रियाद । गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति साउदी अरबले साउदीमा रहेका नेपाली श्रमिकहरुलाई पर्ने दुःखमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । एनआरएनए साउदी अरबको पुर्बी क्षेत्रिय समितिले अबकिक (ऐनाखेल)मा ‘कामदार साक्षात्कार’ कार्यक्रममा बोल्न अधिकाँश एनआरएनए साउदीका सदस्यहरुले साउदीमा रहेका नेपालीहरुलाई पर्ने हरेक दुःख सुखमा साथ दिने संस्था भएकोमा जोड दिएका थिए ।
एफएमक्यु कम्पनीमा कार्यरत ४० भन्दा बढी नेपालीहरूसंग सोही कम्पनीको रिक्रियसन हलमा गरिएको कार्यक्रममा श्रमिकहरुले साउदीमा भोग्ने गरेका समस्याहरुका वारेमा छलफल भएको थियो । कार्यक्रममा वोल्दै एनआरएनए साउदीका धरम के.सी, सह कोषाध्यक्ष नारायण पासवान र सदस्य सुनिल बख्रेलले सहभागी नेपाली कामदारहरूलाई एनआरएनएको संस्थागत परिचय दिंदै यो संस्था (एनआरएनए) ले कुनै पनि नेपाली कामदारहरूलाई दुख, आपद र अन्यायमा पर्दा सक्दो सहयोग पुर्याउने र आफ्नो तथा परिवारको खर्च टारेर दूई पैसा जोगाउन सक्नेहरूको सुखद भविश्यका लागि ‘सामुहिक लगानी’ कार्यक्रम ल्याएकाले एनआरएनए साउदी कामदारहरूको दु:खको र सुखको दुवैको साथी भएको वताएका थिए ।
आपसी ब्यक्तिगत परिचयबाट शुरू भएको कार्यक्रममा क्षेत्रिय समितिका अध्यक्ष मोहमद जैनुल अब्दिन र उपाध्यक्ष अच्छेलाल ठाकुरले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रमका सञ्चालन भने पुर्बी क्षेत्रिय समितिका सह सचिव केशब खडकाले गर्नुभएको थियो । कार्यक्रममा कामदारहरुले आफूहरुले अत्यन्त न्युन तलबमा काम गर्नुपरेको, ३ महिना सम्मको तलब कम्पनीले नै राखिदिने गरेको र गुनासाहरूको सुनुवाई कम्पनीमा नहुने जस्ता समस्याहरूमा पिल्सिनुपरेकोले गुनासो गरेको थिए । गुनासालाई सम्वोधन गर्दै एनआरएनए साउदी अरबका अध्यक्ष केसीले सामस्या समाधानका चारवटा विकल्प प्रस्तुत गरेका थिए । उनले कामदार आफैले कम्पनी मालिक समक्ष निबेदन दिने, आफुलाई पठाउने म्यानपावर कम्पनीलाई अनुरोध गर्ने, नेपाली दूतावासलाई निबेदन गर्ने र लेबर कोर्टमा उजुरी गर्न सकिने सुझाव दिएका थिए ।
केसीले निकास खोज्दा साउदी अरबमा कसैले पनि कम्पनि बिरूद्ध हडताल, बन्द जस्ता प्रतिबन्धित अभ्यास नगर्न र कुनैपनि अवस्थामा रोजगारदाता छोडेर भाग्ने निश्कर्षमा भने नपुग्न सचेत गराएका थिए । एनआरएनए साउदी अरब पीडित कामदारहरूलाई समाधानका हरेक चरणमा सक्दो सहयोग पुर्याउन तयार रहेको बताउंदै उनले सहयोगी भूमिका निर्बाह गर्नका लागि नै एनआरएनए साउदीले स्थानिय तहसम्म लेबर टास्क फोर्स कमिटीहरूको निर्माण गरेको जानकारी दिनुभयो । सहभागीहरूले एनआरएनले थालेको सामुहिक लगानीका वारेमा जिज्ञासा राखेका थिए ।
२४ असोज, काठमाण्डौं । नवलपरासीको अग्यौली सामुदायिक स्रोत पुस्तकालय एसियाकै एक मात्र उत्कृष्ट र विश्वमा उत्कृष्ट १० पुस्तकालयभित्र परेको छ ।
अमेरिकाको वासिंटन डीसीस्थित इलेक्ट्रोनिक इन्फरमेसन फर लाइब्रेरिज (इआईएफएल) ले सञ्चालन गरेको कार्यक्रममा नेपालमा सञ्चालनमा रहेको सामुदायिक पुस्तकालय विश्वका १० उत्कृष्ट भित्र पर्न सफल भएको हो ।
ईआइएफएलले आयोजना गरेको कार्यक्रममा सो पुस्तकालयले १ हजार ५ सय अमेरिकी डलर नगद पुरस्कारसहित अवार्ड पाएको खबर राजधानी दैनिकले छापेको छ । रिड नेपालका कन्ट्री डाइरेक्टर सम्झना श्रेष्ठको नेतृत्वमा अमेरिका पुगी अग्यौली पुस्तकालयका पूर्वअध्यक्ष प्रेमबहादुर बस्नेतले सो अवार्ड ग्रहण गरेको रिड नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गोलभेँडाको नियमित सेवन मुटुका लागि लाभदायी हुने र यसले हृदयाघात लगायतका मुटुरोगको खतरा कम गर्ने एक अनुसन्धानले देखाएको छ ।
फिनल्याडमा गरिएको अनुसन्धानले गोलभेँडामा हुने लाइकोपिन नामको तत्वले हृदयाघात तथा मुटु र रगत सम्बन्धि विभिन्न रोगको खतरा कम गर्ने र रक्तसंचारलाई नियमित गर्ने अनुसन्धानकर्ताहरुले बताएका छन् ।
