उदिता गोस्वामी, भारतीय नायिका
भारतको देहरादुनमा जन्मिएर नेपालको राजधानी काठमाण्डौमा पढेकी नायिका उदिता गोस्वामी बलिउडमा चर्चित छिन् । नेपालका पूर्व प्रधानमन्त्री तुलसी गिरीकी नातिनी उदिता नेपाली भाषा राम्रोसँग बोल्छिन् । बलिउडमा पाप, जेहेर, अक्सर, दिल दिया हे, फक्स, किस से प्यार करु, चेज, मेरे दोस्त पिक्चर्स अबी बाँकी हे, डायरी अफ अ बटरफ्लाई लगायतका बलिउड सिनेमामा अभिनय गरिसकेकी छिन् । उनले चर्चित गीत ‘कोलाभरी डी’को नेपाली भर्सन पनि गाइसकेकी छिन् । मंगलबारमात्र एक निर्देशकसँग बिबाह बन्धनमा बाँकिएकी बलिउड हट नायिकाको उपाधी पाइसकेकी गोस्वामीले हिमालय टेलिभिजनसँग गरेको कुराकानीः
कसरी भयो तपाईको बलिउडसम्मको यात्रा ?
म दिल्लीमा रहेर मोडलिङ गरिरहेको थिएँ । नायिका तथा निर्मात्री पुजा भट्टले मलाई एउटा म्यागेजिनमा हेर्नुभएको रहेछ । यसपछि उहा मलाई भेट्न दिल्ली आउनुभयो र मलाई मुम्बई बोलाउनुभयो । यसपछि मैले पाप नामक सिनेमा खेलेको हो । सुरुमा त मलाई अभिनय गर्छु जस्तो लागेको थिएन । सुरुसुरुमा गाह्रो भएपनि मैले पछि अभिनयलाई नै आफ्नो भविष्य बनाएँ । म भारतको टप मोडल थिएँ त्यतिबेला ।
कतिको संर्घष गर्नुपर्यो ?
मैले त्यस्तो धेरै संघर्ष गर्नुपरेन । म अब हलिउडमा जान चाहन्छु । यसका लागि कुरा पनि भइरहेको छ । मलाई मेरो संघर्षले त्यहाँसम्म पनि पुर्याउला जस्तो लागेको छ ।
नेपालसँग धेरै नजिक हुनुहुन्छ, नेपालीहरुलाई कसरी हेर्नुहुन्छ तपाई ?
नेपालीहरुको एउटा कुरा छ, उनीहरु लिन र दिन जानेका छन् । तर उनीहरुको दिमाग खुस्कियो अर्थात रिस उठ्यो भने मारिहाल्छन । यसैले नेपालीलाई खुकुरी देखाउन हँुदैन, उनीहरु रिसाउँछन् ।
चलचित्रको पर्दामा तपाई खुबै हट हुनुहुन्छ, यथार्थमा कत्तिको हट हुनुहुन्छ ?
हा.हा.हा. । मलाई यथार्थ भन्ने शब्द थाहा थिएन, बल्ल थाहा पाएँ अब यसलाई सम्भिmन्छु । म वास्तवमा एकदमै साधारण छु । म बाहिर हिँड्दा हट पहिरन लगाउँदिन, जिन्स नै लगाउन रुचाउँछु । म आज पनि देहरादुनकै युवती हँु । ममा परिवर्तन आउनुपर्ने हो, तर त्यस्तो भएको छैन । मेरो घरमा अझै पनि मःमः र नेपाली खाना पाक्छ । मलाई मेरा पुरानै साथीहरुसँग हिड्न मन लाग्छ, कुकुरको गफ गर्न मन लाग्छ । मलाई सिनेमा नगरीका धेरैजसोसँग सम्वन्ध राख्नु छैन् । किनकी उनीहरुको आफ्नै खालको दुनियाँ छ ।
नेपालसँग तपाइको सम्वन्ध कस्तो छ ?
मेरो ममी सिलोङको हो, बुबा हरिद्वारको । हजुरआमा चाहिं जनकपुरको । नेपालको पूर्व प्रधानमन्त्री तुलसी गिरी मेरो हजुरआमाको भाई हो । सानोमा मैले काठमाण्डुको थुप्रै ठाउँ घुमेकी छु । पहिला काठमाण्डुका बाटा ठूला लाग्थे, अहिले साना लाग्छन ।
नेपालको त्यस्तो कुनै घटना याद छ ?
मेरो हजुर आमा र म जनकपुरबाट कत्तै जाँदै थियौं । त्यतिकैमा हामी चढेको बसलाई अर्को बसले ठुलै ठक्कर दियो । मेरो हजुरआमा र म गम्भिर घाइते भयौँ । मेरो शरिरको विभिन्न ठाउँमा चोट लाग्यो, अहिले पनि त्यसको खत बाँकी छ । त्यो घटना त्यतिबेला ठुलो समाचार बनेको थियो । किनकी हामी तुलसी गिरीको परिवारसँग जोडिएका थियौँ । म पशुपति पनि गैरहन्थेँ, मलाई पशुपतिको बारेमा सबै थाहा छ ।
नेपाली सिनेमा हेर्नु भएको छ ? खेल्ने इच्छा छ कि छैन ?
मैले नेपाली सिनेमा आजसम्म हेरेकी छैन । तर सिनेमा खेल्न मन छ । राम्रो स्त्रिmप्ट र अब्बल निर्देशक भयो भने पक्कै पनि खेल्छु ।
नेपाली गीतहरु गाउन सक्नुहुन्छ ?
मलाई नेपाली गानाहरु धेरै आउँछ । जस्तो ‘गैरी खेतको शिरै हान्यो’, लोकगीतमा ‘पानको पात’ जस्ता गीतहरु मलाई याद छ ।
राजनीतिमा कत्तिको रुचि राख्नुहुन्छ ?
मलाई नेपालको होस् या भारतको कुनै पनि देशको राजनीतिमा याद छैन । तर ममा अहिले पनि नेपाली खुन छ । मलाई रिस उठ्यो कि पछि हट्न भन्दा पनि अघि सर्न मन लाग्छ मलाई ।
नेपाली खानेकुरा के मनपर्छ ?
मलाई तितौरा र छुर्पी खुबै मनपर्छ । साथीहरु नेपाल जाने भए भने म तितौरा ल्याउन आग्रह गर्छु ।
अन्त्यमा नेपालमा रहेका लाखौँ युवा फ्यानहरुलाई तपाई के भन्नुहुन्छ ?
तपाइलाई जे गर्न मन लाग्छ त्यो गर्नुहोस् । अरुले तत्कालका लागि तपाइलाई नराम्रो सांेचे पनि पछि त्यो तपाई आफ्नै लागि राम्रो हुनेछ ।

२१ माघ,
काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले
भारतसँगको सीमा विवादबारे जनमत संग्रह गर्ने प्रस्ताव गर्नु भएको छ
। सीमाविद् तथा इतिहासविद्हरुले भने प्रचण्डको प्रस्ताव आपत्तिजनक भएको
बताएका छन् ।
हेटौंडामा
जारी महाधिवेशनको बन्द सत्रमा पेश गर्न लागिएको प्रचण्डको प्रस्तावको
पृष्ठ ५० मा सीमासम्वन्धी सवाल देश र जनतालाई दीर्घकालीन असर पर्ने सबाल
भएकाले जामत संग्रह गर्ने उल्लेख छ । प्रतिवेदनमा भनिएको छ–’सीमा सम्बन्धी
सवाल देश र जनतालाई व्यापक र दीर्घकालीन असर पार्ने सवाल भएकाले यस
मामिलामा नेपाली जनताको सार्वभौमसत्तालाई ध्यान दिंदै जनमत संग्रह मार्फत्
यसलाई अन्तिम स्वरुप दिइने छ ।’ यद्यपी जनमत संग्रह कसरी हुन्छ भन्ने केही
उल्लेख छैन ।
यसअघि माओवादीले भारतले नेपालको सीमा
मिचेको भन्दै आएको थियो । तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको
सरकारविरुद्ध आन्दोलन गर्ने क्रममा सीमा क्षेत्रमा पुगेर चर्को विरोध समेत
गरेका थिए ।
सीमाविद बुद्धिनारायण श्रेष्ठका अनुसार
भारतले ७१ स्थानमा सीमा मिचेको छ । ६० हजार ६ सय ६२ हेक्टर जमिन भारतले
अतिक्रमण गरेको उहाँको भनाई छ ।
प्रचण्डको प्रतिवेदनमा नेपालको
अन्तर्राष्ट्रिय सीमानाको सुरक्षा, व्यवस्थापन र सिमांकनको मुख्य
जिम्मेवारी संघीय सरकारको हुने उल्लेख छ । नेपालको भूमिमाथि हुने कुनै पनि
गतिविधिहरुमाथि निगरानी राख्न र सुरक्षा प्रदान गर्नका लागि नेपाल आंफै सवल
र सक्षम रहेको भन्दै प्रतिवेदनमा कुनै पनि अन्य देशका सुरक्षाबलका कुनै
पनि निकायहरुलाई कुनै पनि बहानामा नेपाल भित्र नराखिने उल्लेख छ ।
पोर्टल्यान्ड,(एपी)- सियाटलतर्फ उडेको अलास्का एयरलाइन्सको एउटा
जेट विमानका पाइलट विमान उड्दै गर्दा बेहोस भएपछि पोर्टल्यान्डमा आपतकालीन
अवतरण गरिएको एयरलाइन्सका प्रवक्ताले बताएका छन्।
पाइलट बेहोस भएपछि को पाइलटले आपतकालीन अवस्थाको घोषणा गर्दै आपतकालीन
अवतरण गरेका थिए।
ओरिगनको आकाशमा छँदा उनी बेहोस भएका थिए। होसमा आएपछि उनले ककपिट छाडेका थिए। विमानभित्रै रहेका डाक्टरले उनलाई प्राथमिक उपचार गरेका थिए। आपतकालीन अवतरण गरेपछि रनवेमै थप चिकित्सकहरु उनलाई कुरिरहेका थिए।
पाइलटको परिचय खुलाइएको छैन। उनलाई तत्काल अस्पताल लगिएको थियो।
११६ यात्रु र पाँच चालक दलका सदस्यसहित लस एन्जलसबाट साँझ साढे ६ बजे उडेको बोइङ ७३७-७०० विमानले राति नौ बजे पोर्टल्यान्डमा आपतकालीन अवतरण गरेको थियो। विमान साढे नौ बजे सियाटलमा उत्रनु पर्ने थियो।
नयाँ पाइलटले पोर्टल्यान्डबाट विमान सियाटलसम्म उडाएको थियो।

छलफलमा सहभागी फिल्मकर्मीको सल्लाह अनुसार 'बधशाला'का निर्देशक मनोज पण्डित र निर्माता मोहन डोटेलले केही दिनपछि सेन्सरको स्वाभाविक प्रक्रियामा जाने निर्णय लिएका छन्।
'लुट'का निर्देशक निश्चल बस्नेतले छलफल कार्यक्रममा फिल्मकर्मीको सोचमा बन्देज लगाउन खोज्ने प्रवृत्तिको विरोध गरिनुपर्ने बताए। 'फिल्मकर्मीलाई एउटा घेरामा बाँधेर, तैंले यो गर्न पाउँछस्, त्यो गर्न पाउँदैनस् भनेर निर्धारण गर्ने प्रवृत्तिको यो उदाहरणविरुद्ध फिल्मकर्मीले अभियान चलाउन जरुरी छ,' बस्नेतले भने।
फिल्मकर्मीलाई नौटंकी गर्नेको जमात ठानिएको छायाँकार शैलेन्द्र डि कार्कीले आरोप लगाए। 'फिल्मसँग असम्बन्धित मन्त्रालयले गरेको यो हस्तक्षेप, फिल्मकर्मीलाई एउटा कमिला जति पनि नठान्ने मानसिकताको उपज हो,' कार्कीले भने, 'फिल्मकर्मीले कुनै कुरा पोख्ने फिल्मबाटै हो, त्यही माध्यममा अंकुश लगाउनु भनेको मुख थुनेसरह हो।'
नेपालजस्तो 'सिस्टम' नै नभएको मुलुकमा फिल्मकर्मीको स्वतन्त्रतामाथि भविष्यमा पनि आक्रमण हुनसक्ने र त्यस्तो अवस्थामा फिल्मकर्मीहरु एकजुट भएर लड्नुपर्ने निर्देशक छिरिङरितार शेर्पाले बताए। अर्का निर्देशक प्रचण्डमान श्रेष्ठले 'बधशाला'मात्र होइन भविष्यमा अरु फिल्मविरुद्ध यस्तै कदम दोहोरिन नदिन फिल्मकर्मीहरुले दीर्घकालीन रणनीति बनाउनुपर्ने आवश्यकता औंल्याए। 'लोकतान्त्रिक देश हो भने नेपाली सेनामाथि कुनैपनि फिल्मकर्मीले प्रश्न उठाउन पाउनुपर्छ, सेना पनि जनताको करबाट चल्ने संस्था हो,' निर्देशक श्रेष्ठले भने।
