरो परिवारले म यो क्षेत्रमा आउँछु भन्ने
सोचेको थिएन । तर मैले जब सिनेमा खेल्छु भने सबै अचम्ममा परें । कसैले पनि
खेल भनेनन् । तर पछि मैले कन्भिन्स गराएर काम गरें ।
· ‘समय’मा कस्तो भूमिका छ ?
म कलेजमा पढ्ने बोल्ड युवतीको भूमिकामा छु । केटा र केटीबीच कुनैपनि भिन्नता नदेख्ने युवतीको भूमिका मैले निर्वाह गरेको छु ।
· ‘समय’मा त थुप्रै उत्तेजक दृश्य दिनुभएको छ, हैन ?
प्रोमोमा देखिएको दृश्य मेरो नभएर अर्को एक नायिकाको हो । तर मैले बिक्कीसँग सामान्य सिन दिएको छु ।
· त्यस्तो दृश्य दिन गाह्रो भएन ?
२० जना मानिसको अघि हात समातेर किस खान त
गाह्रो हुन्छ नि । सुरुवातमा बिक्की र अर्की एक नायिकाले खुलेर टङ किस, बेड
सिन दिएकाले म डराएको थिएँ । मैले पनि यस्तै दृश्य दिनुपर्ने हो की भन्ने
डर मलाई थियो । तर पछि सबैले सम्झाएपयिछ अघि सरें ।
· सिनेमा हेरिसकेपछि कस्तो लाग्यो त ?
म अझै पनि मेरो क्यारेक्टरमा खुल्न सक्थें
जस्तो लागेको थियो । क्यामेराको एंगलका बारेमा नवुझेकाले पनि मैले ५०
प्रतिशत मात्र दिन सके जस्तो लाग्यो ।
· तपाईंको ‘समय’का नायक बिक्कीसग अफेयर भन्ने सुनिन्छ नि ?
त्यो एउटा हल्ला मात्र हो । किनकी सिनेमासँगै खेलेपछि, प्रमोशनमा हिँडेपछि कुरा त आइहाल्छ ।
· अफेयर चै छ कि छैन त कसैसँग ?
मेरो अहिले कसैसँग पनि अफेयर छैन । र म यो
क्षेत्रको मानिससँग सम्वन्ध राख्दिन । किनकी म एकदमै नौटंकी केटी हुँ । यो
क्षेत्रको मानिसले मलाई सम्हाल्न सक्दैन ।
· नौटंकी भनेको चाहिँ कस्तो हो त ?
मलाई साधारण मानिसले झेल्ने सक्छ जस्तो लाग्दैन । सिनेमा नगरीको मानिस त नौटंकी देखेर रमाइलो मान्छ । तर झेल्न सक्दैन ।
· अब कस्तो सिनेमा खेल्ने रहर हो त ?
चुलबुले भन्दा पनि सिरियस भूमिका गर्न सक्छु जस्तो लाग्छ मलाई । दिमागी रुपमा बिरामी मानिसको भूमिका गर्न मन छ ।
· आफूले आफूलाई कसरी मूल्याँकन गर्नुहुन्छ ?
म खुलेर शुरुवातमा कसैसग पनि बोल्न सक्दिन । तर जब म कसैसँग बोल्छु अरुलाई बोल्न नै दिन्न । म धेरैजसो रिजर्बमा बस्छु ।
· पहिलो प्रेम याद छ नि ?
फस्ट लभ त मेरो एसएलसी पढ्दा भयो । मेरो
कक्षाको फस्ट व्याइले मलाई लभलेटर लेखेको थियो । तर त्यो लभ सामान्य रुपमा
नै सकियो । केटाकेटी खेलेजस्तै भयो । एसएलसी सकिने अन्तिम दिनमा प्रपोज
गर्यो, रिजल्ट आउँदा सकिएको थियो ।
· त्यसपछि कसैसँग प्रेम गरिएन ?
कलेज पढ्दा एकजना केटासँग प्रेम गरंे । २
बर्ष साथी भएपछि उसले प्रपोज गर्यो । तर पछि म पढ्नका लागि बेलायत पुगें ।
उसले यहाँ अर्कै युवतीसँग लभ गरेको सुनें । अहिले उ मैले गल्ती गरें भन्दै
फोन गर्छ । तर म एकपटक धोका दिने मानिसलाई माफ गर्न सक्दिन ।
· खानेकुरा मिठो के पकाउनुहुन्छ ?
