अभिनेत्री नम्रता श्रेष्ठका अनेक रूप पर्दामा देखिइसकेका छन्। नेपाली फिल्ममा अहिलेसम्म कुनै मूल पात्र नदेखिएको भूमिकामा नम्रता देखिने भएकी छिन्। उनले मुख्य भूमिकामा अभिनय गरेको फिल्म 'मौन'मा उनले पूरै मौनता साध्नेछिन्।
बहिराहरूको प्रेमकथामा बनेको फिल्ममा उनको यो रूप देखिने भएको हो। आफूसँगै पढ्ने युवकलाई एकोहोरो मन पराउने युवतीको भूमिकामा प्रस्तुत भएकी उनले नबोलेरै प्रेमको अनुभूति दिलाउन गरेका प्रयास फिल्ममा समेटिएका छन्। यही फिल्मका लागि केही सांकेतिक भाषाको पनि ज्ञान हासिल गरेकी उनले फरक भूमिकामा अभिनय गर्न पाउँदा रमाइलो लागेको बताइन्।
हालै आयोजित एक कार्यक्रममा भनिन्, 'फिल्ममा म नबोले पनि मेरो काम फिल्मले बोलिहाल्छ। फरक काम गर्दा रमाइलो लागेको छ। फिल्मबारे भने मौन बस्छु।' उनको प्रेमीको भूमिकामा अर्पण थापा छन्। उनी पनि फिल्मभरि आवाजविहीन छन्। अर्पणले नै लेखेको कथालाई सुरज भुषालले निर्देशन गरेका हुन्।
३ भदौ, काठमाडौं । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा अध्यक्षको कार्यकाल सकिएपछि विद्यार्थी नेतृ रामकुमारी झाँक्री नेपाली राजनीतिबाट एकाएक हराउनुभयो । एमालेले पनि सम्झनुपर्ने अवश्यकता देखेन, रामकुमारीले पनि मलाई पद देऊ भनेर नेताहरुको घरदैलो चाहार्न चाहनुभएन । एमाले नेता भेट्न बल्खु पुग्दा पनि अपमानित भएर र्फकनुपर्यो ।
तीन वर्षसम्म पनि पार्टीले नसम्भिmएपछि रामकुमारी अब आफ्नै पहलमा एमालेमा सक्रिय हुँदै हुनुहुन्छ । ‘तपाईलाई तीन वर्षसम्म पार्टीले सम्झिएन ?’ अनलाइनखबरको प्रश्नमा शंखमुखस्थित आफ्नै घरमा छोरो सुम्सुम्याउँदै उहाँले भन्नुभयो- ‘साहना प्रधान त्यो हालतमा हुनुहुन्छ र त भेट्न गएका छैनन् । मलाई भेट्न आउने भनेको त धेरै टाढाको कुरा हो ।’
विवाहपछिको तीनवर्षे निश्त्रिmय अवधिमा नेतृ रामकुमारी एमाले नेतालाई भेट्न बल्खु नजानुभएको पनि होइन । उहाँले पुरानो घटना स्मरण गर्नुभयो -’एकचोटि महासचिवलाई समय मागेकी थिएँ, उहाँले १ बजे समय दिनुभयो । बल्खु पुगें । छोरो जन्मिनुभन्दा अगाडिको कुरा हो । उहाँ २ बजे आउनुभयो । अरुलाई नै समय दिनुभएको रहेछ । ठेक्कापट्टा गर्ने मान्छेसँगै कुरा गर्नुभयो र ‘ल सकियो अब जाऔं’ भन्नुभयो र मलाई वेवास्ता गरेर हिँड्नुभयो । त्यसपछि मैले कोही नेतालाई भेट्न टाइम मागिँन ।’
पार्टीमा भूमिकाविहीन रहेको अवस्थामा रामकुमारीको विवाह भयो । अहिले उहाँको १९ महिनाको छोरा छ । विवाहपछि पनि एमालेको राजनीतिमा सक्रिय हुन खोज्दा कि छोरा छाड्, कि राजनीति छाड् भन्ने प्रस्ताव पार्टी नेताहरुबाट आएकोमा रामकुमारीलाई निकै खल्लो लागेको छ । ‘जिल्ला कमिटीको अध्यक्षको हैसियतले प्रतिनिधि परिषदमा पदेन सदस्य थिएँ, तर छोरो जन्मिएर ४/५ महिना काममा नजाँदा मलाई कि छोरो छाड्, कि कमिटी छाड् भनियो’ केही भावुक हुँदै रामकुमारीले भन्नुभयो-’मैले उहाँहरुलाई भनें, यो त ०४६ साल भन्दा अघिको भूमिगत अवस्था त होइन । म मेरो निजी जिन्दगी र राजनीतिक जीन्दगी सँगै लान सक्छु ।’
तीन वर्षसम्म पार्टीले कुनै जिम्मेवारी नदिएपछि सक्रिय हुन समेत समस्या परेको उहाँले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ-’पार्टीको बैठकमा जाने मेरो प्लेटर्फम नै छैन । यो तीन वर्ष त मदन आश्रतिको स्मृति दिवसमा बल्खुको आँगनमा जाने, पुष्पलालको स्मृतिमा जम्मै मान्छे जान्छन् त्यहाँ जाने । त्यो बाहेक मेरो अन्य उपस्थिति हुने ठाउँ नै थिएन ।’
३ वर्षसम्म पनि पार्टीले बास्ता नगरेपछि रामकुमारी अब सानो पदमा बसेर नै भएपछि राजनीतिमा सक्रिय हुन थाल्नुभएको छ । हालै मात्र एमालेले चलाएको चुनावी अभियानमा उहाँ गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा केन्द्रीय प्रतिनिधि भएर खटिनुभएको थियो ।
पार्टीले जिम्मेवारी दिए दोस्रो संविधानसभामा उम्मेदवार बन्ने उहाँको योजना छ । ‘म फेरि पनि माग्न त जाँदिन । मैले ३ वर्षसम्म कुनै जिम्मेवारी देऊ भनिँन । पार्टीलाई जतिबेला संकट आउला, त्योबेला हामीले काम नगरेर कसले गर्ला भन्ने ठानियो’ उहाँले भन्नुभयो-’अब पार्टीले पत्यायो भने चुनावमा जानुपर्यो । जनताले पत्याउनुभयो भने जितेर आउने हो र यी कामहरु गर्ने हो । अहिले त इच्छा प्रकट गर्छु भन्न पर्यो ।’
एमालेको आगामी महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेद्वारी दिने र आफूले बोकेको विचारलाई अगाडि बढाउने झाँक्रीले अनलाइनखबरलाई बताउनुभयो । गगन थापा र आफू समकालीन भए पनि लोकपि्रयतामा पछाडि देखिनुको कारण पनि उहाँल अन्तरवार्तामा खोल्नुभएको छ । विगतमा कनकमणि दीक्षितहरुको नेतृत्वमा गठित नागरिक समाजमा आवद्ध हुनुको रहस्य समेत उहाँले स्पष्ट पार्नुभयो । तपाईले विरोध गरेका लोकमानसिंह कार्कीले त अख्तियारमा राम्रो काम गरेको प्रतिक्रिया आउन थाल्यो नि भन्ने प्रश्नमा ०६२/०६३ को आन्दोलनकी अग्रज झाँक्रीले भन्नुभयो- ‘बिग्रेको घडीले पनि दिनमा दुईचोटि सही समय दिन्छ ।’
३२ साउन,रियाद। साउदी अरबमा श्रीमतीलाइ यातना दिएर मारेको आरोपमा एक व्यक्तिको टाउको काटेर सजाय दिइएको छ। साउदीमा मुसलमानको पवित्र महिना रमजान यताको पहिलो मृत्युदण्डको सजाय हो।
फाउजी अल खाइबारी नामक गरेका व्यक्तिले आफ्नी श्रीमतीलाई कुटेर, जलाएर र फलामे डण्डिले ढाड भाँचेर छोडेका थिए, पछी ती महिलाको मृत्यु भएको थियो ।
श्रीमती मारेका खाइबरीको मुसलमानहरको पवित्र शहर मेदिनामा टाउको काटेर हत्या गरिएको हो।
कट्टर मानिस साउदी अरबमा यो जुलाइ ८ यताको पहिलो मृत्युदण्ड हो। बिचमा रमदान परेकाले मृत्युदण्ड सजाय दिइएको थिइएन।
साउदी अरबमा यो वर्षमात्रै ५८ जना मानिसलाइ मृत्यु दण्डको सजाय सुनाइसकिएको छ।