फिल्म सेन्सर र इजाजतसम्बन्धी चलचित्र नियमावलीमै परिवर्तन ल्याउन फिल्मकर्मीले दबाब दिनुपर्ने निर्माता पदम सुब्बाले सुझाव दिए। छलफल कार्यक्रममा आशिफ शाह, अनुप बराल, चन्दु झा, माधव वाग्ले, सौगात मल्ल, अर्पण थापा, दयाहाङ राई, राजन खतिवडा, सरिता गिरी, समुना केसी, फिडेल देवकोटा, अविनाशविक्रम शाह लगायत कलाकार तथा फिल्मकर्मीको सहभागिता थियो।
निर्माण पक्षले 'बधशाला'लाई आगामी फागुन २५ मा रिलिज गर्ने उद्देश्यले प्रचारप्रसार सुरु गरिसकेको छ।
'उनीहरुले मलाई भने बिहे गर्दा खुशी हुनुहुन्छ भने गर्नुस्,' उनले भनिन्। जीनतको हिरो सञ्जय खानसँग सम्वन्ध रहेको चर्चा गरिएपनि उनले मजहर खानसँग बिहे गरेकी थिइन्। मजहर सन् १९९८ मा विते।
'हो म बिहेको योजनामा छु। मेरा दुई छोराहरुका बाबु वितेपछि विहेको कुरा सोचेको थिइन्, यो निर्णय आफैमा अचम्मको पनि हो। भगवानको चाहनाका अगाडि अरु सबै कुरा केही महत्व राख्दैनन्,' उनले भनिन्, 'मैले मेरा लागि एक योग्य भेटेँ तर म उनी को हुन खुलाउन चाहन्न। उनी भारतीय नै हुन्। हामी बिहेको योजना बनाइरहेका छौं। म खुशी छु र जवान भइरहेको अनुभूति गरिरहेको छु।'
उनले ४ वर्षदेखिको प्रेमलाई बिहेमा रुपान्तरण गर्न लागिएको बताइन्।
भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय
विमानस्थलमा स्तरोन्नति गर्ने सरकारी योजना अन्ततः सन् २०१६ को
अन्त्यसम्ममा पूरा हुने भएको छ ।
राष्ट्रिय गौरवको उक्त आयोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई थप सहायता रकम उपलब्ध गराउन एसियाली विकास बैंक (एडिबी)ले सैद्धान्तिक सहमति जनाएपछि गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रियस्तरको विमानस्थलमा रुपान्तरण हुने पक्का भएको हो ।
मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा गौतमबुद्ध विमानस्थललाई नागरिक उड्डयनसम्बन्धी सम्पूर्ण सुविधासम्पन्न विमानस्थलमा परिणत गर्न एडिबीले दक्षिण एसिया पर्यटन पूर्वाधार विकास परियोजनाअन्तर्गत सहुलियपूर्ण ऋण तथा अनुदान प्रदान गर्न सहमति जनाएको हो ।
सन् २००७–२००८ मा उक्त विमानस्थलको स्तरोन्नतिका लागि कोरियाली कम्पनीले सर्वेक्षण, ‘डिजाइन’सहितको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेको थियो । दुई वर्ष लगाएर तयार पारिएको उक्त प्रतिवेदनमा परामर्शदाता कोरियाली कम्पनीले त्यसबेला विनियोजन गरिएको तीन करोड ८० लाख १५ हजार अमेरिकी डलर अपर्याप्त हुने र थप चार करोड २० लाख अमेरिकी डलर आवश्यक पर्ने जानकारी सरकारलाई दिएको थियो ।
प्रारम्भमा दुईहजार ६०० मिटर धावनमार्ग निर्माणको प्रस्ताव गरिएकामा त्यसलाई ४०० मिटर थप गर्ने, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्डअनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय धावनमार्ग, ‘राडार’लगायत उपकरण जडान, नयाँ ‘कन्ट्रोल टावर’, ‘कार्गो’ र भन्सार, अग्नि नियन्त्रण भवन, ‘बोइङ’ ७७७–२००, ‘एयरबस ए’–३३०–३०० जस्ता ठूला विमान ‘पार्किङ’ स्थल, खानेपानी तथा ढल निकास, घागराखोला ‘डाइभर्सन’लगायत अत्याधुनिक सुविधायुक्त भौतिक पूर्वाधारसमेत निर्माण गर्ने प्रस्ताव गरिएकाले अनुमानित लागतमा भारी वृद्धि भएको हो ।
अर्थ मन्त्रालयसँगको समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यान्वयन गर्ने उक्त परियोजनाको काम सन् २०१२ मा सुरु गर्ने लक्ष्य रहेकामा नपुग रकम समयमा नै उपलब्ध नहुँदा सन् २०१५ मा पूरा हुने आयोजना अब सन् २०१६ को अन्त्य सम्ममा सम्पन्न गर्ने संशोधित कार्ययोजना नेपाल नागरिक उड्डयन प्राधिकरणले अघि सारेको छ ।
विमानस्थल स्तरोन्नतिको कार्यमा विलम्ब हुन नदिन दुई चरणमा काम गर्ने र पहिलो चरणको कामका लागि एक करोड १० लाख अमेरिकी डलर प्राधिकरणको आन्तरिक स्रोतबाट बेहोर्ने गरी काम थाल्न अर्थ मन्त्रालयमार्फत एडिबीको सहमति मागिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री बताए ।
कोरियाली परामर्शदाताबाट प्राप्त प्रतिवेदनअनुसार आयोजनाका लागि नपुग चार करोड २० लाख अमेरिकी डलर शीघ्र प्राप्तिका लागि अर्थ मन्त्रालयमार्फत एडिबीमा पत्राचार भइसकेको उनको भनाइ छ ।
‘पहिलो चरणको काम गर्न ठेकेदारको पूर्व छनोटका लागि प्राप्त प्रस्तावको मूल्याङ्कन गरी स्वीकृतिका निम्ति एडिबीमा पठाइसकिएको छ’– राष्ट्रिय गौरवका आयोजनाको अनुगमन, मूल्याङ्कन, सहजीकरणलगायत कामको रेखदेख एवम् समन्वयको जिम्मेवारीसमेत बहन गरेको आयोगका उपाध्यक्षले बताए ।
थप आर्थिक स्रोतको सुनिश्चितता र ठेकेदार चयन गरी निर्माणको कार्य चाँडो अघि बढाउने आशयसहितको अर्थ मन्त्रालयको पत्र एडिबी मुख्यालय पुगेपछि त्यहाँबाट खटाइएका विमानस्थलसम्बन्धी जानकार अस्ट्रेलियाली परामर्शदाता भिक्टर क्राइग मनिला फर्किसकेका छन् ।
कोरियाली कम्पनीले प्रस्तुत गरेको प्रतिवेदन उपयुक्त भए–नभएको निक्र्यौल गर्न र थप आवश्यक सुझावका निम्ति एडिबी मुख्यालयले स्थलगत अध्ययनका लागि पठाएका ती प्राविधिकले दुई साताको विस्तृत अध्ययनपछि अन्तिम मूल्याङ्कन प्रतिवेदन बुझाउने भएका छन् ।
मलेसियाका विभिन्न विमानस्थलका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा पनि प्राविधिक परामर्शदाताका रुपमा काम गरिसकेका क्राइगको प्रतिवेदन नै अन्तिम हुने बताइएको छ ।
‘चाहिनेजति रकम नहुँदा क्षेत्रीय विमानस्थल निर्माणको काम अघि बढाउन सकिएको थिएन, ऋण सहायता स्वीकृतिका निम्ति एडिबीले परामर्शदाता पठाउनु भनेको हाम्रा लागि सकारात्मक सन्देश हो’– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवम् योजना महाशाखाका प्रमुख लोकबहादुर खत्री भने ।
एडिबीका उपाध्यक्ष जियायोउ झाओ र दक्षिण एसियाका लागि महानिर्देशक वान मिरान्डाले केही समयअघि नेपाल भ्रमणको क्रममा एकै चरणमा विमानस्थलको निर्माण थाल्न सुझाव दिएका गौतमबुद्ध विमानस्थल सुदृढीकरण आयोजनाका प्रमुख मुरारी भण्डारी बताए ।
उनका अनुसार परियोजनामा अपुग रकम प्रदान गर्न एडिबीले सकारात्मक जवाफ दिएको छ । एडिबीबाट स्वीकृति प्राप्त हुनेबित्तिकै बोलपत्र आह्वानलगायत आवश्यक काम तत्काल प्रारम्भ हुनेछ ।
एडिबीको उच्च तहबाटै एकै चरणमा काम थालेर सन् २०१६ सम्ममा पूरा गर्ने आशय व्यक्त भएकाले स्वीकृतिमा केही ढिलाई भएको उल्लेख गर्दै उहाँले एडिबीका परामर्शदाता क्राइगले यसै साता प्राविधिक मूल्याङ्कन प्रतिवेदन बुझाउने जानकारी दिएको बताए ।
यसैबीच, यहाँस्थित एडिबीको आवासीय कार्यालयले क्राइगले प्रतिवेदन बुझाइ नसकेको तथा यसै महिना पुनः अध्ययनका लागि नेपाल आउने र त्यसपछि मात्र प्रतिवेदन मनिलास्थित एडिबीको प्रधान कार्यालयमा बुझाउने स्पष्ट पारेको छ ।
शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रबद्र्धनका साथै काठमाडौं आउने अन्तर्राष्ट्रिय विमानहरूलाई आकस्मिक अवतरण गर्न नयाँदिल्ली, कोलकाता वा ढाका जानुपर्ने बाध्यताबाट मुक्त गर्न एडिबीले दक्षिण एसिया पर्यटन पूर्वाधार विकास परियोजनाअन्तर्गत गौतमबुद्ध विमानस्थलको स्तरोन्नतिका लागि ऋण दिन लागेको हो ।
बौद्ध धर्मावलम्बीहरूका लागि गौतमबुद्धको जन्मस्थल लुम्बिनी मुस्लिम समुदायहरुको मक्का झैं पवित्र मानिन्छ । रासस

हेटौडा, माघ २० -
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी महाधिवेशनले मुलुकमा जारी
राजनीतिक गतिरोध अन्त्यका लागि नयाँ 'फर्मुला' ल्याउने बताएका छन् । उनले
विपक्षी दलले विरोध गर्न नसक्ने गरी 'फर्मुला' ल्याउने दावी गरे ।
देशका लागि आवश्क पर्दा जस्तो सुकै नरम रणनीति लिन र त्याग गर्न आफूहरु तयार रहेको भन्दै दाहालले विपक्षी दलको अडानका कारण सहमति हुन नसकेको बताए । उनले आन्दोलनका कुरा छाडेर निर्वाचनको वातावरण बनाउन कांग्रेस र एमालेलाई आग्रह गरे ।
पार्टी महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले अबको 'फर्मुला' पनि नमाने कांग्रेस एमालेको हालत जनताले हेर्ने चेतावनी दिए । उनले निर्वाचनका लागि जो कोही स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाउन सकिने बताए ।
बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहभागी भएर निर्वाचनमा जान आफूहरुले गरेको वैधानिक प्रस्ताव कांग्रेस एमालेले नमानेका कारण मसिंरमा निर्वाचन हुन नसकेको उनको आरोप थियो । 'गृहमन्त्री, उच्च स्तरीय राजनीतिक संयन्त्रको नेतृत्व र अख्तियारको प्रमुख तपाईहरु नै लिनुस भन्दा पनि कांग्रेस सहमतिमा आउन चाहेन,' विपक्षीप्रति आक्रोश पोख्दै दाहालले भने ' मर्ने बेलामा कमिलाको प्वाँख त आएको होइन?'
