वैज्ञानिकहरुले बच्चाले जन्मिनु तिन महिना अघि नै पाठेघरमा रहेको अवस्थामा बाहिरी वातावरणको आवाज सुन्ने तथ्य पत्ता लगाएका छन् ।
फ्रान्सेली
वैज्ञानिकहरुले बच्चाले गर्भमै बाहिरको आवाज सुनेर चिन्नसक्ने दाबी गरेका
हुन् । युनिभर्सिटी अफ पिकार्डीका शोधकर्ताहरुले २८ हप्ताको गर्भको अप्टिकल
स्क्यानिङ गरी यो कुराको प्रमाणित गरेका हुन् ।
बच्चाले गर्भमै बाहिरको आवाज सुन्न सक्ने र
उक्त आवाज महिला वा पुरुष कसको रहेको छुट्टाउन सक्ने निष्कर्ष उनीहरुको छ ।
गर्भ रहेको ६ महिनामा बच्चाको कान विकशित हुन्छ । यसपछि ऊ आफ्नी आमाको बोली सहित अरु विभिन्न आवाज सुन्न र छुट्टाउन सक्ने हुन्छ ।
तर, बोलेको कुरा बुझ्ने क्षमताको विकाश
भने गर्भमै वा जन्मेपछि हुन्छ भन्ने कुरा भने वैज्ञानिकहरुले पत्ता लगाउन
सकेका छैनन् । तर पछिल्लो अध्ययनले के कुरा देखाएको छ भने बच्चाले गर्भमै रहँदाबाट भाषा सिक्न सुरु गर्छ ।
सरीरमा
पानीको कमीले विभिन्न खालका स्वास्थ्य समस्या उब्जिन्छन् । सरीरमा पानी कम
भयो भने कब्जियत, पाइल्स, मृगौलाको पत्थरी, पाचन प्रक्रियामा गडबडीका साथै
उच्च रक्तचाप लगायतका समस्या पैदा हुन्छन् ।
एक पन्थ दो काज भनेझैँ यस्ता खानेकुराको
सेवनले सरीरमा अन्य पोषक तत्वको आपूर्ति सँगै पानीको पनि आपूर्ति हुन्छ ।
सरीरमा पानीको मात्रा सन्तुलित गराउने फलफूल र तरकारीहरु मध्ये केही निम्न
छन् ः
गोलभेँडाः गोलभेँडामा पोटासिएम र लाइकोपाइन तत्वका साथै ९० प्रतिशत पानी हुन्छ । गोलभेँडाको सेवन मोटोपन घटाउन पनि कामयावी हुन्छ ।
गाजर: गाजरमा एन्टी
अक्सिडेन्ट, भिटामिन तथा प्रोटिन लगायतका तत्व पाइन्छन् । सलादको रुपमा
साथै अन्य समयमा पनि नियमित रुपमा गाजर खाने गरेमा सरीरमा पानीको कमी हुने
समस्या रहँदैन ।
मूला: मूलामा अत्यधिक
पानीका साथै फलाम लगायतका लवण पनि पाइन्छन् । मुलाले सरीरमा पर्याप्त पानी
आपूर्ति गर्ने मात्र होइन मोटोपन नियन्त्रणमा पनि सघाउ पुराउँछ ।
काँक्रो: काँक्रोमा लगभग ९६ प्रतिशत पानी हुन्छ र बाँकी ४ प्रतिशत फाइबर हुन्छ । काँक्रो खानाले पानीको आपूर्तिसँगै कब्जियतको समस्या पनि दूर हुन्छ ।
आरु: यो फलमा भिटामिन ए,
सी तथा बिटा क्यारोटिन नामक तत्व हुन्छ । आरुमा पर्याप्त पानी पनि हुन्छ ।
यसको सेवन पनि स्वास्थ्यको लागि निकै लाभदायी हुन्छ ।
सुन्तला: सुन्तलाको नियमित खानाले सरीरमा पानीको आपूर्ति मात्र होइन फाइबर लगायत अन्य महत्वपूर्ण पौष्टिक तत्वको पनि कमी हुन पाउँदैन ।
भुइँकटहर: यसमा पनि घुलनशील रेशा तथा एन्टी अक्सिडेन्ट हुन्छ । जसले सरीरलाई तन्दुरुस्त राख्छ र छिटै बुढो देखिनबाट बचाउँछ ।
खरभुजा, तरभुजा: यो
गर्मी याममा पानीको आपूर्ति गर्ने सबैभन्दा उत्तम र शुलभ फल हो । यसमा
पानीको साथै भिटामिन ए, बी, पोटासिएम तथा म्याग्नेसियम लगायतका तत्व पनि
पाइन्छ ।
स्ट्रबेरी: यो पनि निकै लाभदायक फल हो । यसमा भिटामिन तथा प्रोटिन पाइन्छ । यसले रक्तचाप नियन्त्रण गर्नुका साथै मोटोपन पनि घटाउँछ ।
सम्भोग सुरु गर्नु अघि यौन उत्तेजना वढाउन गरिने विभिन्न यौन क्रियाकलाप
प्राक्कक्रिडा (फोर प्ले) गर्ने गर्नु पर्छ। यौन क्रियाकलापलाई सुमधुर
वनाउन गरिने कुनैपनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन,
प्रेमवार्ता, सृंगाररसयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ। तर कतिपय
मानिसहरु एकैचोटी सम्भोग गर्छन। यसो गर्दा पुरुष तथा महिलाको
यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो
हुन्छ। यौन सुख लिने क्रममा तालमेल मिल्दैन ।

यथोचित प्राक्कक्रिडामा संलग्न हुदा यौन अनन्दलाई यसको चरम विन्दुमा पुर्याउन मद्दत गर्छ।प्राकक्रिडामा संलग्न हुदा एक अर्काको शरीर, उसका संवेदनशिल अंगका वारेमा थाहा हुने मात्र होइन, दम्पतीवीच एक आपसमा कुराकानी हुने र एक अर्कालाई राम्ररी वुझ्ने अवसर पनि मिल्छ। आपसी समझदारी वढाउन मद्दत मिल्छ। यहि आपसी समझदारीले नै वैवाहिक जीवन उच्चतम रुपमा सफल हुन्छ। यसका लागि यौनप्रतिक्रिया चक्र र संवेदनशिल अंगका वारेमा थाहा हुनुपर्छ।
उत्तेजनात्मक अंगहरु व्यक्ति व्यक्तिमा केहि फरक पर्ने भए पनि यौनाङग, यौन वरिपरिको क्षेत्र, चाक, नितम्व, ओठ गर्दन, स्तन काखी, तिघ्रा, नाभी क्षेत्र केहि प्रमूख यौन संवेदनशिल क्षेत्र हुन्। यौनाङ्गको कुरा गर्दा पुरुष लिङ्ग जति महत्वपूर्ण छ, महिलाको भगांकुरलाई विर्सनुहुन्न। यौन सुखका लागि शारीरिक मात्र होइन मानसिक तयारी पनि आबश्यक पर्छ।
चरम सुख कसरी थाहा पाउने ?
मानव यौन प्रतिक्रिया चक्रका चारवटा चरण हुन्छन् । एक्साइटमेन्ट फेज, प्लाटो फेज, अर्गाजम फेज र रिजोलुसन फेज। एक्साइटमेन्ट फेज – यस उत्तेजनाको चरणलाई निरन्तरता दिए मानिस प्लाटो फेजमा पुग्छ। यो चरणमा यौन उत्तेजनाको मात्रा अझ वढ्छ। महिलाहरुमा यौनिद्धार अझै खुल्ने तथा यस वरिपरिको भाग फुल्ने हुन्छ। योनी वरिपरिको भाग यसरी वढ्ने भएका ले भंगकुर अलि भित्र दवेको जस्तो देखिन्छ। स्तनपान नगराएका महिलाहरुमा स्तनको आकार वढेको देख्न सकिन्छ। आधा भन्दा वढीजसो महिलाहरुमा अनुहार र शरीरको छाला रातो देखिन्छ। पुरुषले जस्ते यस चरणमा महिलाले पनि अनन्तरिक न्यानोपन तथा दवावको मह्सुस गर्छ। माशंपेशीहरुमा तनाव पैदा हुन्छ तथा रक्तचाप वढ्छ।
प्लेटो फेजमा भएको यौन स्टिमुलेसन निरन्तररुपमा भएमा चरम सुखको चरण (अर्गाजम फेज) मा पुगिन्छ । यो चरणमा वढ्दै गएको यौनतनावको उन्मोचन हुन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौनजीवनमा यस चरणको विशेष महत्व छ। यस चरणमा मांसपेशीहरुमा निकै तनाव आउछ र खुम्चिने तथा खुल्ने हुन्छ। महिलाहरुमा पाठेघर तथा योनिको बाहिरी भाग एवं शरीरको तल्लो भागका मांसपेशीरु खुम्चने तथा फुक्ने हुन्छन्। पूर्णचरम सुख पाउदा यस्तो मांसपेशी खुम्चने, फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ। यस बेला जुन सुखानुभूति हुन्छ हामी त्यसलाई चरम सुख वा चरम स्वर्गीय आनन्द भन्छौं। यसपछि पुनः सबै कुरा सामान्य अवर्थामा आउने क्रम सुरु हुन्छ, जसलाई हामी रिजोलुसन फेज भन्छौं ।
संसारमा सबैभन्दा मीठो, प्रिय शब्द कुन हो भनेर सोध्यो भने अधिकांशको जवाफ
‘प्रेम’ भन्ने आउँछ । साँच्चैभन्दा हामी प्रेमकै कारण जीवन जिइरहेका
हुन्छौँ ।

प्रेमका प्रकार र प्रकृतिमा फरक–फरक हुन्छ । बुबाआमा, दाजुभाइ, दिदीबहिनी, इष्टमित्र, साथीसंगीलाई गर्ने प्रेम पनि फरक हुन्छ तर सबैसँग गर्ने प्रेम निकै चोखो र मीठो हुन्छ । अझ प्रेमिकासँग गर्ने प्रेम त सबैभन्दा माथि हुन्छ, चोखो हुन्छ ।
यस्तो चोखो मायालाई अझ गाढा बनाउन सेक्सका महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसैले पनि सेक्सलाई प्रेम अभिव्यक्तिको अन्तिम बिन्दु भनिन्छ । तर अब भने व्यवहारमा यो भनाइभन्दा ठीकविपरीत हुन थालेको छ ।
केही अगाडिसम्म पहिले प्रेम त्यसपछि सेक्स हुन्थ्यो तर अब भने पहिले सेक्स अनिमात्र प्रेम हुन थालेको छ । अर्थात् प्रेमको सुरुआत नै सेक्सबाट हुन थालेको छ । लन्डनमा हालै भएको एक अध्ययनले यस्तो तथ्य फेला पारेको हो ।
प्रेम सम्बन्धमा बाँधिएका चार हजारभन्दा बढी जोडीबीच गरिएको सो अध्ययनमा सहभागी अधिकांशले प्रेमको सुरुवातताका नै सेक्स गरेको बताएका थिए । प्रविधिको विकास र सेक्सलाई हेर्ने दृष्टिकोण खुकुलो भएकोले पनि प्रेमभन्दा पहिले सेक्स गर्ने संस्कृतिको विकास भइरहेको अध्ययनको निष्कर्ष छ ।