आलु परौठा, मिठो पकाउँछु ।
· कुन नायक साह्रै मन पर्छ ?
कर्मा मन पर्छ । उसको हाउभाउ, उसले
एक्सप्रेस गर्ने तरीका मन पर्छ । उसँग एउटा सिनेमामा काम गर्न मन छ । तर
मनैदेखि भन्दा मलाई आदित्यनारायण झासँग सिनेमामा रोमान्स गर्ने सपना छ ।
· मनपर्ने कुनै तीनजना नायक ?
सलमान खान, लिओनार्डो, जेम मलिक ।
· नेपालका तीनजना सेक्सी नायक ?
नेपालमा सेक्सी खालका नायक पनि छन् र । तर चपली हाइटका राज घिमिरे सेक्सी लाग्छ ।
· आफू चाहिँ कत्तिको सेक्सी छु जस्तो लाग्छ ?
म जति मेकअप गरेपनि, जति कपडा लगाएपनि सेक्सी देखिन्न । कसैले सेक्सी भनेनन् ।
· आफनो कुन अंग सेक्सी लाग्छ ?
आँखा चाहिँ एकदमै सेक्सी लाग्छ ।
बलिउड वादशाह साहरुख खान र नायिका दिपिका पादुकोण अहिले चलचित्र
‘चेन्नाई एक्सप्रेस’ को छायांकनमा व्यस्त छन् । तर साहरुखले दिपिकालाई एक
नायकसँग जोडेर जिस्काएपछि यि दुई कलाकार बिच शितयुद्ध सुरु भएको बताइएको छ ।
साहरुखले
नायक रणविर सिंह र दिपिकाको सम्बन्धलाई लिएर धेरै नै जोक्स गरेका थिए । तर
दिपिकाले यो कुरालाई गम्भिर रुपमा लिएकी छिन् । दिपिका साहरुखको कुरा
सुनेर दुखीत भएको बताइएको छ ।
तर साहरुखले भने आफ्नो मजाक गर्ने बानी छोडेका छैनन् । साहरुखको जोक्सलाई दिपिकाले गम्भिर रुपमा लिएपछि छायांकनस्थलमा तनाव उत्पन्न भएको छ ।
तर साहरुखले भने आफ्नो मजाक गर्ने बानी छोडेका छैनन् । साहरुखको जोक्सलाई दिपिकाले गम्भिर रुपमा लिएपछि छायांकनस्थलमा तनाव उत्पन्न भएको छ ।
चैत्र ९ गतेबाट प्रदर्शनमा आउन लागेको
लभस्टोरी चलचित्र ‘मञ्जरी’ ले दर्शकमाझ नौलो छाप छोड्दै चर्चा बटुलिरहेको छ
। नयाँ २ अनुहार र उनीहरुको लोभलाग्दो अभिनयका कारणले पनि चलचित्रले चर्चा
पाइरहेको हो ।
गणेशदेव
पाण्डेको कथा तथा निर्देशनमा तयार भएको यो चलचित्रमा गौरब पहाडी र सुजाता
कोइरालाको अभिनय छ । साधारण कथावस्तुलाई आकर्षक तबरले प्रस्तुत गरिएकाले
पनि ‘मञ्जरी’ ले चर्चा बटुलिरहेको हो ।
यसैबिच चलचित्रमा समावेश ‘जाडो’ बोलको
गीतलाई सार्वजनिक गरिएको छ । टुका इन्टरटेन्मेन्टको व्यानरमा नरेशदेव
पाण्डे, महेश चालिसे र प्रदिप उदयले निर्माण गरेको यो चलचित्रमा कालिप्रसाद
बास्कोटाको संगीत समावेश छ ।
निर्देशक पाण्डे चलचित्र ‘मञ्जरी’ ले
दर्शकलाई लैला मज्नु, रोमियो जुलियटको प्रेमलाई याद गराउने बताउँछन् ।
चलचित्रमा समावेश ‘जाडो’ बोलको गीतले पनि चर्चा पाउने विश्वास गरिएको छ ।