निर्वाचनमा जाने विषयमा सबै सहमत भएपनि सरकार बनाउने विषयमा सहमति हुन नसकेको भन्दै उनले भने 'कोही त होला सबैले मान्न सक्ने व्यक्ति । ल्याउनुस र सरकार बनाएर निर्वाचनमा जाउँ ।'
उनले प्रधानमन्त्री भट्टराईको बचाउ गर्दै भने 'बाबुरामजी लोकतन्त्र र शान्ति प्रक्रिया विरोधी होइन । यो कुरा रामचन्द्र र बामदेवजीलाई पनि थाह छ ।' उनले नेत असफल होला तर जनता असफल हनेछैन भन्दै अन्त्यमा जनताले दिने फैसला सबैले मान्नुपर्ने बताए ।
उनले आफूहरु जतिसुकै नरम भएपनि जनताको मुद्दा कुनै हालतमा नछाड्ने र जनवादी क्रान्तिका बाँकी काम शान्ति प्रक्रियाबाट पूरा गरिने बताए । उनले जनता अधिकार सम्पन्न र समृद्ध नभएसम्म राष्ट्रिय स्वतन्त्रता सुदृढ हुननसक्ने भन्दै त्यस तर्फ महाधिवेशनले कार्ययोजना बनाउने उल्लेख गरे ।

नरिवलको पानी खानु मान्छेको स्वास्थ्यका
लागि लाभदायक छ भन्ने कुरा सबैलाई थाहा छ । यद्यपि यसले के के फाइदा
पूराउँछ भन्ने इतिवृत्त सबैलाई थाहा नहुन सक्छ ।
अझ नरिवलको पानी खानु पुरुषको लागि भन्दा
महिलाको लागि बढि फाइदाजनक हुन्छ भन्ने कुरा थाहै नहुन पनि सक्छ । तर
अनुसन्धानले के देखाएको छ भने नरिवलको पानी महिलाको स्वास्थ्यका लागि निकै
लाभदायक हुन्छ । पिसाब पोल्ने, सरीरमा पानीको कमी अर्थात् डिहाइड्रेसन हुने
समस्याबाट मुक्ति पाउन मात्र होइन छालाको सुन्दरता र स्वास्थ्यका साथै
मोटोपन घटाउन समेत नरिवलको पानी कामयाबी हुन्छ ।
अझ गर्भवती महिलाका लागि नरिवलको पानी पिउनै झनै फाइदाजनक हुने बताइएको छ । नरिवलको पानीले महिलामा पूराउने अन्य लाभ यसप्रकार छन्:
- नरिवलको पानी पिउनाले गर्भवती महिलामा बिहानपख हुने बान्ता रोक्न सघाउ पूराउँछ । नरिवलको पानीमा हुने विभिन्न प्रकारका लवणहरु, भिटामिन सी लगायतका तत्व गर्भवती महिला र गर्भको बच्चालाई निकै फाइदा पूराउँछन् ।
- नरिवलको पानी नियमित पिउने महिलामा मुत्रनलीको संक्रमणको खतरा पनि कम हुन्छ । यसले ढुसी पैदा गर्ने व्याक्टेरियालाई मारिदिन्छ । त्यसैले पिसाब सम्बन्धी समस्या भएका महिलाले पनि दैनिक नरिवलको पानी पिउनु निकै उत्तम मानिन्छ ।
- सरीरमा पानीको आपूर्तिलाई सन्तुलित गर्न र विषाक्त तत्वलाई बाहिर ल्याउन नरिवलको पानीले सहयोग पूराउँछ ।
- नरिवलको पानीले वजन नियन्त्रण अर्थात् मोटोपन घटाउन सहयोग गर्छ । नरिवलको पानी पिउनाले सरीरमा जमेको अनावश्यक बोँसो घटाउनुका साथै रगतमा कोलेस्टेरोलको मात्रा पनि कम गर्छ ।
- नरिवलको पानीको नियमित सेवन गर्नाले छाला स्वस्थ तथा सुन्दर बन्छ ।
- नरिवलको पानी पिउनुको अर्को फाइदा के हो भने यसले योनीको संक्रमण लगायतका कारणबाट योनीमा हुने जलनलाई कम गर्छ । यदि पिसाब पोल्ने समस्या छ भने त्यसबाट मुक्ति पाउन नरिवलको पानी पिउनु उत्तम उपाय मानिन्छ ।
स्मरणशक्ति बढाउँछ
काठमाडौ, माघ २० - कसैलाई अँगालो मार्ने वा कसैको अँगालोमा बाँधिने कल्पना मात्रले पनि आङ सिरिङ हुने गर्छ । त्यसमाथि आफ्नो पि्रय मान्छेको अँगालोको त के कुरा गर्नु ?अँगालोले स्मरणशक्ति बढाउन र तनाव कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने रहेछ । भियना विश्वविद्यालयमा गरिएको अध्ययनबाट यो निष्कर्ष निस्केको हो । डेली मेलले सम्बद्ध वैज्ञानिकहरुलाई उद्धृत गर्दै लेखे अनुसार, कुनै व्यक्तिले कसैलाई अँगालो हाल्दा उसको रगतमा अक्सिटोसिन हार्मोन प्रवाहित हुन थाल्छ । यो हार्मोनले रक्तचाप र तनाव नियन्त्रण गर्न र स्मरणशक्ति बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ ।
अध्ययनकर्ताहरुका अनुसार, कुनै पनि व्यक्तिको सामाजिक व्यवहार निर्धारण गर्न अक्सिटोसिनको अहम् स्थान हुन्छ । यो हार्मोनले आपसमा घनिष्ठता बढाउँछ ।
महिला आमा बन्नु र स्तनपान गराउन सक्षम हुनुमा यो हार्मोनको हात हुन्छ । आमा र शिशुको सम्बन्ध बलियो बनाउनमा पनि यही हार्मोन जिम्मेवार हुन्छ । अनुसन्धानकर्ताहरू भन्छन्, 'अँगालो मार्नु भनेको माया दर्साउनु हो । कसैले कसैलाई अँगालो हाल्दा एअर्काप्रति सहानुभूति उत्पन्न हुन्छ । स्वाभाविकै हो, आपसमा विश्वास बढेपछि शरीरमा सकारात्मक प्रभाव पर्छ ।' सकारात्मक प्रभाव परेपछि मस्तिष्क पनि चंगा हुने भइहाल्यो । चंगा मस्तिष्कले नै धेरै कुरा सम्झन सक्छ ।
न्युरो फिजियोलजिस्ट जुगेन सेडकुलरका अनुसार, एकअर्कालाई नचिन्ने र अँगालोको चाहना नराख्ने व्यक्तिबीच चाहिँ पनि यस्तो क्रियाको त्यस्तो धेरै प्रभाव पर्दैन रे । इच्छाबेगर कुनै अपरिचित वा परिचितद्वारा अँगालो मार्दा पनि अक्सिटोसिन हार्मोन सक्रिय हँुदैन । मन नलागीनलागी अँगालो मार्दाचाहिँ तनाव बढ्छ ।
त्यसैले विश्वासको अँगालो मारौं, तनाव घटाऔं र दिमाग बढाऔं ।
प्रत्येक
दिन बिहान कागती पानी पिएर दिनको सुरुवात गर्नुपर्छ। गाजर, चुकन्दर,
सुन्तला, जुनार आदिको जुस पिनासका लागि उपयोगी हुन्छ। भुइँकटहर दिनमा
दुईपटक सेवन गर्नु राम्रो हुन्छ। भिटामिन ए युक्त खानेकुरा गाजर, चुकन्दर,
पालुंगो, सागपात, चीज, मक्खन, कलेजो एवं मेवा खानुपर्छ। भिटामिन सीयुक्त
कागती, सुन्तला, माैसम, जुनार, भेंडेखुर्सानी, गोलभेंडा, काउली, सागपात पनि
लाभदायी हुन्छन्। काँचो सलाद र फलफूललाई दैनिक भोजनमा समावेश गर्नुपर्छ।
भोजनमा लसुनका ५-६ केस्रा तथा प्याज १-२ वटा दिनहुँ खानुपर्छ। दूधको साटो
सोयाबिन, तिल वा नरिवलको दूध खान सकिन्छ। ओमेगा-३ को स्रोत आलस, जैतुनको
तेल वा ओखर सेवन गर्नुपर्छ। साभार ः एक सय एक रोग एक से एक उपचार
भक्तपुर, माघ २० – छोरीको बिहेको निम्तो बाँड्न
हिँडेका एक व्यक्तिको हत्या भएको छ । माघ २२ गते हुने छोरीको बिहेको निम्ता
बाड्न आफन्तकहाँ हिडेका भक्तपुर सिरुटार ७ का ४५ वर्षीय रामेश्वर राउतको
घर नजिकै विभत्स हत्या भएको हो ।
राउतको शव शनिबार बिहान फेला परेको हो । परिवारलाई बिहेको सामाग्री तयार
गर्न लगाएर बिहेको निम्ता बाड्न र विवाहका लागि अवश्यक रकमको तयारी गर्न
शुक्रबार बिहान घरबाट निस्किएका राउतको शव घरबाट करिब १ किलोमिटर पर
उत्तरतर्फ हत्या गरिएको अवस्थामा परिवारले फेला पारेको हो ।
शुक्रबार घर नफर्केपछि र फोन समेत सम्पर्क नभएपछि खोज्न निस्किएका उनका
परिवारले दधिकोट गाविस ८ चित्रपुरमा गहुँ खेतमा ढलका लागि प्रयोग हुने
सिमेन्टको हिम पाईप भित्र जलेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतकका दाई रामभक्त राउतका अनुसार शुक्रबार बेलुका सवा पाँच बजे राउतले
फोन गरेर आफू ग्वार्कोमा रहेको र पैसा दिनेहरुसँग बिवाद भएको जानकारी दिएका
थिए ।
‘साँझ पैसा लिन जाँदा विवाद भएको जानकारी गराएपछि उसँग फोन सम्पर्क भएन ।
घरमा नआएपछि फोन गर्दा मोवाईल अफ थियो । रातभर चिन्ता भै रह्यो’, मृतकका
दाई राउतले भन्नुभयो, ‘बिहान मोटरसाईकल बाटोमा भएको खबर आएपछि खोज्न जादा त
यस्तो पो देखियो ।’
दधिकोट ८ मा रहेको ढलको पाईपभित्र आगो लगाएको अवस्थामा शव भेटिएको
प्रहरीले जनाएको छ । दधिकोट ८ र ६ को सिमानामा रहेको सडकममा मृतक राउतको
बा.३८ प. ५२५९ नम्बरको निलो रंगको पल्सर मोटरसाईकल र हेल्मेट भेटिएको छ ।
त्यसको केही पर खेतमा उहाँले लगाएका कालो ज्याकेट र अलि पर खेतमा टोपी
भेटिएको छ ।
ज्याकेटबाट नगद रु. ६ हजार ८ सय ९० , पञ्चशिल सहकारीको एकलाखको हस्ताक्षर
सहितको चेक, हिमालयन बैंकको चेकबुक, अन्ना क्यासिनोको बिजनेश प्रमोटर
लेखिएको परिचयपत्र, टेलिफोनको पैसा तिरेको बिल, बिभिन्न कार्डहरु र बिहेको
निम्तोकार्ड समेत भेटिएको छ ।
ढलभित्र शव जलेर चिन्नै नसकिने अवस्थामा छ । एक वर्ष अघिमात्र करिब ७ वर्षसम्म ईराक बसेर मृतक राउत घर फर्किनुभएको थियो ।
‘जलेको देखेँ तर पत्तो पाइन’
मृतककका भतिजा श्रीचन्द्र राउतले शुक्रबार राती करिब ९ बनेतिर अलि पर आगो
बलेको देखेको बताउनुभयो । ‘राती करिब ९ बजे शौचालय जान घरको बरण्डामा
निस्कदा घटनास्थल नजिकै आगो बलिरहेको देखेको थिएँ’, राउतले भन्नुभयो, ‘कुनै
मादक पदार्थ सेवन गर्नेले आगो बालेको होला भनेर मतलब गरिनँ । तर त्यही
ठाउँमा काकाको हत्या भएको रहेछ । घटना सुनुयोजित देखिन्छ ।’
प्रहरीको अनुमान
प्रहरीका अनुसार घटनास्थल वरपर ३ ठाउँमा आगो बालिएको छ । हत्या गरेर शव ढल
भित्र हालेर पेट्रोल छर्किएर आगो लगाएर हत्याराहरु फरार भएको हुन सक्ने
महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक दिलिप चौधरीको अनुमान छ ।
प्रहरी उपरीक्षक चौधरीले आर्थिक लेनदेन वा व्यक्तिगत दूश्मनी कै कारण भएको
हुनसक्ने बताउनुभयो । ‘मृतकले चढ्ने मोटरसाईकल रोकिएको अबस्थामा छ’,
उहाँले भन्नुभयो, ‘मृतकको अबस्था हेर्दा चिनजान कै मानिसबाट मनमुटाबका कारण
घटना घटेको देखिन्छ ।’
मृतकको मोबाइलमा सम्पर्क भएका नम्बरको कल डिटेल मगाएर अनुसन्धान सुरु
गरेको र छिटोभन्दा छिटो हत्यारा पत्ता लगाउने प्रहरी उपरीक्षक दिलिप
चौधरीको भनाई छ ।
मृतकको शव पोष्ट मार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
