महोत्तरी जिल्लाको बर्दिबासस्थित देउराली उच्च माविमा कक्षा ११ मा अध्ययन गर्ने १७ वर्षीय छात्र आज बर्दिबासकै नवक्षितीज उच्च माविको कक्षा कोठामा मृत फेला परेका छन् ।
बर्दिबास–७ का निजर कार्की आज बिहान सो विद्यालयको कक्षा कोठामा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
आफ्नो हातको पाखुरामा ‘आइ लभ यु .......’ लेखेका कार्कीले असफल प्रेमको कारण आत्महत्या गरेका हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक बाबुराजा खड्काले जानकारी दिनुभयो ।
छात्रको शव परीक्षणका लागि जलेश्वर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
कार्कीले सोमबार राति आत्महत्या गरेको हुनसक्ने प्रनि खड्काले बताउनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि
तुलसीपुर (दाङ), २१ फागुन । सरकारले गर्भपतनलाई कानुनी मान्यता दिएपछि राप्ती अञ्चल अस्पतालमा सुरक्षित गर्भपतनको सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको छ ।
सो अस्पतालका प्र्रमुख डा केदारराज सेञ्चुरीका अनुसार अस्पतालमा गत साउन महिनादेखि हालसम्म १४५ जनाले गर्भपतनको सेवा लिइसकेका छन् ।
गर्भपतन गराउन आउनेमा २० देखि ४० वर्षसम्मका छन् । अस्पतालमा आएकामध्ये केही अविवाहिता पनि रहेका छन् ।
अस्पतालले सुरक्षित गर्भपतन गराएबापत रु एक हजार शुल्क लिने गरेको छ । आफूलाई चित्रे डरले गर्दा गर्भपतन गराउने महिलाले आफ्नो ठेगाना भने ढाट्ने गरेको अस्पतालले जनाएको छ ।
यसैबीच जिल्लाका तीनवटा स्वास्थ्य निकायहरूलाई सुरक्षित गर्भपतन गराउने कानुनी मान्यता केही वर्ष अघिदेखि पाए पनि राप्ती अञ्चल अस्पतालले भने यस वर्षदेखि मात्र पाएको हो ।

यो सुन्दा तपाईलाई पत्यार नलाग्न सक्छ, तर
विश्वास गर्नुस् । हाम्रो कहानीको दुनियाँको हिरो “कमिक्स हिरो”
ब्याटम्यानको पोशाक लगाएका एक व्यक्तिले भगौडालाई समातेका छन् ।
घटना २५ फेब्रुकरीमा बेलायतको
ब्राडफोर्डमा भएको हो । ट्राफलगर हाउस प्रहरी थानामा भगौडाका साथमा उपस्थित
भएका थिए ब्याटम्यान । भगौडालाई पुलिस थानामा बुझाएपछि ब्याटम्यानको नकाव
लगाएका व्यक्ति कतै अध्याँरोमा हराए ।
ब्याटम्यानको पोसाकमा आएका व्यक्तिको
पहिचान गर्न निकै गाह्रो भएको पुलिसले बताएको छ । ब्याटम्यानले पुलिसलाई
बुझाएका व्यक्तिमाथि चोरीको सामान राखेको आरोप छ ।
यसबारे समाजिक संजाहरुमा अनेक अनुमान
लगाइएका छन् । तर प्रहरीले ब्याटम्यानको बस्त्र लगाएका ती मानिस को हुन र
कसरी एकाएक हराए भन्नेबारेमा केही भन्न नसकिने बताएको छ । प्रहरीले भनेको
छ- ‘समातिएकै ब्यक्तिको साथी हो वा हैन भन्ने पनि हामीले सक्ने अबस्था छैन
।’
घटना संचारमाध्यममा सार्वजनिक भएलगत्तै एक
कपडा स्टोरकी संचालिकाले दुई दिन अघिमात्र आफुले त्यो पहिरन एक युवकलाई
बेचेको बताएकी छिन ।
चलचित्र वधशालाले शान्ति प्रक्रिया भाँड्ने भन्दै रक्षा मन्त्रालयले
सञ्चार मन्त्रालयलाई दोस्रोपटक पत्राचार गरेको छ । रक्षाले महिना दिनअघि
सञ्चारमन्त्रलायलाई पत्र लेखी वधशालाको सेन्सर नभएको भए सेन्सरमा रोक लगाउन
सेनालाई उधृत गर्दै आग्रह गरेको थियो । रक्षाले पत्र काटेपछि
सञ्चारमन्त्रलायले चलचित्र बिकास बोर्डमा पत्र काटी वधशालालाई रोक लगाउन
भनेको थियो ।
रक्षा
मन्त्रालयले सिनेमा नै नहेरी वधशाला रोकेकोमा चौतर्फी विरोध भएको थियो ।
विरोधपछि रक्षाले सञ्चार मन्त्रलायको नाममा पुनः पत्र काटी वधशालाले शान्ती
प्रक्रिया भाड्ने जनाउादै आफैं विचार गर्न मन्त्रालयलाई आग्रह गरेको हो ।
रक्षाको पत्र पश्चात सोमबार सञ्चार मन्त्रालयमा वधशालाको सेन्सरमा रोक
लगाउने गरी टिप्पणी उठाइएको छ ।