नेपालले एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताका लागि २२ सदस्यीय प्रारम्भिक टोलीको छनोट गरिसकेको छ। त्यसमध्ये ५ खेलाडी विदेशमा खेलिरहेका र प्रशिक्षण लिइरहेका छन्। सिंगापुर हुने प्रतियोगिताका लागि केही खेलाडी सोझै त्यतै पुग्ने छन् भने केही छोटो समयका लागि काठमाडौं आएर टोलीसँगै जानेछन्।
गत वर्ष नेपाली क्रिकेटको स्वर्णिम काल थियो। प्रशिक्षक पुबुदु दासानायकेले नेपाली क्रिकेटको ठूलो छलाङको बाटो खोल्ने अभियान थालनी गरे। नेपाली खेलाडीलाई विदेशी लिगमा खेलाउनु सफलताका प्रमुख आधार थिए। फरक क्रिकेट अनुभवले खेलाडी निखारिएका थिए। 'एक्सपोजर' नपाउनु नेपाली क्रिकेटको प्रमुख समस्या भएको पुष्टि भएको थियो। यस पटक पनि ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिल मण्डल, प्रदीप ऐरी, नरेश बुढाऐर र राजेश पुलामी विदेशमै खेलिरहेका छन्।
'कुनै पनि खेलाडीलाई मानसिक रुपमै बलियो बनाउनु पर्छ। त्यसका लागि यहाँ खेलाएर मात्र पुग्दैन, सधै एउटै टोलीसँग खेल्दा सवैलाई सवैबारे थाहा हुन्छ,' मलेसियामा डिभिजन ४ जितेर फर्किएपछि राष्ट्रिय टोलीका कप्तान पारस खड्काले भनेका थिए, 'यो उपाधि त्यही प्रमाण हो। यसको श्रेय प्रशिक्षक दासानायकेलाई दिनुपर्छ। यसको प्रभाव भविषयमा थप देख्न पाइनेछ।'
दासानायकेले खेलाडीलाई निरन्तर खेल्ने वातावरण बनाउदै पारसलाई क्लब क्रिकेट खेल्न क्यानाडा पठाए भने शक्ति गौचनलाई ट्रायलमा राजस्थान रोयल्ससम्मको बाटो देखाए। ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, अनिल मण्डल जस्ता ब्याट्सम्यानलाई भारत प्रशिक्षणका लागि पठाए। अमृत भट्टराई र चन्द्र साउद श्रीलंकाको यु–२३ लिग खेल्न गए। यो सवै दासानायकेको व्यक्तिगत पहलमा सम्भव भएको थियो।
नेपाली खेलाडीको प्रदर्शन
गत वर्ष नेपाली क्रिकेटका सवैभन्दा सफल बलर वसन्तले अन्तत क्यानाडामा विकेट लिने क्रम सुरु गरेका छन्। क्यानाडाको पहिलो डिभिजन लिगमा जेटिए च्यालेन्जर्सबाट खेलिरहेका वसन्तले पहिलो चार खेलमा कुनै विकेट लिन सकेका थिएनन्।
पहिलो चार खेलमा वसन्तले २४.५ ओभर बलिङ गरेका थिए। इकोनोमी २.४२ भए पनि उनले विकेट लिन सकेका थिएनन्। नेपालले खेलेको पछिल्ला चार प्रतियोगितामा वसन्तले ५५ विकेट लिएका थिए। विश्व क्रिकेट लिग डिभिजन ४, एसिसी ट्रफी इलिट र एसिसी ट्वान्टी–२० गरी वर्ष २०६९ मा मात्र उनले ४३ विकेट लिएका थिए।
इम्पेरियल स्टालियन्स सिसीसँगको पछिल्लो खेलमा उनले ५ विकेट लिदैं क्यानाडामा विकेटको खडेरी तोडेका छन्। वसन्तले ८ ओभरमा १ मेडन राख्दै ११ रनमात्र खर्चेपछि इम्पेरियल ३१.४ ओभरमा ७५ रनमा सीमित भएको थियो। वसन्तले अलराउन्ड प्रदर्शन गर्ने क्रममा ५ चौकासहित अविजित ६५ रन बनाउदा जिटिए ४३.६ ओभरमा १ सय ४६ रन बनाई अल आउट भएको थियो।
क्यानाडामा आफ्नो पहिलो खेल खेल्दा पनि वसन्तले जिटिएलाई ब्याटिङबाटै विजय दिलाएका थिए। वसन्तले अविजित ४४ रन बनाएपछि घजनाभी क्रिकेट क्लबसँगको खेल जिटिएले २ विकेटले जितेको थियो। वसन्त यस सिजनमा अहिले सम्म सवैभन्दा बढी रन बनाउने खेलाडी हुन्। उनले ६४.५० को औषतमा १ सय २९ रन बनाइसकेको छ।
वसन्त गएपछि जिटिएले ३ खेल जितेको छ भने एक खेल हारेको छ। १ खेल वर्षाले विथोलेको थियो। वाइलु कन्फ्रेन्समा जिटिए ८ खेलमा २७ अंकका साथ चौथो स्थानमा छ। वसन्तसँगै नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र क्यानाडामा लिग क्रिकेट खेल्न गएका थिए। गत वर्ष कप्तान पारसले खेलेको टोली ओन्टारियो क्रिकेट एकेडेमी क्लबबाट खेलिरहेका छन्।
ज्ञानेन्द्रले पहिलो खेल वाइलु कन्फ्रेन्समा जिटिएबाट खेल्दै ९ रन बनाएका थिए। त्यसपछि खेलेका तीन मध्येका दुई खेलमा व्यक्तिगत उच्च स्कोर गरेका छन्। अर्को खेल वर्षाले पूरै विथोलेको थियो। गुजरात क्रिकेट क्लबसँगको खेलमा ४० रन बनाएका ज्ञानेन्द्रले टोरोन्टो क्रिकेट क्लबसँग १८ रन बनाएका थिए।
नेपालका अर्का दुई खेलाडी प्रदीप ऐरी र अनिल मण्डल यु–२३ लिग खेल्न श्रीलंकामा छन्। बर्मुडामा भएको डिभिजन ३ मा युगान्डासँग म्यान अफ द फाइनल बनेका प्रदीप पहिलो खेलमा शुन्यमै आउट भए। गेल क्रिकेट क्लबसँगको दुइदिवसीय खेल प्रदीपको टोली कुरुनेगाला युथ क्रिकेट क्लबले पहिलो इनिङ्सको आधारमा जित्यो। कुरुनेगालाले केन्डीको असगिरिया क्रिकेट रंगशालामा इङ्ल्यान्ड यु–२३ युनिभर्सिटी टोलीसँग अभ्यास खेलमा प्रदीपले ९ बलमै अविजित २३ रन बनाएका थिए।
सुवास खकुरेलसँगै प्रदीप श्रीलंकामा यु–२३ क्रिकेट लिग खेल्न जेठको अन्तिम साता कोलम्बो लागेका थिए। घरासायी कारण देखाउदै ओपनिङ ब्याट्सम्यान तथा विकेटकिपर सुवास खकुरेल श्रीलंकाबाट फर्किएपछि उनको स्थान लिन अनिल मण्डल यसै हप्ता एक महिनाका लागि श्रीलंका लागेका थिए। उनले डिभिजन २ को प्रतियोगितामा प्रदीपसँग कुरुनेगालाबाट खेल्ने छन्।
त्यस्तै युवा ब्याट्सम्यानद्धय नरेश बुढाऐर र राजेश पुलामी इङ्ल्यान्डमा छन्। उनीहरुले मेरिलीबोन क्रिकेट क्लबमा प्रशिक्षण लिइरहेका छन्। उनीहरुले त्यहाँ ६ हप्ता प्रशिक्षण गर्नेछन्। नरेश र राजेशले क्रिकेटको मन्दिर मानिने लर्डस क्रिकेट मैदानमा अभ्यास गर्न र आसन्न एसेज शृंखला हेर्न पाउने सम्भावना छ।
लन्डनमा रहेका प्रशान्त कुँवरमार्फत नरेश र राजेश मेरिलिबोनसम्म पुगेका थिए। नरेश र राजेशको प्रदर्शन राम्रो हुने हो भने भविश्यमा लर्डसमा अन्य नेपाली खेलाडीको ढोका खुल्ने कुँवर बताउछन्। नागरिक
नेदरल्यान्ड्स – नेदरल्यान्ड्ससँग नाटकीय बराबरी गरेपछि आयरल्यान्डले मंगलबार आइसिसी क्रिकेट विश्वकप २०१५ मा स्थान पक्का गरेको छ। नेदरल्यानडसका मिचेल रिप्पोनले जोन मोनीको अन्तिम दुई बलमा चौका र छक्का प्रहार गरेर खेल बराबरीमा पुर्याएका थिए।