बलिउड नायिका प्रियंका चोपडा प्रतिभाशाली
कलाकारको रुपमा चिनिन्छिन् । विभिन्न कारणले चर्चामा आइरहने प्रियंका
यतिबेला विश्वभर छाउने क्रममा छिन् । नायिकाबाट गायिका समेत बनेकी
प्रियंकाले हालै मात्र आफ्नो पहिलो अन्तरराष्ट्रिय गीतको भिडियो तयार
पारेकी छिन् । यो भिडियोमा चोपडा निक्कै आकर्षक समेत देखिएकी छिन् ।
‘इन
माई सिटी’ नामक एल्बममा समावेश एक गीतमा प्रियंकाले भारतिय र पश्चिमेली
संकृतीको फ्युजन गराएकी छिन् । यो एल्बम तयार गर्न करिब ४ महिना लागेको
प्रियंकाले बताएकी छिन् । एल्बममा समावेश अन्य गीतको भिडियो समेत छिट्टै
बजारमा ल्याउने तयारी बलिउड देशी गर्लको छ ।
राजन मुकारुङ
टाइसन दाइ अर्थात् किशोर अमात्य ।
टाइसन दाइको मःमः पसल खूब चल्छ कोटेश्वरमा
। टाइसन दाइ पहिले बक्सिङका खेलाडी । डन फोरसम्म । राज्यले सम्मान गरेन ।
उनले विहे गरे । अन्तर्जातीय । त्यसपछि उनको नयाँ अध्याय सुरु भयो जीवनको ।
बाह्रवटा वर्षहरु बितेछ अमात्य खाजाघर खोलेको । यसैले गुजारा चलेको छ ।
छोराहरु पढ्दै छन् महँगो ‘बोर्डिङ फि’ तिरेर । उस्तै ज्यान कद र नश्लका छन्
। तर, दाइले खेलाडी नबनाउने प्रण गरेका छन् । खेलको राजनीति, आफ्नो मान्छे
छान्ने चलन । पटक्कै मन पर्दैन टाइसन दाइलाई ।
टाइसन दाइको पसल । फरक केही भएको छैन ।
कोठा निकै ठूलो हो तर सामानहरुको चेपाचेपले साँघुरो लाग्छ । चारवटा टेबलहरु
छन् । आठवटा बेन्चहरु । एउटा बेन्चमा दुईजना अट्छन् मरितरि । यी
ग्राहकहरुका लागि हुन् ।
पाँचौं टेबल जो बायाँपट्टकिो तल्लो कुनामा
छ । त्यसमाथि ग्याँस चुलो बल्छ । मःमः पाक्ने भाँडो बस्छ । कोठाको बीच
भागमा पर्ने गरी मूल खाँबो उभिएको छ । यो कोठामा ग्राहकहरुको लागि यही
खाँबो हो जङ्गे पिलर । अथवा दशगजा भने पनि हुन्छ । यहाँदेखि उता साहुको देश
हो । त्यहाँ साहुको अर्थात् टाइसन दाइको आफ्नै कानून चल्छ ।
मूल खाँबासँगै सटिएको छ आफ्नो सीमापट्टी
पर्ने गरी पेप्सीको ठूलो फ्रिज । फ्रिजसँगै जोडिएको छ अलि लामो टेबल ।
टबलमाथि छन् आजका परिकारहरु । ठूलो खसीका अर्थात् राँगोका । कलेजो, जिब्रो,
भुटन, खागो, सेकुवा र छोयला । भटमास र चिउरा पनि छन् सँगसँगै । थालभरि छन्
काँचो प्याज र खोर्सानीका टुक्राहरु ।
पर भित्तोमा टँसाएर राखिएको छ अर्को डबल
चुलो । एउटा चुलोमाथि सधैं सिलबरे भड्डु बस्छ । भड्डुमा गालेको हृयाकुला र
सुप हुन्छ । अर्को चुलोमा फलामे तावा बस्छ । यसले ‘अर्डर’बमोजिमको सेकुवा,
कलेजो, जिब्रो, भुटन र खागोलाई ‘फिनिसिङ टच’ गर्छ । अर्थात् पकाउँछ ।
दायाँ भित्तामा पेप्सीकै लोगोसहितको
गोलाकार भित्तेघडी छ । त्यहीँनेर छ किरात सहकारीको क्यालेण्डर । नाम्देङले
यही सहकारीमा ऋण विभागको प्रमुख भएर गुजार्यो पूरापूर तीन वर्ष ।
काठमाण्डूमा पनि कोठाले पूरै पहाडी गाउँको
झल्को दिन्छ । खाँबोमाथि अडिएर बडेमानको निदालले दलिनहरु थामेका छन् ।
दलिनहरुमाथि बाँसका साटाहरु राखिएका छन् । बुट्टेदार बनाएर । भित्तामा लिउन
गरिएको छैन । इँटा र माटोले उठाइएको पर्खाल भन्ने प्रष्टै देखिन्छ ।
होचोचाहिँ अलि होचै हो कोठा । साढे छ फुट मात्रैको होला उचाइ । टाउको
ठोकिएला कि लाग्छ धेरैलाई । पस्दापस्दै निहुरिनुपर्ने हो कि भन्ने आभास
हुन्छ । पहिल्यै हार्नुको बिम्बमा बिम्बित भइहाल्छन् धेरै । अग्लो मान्छेको
लागि त पहिलो सर्त नै निहुरिनु हो यहाँ । सबै उस्तै छ अझै । यति हो माइक
टाइसनको फोटोचाहिँ अब धूवाँले पूरै पहेंलो र घुर्मैलो भइसकेको रहेछ ।
टाइसन दाइको पसलमा पस्दा मान्छेहरु
लुरुक्क परेर पस्छन् । जब अयला लाग्दै जान्छ काठमाण्डूले दिएका दुःखहरु
पोख्न थाल्छन् । टेबल ठोक्न थाल्छन् । काठमाण्डूवादी केन्द्रीयताको विरोध
हुन थाल्छ । पूरै मुलुकको विरोध गर्छन् । मुड्की बजार्छन् । अहिल्यै
क्रान्तिको आगो सल्काइहाल्छुझैं भइहाल्छन् । निस्कने बेलासम्ममा यहाँ सबै
नै माक्र्स, माओ, चे ग्वेभेरा वा बिन लादेन भइसक्छन् । निस्कँदा सबभन्दा
क्रान्तिकारी भएर निस्कन्छन् । मानौं, यहाँ घाम झुल्किन्छ विजयको, जीतको ।
यहाँ खुला आकाश फैलिन्छ प्राप्तिको । मीठो सम्झनाको । अद्भूत सुखानुभूतिको ।
फेरि ? तर फेरि भोलिपल्ट बिहानैदेखि सायद काठमाण्डूले हायलकायल गराइहाल्छ ।
साँझसम्ममा त लुरुक्क परिहाल्छन् । त्यसरी नै छिर्छन् त्यसरी नै । मानौं,
यहाँ जिन्दगीको बाक्लो बादल लाग्छ । यहाँ खुशीको घाम डुब्छ । यहाँ सधैं
अँध्यारो मात्र हुन्छ । अनि पिउँछन् अयला । बिस्तारै सुरु भइहाल्छ
क्रान्तिकारिता । मानौं, घाम कहिल्यै डुब्दैन जिन्दगीको । यस्तै रीत छ
अमात्य खाजाघरमा ।
बाँकी खानेहरु हत्तपत्त आउँदैनन् टाइसन
दाइको पसलमा । उधारो खाएर जानेलाई खोज्दैनन् टाइसन दाइ । नआए के भो ? दाइको
आफ्नै सर्त छ । कति नै खाएको हो र ? गरिखावोस् ! यो पनि सत्य हो- नाम
कमाइसकेकाहरुले दाइको पसलमा पाइला पनि राख्दैनन् । ‘स्टाण्डर्ड’मा पर्दैन
दाइको पसल ।
पसे नाम्देङ र खुक्सङ ।
‘छ्या ! नाम्देङ भाइ पो रछ,’ नाम्देङलाई
देख्नासाथ भाउजूले अनुहार बिगारिन् । उता फर्केर पिच्च थुकिन् । आँखा
मिचिन् । फर्किइन् अगाडि । नमस्ते पनि भन्न पाएन नाम्देङले । भनिन् भाउजूले
नै, ‘स्वास्नीले छोड्दा पनि भाग्ने !’
रनन भयो नाम्देङ । तात्यो सम्पूर्ण शरीर । कुरो पेचिलो थियो भाउजूको । नाम्देङसँग कुनै सवाल थिएन ।
०००००
‘अंकलको फेसबुक आइडी छैन ?’ ल्यापटप नै बोकेर आई नोमा ।
‘के हो फेसबुक ?’
‘ट्विटरजस्तै ।’
‘के हो त्यो भनेको ?’
‘हृया अंकलचैं’ टेबलमा ल्यापटप राखी नोमाले । नाम्देङकै छेउमा बसी । सोधी, ‘इमेल नि ?’
‘थियो । नखोलेको भयो कति हो कति,’ नाम्देङले हेर्यो ल्यापटपमा । नोमाका तस्बिरहरु थिए ल्यापटभरि ।
‘हत्तेरी अंकल ! अनि आन्टीसँग चैं कसरी सम्पर्क गर्नुहुँदै छ नि ? फोनमा मात्रै ?’
‘अहँ ! भकै पो छैन ।’
‘हृवाट ?’
‘हो त ।’
‘लौ,’ ल्यापटको माउसमा औंला चलाई नोमाले । सोधी, ‘आन्टीको नाम के हो अंकल ?’
‘रम्भा ।’
किबोर्डमा रम्भा राई ‘टाइप’ गरी नोमाले । ल्यापटपको दायाँ कर्नरमा आठवटा नामहरु आए रम्भा राईका । बिस्तारै फोटाहरु खुले ।
सोधी,
‘आन्टीको फोटो कुन हो त अंकल ।’
‘कुनै पनि होइन ।’
‘आन्टीको इमेल आइडी था छ त अंकल ?’ सोधी नोमाले ।
‘खै पैले त रम्भा एस १९७४ थ्यो ।’
‘जिमेलमा ?’
‘हैन याहु ।’
त्यही इमेल टाइप गरी नोमाले । आधा अनुहारै ढाक्नेजस्तो कालो चश्मामा खुली रम्भा । नाम तर ‘रम्भा एन्जल’ भएर ।
‘नाम मिलेन त अंकल,’ भनी नोमाले ।
‘फोटो उसैको हो,’ ठिम्यायो नाम्देङले । भन्यो, ‘क्रिश्चियन भको होला । फेर्यो होला नि ।’
नोमाले अघि नै रम्भालाई खोलिसकेकी रहिछे । फोटोमा रम्भा मर्सिडिजअघि उभिएकी थिई ।
दोस्रो फोटोमा समुद्रको किनारामा छालसँग जिस्किँदै थिई रम्भा ।
टु पिसमा । पुष्ट छाती । छिनेको कम्मर । ठूल्ठूला हिप । बुलबुल कपाल । काला गगल्स लगाएकी । उही हो मान्छे ।
तेस्रो फोटोमा गगनसँग पो आलिङ्गनमा थिई ।
चुम्बन गर्दै थिई एकालापले । गगनको छातीभरि झ्याप्झ्याप्ती रौं थिए ।
हाफपेन्टमा मात्रै थियो त्यो । रेवन लगाएको । कपालचाहिँ नभएको । तालु
टलक्कै टल्किएको ।
फोटोमुनि यस्तो क्याप्सन लेखेकी रहिछे रम्भाले-
‘माइ लाइफ ! हट लाइफ ! एभ्री टाइम विथ माइ हिरो !’
त्यसपछिका फोटाहरु हेर्न सकेन नाम्देङले । नोमा पनि चुप भएकी थिई अब । निःशब्द र अचल ।
(साहित्यकार मुकारुङको बिहीबार विमोचित उपन्यासको अंश)
जापानकी पप स्टार मिनामी मीनिगिशीले डेटिङ जान नपाउने ब्याण्डको नियम
उल्लंघन गरेकी छिन् । प्रेमीको घरबाट सुटुक्क बाहिरिदै गरेको तस्वीर
सार्वजनिक भएपछि उनले कपाल मुण्डन गरि आफुले आफैंलाई सजायँ दिँदै माफी
मागेकी छिन् । शिर मुण्डन जापानमा माफी माग्ने परम्परागत तरिका हो ।

डेटिङ जान नपाउने उनको ब्याण्डको नियम छ । यू-ट्युवमा राखिएको रेर्कडिङ सन्देशका अनुसार आफ्ना प्रशंसकहरुसँग माफी माग्दै उनले एकेबी ४८ ब्याण्ड छोड्न नचाहेको बताएकी छिन् । शिर मुण्डन गर्दैमा आफूले माफी नपाउने भन्दै उनले भनेकी छिन्-यदि यो सम्भव छ भने म हृदयदेखि नै ब्याण्डको सदस्य बन्न चाहन्छु । जे मैले गरेँ, त्यो मेरो गल्ती थियो र म माफी माग्छु ।’
ब्याण्डको प्रोडक्सन कम्पनीले भने मीनिगिशीले डेटिङको अधिकार नरहने ब्याण्डको मूल नियम तोकेको बताएको छ । साथै उसले मीनिगिशीलाई पदबाट हटाएको छ ।
प्रशंसकहरुले भने स्टारहरुको निजी जीन्दगी हुने भन्दै पप स्टार मिनामी मीनिगिशीको बचाउ गरेका छन् । उनको प्रेमी एक पुरुष ब्याण्डका डान्सर हुन् । हालै मात्र मिनिगिशी आफ्ना प्रेमीको घरबाट निस्कदै गरेको तस्वीर सार्वजनिक भएको थियो । मीनीगिशी सन् २००५ देखि ब्याण्ड एकेबी ४८ को सदस्य छिन् । यो ब्याण्डमा ९० महिला छन्, जसमा किशोरीदेखि २० वर्षसम्मका युवतीहरु छन् ।

पाँच वर्षअघि हिन्दी चलचित्र मर्डरले अश्लील दृश्य देखाएर २५ लाख कमाएर लग्यो, हामीले खुसी भएर हेर्यौं त्यो चलचित्र।
प्ले व्वाइको कथामा सेक्स नभएर के हुन्छ त ?