गायक अर्जुन कौशलको शब्द, स्वर तथा संगीतमा समावेश एल्बम भिरको बाटो ३
(भूकम्प) बजारमा आएको छ । यो एल्बमको शनिबार काठमाण्डौमा आयोजित एक
कार्यक्रममा नायक राजेश हमाल, संचारकर्मी हेम सुबेदी लगायतले बिमोचन गरेका
थिए । गायक कौशलले नायक राजेश हमाललाई पाल्पाली ढाका टोपी लगाएर स्वागत
गरेका थिए । यस्तै कार्यक्रममा उपस्थित संचारकर्मीहरुलाई पनि पाल्पाली ढाका
टोपी लगाएर सम्मान गरिएको थियो ।
‘भूकम्प’
एल्बममा ८ गीत समावेश गरिएको छ । कार्यक्रममा एल्बममा समावेश ‘नथियावाली’
बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । शिव बीकले निर्देशन गरेका
भिडियोमा नायक राजेश हमाल र नायिका सोनिया केसीले अभिनय गरेका छन् ।
नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि लागेको गायक कौशलले यसअघि भिरको बाटो १ र २ बजारमा ल्याइसकेका छन् ।
नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि लागेको गायक कौशलले यसअघि भिरको बाटो १ र २ बजारमा ल्याइसकेका छन् ।
केन्यामा ४
मार्च अर्थात सोमबार आम चुनाव हुँदैछ । अमेरिकी राष्ट्रपति बाराक ओबामाका
सौतिनी दाजु मलिक ओबामा पश्चिम प्रान्त सिआयाको गर्भनरको चुनाव लड्दैछन् ।
उनले भनेका छन्-’म मलिक ओबामाको हैसियतमा
चुनाव लड्दैछु । तर, म आफ्नो उपनाम र आफ्नो भाईसँगको सम्बन्धलाई अस्वीकार
गर्न सक्दिन । मलाई लाग्छ, मानिसहरु ओबामाको भाई कस्ता छन् भनेर हेर्न र
बुझ्न चाहन्छन् ।’
मलिकले सन् २००८ को राष्ट्रपति चुनावमा
ओबामाले प्रयोग गरेको जस्तै परिर्वतनको नारा अघि सारेका छन् । गरीबी
अन्त्य, आधारभूत आवश्यकता परिपूर्ति र औद्योगिकरण उनको मूख्य चुनावी लक्ष्य
छ । एक चुनावी र्यालीलाई सम्बोधन गर्दै उनले भनेका छन्-’मलाई विश्वास छ
कि तपाई सबैले मलाई समर्थन गर्नुहुनेछ र यो महत्वपूर्ण पदका लागि मलाई भोट
दिनु हुनेछ, ताकि हामी सिआयामा परिर्वतन ल्याउन सकौं ।’
सन् २०१० मा केन्यालाई ४७ काउन्टीमा
बाँडेपछि पहिलो पटक हुन लागेको आम चुनावमा ५४ वर्षीय मलिक निर्दलीय
उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् । उनको प्रतिद्वन्द्वी राजनीतिक दलका
उम्मेदवार छन् । चुनावमा अन्य उम्मेदवारले राम्रै पैसा खर्च गरेका छन् तर,
मलिक यसमा पछि परेका छन् । उनले एक क्यामेराम्यानसँग चुनावी खर्चका लागि
सहयोग मागे पनि पाएनन् ।
बाराक ओबामाका पिता केन्यामा बस्थे र ओबामाका थुप्रै आफन्त अहिले पनि केन्यामा नै बस्दै आएका छन् ।
कला भन्ने
कुरा विचित्रकै हुन्छ । कलाबाट अद्भुत तथा अनौठा चिजवस्तु तयार हुन्छन् ।
पत्याउनै नसक्ने खालका आकृति बनाइन्छन् । स्विडेनकी एक महिला कलाकारले पनि
यस्तै अनौठो कलाकारितामार्फत अहिले आफुलाई चर्चामा पूराएकी छिन् ।
२६ वर्षे मेकअप आर्टिस्ट सान्द्रा
होल्मबोमले आफ्नै ओठमा रंग पोतेर अनौठा आकृति तयार पारेर अनलाइनमा पोष्ट
गरेसँगै चर्चा कमाइन् । उनले आफ्नो ओँठलाई यस्तो कलात्मक ढंगले रंगाइन् की
त्यो ओँठ हो की आँखा छुट्टाउनै गाह्रो हुन्छ ।
दन्त लहर नदेखिउन्जेल त्यो आँखा नै हो
भन्न कर लाग्छ । तर जब भित्रका दाँत देखिन्छन् तब मात्र झसँग भइन्छ । त्यो त
नशालु आँखा नभएर गुलाबी ओँठ पो रहेछ । उनले आफ्नो ओँठलाई स्याउ तथा
स्टबेरीको आकारमा पनि ढालेकी छिन् ।
टेक्सस एन्ड्रोलोजी सर्भिसले उनकी
प्रेमिका टोबी देवललाई आफ्नो अनुमति विना नै शुक्राणु दिएको उनको आरोप छ ।
त्यही शुक्राणुको प्रयोग गरेर गर्भधारण गरेको बताइएको छ । अहिले देवलका
बच्चा २ वर्षको भएको छ र हार्डिनले अब ती बच्चाको लालनपालका लागि पैसा
दिनुपर्छ ।
अमेरिकामा यस्तो घटना यो पहिलो भने हैन । सन् २०११ मा जो प्रीसीलले पनि आफ्नो पूर्वप्रेमीकाविरुद्ध यस्तै आरोप लगाएका थिए ।
दोहा (कतार), फाल्गुन २० -
साउदी अरबस्थित नेपाली दूतावासले सात वर्षसम्म परिवारसँग सम्पर्कविहीन भएर
घर फिर्न वञ्चित एक घरेलु महिला कामदार (हाउसेड) लाई उद्धार गरेको छ ।
साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार झन्डै ३५ वर्ष कटेकी चित्रमाया घिमिरेलाई पाउनुपर्ने तलब दिलाई उद्धार गरिएको हो । साउदीमा परिवारको सम्पर्कमा नरहेका महिलाको संख्या बढी नै रहेको दूतावासको भनाइ छ । 'उनी सात वर्षदेखि परिवारको सम्पर्कमा थिइनन् । परिवारले खोजीका लागि निवेदन दिएको थियो,' उनले भने, 'स्पोन्सर पत्ता लगाएर उनी बस्दै आएको घर पुगेर उद्धार गरिएको हो ।'
राजदूत पाण्डेले घिमिरेले आएदेखि मालिकबाट तलबसमेत नपाएको बताए । 'उनले सात वर्षको तलब ३५ हजार रियाल पाउन बाूकी देखियो,' उनले भने, 'स्पोन्सरलाई त्यो पैसा दिलाउन लगाइयो ।'
तीन बच्चाकी आमा घिमिरेले प्राप्त रकम स्वदेश पठाइसकेकी छन् । 'आफूले पाउनुपर्ने तलब पाएपछि खुसी हुूदै घिमिरे स्वदेश गएकी छन्,' राजदूत पाण्डेले भने । घिमिरे भारत हुूदै साउदी पुगेका थिइन् । उनको स्वास्थ्य अवस्था ठीक रहेको पाण्डेले बताए ।
दूतावासले रियादबाट झन्डै १८ सय किमि टाढा रहेकी गंगा बराललाई पनि उद्धार गरी स्वदेश पठाएको छ । इरानको बोर्डर नजिक रहेको जिजानमा रहेकी बराललाई उद्धार गर्न निकै कठिनाइ परेको थियो । बराललाई घरमालिक्नीले यातना दिूदै आएकी थिइन् ।
'उनलाई उद्धार गरेर रियाद ल्याउन मात्रै ६० हजार रुपैयाू खर्च भएको छ,' राजदूत पाण्डेले भने, 'हामीले स्पोन्सर पत्ता लगायौं । उनी त्यस घरबाट निस्केर हस्पिटलमा काम गर्ने नेपाली महिलाहरूको सम्पर्कमा गएर बसिन् । त्यहाूबाट उनीलाई लिएर दूतावास ल्याइएको हो ।'
साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार झन्डै ३५ वर्ष कटेकी चित्रमाया घिमिरेलाई पाउनुपर्ने तलब दिलाई उद्धार गरिएको हो । साउदीमा परिवारको सम्पर्कमा नरहेका महिलाको संख्या बढी नै रहेको दूतावासको भनाइ छ । 'उनी सात वर्षदेखि परिवारको सम्पर्कमा थिइनन् । परिवारले खोजीका लागि निवेदन दिएको थियो,' उनले भने, 'स्पोन्सर पत्ता लगाएर उनी बस्दै आएको घर पुगेर उद्धार गरिएको हो ।'
राजदूत पाण्डेले घिमिरेले आएदेखि मालिकबाट तलबसमेत नपाएको बताए । 'उनले सात वर्षको तलब ३५ हजार रियाल पाउन बाूकी देखियो,' उनले भने, 'स्पोन्सरलाई त्यो पैसा दिलाउन लगाइयो ।'
तीन बच्चाकी आमा घिमिरेले प्राप्त रकम स्वदेश पठाइसकेकी छन् । 'आफूले पाउनुपर्ने तलब पाएपछि खुसी हुूदै घिमिरे स्वदेश गएकी छन्,' राजदूत पाण्डेले भने । घिमिरे भारत हुूदै साउदी पुगेका थिइन् । उनको स्वास्थ्य अवस्था ठीक रहेको पाण्डेले बताए ।
दूतावासले रियादबाट झन्डै १८ सय किमि टाढा रहेकी गंगा बराललाई पनि उद्धार गरी स्वदेश पठाएको छ । इरानको बोर्डर नजिक रहेको जिजानमा रहेकी बराललाई उद्धार गर्न निकै कठिनाइ परेको थियो । बराललाई घरमालिक्नीले यातना दिूदै आएकी थिइन् ।
'उनलाई उद्धार गरेर रियाद ल्याउन मात्रै ६० हजार रुपैयाू खर्च भएको छ,' राजदूत पाण्डेले भने, 'हामीले स्पोन्सर पत्ता लगायौं । उनी त्यस घरबाट निस्केर हस्पिटलमा काम गर्ने नेपाली महिलाहरूको सम्पर्कमा गएर बसिन् । त्यहाूबाट उनीलाई लिएर दूतावास ल्याइएको हो ।'
नेपाली सिनेमामा महानायकको उपाधी पाएका
राजेश हमाल समयका भने पक्का छैनन् । उनले समयको महत्व नवुझेका हुन् या
वुझेर पनि पचाएका हुन्, धेरैले बारम्बार यही प्रश्न उठाउने गर्छन ।
शनिबार