बराबरीपछि आयरल्यान्ड आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष स्थानमा रहँदै छनोट भएको हो। दुई वर्षपछि अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्व क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगितालाई आयरल्यान्ड छानिएको यो लगातार तेस्रोपल्ट हो। मंगलबारको नजितापछि आयरल्यान्ड १२ खेलमा ९ जितसहित २० अंक जोड्न सफल भएको थियो।
प्रतियोगिताबाट बाँकी चार टोली स्कटल्यान्ड, नेदरल्यान्ड्स, अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) मध्ये एकले दोस्रो टोलीमा विश्वकपको स्थान पक्का गर्नेछ।
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट दुई शीर्ष टोली सोझै विश्वकपलाई छानिन्छन् भने छनोट हुन असफल ६ टोलीले दोस्रो अवसर पाउने छन्। जसमा नेपालसहित हङकङ, पपुवा न्युगिनी र युगान्डा सहभागी हुनेछन्। सहभागी १० टोलीमध्ये दुईले विश्वकपको टिकट काट्ने छन्।
मंगलबार इडिन जोएसले ९६, नेल ओ'ब्रायनले ५० तथा पाउल स्टर्लिङले ४९ रन बनाएपछि आयरल्यान्डले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ६८ रन जोडेको थियो। जवाफमा नेदरल्यान्ड्सले पूरा ओभर खेल्दै ९ विकेट क्षतिमा २ सय ६८ रन बनायो।

काठमाण्डौ । सिंगापुरमा हुने एसीसी इमर्जिङ कप क्रिकेटको तयारीका लागि बन्द प्रशिक्षणका लागि पहिलो चरणमा २२ खेलाडी छनोट भएका छन् । आगामी अगष्ट १७ देखि सिंगापुरमा हुने इमर्जिङ कप क्रिकेटलाई मध्यनजर राख्दै पहिलो चरणको बन्द प्रशिक्षणका लागि पूर्व कप्तान विनोद दास सहित २२ खेलाडी छनोटमा गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
बन्द सत्रका लागि विनोद दाससहित नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का, सुवास खकुरेल, शरद भेषावकर,ज्ञानेन्द्र मल्ल, अमृत भट्टराई, पृथु बाँस्कोटा, शक्ति गौचन, संजम रेग्मी, वसन्त रेग्मी, रामनरेश गिरी, जितेन्द्र मुखिया, सागर पुन, विनोद भण्डारी रहेका छन् ।
यसैगरी नरेश बुढाऐर, प्रदीप ऐरी, चन्द्र साउद, यज्ञमान कुमाल, अनिल मण्डल, राहुल विश्वकर्मा, महेश क्षेत्री र अविनाश कर्ण पनि पहिलो चरणको छनोटमा परेका छन् । बन्द प्रशिक्षण असार २६ गतेदेखि काठमाडौंमा सुरु हुने क्यानले जनाएको छ । इमर्जिङ कप क्रिकेट अगामी अगष्ट १७ देसिख २५ सम्म सिंगापुरमा हुनेछ ।
काठमाडौ, - 'मैले काम गर्दा कहिल्यै केही अपेक्षा गरेको थिइनँ,' नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दसानायकेले सोमबार कान्तिपुरसँगको टेलिफोन वार्तामा यस्तै जवाफ दिए । उनले थपे, 'तर कसैले तिम्रो कामको प्रशंसा गर्दै सम्मान गर्छ भने त्यसले तिमीलाई आनन्द महसुस हुन्छ ।'
प्रशिक्षक पुबुदु अहिले क्यानडामा छन् । नेपाली टिमलाई बर्मुडामा आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-३ को उपाधि थमाएर उनी उतैबाट घर लागेका थिए । गत साता नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गरेको पल्सर स्पोर्ट्स अवार्ड २०६९ मा उनी वर्षको उत्कृष्ट प्रशिक्षक चुनिए । नेपालले अघिल्लो वर्ष दुई ठूला ट्रफी -मलेसियामा डिभिजन-४ र यूएईमा एसीसी ट्रफी एलिट) यिनै पुबुदुको प्रशिक्षणमा जितेको थियो ।
'मलाई नेपालबाट पनि थुप्रै बधाई आयो । घरमा पनि सबैले बधाई दिए,' उत्साहित रूपमा पुबुदुले भने । उनले क्रिकेट टिम नै वर्षको उत्कृष्ट टिम र क्रिकेटकै कप्तान पारस खड्का वर्ष पुरुष खेलाडी भएकोमा खुसी व्यक्त गरे । उनले भने,'गत १२ महिना टिमले राम्रो खेल्यो । टिमका मुख्य सदस्य पारसले उत्कृष्ट प्रदर्शन गरेका थिए ।'
उनले टिम र पारसले यस्तो सम्मान पाउनु उचित भएको पनि बताए । सम्मानले सबैको हौसला बढाएको उल्लेख गर्दै उनले भने,'अहिलेको सफलतामा धेरै खुसी भएर बस्नु उचित हुन्न । नेपाली क्रिकेटमा अबको ६ महिना सबैभन्दा महत्त्वपूर्ण छ । हामी यसबीचमा ट्वान्टी-ट्वान्टी र वान-डे वल्र्डकप छनोट खेल्दैछौं । त्यसमा सफल हुनु हाम्रो चुनौती हो । त्यसैमा बढी केन्दि्रत हुनुपर्छ ।'
नेपालले नोभेम्बरमा यूएईमा आईसीसी ट्वान्टी-ट्वान्टी वल्र्डकप छनोट र न्युजिल्यान्डमा सन् २०१४ को सुरुमा वान-डे वल्र्डकप छनोट खेल्नेछ । पुबुदुले यी दुई महत्त्वपूर्ण प्रतियोगिताको तयारीका रूपमा लिएका छन्, अगस्ट १७-२५ सम्म सिंगापुरमा हुने एसीसी इमर्जिङ टिम्स कपलाई । भन्छन्,'त्यहाँ हामीले बलिया टिमसँग खेल्नेछौं । खेलाडीलाई अनुभव हुनेछ । आफ्ना थप गल्ती थाहा पाउन सकिनेछन् । कसरी अघि बढ्न सकिन्छ भनेर त्यहाँबाट वल्र्डकप छनोटका लागि बाटो बनाउन सकिनेछ ।'
आठ टिम सम्मिलित इमर्जिङ टिम्स कपमा नेपाल समूह 'ए' मा छ । यसै समूहमा वान-डे मान्यताप्राप्त अफगानिस्तान र टेस्ट मान्यताप्राप्त भारत र पाकिस्तानका यू-२३ टिम हुनेछन् । नेपाली क्रिकेट टिमको चार दिनपछि इमर्जिङ टिम्स कपका लागि प्रशिक्षण सुरु हुने भए पनि प्रशिक्षक पुबुदु भने दुई सातापछि नेपाल आइपुग्नेछन् ।
पुबुदु दसानायके
कान्तिपुर
दुई महिना अघि वर्मुडाको नेपाली क्रिकेटको त्यो यात्रा शायद नेपाली
क्रिकेटका लागि कहिल्यै पुरानो नहोला । चमत्कारजस्तै त्यो यात्राले
बर्षौदेखिको विश्वकप क्रिकेट नजिक पुग्ने सपनालाई विपनामा परिणत गरेको
थियो, त्यो पनि हारको संघारबाट फर्किएर । नेपाली क्रिकेट समर्थकका लागि
आइसीसी विश्व क्रिकेट डिभिजन तिनको त्यो यात्रा, अनि उपाधिको उल्लाहस सदैव
ताजा संस्मरण बनेको छ । पत्रकारको जिम्वेवारीभन्दा पनि नेपाली क्रिकेटको
समर्थकको नाताले कप्तान पारस खड्रकालाई मैले यो यात्राका अन्तर मनका भावना
साट्न अनुरोध गरेकी थिए । आज उनको त्यो रोमान्चक अनुभवको वेलिविस्तार लगाउन
मन लाग्यो उनकै शब्दमा । यसरी शुरु भयो, अनि टुंगियो पारसको मनको डिभिजन
तिनको त्यो यात्रा । जहाँ मैदानको प्रतिस्पर्धा भन्दा पनि मनले लिएको
संकल्प, अठोट अनि कहिँकतै निराशाको विन्दुमा पुगेको, एउटा कप्तान, एउटा
क्रिकेटर अनि एउटा इमान्दार हिरोको भावनात्मक यात्रा बर्मुडाको, यात्रा