बुडेनले छोरा जन्माएको तिनहप्तामै फेरी अर्को गर्भ बोकेपछि यस्तो सम्भवभएको हो । बिहे गरेपछिलामो समयसम्मबच्चानहुँदाचिन्तित सेडीले पहिले एउटा छोरा जन्माइन् । छोरा जन्मेपछिउनको परिवारमाखुसी छायो र उनीआफै पनिनिकै खुसीभइन् । तर यहीँ खुसीकाबिचमा एक दिनउनीझसंग भइन् । बच्चापाएको ३ हप्ता पछि नै उनको पाठेघरमाअर्को गर्भ रहे । उनले शंकालागि प्रेग्नेन्सी टेष्ट गरिन् । परिक्षणमा पोजेटिभ देखियो ।
उनलाईअझै विश्वास लागेन र डाक्टरकोमागइन् । डाक्टरले पनिउनीगर्भवतीभएको पुष्टि गरे । गर्भ रहेको २६ हप्तामाउनले छोरी साइनालाई जन्मदिइन् । यो अहिलेसम्मकै सबैभन्दाकम समयको गर्भ रहेको र छोटो समयमाजन्मिएको बच्चा रहेको बताइएको छ ।
सेडी र डेनिस ६ महिनामै दुइबच्चापाएकोमानिकै खुसी छन् । दाजु बहिनीआजभोलि स्वस्थ रुपमाहुर्किरहेका छन् । साढे ६ महिनामाजन्मिएकायीदुइबच्चाले गिनिजबुकमानाम लेखाउने तयारी गरिरहेका छन् ।
प्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकमा सामाजिक उत्थान, आर्थिक
उन्नति र चेतनामूलक कार्यक्रम सञ्चालनका लागि नयाँ नेपाल निर्माण कोषमा एक
दिनको कमाइ योगदान गर्न सबैलाई आग्रह गरेका छन् ।
सरकारले गत कात्तिकमा जारी गरेको शासकीय तथा आर्थिक सुधारको तत्कालीन कार्ययोजना, २०६९ कार्यान्वयनका क्रममा प्रधानमन्त्रीले १० लाख स्वयम् सेवक परिचालन गरी देशको विकासमा उनीहरूलाई लगाउन विशेष कार्ययोजना ल्याउन निर्देशन दिएका हुन् ।
‘नयाँ नेपाल निर्माण कोषमा आम नेपाली जनता र गैर आवासीय नेपालीले कम्तिमा आफ्नो एकदिनको आम्दानी योगदान गर्न’ आग्रह गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कायममुकायम सचिव ङइन्द्रप्रसाद उपाध्यायले राससलाई बताएका हुन् ।
निजी अस्पताललाई पनि बिरामी बडापत्र जारी गर्न लगाउने, स्वास्थ्य क्षेत्रमा अस्वस्थ विज्ञापनलाई नियन्त्रण गर्न र निःशुल्क वितरण गरिने औषधिमा अनिवार्यरूपमा ‘निःशुल्क’ को छाप लगाउन, सबै दुर्गम स्थानमा चिकित्सक सेवा सुनिश्चित गर्दै महामारी फैलिएका स्थानमा तत्काल औषधि र उपकरणसहितको चिकित्सक टोली पुग्नसक्ने गरी जनशक्तिलाई तयारी अवस्थामा राख्न प्रधानमन्त्रीले निर्देशन समेत दिएका छन् ।
निश्चित विषयहरूमा हालै स्नातक र स्नातकोत्तर उपाधि हासिल गरेकाहरूलाई कम्तिमा तीन महिना स्वयम् सेवकका काममा लगाउन निर्देशन दिनुका साथै प्रधानमन्त्रीले सार्वजनिक संस्थानहरूलाई जनमुखी तुल्याउँदै असिमित सरकारी दायित्व वृद्धि गर्ने कार्यलाई रोक लगाउन तथा मासु, चिया, अलैंची, अदुवा, कफी, दूध, जुनारजस्ता बस्तुको प्रशोधन गरिने औजारमा पुँजीगत अनुदानको व्यवस्था गर्न निर्देशन दिएका छन् ।