न्यूरोलोली नामक म्यागेजिनमा छापिएको अनुसन्धान रिपोर्टका अनुसार रगतमा लाइकोपिन नामक तत्व जति बढि भयो हृदयाघातको खतरा उती कम हुन्छ । यो तत्व गोलभेँडाका साथै खरभुजा लगायतका फलमा पनि पाइन्छ ।
१२ वर्षम्म १ हजार भन्दा बढि मानिसमा गरिएको निरन्तरको अध्ययनपछि यस्तो निष्कर्षनिकालिएको शोधकर्ताहरुको भनाइ छ । शोधकर्ताहरुले गोलभेँडा तथा लाइकोपिन तत्व भएका फलफूल तथा तरकारी नियमित खाने मानिसमा हृदयाघातको खतरा ५५ प्रतिशतले घट्ने दाबी समेत गरेका छन् ।
यदि तपाइँलाई लगातार कम्प्युटरमा काम गरिरहनुपर्ने कारणले गर्दा दिक्क महसुस हुने गरकेो छ भने अब चिन्ता नगर्नुहोस् । किनकी अब बजारमा यस्तो अनौठो माउस आउँदैछ जसले तपाइँको सरीरमा मालिस समेत गरिदिनेछ ।
अमेरिकी कम्पनी आर्ट फ्याक्ट्रीले यस्तो मसाज गर्ने माउस तयार गरेर बजारमा ल्याउन लागेको हो । यो माउसमा शक्तिशाली मसाजर जडित गरिएको हुन्छ जसले लगातार कम्प्युटरमा काम गर्दा थाकेकाहरुलाई मसाज गरिदिएर केही आनन्द दिनेछ । आउँदो जनवरीमा अमेरिकाको लस भेगासमा हुने एक समारोहका बीच कम्पनीले मसाज गर्ने माउस र्सार्वजनिक गर्नेछ ।
यो माउसको स्टाइलिस डिजाइन हुनुका साथै १० भाइब्रेसन मोड,२ प्रकारका भाइब्रेसन प्याट्रन, वायरलेस प्रविधि तथा विन्डोज तथा म्याकिन्टोस प्रविधि सपोर्ट गर्ने खालको रहनेछ ।
कम्प्युटरमा काम गर्दागर्दै थकाइ लागेमा यो माउसको मसाज मोड अन गरेपछि चाहेको ठाउँमा मसाज गर्ने, दुखाइ भगाउने र फेरी स्फर्ूर्तीका साथ काम गर्न थाल्ने कुरा अब यो मसाज माउसबाट सम्भव हुने दाबी गरिएको छ ।

काठमाडौं, २३ असोज । सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा सजाय पाएका धनुषा जिल्लाका तत्कालिन जिल्ला शिक्षा अधिकारी डा.योगेन्द्र ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषामा रहेको कार्यालयको खाताबाट रकम भ्रष्टाचार गरेको ठहर भएपछि सर्वोच्चले ६५ वर्षीय डा.ठाकुरलाई २०६६ साल भदौ–३० गते कैद सजाय तथा जरिवाना फैसला गरेको थियो । फैसलासँग डा.ठाकुर फरार थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले लुकिछिपी बसेको अवस्थामा भक्तपुरको सानोठिमीबाट सोमबार पक्राउ गरेको थियो ।
सर्वोच्चको फैसलाअनुसार डा.ठाकुर विरुद्ध बिगो बमोजिम ३८ लाख २ हजार जरीवाना र ४ वर्ष कैद तोकिएको छ ।
सिराहा जिल्ला लाहान नगरपालिका–४ स्थायी घर भएका डा.ठाकुर काठमाडौं महानगरपालिका–१५, बल्खु बस्दै आएका थिए ।
भ्रष्टाचारी ठहर भएका डा.ठाकुर हाल लोकतान्त्रिक जनता पार्टी नेपालका राष्ट्रिय सभापति समेत हुन् ।
जिल्ला शिक्षा कार्यालय धनुषामा शिक्षा अधिकारीमा कार्यरत रहँदा डा. ठाकुरले मर्यादित एवम् जिम्मेवारी विपरित निजी फाईदाका कार्य गरेर भ्रष्टाचार गरेका थिए ।
आफ्नै जनकपुर टेक्निकल ईन्स्चीच्यूट नामक संस्थाको नामबाट सरकारबाट प्राप्त हुने सरकारी अनुदान, बिभित्र माबि तथा निमाबि शिक्षकहरूको तलब भत्ता ईत्यादि लिने गरेको सर्वोच्चको फैसलामा उल्लेख छ ।
बलिउडमा सलमान खान र पि्रयंका चोपडाबीचको सम्बन्धलाई पछिल्लो समय रहस्यमय तरिकाले हेर्न थालिएको छ । कहिले पि्रयंका सलमानको घर बाहिर देखा पर्छिन् तर कहिले सलमानले पि्रयंकालाई टि्वटरमा प्रोमोट गर्छन् । यी दुइबीचको यो लुकामारी अझ उचाइमा पुग्ने भएको छ, अर्थात् आफ्नो घरमा धाइरहने पि्रयंकाको गुनको पैँचो तिर्नका लागि सलमानले पि्रयंकालाई आफ्नो एउटा फिल्ममा खेलाउने भएका छन् ।
केही समयअघि पि्रयंकालाई सलमानको घरमा रंगेहात भेटाएपछि पत्रकारहरुले त्यसलाई समाचारको शीर्षक बनाए । सलमानले त्यो कुरालाई खासै ठूलो मानेनन् तर चोपडा भने मिडियासँग रिसले आगो भइन् । त्यसबेला सलमान खानको घरमा पि्रयंकाले किन रात बिताइन् होला ? भन्ने बारेमा विभिन्न टिकाटिप्पणी बाहिर आए । त्यो मधूर रातमा अरु के के भए त्यो त भगवानले जाने होलान् तर सायद सोही रात एउटा महत्वपूर्ण कुरामा यी दुइमा सहमति भएछ । त्यो भनेको सलमान र पि्रयंका एउटा फिल्ममा सँगै देखिने भएका छन् ।