सनी लियोनले दिएको पोज हामी खुसीले हेर्छौं। हामीले त्यस्तो दृश्य त दिएका थिएनौं। हामीले त्यति सारो त गरेका छैनौं नि, फेरि किन यस्तो होहल्ला ?
स्यान्ट्रो र फ्ल्याटको लोभमा परिवार भएको व्यक्तिको ओछ्यान तताउनुभन्दा आफूले माया गरेको व्यक्तिसँग सेक्स गरेको राम्रो।
नेपाली चलचित्रमा रमाइलो खवरको कुनै खाँचो हुँदैन। धेरैले आफूलाई चर्चामा ल्याउन विभिन्न रसरंगका खबर फैलाउँछन् भने कतिपय चलचित्रभित्रको राजनीतिमा परेर यस्ता खबर बन्न पुग्छन्। चारानाको कुखुरा बारानाको मसला भनेजस्तो धेरैजसो चलचित्रमा घाटा बेहोर्ने निर्माता र सार्हैँ कम पारिश्रमिकमा चित्त बुझाउने कलाकारको जीवन भने यस्तै उतारचढावमा बित्ने गरेको छ। यस्तै रमाइलो खबर बन्ने नायिका हुन्- जिया केसी। तीन वर्षअघि नायिका बन्न झापाबाट काठमाडौं उक्लिएकी जियाको जीवनलाई केलाउने हो भने पनि यो उद्योगको वास्तविकता छर्लङ्ग हुन्छ। यसपटक साप्ताहिकले जिया केसीलाई माध्यम बनाएर नेपाली चलचित्रलाई नजिकबाट नियाल्ने प्रयास गरेको छ। जिया कहिले निर्माता-निर्देशकसँग आफूलाई चलचित्रबाट ननिकाल्न अनुनय विनय गरिरहेकी भेटिन्छिन् भने कहिले भुवन केसीसँगको डेटिङको समाचार बनिरहेकी हुन्छिन्। चलचित्र एटीएमको ट्रेलर सार्वजनिक भएयता यी नायिकाप्रति नेपाली दर्शकको चासो पनि बढिरहेको छ।
झापामा तपाईंको नाम जानुका कार्की थियो, काठमाडौं आइपुग्दा जिया केसी भयो, कसरी ?
निर्देशक दीपक श्रेष्ठले जानुका नाम उति राम्रो हुँदैन परिवर्तन गर भन्नुभयो। उहाँले यमुनालाई युना उप्रेतीमा परिवर्तन गरिदिनुभयो। त्यो हिट भयो। त्यस्तै हुन्छ भनेर उहाँको सुझाव पालना गरेकी हुँ। उहाँ मेरो गड फादर पनि हो।
हिरोइन बन्न धेरै युवती वाहिरबाट काठमाडौं आउँछन्, त्यसमध्ये थोरै मात्र पर्दामा देखिन्छन्। त्यस्ता युवती मध्ये तपाईं पनि हो। यो हिरोइन बन्ने रहर कसरी पलाउँदो रहेछ ?
मान्छेले सानैदेखि तँ हिरोइन जस्तै राम्री छेस् भनेर फुर्याउने कारणले नै हिरोइन बन्ने रहर पलाउँदो रहेछ। मलाई दुई कक्षा पढ्दादेखि नै लभलेटर आउँथ्यो। शिक्षकहरूले लेटर लेख्नेलाई सजाय दिनुहुन्थ्यो र भन्नुहुन्थ्यो, 'तँ राम्री छेस्, केटाहरू पग्लिहाल्छन् नि।' शिक्षकले समेत त्यस्तो कुरा गरेपछि म राम्री पो रहेछु भन्ने पर्न थाल्यो। राम्रा केटीले हिरोइन बन्नुपर्छ भन्ने लागेपछि मलाई पनि हिरोइन बन्न मन लागेको हो।
कहिलेदेखि ?
सानैदेखि। म पढ्दा पनि अनुहार बनाएर, आँखा नचाएर पढ्थें। टेलिभिजनमा हिरोइनले बोलेजस्तो नक्कल पार्थे। ८ कक्षा पढ्दा मलाई सबैले करिना कपुर भन्थे। करिना नै बन्छु भन्ने रहरले नै एसएलसी दिनेबित्तिकै काठमाडौं आएकी हुँ।
हिरोइन बन्छु भनेर कल्पना गर्नु र साँच्चै हिरोइन बन्नु कति फरक रहेछ ?
धेरै नै फरक रहेछ। पहिलो चलचित्र 'अग्निसाक्षी' बुवाको साथीले बनाउने कुरा भएकाले त्यही चलचित्रका लागि काठमाडौं आएकी थिएँ तर त्यसको सुटिङ धेरै ढिलो सुरु भयो। अर्को चलचित्रमा काम पाइन्छ कि भनेर धेरैतिर धाउन थालें। धेरै निर्माता-निर्देशकले नयाँ चलचित्रमा लिन्छु भनेर आश्वासन पनि दिन्थें, तर त्यो चलचित्रमा अरूले नै काम पाएको समाचार सुन्नुपथ्र्याे। त्यतिबेला म खुब रुन्थें। त्यतिबेला मैले धेरै खर्च गर्नुपर्यो, धेरै धाउनु पर्यो। तै पनि चलचित्र पाइन।
चलचित्र नपाइनुको कारण के रहेछ ?
कतिपयले भन्थे, सेक्रिफाइस नगरी चलचित्र पाइँदैन। यो सेक्रिफाइस भनेको के हो म बुझ्दिनथेँ। कतिले भन्थे, तिमीले फोटो सेसन गर्नुपर्छ। डान्स क्लास लिनुपर्छ। एक्टिङ सिक्नुपर्छ। निर्माता-निर्देशकलाई खुसी पार्न सक्नुपर्छ तर कसरी ती काम गर्नु, मसँग केही अनुभव थिएन। मैले उहाँहरूको सुझावअनुसार नै फोटो सेसन गरें, डान्स सिकें तर पनि काम पाइन।
अनि के गर्नुभयो त ?
निराश भएर घर फर्किएँ। एसएलसीको रिजल्ट आएकाले झापा फर्किएर प्लस टु पढ्न थालें। हिरोइन बन्ने सपना देख्नु र साँच्चै हिरोइन हुनु फरक कुरा रहेछ भन्ने बुझें।
फेरी पनि यही क्षेत्रमा आउनु भयो, कसरी ?
१२ कक्षा पढ्दा अचानक फोटोग्राफर राजीव श्रेष्ठको फोन आयो। निर्देशक दीपक श्रेष्ठ तथा निर्माता बिमला दिदीले एउटा चलचित्रमा मलाई लिने इच्छा गर्नुभएको रहेछ। फेरी पुरानो सपना साकार हुन लागेजस्तो लाग्यो। एक वर्षअघि चलचित्र नपाउँदा मैले रोएर जात्रा गरेकी थिएँ। एकपल्ट त्यो फुच्चीलाई पनि चान्स दिऊँ भन्ने लागेको रहेछ। 'हो यही माया हो' मा मैले चान्स पाएँ।
तर त्यो चलचित्रबाट पनि झन्डै निकालिनुभएको थियो, किन ?
चलचित्र क्षेत्रमा ठूलो राजनीति हुन्छ भन्ने मलाई थाहै थिएन। चलचित्र हात पार्न कलाकारहरू नै एक अर्कालाई छिर्के हान्छन् भन्ने म भर्खरकी केटीलाई के थाहा ? बाहिर त सबैले राम्रो भन्थे तर भित्र के कुरा पुगेन थाहै नहुने। त्यो चलचित्रको शुभमुहूर्तका दिन मलाई केही भनिएको थिएन। एकैपल्ट हिरोसँग नाच्न लगाइयो। म डान्स उतिराम्रो जान्दिनथेँ। त्यही कारण देखाएर झन्डै निकालिए। निर्माता महिला भएकाले उहाँसँग रोइकराई गरेर बल्ल चलचित्र पाएँ।
चलचित्र उद्योगमा राजनीति हुन्छ भन्नुभयो, राजनीति कस्तो हुँदो रहेछ ?
सबैले कूटनीतिको भाषा प्रयोग गर्दा रहेछन्। जस्तो अहो, तिमी कति राम्री, मेरो अर्को प्रोजेक्टमा तिमी पक्का भनिन्थ्यो। म चाहिँ मख्ख। समाचार आउँदा अर्कै हिरोइनले साइन गरिसकेको हुँदो रहेछ।
हिरोइनले सेक्रिफाइज गर्नुपर्छ भन्ने कुरा गर्नुभयो, यो सेक्रिफाइज भनेको के हो ?
त्यो त तपाईं आफै बुझ्नुहोस् न। म पनि पहिले बुझ्दिनथेँ, यो सेक्रिफाइज भनेको के हो भनेर अरूसँग सोध्थें।
यो दुई वर्षमा तपाईंले १५ वटा चलचित्रमा अभिनय गरिसक्नुभयो, तपाईंले कस्ता-कस्ता मान्छे भेट्नुभयो ?
कुरै नगर्नुहोस्। अनेकथरी आश्वासन दिने र सेक्रिफाइज गर भन्ने मान्छेहरू भेटें।
ती कुन क्षेत्रका मान्छे हुँदा रहेछन् ?
पहिलो त निर्माता-निर्देशक नै हुँदा रहेछन्। उनीहरूलाई माध्यम बनाएर विज्ञापन एजेन्सीका भारतीयहरू ठूलो अफर लिएर आउँदा रहेछन्। कतिले मलाई फ्लाट किनिदिन्छु भने कतिले सेन्ट्रो गाडी दिन्छु भने। तिमी मेरो पार्टनर बन, तिम्रालागि म वर्षको दुईवटा चलचित्र बनाइदिन्छु भन्ने निर्माता पनि हुँदा रहेछन्। तिमी मेरो पार्टनर बन, धेरै वटा विज्ञापनमा नियमित काम दिन्छु भन्ने पनि भेटिए। बल्ल थाहा भयो, से क्रिफाइजको अर्थ। हुन पनि विचरा नयाँ नायिकालाई यो क्षेत्रमा टिक्न कसैको दरो साथ पनि चाहिने रहेछ। यो बाध्यता बुझेकाहरूले नै यस्ता अफर ल्याउँदा रहेछन्।
यस्तो अफर आउँदा तपाईंलाई कस्तो लाग्छ ?
म स्कुल पास नगरुन्जेलसम्म प्रेम पत्र पठाउनेलाई सरलाई पोल लगाएर कुटाउथें। प्लस टु पढेपछि थाहा पाएँ मन पराउनु अपराध होइन रहेछ। फूल भएका ठाउँमा भँमरा भुन्भुनाउँछ। यो नेचुरल रहेछ। म राम्री छु र त यति ठूलो अफर आउँछ, हैन ? अफर आयो भनेर किन चित्त दुखाउनु। त्यो मान्ने कि नमान्ने आफ्नो हातको कुरा हो। त्यस्तो अफरलाई मैले कहिलै नराम्रो मानिनँ। यसलाई म सामान्य रूपमा लिन्छु। कतिपय हिरोइन यसलाई वाहिर ल्याएर इन्डस्ट्रीका मान्छेलाई बद्नाम गर्छन्, म त्यसो गर्नु हुँदैन भन्छु।
मैले त तपाईंले स्यान्ट्रो चढेको देखेको छैन, फ्लाट पनि छैन।
किन होला ?
मैले अफर आयो पो भनेको। अफर स्वीकार गरें भनेको छु र ? हाम्रो चलचित्र नगरी यसरी चलेको छ भनेर बुझाउन मात्र खोजेको। कसैले अफर गरें भन्नेबित्तिकै सबै हिरोइनले स्वीकार गर्छन् भनेको छु र ?
तपाईंले एटीएमजस्तो अश्लील चलचित्रमा अभिनय गर्नुभयो भन्ने आरोप छ। यस्तो आदर्शको कुरा गर्ने युवतीले त्यस्तो चलचित्रमा किन अभिनय गर्नुभएको ?