करको दायरामा नआउने तर ब्रतवन्ध, पास्नी, विवाहजस्ता कार्यमा ठूलो भोजभतेर आयोजना गर्नेलाई अनिवार्य करको दायरामा ल्याउन कार्ययोजना बनाएर तत्काल आवश्यक प्रयास थाल्न अर्थमन्त्रालयलाई प्रधानमन्त्रीले विशेष निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार चालु आर्थिक वर्षभित्रै सुर्खेतमा जडीबुटी सङ्कलन तथा व्यवसाय केन्द्र स्थापना गर्ने, कृषि, दुग्धजन्य, माघा, पशुपंक्षी उद्यमीलाई व्यावसायिक कर्जामा नौ प्रतिशतमात्र व्याज लाग्ने र थप व्याजमा सरकारले अनुदान दिने निर्णय भएको छ ।
त्यसैगरी, सामाजिक सुरक्षा भत्ता पाउने हालको ७० वर्षको उमेरहदलाई ६५ मा झारिएको छ भने पाउने भत्तामा ५० प्रतिशत थप गरी वितरण गर्ने निर्णय सरकारले गरेको छ । राष्ट्रिय गौरवका आयोजनाहरूलाई कुनै पनि प्रकारको साधन–स्रोतको अभाव हुन नदिन र विद्युत् भार कटौती १२ घण्टाभन्दा बढ्न नदिन सम्बद्ध निकायलाई प्रधानमन्त्रीले पुनः निर्देशन दिएका छन् ।
सरकारले गत कात्तिकमा जारी गरेको शासकीय तथा आर्थिक सुधारको तत्कालीन कार्ययोजना, २०६९ कार्यान्वयनका क्रममा प्रधानमन्त्रीले १० लाख स्वयम् सेवक परिचालन गरी देशको विकासमा उनीहरूलाई लगाउन विशेष कार्ययोजना ल्याउन निर्देशन दिएका हुन् ।
‘नयाँ नेपाल निर्माण कोषमा आम नेपाली जनता र गैर आवासीय नेपालीले कम्तिमा आफ्नो एकदिनको आम्दानी योगदान गर्न’ आग्रह गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कायममुकायम सचिव ङइन्द्रप्रसाद उपाध्यायले राससलाई बताएका हुन् ।
निजी अस्पताललाई पनि बिरामी बडापत्र जारी गर्न लगाउने, स्वास्थ्य क्षेत्रमा अस्वस्थ विज्ञापनलाई नियन्त्रण गर्न र निःशुल्क वितरण गरिने औषधिमा अनिवार्यरूपमा ‘निःशुल्क’ को छाप लगाउन, सबै दुर्गम स्थानमा चिकित्सक सेवा सुनिश्चित गर्दै महामारी फैलिएका स्थानमा तत्काल औषधि र उपकरणसहितको चिकित्सक टोली पुग्नसक्ने गरी जनशक्तिलाई तयारी अवस्थामा राख्न प्रधानमन्त्रीले निर्देशन समेत दिएका छन् ।
निश्चित विषयहरूमा हालै स्नातक र स्नातकोत्तर उपाधि हासिल गरेकाहरूलाई कम्तिमा तीन महिना स्वयम् सेवकका काममा लगाउन निर्देशन दिनुका साथै प्रधानमन्त्रीले सार्वजनिक संस्थानहरूलाई जनमुखी तुल्याउँदै असिमित सरकारी दायित्व वृद्धि गर्ने कार्यलाई रोक लगाउन तथा मासु, चिया, अलैंची, अदुवा, कफी, दूध, जुनारजस्ता बस्तुको प्रशोधन गरिने औजारमा पुँजीगत अनुदानको व्यवस्था गर्न निर्देशन दिएका छन् ।
करको दायरामा नआउने तर ब्रतवन्ध, पास्नी, विवाहजस्ता कार्यमा ठूलो भोजभतेर आयोजना गर्नेलाई अनिवार्य करको दायरामा ल्याउन कार्ययोजना बनाएर तत्काल आवश्यक प्रयास थाल्न अर्थमन्त्रालयलाई प्रधानमन्त्रीले विशेष निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार चालु आर्थिक वर्षभित्रै सुर्खेतमा जडीबुटी सङ्कलन तथा व्यवसाय केन्द्र स्थापना गर्ने, कृषि, दुग्धजन्य, माघा, पशुपंक्षी उद्यमीलाई व्यावसायिक कर्जामा नौ प्रतिशतमात्र व्याज लाग्ने र थप व्याजमा सरकारले अनुदान दिने निर्णय भएको छ ।