सञ्चार मन्त्रालयले सेन्सरमा रोक लगाउने तयारी गरेपछि वधशाला युनिटले रक्षा मन्त्रायल समेतको जिम्मा सम्हालेका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई भेट्ने प्रयास गरेका छन् ।
निर्देशक समाजको आपत्ति
यसैवीच चलचित्र वधशालाको सेन्सरमा समेत रोक लगाएको प्रति नेपाल चलचित्र निर्देशक समाजले आपत्ति जनाएको छ । समाजका कायम मुकायम महासचिव एम.एस.अ्रगजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मनोेज पण्डित निर्देशित चलचित्र ‘वधशाला’ लाई रक्षा मन्त्रालय र सञ्चार मन्त्रालयबाट सेन्सरमा अवरोध पुर्याउने काम भएको हुँदा निर्देशक समाज आपत्ति व्यक्त गर्दछ ।’

फागुन २५ गतेबाट प्रदर्शनमा आउने भनिएको
यो चलचित्रको सेन्सर हुन सकेको छैन । निर्देशक समाजले सिनेमाको सेन्सर समेत
नगर्न भनी रक्षाले पत्र काटेको १ महिना पछि बल्ल आफ्नो धारणा सार्वजनिक
गर्नु आफैमा आश्चर्यको बिषय छ ।
२२ फागुन, काठमाण्डौ । द्वन्द्वकालमा
माओवादीले गराएको बम बिष्फोटबाट घाइते एवं मृत्यु भएका चितवनको बाँदरमुढेका
पीडित परिवारलाई सरकारले राहत प्याकेज उपलब्ध नगराउने भएपछि एमाओवादीले
आफ्नै पार्टीको कोषबाट ६० लाख रुपैया दिने भएको छ ।
मंगलबार बिहान प्रचण्ड निवास लाजिम्पाटमा बसेको पदाधिकारीको वैठकले यस्तो निर्णय गरेको वैठकपछि नेता अमिक शेरचनले जानकारी दिनुभयो ।
‘सरकारले दिन मानेन, पार्टी अध्यक्षले सार्वजनिकरुपमा बोलिसकेको बिषय भएकाले पार्टीको आन्तरिक कोषबाट राहत दिने निर्णय गरेका छौं’ शेरचनले भन्नुभयो-’महाधिवेशनबाट बचेको केही रकम र पार्टीको आन्तरिक कोषबाट थपेर राहत दिने निर्णय भएको छ ।’
केही दिनअघि माडी महोत्सवमा चितवन पुगेका एमाओवादी अध्यक्ष प्रचण्डले ६० लाखको प्याकेज दिने सरकारले निर्णय गरेको भाषण गरेका थिए । तर, सरकारसँग परामर्श नै नगरि प्रचण्डले पहिले नै सार्वजनिक कार्यक्रममा भाषण गरेपछि सरकारमा रहेका मन्त्रीहरुले त्यसको बिरोध गरेका थिए ।
प्रचण्डले जहाँ जहाँ जे मन लाग्यो त्यही बोल्ने र हामीले उनको भाषणलाई महाबाणि ठान्दै मन्त्रिपरिषद्बाट निर्णय गर्न सक्दैनौं भन्दै गठवन्धनमा रहेका मन्त्रीहरुले चर्को बिरोध गरेपछि माओवादीले पार्टीबाटै राहत दिने निर्णय गरेको हो ।

तत्कालिन विद्रोही नेकपा माओवादीको
विद्युतीय धरापमा परी चितवनको बाँदरमुढेमा ३८ जना सर्बसाधारणको ज्यान गएको
थियो । माडीको अयोध्यापुरी स्थित बगईबाट भरतपुरतर्फ आउँदै गरेको ना १ ख
३२४५ नम्बरको बस २०६२ साल जेठ २३ गते माओवादीको एम्बुसमा परेको थियो ।
घटनापछि माओवादीले क्षमा माग्दै दोषिलाई कारबाही गर्ने बताएको थियो ।
चलचित्र ‘रक्षा’ मा समावेश ‘म रोएँ धेरै’
बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । अर्जुन पोखरेलको संगीतमा तयार भएको
यो गीतको भिडियो अनलाइखबरमार्फत सार्वजनिक गरिएको छ ।
दुर्गा
खरेलको आवाजमा समावेश यो गीतलाई अमृत रेग्मीले लेखेका हुन् । चलचित्रमा
राजेश हमाल, पुजना स्त्रि, पवन बस्नेत, अशोक फुयाँल, सुशान्त कार्की,
सारिका घिमिरे लगायतका कलाकारको अभिनय छ । राजु गिरीको निर्देशनमा तयार
भएको यो सिनेमा चैत्र ९ गतेबाट प्रदर्शनमा आउँदैछ ।
चलचित्रमा नायिका पुजना स्त्रिले खुलेरै
बेड सिनको दृश्य समेत दिएकी छिन् । चलचित्रमा समावेश ‘म रोएँ धेरै’ बोलको
गीतको भिडियो यस्तो छ :-
दूतावासमा गुनासोको ओइरो, श्रम मन्त्रायलसँग वार्ताको तयारी
२१ फागुन, क्वालालम्पुर । बिदेशी
श्रमिकलाई पनि मासिक ९ सय रिंगेट तलव दिने भन्ने खवरसँगै खुसी भएका नेपाली
श्रमिकको खुसी एक महिनाभित्रै चकनाचुर भएको छ । तलव बृद्धिको घोषणासँगै
मलेसिया सरकारले अन्य बिबादास्पद निर्णय गरिदिंदा अहिले मलेसियाका श्रमिक