नेपाली क्रिकेटको ।
.......जे भयो भयो, त्यसमा हाम्रो नियन्त्रण छैन । बाँकी खेलमा भने
नियन्त्रण गर्न सक्छौं, त्यहि भएर खेल राम्रो खेल्न पर्यो भन्ने सल्लाह भयो
। अन्तिम खेलसम्म टिमको आशा वचाइराख्न के के अवस्था र संभावना हुन सक्छ
भनेर हामिले हिसाव किताब गरेका थियौ । यो प्रतियोगिताको बिशेषता भनेको सबै
टिमको स्तर समान थियो। रेलिगेसनमा परेको ओमान पनि राम्रो थियो । हाम्रो
लागि पनि चाहे मान्नोस या नमान्नोस मैदानले नै खेललाई असर पारेको थियो ।
शायद प्रतियोगिता हारेको भए हाम्रो लागि त्यो एक्स्क्युज मागेको जस्तो
हुन्थ्यो होला अहिले जितेर भन्दा विश्वास लाग्न सक्छ । हारेको भए मैदानको
कारण देखाउदा त्यहि बिषयलाई आलोचना हुन्थ्यो होला । तर अहिले त्यो समस्या
छैन। मरो भनाई के हो भने मैदानले क्रिकेट खेलमा धेरै नै फरक पार्छ । यति
सानो मैदान थियो कि मैले कहिले पनि त्यति सानो मैदानमा खेलेको थिइन ।
विद्यालय स्तरको प्रतियोगिता पनि मैले त्यति सानो मैदानमा खेलेको थिइन ।
व्यक्तिगत रुपमा म आफुलाई ५० ओभरमा यो प्रतियोगितामा असफल भए भबिश्यमा कुनै
संभावना देख्दिनथे । ट्टिवान्टी चाँहि खेलिन्थो होला । अब चार पाँच
बर्षपछि ५० ओभरमा निरन्तरता दिनु गारो कुरा थियो । म आफै निरन्तर हुन सक्ने
थिइन । यहि डर सबैमा थियो। यसले गर्दा हामीले मिहिनेत पनि गरेका थियौं ।
मिहिनेत गरेकै भएर भाग्यले पनि साथ दियो । साथमा प्रशिक्षकले पनि राम्रो
प्रशिक्षण दिएका थिए । यो अवसर गुमाएको भए यतिको केन्द्रित भएर शायद अर्को
प्रतियोगिता खेलिदैनथ्यो होला भन्ने लागेको थियो। हामी ६÷७ जनाले कम्तिमा
युवा खेलाडीलाई छोडिदिन पथ्र्यो होला । किनभने हामिले तिन चार पटक विश्व
क्रिकेट लिगमा प्रयास गरिसकेका थियौं । त्यसले गर्दा म आफैलाई ५० ओभरमा अब
निरन्तरता दिन्न कि भन्ने शंका थियो । यथार्थमा भन्नु पर्दा डिभिजन दुईमा
पुग्नु या नपुग्नु हाम्रो क्यारिएरसँग जोडिएको कुरा थियो । क्रिकेटमा
भविश्य सुनिश्चित छैन त्यो हामीलाई थाहा थियो। कम्तिमा डिभीजन दुईमा पुगियो
भने केहि मात्रामा अवसर र केहि मात्रामा आर्थिक स्थिति मजबुत हुने कुरा
थियो। यो हाम्रो सपना र लक्ष्य सबै थियो । साथमा यो पुस्तामा नेपाली
क्रिकटले धेरै आशा गरेको थियो । त्यो स्वभाविक थियो । हामी लामो समयसम्म
खलिरहेका थियौं । धेरै खारिएका खेलाडी थिए । यो पुस्ताले गर्न नसके फेरि
अर्को यस्तै टिम तयार गर्न भनेको १० बर्ष लाग्थ्यो । यसपटक असफल भएको भए
हाम्रो यात्रा धेरै निराशाजनक हुन्थ्यो । यत्रो बर्ष खेलियो । १० बर्ष हुन
लागिसक्यो खेलेको, मिहिनेत गरेका आखिर आएर के भयो त भन्दा केहि न केहि,
भनेर नमज्जा लागेको थियो ।
जुन तरिकाले हामी प्रतियोगितामा गाको थियौं, अगाडी राम्रो नतिजा निकालेका
थियौं । तयारी राम्रो थियो । तरैपनि लगातार दुई खेल हायौं । सिनीयर टिममा
हामिले ५० ओभरमा दुइवटा म्याच लगातार हारेकै थिएनौं । इटाली विरुद्धको
खेलमा टस जित्नु एकदम जरुरी थियो । पहिले ब्याटिङ गरेको भए त्यत्तिको
अन्तरमा जित्न असंभब थियो । हामीले पहिले ब्याटिङ गरेको भए धेरै भएको भए
२०० रन बन्थ्यो । अनि हामिलाई सय रनको अन्तरले जित्नु पर्दथ्यो जुन असंभव
नै थियो । टस जित्यौं । उनीहरुलाई रन हान्न दिएनौं । सोचे अनुरुप भयो।
सुवास र प्रदिपले राम्रो खेले, सोचे अनुरुप सहज तरिकाले खेल जित्यौं ।
त्यतिबेला मलाई के लाग्यो भने सबै कुरा शायद लेखिएको हुँदो रहेछ । तर
त्यसलाई पाउन सकारात्मक सोच र मिहिनेतको आवश्यकता हुदो रहेछ । प्रशिक्षक र
टिमको इच्छा शक्तिले पनि हामीलाई सहयोग गर्यो ।
यो उपलब्धि हाम्रा लागि सबैभन्दा महत्वपूर्ण छ, खेलाडीको भबिश्यको लागि । म
पनि कप्तान भन्दा पहिले एउटा खेलाडी हुँ । कप्तान म हिजो थिइन आज भएँ भोलि
नहुन सक्छु । तर खेलाडी रहिरहन्छु । हो खेलाडीको भबिश्य सुनिश्चितताको
लागि यो जित महत्वपूर्ण थियो । त्यसैले छनोट हुँदाको पल सबैभन्दा खुशिको
थियो । ओमान र बर्मुडा विचको खेलको नतिजा कुर्नु थियो । त्यो लगभग दुई
घण्टाको समय सारै तनावपूर्ण थियो । के गर्ने के नगर्ने । कोही कता कोही कता
। छनोट भएपछि एकछिन त हो कि होइन जस्तो लाग्यो । बर्मुडालाई जित्नै पर्ने
अवस्था थियो। नत्र रेलिगेसनमा पर्दथ्यो । हो यहि नेर हाम्रो भाग्य चम्कियो
अव माथिल्लो स्तरमा पुगेका छौं । सबैको खेलको स्तर सुधार्न पर्ने चुनौति छ ।
किनकी जुन स्तरमा अब नेपालले खेल्छ, त्यहाँ टिक्न ठुलो परिश्रम चाहिन्छ ।
हाम्रो भबिश्य सुनिश्चित गर्ने बाटो खुलेको छ । अब हामी आफैले मिहिनेत
गर्नुपर्छ । अब कसैको हातमा होइन हाम्रो भविश्य हाम्रै हातमा छ । मिहिनेत
गर्यौं भने त्यो स्थानमा पनि पुग्छौं ।
ब्यक्तिगत रुपमा हामिले आफ्रनो तयारी गरिरहेका छौं । खेलाडीविच
प्रतिस्पर्धा पनि छ । नगरि सुख छैन । प्रदर्शन भएन भने टिममा टिकीदैन भन्ने
सबैलाई थाहा छ । राम्रो गर्न पर्यो र टिममा फिट पनि हुन पर्यो। कहिलेकाही
कस्तो हुन्छ भने खेलाडी राम्रो छ तर टिममा फिट हुदैन । हामीलाई अव
ब्याक्तिगत होइन टिमका लागि खेल्ने खेलाडी चाहिन्छ । कुनै खेलाडी अठार
बिसको होला तर बिस वाला खेलाडी मै हुँ भनेर बस्छ, अठारको खेलाडीमा सामूहिक
भावना छ भने त्यो खेलाडी पहिलो रोजाइमा पर्छ । कप्तानको रुपमा मैले सक्दो
गरेको छु । जहाँसम्म मलाई लाग्छ म इमान्दार छु । मैले बोल्ने भनेको मेरो
लागि होइन खेलाडीको लागि हो । हामीले जे कुराको चाहना राख्छौं, त्यो हामीले
स्वतः पाउनु पर्ने कुरा हो, तर हामीलाई दिइएको हुदैन । हामीले एउटाएउटा
कार देउ भनेको पनि छैन । क्रिकेट र खेलकुदको संस्थासँग हामिले माग्ने भनेको
सीमित स्रोत साधनमा पनि कतिपय कुरा गर्न सकिन्छ, हो हामी त्यो कुरा
खोज्छौं.........
