१७ माघ,
हङकङ । बराह ज्वेलरीका सञ्चालक इन्द्रकुमार विश्वकर्माको मंकी हिलमा मृत
भेटिएका छन् । उनी शुक्रबारदेखि सम्पर्क बाहिर रहेका थिए ।
स्थानीय ओरियण्टल दैनिकको अनलाइन संस्करण
अनुसार उनको शव कामसान कन्ट्री पार्कस्थित भिरालो जंगलको रुखमा झुण्डिएको
अवस्थामा भेटिएको हो । उनले आत्महत्या गर्न लागेको र खोजी नगर्नु भनेर
मोबाइल मार्फत श्रीमतीलाई बताएको समाचारमा उल्लेख गरिएको छ ।
विश्वकर्माका व्यापारिक सहयोगी लवकुमार
गुरुङले उक्त समाचारमा उल्लेख गरिएको विवरण सत्य रहेको पुष्टि गर्दै
भने-’शुक्रबार बेलुका किरण बहिनीले इन्द्र दाइले फोनमा भनेको कुरा बताउने
बित्तिकै प्रहरीलाई खबर गरेर हामी पनि खोजीमा लागेका थियौं, कुकुरसहित
रातभर खोज्दा पनि अत्तोपत्तो पाउन सकिएन ।’
उनका अनुसार विश्वकर्माले मोवाइलमा
श्रीमतीलाई पहिला घुम्न गएको ठाउँमा आफू रहेको र खोजी नगर्नु भन्दै सम्पर्क
विच्छेद गरेका थिए । प्रहरीले शव भेटिएको खबर गरेपछि घटनापश्चात नेपालबाट
आएका उनका छोरा शिव लामिछानेलगायतले मंकी हिल पुगेर उनको पहिचान गरेका थिए ।
‘बुवाले आत्महत्या गर्नु हुन्छ भन्ने
कल्पनासमेत गरेका थिएनौं, त्यही भएर घटनाको बारेमा केही भन्न
सकिन्न’लामिछानेले भने-’प्रहरीको प्रक्रिया पुरा भएपश्चात लास नेपाल लाने
मनस्थितिमा रहेका छौं ।’
धरानबाट शुरु भएको बराह ज्वेलरीको
काठमाडौं, पोखरा र बेलायतपश्चात गत जूनमा हङकङमा शाखा खोलिएको थियो ।
त्यसपश्चात विश्वकर्मा नेपाल-हङकङ ओहोर-दोहोर गरिरहेका थिए ।
सुरेन्द्र पौडेल, काठमाडौं, माघ १७ -
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले 'वैदेशिक रोजगार कल्याणकारी कोष'
सञ्चालनमा ल्याउने तयारी गर्दै छ। अफ्ठेरो परेका बेला व्यवसायी तथा कामदार र
तीनका परिवारका लागि कोष मार्फत संघले आर्थिक सहायता उपलब्ध गराउने छ।
एक महिना भित्र कोष सञ्चालनमा आउने संघले जनाएको छ। वैदेशिक
रोजगारका क्रममाः रोजगारदाता कम्पनीका कारण कामदार अलपत्र परे, दुर्घटनामा
परी घाइते वा मृत्यु भए निज तथा तीनका परिवारलाई कोष मार्फत सहायता रकम
उपलब्ध गराइने छ।
कोष सञ्चालनका लागि तयार पारिएको निर्देशिकामा 'आर्थिक सहायता सम्बन्धी
व्यवस्था' स्पष्ट गरिएको छ। आर्थिक सहायता सम्बन्धी व्यवस्थामा कामदारलाई
मात्र होइन, तीनका परिवारलाई समेत समेटिएको छ।
'एक महिनाभित्र वैदेशिक रोजगार कल्याणकारी कोष सञ्चालनमा ल्याउने योजना छ,' नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले जानकारी दिए, 'कोष मार्फत पिडित व्यवसायी र कामदारलाई आर्थिक सहायता उपलब्ध गराने व्यवस्था गरिएको छ।'
तामाङका अनुसार संघका सदस्यता प्राप्त व्यवसायीले कामदारको अन्तिम स्विकृति लिंदा सेवा शुल्क वापत लिएको रकमबाट प्रतिव्यक्ति ५ सय रुपैयाँ कोषमा बुझाउनु पर्नेछ। एक व्यक्ति विदेश पठाए वापत व्यवसायीले कामदारबाट ५ हजार रुपैयाँ लिन पाउने कानूनी प्रावधान छ। 'कामदार र व्यवसायी दुवैलाई थप लागत नपर्ने गरी कोषमा रकम जम्मा गरिने छ,' उनले भने।