प्रोमो हेरेर चलचित्र अश्लील हो भनेर ठोकुवा गर्न मिल्छ ? पटक्कै अश्लील छैन। जुन बेला लुट र चपली हाइट चल्यो, निर्देशकले लुटमा भएको गाली र चपली हाइटमा भएको सेक्सको मिश्रण गरेर चलचित्र बनाउने निर्णय गर्नुभएछ। लुट र चपली हाइटलाई राम्रो भन्ने मान्छेले एटीएमलाई गाली गर्न सुहाउँछ ? चलचित्र समाजको ऐना हो। एटीएम हाम्रै समाजमा भएका प्ले ब्वाइको कथा हो। प्ले ब्वाईको कथामा सेक्स नभए के हुन्छ ? तर त्यो जथाभावी छैन भन्ने कुरा सेन्सर बोर्डले प्रदर्शन गर्न दिएबाटै पुष्टि हुन्छ।
भनेपछि एटीएमजस्तो चलचित्रमा खेलें भनेर पश्चाताप छैन ?
पटक्कै छैन। चर्चित पोर्नस्टार सनि लियोनले खेलेको जिस्म-२ मास्क लगाएर हेर्न जानेहरूले नै हामीलाई गाली गरिरहेका छन्। आजभन्दा पाँच वर्षअघि मर्डर भन्ने हिन्दी फिल्मले अश्लिल दृश्य देखाएर २५ लाख कमाएर लग्यो। त्यो हामीले खुशी भएर हेर्यौं। सनी लियोनले दिएको पोज खुसीले हेर्यौं। हामीले त्यस्तो दृश्य त दिएका थिएनौं। हामीले त्यति साह्रो त गरेका छैनौं नि, फेरि किन यस्तो होहल्ला ?
एटीएममा तपाईंले बोलेको डाइलग सार्वजनिक स्थानमा बोल्न सकिन्छ ?
नायकले त्यही डाइलग चपली हाइट र लुटमा बोल्दा ठीक, नायिकाले बोल्दा बेठीक ? बाहिर जतिसुकै आदर्शको कुरा गरे पनि नारी पुरुषबीच फरक छ भन्न खोजेको हैन र ?
मेरो अघि त्यो डाइलग सुनाउन सक्नुहुन्छ ?
त्यो त सक्दिनँ।
यसैबाट थाहा हुन्छ त्यो गलत कुरा होइन र ?
भो यो कुरामा बहस नगरौं। दर्शकले मन पराए त्यो ठीक छ भनांैला, मन नपराए गलत भएछ भनौंला। मेरो आग्रह के मात्र हो भने प्रोमो हेरेर जिया पोर्न स्टार भै भन्नचाहिँ पाइँदैन।
अहिले तपाईंको नाम भुवन केसीसँग जोडिएको छ, २० वर्षे युवतीको भुवन जस्ता पाको उमेरका पुरुषसँग पनि प्रेम पर्दो रहेछ हगि ?
मलाई एक्लो, सफा सुग्घर, मायालु र हेन्डसम पुरुष मन पर्छन्। यी सबै कुरा भुवन केसीमा छ। नेपालको सुपर स्टार भएर पनि उहाँ आमा-बुवाको सेवा गरेर बस्नुभएको छ। बिचरा भुवन कति दुःखी हुनुहुन्छ, उहाँजस्तो व्यक्तिको साथी हुन पाउनु ठूलो कुरा हो। हामीबीच प्रेम छैन, मैले मात्र मन पराएकी हुँ।
के विवाह गर्नुहुन्छ ?
उहाँले चाहनुभयो भने अवश्य गर्छु। मान्छेलाई लाग्दो हो, यो पागलपन हो। मेरो विचारमा स्यान्ट्रोको लोभमा परेर परिवार भएको व्यक्तिको ओछ्यान तताउनु भन्दा यस्ता व्यक्तिलाई प्रेम गर्नु राम्रो हो। आखिर सेक्स भनेको आफूले माया गर्ने व्यक्तिसँग गरेको पो राम्रो।
न्युयोर्क ,झन्डै ३ सय ५० महिलालाई ब्ल्याकमेल गर्दै बेबक्याम अगाडि निर्वस्त्र हुन
बाध्य पार्ने २७ वर्षे क्यारेन ग्यारी काजरियानलाई अमेरिकी प्रहरीले पक्राउ
गरेको छ ।
अभियोग प्रमाणित भएमा उनलाई कम्तीमा १ सय ५ वर्ष सजाय हुन सक्छ । उनीमाथि फेसबुक, स्काइप र ईमेल अकाउन्ट ह्याक गरेर महिलाको नग्न तस्बिर प्राप्त गरेको अभियोग छ । त्यसपछि क्यारेनलाई वेबक्याम अघिल्तिर निर्वस्त्र नभएमा तस्बिर सार्वजनिक गरिदिने धम्की दिएका थिए । अमेरिकी संघीय जाँच ब्युरोले यो ब्ल्याकमेललाई 'सेक्सोटोर्सन' नाम दिएका छन् ।
अमेरिकी न्याय मन्त्रालयले पत्रकार सम्मेलन मार्फत आरोपितको विस्तृत विवरण सार्वजनिक गरेको छ । ग्यारीले ईमेल अकाउन्ट ह्याक गर्नुका साथै पीडितको पासवर्ड समेत परिवर्तन गरेका थिए, जसले गर्दा उनीहरूले फेरि उक्त एकाउन्ट खोल्न नसकून् । क्यारेनले एकाउन्ट ह्याक गरेपछि अन्य फाइलमा महिलाको मित्रको नाम र पासवर्ड प्राप्त गर्थे ।
एकाउन्टबाट जानकारी पाएपछि उनले आफूलाई महिलाको रूपमा प्रस्तुत गर्दै फेसबुकका मित्रहरूलाई म्यासेज पठाएर वेबक्याम अघिल्तिर नग्न हुन मनाउँथे । यसपछि उनले महिलाहरूको तस्बिर खिच्थे । क्यारेनको कम्प्युटरबाट प्रहरीले ३ हजार महिलाको नग्न र अर्धनग्न तस्बिर फेला पारेका छन् ।
आफ्ना मित्रसँग नभएर अन्य व्यक्तिको सम्पर्कमा रहेको पीडित महिलाहरूले थाहा पाएपछि ग्यारेनले ब्ल्याकमेल सुरु गरेका थिए । उनीद्वारा संवेदनशील तस्बिर सार्वजनिक गर्ने धम्की दिइएपछि महिलाहरू नग्न हुन बाध्य भएका थिए । उल्लेखीय के छ भने, उनको फोहोरी सोचको सिकार हुनेमा टाठाबाठा महिलाहरू बढी छन्

विश्वमा अहिले महिला माथि हुने बलात्कारका घटना दिनप्रति दिन बढी नै रहेको छ । भारतको जबलपुरमा एक छोरी आफ्नै बुवाद्धारा बलात्कृत भएको आरोप लगाएका छन् । प्रहरीले आरोपी बुवालाइ पक्राउ गरेपछि उनले नशामा यस्तो भएको बहाना बनाएका छन् । मेडिकल टेस्टमा बलात्कारको पुष्टि भएपछि प्रहरीले आरोपी बुवालाइ मुद्धामा लिने तयारी गरेको छ ।
खबर अनुसार बरगी थानाको बढइया खेडा गाँउमा रहने ४० वर्षीया दशइलाल उईकेले छोरीलाइ मार्ने धम्की दिएर आफ्नो हवसको शिकार बनाएका थिए । १५ वर्षीया सो छोरी आफ्नो आमासंग गएर प्रहरी चौकीमा मुद्धा दर्ता गराएका थिए । ती छोरी आफ्नो कोठामा सुतिरहेको समयमा उनको बुवाले मार्ने धम्की दिएर उनलाइ बलात्कार गरेको छोरीले बताएकी छिन् । सो समयमा उनको आमा र अरु बहिनीसंग अर्को कोठामा सुतेको थियो ।
आरोपीले आफ्नो अपराध स्विकार नगरेको प्रहरीले बताएका छन् । रक्सीको नशामा उनले आफ्नो छोरीलाइ श्रीमती सम्झेर शारीरिक सम्बन्ध बनाएको बहाना बनाएका छन् । प्रहरीले आरोपीको विरुद्धमा मुद्धा चलाउनको लागि अदालतसंग अपील गरेको छ ।
जर्मनीको एक अदालतमा चलिरहेको मुद्दामा बयान दिने क्रममा ती महिलाले आफूलाई निर्दोष बताउँदै सम्भोगका दौरान पाकक्रीडाका बेला ब्वाइफ्रेन्ड आ-आफ्नो छातीमा लुटपुटाएको दाबी गरिन्, तर टिम स्किमिडिट नामका ती पुरुषले भने ती प्रेमिकाले सेक्सका दौरान एक्कासि पक्रिएको र दुई स्तनको चेपमा आफ्नो टाउको बलजफ्ती थिच्दा आफूले सास फेर्न नसकेको, नीलो हुँदै गएको, रुन पनि नसकेको र झन्डै मर्ने अवस्थामा पुगेको बेला बल्लतल्ल फुत्किन सफल भै नांगै बाहिर भाग्दा छिमेकीहरूले आफ्नो उद्धार गरेको बताएका छन्। प्रेमिलाई यसरी मार्ने प्रयास गर्ने ती महिला आफ्नो ब्वाइफ्रेन्डभन्दा झन्डै दोब्बर वजनकी छिन्।
२१ वर्षपछि तपाईंहरूको महाधिवेशन हुँदै छ, यसको सान्दर्भिकता र महत्त्व के हो ?
झन्डै २१ वर्षअघि हाम्रो जुन महाधिवेशन भएको थियो, त्यसले विचार, राजनीतिक कार्यदिशा, र रणनीति-कार्यनीतिका हिसाबले पार्टीलाई निश्चित 'ओरिएन्टेसन' दिएको थियो । त्यसले नै १० वर्षे जनयुद्ध जन्मायो । त्यसकै जगमा १९ दिने जनआन्दोलन भयो । हाम्रो विचारमा नेपालमा जति पनि उत्पीडित वर्ग, जाति, जनजाति, दलित, मुस्लिम, हिमाली, महिला, मधेसीहरूका आन्दोलन मुखरित भए, ती सबै जनविद्रोहको जगमै भए । अहिले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलगायत ठूलो परिवर्तन आयो र हाम्रो पार्टी पनि सशस्त्र विद्रोहबाट शान्तिपूर्ण बाटोमा आइपुग्यो । संविधानसभामा भाग लिएर देशकै ठूलो पार्टी बन्यो र सरकारको नेतृत्व गर्ने ठाउँमा पुग्यो । यससँंगै पार्टीमा ठूलो वैचारिक बहस पनि चल्यो । यसको परिणाम एकथरी अलग्गिएर अर्कै पार्टी पनि बनेको अवस्था छ । यस्तो बेला अब पार्टीको समग्र नीति, कार्यनीति कस्तो हुनुपर्छ ? भन्ने निधो गर्नुपर्ने बेला भएकाले सिंगै पार्टीलाई बहसमा उतार्नुपर्ने भएको छ । कम्युनिस्ट पार्टीको महाधिवेशन भनेपछि सर्वोच्च अंग हो । त्यही सर्वोच्च अंगमा बहस गरेर नीति, कार्यनीति, योजनाको निधो गर्न महाधिवेशन गर्न लागिएको हो ।
महाधिवेशनपछि तपाईंहरूको पार्टी कस्तो बन्छ त ? हिजोको र भोलिको पार्टीमा के फरक हुन्छ ?
हिजोको भन्दा अबको पार्टी फरक हुन्छ किनभने हामीले धेरै कुरा नयाँ गर्दै छौं । अब हामी नेपाली समाजको विश्लेषण नै नयाँ गर्दै छौं । आम रूपमा हामी कम्युनिस्टहरूले नेपाललाई अर्धसामन्ती र अर्धऔपनिवेशिक भन्थ्यौं, अब त्यसको नयाँ परिभाषामा जाँदै छौं । नेपाल अब अर्धसामन्ती छैन, यो पुँजीवादउन्मुख भइसक्या छ । सामन्तहरूको जुन वर्चस्व थियो, अर्थतन्त्र र राज्यमा, अहिले त्यो रूपको वर्चस्व छैन, केवल अवशेष मात्र बाँकी छ । एकातिर दलाल, पुँजीपति र नोकरशाहहरूको, अर्कोतिर राष्ट्रिय पुँजीको छिनाझप्टीतिर नेपाली समाज पुग्या छ ।
अरू कम्युनिस्ट पार्टीहरू जस्तै एमालेले पनि मुलुकलाईर् अर्धसामन्ती र अर्धऔपनिवेशिक भन्ने गरेको छ । तपाईंहरू त एक कदम अगाडि बढेर निकै उदारवादी या सुधारवादी देखिन खोज्नुभएको हो ?