सलमान र चोपडाको त्यो रातको भेटघाट कुनै व्यक्तिगत नभएर प्रोफेसनल मात्र थियो र उनीहरुले सोही भेटमा सलमानलाई गलाउन चोपडा सफल भइछन्, जसकाकारण सलमानले आफ्नो आगामी फिल्ममा चोपडालाई खेलाउन सहमत भएछन् । श्रोतका अनुसार सलमानको आसन्न फिल्ममा सलमान र पि्रयंकाबीच रोमान्स भएको देख्न पाइनेछ ।
उक्त फिल्म अरु कोही नभएर सलमानकै भाइ सोहेल खानले बनाउँदैछन् । यसअघि सोहेलले शेर खान शीर्षकको फिल्म बनाउने कुरा चलेको थियो । तर उनले त्यसअघि नै दक्षिण भारतीय फिल्म वृन्दावनको रिमेक बनाउने भएका छन् । सायद सोही फिल्ममा सलमान र चोपडाको रोमान्स समावेश हुनेछ ।

२३ असोज, काठमाडौं । टाढा रहेका परिवारका सदस्य, नातेदार, आफन्त र साथीभाइको हालखबर र सञ्चोबिसञ्चो थाहा पाउन हिजोआज चिठीपत्र कोर्न पर्दैन । सबै गाउँठाउँमा टेलिफोन पुगिसकेको छ । इमेल, इन्टरनेटको सञ्जाल पनि विस्तार भैसकेको छ । छोटो कुरा गर्न एक कल फोन गरे पुग्छ । अलि लामै गफ गर्नुपर्यो या केही सूचना या जानकारी आदानप्रदान गर्न पर्यो भने इमेल, इन्टरनेट चलाए पुग्छ ।
यो त अहिलेको कुरा भयो । केही वर्षअघिसम्मको कुरा बेग्लै थियो । कसैको खबर थाहा पाउन हुलाकीको बाटो पर्खनुपथ्र्यो । खबर आदानप्रदान गर्न चिठीपत्रकै भर पर्नुपर्ने बाध्यता थियो । सूचना, प्रविधिमा आएको विकाससँगै धेरैले चिठीपत्र र हुलाकलाई बिर्सेका छन् । तर अधिकाँश सरकारी कार्यालयको चिठी आदानप्रदान भने अहिले पनि हुलाक मार्फत नै हुने गर्छ ।
कसैले भन्छन्, इमेल इन्टरनेटको प्रयोगले हुलाकको प्रयोग घटायो । कसैको भनाईमा चाहिँ हुलाकप्रति विश्सनियता नभएर पनि मान्छेले चिठीपत्र लेख्न र पठाउन छाडेका हुन् । तर हुलाक सेवा विभागलाई भने यस्तो लाग्दैन । ‘आधुनिक प्रविधिले चिठीपत्रको प्रयोग मात्र घटाएको हो, तर यसको विश्वसनियता घटेको छैन’ विभागका उपमहानिर्देशक रुपनारायण भट्टराईले भन्नुभयो-’हुलाकको अर्थ नबुझेर मात्र धेरैलाई यस्तो लागेको हो, अहिले पनि हामीले धेरै काम गरिरहेका छौं ।’
के गर्छ हुलाकले ?
सामान्य अर्थमा बुझ्दा हुलाकको काम चिठीपत्र ओसारपसार गर्नु हो । आधुनिक प्रविधिले चिठीपत्र ओसारपसारको काम घटाएको छ । ‘तर हामी चिठीपत्र ओसारपसार मात्र होइन, अरु काममा पनि लागिरहेका छौं’ विभागका उपमहानिर्देशक भट्टराईले भन्नुभयो । उहाँका अनुसार हुलाक सेवा विभागले अहिले पनि एकसय ९२ देदशमा पार्सल आदानप्रदान गर्छ । २० केजीसम्मको पार्सल आदानप्रदान गर्ने काम धेरै पहिलेदेखि भैरहेकोमा अहिले पनि निरन्तर रहेको उहाँले जानकारी दिनुभयो ।
यस्तै विभागले देशभित्रका ६२ जिल्लामा र अरु ३८ देशमा द्रूत डेलिभरी सेवा सञ्चालन गरेको छ । यस्तै २०३३ सालदेखि हुलाक वचत बैंक सञ्चालन भैरहेको छ । बैंकमा अहिले एक अर्ब ७० करोड रुपैंया रहेको विभागले जनाएको छ । चिठीपत्रको प्रयोग कम भएपनि हुलाकको काम निरन्तर भैरहेकाले यसलाई आधुनिकीकरणको प्रयास भैरहेको भट्टराईले बताउनुभयो । ‘सूचना प्रविधिलाई हुलाकसँग जोड्ने काममा हामी लागेका छौं’ भट्टराईले भन्नुभयो-’हामीले पार्सल गरेर पठाएका सामान कहाँ पुग्यो, के भैरहेको छ भन्ने जानकारी इमेलबाट गर्न मिल्ने गरी काम गर्ने पहल गर्दैछौं ।’ जतिसुकै आधुनिक प्रविधि भएपनि हुलाकसेवाको प्रभावकारिता नघट्ने पनि उहाँले बताउनुभयो ।
विश्वमा सन् १८७४ मा र नेपालमा विक्रम संवत १९५६ मा हुलाकको शुरुवात भएको हो । नेपालमा अहिले सबै जिल्लामा हुलाक कार्यालय छ । देशभरी ८ सय ४२ वटा इलाका हुलाक र ३ हजार ९ सय १५ वटा अतिरिक्त हुलाक छन् । यस्तै पूर्णकालिन १० हजार र आंशिक १२ हजार गरी झण्डै २२ हजार कर्मचारी हुलाकमा काम गर्छन् ।
onlinekhabar