बेलुकी आयोजना गरिएको एल्बम बिमोचन कार्यक्रममा पनि हमालको यही बानीले
धेरैलाई हैरानी बनायो । राजेशले आफू साढे ४ बजे कार्यक्रमस्थलमा आइपुग्ने
बताएका थिए । आयोजकले पनि अतिथीहरुलाई हमालकै समय अनुसार बोलाएको थियो ।
तर हमालको ढिलो आउने बानीले यहाँ पनि
धेरैलाई हैरानी बनायो । साढे ४ बजेको समयमा आइपुग्छु भनेर समय दिएका हमाल
कार्यक्रममा डेढ घन्टा ढिलो मात्र आइपुगे । हमाल ढिलो आउँदा कार्यक्रममा
आएका पत्रकार तथा अन्य अतिथीहरुले दुख पाए ।
हमालको बानी देखेर कार्यक्रममा आएका एक
व्यक्तिले भने, ‘महानायकको उपाधी मात्र लिएर हुदैन, निर्वाहा गर्न पनि
जान्नुपर्छ । समयको ख्याल राख्ने, बोलीको पक्का हुने व्यक्ति मात्र महानायक
बन्न सक्छ, तर मैले हमालमा यो कुराको कमजोरी देखे ।’
राजेश हमाल ढिलो आउँदा कार्यक्रम अनावश्य
रुपमा लम्बियो । छायांकनस्थलमा समेत ढिलो आउने आरोप खेपिरहेका हमाल एल्बम
बिमोचनमा पनि आफ्नो यही बानीका कारण आलोचित भए ।
चलचित्र ‘होस्टेल’ को छायांकन अन्तिम चरणमा पुगेको छ । चलचित्रमा नेपाली
सिनेमाका चर्चित हस्तिका छोरा तथा छोरीहरुले अभिनय गरिरहेका छन् ।
चलचित्रमा नायक भुवन केसीका छोरा अनमोल केसी, टिका पहाडीका छोरा गौरब पहाडी
र निर्देशक शोभित बस्नेतका छोरा सलोन बस्नेतको अभिनय छ । चलचित्रको
मुर्हुत कार्यक्रममा पनि होस्टेलमा यिनै कलाकारहरुको नाम सार्वजनिक गरिएको
थियो ।
तर
चलचित्रमा नेपाली सिनेमाका तिन हस्तिहरुको पनि अभिनय रहेको थाहा भएको छ ।
चलचित्रमा नायक भुवन केसी, कलाकार टिका पहाडी र निर्देशक शोभित बस्नेतले
पनि अभिनय गरेका छन् । श्रोतका अनुसार, यि तिन कलाकारले वास्तविक जिवनमा
जस्तै युवा तिन नायकको पिताको भुमिका निर्वाहा गरिरहेका छन् ।
चलचित्रमा अनमोलको वुवाको भूमिकामा भुवन केसी, सलोलनको वुवाको भूमिकामा शोभित बस्नेत र गौरबको वुवाको भूमिकामा टिका पहाडीले अभिनय गरेका छन् । यस्तै यो चलचित्रमा संचारकर्मी शिशिर भण्डारी, रिस्ता बस्नेत लगायतका कलाकारले अभिनय गरेका छन् । निर्माता सुनिल रावलले, भुवन केसी, शोभित बस्नेत र टिका पहाडीको दृश्य छायांकन गर्न बाँकी रहेको बताए ।
‘होस्टेल’ को परिवेशलाई मुख्य बिषयबस्तु बनाइएको यो चलचित्रलाई सुनिल रावलले निर्माण गरेका हुन् । चलचित्रमा हेमराज क्षेत्रीको निर्देशन छ ।
चलचित्रमा अनमोलको वुवाको भूमिकामा भुवन केसी, सलोलनको वुवाको भूमिकामा शोभित बस्नेत र गौरबको वुवाको भूमिकामा टिका पहाडीले अभिनय गरेका छन् । यस्तै यो चलचित्रमा संचारकर्मी शिशिर भण्डारी, रिस्ता बस्नेत लगायतका कलाकारले अभिनय गरेका छन् । निर्माता सुनिल रावलले, भुवन केसी, शोभित बस्नेत र टिका पहाडीको दृश्य छायांकन गर्न बाँकी रहेको बताए ।
‘होस्टेल’ को परिवेशलाई मुख्य बिषयबस्तु बनाइएको यो चलचित्रलाई सुनिल रावलले निर्माण गरेका हुन् । चलचित्रमा हेमराज क्षेत्रीको निर्देशन छ ।
२० फागुन, काठमाण्डौं । राष्ट्रपति डा. रामबरण यादब र एकीकृत नेकपा
माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच पछिल्लो अवस्थाका बारेमा छलफल भएको छ ।
राष्ट्रपति भवन शीतल निवास भएको छलफलमा दलहरुबीचको सम्वाद, सहमति कायम
गर्न भएका प्रयास तथा चुनावी सरकार गठनका विषयमा छलफल भएको थियो ।
दलहरुबीच
सहमति हुन नसक्दा राजनीतिक गतिरोध लम्बिएको भन्दै गम्भिर रुपमा निर्णायक
वार्ता गर्न राष्ट्रपतिले प्रचण्डलाई सुझाव दिनुभएको थियो भने प्रचण्डले
छलफल सकारात्मक भएकाले भन्दै चाँडै गतिरोध अन्त्य हुने दाबी गर्नुभएको
बताइएको छ ।
मुसाले अन्नपात खाएको, लुगाफाटो काटिदिएको कुरा त हामीले देखे भोगेकै हो । तर बेलायतमा भने मुसाले कार नै खाइदिएको छ ।
सफोल्क क्षेत्रमा बस्ने ७४ वर्षका जिल
डेलानी नामकी महिलाले घरमा पार्किङ गरिराखेको गाडि मुसाका बथान आएर
खाइदिएका हुन् । घरको कम्पाउण्डमा कार पार्किङ गरेर विदा मनाउन गएकी जिल
विदा मनाएर केही हप्तापछि घर फर्किँदा उनको कार मुसाले सत्यनाश पारिदिएको थियो ।
हुनत मुसाले कार खर्लप्पै खाएको भने होइन ।
तर अकल्पनीय रुपमा मुसाले कारका महत्वपूर्ण सामान खाइदिएको र केही
चोरिदिएको थियो । मुसाले कारका पुर्जा खाइदिँदा झण्डै एक लाखको क्षति भएको
जिलको भनाइ छ । मुसाले कारका
इलेक्टि्रक पुर्जा देखि लिएर पेडलको रबर
तथा सिट लगायतका भाग खाइदिएको थियो । मुसाले वाइरिङ सिस्टम तथा सिटबेल्टमा
पनि निकै क्षति पूराइदिएको जिल बताउँछिन् ।
जिलले मुसाले खाइदिएको आफ्नो कार
ग्यारेजमा बनाउन पठाइन् । साथै उनले विमा कम्पनीबाट क्षतिपूर्ति समेत लिइन्
। ग्यारेजमा मेकानिक्सले ३ हप्ता लगाएर बल्ल त्यो कार ठिकठाक पारेको
बताइएको छ ।
पृथ्वीको
विस्तृत स्याटेलाइट नक्सा उपलब्ध गराउने साइट गुगल अर्थमा भुत देखा परेको छ
। बेलायतको दक्षिण ग्लुसेस्टरसाएरस्थित चार्टलन गाउँको फिल्टोन विमानस्थल क्षेत्रको गुगल नक्सामा भुत देखा परेको हो ।
ब्रिस्टोल निवासी फिओना पावेलले भुताहा गाउँ भनिने उक्त क्षेत्रलाई गुगल
अर्थमा हेर्दा अँध्यारो भुत आकृति देखा परेको हो । गाउँलाई डोजर लगाएर
विमानस्थल विस्तारको काम भएको उक्त क्षेत्रमा एक जना कालो मान्छे जस्तो भुत
तस्वीरमा देखिएको छ ।
अहिले विमानस्थल रहेको त्यो क्षेत्र पहिले
भुत पाइने गाउँ रहेको कुरा आफुले पढेपछि त्यसबारेमा जान्न आफुलाई रुची
लागेको र आफुले गुगल अर्थमा त्यो क्षेत्रका बारेमा खोज्दा भुत देखा परेको
उनले बताइन् । यद्यपि त्यो साँच्चीकै भुत भए नभएको वा त्यो कुनै वस्तुको
छाया रहेको भन्ने कुराको भने एकिन हुन सकेको छैन ।
१९ फागुन, नवलपरासी । पूर्वमन्त्री करिमा
वेगम चढेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ९ जना सामान्य घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकल चालक चितवन भरतपुरका मनोज ढकाल र पछाडी बसेकी अप्सरा ढुंगानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धेरैको दुर्घटनामा मृत्यु, केहीद्वारा आत्महत्या
१८
फागुन, क्वालालम्पुर । मलेसियामा नेपाली कामदारको मृत्युको समाचार नयाँ र
अनौठो होइन । हरेक दिनजसो कम्तिमा एक नेपालीको ज्यान जाने गरेको मलेसियामा
गत हप्तामात्रै पाँचजनाले ज्यान गुमाएका छन् । तथ्यांक अनुसार विगत १०
वर्षयता मलेसियामा २ हजार ४५ जना नेपालीले ज्यान गुमाइसकेका छन् । मृत्यु
हुने सबैको कथा-व्यथा उस्तै छ, कोही कम्पनीमा काम गर्दागर्दै त कसैको
अस्पतालमा उपचारका क्रममा मृत्यु हुने गरेको छ । केही नेपालीले आत्महत्या
समेत गरेका छन् । मलेसियाबाट प्रकाशित हुने द सन दैनिक पत्रिकाले नेपाली
दुतावासलाई उद्धृत गर्दै जनाएअनुसार सन् २००३ देखि गत वर्ष सम्म २ हजार ४५
जना नेपालीको मृत्युभएको उल्लेख गरेको छ ।
क्वालालम्पुरवाट नजिकै रहेको केलाङको एक
कम्पनीमा कार्यरत खोटाङका २३ वर्षीय सिगराज राईको यसैसाता केलाङ अस्पतालमा
उपचारका क्रममा ज्यान गएको छ । अवैधानिक रहेर काम गरिरहेका उनी विरामी
परेपछि साथीहरुको सहयोगमा अस्पताल भर्ना भएका थिए । एक वर्ष अगाडि मलेसिया
आएका उनी अवैधानिक रुपमा काम गरिरहेका थिए । हाल उनको शव पोसमार्टका लागि
केलाङ अस्पतालमै राखिएको छ । अवैधानिक रहेका कारण शव नेपाल पठाउन समस्या
परेकेा युवक तामाङले अनलाइनखवरलाई जानकारी गराए ।
त्यस्तै पेनाङमा रेलको पटरीमा अर्का एक
नेपालीले आत्महत्या गरेका छन् । फेवु्रवरी २४ तारिखका दिन उनले आत्महत्या