Posted by Pabitra
काठमाडौं – पल्सर स्पोर्टस अवार्ड–२०६९ को लोकप्रिय खेलाडी विधाको मनोनयन आइतबार सार्वजनिक भएको छ। एसएमएस र फेसबुक भोटिङका आधारमा विजेता चुनिने लोकप्रिय खेलाडी विधामा क्रिकेट टोलीका कप्तान पारस खड्का, उसुकी झरना गुरुङ, एथलेटिक्सकी केशरी चौधरी, पौडीका शिरिश गुरुङ र फुटबलका जगजित श्रेष्ठ मनोनयनमा परेका छन्।
लोकप्रिय विधाको विजेता असार १८ गते स्पोर्टस अवार्ड कार्यक्रममा घोषणा गरिनेछ। आइतबारबाट सुरु भएको भोटिङ स्पोटर्स अवार्ड कार्यक्रमको अघिल्लो रात (असार १७) गते सम्म गर्न सकिने मञ्चले जनाएको छ।
वर्षभर खेलाडीले गरेको प्रदर्शन, प्राप्त उपलब्धि, प्रभाव एवं जनचासोलाई आधार मानेर खेलाडीको मनोनयन गरिएको खेलाडी छनोट समितिका संयोजक एवं मञ्चका सचिव प्रकाश तिमल्सिनाले जानकारी दिए।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले एसएमएस भोटिङलाई ८० प्रतिशत र फुसबुक भोटिङलाई २० प्रतिशत अंकभार दिने बताएको छ। एसएमएस भोटिङका लागि मञ्चले टिएचटी लाइभको ३१३१ सँग सोही कार्यक्रममा सम्झौता गरेको छ। यस वर्षपनि स्पोर्टस अवार्डको प्रत्यक्ष प्रसारण एभिन्युजन टेलिभजनले गर्ने भएको छ। सम्झौता पत्रमा मञ्चका महासचिव महेश आचार्यले एभिन्युजका महाप्रबन्धक लक्ष्मणप्रसाद बास्तोला र टिएचटी लाइभका सिनियर मेनेजर भुपेन्द्र तामाङसँग सम्झौता पत्रमा हस्ताक्षर गरे।
भोटिङ प्रक्रियालाई फराकिलो बनाउने क्रममा पहिलो पटक फेसबुकलाई पनि प्रयोग गरिएको आचार्यले बताए। स्पोर्टस अवार्डका लागि मञ्चको फेसबुक एकाउन्ट र टिएटटी लाइभको फेसबुक एकाउन्टमा गएर आफुले मत दिन चाहेको खेलाडीको फोटोमा लाइक गर्न सकिनेछ।
मनोनयनमा पर्ने खेलाडीले मनोयनमा पर्न सफल भएकोमा खुसी व्यक्त गर्दै आफ्ना लागि भोट अपिल गरे। नेपाललाई विश्व क्रिकेट लिग डिभिजन ४, एससी ट्रफी जिताउँदा टोलीको नेतृत्व गरेका कप्तान पारसले मञ्चले खेलाडीलाई गर्दै आएको सम्मानको प्रशंसा गरे।' म यो अवार्ड हेर्दै बढेको हो। यसको मनोनयमा पर्नु पनि ठुलो उपलब्धी हो,' उनले भने,' खेलाडीलाई यति ठुलो सम्मान दिने कार्यको थालनी मञ्चले गरेकोमा धन्यवाद। मैले जिते पनि नजितेपनि अवार्डको सफलताको कामना गर्दछु।'
दुई बर्ष लगातार राष्ट्रिय टोलीका सदस्य रहेका जगजितले मनोयनमा पर्दा मनोबल बढेको बताए। ' फुटबल खेलाडी अहिले निराश छन्,' राष्ट्रिय टोलीको नतिजातर्फ संकेत गर्दै उनले भने,' यो मनोनयनले मेरो मनोबल बढेको छ। फुटबल खेलाडीको तर्फबाट मञ्चलाई धन्यवाद दिन्छु। घरेलु फुटबलमा लगातार चर्चामा रहेका जगजित लिगमा उत्कृष्ट मिडफिल्डर चुनिएका थिए।
भर्खरै गृह जिल्ला कास्कीको बर्ष खेलाडी बनेकी झरना गुरुङले मनोयनले आफुलाई थप उत्साहित बनाएको उल्लेख गरिन्। ' यो मनोयनले मसँगै पोखरेलीलाई पनि उत्साहित बनाएको छ,' गत बर्ष आठौं एसियाली उसु च्याम्पियनसिपमा महिला सान्सौ ५६ केजीमा कास्य पदक जितेकी उनले उनले थपिन्,' उसु खेलाडीलाई समावेश गरिएकोमा धन्यवाद दिन चाहन्छु।'
गत चैतमा मात्र एथलेटिक्समा तीन वटा कीर्तिमान राख्न सफल एथलेटिक्सकी केशरीले मनोनयमा पर्दा खुसी लागेको बताइन्। अभ्यासका लागि भारतमा रहेका कारण मनोनयनमा परेका शिरिर कार्यक्रममा उपस्थित थिएनन्। उनले गत बर्ष पौडीमा ६ कीर्तिमानसहित ३२ स्वर्ण पदक जितेका थिए।
एभिन्युजका महाप्रबन्धक बास्तोलाले मञ्चको खेलाडीलाई प्रोत्साहान दिने कार्यक्रममा एभिन्युजले लगातार साथ दिइरहेको जनाउँदै भने,' यो सहयोग नेपाली खेलकुदका लागि गरिएको सहयोग हो। भविष्यमा पनि यसलाई निरन्तरता दिनेछौं।'
मञ्चका निर्वतमान अध्यक्ष निरञ्जन राजवंशीले बर्ष भरी चर्चामा रहेकामध्येबाट पाँच भित्र पर्नु जिते बराबर भएको बताए।
लोकप्रियससँगै स्पोर्टस अवार्डका दिन वर्षको उत्कृट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड र पल्सर वर्षको उत्कृष्ट पारा एथलिट गरि आठ विधामा सम्मान प्रदान गरिनेछ। मञ्चले पुरुष,महिला, युवा र प्रशिक्षकको मनोनयन केही दिनमा सार्वजनिक गर्ने जनाएको छ।

आफ्नो गोप्य अंग नजिकै टाटु खोपेर उनले कसलाई भाग्यमानी भन्न खोजेकी हुन् त्यो त बुझ्न सकिएन । तर यो उनको टाटु एक अमेरिकी पुरुष वस्त्र निर्माण कम्पनीको ब्राण्डको नाममा रहेको छ ।
फुटबल खेलाडि ड्यानी सिम्पसनसागको ब्रेकअप लगत्तै उनले आफ्नो गोप्य टाटु प्रदर्शन गर्नुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।
काठमाडौं - एकीकृत घुम्ती टोलीले देशका ७४
जिल्लामा नागरिकता प्रमाणपत्र वितरण गरिरहेको छ। गृहले कर्णालीको डोल्पामा
भने नागरिकता वितरण गर्न सकेको छैन। कुनै राजनीतिक दलको अवरोधले नभई गृह
मन्त्रालय र निर्वाचन कार्यालयका कर्मचारी सहितको एकीकृत घुम्ती टोली
स्थानीयसम्म पुग्न नसकेर नागरिकता वितरण रोकिएको हो। अधिकांशको घरमा ताला
लागेपछि गृहले तत्काल डोल्पामा नागरिकता वितरण कार्यक्रम स्थगित गरेको छ।
घरमा
साँचो मारी सम्पूर्ण परिवार नै यार्सागुम्बा टिप्न निस्केपछि नागरिकता
टोली डोल्पाको गाउँ नपसेको हो। अन्य जिल्लामा वैशाख पहिलो साताबाटै टोलीले
नागरिकता बाँड्न थाले पनि डोल्पामा अझै दुई महिना यो कार्य हुन नसक्ने गृह
मन्त्रालय स्रोतले बतायो।
'वैशाख पहिलो साताबाटै डोल्पामा नागरिकता प्रमाणपत्र सुरु गर्नुपर्थ्यो। अहिले हाम्रो टोली पुग्दा गाउँका प्राय घरमा ताला लागेका छन्,' गृह स्रोतले भन्यो, 'यार्सागुम्बाको सिजन भएकोले परिवारका सबै सदस्य हप्तौ हिडेर यार्सागुम्बाको खोजीमा निस्केका छन्।'
यार्सागुम्बा खोज्न निस्केका परिवार डेढदेखि दुई महिनासम्म घर फर्किदैनन्। आधा जीव र आधा वनस्पतिका रूपमा रहने यार्सागुम्बा वैशाखदेखि असारसम्म उच्च हिमाली तथा पहाडी जिल्लामा पाइने गर्छ। जेठ यार्सागुम्बा संकलन गर्ने सबैभन्दा उपयुक्त महिना मानिन्छ। यार्सागुम्बा टिप्ने सिजनमा डोल्पाका विद्यालय समेत बन्द हुने गर्छन्।
'एकीकृत घुम्ती टोली जान ढिलाइ भएको पनि हो। डोल्पावासीको प्रमुख आर्थिक स्रोतका रूपमा परिचित यार्सागुम्बा टिप्ने सिजन सुरु हुनुअघि नै त्यहाँ पुग्नु पर्थ्यो, हुन सकेन। अब उनीहरू घर फर्किने समय कुर्नुको विकल्प छैन,' गृह स्रोतले भन्यो।
सरकारले संविधानसभा निर्वाचनलाई लक्षित गरी नागरिकता वितरण गर्न एकीकृत घुम्ती टोली खटाएको हो। घुम्ती टोलीले नागरिकता प्रमाणपत्र र फोटोसहितको मतदाता परिचयपत्र बनाउने प्रक्रिया एकसाथ अघि बढाएको हो।