तलव बढ्नुको सट्टा पहिलेभन्दा कम पैसा पाउन थालेका छन् । ‘धेरै नेपाली
दाजुभाईहरुले पहिलेको भन्दा कम पैसा पाउन थालेको गुनासो गर्न थाल्नुभएको छ’
मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत लेखनाथ भट्टराईले अनलाइनखवरसँग
भन्नुभयो-’बरु पहिले नै ठिक थियो भन्ने स्थीतिमा उहाँहरु पुग्नुभएको छ ।’
पहिले मासिक ५ सय ४६ न्यूनतम तलव भएपनि ओभरटाइमका कारण मासिक औसत एक हजार
रिंगेटजति कमाउने नेपालीहरुको कमाई अहिले सात आठ सय पनि पुग्न मुस्किल हुन
थालेको छ ।
‘पहिलो कुरा सवै बिदेशी श्रमिकलाई न्यूनतम तलव दिने भन्ने निर्णयमै
थुप्रै सहुलियत दिएर रोजगारदातालाई सजिलो बनाइएको छ । बिदेशी श्रमिकका हकमा
न्यूनतम तलव दिन नसक्ने भए कारणसहित निबेदन दिनु भनेको छ, कारण दिन कुनै
कठिनाई छैन, त्यसैले अधिकांस रोजगारदाता न्यूनतम तलव नदिन प्रेरित भए’
भट्टराईले भन्नुभयो-’परिक्षणकालमा ३० प्रतिशत कम तलव तिर्नुपर्ने नियम नै
बनाइदिएपछि अर्को समस्या आएको छ ।’ यसरी परिक्षण कालमा रहने बिदेशी
कामदारले औसत ६ सय रिगेट तलव पाउँछन, त्यसमाथि औसत डेढ सय रिंगेट लेभी
काट्दा उनीहरुसँग साढे चार सय रिंगेट पनि बच्न कठिन हुन्छ । ‘कतिपय
कम्पनीले होष्टल, गाडी भाडा र पानीको पैसा पनि काट्ने भन्न थालेका कारण
धेरै समस्या आइरहेको छ’ भट्टराईले भन्नुभयो ।
गुनासै गुनासो
न्यूनतम तलव र लेभीको कार्यन्वयनबाट धेरै समस्या आएपछि त्यसको चाप दूतावासमा पनि परिरहेको छ । अहिले दैनिकजसो बिभिन्न कम्पनीका कामदारले आफुहरुले भने बमोजिम तलव नपाएको, लेभी बढि काटिएको, होष्टलको पैसा पनि माग्न थालेको र आम्दानी घटेको भन्दै दूतावासमा मौखिक र लिलित उजुरी गरिरहेका छन् । ‘गुनासोको संख्या ह्वात्तै बढ्यो’ राजदूत भट्टराईले भन्नुभयो- हामीले सकेसम्म समाधान गर्ने प्रयत्न गरेका छौं तर मलेसिया सरकारले नीतिगतरुपमै अस्पष्ट निर्णय गरेकाले हामी पनि अप्ठेरोमा परेका छौं ।तलव नपाएको भन्दै कतिपय कम्पनीमा आन्दोलन गर्ने क्रम पनि बढेको जानकारी दिंदै राजदूत भट्टराईले भन्नुभयो- हामीले शान्तिपूर्णरुपमा समस्या समाधानका लागि पहल गरिरहेका छौ, मलेसियामा हड्ताल गर्नु गैरकानुनी भएकाले त्यसो नगर्न सम्झाइरहेका छौं ।’

दबाब दिने तयारी
यसैवीच मलेसिया सरकारले गरेका अष्पष्ट निर्णयका कारण आफ्नो मुलुकका श्रमिकहरुले दुःख पाएको भन्दै नेपाली दूतावासले मलेसिया सरकारसँग औपचारिक वार्ताको पहल गरेको छ । उनीहरुको निर्णयबाट परेको अप्ठेरोबारे हामीले बुँदा छलफलका लागि तयारी गरेका छौं- भट्टराईले भन्नुभयो- श्रम मन्त्रालयसँग समय लिने प्रयास भइरहेको छ, केही दिनमै हामी औपचारिक छलफल गछौं ।’ मलेसियामा कामदार आपूर्ति गर्ने स्रोत मूलुकहरुका मिसन प्रमुखहरुवीच पनि छलफलको तयारी भएको र सामूहिकरुपमा मलेसिया सरकारसँग कुरा गर्ने योजनासमेत बनाइएको भट्टराईले बताउनुभयो ।मलेसियामा केही महिनाभित्र आम चुनावको तयारी भइरहेकाले पनि यी समस्या तत्काल समाधान हुने सम्भावना भने कम रहेको भट्टराईले बताउनुभयो । ‘स्थानीय कामदारलाई जसरी पनि न्यूनतम तलव दिनैपर्ने बनाएको छ, बिदेशीका हकमा दोहोरो अर्थ लाग्ने निर्णय भएका छन, उनीहरुको भोट बैंक स्थानीय कामदार भएकाले तत्कालै हाम्रो समस्या सुनिदेलान भन्ने देखिन्न ।’ भट्टराईले भन्नुभयो । मलेसियामा आम्दानी झन घटिरहेको बास्तविकता भएपनि म्यानपावर कम्पनीहरुले मलेसियामा तलव बढ्यो भन्दै धेरै पैसा उठाइरहेको सुन्नमा आएको भन्दै राजदूत भट्टराईले मलेसियाको वास्तविकता बुझेरमात्र आउन आग्रह गर्नुभयो ।

तलव वृद्धिसंगै मलेसियामा श्रमिकहरुलाई समस्या थपिए
मलेसियामा नेपाली श्रमिकहरुको तलव वृद्धि