गरेको मलेसियाको सञ्चार माध्यमहरुले जनाएका छन । जोड गतिले आइरहेको रेलको
लिकमा उनी जादा रेलले किचेको बताइएको छ । मृतकको सनाखत हुन नसके पनि उनका
साथमा नेपाली भाषामा लेखिएको कागज भेटिएकाले उनी नेपाली रहेको खुलेको हो ।
उनको टाउको किचिएकाले भएकाले पहिचान हुन नसकेको स्रोतहरुले जनाएका छन् ।
केही नेपालीहरु आफ्ना कोही साथी पो परे कि भनेर खोजिनीति गरिरहेका छन् ।
हाल उनको शव पोसमार्टमका लागि पेनाङ अस्पतालमा राखिएको छ ।
यसैगरी पुलाउ पेनाङको सुगाइवेकापमा रहेको
सिङ सोग कम्पनीमा कार्यरत नवलपरासी अन्दाजी १८ वर्षका प्रदीप कुर्मीले
झुण्डिएर आत्महत्या गरेका छन् । आफुलाई कम्पनीमा काममा लगाउने वंगलादेशी
सुपरभाइजरले निकै नै दुख दिने गरेका कारण उनले आत्महत्या गरेको अनुमान
गरिएको छ । त्यस्तै क्वालालम्पुर भन्दा करीव चारघण्टा टाढा पर्ने टाइपिनमा
पनि एक नेपालीको ज्यान गएको छ । पर्सा जिल्ला सुनवास वैरिया गाविस वडा न ७
घर भएका २१ व्ाषर्ीय सुरज माझीको उपचारका क्रममा ज्यान गएको हो । पाचँ
महिना अगाडि मात्रै रोजगारीका लागि मलेसियाको टाईपिन सिम्पाङमा रहेको
कम्र्फोट रबर ग्लोव कम्पनीमा कार्यरत सुरेश केसीले घटनाबारे अनलाइनखबरलाई
जानकारी गराएका छन् ।
क्वालालम्पुरमा मंगलवार अर्का एक नेपालीको
ज्यान गएको छ । सानेपा घर भई मलेसियाको एक रेमिटान्स कम्पनीमा कार्यरत
रोशन श्रेष्ठको उपचारका क्रममा ज्यान गएको हो । सामान्य विरामी भएका
श्रेष्ठ उपचारका लागि आफैं अस्पताल पुगेका थिए । अस्पतालमा उपचार भैरहेको
अवस्थामा उनको ज्यान गएको हो ।
बलिउडमा पछिल्लो समय विश्वका चर्चित पोर्न
स्टारहरुको आगमन भइरहेको छ । सन्नी लियोनीले बलिउडमा प्रवेश गरेर धमका
मच्चाएको केही समयपछि अर्की एक पोर्न स्टारले बलिउडमा पाइला राख्ने भएकी
छिन् । भारतिय मुलकी शान्ती डायनामाइटले बलिउडमा आफ्नो पाइला राख्न लागेकी
हुन् ।
२१
बषिर्य यि पोर्न स्टार यूकेमा बस्छिन् । उनले ‘चल डाक्टर डाक्टर खेले’
नामक चलचित्रमा आइटम नृत्य गर्न लागेकी हुन् । सौरभ मलिकको यो चलचित्रमा यि
नायिकाले उत्तेजक आइटम नृत्य गर्ने बताइएको छ । शान्ती हाल यूके
टेलिभिजनमा एडल्ट च्याट शो नामक कार्यक्रम संचालनमा व्यस्त छिन् ।
बलिउडमा मात्र होइन भोजपुरी सिनेमामा काम गर्ने नायिकाहरु पनि उत्तेजक
दृश्य दिन माहिर मानिन्छन् । भोजपुरी सिनेमाका नायिकाहरुको चर्चा कुनै
बलिउड नायिकाको भन्दा कम छैन ।
नायिका
मोनालिसाले भोजपुरी सिनेमामा एकछत्र राज गरिरहेकी छिन् । मोनालिसाले अभिनय
गरेको भोजपुरी चलचित्र ‘एक बार फिर मैने प्यार किया हे’ मा उनले निक्कै
उत्तेजक दृश्य दिएकी छिन् । मोनालिसाले जिस्म २ मा सन्नी लियोनीले दिएको
भन्दा पनि हट दृश्य दिएको बताइएको छ ।







कुवेटसीटी । खाडी मुलुक कुबेतमा जति जति
नेपालीहरु आउने क्रम बढेको छ। उति उति नै नेपाली संघ संस्था खुल्ने क्रम
बढ्दो छ सामाजिक, खेलकुद, साँस्कृतिक, जातीय र राजनीतक संघ सस्थाहरुको
संख्या कुबेतमा ३ दर्जन नागिसकेको छ । समाजिक कार्य गर्ने उद्देश्यका साथ
नेपाल कुवेत मनकामना उपकार कोष गठन भएको छ। हरेक नेपाली सुख दुखमा साथ दिने
र कुबेत स्थित सम्पूर्ण नेपाली संघसस्था सँग हातेमालो गर्दै अघि बढ्ने
उद्देश्यका साथ शुक्रबार मुर्गाफमा भएको बिशेष भेलाले राजु भट्टराईको
अध्यक्षतामा कार्यसमिति गठन गरिएको छ ।
जसको उपाध्याक्षमा- प्रेम गुरुङ, भवानी
खुलाल, सचिब-ज्ञानेन्द्र गुरुङ, सह-सचिब- शुभ फुर्वा तामाङ्ग,
कोषध्यक्ष-याम प्रसाद तिमिल्सिना, सह-कोसाध्यक्ष-राम कुमार लामा, एकराज
पौडेल, शंकर नेपाल, रेशम गौतम, हुकुम शाही, रोम बहादुर ढकाल र नित्याननद
सुबेदी चयन भएका छन भने मन्दिप गिरी, बिराज गुरुङ, राजेन्द्र रानाभाट र
सुमन कार्कीलाई सलाल्हाकारमा छनोट गरिएको छ ।
उता शुक्रबारै कुबेतमा नेकपा–माओबादी
बैद्य पक्षिय बैदेशिक भात्रृसंगठन नेपाली जनप्रगतिशील मोर्चा बिधिबत रुपमा
गठन भएको छ । शुक्रबार मुर्गाफको सोल्टी होटलमा सम्पन्न नेकपा- माओबादी
(बैद्य पक्ष)मा आस्था राख्ने कुबेतमा कार्यरत नेपालीहरुको बिशेष भेला
संयोजक दिपक बिस्टको अध्यक्षतामा सम्पन भएको थियो । सोही बिशेष भेलाले राजन
घिमिरे अध्यक्ष रहेको १५ सदस्यीय कार्यसमिति समेत सर्बसहमत चयन गरेको छ।
समितिको अध्यक्षमा राजन घिमिरे,
उपाध्यक्षद्वयमा हर्कसिंह आङ्ग्बो (बन्धु) र मस्त बि.क., महासचिबमा दिपक
बिष्ट, सचिबमा हेमराज उपाध्याय, कोषाध्यक्षमा शिब प्रसाद भण्डारी रहेका
छन् । यसैगरी सदस्यहरु देबराज अधिकारी, चन्द भटराई, धौलज गिरी, भोज
चापागाई, उधिराम वली, सुक बहादुर तामांग, फुल बहादुर बराम, हिमाल भण्डारी र
कृष्ण गिरी रहेका छन । नबगठित कार्यसमिति पदाधिकारीलाई अनेस कुबेत
च्यापटरका अध्यक्ष राजन रिमालले बधाई दिदै खादा ओढाएर सम्मान गरेका थिए।
नेपाली राजनीतिक पाटीको बैदेशिक भात्रीसंगठनको रुपमा गठन भए पनि सामाजिक
कार्यमा पनि सक्रिय रहदै कुबेत स्थित सम्पूर्ण नेपाली संघसस्थासँग हातेमालो
गर्दै अघि बढ्ने कुरा मोर्चाका अध्यक्ष घिमिरेले जानकारी गराएका छन् ।
आफू राम्रो देखिन छाला र अनुहारलाई मात्रै ध्यान दिए पुग्छ भन्ने आम
मान्यता छ । तर सफा र सुकोमल राम्रो हातले समेत व्यक्तित्वलाई ग्लामरस
बनाउँछ । अर्को कुरा के बिर्सिनुहुन्न भने, हातलाई आकर्षक नङ ले बनाउँछ । प्राकृतिक रूपले राम्रो नङ ले । त्यसैले व्यक्तित्व निखार्न नङ को सुन्दरता पनि उत्तिकै आवश्यक हुन्छ ।
नङ लाई बलियो, सफा, सुन्दर र स्वस्थ राख्नुपर्छ । सामान्य प्रक्रियाद्वारा तपाइर्ं नङ लाई प्राकृतिक रूपमै आकर्षक बनाउन सक्नुहुन्छ । नङ मृत कोषिकाले बनेको हुन्छ । नयाँ कोषिका बनेसँगै मृत कोषिका हट्दै जान्छ र नङ बढ्दै जान्छ ।
अमेरिकन एकेडेमी अफ डर्मेटोलजी -एएडी) को तथ्यपत्र अनुसार, हाम्रो हातको नङ खुट्टाको नङ को दाजोमा छिटछिटो बढ्छ । औसत रूपमा हातको नङ प्रतिमहिना ३.५ मिलिमिटर बढ्ने गर्छ भने खुट्टाको नङ १.६ मिलिमिटर प्रतिमहिनाको दरले ।
नङ बढ्ने गति उमेर, वर्षको समय, सक्रियताको स्तर र वंशानुगत प्रक्रियामा भर पर्छ । पुरुषको दाँजोमा महिलाको नङ निकै विस्तारै बढ्छ । अनि, नङ जाडो यामभन्दा गर्मीको मौसममा बढी बढ्छ ।
' नङ भित्र ब्याक्टेरियाको वृद्घ िरोक्न यसलाई सदैव सफा र सुक्खा राख्नुपर्छ,' धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, 'खुट्टा र हातको नङ लाई छेउछेउमा काट्दै बीचमा अलि गोलो पार्नुपर्छ । यसो गर्दा नङ बलियो हुन्छ ।' सातामा एक पटक नङ काट्नुपर्ने र हरेक व्यक्तिले आपmना लागि छुट्टै नेल कटर राख्नुपर्ने सल्लाहसमेत उनी दिन्छन् । नङ नभाँचियोस् भन्नका लागि ब्लेडले काट्ने गर्नु हुँदैन । नेल कटर र फाइलर उपयोग गर्नुपर्छ ।
उनका अनुसार, सहरी क्षेत्रका बासिन्दाको नङ अचेल कमजोर हुने गरेको छ । खानापिनमा क्याल्सियमको कमीले गर्दा । सामान्यतः नङ मा सेतो दाग क्याल्सियम र आइरनको कमीले गर्दा हुने गर्छ । 'खानपान र उचित देखभालले नङ लाई वास्तविक रूपमा सुन्दर बनाउन सकिन्छ,' उनी भन्छन् । स्वस्थ नङ को पहिचान यसको गुलाफी रंगले हुन्छ । नङ को यस्तो रंग रक्तसञ्चार सुचारु रूपले हुने गर्नाले हुन्छ ।
खानपानमा क्याल्सियम, जिंक, आइरनयुक्त खाना, फलफूल, सागसब्जी, माछा, अन्डा, लसुन आदि खानुपर्ने डा. कर्ण बताउँछन् । खाना रेसादार हुनुपर्छ । यस्तो खानपानले नङ लाई पोषण मिल्छ । नङ र कपालको स्वास्थ्यको सीधा सम्बन्ध हाम्रो खानपानसँग हुन्छ ।