अर्धसामन्ती र अर्धऔपनिवेशिक भन्दैमा क्रान्तिकारी हुने र पुँजीवादउन्मुख हुनथाल्या छ भन्दा सुधारवादी/उदारवादी हुने भन्ने बिल्कुलै होइन । मुख्य कुरा राजतन्त्रको अन्त्य, गणतन्त्र, समावेशिता, संघीयता, धर्मनिरपेक्षताको घोषणा भइसकेपछि अहिले पनि मुलुक ६०-६२ वर्षअघि जस्तै अर्थसामन्ती छ या छैन भन्ने हो । सन् १८१६ बाट मुलुक अर्धऔपनिवेशिक भयो । विदेशी हस्तक्षेपविरुद्ध नेपालले आन्दोलन गर्नथालेको पनि धेरै भइसक्यो । अहिले पनि बि्रटिससँग सुगौली सन्धि गर्दाजस्तैको अर्धऔपनिवेशिक छ कि भूमण्डलीकृत विश्वमा फरक भइसक्यो भन्ने मूल कुरा हो । अब अर्धऔपनिवेशिकताको जमाना गयो, संसार नवऔपनिवेशिकतातिर गएको छ । संसारभरि भिन्न रूपको उपनिवेश बनाउने प्रक्रिया चल्या छ । हाम्रो स्वाधीनताको शक्ति पनि धेरै मजबुत भइसकेको छ । राष्ट्रिय स्वाधीनताउन्मुख देश हो यो । मुलुक अहिले पनि सुगौली सन्धिपछिको जस्तै अर्धऔपनिवेशिक नै छ भन्नु यान्त्रिक जडता हुन्छ ।
राज्य स्वाधीनताउन्मुख भयो, बलियो भयो भन्नुभयो, त्यसको आधारहरूचाहिं के हुन् ?
२००६ सालमा कम्युनिस्ट पार्टी गठन भएदेखि, ००७ सालको परिवर्तनदेखि, ०४६ सालको ठूलो परिवर्तन हुँदै १० वर्षको जनयुद्धले जुन आधार खडा गर्यो, चेतना र जागरणको हिसाबले नेपाली जनतालाई धेरै अगाडि बढाएको छ । त्यसैको बलमा परम्परागत संस्थाहरू अब परम्परागत रूपमा रहेनन् । अढाई सय वर्षदेखि जुन शाहवंशीय राजतन्त्र नेपाली राजनीतिको केन्द्रबिन्दुमा थियो, त्यसलाई अर्धसामन्ती भनिया हो । अहिले त त्यो प्रतिनिधि संस्था नै रहेन । जनतामा यस्तो जागरण आइसक्यो कि मुलुक संघीय भइसक्यो । संघीयतामा जानु भन्या त राष्ट्रिय ताकत नै बढ्नु हो । त्यसकारण मुलुक अर्धसामन्ती अवस्थामा छ भन्न मिल्दैन ।
तपाईंको राजनीतिक प्रतिवेदन पढ्दा तपाईंहरूको पार्टी परम्परागत कम्युनिस्ट पार्टीभन्दा क्रमशः समाजवादी पार्टी बन्नेतिर जान खोजेको देखिन्छ, यसमा सहमत हुनुहुन्छ ?
झन्डै-झन्डै सहमत छु म । हामीले के भन्यौं त भने १० वर्षको जनयुद्धले जुन परिवर्तन लिएर आयो देशमा, त्यसले पुँजीवादी-जनवादी क्रान्तिकै केही आधारभूत काम पूरा गर्यो । अब केही मात्रै बाँकी
छ । त्यो क्रान्ति माओत्सेतुङले भनेजस्तै प्राप्त हुनुपर्छ भनेर सोच्नु ठूलो यान्त्रिकता र जडताबाहेक केही
हुँदैन । किनभने कुनै पनि क्रान्ति एउटा देशमा भएजस्तै गरी अर्को देशमा हुने नै होइन । जनवादी क्रान्तिको कार्यभार पूरा गर्ने र समाजवादी क्रान्तिको तयारी गर्ने नयाँ रणनीति भनेका छौं, हामीले ।
हिजो त जनवादी क्रान्ति गर्ने भन्नुहुन्थ्यो, अहिले किन बाटो बदल्नुभएको ?
हिजो राजतन्त्र, निरंकुशता थियो, संघीयता आइसकेको थिएन, जनतामा जागरण आएको थिएन, त्यही भएर नयाँ जनवादी क्रान्ति भनेर लाग्नु ठीक थियो र लागेका थियौं । अहिले यत्रो परिवर्तन आइसक्यो, यसलाई संस्थागत गर्ने जिम्मेवारी हाम्रै हो । आफैंले रगत बगाएर यत्रो परिवर्तन ल्याउने अनि यो केही होइन, फेरि दीर्घकालीन जनयुद्ध गर्नुपर्छ भन्नु जनताको यत्रो ठूलो त्यागलाई होच्याउनु, अपमान गर्नु हो । त्यसकारण अब जनवादी क्रान्ति पुरानो तरिकाले गर्नु पर्दैन । एकात्मक सत्ता अन्त्य गर्नु थियो, गरियो । राजतन्त्र हटाउनु थियो, हटाइयो । संघीय सत्ता ल्याउनु थियो, ल्याइयो । राज्यलाई धर्मनिरपेक्ष बनाउनु थियो, बनाइयो । समावेशी र समानुपातिक राज्य बनाउनु थियो, बनाइयो । यी त पुँजीवादी-जनवादी क्रान्तिका आधारभित्रै पर्छन् नि । तर, अझै पनि जनताको घरदैलोमा आर्थिक परिवर्तनको उज्यालो गइसकेको छैन । त्यसकारण हामीले अब उत्पादनका निम्ति संघर्ष गर्नुपर्नेछ । अब जनताको जीवनस्तर उकास्ने हिसाबले पार्टीलाई उत्पादनमा लगाउँदाखेरि जनवादी क्रान्तिका बाँकी काम पूरा हुन्छन् । उत्पादनका निम्ति तलबाट जनपरिचालन र माथि -सरकार) बाट उत्पादन बढाउनलाई सहयोग गरियो भने पुँजीवादी क्रान्तिका बाँकी काम पूरा हुन्छन् । त्यसले समाजवादी क्रान्तिको आधार तयार पारिदिन्छ । अब समाजवादी क्रान्तिको तयारी हो, हाम्रो रणनीति नै त्यही हुन्छ ।
संविधानसभाकै बेला तपाईंहरू जनविद्रोह र सत्ताकब्जाको कुरा गर्नुहुन्थ्यो, अहिले एक्कासि कोल्टेफेराइ किन ?
तपाईंहरूलाई त्यस्तो लाग्न सक्छ, तर यो एक्कासि भएको होइन । हामीबीच यसबारे थुप्रै बहस भयो । अन्तर्राष्ट्रिय अनुभवको नयाँ सिराबाट अध्ययन गर्यौं । अनुभव पनि हासिल भयो । अध्ययन गर्दै जाने क्रममा हामी के निष्कर्षमा पुग्यौं भने केही नयाँ चिज नगर्ने हो भने जनवादी क्रान्ति पूरा गर्न सकिँदैन भन्ने लाग्यो ।
'सिन्सियरली' भन्नुपर्दा '(सत्ता) लिन सकिन्छ भने पूरै लिऊँ है' भन्ने पनि थियो हाम्रो । लिन सकिने हो भने किन नलिने भनेर मैले पनि भनेकै हुँ । संविधान पनि नबन्ने, जनतामा हामीप्रति आकर्षण पनि बढी हुने भएपछि पूरै सत्ता लिउँ न त भन्ने त चुनबाङ बैठकमा कुरा भएको थियो । त्यतिबेला संविधानसभाको चुनाव पनि प्रतिक्रियावादीले नगर्लान् भन्ने हामीलाई लाग्या थियो । राष्ट्रको हित हुन्छ भने किन नलिने भनियो । तर त्यो सम्भव भएन । अहिले दायाँ-बायाँ गर्नु जनताको हितमा छैन- यो हाम्रो पछिल्लो निष्कर्ष हो । हामी वस्तुगत यथार्थको ठीक-ठीक मूल्यांकन गरेर नीति बनाउँछौं ।
तपाईंहरूले पहिलोपटक सरकारको नेतृत्व गर्दा खरिपाटी बैठकमा निकै कडा दस्तावेज पेस गर्नुभएको थियो, अहिले फेरि सरकारकै नेतृत्वमा छँदाको दस्तावेजचाहिंं निकै नरम छ, साँच्चै नरम हुनुभएको हो ?
हाम्रो पार्टीले यतिबेला सरकारको नेतृत्व गरिरहेको छ, सत्तामा रहेको पार्टीले चर्का शब्द प्रयोग गर्दा कस्तो अवस्था हुँदोरहेछ भन्ने अनुभव म आफैंले गरिसकेको छु । आफैं सरकारको नेतृत्व गर्ने, आफैं प्रधानमन्त्री हुने अनि शब्द प्रयोगचाहिं विद्रोहमा छौं जस्तो गर्दा पार्टीलाई कुनै फाइदा हुने देखेनौं ।
तपाईंहरूले फेरि पनि पार्टी लाइन बदल्नुहुन्न, हिंसाको बाटो अपनाउनुहुन्न भन्ने कसरी पत्याउने ?
अहिलेसम्म जनवादी क्रान्तिका जे-जति उपलब्धि हासिल गरियो, त्यो बलपूर्वक नै गरियो । गणतन्त्र, राजतन्त्रको अन्त्य, धर्मनिरपेक्षता, संघीयता सबै नेपाली जनताले बल प्रयोग गरेरै प्राप्त गरेका हुन् । त्यसलाई संस्थागत गर्न जुन सम्झौता भयो, अब बाँकी काम शान्तिपूर्ण तरिकाले पूरा गर्न आधार खडा भएको छ । समाजवादी क्रान्ति पूरा गर्न बल प्रयोग हुन्छ कि हँुदैन भन्ने एउटा प्रश्न छ, त्यो भोलिको प्रश्न हो । जनवादी क्रान्तिका बाँकी जिम्मेवारी हामी प्रतिस्पर्धाद्वारा, उत्पादन वृद्धिद्वारा सरकारमा सहभागी भएर माथिबाट तालमेल गरी पूरा गर्न सक्छौं ।
महाधिवेशनले पार्टीको संरचना कस्तो बनाउँछ, नयाँ अनुहारहरू कति आउँछन् ?
विचार र रणनीतिको नयाँ संश्लेषण भनेर जुन मैले संकेत गरेँ, त्यसले स्वतः नयाँ संगठनको माग गर्छ । अहिले भइरहेको संगठनात्मक संरचना, शैलीमा महत्त्वपूर्ण परिवर्तन हुनुपर्छ । त्यसकारण यो महाधिवेशनमा केन्द्रीय समितिको निर्वाचन गर्ने क्रममा पनि त्यो झल्कियोस् भन्ने हामी चाहन्छौं । केही प्रस्ताव हेडक्वार्टरमा राखेको छु । कम्युनिस्ट आन्दोलनमा विगतमा केही गम्भीर त्रुटि भए । त्रुटिको एउटा केन्द्रबिन्दु लिडरसिप नै रहँदै आयो । खासगरी लेनिनको मृत्युपछि स्टालिन नेतृत्वमा आएपछि नै त्रुटि बढ्यो । भयानक रूपधारण भयो । महाधिवेशनबाट निर्वाचित भएका दुई तिहाइलाई फाँसीमा झुन्ड्याएर मारियो । त्यहाँ केही न केही वैचारिक, राजनीतिक, सांस्कृतिक आचरणगत त्रुटि नभईकन त्यति ठूलो दुर्घटना हुँदैन, कम्युनिस्ट पार्टीमा । माक्र्स, एंगेल्स वा लेनिनले परिकल्पना गरेको समाजवाद त्यस्तो होइन । तर त्यहाँ त्रुटि भयो । त्यो त्रुटिको मूलमा के छ भने जब पार्टी सत्ताको नजिक पुग्छ, त्यतिबेला नेताहरूबीच संघर्ष र एकताको सम्बन्ध हुनुपर्ने कुरा निणर्ायक हुँदो रहेछ ।
तपाईंहरू बिस्तारै स्टालिनको चर्को आलोचक बन्न थाल्नुभएको हो ?
व्यक्तिगत कमजोरीको कुरा गर्दा मान्छेहरू लेनिनलाई दोष लगाउँछन्, तर स्टालिनलाई कसैले दोष लगाउन सक्दैन । तर उनले पार्टीभित्रको अन्तरसंघर्षका क्रममा आफ्नो विरोध गर्नेलाई सिध्याउनुपर्छ भने । मेरो विरोध गर्नु भनेको क्रान्तिको विरोध हो भन्ने उनको बुझाइ थियो । स्टालिनको आलोचना, विरोध भयो भने विरोध गर्नेलाई विदेशी दलाल वा गद्दार भनियो । केन्द्रीयस्तरका ९८ जनालाई झुन्ड्याएर मार्नुपर्ने स्थिति बन्यो । त्यो माक्र्सवादसम्मत भएन । यसबारे अन्तर्राष्ट्रिय स्तरमा ठूलो बहस भइसकेको छ । स्टालिनलाई गाली गर्ने त संसारभरि छन् । तर हामीले अहिले हेर्न खोजेको माओको बारेमा पनि हो ।
चीनमा पनि माओत्सेतुङमा स्टालिनको प्रभाव कस्तो थियो भनेर हामी हेर्दै छौं । माओमा पनि एउटा -पार्टीबाट) गयो भने दलाल भनिहाल्ने, जेल हालिहाल्ने स्टालिनकै जस्तो परिपाटी थियो । माओमा पनि स्टालिनको प्रभाव देखियो । यो बहसचाहिं हाम्रोमा पनि हुनेवाला छ । किरणहरू त अलग हुनुभयो । उहाँहरूमा पनि स्टालिनकै भूत सवार छ । उहाँले हामीलाई दलाल भइसके, गद्दार भइसके, केही पनि छैन भनेर सजिलै भनिदिनुभयो, स्टालिनले भन्याजस्तै गरी । केही मान्छेमा कमजोरी हुन सक्छ, कमजोरी नभएको मान्छे त कोही हुँदैन । कुनै एकजनामा कमजोरी हुनु नै पार्टी गद्दार हुने त होइन । बहस, संघर्षबाट त्यसलाई सुधार्ने तरिका पो हुन्छ । जनतामा गएर सच्चिन सकिन्छ । सजिलै दलाल भनिदिने एउटा गलत 'टे्रन्ड' आयो ।
तपाईंको पार्टीले राष्ट्रियताका सवालमा कस्तो नीति लिंदै छ ? विशेषगरी छिमेकी भारतलाई हेर्ने दृष्टिकोण ?