भएसंगै विभिन्न समस्याहरु थपिएको मलेसियामा कार्यरत मानवअधिकारवादी संस्था
तानागानिताले जनाएको छ । संस्थाका संस्थापक अध्यक्ष डा.आईरिन फर्नाल्डेजले
विदेशी कामदारहरुलाई मलेसिया सरकारले हेर्ने दृष्टिकोण समान नभएकाले यस्तो
अवस्था आएको वताउनु भयो ।प्रगतिशिल प्रवासि श्रमिक मञ्चले मलेसियाले
वातुपहातमा आइतवार आयोजना गरेको अन्तर्रक्रिया कार्यक्रममा डा फर्नाल्डेजले
भन्नुभयो,’विदेशी श्रमिकहरुलाई लेवि लिनु एकदमै नाजायज छ । यसलाई तत्काल
सच्याउनु पर्छ । मलेसिया वनाउन विदेशि श्रमिकहरुले निकै ठुलो परिश्रम गरेका
छन् । उनीहरुलाई हामीले सोहि अनुसारले वुझनु पर्छ ।’ उहाँले श्रमिकहरुको
समस्यालाई वेलैमा सरकारले वुझन नसके त्यसले गम्भीर अवस्था निम्त्याउन सक्ने
वताउनुभयो ।
कार्यक्रममा प्रगतिशिल प्रवाशि श्रमिक
मञ्च मलेसियाका महासचिव प्रेम पाण्डे, पत्रकार रामचन्द्र नेपाल,सुवास
कार्की, गेापाल कोइराला, ग्लोरिन, रहिमालगायतकाले नेपाली श्रमिकका
समस्याहरुको वारेमा प्रकाश पार्नुभएको थियो । प्रगतिशिल प्रवासि श्रमिक
मञ्च वातुपहातका अध्यक्ष अर्जुन शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा
सयौँ नेपाली श्रमिकहरुको सहभागिता रहेको थियो ।
२१ फागुन, काठमाण्डौ । थाइल्याण्डमा उपचार गराईरहेका पूर्व युवराज पारस शाहले आजदेखि आफैं पिउन र कुरा गर्न थालेका छन् ।
हृदयघातपछि
दुई सातादेखि थाइल्याण्डको समित्भेज अस्पतालमा उपचार गराईरहेका पारसको
अबस्थाबारे सोमबार अपरान्ह अस्पतालले जारी गरेको बिज्ञप्तिमा भनिएको छ-
उहाँ पुरै होसमा आउनुभएको र कुरा गर्न पनि थाल्नुभएको छ । आज बिहानदेखि
उहाँले आफैं पानी पिउन थाल्नुभयो ।’
यद्यपी उहाँको दिमाग र नसाको अबस्थाबारे
एमआरई पश्चात केही दिनपछि मात्र भन्न सकिने अस्पतालले बताएको छ । स्थीतिमा
सुधार ल्याउन पारसको फिजियो थेरापीसमेत गर्नुपर्ने उपचारमा संलग्न मुटुरोग
बिशेषज्ञ मान चान्दाभिमोल र स्नायुरोग बिशेषज्ञ सोङचाई चिन्वातान्कुलले
जारी गरेको संयुक्त प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
करिव दुई सातादेखि उपचार गराईरहेका पारसको
शनिवार होस खुलेको र आइतवारदेखि उहाँलाई भेण्टिलेटरबिनै उपचार गराउन
थालिएको बिज्ञप्तिमा उल्लेख छ ।
२१ फागुन, काठमाडौं । एएफसी च्यालेन्ज कप छनोट फुटबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । सोमबार भएको आफ्नो दोस्रो खेलमा घरेलु टोली नेपाल बंगलादेशसँग २-० ले स्तभ्द भएको हो ।
हारसँग नेपालको अघिल्लो चरणको प्रवेश कठिन भएको छ । पहिलो खेलमा नदर्न मारियानालाई ६-० ले हराएको नेपालले अघिल्लो चरण प्रवेशको सम्भावना जिवितै राख्न प्यालेस्टानलाई हराउनै पर्छ भने बंगलादेश र नदर्न मारियानाबीचको खेलको नतिजा कुर्नुपर्छ ।
लगातार २ खेल जितेको प्यालेस्टाइन ६ अंकका साथ समूहको शीर्ष स्थानमा छ भने ३ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । समान अंक जोडेको बंगलादेश गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ । पुछारमा रहेको दर्नद मारियानाले भने अंकको खाता नै खोल्न सकेको छैन ।

झापा, फागुन २१ - झापाको पाँचगाछीमा नौ महिनाअघि भाउजुको हत्या गरेको अभियोगमा जिल्ला अदालत झापाले राजकुमार श्रेष्ठलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
अभियुक्त श्रेष्ठले पाँचगाछी–७ की आफ्नै भाउजु ३२ वर्षीया हेमकुमारी श्रेष्ठलाई गत असार १४ गते बिहान खेतमा गाई सार्न गएको बेला कोदालोले टाउको र शरीरका विभिन्न भागमा काटेर हत्या गरेका थिए ।
टनामा संलग्न भएको आरोपमा त्यसबेला देवर राजकुमार श्रेष्ठ, जेठानी निर्मला श्रेष्ठ र जेठाजु डिल्ली श्रेष्ठलाई प्रहरीले पक्राउ गरी पुर्पक्षको लागि झापा कारागारमा थुनामा राखेको थियो ।