टाइट जुत्ता लगाउने बानीले खुट्टाको नङ मा नकारात्मक असर पार्छ । जुत्ता टाइट हुँदा खुट्टाको नङ थिचिन्छ । अनि नङ मा संक्रमण देखिन सक्छ । 'त्यस्तो भए आफंैले सफा गर्ने प्रयास गर्नुको सट्टा छाला रोग विशेषज्ञकहाँ जानुपर्छ,' डा. कर्ण भन्छन् ।
नङ मा सबैभन्दा बढी दुष्प्रभाव साबुन र डिटरजेन्टले पर्छ । यसैले लुगा धुदा, भाँडा मस्काउँदा सकेसम्म पन्जा -ग्लोभ्स) को उपयोग गर्नु उपयुक्त हुन्छ । महिलाहरूले नङ मा सधैं नेलपालिस लगाउनु राम्रो हुन्न । यो प्रक्रियाले नङ ले प्राकृतिक रूपले हुर्किन पाउँदैन । डा. कर्ण सुझाव दिन्छन्, 'सातामा कम्तीमा दुई/तीन दिन नङ मा पालिस लगाउनुहुन्न । यसो गर्दा नङ लाई प्राकृतिक रूपमा हुर्किन सघाउ मिल्छ ।' निरन्तर नेल पालिस लगाउँदा नङ मा यसको प्राकृतिक रंगको साटो पहेंलोपना, दाग आदि देखिने गर्छ ।
बढी गुलियो खानाले, मद्यपान गर्नाले नङ कमजोर हुन्छ । मधुमेह भएकाहरू र रक्त सञ्चालनमा समस्या भएकाहरूमा नङ को समस्या बढी मात्रामा देखिने गर्छ ।
नङ लाई बलियो, सफा, सुन्दर र स्वस्थ राख्नुपर्छ । सामान्य प्रक्रियाद्वारा तपाइर्ं नङ लाई प्राकृतिक रूपमै आकर्षक बनाउन सक्नुहुन्छ । नङ मृत कोषिकाले बनेको हुन्छ । नयाँ कोषिका बनेसँगै मृत कोषिका हट्दै जान्छ र नङ बढ्दै जान्छ ।
अमेरिकन एकेडेमी अफ डर्मेटोलजी -एएडी) को तथ्यपत्र अनुसार, हाम्रो हातको नङ खुट्टाको नङ को दाजोमा छिटछिटो बढ्छ । औसत रूपमा हातको नङ प्रतिमहिना ३.५ मिलिमिटर बढ्ने गर्छ भने खुट्टाको नङ १.६ मिलिमिटर प्रतिमहिनाको दरले ।
नङ बढ्ने गति उमेर, वर्षको समय, सक्रियताको स्तर र वंशानुगत प्रक्रियामा भर पर्छ । पुरुषको दाँजोमा महिलाको नङ निकै विस्तारै बढ्छ । अनि, नङ जाडो यामभन्दा गर्मीको मौसममा बढी बढ्छ ।
' नङ भित्र ब्याक्टेरियाको वृद्घ िरोक्न यसलाई सदैव सफा र सुक्खा राख्नुपर्छ,' धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, 'खुट्टा र हातको नङ लाई छेउछेउमा काट्दै बीचमा अलि गोलो पार्नुपर्छ । यसो गर्दा नङ बलियो हुन्छ ।' सातामा एक पटक नङ काट्नुपर्ने र हरेक व्यक्तिले आपmना लागि छुट्टै नेल कटर राख्नुपर्ने सल्लाहसमेत उनी दिन्छन् । नङ नभाँचियोस् भन्नका लागि ब्लेडले काट्ने गर्नु हुँदैन । नेल कटर र फाइलर उपयोग गर्नुपर्छ ।
उनका अनुसार, सहरी क्षेत्रका बासिन्दाको नङ अचेल कमजोर हुने गरेको छ । खानापिनमा क्याल्सियमको कमीले गर्दा । सामान्यतः नङ मा सेतो दाग क्याल्सियम र आइरनको कमीले गर्दा हुने गर्छ । 'खानपान र उचित देखभालले नङ लाई वास्तविक रूपमा सुन्दर बनाउन सकिन्छ,' उनी भन्छन् । स्वस्थ नङ को पहिचान यसको गुलाफी रंगले हुन्छ । नङ को यस्तो रंग रक्तसञ्चार सुचारु रूपले हुने गर्नाले हुन्छ ।
खानपानमा क्याल्सियम, जिंक, आइरनयुक्त खाना, फलफूल, सागसब्जी, माछा, अन्डा, लसुन आदि खानुपर्ने डा. कर्ण बताउँछन् । खाना रेसादार हुनुपर्छ । यस्तो खानपानले नङ लाई पोषण मिल्छ । नङ र कपालको स्वास्थ्यको सीधा सम्बन्ध हाम्रो खानपानसँग हुन्छ ।
टाइट जुत्ता लगाउने बानीले खुट्टाको नङ मा नकारात्मक असर पार्छ । जुत्ता टाइट हुँदा खुट्टाको नङ थिचिन्छ । अनि नङ मा संक्रमण देखिन सक्छ । 'त्यस्तो भए आफंैले सफा गर्ने प्रयास गर्नुको सट्टा छाला रोग विशेषज्ञकहाँ जानुपर्छ,' डा. कर्ण भन्छन् ।
नङ मा सबैभन्दा बढी दुष्प्रभाव साबुन र डिटरजेन्टले पर्छ । यसैले लुगा धुदा, भाँडा मस्काउँदा सकेसम्म पन्जा -ग्लोभ्स) को उपयोग गर्नु उपयुक्त हुन्छ । महिलाहरूले नङ मा सधैं नेलपालिस लगाउनु राम्रो हुन्न । यो प्रक्रियाले नङ ले प्राकृतिक रूपले हुर्किन पाउँदैन । डा. कर्ण सुझाव दिन्छन्, 'सातामा कम्तीमा दुई/तीन दिन नङ मा पालिस लगाउनुहुन्न । यसो गर्दा नङ लाई प्राकृतिक रूपमा हुर्किन सघाउ मिल्छ ।' निरन्तर नेल पालिस लगाउँदा नङ मा यसको प्राकृतिक रंगको साटो पहेंलोपना, दाग आदि देखिने गर्छ ।
बढी गुलियो खानाले, मद्यपान गर्नाले नङ कमजोर हुन्छ । मधुमेह भएकाहरू र रक्त सञ्चालनमा समस्या भएकाहरूमा नङ को समस्या बढी मात्रामा देखिने गर्छ ।
काठमाडौं, फाल्गुन १९ -
बल्खुस्थित बयोधा अस्पतालले अस्पतालकै छतमा हेलिप्याड बनाई हवाई सेवाबाट
बिरामीको उद्धार गर्न थालेको छ । बेलैमा अस्पताल पुग्न नसकेर उपचारमा
देखिने असर समाधान गर्न शुक्रबारदेखि हवाई सेवाबाट बिरामीलाई अस्पतालसम्म
ल्याउने व्यवस्था गरेको हो ।
पोखराको साराङकोटमा प्याराग्लाइडिङ अवतरण गर्दा दुर्घटनामा परी घाइते भएकी रसियन नागरिक एन्टोनिना फेडोरोभालाई अस्पतालले हेलिकप्टरमार्फत उद्धार गरेको हो । प्याराग्लाइडिङबाट दुर्घटना भएकी फेडोरोभाको 'स्पाइनल फ्याक्चरल' ले उठ्न नमिल्ने अवस्थामै अस्पतालसम्म ल्याउन सफल भएको अस्पतालका अध्यक्ष श्यामबहादुर पाण्डेले जानकारी दिए । उनी दस दिनअघि मेरुदण्डमा चोट लागेर गम्भीर घाइते भएकी थिइन् । 'त्यस्तो अवस्थाको बिरामीलाई बिनाकुनै झन्झट उपचार गराउन सफल भएका छौं,' उनले भने, 'यो नेपाल मेडिकल सेवाको इतिहासमै नयाँ आयाम हो ।'
दस दिनअघि घाइते भएकी फेडोरोभाले केही दिन पोखराको मणिपाल अस्पतालमा उपचार गराएकी थिइन् । अस्पतालमा बस्न गाह्रो भएको भन्दै साथीहरूको सहयोगमा होटलमा बसिरहेको अवस्थामा काठमाडौं आएर उपचार गर्ने इच्छा राखेपछि उनलाई उद्धार गरिएको उद्धार व्यवस्थापक लाक्पा शेर्पाले जानकारी दिए । 'उठ्नै नमिल्ने गरी घाइते भएकाले उनलाई अन्य ठाउँमा गएर उपचार गराउन सम्भव थिएन,' उनले भने । हेलिकप्टरमार्फत अस्पताल ल्याउन १ लाख ९० हजार खर्च लागेको शेर्पाले बताए ।
फेडोरोभालाई फिस्टेल एयरको हेलिकप्टरले शुक्रबार पोखरा विमानस्थलबाट आधा घन्टा लगाएर १२:४५ बजे बल्खुस्थित अस्पतालमा अवतरण गरेको हो । २६ वषर्ीया फेडोरोभाको उपचार सुरु भइसकेको अस्पतालले जनाएको छ ।
अस्पतालले हवाई सेवाबाट अस्पतालको छतमा रहेको हेलिप्याडमार्फत बिरामी ओसारपसार गरी नेपालको हरेक कुनाबाट आवश्यक परेको खण्डमा सेवा दिन सक्ने छ । यो अभियानलाई 'र्फम हि्वल्स टु विङ्स' अर्थात् 'चक्काबाट पखेटासम्मको रूपान्तरण' नाम दिएको अध्यक्ष पाण्डेले जानकारी दिए ।
अस्पतालको सम्पूर्ण संरचना नै अत्यन्तै वैज्ञानिक र सरल ढंगले निर्माण गरिएको र जुनसुकै किसिमका बिरामी, दुर्घटनाको तुरुन्त उपचार गर्न सम्भव रहेको अस्पताले जनाएको छ । यसका लागि अस्पतालले विभिन्न एयर कम्पनीसँग समन्वय गरी हेलिकप्टरको व्यवस्था गर्ने छ ।
हालसम्म कुनै पनि बिरामीलाई उपचारका लागि जहाजमार्फत अस्पताल ल्याउँदा पहिले विमानस्थलसम्म र विमानस्थलबाट अस्पतालसम्म गर्दा धेरै समय खर्च हुने प्रक्रियालाई सहज र छिटो छरितो गराउन अस्पतालले यस्तो व्यवस्था गरेको हो । 'बिरामीको उपचारमा एक मिनेटले पनि ठूलो महत्त्व राख्ने हुँदा अस्पतालकै छतमा अवतरण गराई बिरामीलाई छिटो छरितो उपचार सेवा प्रदान गर्नु हाम्रो उद्देश्य हो,' पाण्डेले भने । गत वर्षमात्रै नेपालका विभिन्न ठाउँबाट विभिन्न हेलिकप्टरमार्फत ३ सय ५० बिरामीलाई विमानस्थलसम्म उद्धार गरिएको तथ्यांक छ ।