प्रत्येक बर्ष वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो छ। गत आर्थिक बर्ष ०६८/०६९ मा अन्तिम श्रम स्वीकृति लिई ३ लाख ८४ हजार ६ सय ६५ कामदार गएका थिए। आर्थिक बर्ष ०६९/०७० को पहिलो ६ महिनामा अन्तिम श्रम स्वीकृती लिनेको संख्या अघिल्लो बर्षभन्दा निकै बढि छ। आर्थिक बर्ष ०६८/०६९ को आँकडालाई आधार मान्ने हो भने पनि संघले प्रति व्यत्तिको पाँच सय उठाए कोषमा एकै बर्षमा १९ करोड २३ लाख ३२ हजार ५ सय रुपैयाँ जम्मा हुनेछ।
कोषमा गरिएको आर्थिक सहायता सम्बन्धी व्यवस्थामा तीनवटा अवस्थामा कामदार तथा तीनका परिवारलाई सहयोग गरिने उल्लेख छ। जस अर्न्तगत वैदेशिक रोजगार क्रममाः मृत्यु भएका कामदारको नाबालिक सन्तानलाई शैक्षिक सहायता, रोजगारदाता कम्पनी टाट पल्टेको कारण फर्केका र दुर्घटनामा परि अंगभंग वा मृत्यु भएमा तीनका परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने छ।
संस्थागत श्रम स्वीकृती लिई गएका कामदारको मृत्यु भए कोषले तीनका नावालिक सन्तानलाई आर्थिक सहायता सम्बन्धी व्यवस्था अर्न्तगत शैक्षिक सहायता गर्नेछ। सामुदायिक र सरकारी विद्यालयमा अध्ययन गर्न बार्षिक शुल्क, शैक्षिक सामाग्री, ड्रेस र एकमुष्ट जिन्सी सामान उपलब्ध गराइने छ।
'शैक्षिक सहायता एकदेखि एसएलसीसम्म बढिमा १० बर्ष प्रदान गरिने छ,' अध्यक्ष तामाङले भने, 'कम्तीमा बार्षिक १० हजार रुपैयाँ उपलब्ध गराइने छ।'
रोजगारदाता कम्पनी टाट पल्टेका कारण संस्थागत रुपमा ग्ाएको कामदार एक बर्षभित्र फर्कनु परे निजलाई कोषले जाँदा लागेको खर्च समेत उपलब्ध गराउने छ। निःशुल्क भिसा र टिकटमा गएकाहरुका सम्बन्धमा भने यो लागू नहुने जनाइएको छ।
यस्तै, संस्थागत रुपमा गई दुर्घटनामा परी अंगभंग वा मृत्यु भए निज कामदार तथा उसको परिवारलाई आर्थिक सहयोग व्यवस्था पनि गरिएको छ। कोष सञ्चालनमा आएपछि अंगभंग भएकालाई बढिमा दुई लाख रुपैयाँ र मृत्यु भएकाको परिवारलाई कम्तीमा दुई लाख रुपैयाँ सहयोग स्वरुप उपलब्ध गरिने उनले बताए।
सरकारबाट इजाजतपत्र लिई नेपाल वैदेशिक रोजगार व्यवसायी संघको सदस्य संस्थाका सम्पूर्ण प्रमाणित शेयर हेल्डर व्यवसाय सञ्चालन गरिरहेको अवस्थामा कारणवस दुर्घटनामा परि अंगभंग वा मृत्यु भएमा पनि कोषबाट आर्थिक सहयोग पाउने व्यवस्था गरिएको छ। यसैगरी वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई संघको सदस्यता प्राप्त गरी संचालनमा रहेको व्यवसायीको कार्यालय बिभिन्न कारण (प्राकृतिक प्रकोप, भैपरी आउने बिपत्ति) बाट क्षति भएमा समेत आर्थिक सहयोग पाउने छन्।

जुम्ला, माघ १७-चार वर्षअघि बोतामालिका-८ जुम्लाका गोविन्द रावतसँग बाध्यकारी विवाह गर्न पुगेकी दीपा रावतको जीवन घरेलु हिंसाका कारण अहिले कहालीलाग्दो मोडमा पुगेको छ। डाँडाखाली-५ सुर्खेत जन्मघर भएकी दीपाको घरमा बाबुको मृत्यु र आमाको मानसिक अवस्था बिग्रिएपछि पारिवारिक वातावरणमा ग्रहण लागेको थियो।