जिल्ला न्यायाधीश गोपालप्रसाद भट्टराईको इजलासले श्रेष्ठलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ भने जेठानी निर्मला र जेठाजु डिल्लीलाई सफाइ दिएको छ ।

काठमाडौं, फागुन २१ (नागरिक)- अगाडि थिए विभिन्न नारा लेखिएका प्लेकार्ड - राष्ट्रियताको रक्षा गर, संविधान निर्माण गर, शान्ति सुरक्षा कायम गर, भ्रष्टाचारविरुद्धको हाम्रो अभियान। अनि त्यो जुलुसको अगुवाई गर्दै थिए नायक राजेश हमाल। नझुक्किनुस्, राजेश हमाल 'राजनीति'मा उत्रिसकेका छैनन्। यो 'राजनीति' नामको फिल्म सुटिङको दृश्य थियो।
फिल्म 'राजनीति'को सुटिङमा अभिनेता राजेश हमाललाई वीरगन्ज लैजाँदा निर्माण पक्ष चिन्तामा थिए, जुलुसको दृश्यमा भीड जुटाउने कसरी? जब प्ले कार्ड बोकेर राजेश सटको लागि तयार भए फेरि अर्को चिन्ता थपियो, भीडबाट उनलाई जोगाउने कसरी।
'राजेश दाइलाई देखेपछि यस्तो भीड लाग्यो कि उहाँलाई केही बताउनै सकिएन, इशाराको भरमा सुटिङ गर्नुपर्योग,' काठमाडौं फकिएपछि निर्देशक वसन्त निरौलाले भने, 'भीड अत्यधिक भए पनि लट्ठी देखाएर राजेश दाइलाई निकाल्नु परेको थियो।'
वीरगन्जमा अभिनेता हमाललाई हेर्न दर्शक झुत्तिएको देखेका निर्देशकले राजधानीको खुलामञ्चमा कोमल ओलीलाई हेर्न पनि दर्शक देखे। 'कोमल दिदीको म्युजिक भिडियोको सुटिङ भइरहेको सुनेर पसल बन्द गरेर आएको, मिल्यो भने सँगै बसेर फोटो पनि खिचाउँछु,' रत्नपार्कमा व्यापार गर्ने सुनमाया तामाङले भनिन्।
शनिबार भएको सुटिङ कोमलले गीत गाइनन्, भाषण गरिन् । गायिकाको रुपमा स्थापित भए पनि फिल्ममा भने उनले गीत नगएको ओलीले बताइन्। 'यस फिल्ममा मैले गीतहरु गाएको छैन। अभिनय मात्रैको अनुभव पनि रमाइलो छ,' उनले भनिन्। फिल्ममा अर्जुन पोखरेलले संगीत दिएका छन्।
टेकनारायण भट्टराई, पाल्पा, फागुन २१- सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको आर्यभञ्ज्याङ-राम्दी सडक खण्डमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ। पाल्पा खानीछाप-७ आमडाँडाबाट बेहुली लिएर पाल्पा चिदीपाननी गाविस बुढीकोट फर्केको लु १ ख २७९५ नम्बरको जन्तीबस चिदीपानी-२ धैरेनीमा आइतबार राति करिव साढे ९ बजे दुर्घटना भएको हो।
रातीको दुर्घटना भएकोले शव खोज्न कठिनाइ हुँदा संख्या अझ बढ्न सक्ने प्रहरी भनाई छ।
जिल्ला सदरमुकाम तानसेनदेखि झन्डै २२ किलो मिटर टाढा भएको उक्त दुर्घटनामा १२ जनाको घटनास्थलमै र तीनजनाको प्रभासस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। घाइतेमध्ये १६ जनाको प्रभास मेडिकल कलेजमा र ९ जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ। दुर्घटनामा मर्नेमा सबै दुलाहाको गाउँ चिदीपानी-७ का हुन्।
दुर्घटनामा परी घटनास्थलमै मृत्यु हुनेहरु
चिदीपानी-७ का १७ वर्षीय केशवकुमार बिरकट्टा,
२५ वर्षीय योगेन्द्र चति,
२५ वर्षीया केशरी पुन,
२५ वर्षीय विष्णुबहादुर चति,
१८ वर्षीय नविन सूर्यवंशी,
३० वर्षीया लुलिसरा सारु,
२६ वर्षीय रमेश विक,
६० वर्षीय वेदबहादुर बिरकट्टा,
७ वर्षीय कमल जर्घा,
२८ वर्षीय लोकबहादुर सारु,
१६ वर्षीया नविना सूर्यवंशी
पाल्पा हुमिनका ३० वर्षीय मिलन विक (चालक)
उपचारका क्रममा मृत्यु हुनेहरु
चिदीपानी-७ का २८ वर्षीय सुरज न्यौपाने,
६५ वर्षीय अमरबहादुर दर्घा
२५ वर्षीया रमादेवी सारु
चालक रक्सीले मातेका थिए