पोखराको साराङकोटमा प्याराग्लाइडिङ अवतरण गर्दा दुर्घटनामा परी घाइते भएकी रसियन नागरिक एन्टोनिना फेडोरोभालाई अस्पतालले हेलिकप्टरमार्फत उद्धार गरेको हो । प्याराग्लाइडिङबाट दुर्घटना भएकी फेडोरोभाको 'स्पाइनल फ्याक्चरल' ले उठ्न नमिल्ने अवस्थामै अस्पतालसम्म ल्याउन सफल भएको अस्पतालका अध्यक्ष श्यामबहादुर पाण्डेले जानकारी दिए । उनी दस दिनअघि मेरुदण्डमा चोट लागेर गम्भीर घाइते भएकी थिइन् । 'त्यस्तो अवस्थाको बिरामीलाई बिनाकुनै झन्झट उपचार गराउन सफल भएका छौं,' उनले भने, 'यो नेपाल मेडिकल सेवाको इतिहासमै नयाँ आयाम हो ।'
दस दिनअघि घाइते भएकी फेडोरोभाले केही दिन पोखराको मणिपाल अस्पतालमा उपचार गराएकी थिइन् । अस्पतालमा बस्न गाह्रो भएको भन्दै साथीहरूको सहयोगमा होटलमा बसिरहेको अवस्थामा काठमाडौं आएर उपचार गर्ने इच्छा राखेपछि उनलाई उद्धार गरिएको उद्धार व्यवस्थापक लाक्पा शेर्पाले जानकारी दिए । 'उठ्नै नमिल्ने गरी घाइते भएकाले उनलाई अन्य ठाउँमा गएर उपचार गराउन सम्भव थिएन,' उनले भने । हेलिकप्टरमार्फत अस्पताल ल्याउन १ लाख ९० हजार खर्च लागेको शेर्पाले बताए ।
फेडोरोभालाई फिस्टेल एयरको हेलिकप्टरले शुक्रबार पोखरा विमानस्थलबाट आधा घन्टा लगाएर १२:४५ बजे बल्खुस्थित अस्पतालमा अवतरण गरेको हो । २६ वषर्ीया फेडोरोभाको उपचार सुरु भइसकेको अस्पतालले जनाएको छ ।
अस्पतालले हवाई सेवाबाट अस्पतालको छतमा रहेको हेलिप्याडमार्फत बिरामी ओसारपसार गरी नेपालको हरेक कुनाबाट आवश्यक परेको खण्डमा सेवा दिन सक्ने छ । यो अभियानलाई 'र्फम हि्वल्स टु विङ्स' अर्थात् 'चक्काबाट पखेटासम्मको रूपान्तरण' नाम दिएको अध्यक्ष पाण्डेले जानकारी दिए ।
अस्पतालको सम्पूर्ण संरचना नै अत्यन्तै वैज्ञानिक र सरल ढंगले निर्माण गरिएको र जुनसुकै किसिमका बिरामी, दुर्घटनाको तुरुन्त उपचार गर्न सम्भव रहेको अस्पताले जनाएको छ । यसका लागि अस्पतालले विभिन्न एयर कम्पनीसँग समन्वय गरी हेलिकप्टरको व्यवस्था गर्ने छ ।
हालसम्म कुनै पनि बिरामीलाई उपचारका लागि जहाजमार्फत अस्पताल ल्याउँदा पहिले विमानस्थलसम्म र विमानस्थलबाट अस्पतालसम्म गर्दा धेरै समय खर्च हुने प्रक्रियालाई सहज र छिटो छरितो गराउन अस्पतालले यस्तो व्यवस्था गरेको हो । 'बिरामीको उपचारमा एक मिनेटले पनि ठूलो महत्त्व राख्ने हुँदा अस्पतालकै छतमा अवतरण गराई बिरामीलाई छिटो छरितो उपचार सेवा प्रदान गर्नु हाम्रो उद्देश्य हो,' पाण्डेले भने । गत वर्षमात्रै नेपालका विभिन्न ठाउँबाट विभिन्न हेलिकप्टरमार्फत ३ सय ५० बिरामीलाई विमानस्थलसम्म उद्धार गरिएको तथ्यांक छ ।
अतृप्त पाण्डेय
शून्य, चिहानजस्तै छ कोठा । कोठामा कोही
छैन । म छु । मौनता छ मेरो साथ । तर पनि सुन्दैछु सडकमा अझै कोही
गुगुनाइरहेको छ…..नसक्ता पनि म तिमीमा नि फुल्न । नसक्ने भए छु तिमीलाई
भुल्न ……….. यस्तै-यस्तै सस्ता भावुक शब्दहरुकै साथ लागेर झ्यालको बाटो
गरेर कोठाभित्र पस्छ बतास, एउटा चिसो बतास ……. फलस्वरुप चलमलाउँछन्
क्यालेण्डरका मौन छायाँहरु । लौ, आज पनि अरु थोक केही नपाएको झोकमा मलाई
मात्र भएपनि छोएर मदेखि चिप्लिदै जान बिर्सेन, साँच्चै बिर्सिँदै बिर्सिएन
चिसो बतासले …………..साँच्चै, मदेखि प्रतिदिन चिप्लिदै गएको, चिप्लिदै जाने
गरेको त्यो बतासझैँ भएर आफूलाई बिर्सिदै आफूहुनुको पनदेखि, चिसो क्षणदेखि म
पनि बतासिँदै भाग्न सके ? तर अहँ, म कहिले पनि त्यसरी भाग्न सक्तिनँ ।
साँच्चै, वास्तविकतादेखि भागेर आजसम्म ख्वै, को कहाँ पुगेका छन् र मैले
सक्नु, मैले खोज्नु ? यसरी सम्झिदै जाँदा दुःख लाग्छ । साँच्चै, यो कस्तो
वास्वविकता हो मेरो ? अप्रिय पनि कसैको वास्तविकता हुन सक्छ र यसरी ? तर
हेर्नोस् न मेरो भने यही नै वास्तविकता भैरहेछ , बनिरहेछ । साँच्चै, अप्रिय
भएर पनि मसँगै, मैले सोचेको भन्दा ठीक उल्टो भएर, बलेर खरानी हुन नसकेको
अगुल्टोझैँ भएर मभरि-भरि धूवँ लिएर उभिएको छ वास्तविकता ! साँच्चै, यो
कस्तो अप्रिय वास्तविकता हो मेरो ? प्रश्नको जवाफ पाउने आशामा कोठामा
झुन्ड्याइएको ठूलो ऐनामा प्रतिबिम्बित आफ्नै छायाँलाई हेर्छु । तर सधैँको
झैँ आज पनि जवाफ पाउन नसक्ता म यहाँनिर आइपुगेर झन् भासिन्छु , झन्
चर्किन्छु । मेरो मानसिकता फेरि पनि बलात्कृत भैदिन्छ । तब लाग्छ, साँच्चै
आजभोलि मलाई मेरो आफ्नै छायाँले पनि जिस्क्याइरहेछ , खिज्याइरहेछ ।
साँच्चै, आफैँलाई आफ्नै छायाँले पनि यसरी जिस्क्याइरहँदा, खिज्याइरहँदा
सोच्नुको अर्थ के पो हुन सक्ला र मसँग ? त्यसैले त चेतनामा शून्य हुन
खोज्दै आँखा चिम्लिन्छु, चिम्लिरहन्छु ……………………………..
झ्यालबाट बाहिर आँखा दगुराउँदा परको
राममानको घरनिरको डबलीमा राममानको दुई वर्षे छोरोलाई म्वाइँ खाइरहेकी
सानुमायालाई देख्छु । सानुमाया …………हिसाब गर्छु । साँच्चै पाएकी भए मेरी
दिदी निर्मलाले फटाएको धोतीचोली जत्तिकै धोतीचोली फटाउँदी हो उसले पनि । तर
पाइन र पो ! साँच्चै मेरो दिदीकै छोरो पनि डिप्लोमामा पढ्दै छ आज । तर
सानुमाया, बिचरी सानुमाया भने डबलीको डबलीमै छे आजभोलि पनि ! साँच्चै, सपना
कस्ती देख्दी हो बिचरी ! हो यै प्रश्न अस्ति भर्खरै पनि उसलाई मैले सोधेकी
थिएँ । तर त्यतिखेर उसले जवाफ केही दिइन, चुपचाप क्वारक्वारती मतिर मात्र
हेरेर बसिरही पो ! उसले साँच्चै आजभोलि बिहानको छाक हामीकहाँ र बेलुकीको
छाक राममानकहाँ टार्ने गरेकी छे । सानुमायालाई यसरी पढ्दै जाँदा, यसरी
सम्भिmदै जाँदा उसप्रति सहानुभूति राख्न मन लाग्छ । साँच्चै यसपालाको
निर्वाचनमा मत खसाल्न मोटर चढाएर लानेहरुको सत्ता प्राप्तिले पनि केही गर्न
सकेन सानुमायालाई ! साँच्चै, एउटा स्वरभन्दा बढी अरु केही हुन सकेनन् कोही
पनि । मुकुटको मात्र साँटफेर हुँदा यस्तो हुने गर्छ भन्ने पढेको थिएँ मैले
। साँच्चै त्यस्तो मात्र भैदियो । बिचरी सानुमाया मत खसालेर आएपछि कति
उत्सुक थिई त्यसबखत । मैले त आकर्षक नारा भट्टयाउनेहरुको पछि लागेर मत
खसाल्न नजाऊ भनेकै थिएँ । तर मैले भनेको मानिन, मेरो कुरामा विश्वासै गरिन र
पो । समयानुसार मुकुट फेर्नेहरुलाई, भाका फेर्नेहरुलाई समयमै नबुझेपछि
पछुताउनु मात्र आफ्नो भएर रहिरहन्छ जिन्दगीमा ! हो सानुमायाले पनि आज
पछुताऊ मानेकी छे । साँच्चै, आफ्नो भन्ने त्यो डबली बाहेक अरु के नै छ र
उसको ? डबली र ऊ । ऊ र डबली । बाँच्नुको एउटा बाध्यता । यसरी सोच्दा सोच्दै
म फेरि एकाएक सानुमायालाई नियाल्न पुग्छु । लौ हेर, अझै पनि राममानको
छोरोलाई म्वाइँ, मात्र म्वाइँ खानमा नै पो व्यस्त छे बिचरी । लौ राममानको
दुलहीले भर्खरै मात्र पो देखिछ कि क्या ! र त हतपत सानुमायाको छातीबाट
खोस्तै आफ्नो छातीमा टाँसेर सुम्सुम्याई आफ्नो छोरोलाई । आमाको छातीमा
त्यसरी टाँस्सिन पाउँदा पनि किन सानुमायापट्टी नै आफ्नो हात बढाइरहेको होला
राममानको छोराले ? लौ, मुख बिगारेर रुन पो थाल्यो । सानुमायाले केही गरिन,
केवल थपडी मारी र खित्तखित्त गरी हाँस्दैरही । साँच्चै यतिखेर
हाँस्नुभन्दा अरु बढी, थपडी बजाएर खित्तखित्ताउनुभन्दा अरु बढी के नै पो
गर्न सक्थी त सानुमाया ?
शायद “उ… उ…. मेरो पोइ !” भन्दै आफ्नो
सपनाको पोइलाई खोज्दै दगुरेकी हुनुपर्छ सानुमाया । र त ऊसँगसँगै दगुर्यो
ऊनिर आइपुगेको ठिटो पनि । साँच्चै पुग्यो पर धेरै प……… र । म चुपचाप आफ्ना
एक जोडी आँखाले यी सब दृश्यलाई टिपिरहेछु । लौ, आज पनि सानुमायाले उसको
सपनाको पोइलाई भेट्न सकिन, आफूमा समेट्न सकिन । साँच्चै आज पनि घाटामा नै
परी सानुमाया ! साँच्चै सानुमायादेखि किन डराएर भागेको होला त्यो ठिटो ?