आफ्नै घरमा दाजु भाउजू भए पनि बस्ने वातावरण सहज नभएपछि आफू सुर्खेत इत्राममा फुपू भीमकला थापासँग बस्दै आएको उनी बताउँछिन्। यही क्रममा सुर्खेतमा होटेल व्यवसाय गर्दै आएकी जुम्ला शनिगाउँ निवासी रुपक्यौडा थापासँग भेट हुँदा उनले आफूलाई जुम्लाका एक धनी र असल केटासँग विवाह गराईदिन्छु भनेपछि आफू आश्वस्त भएको उनको भनाइ छ।
पछि होटेल व्यावसायी थापाले जुम्लाबाट केटा मगाइ सो केटासँग कुनै परिचय नै नगराइ सुर्खेतबाट हवाइजहाजद्वारा सोझै जुम्ला भगाइ कोही कसैलाई नभन्नु भनी सल्लाह दिएको उनी बताउँछिन्। जुम्ला पुगेको धेरै समयपछि मात्र आफ्नो पति भनिएको व्यक्ति आंशिक दृष्टिविहीन रहेको थाहा पाएको बताउने दीपाको डेढ वर्ष पतिसँग टकरावमै बित्यो
जब दीपाको गर्भमा बच्चा रहेको पति गोविन्द रावतलाई थाहा भयो, त्यसपछि दीपाका दुःखका दिनहरु सुरु भए। केही समयपछि दीपाबाट एक छोरी जन्मिइन, तर रावतले 'यो छोरी मेरो होइन, जसको हो त्यसै कहाँ लग, म तँलाइ श्रीमती बनाएर राख्न सक्दिन' भन्दै गाली र कुटपिट गर्दा पनि दुई वर्षसम्म सहेर बसेको उनी बताउँछिन्।
घरमा सासु र समाजका अन्य भद्रभलाद्मीले आफूलाई धेरै सहयोग गर्दा पनि पतिबाटै पीडा सहन नसकेर दुई वर्षकी छोरी छोडी करिब एक महिना अगाडि घर छोडेर इलाका प्रहरी चौकी हाडसिंजाको सम्पर्कमा आएको दीपाले बनाइन्।
त्यसपछि हाडसिंजा प्रहरी चौकीमा पीडक पक्षका मान्छेहरु कसैले पनि पीडित दीपाको जिम्मा नलिएपछि प्रहरीले पुस २१ गते विराट-९ सिजामा रहेको सामुदायिक सेवा केन्द्रकी अध्यक्ष संजु उपाध्यायको जिम्मामा दीपालाई सुम्पेको थियो। उनको जीवनको रक्षा र भविष्यको सुनिश्चिताका लागि अध्यक्ष उपाध्यायले पीडित दीपालाई सदरमुकाम ल्याएपछि महिला तथा बालबालिका कार्यालयले कुनै वास्ता नगर्दा झन् पीडा थपिएको अध्यक्ष उपाध्यायले बताए। प्रहरीको महिला तथा बालबालिका निकायले पनि दीपालाई जिल्ला सेवा केन्द्र जान सिफारिस गर्योक। स्थानीय विकास अधिकारी अर्जुनकुमार थापाले पनि कुनै ठोस निर्णय दिन नसकेपछि जिल्ला सेवाकेन्द्रकी अध्यक्ष भगवती श्रेष्ठले आश्रयको सुनिश्चिता गर्न जिल्ला प्रशासन कार्यालय जुम्लामा लगे।
त्यहाँ प्रजिअ हरि प्याकुरेलले अल्पकालीन आश्रयका लागि सेवा केन्द्रकी अध्यक्ष श्रेष्ठलाई राख्न सल्लाह दिँदै पीडित दीपालाई न्याय दिलाउन यथाशीध्र कारबाही अगाडि बढाउन सरोकारवालाहरुसँग तत्काल छलफल गरिने बताउनुभएको छ। पीडित दीपालाई केही समयका लागि घरेलुहिंसा तथा यौनजन्य दुर्व्यावहारबाट प्रभावित महिलाका लागि आश्रयसहितको जिल्ला सेवा केन्द्रमा राखिएको छ। रासस
कञ्चनपुर, माघ १७- कञ्चनपुरको दोधाराकी १३
वर्षीय किशोरीमाथि सामूहिक बलात्कार भएको छ। दुई दिनअघि छिमेकीको विवाह
समारोहमा गएका बेला किशोरीमाथि सामूहिक बलात्कार भएको हो।
सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा सोही ठाउँका बबि राना र विकास थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक चतुर्भुज ओझाले बताए।
पीडित किशोरीका बुबाको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय दोधाराले दुवै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको उनले बताए। बलात्कार गराउने कार्यमा एक युवतीको समेत संलग्नता रहेको प्रहरी निरीक्षक ओझाले बताए।रासस

बलिउडमा प्रवेश गरेकी पोर्न स्टार सन्नी लियोनीले अझै पनि आफ्नो पुरानो
छविलाई छोड्न सकेकी छैनन् । पोर्न सिनेमामा काम गर्दै आएकी सन्नी ‘जिस्म २’
मार्फत बलिउडमा प्रवेश गरेकी हुन् । उनै नायिका लियोनीले बाथरुममा हट
फोटोसुट गरेकी छिन् ।
बलिउडमा
प्रवेश गरेपछि सामान्य पहिरनमा देखिन थालेकी सन्नीको बाथरुम फोटोसुटले
धेरैलाई अचम्ममा परेको छ । लियोन हाल ‘रागिनी एमएमएस २’ मा अभिनय गर्नमा
व्यस्त छिन् ।
१७ माघ, चितवन । एकीकृत नेकपा माओवादीका अध्यक्ष
पुष्पकमल दाहाल प्रचण्डकी ठूलीआमा तथा एमाओवादीका नेता नारायण दाहालकी
आमाको गएराती निधन भएको छ ।
लामो समयदेखि पेटको रोगी ८० बर्षकी देउरुपा दाहालको गएराती चितवन शिवनगरमा निधन भएको हो । उहाँको आजै चितवनको देवघाटमा दाहसंकार गरिनेछ । त्यसअघि श्रद्धान्जलीका लागि एकीकृत माओवादी, अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री बाबुराम भट्टराई सहितका नेताहरु आज चितवन जाँदैहुनुहुन्छ ।

१७ माघ, एजेन्सी । २७ वर्षीय एक युवकले आफ्नो ५
महिनाको छोराको हल्लाएरै हत्या गरेका छन् । २७ वर्षीय लि क्लार्कले आफ्नो ५
महिने छोरालाई फकाउने सुरमा हल्लाउँदा छोराको ज्यान गएको बताइएको छ ।
न्युक्यासलमा बस्दै आएका उनले बालककी आमा लुगा किन्न पसल गएका बेला छोरालाई फकाउने क्रममा हल्लाएका थिए । उनले हल्लाउँदा सन्तुलन बिग्रँदा उनको ज्यान गएको बताइएको छ । उनले छोरालाई खुसी राख्न हल्लाएको र त्यसले छोरा हासेको कारण थप हौसला पाएका उनले छोरालाई थप हल्लाउने क्रममा सन्तुलन बिग्रँदा उनको मष्तिष्कमा समस्या देखिएको थियो । ती बालकलाई उनकी आमा आएपछी अस्पताल लगिएको थियो । उनलाई अस्पतालमा अक्सिजन लगाइएको थियो भने उनको मष्तिष्कको स्क्यान समेत गरिएको थियो । स्क्यानमा बच्चाको मष्तिष्कमा रगत देखिएको थियो ।
मष्तिष्कमा रगत देखिएको र आँखाको पछिल्लो भागमा पनि रगत पुगेका कारण उनको अवस्था निकै नाजुक भएको थियो । उनलाई आईसियूमा राखेर उनको उपचार थालिएपनि केही दिनपछी उनको ज्यान गयो ।
बच्चाको मृ्त्यु भएपछी उनका बाबु क्लार्कलाई प्रहरिले पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको थियो । यसैक्रममा उक्त मुद्धाको कारबाहीका लागी अदालतमा उनलाई मंगलबार पुर्याईएको थियो । उनले अदालतसामू आफूले छोरालाई हल्लाएको स्विकार गरेका थिए ।

उदयपुर माघ १७ – धन कमाउन खोटाङ दोर्पा ९ का दिलबहादुर बुढाथोकीलाई न त विदेश जानु परेको छ, न त भारी नै बोक्नु परेको छ । उहाँका कतिपय दौँतरी लाहुरे भए । कोही खाडी मुलुकमा छन् त कोही खेतीपातीमा ।