त्यसैगरी, सामाजिक सुरक्षा भत्ता पाउने हालको ७० वर्षको उमेरहदलाई ६५ मा झारिएको छ भने पाउने भत्तामा ५० प्रतिशत थप गरी वितरण गर्ने निर्णय सरकारले गरेको छ । राष्ट्रिय गौरवका आयोजनाहरूलाई कुनै पनि प्रकारको साधन–स्रोतको अभाव हुन नदिन र विद्युत् भार कटौती १२ घण्टाभन्दा बढ्न नदिन सम्बद्ध निकायलाई प्रधानमन्त्रीले पुनः निर्देशन दिएका छन् ।
नायिका मौसमी मल्लका छोरा बिक्की मल्ल र
नव नायिका सुरबी जैन बिष्टको प्रेमसम्बन्धको हल्लाले बजारमा राम्रै चर्चा
पाइरहेको छ । तर नायिका बिष्ट भने बिक्की आफ्नो साथी मात्र भएको बताउँछिन् ।
उनले अभिनय गरेको चलचित्र समय फागुन १८ गतेबाट देशभरका हलमा प्रदर्शनमा
आउँदैछ ।
नायिका
बिष्टले नायक मल्लले टङ किस खादा आफु डराएर भाँगेको रहस्य खोलेकी छिन् ।
अनलाइनखबरसँग कुरा गर्दै बिष्टले भनिन्, ‘बिक्कीले चलचित्रकी अर्की एक
नायिकासँग टङ किस खाँदा म डराएर भाँगेको थिए ।’ आफूले पनि यस्तै दृश्य
दिनुपर्छ भन्ने डरले भागेको सुरबीको भनाई छ ।
चलचित्रमा नायक बिक्की मल्लले चलचित्रकी
अर्की नायिका संकृतीसँग उत्तेजक दृश्य दिएका छन् । सेन्सर बोर्डले विक्की र
संकृतीको दृश्यमा आपत्ती जनाएको थियो । आफ्नो प्रेमप्रसंगका बारेमा कुरा
गर्दै सुरबीले भनिन्, ‘एसएलसी पढ्दा र कलेज पढ्दा प्रेम भयो ।’ तर दुबै
युवकसँगको प्रेम लामो समयसम्म नटिकेको उनको भनाई छ । उनलाई सिनेमा
क्षेत्रको व्यक्तिले आफुलाई सम्हाल्न नसक्ने भन्ने लाग्छ । यसैले सिनेमा
नगरी भन्दा बाहिरको व्यक्तिसँग बिहे गर्ने सोचाई उनले राखेकी छिन् ।
सुरबीसँग गरिएको विस्तुत अन्र्तवार्ता शुक्रबार प्रकाशन गरिनेछ ।
नायिका शर्लिन चोपडाले ‘कामसुत्र थ्रीडी’ मा पुनः काम गर्ने भएकी छिन् ।
निर्माणपक्षसँग विवाद भएपछि केही समय अघि उनलाई सिनेमाबाट निकालिएको थियो ।
तर शर्लिनको कामप्रतिको लगावका कारण उनलाई पुनः सिनेमामा लिन लागिएको हो ।
यो
सिनेमामा शर्लिनले ८ पुरुषको अघि नागिंने छिन् । निर्माण युनिटका अनुसार
सिनेमामा शर्लिनसँगै अन्य केही कलाकारको पनि न्युड सिन समावेश हुनेछ ।
प्लेब्वाई पत्रिकामा न्यूड फोटोसुट गरेपछि उनको चर्चा एकाएक चुलिएको थियो ।
अनसन बस्न पनि दिएन सरकारले
१७ फागुन, काठमाडौं । उहाँलाई न खान,
लाउनको दुःख छ । न बस्ने ठाउँको चिन्ता । घरमा ठाकठुक परेको पनि छैन ।
माइतीसँग आउनुजानु बन्द भएको पनि होइन । तर घरपरिवार, माइती र आफन्त सबै