बेलायतको कार्डिफमा हरेक वर्ष एउटा यस्तो रक्सी खाने पर्व हुन्छ जहाँ विद्यार्थीहरु रातभरी नै टन्न रक्सी धोकेर सडकमा रमिता देखाउँछन् । यो पाला पनि त्यस्तै भयो । उक्त मेलामा विश्वविद्यालयका स्नातक तह भन्दा मूनिका विद्यार्थीहरु रातभर सडकमै रल्लिए र अश्लील हर्कत गरे । उक्त जँड्याहा पर्वमा सहभागी तरुनी छात्राहरु केवल भित्री वस्त्र तथा एउटा जँड्याहा पार्टी आयोजकको आधिकारिक टिसर्ट लगाएर निकै भद्दा रुपमा प्रस्तुत भएका थिए । ती झण्डै नांगा तरुनी छात्राहरुले तन्नेरीसँग सडकमै विभिन्न अश्लील क्रियाकलाप पनि गर्न भ्याए । कतिपय सडकमै रक्सीले मात्तिएर बेहोस हुनेगरी पल्टिएका देखिन्थे त कतिलाई बढि अश्लील हर्कत गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिने प्रयास पनि गरेको थियो ।
कुरकुरे बैँशले मत्त तरुनी तथा तन्नेरी विद्यार्थीहरुलाई जाँड पार्टीले निकै खुसी तुल्याएको थियो तर आलोचकहरुले भने यसले समाजमा अभद्रता, अश्लीलता तथा सद्भाव बिगारेको र विद्यार्थीलाई कुलत सिकाएको भन्दै आयोजकको आलोचना गरे ।

२३ असोज, काठमाडौं । एसीसी ट्रफी एलिट कप क्रिकेटमा नेपालले हङकङसामू २ सय २६ रनको लक्ष्य प्रस्तुत गरेको छ । हङकङले केहीबेरमा जवाफी व्याटिङ गर्नेछ ।
टस जितेर पहिले व्याटिङ थालेको नेपालले कप्तान पारस खड्काको अर्धसतकको मदतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय २५ रन बनायो । पारसले ५४ बलमा २ छक्का र ६ चौकाको मदतमा ६१ रन बनाए ।
अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउन नेपाललाई आजको खेल जित्नै पर्ने दबावमा छ । नेपाल ३ खेलबाट ४ अंकका साथ समूहको दोस्रो स्थानमा छ भने समान अंक जोडेको हङकङ रन रेटमा अघि रहँदै शीर्ष स्थानमा छ ।

अभिभावकहरू आफ्ना बालबालिकाको पढाइमा लाखौं खर्च गर्छन्। यसो गर्नुमा बालबालिकाको भविष्य सफल होस् भन्ने उद्देश्य हुन्छ। यद्यपि बालबालिकाको उज्ज्वल भविष्यका लागि रुपैयाँ-पैसा खर्च गरेर मात्र हुँदैन अन्य थुप्रै कुरामा विचार पुर्याउनु आवश्यक छ।
के गर्ने ? बालबालिकाको स्कुल जानुपर्छ महिनामा कमसेकम एकपटक बालबालिकाको स्कुल जानुपर्छ र उनीहरूका कक्षा शिक्षकसित भेटेर कुराकानी गर्नुपर्छ। आपmनो शिशु पढाइमा कस्तो छ सोध्नुपर्छ, स्कुलका सबै कार्यक्रममा सहभागी हुन्छ-हुँदैन, आफ्नो जिज्ञासा राख्छ-राख्दैन, पढाइबाहेक स्पोर्टस्, डान्स, ड्रइङमा रुचि राख्छ-राख्दैन बुझ्नुपर्छ। यसो गर्नाले....... शिक्षकले बालबालिकामा बढी ध्यान दिन थाल्छन्। शिशुको रुचि-अरुचिका सम्बन्धमा जानकारी प्राप्त हुन्छ। आफूलाई स्कुलमा देखेर शिशु खुसी हुन्छ र आफ्नोपनको अनुभव गर्छ। यसबाट उसको आत्मविश्वास पनि बढ्छ। खेल-खेलमा बालबालिकालाई पढ्न सिकाऔँ बालबालिकाहरूलाई बारम्बार एउटै कुरा पढिरहँदा दिक्क लाग्नसक्छ। त्यसैले उनीहरूलाई नयाँ विधिबाट पढाउनुपर्छ। पुस्तकमा ए, बी, सी, डी पढाउनुको साटो ए, बी, सी, डीका खेलौना ल्याएर दिनुपर्छ। स्टोरी बुकबाट कथा पढेर सुनाउनुको साटो त्यही कथालाई मौलिक ढंगले सुनाउनुपर्छ। यसैगरी हिसाबको जोड, घटाउलाई कागज-पेन्सिलको साटो प्राक्टिकल गरेर सिकाउनुपर्छ। यसो गर्नाले..... पढाइमा बालबालिकाको रुचि बढ्छ। खेलखेलमा कठिनभन्दा कठिन प्रश्नहरू शिशुले सहज रूपमा सिक्छन्। यसरी सिकाइएको कुरालाई उनीहरूले कहिल्यै बिर्सदैनन्। कारण रटेको कुरा तुरुन्तै भुलिन्छ तर जानेको कुरा लामो समयसम्म ताजा रहन्छ। बालकलाई बालक नै रहन दिनुपर्छ कतिपय अभिभावक आफ्ना बालबालिकालाई आवश्यकताभन्दा बढी दबाब दिएर मेसिनजस्तै बनाउँछन्। बिहान ठीक ८ बजे डाइनिङ टेबलमा हाजिर हुनुपर्छ, दिउँसो ठीक २ बजे नै सुत्नुपर्छ, साँझ ५ बजेभन्दा पहिले खेल्न जानुहुँदैन आदि। आफ्ना बालबालिकालाई यस्तो नियममा बाँध्नु उचित होइन। कारण दबाबमा रहनाले बालबालिकामा कुण्ठा उत्पन्न हुन्छ। परिणामस्वरूप उनीहरूमा डर उत्पन्न हुनुका साथै भावना रित्तिन्छ र कतिपय अवस्थामा यस्ता बालबालिका मानसिक रूपमा बिरामी हुन्छन्।