नेपालको राष्ट्रिय स्वतन्त्रता र स्वाधीनता हामी नेपाली मात्रको हो, त्यो मुद्दाबाट तलमाथि हुनै
सक्दैनौं । तर, हिजो जुन तरिकाले गर्यौं, त्यसबाट चाहिं यथार्थमा राष्ट्रको स्वाधीनतालाई बलियो होइन, कमजोर हुन्छ । किनभने हामी विद्यार्थी संगठन वा क्लब होइन, त्यो भए त भन्डाफोर गरेर जाने स्थिति हुन्थ्यो । अहिले हामी जुन ठाउँमा छौं, पहिलो जोड राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नु हुन्छ । स्वाधीनता, भौगोलिक अखण्डतालाई बलियो पार्न जनता अधिकारसम्पन्न हुनुपर्छ । संघीयताले राष्ट्रियतालाई बलियो पार्छ । जनताको ठूलो हिस्सालाई राज्य सञ्चालनमा सहभागी गराउँछ र जनतालाई उत्पादनमुखी काममा सक्रिय पारिदिन्छ । संघीयताले मुलुक कमजोर हुन्छ भन्नु भ्रम मात्रै हो । बहुसंस्कृति, बहुभाषी, बहुधार्मिक देशलाई एक ढंगले अधिकारसम्पन्न नबनाई नेपाल राष्ट्र अधिकारसम्पन्न हुन्न । आन्तरिक राष्ट्रियता बलियो नबनाईकन कुनै विदेशीलाई गाली गरेर मात्रै राष्ट्रियता सुदृढ हुन्छ भन्ने सोचियो भने त्यो केटाकेटीपन, मूर्खता वा यान्त्रिकपनभन्दा केही होइन । कूटनीतिक क्षेत्रमा पनि त्यही स्तरको हैसियत नबनाईकन केही प्रगति हुँदैन । राष्ट्रियताका सवालमा अब परिपक्व तरिका अपनाउनुपर्छ । राजाको समर्थन र भारतको विरोध गर्दा राष्ट्रवादी हुने र भारतको समर्थन गरेर लोकतन्त्रवादी हुने- दुवै गलत हो । लोकतन्त्रको जरो आफ्नै देशमा गाडेको हुनुपर्छ । बैसाखी टेकेको लोकतन्त्र र सामन्ती संकीर्ण राष्ट्रवादलाई राष्ट्रवाद देख्नु दुवै हानिकारक छ ।
प्रसंग बदलौं, राजनीतिक गतिरोधको हल कहिले-कसरी हुन्छ ? तपाईंहरूले सरकार छाड्न नचाहेकाले चुनाव हुन नसकेको होइन ?
यो सत्य होइन । हामीले सरकार नछोड्न खोजेको भन्ने पनि सत्य होइन । हामी छिटोभन्दा छिटो निर्वाचन होस् भन्नेमै छौं । संविधानसभाको अवसानपछि पनि निर्वाचन घोषणा गरिएकै हो । विपक्षीले सहयोग गरेको भए मंसिरमै हुन्थ्यो । असहयोग गरेका कारण निर्वाचन हुन सकेन ।
पद त्याग गर्न नमानेर असहयोग त प्रधानमन्त्री बाबुराम भट्टराईले गरिरहनुभएको आरोप छ नि ?
बाबुरामप्रति व्यक्तिगत रिस गर्नुपर्ने कुनै कारण छैन । उहाँ शान्तिविरोधी त होइन नि । चुनाव घोषणापछि बाबुराम भट्टराईकै सरकारमा आउनुस्, चुनाव गरौं भन्यौं । गृहमन्त्री दिन्छौं, अख्तियारको प्रमुख पनि तपाईंहरूकै अनि उच्चस्तरीय संयन्त्रको अध्यक्ष पनि सुशील कोइराला नै हुनुहोस् भनेर कांग्रेसलाई भनेकै हुँ, फेरि पनि उहाँहरू तयार हुनुभएन । उहाँहरूले प्रचण्डले यसो भनेको थिएन भनेर त भन्न सक्या छैनन् नि । म प्रधानमन्त्री पनि होइन, सहमति भएर निकास निस्कियोस् भन्नेमै म थिएँ । प्याकेजमा सहमति गरेर कांग्रेसलाई नै सहमतिको सरकार दिन पनि तयार भयौं । तर सहमतिलाई क्याबिनेटबाट 'इन्डोर्स' गराउन कांग्रेस र एमालेका नेताहरू तयार भएनन् । सुरुका दिनमा झलनाथ खनाल र माधव नेपालले सहमति जनाउनुभयो, तर अलिपछि केले काम गर्यो खै, एकदिन पनि एक घन्टा पनि छलफल गर्न सक्दैनौं भन्नुभयो । पछि अरूले पनि विरोध गर्न थाले, त्यो त्यत्तिकै भताभुंग भयो । वास्तवमा बाधक बाबुराम होइनन्, कांग्रेस र एमालेको अदूरदर्शी चिन्तन नै बढी जिम्मेवार छ ।
अब यस्तो अवस्थामा जेठभित्र चुनाव हुन सक्छ कि सक्दैन ?
जेठमा चुनाव हुन्छ र हुनुपर्छ । जेठभित्र चुनाव हुनका लागि माओवादी अब जे गर्न पनि तयार छ । जस्तो त्याग गर्न पनि तयार छौं हामी । यो कुरा प्रधानमन्त्रीका हैसियतले बाबुरामजीले पनि सार्वजनिक रूपमा भन्दै आउनुभएको छ र अध्यक्षका हैसियतले मैले पनि बोलिरहेको छु । विभिन्न विकल्प त भन्यौं, तर कुनै पनि काम लागेनन्, सहमति हुन सकेन । अन्तिममा स्वतन्त्र कोही व्यक्ति भए पनि हामी तयार छौं भन्यौं, त्यतिबेला यो व्यक्ति हुनुपर्छ भनेर हामी भन्थ्यौं, अब हामी व्यक्तिमा पनि छैनांै । कांग्रेसले तुलनात्मक रूपमा स्वतन्त्र व्यक्ति अघि सारे र जेठ १५ भित्र चुनावको ग्यारेन्टी गरे हामी त्यसमा सहमत हुन्छौं ।
अब हामी व्यक्तिमा अड्किएर चुनाव रोक्नु हुँदैन भन्ने निष्कर्षमा पुगेका छौं । त्योबाहेक राष्ट्रपति, कांग्रेस, एमाले वा अरू कसैले यो विकल्पबाट गएर चुनाव गर्न सकिन्छ भन्ने विकल्प ल्याए हामी चुनावलाई केन्द्रबिन्दुमा राखेर हरेक कुरामा विचार गर्न तयार छौं । चुनाव हुनुपर्यो जस्तो विकल्पमा पनि हामी सोच्न तयार भयौं । विगतमा राम्रो 'इन्स्िटच्युसन' मा बसेर काम गरेका त्यस्ता व्यक्ति आउँछन् भने पनि हामी तयार छौं । राष्ट्रपतिले महाधिवेशनपछि जसरी पनि टुंगोमा पुग्नुपर्छ भन्नुभएको छ । जेठभित्र चुनाव गराउने सहमति गर्न रातभरि नसुतेर पनि छलफल गर्न हामी तयार छौं ।
भनेपछि अब स्वतन्त्र व्यक्तिमै सहमति हुँदै छ ?
हो, स्वतन्त्र व्यक्तिमै सहमति अघि बढिरहेको छ ।
कांग्रेस, एमालेको प्रतिक्रिया के छ ?
म त कसरी भन्नु, उहाँहरूले हामी सहमत भयौं भनेर त भन्नुभएको छैन । कतिपय नेताले भने ठीक छ भनेका छन् । खासगरी सुशीलजी सहमत भएको मैले पाएको छैन । एमालेमा धेरैले स्वतन्त्रमा सहमति जनाएका छन्, केहीको नहुन सक्छ । अन्तिममा सबैको सहमति बन्छ भन्ने नै मलाई लाग्या छ ।
व्यक्तिचाहिं को हुने हो ?
व्यक्तिबारे अहिले नै नभनौं ।
तपाईंहरू एकातिर चुनाव, समानान्तर रूपमा संविधानसभा पुनःस्थापनाको कुरा पनि गर्नुहुन्छ नि ?
अहिले हामीले चुनावमै बढ्ता जोड दिएका छौं । समानान्तर रूपमा पुनःस्थापनामा जोड दिएका छैनौं ।
प्रधानमन्त्री भट्टराईको शैली हेर्दा त लामो समय सत्तामा रहन खोजेको, निरकुंश बन्न खोजेको देखिन्छ नि ? कसरी पत्याउने चुनाव हुन्छ भनेर ?
बाबुरामले सरकार छोड्न नखोजेको र निरंकुश हुन खोजेको भन्ने सत्य होइन । उहाँले नै जेठमा चुनाव गर्ने भनिरहनुभएको छ । हामीबीचमा त कुरा भइरहेको छ । बरु उहाँ जतिसक्दो छिटो छाड्न नै तयार हुनुहुन्छ । छिटो निकास होस् भन्नेमै हुनुहुन्छ । जेठमै चुनाव गर्न पार्टीमै पनि छलफल भएको छ । चुनाव गराउँछु भनिरहेका बेलामा बरु तपाइर्ंहरू (कान्तिपुर) ले बाबुरामजीलाई अलि बढी लखेटेको जस्तो लाग्छ । यस्तो नगरिदिनोस् भन्ने मेरो हार्दिक अनुरोध छ ।
पत्रकार डेकेन्द्रराज थापा हत्याको मुद्दामा प्रधानमन्त्रीले जसरी हस्तक्षेप गर्नुभयो, त्यो पनि त ठीक भएन ?
त्यो केस जसरी उठाइयो, त्यसमा हाम्रो गम्भीर आपत्ति छ । डेकेन्द्र हत्याको सन्दर्भमा मैले त्यतिबेलै विज्ञप्ति निकालेको थिएँ, यो हाम्रो केन्द्रीय नीतिअनुसार होइन भनेर । दोषीलाई बचाउनुपर्छ भनेर पार्टीको सोचाइ होइन । निर्ममतापूर्वक र पाशविक हिसाबले सबैभन्दा बढी त माओवादी नै मारिएका छन् । कृष्ण सेनजस्ता समर्पित मान्छे पनि मारिए, अरू थुपै्र पत्रकार मारिएका छन् । त्यसकारण त्यस्ता घटनालाई टीआरसी (सत्य निरूपण तथा मेलमिलाप आयोग) मार्फत सम्बोधन गरिनुपर्छ भनेर म प्रधानमन्त्री भएकै बेलामा पनि अध्यादेशमार्फत अघि बढाएको थिएँ । तर अध्यादेश अघि नबढ्दै सरकार गयो, माधव नेपाल प्रधानमन्त्री भएका बेलामा त कुरै उठेन । कान्तिपुरजस्तो पत्रिकाले त टीआरसी बनाउन जोड दिनुपर्ने ठाउँमा द्वन्द्वकालको एउटा घटनालाई लिएर माओवादी हत्यारा हो भन्न खोज्दा समग्र शान्ति सम्झौताको विरोध गर्न खोजेको र एउटा वर्ग र तप्कालाई साथ दिन खोजेको जुन देखिन्छ, त्यो शोभनीय लाग्या छैन ।
जहाँसम्म प्रधानमन्त्रीका हैसियतमा त्यसरी बोल्न हुन्थ्यो कि हुन्थेन भन्ने एउटा विषयचाहिं हो । मैले पनि प्रधानमन्त्रीका हैसियतले त्यो विषयमा बोल्दा अलि बढी सतर्कता अपनाउनुपर्छ भनेको पनि हो र पछि उहाँले त्यो 'रियलाइज' पनि गर्नुभयो ।

.jpg)