छोडेर उहाँ अहिले बेबारिसे झैं सडक छेउमा लड्नुभएको छ । एक हप्ता भयो पानी
समेत पिउनुभएको छैन । खानाखाजा त परको कुरा ।
अर्घाखाँची माइती र जनकपुर घर भएकी शारदा
भुसाल झालाई घरपरिवार र आफन्तको मात्र होइन, हिजोआज आफ्नो समेत मतलब छैन ।
देशमा बढ्दो भ्रष्टाचार र अनियमितता जरैदेखि उखेलिनुपर्छ भन्ने एकसूत्रीय
माग बोकेर उहाँ राजधानी आउनुभएको छ । आफ्नो जायज माग्ने सुन्नुको सट्टा
सरकारले लखेट्न थालेपछि उहाँ खानु न खुट्नुसँग रत्नपार्कको सडकमा
लडिरहनुभएको छ । सहयोगीले बनाइदिएको टेन्टमुनी पल्टेर उहाँ भ्रष्टाचारमुक्त
देश बनेको सपना देखिरहनुभएको छ ।
सरकारी तारो
जताततै भ्रष्टाचार र अनियमितता देखेर खप्न
नभएपछि भुसाल आफ्ना सहयोगीहरु सहित अघिल्लो शुक्रबारदेखि अनसन बस्न भनेर
जनकपुरबाट राजधानी आउनुभएको हो । भ्रष्टाचार नियन्त्रण गर्ने निकाय
अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि नै अनसन बस्ने उहाँको योजना थियो ।
यही योजना अनुसार उहाँ साथीहरु सहित शुक्रबार बिहान अख्तियारको प्राङ्गण
पुग्नुभयो । तर अनसन बस्दैछन् भन्ने कुरा पहिल्यै थाहा पाएको प्रहरीले
झ्याँकुटी पारेर कमलपोखरी चौकी पुर्यायो ।
‘हामीलाई किन ल्याएको भन्दा माथिको आदेश
भन्दै दुई दिनसम्म प्रहरीले राखे’ भ्रष्टाचार बिरोधी अभियानकर्ता संगीता
थापाले अनलाइनखबरसित भन्नुभयो । शनिबार राति कमलपोखरी प्रहरीले छोड्यो । तर
राति जाने ठाउँ कहीँ नभएपछि उहाँहरु आइतबार बिहानबाट त्यहाँबाट हिँड्नुभयो
। त्यहाँबाट सिधै शान्तिबाटिका, रत्नपार्कमा अनसन बस्ने तयारी भएपनि
त्यहाँ राखिएको टेन्ट पनि प्रहरी भत्काइदियो । तीन ठाउँमा बस्दै, लखेटिँदै
गरेपछि आइतबारदेखि मात्र उहाँहरु शान्तिबाटिकामा बस्न पाउनुभयो । पहिले
भुषालसँगै अनसनमा बसेका अरु दुईजनाले स्वास्थ्यले साथ नदिएपछि छोडे । तर
शारदा भुसाल भने कुनै पर्वाह नगरी खानु न पिउनुसँग सुतिरहनुभएको छ ।
स्वास्थ्य अवस्था गम्भीर
सात दिनदेखि पानी समेत नखाई अनसन बसेकी
भुसालको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ । बिहान केहीबेर खान ढिलो
भयो भने त मान्छे भोकले छटपटाउँछ । उहाँ त सात दिनदेखि मुखमा केही नहाली
सुतिरहनुभएको छ । ‘उहाँ बोल्न नसक्ने भैसक्नुभएको छ, उठ्न पनि नसक्ने गरी
शरीर कमजोर भएको छ’ थापाले भन्नुभयो ।
तर शरीर कमजोर भएपनि भुसालको आँट गलेको
छैन । ‘राज्यका बिभिन्न निकायमा भएको ब्रम्हलुट म हेरेर चुपचाप बस्न
सक्दिन, बरु मर्छु माग पूरा नभएसम्म यहाँबाट उठ्दिन’ त्यहाँ पुगेका समर्थक र
सञ्चारकर्मीसित बिस्तारै कुरा गर्ने क्रममा भुसालले भन्ने गर्नुभएको छ ।