नागरिकता लिनेमा महिला बढी
हालसम्म एकीकृत घुम्ती टोलीले वितरण गरेको नागरिकताको तथ्यांक अनुसार यसपटक महिलाको सहभागिता उल्लेख्य रूपमा बढेको मात्र छैन, पुरुषको तुलनामा निकै माथि पनि छ।
७४ जिल्लाको तथ्यांक अनुसार हालसम्म एक लाख ८१ हजार ६ सय १७ जनालाई घुम्ती टोलीले नागरिकता बाँडिसकेको छ। वितरण भएकामध्ये नागरिकता लिने महिलाको संख्या एक लाख एक हजार ९ सय १४ छ। अंगीकृत नागरिकता लिने (नेपालीसँग बिहे गर्ने विदेशी महिला)लाई समेत जोड्ने हो भने नागरिकता लिने महिलाको संख्या एक लाख ७ हजार ८ सय ६१ पुग्छ। घुम्ती टोलीसँग नागरिकता लिने पुरुषको संख्या ७३ हजार ७ सय ५६ छ।
'पुरुषको अनुपातमा नागरिकता लिने महिला बढी हुने सकारात्मक कुरा हो। घुम्ती शिविरमा नागरिकता प्राप्त गर्न सजिलो भएकाले पनि महिलाको संख्या बढेको हुनसक्छ,' गृह मन्त्रालयका प्रवक्ता शंकर कोइरालाले भने।
नागरिकता वितरण भएका ७४ जिल्लामध्ये संखुवासभा, सर्लाही र बारामा मात्र महिलाको तुलनामा नागरिकता लिनेमा पुरुषको संख्या बढी छ। कति जिल्लामा त नागरिकता प्रमाणपत्र लिने महिलाको संख्या पुरुषभन्दा झन्डै दोब्बर छ।
महिलाको संख्या बढी हुनुमा दुई प्रमुख कारण रहेको गृहको बुझाइ छ। पहिलो, महिलाहरू घरबाट बाहिर कमै निस्कन्छन्, जसको कारण वर्षौदेखि ठूलो संख्यामा महिलाले नागरिकता लिएका थिएनन्। घुम्ती टोली घरदैलोमा पुग्दा बनाइहालौं भन्ने भयो।
दोस्रो, संविधानसभा निर्वाचनमा सहभागी हुन अनिवार्य फोटोसहितको मतदाता परिचय पत्र। यसअघि मतदाता नामावली भए मात्र पुग्थ्यो। नागरिकताका आधारमा मात्र मतदाता परिचय बनाउन सकिने प्रावधान भएकाले मतदानको अधिकारबाट बञ्चित नहुन पनि महिलाहरू बढी आएको हुनसक्ने अनुमान गृहको छ।

नेपाली फिल्ममा दुई धारको बहस निकै चल्यो।
निर्माताहरु 'मूलधार'का फिल्म बनाउँथे। सूत्रवद्ध र मसलायुक्त फिल्म
मूलधारमा दर्ता हुन्थ्यो। विचारकहरु 'वैकल्पिक धार'को वकालत गर्थे। सूत्र र
मसलामुक्त भए वैकल्पिक धारको मान्यता दिइन्थ्यो। तर, यस्ता फिल्म बनाउन
तम्सिनेको संख्या अत्यन्त थोरै रह्यो। किनभने 'मूलधार'को बनाए पैसा
उठ्थ्यो।
- फिल्म: उमा
-
रेटिङ:
- निर्देशक: छिरिङरितार शेर्पा
- लेखक: छिरिङरितार, छिरिङ छोदेन र कुमार भट्टराई
- निर्माता: मिला प्रोडक्सन्स
- कलाकार: ऋचा शर्मा, सौगात मल्ल, मिथिला शर्मा, प्रवीण खतिवडा, प्रमोद अग्रहरि, पुष्कर गुरुङ, प्रकाश घिमिरे आदि।
उद्योगको अनुहार फेरिँदै गएको छ।
वैकल्पिक धारबाट प्रेरित फिल्मकर्मी मौलाएको देखिन्छ। तर, बजार राम्रो
भएकोले होइन, मूलधारले पनि पैसा उठाउन छोडेकोले। पैसा नभए 'प्रशंसा'को आशमा
फिल्मलाई यथार्थसँग नजिक बनाउने प्रयास हुँदै आएको छ। यसमा फिल्म पढेका
युवापुस्ता बढी सक्रिय छन्।
उद्योगमा दुई धारका 'अतिवादी'को छुट्टाछुट्टै पंक्ति बनिरहेका बेला डकुमेन्ट्रीमा गहकिलो चिनारी बनाएका छिरिङरितार शेर्पाको कथानक फिल्म 'उमा'ले दर्शकको ध्यानाकर्षण गराएको छ। 'मुकुण्डो'जस्तो 'आर्ट फिल्म' बनाएका शेर्पाले १० वर्षे सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा साधारण फिल्म बनाएका छन्, सबैलाई छुने। दुवै धारका हिमायतीले 'आफ्नो' दाबी गर्न मिल्ने। 'फिल्ममा कला छाँट्ने कि भावना पोख्ने?' भन्ने बहसबीच उनले भावनालाई कलात्मक ढंगले पेश गर्ने लोकप्रिय बाटो अपनाएका छन्।
फिल्म द्वन्द्वको पृष्ठभूमिमा छ। तर, यसले कसैको पक्ष लिइएको छैन, दुवैको विकृति लुकाएको पनि छैन। पक्षपोषण र अतिरञ्जनाबाट फिल्मलाई मुक्त बनाउन छिरिङ सफल छन्। यस्तै विषयमा बनेका अधिकांश फिल्म एकपक्षीय, विभत्स र 'लाउड' थिए। माओवादी फिल्मकर्मी नै संलग्न भएका फिल्महरु पनि जनयुद्धको यथार्थभन्दा अलग थिए। यथार्थलाई 'फिल्मी' बनाउने कौशल उनीहरुमा नदेखिँदा दर्शकमा कुनै छाप देखिएन। जनुयुद्धको कथा बेचेर कमाउने होडमा यस्ता फिल्म बने, हराए।
'उमा'मा द्वन्द्व छ, हेर्नै नसकिने हिंसा छैन। परिबन्दले एउटा साधारण नागरिकलाई कसरी छपामार बनाउँछ भन्ने देखाउन र प्रहरी दमनका कारण यस्तो संख्या बढेको बुझाउन छिरिङले मजैले सकेका छन्। पत्रकार नारायण वाग्लेको धारणामा यो 'मानवीय पक्ष लिएको, प्रोपोगान्डाबाट मुक्त, हिंसाको चर्को दृश्यरहित फिल्म हो। जसमा अभिनय बेजोड छ। पछाडिको १० मिनेट भने हलमा धेरैदिन चलाउने मानसिकताले बनाइएको जस्तो लाग्छ।'
वाग्लेले औल्याए जस्तै छोटै भूमिकामा देखिए पनि सुनील सर (प्रकाश घिमिरे) र अनील कायस्थ (प्रवीण खतिवडा) गहकिलो छाप छोड्न सफल छन्। मिलन (सौगात मल्ल), उमा (ऋचा शर्मा) र आमा (मिथिला शर्मा)को छनोट सही छ। फिल्मको पटकथा बगेको छ। कतै केही बिग्रिएको जस्तो लाग्छ तर त्यसको बारेमा सोच्न नपाउँदै नयाँ दृश्यले समातिहाल्छ। संवाद मौलिक छ, फिल्मी छैन। 'उमा'लाई यथार्थसँग नजिक तर प्रचुर 'ड्रामाटिक' फिल्मभन्दा फरक पर्दैन। नाटकीय पक्षलाई स्वाभाविक तुल्याउने जमर्को गरिएकाले राम्रो लाग्छ। यसो गर्न छायाँकार पुरुषोत्तम प्रधान अब्बल देखिएका छन्
कुन क्यामेराले खिचे 'ए' ग्रेडको मान्ने? भनेर वर्गीकरणको परिभाषामा रुमल्लिरहेका पण्डितहरुलाई सामान्य 'क्यानोन फाइभ डी' क्यामेराले चुनौती दिन्छ। क्यामेराको प्रयोगमा 'कुन'भन्दा 'कसरी' महत्वपूर्ण छ भन्ने बुझाउन 'उमा' सक्षम छ।
फिल्मका सटहरु अर्थपूर्ण छन्। विचारको उतारचढाव बुझाउन हल्लिएको सटले सहयोग पुर्याोएको छ। माकुरोको जालोबाट उमालाई देखाइएको सटले उनी फन्दामा परेको संकेत गर्छ। क्यामेरा एंगलले अर्थ लगाउने दृश्य ठाउँठाउँमा छन्। फिल्ममा विम्ब र प्रतीकको अधिक प्रयोग गरिएको छ। गीत अर्थपूर्ण र दृश्यलाई बलियो बनाउने खालका छन्। क्लाइमेक्ससम्म आइपुग्दा दृश्यमा खेल्न सक्षम व्यक्तिका रुपमा निर्देशकले आफूलाई पुष्टि गरेका छन्।
धेरै ठाउँमा 'टि्रटमेन्ट' नौलो लाग्दैन। तर, सही ठाउँमा गरिएजस्तो अवश्य लाग्छ। अनीलले उमाको चुँडिएको चप्पल गाँसिदिन्छ, मायाको सम्बन्ध जोडिन्छ। यो दृश्य 'सिम्बोलिक' छ। तर, पहिलो भेटमै गाउँ घुमाइदिएको त्यति सुहाउँदैन। असई मिलन ड्युटीको कुरा घरमा भन्दिनँ भन्छ तर घरबाटै अफिस आउनेजाने गर्छ। चौकीमा कम घरमा बढी देखिँदा उनलाई प्रहरी अधिकृतको रुपमा स्थापित गर्न सकिएको छैन।