यसो गर्नाले... शिशुहरू मानसिक रूपले स्वस्थ हुन्छन् भने उनीहरूको स्वास्थ्य पनि ठीक रहन्छ। शारीरिक एवं मानसिक स्वतन्त्रताले उनीहरूको सोच्ने र बुझ्ने क्षमता पनि विस्तृत र स्वतन्त्र हुन्छ। शिशुको विकास स्वाभाविक ढंगले हुन्छ। खेलकुदमा सहभागी गराउनुपर्छ जसरी स्वस्थ रहन शिशुले राम्रोसँग खानपान गर्नु जरुरी छ त्यसैगरी राम्रो अंक प्राप्त गर्न पढाइका साथै खेलकुद सहभागिता पनि उत्तिकै आवश्यक छ। वास्तवमा बालबालिकाहरू अध्ययन गर्दागर्दै थाक्छन्। उनीहरूको त्यो थकान मानसिक हुन्छ र मानसिक थकान हटाउन खेलकुदमा सक्रिय रहनु आवश्यक छ। अतः पढाइका साथै खेलकुदमा पनि प्रोत्साहित गर्नुपर्छ। यसो गर्नाले.... बालबालिका खुसी रहन्छन् र प|mेस माइन्डबाट नयाँ कुरा चाँडै सिक्न सक्छन्। खेलकुदबाट उनीहरूको शारीरिक विकास हुन्छ। बालबालिकाको बुद्धि विकास हुन्छ। प्रोत्साहित गर्नुपर्छ बालबालिकालाई प्रतियोगितामा जित्दा मात्र होइन विजयको नजिक पुग्दा वा हार्दा पनि प्रोत्साहित गर्नुपर्छ। प्रोत्साहित गर्न उनीहरूलाई रुचिको उपहार दिनुपर्छ वा उनीहरूलाई मनपर्ने ठाउँ घुमाउन लानुपर्छ। यदि कुनै विषयमा शिशुले थोरै अंक प्राप्त गरे पनि गाली गर्नुको साटो प्रेमपूर्वक सम्झाउनुपर्छ। उनीहरूलाई निराश नभई मेहनत गर्न प्रेरणा दिनुपर्छ। सफलता एकदिन अवश्य प्राप्त हुन्छ भन्ने विषयमा उत्साहित गर्नुपर्छ। शिशुले जे गर्न सकेनन् त्यसका लागि गुनासो गर्नुभन्दा उनीहरूले जति गरे त्यसको प्रशंसा गर्नुपर्छ। यसो गर्नाले... यसबाट शिशुको उत्साह बढ्छ। शिशुभित्र हिम्मत आउँछ, जसबाट उसले हारेको बाजी जित्ने प्रयास गर्छ। शिशुले कडा परिश्रम गर्न सिक्छ। के नगर्ने ? रिजल्ट नै सबै कुरा होइन रिजल्ट नै सबथोक हो भन्ने सोच्नु हुँदैन। कारण शिशुको रिपोर्ट कार्डबाट मात्र उसको बुद्धिको जानकारी प्राप्त हुन्छ, न कि उसको भित्री गुण। शिशु पढाइमा कमजोर हुन सक्छ, तर स्पोर्ट, गायन, नृत्य, चित्रकला, अभिनय, पेन्टिङ आदिमा राम्रो हुन सक्छ। अतः रिजल्टलाई नै सबैथोक मान्नु हुँदैन। यसो गर्नाले... शिशुलाई पढाइदेखि दिक्क लाग्न थाल्छ। परिणामस्वरूप उसले जति पढ्थ्यो त्यो पनि बन्द हुनसक्छ। दबाब वा प्रेसरका कारण ऊ मानसिक रूपमा बिरामी हुनसक्ने सम्भावना हुन्छ। अनावश्यक अपेक्षा राख्नु हुँदैन बालबालिकाको क्षमतालाई विचार गर्नुपर्छ। उनीहरूबाट अनावश्यक अपेक्षा राख्नु हुँदैन। यसो गर्नाले... शिशु दबाबमा आउन सक्छ। अपेक्षामा खरो उत्रन नसक्दा उसको आत्मविश्वास कम हुन्छ। आपmनो इच्छा थोपर्नु हुँदैन शिशुमाथि आफ्नो इच्छा थोपर्नु ठीक होइन। शिशुको रुचि जेमा छ त्यही दिशातर्फ अघि बढ्न प्रोत्साहित गर्नुपर्छ। कसैका बुबा वकिल भएर राम्रो आम्दानी गर्छन् भने पनि सन्तानलाई जबर्जस्ती कानुनकै अध्ययनका लागि दबाब दिनु हुँदैन। यसो गर्नाले... शिशु त्यो क्षेत्रमा सफल हुन सक्दैन, कारण उसलाई उक्त क्षेत्रमा रुचि नै छैन। जबर्जस्ती गर्नाले शिशुको मनमा आफूप्रति पनि नकारात्मक धारणा जागृत हुन सक्छ। बारम्बार दोहोर्याउनुु हुँदैन तिमी मूर्ख हौ... तिमीलाई केही पनि आउँदैन... तिमी केही पनि गर्न सक्दैनौ... जस्ता कुरा आफ्ना शिशुसित कहिल्यै गर्नुहुँदैन। यस्ता कुराले शिशुको कोमल मनमा नकारात्मक प्रभाव पार्न सक्छ। यसो गर्नाले.... शिशुले स्वयंलाई आन्तरिक रूपबाट कमजोर महसुस गर्न सक्छ। यस्ता बालबालिका कतिपय अवस्थामा संकुचित प्रकृतिका हुन सक्छन् र संकोचवश आफ्नो मनको कुरा पनि भन्न सक्दैनन्। अरूसँग तुलना गर्नु हुँदैन अधिकांश अभिभावक आफ्ना बालबालिकालाई इन्टेलिजेन्ट बनाउन उनीहरूको तुलना उसका कक्षाका अन्य शिशुसित गर्छन्। यस्ता अभिभावक प्रायः यस्तो प्रतिक्रिया दिन्छन्, विनय हरेक पटक कक्षामा उत्कृष्ट हुन्छ तर तिमी भने जहाँको त्यहीँ। तिमी सधैं कविनभन्दा कम अंक ल्याउँछौ। यसो गर्नाले... शिशुको मनमा अन्य शिशुप्रति घृणा उत्पन्न हुनसक्छ। उनीहरू ईष्र्यालु बन्न सक्छन्। शिशुको भावनामा आघात पुग्न सक्छ र उसको आत्मविश्वास पनि कमजोर हुन्छ।