राम्दीमा जन्ती कुरेर बस्दा चालक मिलन विकले होटलमा छिरेर रक्सी सेवन गरेका थिए । मातेका चालक र सहयोगी सहित ४५ जना जन्ती सवार बस अघि बढ्यो। ‘बस ठाउँठाउँमा ढलपलाएको थियो ।' मिसन अस्पतालमा भर्ना भएका घाइते विशाल सारुले राति २ बजे नागरिकसंग कुरा गर्दै भने ‘चारजना हामी बसको छतमा थियौं, देब्रे साइड छाडेर दाहिने तर्फ (रङ साइड) को प्याराफिटमा बस ठोक्कियो ।' बस अनियन्त्रित हुँदै छेउका तीनचारवटा प्याराफिट भत्काउँदै अन्ततः सडकबाट तीनसय मिटर तल खस्यो ।
मृतक महिलाको आडैमा रहेको झोला
भीरमा अड्केकी बेहुलीले कान्छा भन्दै बेहुलालाई चिच्याइन्
बस दुई बल्ड्याङ खाएपछि झ्याल फुटेर बेहुली उछिट्टिइन् । बेहुला भित्रै रहे । ‘बस खस्नै लाग्दा मलाई वहाँ (बेहुला)ले अंगालो हालेर समात्नु भो, हामी चिच्यायौं ।' मिसन अस्पतालको १२६ नम्बर बेडमा भर्ना भएकी बेहुली बिष्णु चर्तीले भनिन् ‘म भिरमा अड्केपछि मैले कान्छा भन्दै बोलाएँ, वहाँले तलबाट बिष्णु भन्दै चिच्याउँदै आउनुभयो ।' दुबैजना भीरमै भेटेर अंगालो हालेर रोए।
‘मैले जेठान (बिष्णुका दाइ रुपबहादुर हिस्की)लाई फोन गरेँ र गाडी दुर्घटनामा पर्यो, छिट्टै आउनु भनेँ ।' मिसनमै ४१६ नम्बर वेडमा भर्ना भएका बेहुला रोशन चर्तीले भने ‘म हिँडेरै बाटोमा निस्केँ उनलाई बोकेर माथि ल्याइयो ।' स्थानीय र प्रहरीले घाइते बेहुलाबेहुलीलाई एकै गाडीमा चढाएर मिसन अस्पताल पठाए।
कक्षा ८ पढ्ने १७ वर्षीया विष्णुले भारतमा नोकरी गर्ने रोशनसँग प्रेम बसेपछि एक महिना पहिले माघ २० गते भागेर बिहे गरेकी थिइन्। ठ्याक्कै एक महिनापछि फागुन २० गते मगरी संस्कार अनुसार ‘ढोगभेट फर्काएर' घर आउँदा दुर्घटना भयो।
बेहुली बिष्णुका हातका सबै चुरा फुटेका थिए । रातो चुराले रंगिएका हात दुर्घटना पछि अस्पतालमा सेता पट्टीले घेरिए । सिंदुर हुनुपर्ने निधार रक्ताम्य बन्यो । कोरीबाटी गरेको केश भताभुंग थियो । कपालको डोरी फुस्किएर विस्तरामा छरपष्ट थियो । अर्कोतर्फ औंठी लगाएका बेहुलाको हातका औंला दुर्घटनामा भाँचिएपछि सेतो व्याण्डेज बाँधिएको थियो । दुबै खतरामुक्त रहेका मिसन अस्पतालले जनाएको छ ।
मोबाइल मुखमा झुण्ड्याएर उद्धारमा खटिएका प्रहरी।
मुखले ‘मोबाइल लाइट' टोकेर प्रहरीले मध्यरातसम्म उद्दार गरे
रुखका हाँगा नसमाई अडिन नसकिने डरलाग्दो भीरमा संघर्ष गर्दै प्रहरी जवानहरुले चार घण्टा लगाएर घाइतेको उद्दार गरे । अप्ठ्यारो भीरमा रातभर जुनकीरी जस्तो मात्रै उज्यालो भएको मोबाइल लाइट मुखमा टोकेर घाइते बोक्दै माथि निकाल्दै गरेका थकित प्रहरी जवानहरुलाई स्थानीयले ग्लुकोज पानी दिएका थिए । उनीहरुसँग चहकिलो लाइट थिएन । कतिपयले स्थानीयको लाइट मागेर चलाए ।
फुर्तिलो जिउ भएका जवानहरुलाई मोटो जिउ भएका इन्स्पेक्टर र असइले माथिबाट आदेश दिन्थे । पसिना काढ्दै रक्ताम्य जिउ बनाएर जवानहरुले घाइते ओसारे। साढे नौ बजे भएको दुर्घटनामा उद्दारका लागि नेपाली सेनाको टोली भने राति १ बजे मात्रै पुग्यो । घाइते सबैलाई प्रहरी र स्थानीयले निकाले भने शव निकाल्न आज बिहानसम्म नेपाली सेना खटिए ।
दाइजोको सोफा
यही ठाउँमा ३४ जनाको ज्यान गएको थियो
आइतबार दुर्घटना भएकै ठाउँमा करिब पाँच बर्ष पहिले भएको बस दुर्घटनामा ३४ जनाको मृत्यु भएको थियो । दुई बर्ष पहिले पनि ट्रक खस्दा दुईजनाको मृत्यु भएको स्थानीयले बताए ।
घाइतेको उद्धार गर्दै प्रहरी
घटनास्थलमा दाइजोका भाँडा
उद्धारमा प्रहरी।
अस्पतालमा बेहुली।
अस्पतालमा बेहुला। सबै तस्बिरहरुः टेकनारायण भट्टराई
२१ फागुन, क्वालालम्पुर । मलेसियामा
नेपाली श्रमिकहरुको तलव वृद्धि भएसंगै विभिन्न समस्याहरु थपिएको मलेसियामा
कार्यरत मानवअधिकारवादी संस्था तानागानिताले जनाएको छ । संस्थाका संस्थापक
अध्यक्ष डा.आईरिन फर्नाल्डेजले विदेशी कामदारहरुलाई मलेसिया सरकारले हेर्ने
दृष्टिकोण समान नभएकाले यस्तो अवस्था आएको वताउनु भयो ।