बच्चाहरुले इन्सपेक्टर धिरेन (अशोक शर्मा)को घरमा ढुंगा हानेको र उनीहरुलाई पुलिसले गोली ठोकेको दृश्य तुलनात्मक रुपमा अपरिपक्व छ। राती पानीमा रुझेर लास गाड्दै गर्दा पुलिसले गरेको 'गोल्ड क्वेस्ट'को गफ स्वाभाविक लाग्दैन।
उमा परिबन्दमा परेर मओवादी बनेको दृश्य जति सान्दर्भिक छ, घर आएका बेला 'आत्मसमर्पण गर म केही हुन दिन्न' भनेर दाइले फकाउँदा नमान्नुमा बलियो कारण छैन। उमालाई छापामार र युद्धप्रेमीका रुपमा रत्याउन निर्देशकले सकेका छैनन्। त्यसैले उनी फर्किएको दृश्य कमजोर बनेको छ। प्रेमी गुमाएकी उमाले छिट्टै अर्को छापामार मनपराएको र शारीरिक सम्पर्क भएको दृश्य 'क्लाइमेक्स'लाई थप संवेदनशील तुल्याउने चेष्टाले राखेको जस्तो देखिन्छ। तालिममा खासै रुचि नदेखाएकी, कुनै दुश्मन नबनाएकी उमाले छामापारको रुपमा कसरी बढुवा पाइन् भन्ने जस्ता सानातिना समस्या यसका छन्।
तथापि 'हरेक सटले एउटा कथा भन्न सक्नुपर्ने' चुनौतीलाई शेर्पाले अधिकांश ठाउँमा पूरा गराएका छन्। 'कास्टिङ'लाई समेत उनले कलाकार चिनाउन मात्र नभएर दर्शकलाई फिल्मको सन्दर्भ बुझाउन र द्वन्द्वबाट प्रभावित फिल्म हेर्न तयार बनाउने काममा प्रयोग गरेका छन्। आम नेपाली 'फर्मुला फिल्म'मा जे चिजको प्रयोग सावधानी र स्वाभाविक रुपमा भएको छैन त्यो 'उमा'मा छ। युद्धमाथि बनेको फिल्म भए पनि यो युद्धविरोधी छ।

बलिउड अभिनेता अमिताभ बच्चनले आफ्ना नेपाली फ्यानहरुलाई आभार प्रकट गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् आफूलाई माया गर्ने, प्रशंसा गर्ने र शुभकामना दिने सबैलाई आभार प्रकट गरेका हुन्। उनले नेपाली फ्यानलाई प्रतिक्रिया दिन नसक्दा भने दुःखी भएको बताए। 'नेपालबाट ट्विटरमार्फत् मेन्सन गर्ने सबैलाई मेरो सन्देश छ,' उनले ट्विटरमा लेखेका छन्, 'नेपाली फ्यानलाई प्रतिक्रया दिनखोज्दा 'ट्विट् डज नट एक्जिस्ट' भन्ने सन्देशले निराश बनाएको छ।' अमिताभ बच्चनलाई ट्विटरमा ५२ लाख ४५ हजार ७ सयले फलो गरेका छन्।
काठमाडौ, जेष्ठ १४ - विराटनगरले सोमबार वाईवाई वुमेन्स यू-१९ राष्ट्रिय क्रिकेटको उपाधि हात पारेको छ । क्षेत्र नम्बर-१, विराटनगरले कीर्तिपुर मैदानमा भएको फाइनलमा क्षेत्र नम्बर-४, भैरहवामाथि २ विकेटको रोमाञ्चकजित दर्ता गर्यो ।
विराटनगरले उमेर समूहमा हात पारेको यो सफलता महिला क्रिकेटमै पहिलो हो । उसले सिनियर टिममा पनि कुनै उपाधि हासिल गर्न सकेको छैन । वर्षाले खेल प्रभावित भएपछि खेल ५ ओभर घटाउँदै २० मा झारिएको थियो । 'प्लेअर अफ द म्याच' संगीता राईले महत्त्वपूर्ण चार विकेट लिएपछि पहिले ब्याटिङ गरेको भैरहवाले १८ ओभर १ बलमा अलआउट हुँदै ६३ रनमात्र बनायो । पछिल्लो १२ रन जोड्दा भैरहवाले ६ विकेट गुमाएपछि झीनो रन मात्र तयार गर्न सक्यो । चार विकेट गुमाउँदा ५१ रन जोडेको भैरहवाका लागि प्रारम्भिक ब्याट्सवुमेन प्रतीक्षा बस्यालले सर्वाधिक ३२ रन बनाइन् । उनले ४९ बलमा ३ चौका प्रहार गरेकी थिइन् । अरू कोही खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । पुछारका तीन खेलाडीले खाता खोल्न सकेनन् । सत्रौं ओभरको अन्तिम दुई बलमा लगातार विकेट लिएकी संगीताले चार ओभरमा १२ रन खर्चंदै चार खेलाडीलाई पेभेलियन फर्काएकी थिइन् । जवाफमा विराटनगरले १३ ओभर ४ बलमा ८ विकेट गुमाउँदै ६४ रन बनायो । उसका लागि रोशना राई र संगीता राईले दोस्रो विकेटका लागि २५ रनको साझेदारी गरे । संगीताले १५ र रोशनाले ११ रन बनाउनुबाहेक अरू दोहोरो रन बनाउनबाट चुके । टिमले २१ अतिरिक्त रन पायो । भैरहवाका सोनिया पौडेलले तीन तथा इन्दु बर्मा र सैया गुरुङले दुई/दुई विकेट लिए । विराटनगरकी काजोल श्रेष्ठ तीन खेलमा एक अर्धशतकसहित १ सय २ रन बनाउँदै उत्कृष्ट ब्याट्सवुमेन बनिन् । भैरहवाकी सोनिया पौडेल उत्कृष्ट बलर चुनिइन् । उनले तीन खेलमा १५ ओभर बलिङ गर्दै ८ विकेट लिइन् । विराटनगरकी सञ्जना बुढाथोकी 'प्लेअर अफ द सिरिज' बनिन् । उनले पाँच खेलमा ६ विकेट लिनुका साथै ८१ रन जोडेकी थिइन् ।

पहिरन राम्रो लगाउदा धेरै सुन्दरीहरुले
तारिफ पनि पाएका छन् । तर कैयौ कार्यक्रममा पहिरन लगाउन नजान्दा तिनै
सुन्दरीहरुले आलोचना पनि भोग्ने गरेका छन् । विभिन्न सार्वजनिक कार्यक्रममा
पहिरन लगाएर आफ्नो गोप्य अंगहरु समेत प्रदर्शन भएको थाहा नपाउँदा हलिउड
सुन्दरीहरुको वेइज्जत भएको छ ।
यो
भिडमा पप गायिका रिहाना देखि निक्की मिनाज, जोडी मार्स, लेडी गागा, लिल
किम, माइलिका साइफर, रोज म्यागवान लगायतका छन् । उनीहरुले भद्दा पहिरन
लगाएर आफ्नो बक्षस्थललाई खुल्लम खुल्ला देखाएपछि वेइज्जती भोगेका हुन् ।
मुम्बई – बलिउड वादशाह शाहरुख खानको पाखुराको
सल्यकृया आज लन्डनको सवअर्व अस्पतालमा हुँदैछ। फिल्म चेन्नई एक्सप्रेसको
एक्सन सिन गर्दा घाइते भएका खानको उपचार सल्यकृयाविना नहुने भएको हो।
उनको सल्यकृया कति ठूलो हो
भन्ने खुलाइएको छैन। परिवार र चिकित्सकहरुको सल्लाहपछि सल्यकृया गर्ने तय
गरिएपछि फिल्मका सुटिङ रोक्ने निर्णय गरिएको छ।
मुम्बई मिररले छापेको समाचाअनुसार आज खान अस्पताल भर्ना हुने छन्। परिवार र नजिकका साथीहरु उनीसँगै अस्पतालमा रहनेछन्।
उनको चोट कति गहिरो छ ? स्रोतका अनुसार उनी सामान्य नै देखिएका छन्। तर उनका हात तलमाथि गर्दा दुख्नेछ गर्छ। अस्पताल भर्ना हुनुअघि केही फोटो सुट पनि भ्याएकाले उनको अवस्था त्यति जटिल हुने देखिन्न। धेरैले उनलाई प्रत्यक्षरुपमा आइपिएलमा पनि देखेका थिए। 'रोहित सेट्टीले फिल्म चेन्नइ एक्सप्रेसको काम रोकेपछिमात्रै उनले डक्टरलाई फोन गरेका थिए,' स्रोतले भन्यो।
टाइम्स अफ इन्डियाले जनाएअनुसार उनको उपचार डा सञ्जय देसाइले गर्नेछन्। तर अस्पताल नरुचाउने खानले घरमा आराम गर्न पाए हुन्थ्यो भनेका थिए। शाहरुख फिल्म सुटिङमा घाइते भएको यो पहिलो पटक होइन।

श्रीशान्थसहित तीन पक्राउनयाँ दिल्ली – स्पट फिक्सिङको लागि दसौं हजार डलर स्विकार गरेको अभियोगमा भारतीय पुलिसले शान्तकुमारन श्रीशान्थसहित तीन क्रिकेटरलाई बिहीबार पक्राउ गरेको जनाएको छ।
अनुसन्धानका लागि ११ बाजीगरलाई पनि पक्राउ गरिएको दिल्ली पुलिसका कमिस्नर नीरज कुमारले बताएका छन्। उनले मिलेमतो आशंका गरिएका जारी इन्डियन प्रिमियर लिग (आइपिएल) का तीन खेलबारे विस्तृत विवरण पेश गरे।