विश्वमा धेरै वेश्यालयहरु छन् जसमा पुरुष ग्राहक बनेर जान्छन् र महिला यौनकर्मीले ग्राहकलाई यौन सन्तुष्टि प्रदान गर्छन् । तर जापानमा भने महिला ग्राहकलाई लक्षित गर्दै एक महिला मैथुन भट्टी संचालनमा आएको छ । जहाँ ग्राहकको रुपमा यौनका भोका महिलाहरु जानेछन् । तर उनीहरुलाई त्यहाँ कुनै पेशेवर पुरुष वेश्याहरुले सम्भोगको स्वाद चखाउने छैनन्, उक्त भट्टीमा रोजीरोजी रक्सीको स्वादसँगै त्यहाँ रहेका विभिन्न प्रकारका यौन खेलौनाको प्रयोग गरी महिला ग्राहकले सेक्सको तिर्खा मेटाउनुपर्नेछ ।
लभ जुली नामको उक्त महिला मैथुन बार जापानको टोकियास्थित शिबुया जिल्लामा खुलेको हो । उक्त महिला मैथुन भट्टीमा विभिन्न प्रकारका रंगीन सेक्स टोय राखिएको छ । भट्टीका प्रोप्राइटर मेगुमी नाकागाआका अनुसार बारमा जाने महिलाहरुले निसंकोच सेक्स टोय छानीछानी मदिराको नशामा सेक्सको आनन्द लिन पाउनेछन् । त्यहाँ केवल सेक्स टोयबाट मैथुन गर्ने मात्र होइन हस्तमैथुनका बारेमा खुल्ला छलफल पनि गर्न पाइन्छ ।
महिलाको हस्तमैथुनलाई असामान्य रुपमा लिइने र खाली पुरुषलाई मात्र ध्यान दिइने गरिएकोमा आफुले महिलाको हस्तमैथुनको बारेमा महिलालाई खुल्न सजिलो होस् भनेर यस्तो खालको महिला मैथुन भट्टी खोलेको संचालक बताउँछन् । उक्त मैथुन भट्टीमा व्यवसायिक सेक्स उद्योग क्षेत्र अर्थात् फुजोकुका महिलाका साथै पोर्न भिडियोमा खेल्ने नायिकाहरु मुख्य ग्राहकको रुपमा रहने बताइएको छ ।

स्पनेमा भिमकाय मानव स्तम्भ तयार गरिएको छ । २४ औँ तारागोना क्यास्टेल प्रतियोगिताका क्रममा हालै निकै कलात्मक तथा साहसिक मानव स्तम्भ तयार गरियो ।
हजारौँ मानिस उपस्थित भएको परम्परागत मेला अन्तरगतको उक्त प्रतियोगितामा मान्छेमाथि मान्छे चढेर भिमकाय स्तम्भ तयार हुँदा उपस्थित मानिसले ताली ठोके । कोला नामक समूहका सदस्यहरुले यस्तो मानव स्तम्भ बनाएका हुन् ।
स्पेनमा यस्तो मानव स्तम्भ बनाउने परम्परा १८ औँ सताब्दीदेखि नै सुरु भएको हो । कोला समूहका साहसी सदस्यहरुले विश्वका विभिन्न देशमा यस्ता साहसिक कला प्रदर्शन गर्दै आएका छन् । हेरौँ यो मानव धरहरा

क्वालालम्पुर । मलेसियामा रहेका नेपाली श्रमिकहरुले स्नायुरोगी नवलपरासीकी एक युवतीलाई डेढ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । नेपाल तमु समाजको पहलमा मलेसियामा कार्यरत नेपाली श्रमिहरुले स्नायुरोगी नवलपरासी नयाँ बेलहानी-२, की १६ वर्षीया निष्मा गुरुङलाई यहाँ संकलित १ लाख ५० हजार शनिबार रिलायवल फाइनान्सका रेमिट्यान्स प्रमुख अर्जुनबाबु तिवारीबाट निश्माका बुबाआमा श्रीप्रसाद गुरुङ र बेलकुमारी गुरुङलाई नयाँबसपार्क स्थित सोल्टी मनि ट्रान्सफरमा हस्तान्तरण गरेका हुन् ।
स्नायुसम्बन्धि रोग लागेर हातखुट्टा नचलेपछि निष्माको उपचारको क्रममा आर्थिक अभावमा राम्रोसंग उपचार हुन पाएको थिएन । मलेसियाका श्रमिकहरूबाट उठेको नेपाली पीडितलाई सोल्टी मनि ट्रान्सफरका प्रोप्राइटर कुसुम गुरुङबाट पनि ५ हजार रुपैयाँ सहयोग गरेकी थिइन् । नेपाल तमू समाज मलेसियाको सक्रियतामा नेपाली श्रमिकलगायत मलेसियन, इण्डोनेशियन, भियतनामी, बंगलादेशी, म्यानमार, पाकिस्तानी, भारत, फिलिपिन्सका श्रमिकहरूबाट आरएम ४ हजार ८ सय २५ उठाइएको थियो ।
कक्षा ७ मा पढ्दै विरामीले छोएपछि लामो समयसम्म उपचाररत रहेकोले आर्थिक अभाव भएपछि उनका बुबाले मलेसियास्थीत नेपाल तमू समाजसँग आग्रह गरेका थिए । समाजले यसभन्दा अगाडि पनि धेरै रोगी र पीडितहरूलाई सहयोग गर्दै आएको छ ।

२१ असोज, काठमाडौं ।नेपालकी सुप्रिया मास्केले १२ औं लिटिल मिस वल्ड २०१२ को उपाधि जितेकी छन् । उनी उपाधिसँगै आइतबार स्वदेश फर्किएकी छिन् ।
उनको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालमा आफन्त र सहकर्मीहरुदे स्वागत गरेका छन् । गोरखा स्थायी घर घई काठमाण्डौंको नयाँबजारमा बस्दै आएकी १२ बर्षकी मास्केले विभिन्न २७ देशका प्रतिष्पधीलाई उछिन्दै लिटिस मिसको उपाधि चुमेकी हुन्