आखिर सानुमाया पनि एउटा आइमाई न हो ! तर ऊ त एउटा लोग्नेमान्छे, देशलाई
आवश्यक परेमा, देशको लागि आवश्यक भएमा सङ्गीन समाएर शत्रुसंग धावा
बोल्नुपर्ने उमेर बोकेको एउटा लोग्नेमान्छे भएर पनि एउटी आइमाईसंग डराएर
भाग्ने नपुंसक काँ को ! छि: छि: यसरी सम्झिदै जाँदा त्यो ठिटोले केही
बेरअघि मात्र देखाएको कायरतादेखि मलाई पनि हाँसो उठेर आउँछ । साँच्चै
सानुमायाले आखिर उसलाई समातिहालेकी भए पनि के पो नै गर्न सक्थी र ? साँच्चै
हेर त एकचोटि पनि फरक्क र्फकेर हेर्ने साहससमेत गरेन त्यो ठिटोले ! शायद
सकेन कि ? तर र्फकेर हेरिहालेको भएपनि, जिस्क्याइहालेको भएपनि सानुमायाले
के पो गर्न सक्थी र ? छोरीभन्दा आमा तरुनी भनेर राष्ट्रिय सञ्चार माध्यमले
जिस्क्याइरहने यो देशमा आखिर उत्ताउला भाका नै हालेर सानुमायालाई
जिस्क्याइहालेको भएपनि उसले के गर्थी र ? आखिर सानुमाया पनि हिजोसम्म
नराम्रोसँग शोषण गरिएकी, आज नराम्रोसँग तर्साइएकी, उपेक्षा गरिएकी एउटी
आइमाई न हो ! साँच्चै कृषिप्रधान सरह पुरुषप्रधान यो देशमा आखिर आइमाईहरु
जाँतोद्वारा पिस्सिएका, चपाइएका अबलाहरु न हुन् ! हुन पनि पैसा र ताकतको
भरमा आइमाईलाई केसम्म गरिएको र भनिएको छैन र यहाँ ? यसरी सम्झिदै जाने हो
भने लोग्नेमान्छेको अनुहार देख्दैमा उसप्रति घृणा लाग्नुपर्ने हो ! हुन पनि
लोग्नेमान्छेलाई सहिष्णु हुनु भनी उसकी आमाले सिकाउँछे, सघाउँछे । आमाकै
स्नेहमा हुर्किदै जब ऊ एक्लै उभ्भिन सक्ने
हुन्छ, तब ऊ आइमाईलाई एउटा वासनाको पुत्ला
बनाएर आफूखुसी गर्न चाहन्छ, फसाउन चाहन्छ । यसरी सम्झिदै जाँदा झ्यालमा
बसिरहन पनि मन मरेर आउँछ मलाई । तब म फेरि एकपटक झ्याललाई ढ्याप्प
ढप्काउँदै ओछ्यानतिर लम्किन्छु । मानौँ अब उत्सुकतापूर्वक मैले प्रतिदिन
खोल्ने गरेको त्यो झ्यालबाट पनि कुनै दृश्य नै देख्न सक्तिनँ म । हो,
वास्तवमा हुन पनि आजभोलि त्यो झ्यालबाट अब म केही देख्न सक्तिनँ । साँच्चै
मुर्कट्टाहरुलाई मान्छे भनेर कतिन्जेल यसरी हेर्नु, हेरिरहनु ? साँच्चै
भोलि नै भ्याएँ भने एउटा पर्दा सिएर हालिदिन्छु । अनि त त्यो झ्यालमा केही छ
भनेर सोच्नु पनि सिर्फ पर्दा मात्र देख्ने छु र यसै गरी हरेक दिन त्यो
झ्यालमा पर्दा, मात्र पर्दा देख्दा सबका धोखा खाएका आँखाहरु पनि तर्सेर
किनारा लाग्नेछन् । तर त्यो पर्दा सारेर फेरि एकपटक मलाई हेर्ने साहस, मलाई
बुझ्ने साहस कसैमा हुने छैन । कोठामा अँध्यारो बढ्दै गएकोले नजिकैको
वेडस्विच थिच्छु कोठा अघिको भन्दा केहि उज्यालिन्छ । टीभी खोल्छु । फेरि
एकपटक छर्केको अत्तरझै उही पुराना अनुहारहरु आएर मलाई कोर्पन थाल्छन् ।
साँच्चै फेरि यसपटक पनि धनको उन्मादमा बौद्धिकतालाई किन्छु भनेर भेला
भैरहेका उही निर्लज्ज अनुहारलाई टीभीको पर्दामा देख्नुपर्दा झन् उराठ लाग्छ
र टीभी बन्द गर्दै ओछ्यानमा आएर पल्टिन्छु । आँखा चिम्लिदै केही सोच्दै म
आफैँलाई पनि बिर्सिने बहानामा रुमल्लिन पुग्छु । साँच्चै के आइमाई भनेका
रुप मात्र हुन् र ? यौवन र बैँसबाहेक आइमाईमा अरु केही छैन ? साँच्चै प्रेम
भनेको के वासनाको पर्खाइ मात्र हो ? प्रेम गर्नुको क्रममा हालिएका बाचाहरु
के क्यालेण्डरका मौन छाँयाँ मात्र हुन् ? हैन, यो प्रश्नको जवाफ मैले
कसबाट कैल्हे कसरी र कहाँ पाउने ? समयसित सोधेर जवाफ लिऊँ भने पनि लाटो र
लङ्गडो छ यो समय ! साँच्चै मेरो भानिजदाइको छोरो सुन्दरजस्तै लाटो र लङ्गडो
छ यो समय ! यहाँनिर आएर पनि टुट्टा खान्छु म । समाल्न खोज्दाखोज्दै पनि
आँखा एकाएक पग्लन थाल्छ । म आफ्नै आँसुमा बग्न थाल्छु-बरबरी ।
‘केशरी, आज तँ एक्लै ?’ मेरो कोठाको ढोकैबाट प्रश्न बग्छ म भएतिर ।
‘जोडी पाउनु त समय र संयोगको कुरा न हो !’ सरलातिर एउटा नमीठो हाँसो पोख्तै म भन्छु ।
‘हेर न मलाई खिस्याएकी !’
‘त्यो त तेरै सोचाइको गल्ती हो सरला !’
‘भो ! भो ! छोड्दे यो कुरा, बरु हिँड्न आज न्यूरोडतिर जाऔँ न अलिकति मेरो बजार पनि गर्नुथ्यो ।’ आफ्नै सुरमा भन्दै गई सरलाले ।
सरलाको कुरा सुन्दा एसिडले रङ्ग
बदलाइदिएको लिटमसपेपरझैँ भैदिन्छ मेरो अनुहार । जिस्क्याउन थाल्छ मलाई नै
फेरि पनि यो क्षण । सोच्छु, साँच्चै अब मेरो लागि न्यूरोड भन्ने शब्द नै
नपच्ने भैसकेको छ । अब पनि न्यूरोड जानु त आलोघाउमा नुनचुक छर्नु र आफैँले
आफैँलाई उपहास गरिरहेका जीवनीहरुलाई हेरिरहनु सिवाय अरु केही हुन सक्तैन
मेरो लागि ! फेरि कमल मजस्तै थलकमल हुनुभन्दा अगाडिका कुनै सौम्य र रम्य
गुलाफसँग भेटियो वा देखियो भने ?….. मस्तिष्कले भरखरै जोडेको पछिल्लो यस
हिसाबदेखि झन् दुःख, डर लागेर आउँछ र हतार-हतारमा भन्छु ‘सरला आज मलाई अलि
सन्चो पनि छैन्, त्यसैले म जान्न नरिसा ल ?’
‘हामी कमल होइनौँ, अनि किन जान्थिस् त हामीसँग ?’
‘सरला, कमलको कुरा नगर !’ नचाहँदानचाहँदै पनि त्यसै-त्यसै आवेगमा आएर चिप्लिन्छन् यिनै शब्दहरु ।
‘मैले केही पनि बुझ्न सकिन नि केशरी !’
‘हो आज यही त भैदिएको छ हामीमा । कारण हामी आफैँलाई बुझ्नसक्ने हामी पनि छैनैा नि सरला ! र त आज….’
सरलाले केही बोली न । शायद चाहिन कि !
एकाएक वातावरणमा फेरि मौनता । एक अर्कासँग एक अर्काको अनौठो साक्षात्कार ।
यती मात्रै हैन, बलात्कार पनि ! तब फेरि केही सोचिरहनुको अर्थ पनि हुँदैन
मसगँ । शायद सरलासँग पनि । फलस्वरुप ऊ र म एक अर्कालाई आ-आफ्नै पाराले
हेर्छौँ, हेरिरहन्छौँ मात्र । मानौँ केही क्षण अघिनै पहिरो गैसकेको छ
हाम्रो सोचाइमा, हाम्रो वर्तमानमा, गुलाफमा, थलकमलमा र अनि पत्थरमा खनाइएका
अत्तरका सुवासहरुमा……
विवेक सिर्जनशील प्रकाशन प्रा.लिबाट २०६९
मा प्रकाशित कथाकार अतृप्त पाण्डेयको ‘हुरी नचलेको भए……’ कथा सङ्ग्रहबाट
साभार गरिएको शीर्षस्थ कथा ।
नायक आर्यन सिग्देल यतिबेला हेटौडामा
चलचित्र ‘दबाब’ को छायांकनमा व्यस्त छन् । यो चलचित्रमा समावेश एक आइटम
गीतमा आर्यनले नव कलाकार प्रमिला खनालसँग मस्ती गरेका छन् ।
‘मेरो
पावरफुल वैशको धक्काले’ बोलको आइटम गीतमा आर्यन र प्रमिलाले नृत्य गरेका
हुन् । गीतमा नायक आर्यन सिग्देललाई टाउकामा फेता बाधेर नाँच्दै गरेको
देख्न सकिनेछ । उनले गीतको अवस्था अनुसार आफुले फेता कसेर नृत्य गरेको बताए
।दयाराम दाहालको निर्देशनमा तयार भएको यो सिनेमाको छायांकन अन्तिम चरणमा
पुगेको छ । चलचित्रको २ गीत र क्लाइमेक्सको दृश्य छायांकन गर्न बाँकी रहेको
नायक सिग्देलले अनलाइनखबरलाई जानकारी गराएका छन् ।
चकलेटी नायक आर्यन सिग्देलका साथमा यो सिनेमामा नायिका निता ढुंगानाको अभिनय छ ।
काठमाडौं । एएफसी च्यालेन्ज कप छनौट फुबटलमा नेपालले भोलि शनिबार नौलो प्रतिद्वन्दी नर्दन मारिया आइल्याण्डसंग खेल्दैछ । त्रिपुरेश्वरस्थित
दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुने खेलमा नेपाल जितको लक्ष्यका साथ
र्मैदान उत्रिने प्रमुख प्रशिक्षक र कप्तानले बताएका छन् ।
शुक्रवार भएको प्री म्याच
कन्फ्रेन्समा नेपालसहित प्यालेष्टाइन, बंगलादेश र नर्दन मारियाना
आइल्याण्डका प्रशिक्षकहरुले आफ्नो टोली सन् २०१४ मा हुने एएफसी च्यालेन्ज
कपका लागि छनौट हुने दाबी गरे ।
कुनै टोलीलाई कमजोर ठान्दौनौं स्टेफन्स्की
नेपालका प्रशिक्षक ज्याक स्टेफन्स्कीले
तीनवटै टोलीलाई कमजोर प्रतिद्वन्दीको रुपमा नलिएको बताउनुभयो । उहाँले तीन
टोली मध्ये तुलनात्मकरुपमा फिफा बरियतामा प्यालेष्टाइन सबैभन्दा माथि र
बलियो टोली भएकाले उसलाई कडा चुनौति दिने तयारीका साथ नेपाली खेलाडी मैदान
उतार्ने वताउनुभयो ।
आफूले नेपाली टोली समालेपछि केही नयाँ
रणनीतिका साथ खेलाडीलाई प्रशिक्षण दिएको र त्यही रणनीति अनुसार नै मैदान
उतार्ने उहाँले वताउनुभयो । उहाँले नेपाली टोलीले पाकिस्तानसंग केही दिनअघि