कुमारले अनुसन्धानक्रम अरु थुप्रै बाजीगर पक्राउ पर्नसक्ने जनाउ दिए। भारतीय क्रिकेट प्रशासनले आरोपित क्रिकेटरहरूलाई निलम्बन गरिसकेको छ। खेलको निश्चित भाग वा पक्षमा मिलेमतो गर्ने 'स्पट फिक्सिङ' क्रिकेटमा अवैधानिक छ। भारतका लागि २७ टेस्ट खेलेका श्रीशान्थले मे ९ मा राजस्थान रोयल्सबाट खेल्दा किंग्स इलेभन पन्जाबविरुद्ध सम्पन्न खेलको एकै ओभरमा १४ रन दिनका लागि ४० लाख भारतीय रुपैयाँ लिएको आरोप छ। उनका टिम सहयात्री अंकित चाभानले पनि त्यत्तिकै रन दिन सहमति जनाएको पुलिसको आरोप छ। उनले बुधबार मुम्बई इन्डियन्सविरुद्धको खेलमा १४ रन दिएवापत ६० लाख रुपैयाँ पाएको दाबी गरिएको छ। यसैगरी अजित चान्दिलाले राजस्थान रोयल्स र पुने वारियर्सबीचको खेलमा स्पट फिक्सिङवापत २० लाख रुपैयाँ पाएको आरोप छ।

लन्डन – इङ्ल्यान्डका पूर्वकप्तान डेबिड बेकह्याम यसै सिजनको अन्त्यसँगै फुटबलबाट संन्यास लिने भएका छन्। जनवरीमा ५ महिनाका लागि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आबद्ध ३८ वर्षे बेकह्यामले त्यसबाट प्राप्त सबै पारिश्रमिक उपकारी कामलाई दिएका थिए।
१ सय १५ खेलमा राष्ट्रिय टोलीको जर्सी लगाएका बेकह्यामले म्यानचेस्टर युनाइटेडबाट ३ सय ९४ खेल खेल्दै ६ प्रिमियरसिप र एक च्याम्पियन्स लिग उपाधि जितेका छन्।
'खेलजीवनलाई निरन्तरता दिने अवसर दिएकोमा पिएसजीप्रति आभार व्यक्त गर्दछु। तर माथिल्लो स्तरको फुटबल छाड्ने यो सही समय हो भन्ने लाग्यो,' बेकह्यामले भनेका छन्।
'उनलाई फुटबलको मात्र होइन खेलजगतकै असाधारण राजदूतका रुपमा हेरिन्छ। उनले प्राप्त गरेका उपलब्धि पनि असाधारण नै छन्,' युनाइटेडका पूर्वसहकर्मी ली सार्पेले भनेको छन्।
पिएसजीले यो सिजन जितेको लिग उपाधिसहित बेकह्यामले खेलजीवनमा १९ उपाधि जिते। २० वर्षे उनको खेलजीवनमा १९ मध्ये १० लिग उपाधि हुन्। चार देशका लिग जित्ने उनी एक्ला खेलाडीसमेत बनेका छन्।
'युनाइटेडबाट खेलेर धेरै उपाधि जितेँ। देशका लागि १ सयभन्दा बढी खेल खेलें। विश्वका ठूलामध्येका केही क्लबबाट पनि खेले। फर्केर हेर्दा साँच्चै यो सुखद थियो,' बेकह्यामले भने, 'मेरा धेरै सपना पूरा भएका छन् त्यसले म भाग्यमानी हुँ।'
२००३ मा युनाइटेडबाट उनी स्पेनको रियाल मड्रिड पुगे। २००७ मा अमेरिकाको एलए ग्यालेक्सी पुग्नुअघि उनले स्पेनिस लिग जितेका थिए।
माल्दोभाविरुद्ध खेल्दै मिडफिल्डर बेकह्यामले राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन्। उनले २००० देखि २००६ सम्म राष्ट्रिय टोलीको कप्तानी गरेका थिए। राष्ट्रिय टोलीको कप्तानी गर्नुलाई उनले सबैभन्दा गर्वको विषयका रुपमा व्याख्या गरेका छन्। 'राष्ट्रिय टोलीको जर्सी लगाएपछि मैले थाहा पाएँ मैले हरेक देशवासीको प्रतिनिधित्व गरिरहेको छु,' उनले भने, 'देशका लागि खेल्ने अन्य थुप्रै उत्कृष्ट खेलाडी छन्।'

नेपालका हिमालयहरुमा हिउँको मात्रा घट्दै गएको र सेता हिमालय काला पहाडमा परिणत हुँदै गएका समाचारहरु नौला होइनन् । पछिल्लो एक अध्ययनले विश्वको सर्वोच्च शिखर सगरमाथामा पनि हिउँ तथा बरफको मात्रा उच्च दरमा घट्दै गएको र सगरमाथा निरन्तर खुइलिँदै गएको तथ्य सार्वजनिक गरेको छ ।
सगरमाथा चुचुरो तथा सगरमाथा शिखर समेत रहेको सगरमाथा राष्ट्रिय निकुञ्जका विभिन्न क्षेत्रमा गरिएको अध्ययनले सन् १९६० को दशकदेखि त्यस क्षेत्रमा तापक्रम बढ्न थालेको र सगरमाथा क्षेत्रका कतिपय स साना हिमनदीहरु लोप भैसकेको देखाएको छ । शोधकर्ताहरुका अनुसार सगरमाथाले आफ्नो ‘हिम काँचुली’ त्यागिरहेको छ र हिमालमा हिमरेखा १८० मिटरले माथि सरिसकेको छ ।
इटालीको मिलान विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका नेपाली विद्यार्थी सुदिप ठकुरी सहितको टोलीले गरेको पछिल्लो अध्ययन अनुसार पछिल्लो ५० वर्षमा सगरमाथा क्षेत्रका हिमनदी १३ प्रतिशतले खुम्चिएका छन् भने सगरमाथा क्षेत्रको हिमरेखा १८० मिटरले माथि सरेको छ । उनका अनुसार एक वर्ग किलोमिटर भन्दा साना आकारका हिमनदीहरु सुक्ने क्रम निकै तिब्र बनेको छ र सन् १९६० यता हिमनदीको क्षेत्रफल ४३ प्रतिशतले घटिसकेको छ ।
हिउँ पग्लिने क्रम तिब्र बनेको र त्यसलाई नयाँ हिउ परेर भर्ने क्रम कम भएकाले हिमनदी भएका क्षेत्र तथा हिमालका अन्य क्षेत्रमा चट्टान तथा जमिनको सतह देखा पर्ने क्रम तिब्र बनेको छ । सगरमाथा क्षेत्रको हिमनदी सन् १९६२ यता ४ सय मिटरले खुम्चिएको ठकुरीको भनाइ छ ।
शोधकर्ताका अनुसार सगरमाथामा हिउँ तथा बरफको मात्रा तिब्र रुपमा घट्नुको कारण मानव सिर्जित हरिगृह ग्यासका कारण भएको जलवायु परिवर्तन तथा उष्ण्िाकरण हो । तथापि जलवायु परिवर्तन र हिमालयमा आएको यस्तो परिवर्तनबीच दहि्रलो सम्बन्ध प्रमाणित गर्न भने अझै बाँकी रहेको शोधकर्ता बताउँछन् ।
सगरमाथा क्षेत्रको रंगबुक हिमनदी सन् १९२१(बायाँ) र सन् २००९(दायाँ)
सुदिप र उनको टोलीले सगरमाथा सहित सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको हिम परिवर्तन अध्ययनका लागि भुउपग्रह तस्वीर, भौगोलिक नक्सा तथा पुराना ऐतिहासिक दस्तावेजको अध्ययन गर्ने गरेका छन् । नेपाल जलवायु अब्जर्भेटरी स्टेसन तथा जल तथा मौसम विज्ञान विभागका तथ्यांकहरु समेतलाई समावेश गरि
सगरमाथा क्षेत्रको परिवर्तनको अध्ययन भैरहेको सुदिपको भनाइ छ ।
शोधकर्ता सुदिपको टोलीले सन् १९६० यता सगरमाथा क्षेत्रको तापक्रम ०.६ डिग्री सेल्सियसले बढेको र सगरमाथा क्षेत्रमा वषर्ा वा हिमपातको मात्रा १०० मिलिलिटरले घटेको तथ्य पनि पत्ता लगाएको छ । डेलीमेल
सगरमाथा क्षेत्रको इष्ट रंगबुक हिमनदी सन् १९२१(बायाँ) र सन् २००७(दायाँ)
जाँडरक्सीको कुलतमा मान्छे फसेको कुरा त सामान्य हो । तर बेलायतकी एक महिला भने कोकाकोलाको कुलतमा फसेकी छिन् । बेलायतको चेशाएरमा बस्ने ४२ वर्षकी ज्याकी बालनलाई दिनमा ८ लिटर कोक पिउनुपर्छ । साँच्चीकै उनलाई कोकको लत नै लागेको छ । कुनै दिन कोक पिउन अलि कम गर्योकी निकै टाउको दुख्छ । उनी भन्छिन्, ‘म कोक बिना ४० मिनेटभन्दा बढि बस्न सक्दिन । मैले कोक पिउन बन्द गर्नै सक्दिन, म थाकिसकेँ ।’
कोकले आफ्नो टुप्पी बिकाइसकेको र वर्षमा कोककै लागि वाषिर्क ३ हजार पाउण्ड छुट्टाउन नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ । आफु किशोरी छँदा आफ्नै बाउआमाको रेष्टुरेन्टमा गएर कोक खाँदा आफुले कोक खाने बानी सिकेको र कहिलेकाहीँ त दिनमा १६ लिटरसम्म पनि कोक पिएको उनको भनाइ छ ।
कोकको लत कसरी छुटाउने ? मलाई विशेषज्ञको सल्लाह चाहियो । नत्र मलाई कोकका लागि खर्च गर्न आर्थिक सहयोग चाहियो, उनी भन्छिन् ।