शनिबार टर्कीको आन्टाल्यास्थित अमरा होटलमा भएको प्रतियोगितामा युक्रेनकी सोफिया कुत्सेनको फस्ट रनरअप भएकी छन् । गत बर्ष पनि नेपालकै १९ बर्षकी विपश्वी पौडेलले उक्त उपाधि जितेकी थिइन् ।
सुरुदेखिनै उपाधि जित्छु भन्ने आत्मविश्वास भएकी सुपि्रया ललितपुरको लिटिल एन्जल्स स्कुलमा कक्षा सातमा अध्ययरत रहेकी छन् । उपाधि जितेसँगै निक्कै खुसी भएकी सुपि्रयाले यो जितेले केही गर्ने आत्मबल बढेको बताएकी छन् ।
गत सेप्टेम्बरमा नेप्लिज काउन्सिलले आयोजना गरेको लिटिल मिस वल्ड नेपाल २०१२ मा विजयी बन्दै उनी १० दिन अघि उनका बाबु अनिर र लिटिल मिस वल्ड नेपाल च्याप्टरका निर्देशक दीपेन्द्ररत्न शाक्यसँगै टर्की गएकी थिइन् ।
छोरीको जीतको खबर सुनेर खुसी भएकी उनकी आमा सुष्माले पनि आफु धेरै सुखी भएको बताइन् । उनले भनिन्-’आज म धेरै खुसी छु, छोरीले टाइटल जितेपछि मेरो खुसीको सीमा छैन्, अब सिंगो देशले नै उनको सफलताको गर्भ गर्नुपर्छ ।’

चलचित्रको छायांकन देखि नै विवादमा फसेको चलचित्र ‘एटीएम’ सेन्सरको झमेलामा फसेको छ । सेन्सर बोर्डले चलचित्रमा समावेश अधिकांश दृश्य हटाउन भनेपछि यो चलचित्रको पुनः छायांकन थालीएको छ ।
चलचित्रको पुनः छायांकनका बारेमा निर्माणपक्षले केही बोल्न चाहेको छैन । पुनः छायांकन भएको भन्ने खबरले सिनेमालाइ प्रत्यक्ष असर पुर्याउने सोचेर निर्माणपक्षले कुरा लुकाएको हो ।
चलचित्रको एक दृश्यको छायांकन स्विमिङ पूलमा गरिएको छ । स्विमिङ पुलमा चलचित्रका नायिकात्रय जिया के.सी, सबिना कार्की र सोनीया शर्मालाइ ग्ल्यामर पोजमा देख्न सकिन्छ । श्रोतका अनुसार सिनेमाका धेरै जसो भद्दा दृश्य बोर्डले काटिदिएपछि निर्माण पक्ष पुनः छायांकन गर्न वाध्य भएको हो ।
दिनेश थापाको निर्माणमा तयार भएको चलचित्रलाइ यादव सिलवाले निर्देशन गरेका हुन् । चलचित्रले कात्तिक १७ लाइ आफ्नो प्रदर्शन मिति तोकिसकेको छ ।

२२ असोज, काठमाडौं । स्टिम कोषको अनुसन्धानमा योगदान पूराएवापत दुई जना वैज्ञानिकले यो वर्षको चिकित्सा तर्फको नोबेले पुरस्कार प्राप्त गरेका छन् ।
स्टिम कोषको अनुसन्धानका सूत्रधारका रुपमा रहेका बेलायती वैज्ञानिक जोन गुर्डोन र जापानी वैज्ञानिक शिन्या यामानाकालाई संयुक्त रुपमा नोबेल पुरस्कार प्रदान गरिएको हो । अरु वयस्क कोषलाई स्टिम कोषमा परिवर्तन गरी कोष विज्ञानमा क्रान्ति ल्याएको ठहर गर्दै नोबेल पुरस्कार कमिटीले यी दुइ वैज्ञानिकलाई नोबेल पुरस्कारका लागि छनोट गरेको हो ।
वैज्ञानिक गुर्डोनले अन्ननलीको कोषको प्रयोग गरी भ्यागुताको क्लोन तयार पारेका थिए भने यामानाकाले वयस्क कोषका जिनमा परिवर्तन गरी स्टिम कोषमा रुपान्तरण सम्भव पारेका थिए । स्टिम कोष भनेका यस्ता कोष हुन् जुन अरु जुनसुकै प्रकारका कोषमा रुपान्तरण हुन सक्छन् ।
onlinekhabar
'मैले सुनेको संजोक मिलाइ भेट्न आउ भन्दै छे रे
घर बार जमेर के भो र माया प्रीती लाउ भन्दै छे रे ''
''उन जमाना मा स्कुल पढ्दा गरेकी रे उस्ले चोखो प्रेम'
फेरी एक ताल भेटी बारी को थर्कु मा जाउ भन्दै छे रे ''

मैले सुनेको संजोक मिलाइ भेट्न आउ भन्दै छे
रे ''
''पुरानो प्रेम बिना unlucky जिउदो लास भयौ दुबै जना
दु:ख पिडा यस्तै मिठा गीत फोन मै भएपनी गाउ भन्दै छे रे''
''घर बार जमेर के भो माया प्रीती लाउ भन्दै छे रे
मौका मिलाइ सात डाडा काटी भागी जाउ भन्दै छे रे ''

वातावरणवादीहरु इन्धनबाट चल्ने गाडीले वायु प्रदुषण गराए भन्दै बिजुलीबाट चल्ने गाडी वा इलेक्टि्रक भेइकलको पैरवी गर्छन् । बिजुलीबाट चल्ने गाडीलाई गि्रन भेइकल भनिन्छ र यस्ता गाडीले वातावरण संरक्षण तथा वायु प्रदुषण नियन्त्रणमा सघाउने मान्यता रहिआएको छ । तर पछिल्लो अध्ययनले भने बिजुलीबाट चल्ने गाडिले डिजेल पेट्रोलबाट चल्ने गाडिले भन्दापनि बढि प्रदुषण गराउने तथ्य पत्ता लगाएको छ ।