आँखैले भ्रष्टाचार देखेपछि अभियानमा
चर्चा कमाउने रहरले भुसालले यसो गर्नुभएको
हैन । स्थानीय निकायमा भएको भ्रष्टाचार प्रत्यक्ष रुपमा देखेपछि उहाँ
त्यसबिरुद्धको आन्दोलनमा होमिनुभएको हो । चार वर्ष अघिदेखि स्थानीय निकायमा
भएका भ्रष्टाचार र अनियमितताका प्रमाणहरु संगलन गरी जिल्ला प्रशासन
कार्यालय र अख्तियारमा उहाँले पटकपटक निवेदन दिनुभएको छ । तर कुनै निकायले
कार्वाही प्रकृया अगाडि नबढाएपछि डेढ वर्षअघि उहाँ महोत्तरीमा आमरण अनसन
बस्नुभयो ।
१३ दिनसम्म आमरण अनसन बसेपछि सरकारले
उहाँसँग वार्ता गर्यो । छानबीन आयोग गठन गर्ने सरकारको प्रतिबद्धतापछि
उहाँले त्योबेलाको अनसन तोड्नुभयो । सरकारले गठन गरेको छानबीन टोलीले
अनुसन्धान गर्दा भुसालले कोट्याएको विषयभन्दा पनि बढी र अझै भयावह रुपमा
भ्रष्टाचार र अनियमितता भएको प्रतिवेदन सार्वजनिक भयो । यो प्रतिवेदन
कार्वाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुग्यो । तर आयोगले
छानबीनको सट्टा निलम्बनमा परेका स्थानीय निकायका कर्मचारीलाई समेत फुकुवा
गरिदिएको भुसालाको आरोप छ ।
यसरी भ्रष्टाचार भएको प्रमाणित हुँदा पनि
दोषीलाई कार्वाही नहुने देखिएपछि भुसाल फेरि अनसनमा बस्नुभएको हो ।
महोत्तरीको बनौली दमौली, लोहारपट्ट िर सुन्दरपुरमा भएको अनियमितता छानबीन
गरी दोषीलाई कार्वाही हुनुपर्ने उहाँको माग छ ।
उमेरले डाडा काटे पनि यौन इच्छाले भारतीय नागरिक रामजित राघवलाई छोडेको छैन् । उनी ९६ वर्षमा बाबु बनेका छन् । ९६ वर्षमा बाबु बनेसँगै उनले विश्वमा सबैभन्दा बढी उमेरमा बाबु हुने कीर्तिमान तोडेका छन् ।
यसअघि उनले सन् २०१० मा उनकी पत्नी शकुन्तलाले पहिलो छोरा जन्माएकी थिइन् । शकुन्तलाले ५४ वर्षको उमेरमा अर्को छोरा जन्माएपछि राजितले आफ्नै कीर्तिमान तोडेका हुन् । राजित राघव भारतको राजधानी नयाँ दिल्लीभन्दा ३१ माइल टाढा हरियाणा राज्यको खरखोडाका स्थानीय बासी हुन् ।
वृद्ध उमेरमा बाबु बनेका रामजितले भनेका छन् ‘यो सबै ईश्वरको मर्जी हो । उपरवालाको इच्छा नै मेरो अर्को छोरा होस् भन्ने भएपछि म यसमा के गर्न सकछु र ?’ सामान्य खेती किसानीमा व्यस्त जीवन यापन गर्दै आएका रामजितले अस्पतालमा चिकित्सक समक्ष आफू बाबु भएको दाबी गर्दा चिकित्सकले हाँसेर उडाएका छन् । ९६ वर्षमा बाबु बने पनि अन्य भारतीय नागरिक भन्दा उनको औसत आय भने कम्ति रहेको छ ।
भारतको हरियाणाको सरकारी अस्पतालमा शकुन्तलाले गएको महिनामा छोरा पाएपछि उनी ९६ वर्षमा बाबु भएको पक्का भएको हो । चाहाना नहुँदानहुँदै पनि ईश्वरको वरदान भएको बताउने उनले शकुन्तलालाई छोराछोरी नपाउने गरी शल्यक्रिया गर्न भनिसकेको समेत बताएका छन् ।