प्रगतिशिल प्रवासि श्रमिक मञ्चले
मलेसियाले वातुपहातमा आइतवार आयोजना गरेको अन्तर्रक्रिया कार्यक्रममा डा
फर्नाल्डेजले भन्नुभयो,’विदेशी श्रमिकहरुलाई लेवि लिनु एकदमै नाजायज छ ।
यसलाई तत्काल सच्याउनु पर्छ । मलेसिया वनाउन विदेशि श्रमिकहरुले निकै ठुलो
परिश्रम गरेका छन् । उनीहरुलाई हामीले सोहि अनुसारले वुझनु पर्छ ।’ उहाँले
श्रमिकहरुको समस्यालाई वेलैमा सरकारले वुझन नसके त्यसले गम्भीर अवस्था
निम्त्याउन सक्ने वताउनुभयो ।
कार्यक्रममा प्रगतिशिल प्रवाशि श्रमिक
मञ्च मलेसियाका महासचिव प्रेम पाण्डे, पत्रकार रामचन्द्र नेपाल,सुवास
कार्की, गेापाल कोइराला, ग्लोरिन, रहिमालगायतकाले नेपाली श्रमिकका
समस्याहरुको वारेमा प्रकाश पार्नुभएको थियो । प्रगतिशिल प्रवासि श्रमिक
मञ्च वातुपहातका अध्यक्ष अर्जुन शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा
सयौँ नेपाली श्रमिकहरुको सहभागिता रहेको थियो ।
मान्छेले वास्तविक जीवनमा पाउन नसकेका वा दबाएर राखिएका इच्छाहरू सपनामा प्राप्त गरेको कुरा देख्छन । यसै गरी दबेर रहेका यौनइच्छा पनि सपनामा छताछुल्ल हुन्छन् । विभिन्न अध्ययन अनुसार अधिकांश युवायुवती त्यस्तो सपना देख्न चाहन्छन् जहाँ उनीहरूको भेट आफ्ना प्रियजनसँग होस् र यौनक्रीडा गर्न पाइयोस् । त्यसैले सपनामा कसैसँग सम्भोग गरेको देख्नुलाई सामान्य रूपमा लिइन्छ।
हामीमध्ये धेरैले यसलाई हल्का रूपले लिन्छौँ र किन यस्तो सपना देखियो भन्ने विषयमा खासै चासो दिँदैनौँ, तर यौनविज्ञहरूले भने सपनामा सम्भोगको सम्बन्ध व्यक्तिको अरूसँगको यौनसम्बन्ध एवं उसको मनोविज्ञानमा निर्भर हुने बताएका छन् । कुनै महिलाले सपनामा कसैसँग सम्भोग गरेको देख्नुको कारण के हो भन्ने कुराको उत्तर दिँदै यौनविज्ञ डाक्टर केतन परमारले विभिन्न पाँचवटा अवस्थाको व्याख्या गरेका छन्।
१. पति वा प्रेमीसँग सम्भोग गरेको सपना देखे:यदि सपनामा आफ्नो पति वा प्रेमिका साथ सम्भोग गरेको देखियो भने त्यसका दुईवटा अर्थ हुन सक्छन्। या त सपना देख्ने महिलाको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ, या त उनले पति वा प्रेमीबाट त्यो सन्तुष्टि पाइरहेकी छैनन्, जुन उनले चाहिरहेकी छिन्। यदि कसैले यस्तो सपना देखे आफ्नो प्रेमी वा पतिसँग बसेर कुराकानी गरी कारण पहिल्याएर समाधानतर्फ लाग्नुपर्छ।
२. पूर्वप्रेमीसँग सम्भोग गरेको देखे: यदि आफ्नो पूर्वप्रेमीसँग सम्भोग गरेको सपना देखियो भने त्यसको अर्थ हुनसक्छ, पुरानो ब्वाइफ्रेन्डसँगको सेक्सलाइफ निकै राम्रो थियो। देखावटी रूपमा अहिलेको प्रेमीलाई मन पराइए पनि अचेतन मनमा पुरानो प्रेमीले नै लोभ्याइरहेको छ भने ऊसँग सम्भोग गरेको सपना देखिन्छ। यस्ता सपनाबाट आफ्नो नयाँ प्रेमीसँग सन्तुष्टिका साथ सम्भोग गर्न पाइएन वा नयाँ प्रेमीसँग खटपट हुन थाल्यो भन्ने प्रस्ट हुन्छ।
३. कुनै चर्चित नायकसँग सम्भोग गरेको सपना देखे: यदि कुनै चर्चित नायकसँग सम्भोग गरेको सपना देखियो भने त्यसको अर्थ हो, आफ्नो प्रेमी वा पतिमा अरू केही कुरा खोजिएको छ। हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहँदा पनि यस्ता सपना देखिन्छ।
४. कुनै महिलासँगै सम्भोग गरेको सपना देखे: यदि कुनै महिलासँगै सम्भोग गरिएको सपना देखियो भने त्यसले मनोविज्ञान एवं शारीरिक अवस्थाका बारेमा पनि गहिरो अर्थ राख्छ। यस्तो सपना देखियो भने के बुझ्नुपर्छ भने आफ्नो यौन पार्टनर पुरुष मात्र हो भन्ने सोच गलत हो। यस्तो सपना बारम्बार देखियो भने र वास्तविक जीवनमा पनि कुनै महिलासँगै यौन क्रियाकलापका लागि आकषिर्त भइयो भने आफ्नो यौनचरित्र वा प्राथमिकता तथा यौनिकताका सम्बन्धमा पुनर्विचार गर्नुपर्छ। कुनै महिलाले सपनामा अर्की महिलासँग सम्भोग गरेको देख्छिन् भने त्यसको अर्थ के पनि हुनसक्छ भने ती महिलाले आफ्नो प्रेमी वा पतिले आफ्नो बढी ख्याल गरोस् भन्ने चाहन्छिन् ।