नर्वेको विज्ञान तथा प्रोद्योगिक विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले यस्तो देखाएको हो । उनीहरुका अनुसार विजुली उत्पादनका लागि प्रयोग गरिने कोइला तथा त्यसबाट निस्कने हरित गृह ग्यास डिजेल पेट्रोलबाट निस्कने ग्यास भन्दा उच्च परिमाणमा हुनुका साथै बढी हानिकारक पनि हुन्छ । यस्तै बिजुलीबाट चल्ने गाडी बनाउने कम्पनीहरुमा समेत निकै धेरै विषाक्त ग्यास निस्किन्छ ।
आफ्नो अनुसन्धानको क्रममा शोधकर्ताहरुले परम्परागत सवारी साधन तथा विजुलीबाट चल्ने सवारी साधनको जिवनचक्रको तुलना गरेका थिए । सवारी साधनको निर्माण, उपभोग तथा त्यसलाई नष्ट गर्ने चरणसम्ममा वातावरणमा पार्ने असरको विश्लेषण गरिएको थियो ।
शोधकर्ताहरुका अनुसार बिजुलीबाट चल्ने गाडीको निर्माण प्रक्रिया अरु परम्परागत इन्धन गाडीको निर्माण प्रक्रियाभन्दा निकै लामो हुने र त्यसक्रममा निस्कने हरित गृह ग्यास डिजेल तथा पेट्रोलका तुलनामा झण्डै दुइगुणा बढी रहने गरेको छ । यसका साथै बिजुलीबाट चल्ने गाडीका लागि आवश्यक ब्याट्री तथा इलेक्ट्रीक मोटर लगायतको निर्माणमा चाहिने निकेल, कपर तथा आल्मुनियम जस्ता धातुले समेत वातावरण तथा जनस्वास्थ्यमा निकै हानिकारक असर पार्ने बताइन्छ ।
तर शोधकर्ताहरुले जलविद्युत तथा अन्य वैकल्पिक श्रोतबाट विद्युत उत्पादन पर्याप्त रहेका देशहरु जहाँ कोइलाबाट विजुली उत्पादन गर्नु पर्दैन त्यस्ता देशमा भने विजुलीबाट चल्ने गाडी फाइदाजनक रहेको बताउँछन् ।onlinekhabar
महिलाहरुको हकमा स्तन क्यान्सर प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको छ । तर स्तन क्यान्सर केवल महिलाहरुमा मात्र होइन पुरुषहरुमा पनि हुनसक्छ । यद्यपि स्तन क्यान्सरका रोगी पुरुषहरुको संख्या निकै कम छ तथापि पुरुषहरुमा स्तन क्यान्सर भयो भने त्यो महिलाहरुमा भन्दापनि निकै जटिल हुने चिकित्सकहरु बताउँछन् ।
खासगरी ४० देखि ६० वर्ष उमेर समूहका पुरुषहरुमा क्यान्सरको जिवाणु विकाश हुने खतरा बढि हुन्छ । धेरै रक्सी खाने पुरुषहरु तथा अधिक मोटोपन र कलेजोमा समस्या भएका पुरुषहरुमा स्तन क्यान्सरको खतरा बढि हुने बताइन्छ ।
पुरुष क्यान्सरका लक्षणहरु
छातिको स्तन क्षेत्रमा भारीपन महसुस हुनु तथा स्तनको आकार असामान्य बन्नु स्तन क्यान्सरको मुख्य लक्षण हो । यद्यपि पुरुषमा कहिलेकाहीँ हर्मोनको गडबडीले पनि स्तनको आकारमा फरकपन आउन सक्छ । तरपनि स्तनको आकारमा असामान्य परिवर्तन भयो भने तुरुन्त स्वास्थ्य संस्थामा गइ जाँच गराउनुपर्छ । यस्तै स्तनमा गाँठागुठी आउनु, स्तनको टुप्पोबाट रगत वा पिप बग्नु पनि पुरुषमा हुने स्तन क्यान्सरका लक्षणहरु हुन् ।
उपचार
पुरुष र महिलामा स्तन क्यान्सरका लक्षण लगभग समान हुन्छन् । तर उपचार भने क्यान्सर कुन चरणको हो भन्ने कुरामा निर्भर रहन्छ । कतिपय अवस्थामा स्तन काटेर फाल्नुको विकल्प रहँदैन । तर कतिपय अवस्थामा लिम्फ नोड बायोस्पी, एडजस्ट थेरापी, रेडियसन थेरापी तथा केमोथेरापी जस्ता उपचार पनि स्तन क्यान्सरको उपचारमा कामयावी हुन्छन् ।
घिउकुमारीलाई औसधिको दुनियामा संजीवनी भन्ने गरिन्छ | यसका २०० जाती हुन्छन तर यी ५ जाती लाई पहिलो प्राथमिकतामा राखियको छ | बारना डेंसीस नामको पहिलो जाती हो यसमा १८ धातु र १५ एसिड अनि १२ भिटामिन हुन्छ | यसले सरिरमा हुने रगतको कमीलाई पुरा गर्छ साथै रोग पर्तिरोधात्मक सक्तिको विकास पनि गर्छ | यसका काडादार पातलाई काटेर रस निकाल्नी र दिनमा ३-४ चम्चा रस बिहान खाली पेट पिउनाले दिनभर सरिरमा चुस्तिफुर्ती रहन्छ |
आगोले पोलेकोमा ,काटेकोमा,लगाउनाले घाउलाई चाडो पुरा गर्छ यसमा anti fangal गुड हुन्छ | बवासीर, डायबिटीज, गर्भाशय के रोग, पेटको खराब,जोर्नीको दुखाई, फुस्रो दाग,आँखा को कालो घेरा र कुर्कुचा फुटेकोमा लागौनाले सारै फाइदा हुन्छ | यसको गुदी र जेल निकालेर कपालको जरामा लागौनाले कपाल बाक्लो र बलियो हुन्छ |
घिउ कुमारीको जेल लाई मेहंदिमा मिसायर कपालमा लगाउनाले कपाल चमकदार र स्वस्थ हुन्छ |