उमेरले डाडा काटेपछि पनि उनी भन्छन् ‘एक रातमा दुई देखि तीन पटकसम्म यौन सम्पर्क गर्छु ।’ उनको यौ यौन सम्पर्कको शैलीलाई छिमेकीले उत्साहाका साथ हेर्ने गरेका छन् । छिमेकीको जिज्ञासालाई मेट्दै उनी भन्छन् ‘भगवतइच्छा, म स्वास्थ्य छु र सहवासको आनन्द लिन्छु । मलाई लाग्छ पतिपत्नीको मधुर सम्बन्धा लागि नियमित यौन सम्पर्क हुनु महत्वपूर्ण हुन्छ । शकुन्तलाले यौन सम्पर्कका लागि भन्दा म रातभरि नै सहवास गर्न सक्छु, तर छोराका लागि अहिले हामीले आफ्ना यौनेच्छा पन्छाएका छौँ ।’
चर्चित अमेरिकी गायिका तथा नायिका क्रिष्टिना मिलनको समुन्द्री किनारमा
स्तन नै देखिएपछि लज्जित बन्नुपरेको छ । मायामीको समुन्द्रि किनारमा यस्तो
घट्ना घटेको थियो। उनको स्तन देखिएलगतै ३१ वर्षिय गायीका यो सम्हालिएकी
थिइन् । एक बच्चाको आमा समेत रहेकी क्रिष्टना हाल भने एक्लै छिन्। पहिलो
पतिसंग सम्वन्ध विच्छेद गरेपछि उनी हाल योग्य बरको खोजी रहेकी छिन्।
तस्विरमा हेरौ उनको समुन्द्री किनारको मस्ति..
तस्विरमा हेरौ उनको समुन्द्री किनारको मस्ति..
नायक राजेश हमालले चलचित्रको पर्दामा त
थुप्रै गेटअपमा अभिनय गरिसकेका छन् । तर म्यूजिक भिडियोमा भने हमालको भिन्न
गेटअप कमै मात्र देखिएको छ । यसैक्रममा नायक हमाल थारु जातीले लगाउने
पहिरनमा देखिएका छन् । लोकपप गायक अर्जुन कौशलको ‘भूकम्प’ एल्बममा समावेश
‘नथियावाली’ बोलको गीतमा हमालको यस्तो गेटअप देख्न सकिन्छ ।
हमालसँगै नायिका सोनिया केसी पनि थारु जातीको पहिरनमा देखिएकी छिन् । यो एल्बमको शनिबार काठमाण्डौमा बिमोचन हुँदैछ ।
मानिसको पिसावमा कुनै खरावी छ कि छैन भनेर
जाँच्न अब प्रयोगशाला धाउन नपर्ने भएको छ । अमेरिकाको लस एन्जलसमामा जारी
प्रविधी मेलामा मुत्र जाँच गरी विरामीको रोग पत्ता लगाउने स्मार्टफोन एप
सार्वजनिक गरिएको छ ।
यो एपले पिसावमा रहेको ग्लूकोज, प्रोटिन र
नाइट्रेट समेत कुल १० तत्व जाँच्न सक्छ । यस्तै डाइबिटीज अर्थात
मधुमेहदेखि पिसावको संक्रमण लगायतका रोग पनि पत्ता लगाउनेछ ।
यो परीक्षणका लागि स्मार्टफोन
प्रयोगकर्ताहरुले आफ्नो विसावमा एक स्ट्याण्डर स्टि्रप डुवाउनु पर्छ ।
त्यसपछि उक्त स्टि्रपलाई यस एपसँग जोडिएको अर्को स्टि्रपमा राख्नु पर्छ ।
त्यसमा केही रंग देखिन्छ । त्यही रंगका आधारमा स्मार्टफोनमा रहेको एपले
विश्लेषण गर्न सुरु गर्छ ।
यो एप मार्चको अन्त्यसम्ममा एपलको एप
स्टोरमा उपलब्ध हुनेछ र यसको मूल्य २० डलर पर्ने डेभलपरहरुले बताएका छन ।
यो एपलाई भारत मुम्बईको किङ्ग एडवार्ड अस्पालमा पनि राखिनेछ ।