भएको दूई मैत्रिपूर्ण खेलमा ब्यहोेरेको हारवाट राम्रो पाठ सिकेकाले जित
आत्मसाथ गर्न खेलाडीले आफ्नो गल्ती कमजोरी सुधारेको वताउनुभयो । उहाँले
च्यालेन्ज कपका लागि छनौट हुने दाबी गर्नु भयो ।
यस्तै कप्तान सागर थापाले यसअघिका खेलमा
नेपाली खेलाडीले गरेका गल्ति नदोहोर्याउने वताउनुभयो । उहाँले
पाकिस्तानसंगको हारसंगै गतिलो पाठ सिकिसकेकाले अब डिफेन्स, मिडफिल्ड र
स्ट्राइकिङ लाइनमा त्यस्ता गल्ति नहुने दाबी गर्नु भयो ।
छनौटका लागि हामी क्वालिफाइ छौं: प्यालेष्टाइन
नेपालसंगै समूह डीमा रहेको सबैभन्दा बलियो
टोली प्यालेष्टाइनका प्रमुख प्रशिक्षक महमोद जामलले एएफसी च्यालेन्ज कप
२०१४ का लागि आफूहरु छनौट हुने दावी गर्नुभयो । उहाँले गत वर्ष नेपाललाई
२-०ले हराएकाले पनि आफूहरुलाई छनौटका लागि केही सजिलो हुने वताउनुभयो ।
उहाँले भन्नुभयो,’नेपाल बाहेक नर्दन मारियाना आइल्याण्ड र बंगलादेशसंग
हामीले खेलेका छैनौँ । यो नै पहिलो भेट हो । तर पनि हामी उनीहरुलाई हराउँदै
छनौट हुनेमा ढुक्क छौँ ।’
आफ्नो टोली ६ राम्रा खेलाडीविना नै मैदान
उत्रिने भएकाले केही अप्ठेरो हुने भएपनि उनीहरुको अभाव खड्कीन नदिने उहाँले
वताउनुभयो । प्यालेष्टाइनले गत महिना भारतसंग भएको मैत्रिपूण खेलमा
भारतलाई ४-२ गोल अन्तरले हराएको थियो ।
राम्रो खेल पस्कनेछौं: बंगलादेश
बंगलादेशका प्रशिक्षक डारिअस डी क्रिउफले
आफ्नो टोलीले आकर्षक खेल पस्कने वताउनुभयो । उहाँले नेपाल र बंगलादेशको
खेलको स्तर एउटै भएकाले खेल्न केही सजिलो हुने वताउनुभयो ।
उहाँले प्यालेष्टाइन भारत जस्तो टिमलाई
हराउने टोली भएकाले उसलाई बलियो प्रतिद्वन्दीको रुपमा लिएको वताउनुभयो ।
उहाँले राम्रो खेल पस्केर एएफसी च्यालेन्ज कप २०१४ का लागि छनौट भएर स्वदेश
र्फकने विश्वास व्यक्त गर्नु भयो ।
अनुभव बटुल्न आतुर छौं: नर्दन मारिया
फिफा बरियता समेत स्थान नपाएको नर्दन
मारियालाई सबैले नौलो टोलीका रुपमा लिएका छन् । तर, नर्दन मारिया
आइल्याण्डका प्रशिक्षक कोलुआम किनले भने आफ्नो टोलीले राम्रो खेल पस्कने
दावी गर्नु भयो । उहाँले आफ्नो टोली नयाँ भएकाले एक अर्कालाई राम्रोसंग
चिन्ने मौका नपाएपनि राम्रो खेलेर अनुभव बटुल्ने वताउनुभयो । उहाँले तीनवटै
टोली बलियो भएकाले पनि आफ्नो टोलीले राम्रो अनुभव संगाल्ने विश्वास व्यक्त
गर्नुभयो ।
१९ फागुन, काठमाण्डौं । युद्व अपराध अभियोगमा बेलायतमा पक्राउ परेको नेपाली सेनाका कर्णेल कुमार लामा धरौटीमा रिहा हुने भएका छन् ।
उनलाई १० हजार पाउण्ड धरौटीमा रिहा गर्न
अदालतले आदेश दिएको छ । दुई महिनादेखि लन्डनको बेलमार्स कारागारमा रहेका
उनलाई यसअघि भने धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको थियो ।
बेलायतको चल्म्स्फोर्ड क्राउन कोर्ट
ससेक्समा शुक्रबार भएको सुनुवाईमा लामालाई १० हजार पाउन्ड धरौटीमा रिहा
गर्ने आदेश दिइएको हो । धरौटीवापतको रकम नेपाल सरकारले तिर्ने बताइएको छ ।
उनलाई अदालतले खोजी गरेको बेलामा उपस्थित हुने गरी रिहा गर्न लागेको हो । कर्णेल लामा तत्काल नेपाल आउन भने पाउने छैनन् ।
सुडान मिसनमा कार्यरत लामा दुई महिनाअघि
श्रीमति भेटन बेलायत गएका बेला पक्राउ परेका थिए । कपिलवस्तुको गोरुसिंगे
ब्यारेकमा रहेका बेला दुई जनालाई पक्राउ गरि यातना दिएको अभियोगमा उनलाई
पक्राउ गरिएको थियो ।
अष्ट्रेलिया पुगेका नायक जिवन लुईटेल
चलचित्र ‘मालतिको भट्टी’ र ‘रिदम’ को पि्रमियर गर्नमा व्यस्त छन् । उनले
अभिनय गरेको पछिल्ला २ चलचित्र ‘रिदम’ र ‘नोटबुक’ को गीतले बजारमा राम्रो
चर्चा पाएपछि जिवनको खुशीको सिमा छैन ।
अष्ट्रेलियाबाट
अनलाइनखबरसँग कुरा गर्दै जीवनले भने, ‘म गीतलाई पनि महत्व दिएर सिनेमा
खेल्छु र हिट हुन्छ ।’ उनले अभिनय गरेका अधिकांश सिनेमाका गीतहरु हिट छन् ।
चलचित्र ‘नाइ नभन्नु ल’, ‘म तिम्रो भैसके’, ‘अन्दाज’, ‘मालतिको भट्टी’,
‘जब जब माया बस्छ’ का गीतले बजार तताइसकेका छन् । यस्तै प्रदर्शनको क्रममा
रहेको चलचित्र ‘रिदम’ को ‘पागल म बन्न सक्छु’ बोलको गीत बजारमा यतिबेला
चर्चित छ । जिवनले नै अभिनय गरेको चलचित्र ‘नोटबुक’ को ‘गाला रात्तै’ बोलको
गीत पनि चर्चामा आइरहेको छ ।
जीवनले भने, ‘मैले खेलेपछि एउटा गीत हिट हुनैपर्यो नि ?’
हाम्रो समाजमा यौनका बारेमा कुरा गर्नु अहिले पनि लाजसरमको विषय मानिन्छ । कतिपय त गर्भनिरोधक औषधि तथा अस्थायी साधन कन्डमको नाम लिनसमेत लाज मान्छन् । जसकारण पनि पहिलोपटक यौनसम्पर्क कसरी गर्ने भन्नेबारे सल्लाह लिन चाहने कतिपयले आफ्ना कुरा मनमै दबाएर राख्ने गरेका हुन्छन् । पहिलो यौनसम्पर्कको पल सबैका लागि यादगार हुन्छ । मानिस आफ्नो पहिलो यौन सम्र्पकलाई अविस्मरणीय बनाउन चाहन्छन् । तर, पर्याप्त सल्लाह र सीपको अभावका कारण कुरा बिग्रने गर्दछ । सानो गल्ती र कमजोरीले पनि जीवनभर पछुतो हुन सक्छ । त्यसकारण पहिलोपटक यौन सम्र्पक गर्दा ध्यान दिनुपर्ने अत्यावश्यक कुरा निम्न छन् ।
कन्डम प्रयोग गर्नु
विशेषगरी नवविवाहित दम्पती पहिलो यौनसम्पर्कलाई लिएर निकै उत्साहित हुने गर्छन्, जसकारण उनीहरूले धेरै कुरा ख्याल गर्दैनन् । अधिकांश जोडी जोसमा होस गुमाउने गर्छन् । कतिपयले कन्डम प्रयोग गर्न जरुरी मान्दैनन् । जसकारण बिहे गरेको केही दिनमै पत्नी गर्भवती हुन्छिन् । नचाहँदा नचाहँदै भएको गर्भधारणले उनीहरूलाई पश्चात्ताप हुन्छ । प्रायः नवविवाहित पहिलो यौनसम्पर्कको अनुभव अनौठो हुन्छ भन्ने ठान्ने गर्छन् । यो अनौठो त हुन्छ नै । तर, कहिलेकाहीँ एउटाको मीठो अनुभव अर्काका लागि पीडादायक पनि हुन सक्छ । त्यसकारण एक-अर्काको सल्लाह र रुचिअनुसार मात्र सम्पर्क गर्नुपर्छ ।
नक्कलदेखि सावधान
इन्टरनेटको जमाना, त्यसमाथि पोर्न फिल्म, फोटोग्राफी र साइटको बिगबिगी । अचेलका युवायुवतीले स्कुल-कलेज लाइफमै पोर्न फिल्म हेर्ने गरेको पाइन्छ । जसमा अप्राकृतिक यौनसम्पर्क पनि देखाइने गरिन्छ । पहिलो यौनसम्पर्कको वेलामा आफूले हेरेको पोर्न फिल्मको नक्कल गर्ने कोसिस कहिल्यै पनि गर्नुहँुदैन । त्यसले दाम्पत्य जीवनमै संकट पैदा गर्न सक्छ । यौन एउटा कला हो, त्यसकारण पहिलो यौनसम्पर्कलाई जतिसक्यो कलात्मक बनाउनुपर्छ । पछि, आफ्नो पार्टनर पनि अभ्यस्त भएपछि आपसी सहमतिमा जे पनि गर्न सकिन्छ । यसप्रति ध्यान दिनु जरुरी छ ।
हतार नगर्नु
अधिकांश युवक पहिलोपटक यौनसम्पर्क गर्दा हतार गर्छन् । हतार गर्ने बानी घातक हुन्छ । हतार गर्नाले कतिपय युवक सम्पर्क नगर्दै स्खलित हुन्छन् । जसले गर्दा पत्नी असन्तुष्ट हुन्छिन् । यसले पति र पत्नी दुवैलाई ग्लानिको आगोमा जलाउँछ । त्यसकारण हतार नगरी प्रेमपूर्वक सम्भोग गर्नुपर्छ । यौन विशेषज्ञहरू भन्छन् कि पुरुषको दाँजोमा उत्तेजनामा आउन महिलालाई धेरै समय लाग्छ । त्यसकारण सम्पर्क गर्नुअघि पुरुषले फोर-प्ले
(प्राक्क्रीडा) मा विशेष ध्यान दिनुपर्छ । पत्नीलाई उत्तेजनामा ल्याउन पतिले उनलाई चुम्बन गर्ने, उनको शरीरका संवेदनशील अंगमा स्पर्श गर्नेलगायत यौन क्रियाकलाप गर्नुपर्छ । पत्नीलाई उत्तेजनामा ल्याएपछि मात्रै यौनसम्पर्क सुरु गर्नु बेस हुन्छ ।
पत्नीको भावना बुझ्नु
कतिपय पत्नी पतिका अगाडि खुलेर कुरा गर्न सक्दैनन्, पतिलाई दुःखी बनाउन चाहँदैनन् । जसकारण उनीहरू आफू सन्तुष्ट भएको झुट बोल्छन् । तर, पतिले पत्नी यौनसम्पर्कबाट साँच्चै सन्तुष्ट छिन् कि छैनन्, विचार गर्नुपर्छ । पतिले आफ्नो मात्रै सन्तुष्टि हेर्नुहँुदैन । पत्नीसँग सल्लाह गरेर अघि बढ्नुपर्छ । पति-पत्नीमा असमझदारी पैदा हुने प्रमुख कसी यौन असन्तुष्टि हो, त्यही भएर पहिलो यौनसम्पर्कमै यी कुरा विचार गर्नु जरुरी हुन्छ ।