५. प्रेमीसँग बिछोड भएको सपना देखे: प्रेमीसँग विछोड भएको सपना देखियो भने त्यसको अर्थ हो— आफ्नो प्रेमीसँग संवेगात्मक निकट सम्बन्ध र बढी समय चाहे पनि त्यो पाइएको छैन। सम्बन्धमा खटपट आएको वा निकट भविष्यमा आउने ठूलो परिवर्तन वा घटनाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा चिन्तित रहेका बेला पनि प्रेमीसँग बिछोड भएको सपना देखिने यौनमनोविज्ञ परमार बताउँछन् ।

वैज्ञानिकहरुले बच्चाले जन्मिनु तिन महिना अघि नै पाठेघरमा रहेको अवस्थामा बाहिरी वातावरणको आवाज सुन्ने तथ्य पत्ता लगाएका छन् ।
फ्रान्सेली
वैज्ञानिकहरुले बच्चाले गर्भमै बाहिरको आवाज सुनेर चिन्नसक्ने दाबी गरेका
हुन् । युनिभर्सिटी अफ पिकार्डीका शोधकर्ताहरुले २८ हप्ताको गर्भको अप्टिकल
स्क्यानिङ गरी यो कुराको प्रमाणित गरेका हुन् ।
बच्चाले गर्भमै बाहिरको आवाज सुन्न सक्ने र
उक्त आवाज महिला वा पुरुष कसको रहेको छुट्टाउन सक्ने निष्कर्ष उनीहरुको छ ।
गर्भ रहेको ६ महिनामा बच्चाको कान विकशित हुन्छ । यसपछि ऊ आफ्नी आमाको बोली सहित अरु विभिन्न आवाज सुन्न र छुट्टाउन सक्ने हुन्छ ।
तर, बोलेको कुरा बुझ्ने क्षमताको विकाश
भने गर्भमै वा जन्मेपछि हुन्छ भन्ने कुरा भने वैज्ञानिकहरुले पत्ता लगाउन
सकेका छैनन् । तर पछिल्लो अध्ययनले के कुरा देखाएको छ भने बच्चाले गर्भमै रहँदाबाट भाषा सिक्न सुरु गर्छ ।
सरीरमा
पानीको कमीले विभिन्न खालका स्वास्थ्य समस्या उब्जिन्छन् । सरीरमा पानी कम
भयो भने कब्जियत, पाइल्स, मृगौलाको पत्थरी, पाचन प्रक्रियामा गडबडीका साथै
उच्च रक्तचाप लगायतका समस्या पैदा हुन्छन् ।
एक पन्थ दो काज भनेझैँ यस्ता खानेकुराको
सेवनले सरीरमा अन्य पोषक तत्वको आपूर्ति सँगै पानीको पनि आपूर्ति हुन्छ ।
सरीरमा पानीको मात्रा सन्तुलित गराउने फलफूल र तरकारीहरु मध्ये केही निम्न
छन् ः
गोलभेँडाः गोलभेँडामा पोटासिएम र लाइकोपाइन तत्वका साथै ९० प्रतिशत पानी हुन्छ । गोलभेँडाको सेवन मोटोपन घटाउन पनि कामयावी हुन्छ ।
गाजर: गाजरमा एन्टी
अक्सिडेन्ट, भिटामिन तथा प्रोटिन लगायतका तत्व पाइन्छन् । सलादको रुपमा
साथै अन्य समयमा पनि नियमित रुपमा गाजर खाने गरेमा सरीरमा पानीको कमी हुने
समस्या रहँदैन ।
मूला: मूलामा अत्यधिक
पानीका साथै फलाम लगायतका लवण पनि पाइन्छन् । मुलाले सरीरमा पर्याप्त पानी
आपूर्ति गर्ने मात्र होइन मोटोपन नियन्त्रणमा पनि सघाउ पुराउँछ ।
काँक्रो: काँक्रोमा लगभग ९६ प्रतिशत पानी हुन्छ र बाँकी ४ प्रतिशत फाइबर हुन्छ । काँक्रो खानाले पानीको आपूर्तिसँगै कब्जियतको समस्या पनि दूर हुन्छ ।
आरु: यो फलमा भिटामिन ए,
सी तथा बिटा क्यारोटिन नामक तत्व हुन्छ । आरुमा पर्याप्त पानी पनि हुन्छ ।
यसको सेवन पनि स्वास्थ्यको लागि निकै लाभदायी हुन्छ ।
सुन्तला: सुन्तलाको नियमित खानाले सरीरमा पानीको आपूर्ति मात्र होइन फाइबर लगायत अन्य महत्वपूर्ण पौष्टिक तत्वको पनि कमी हुन पाउँदैन ।
भुइँकटहर: यसमा पनि घुलनशील रेशा तथा एन्टी अक्सिडेन्ट हुन्छ । जसले सरीरलाई तन्दुरुस्त राख्छ र छिटै बुढो देखिनबाट बचाउँछ ।
खरभुजा, तरभुजा: यो
गर्मी याममा पानीको आपूर्ति गर्ने सबैभन्दा उत्तम र शुलभ फल हो । यसमा
पानीको साथै भिटामिन ए, बी, पोटासिएम तथा म्याग्नेसियम लगायतका तत्व पनि
पाइन्छ ।
स्ट्रबेरी: यो पनि निकै लाभदायक फल हो । यसमा भिटामिन तथा प्रोटिन पाइन्छ । यसले रक्तचाप नियन्त्रण गर्नुका साथै मोटोपन पनि घटाउँछ ।