रोजगारीका लागि दिलबहादुरले कहिल्यै परदेश सोच्नुभएन । कलिलो उमेरदेखि नै बाँसको चोयाबाट थुन्से, डोको, छाप्री, फिपी, खुगि, कुर्सी बनाउन पोख्त ५८ वर्षिय बुढाथोकीलाई घरमै गतिलो ‘जागिर’ मिलेको छ । दोर्पाको बन पाखामा गाई, बाख्रा चराउँदै डोको, थुन्से, छाप्रि बनाउन सिकेका बुढाथोकीले अन्ततः जीवन गुजारा गर्ने माध्ययम यसैलाई बनाउनुभयो ।
‘९ वर्षको छँदा देखि नै बाँसको चोयाबाट यस्ता सामान बनाउन थालेँ । अरु रोजगारी खोज्नतिर लागिएन’, उहाँले भन्नुभयो, ‘यसैबाट आयआर्जनको सम्भावना खोजेँ ।’ चोयाका सामान बेचेर उहाँले बार्षिक रुपमा दुईलाखसम्म कमाउने गर्नुहुन्छ ।
‘महिनामा कम्तीमा पनि १५ हजारसम्म आम्दानी हुन्छ’, उहाँले भन्नुभयो, ‘अर्डर आइरहन्छ । एक्लो ज्यानलाई भ्याइनभ्याइ छ ।’ उहाँले बुनेका मालसमान सदरमुकाममै बिक्री हुन्छन् ।
आवश्यक मेशीनरी औजार नहुँदा अर्डर बमोजिम भने जस्तो सामान अझै बनाउन नसकेको उहाँको भनाई छ ।
उहाँले बनाएका मान्द्रो प्रतिगोटा तीन सय देखि पाँच सय, धान राख्ने थुन्से, भकारी ५ सय देखि १३ सय रुपैयाँमा बिक्री हुँदै आएका छन् । बाबु बाजेको पालादेखि चल्दै आएको पुर्खौली पेशालाई अपनाएर बुढाथोकीले आफ्नो छोराछोरीलाई सुनसरीको धरानमा राखेर पढाउनुभएको छ ।
‘यही कामबाट छोराकोलागि लत्ताकपडा, पढाई खर्च र परिवार धानिरहेको छु’, बुढाथोकीले भन्नुभयो, ‘क्याम्पसको जाडो बिदामा आएका दुई छोरालाई अलिअलि काम सिकाएँ । सीप सिकेर घाटा हुँदैन । दुःखमा काम लाग्छ ।’

अक्सर अपराधिहरु अपराधकर्मका लागि
नयाँ-नयाँ तरिका अपनाउँछन् । अपराधमा उनीहरुको सिर्जनशिलता देखेर पुलिस पनि
बेलाबेला अल्मलिन्छ, छक्क पर्छ ।
योजना अनुसार उनले आफ्नो गुप्ताङमा बिष
राखेर श्रीमानलाई मुख मैथुनका लागि आग्रह गरिन् । तर, गुप्ताङमा अर्के
किसिमको गन्ध आएपछि श्रीमानलाई शंका लाग्यो ।
बेलायती समाचारपत्र द सनले जनाएअनुसार
त्यसपछि श्रीमान त्यहाँबाट भागेका थिए । त्यसपछि श्रीमानले श्रीमतीलाई
अस्पताल लगे । स्वास्थ्य परिक्षण गर्दा चिकित्सकले श्रीमतीको यौनाङमा बिष
राखिएको पुष्टी गरे ।
धन्न श्रीमानले गन्धका कारण श्रीमतीको
यस्तो खतरनाक योजना चाल पाए र मृत्युको मुखबाट जोगिए । यस्तो अपराध गर्ने
योजना बनाएकी ती महिलाको नाम भने संचारमाध्यमले खुलाएका छैनन् ।
ट्वीटरको भिडियो शेयरिङ एप्सलाई लिएर नयाँ
विवाद सुरु भएको छ । पछिल्लो दिनमा ट्वीटरले भिडियो एप्स सुरु गरेको थियो ।
जसको माध्यमबाट प्रयोगकर्ताहरुले छोटो भिडियो क्लिप अपलोड गर्न सक्छन् ।
समाचारमा जनाइएअनुसार यो एप्स प्रयोग
गर्दा आपत्तिजनक सामाग्री अपलोड गर्न नपाउने भनी प्रष्ट उल्लेख छैन ।
यद्यपी उक्त सामाग्रीलाई अनुचित भन्न एक बटम भने राखिएको छ ।
यो बटममा क्लिक गर्नुको अर्थ उक्त भिडियो
समाग्री हटाएको भने हैन । ट्वीटरमा उक्त सामाग्रीसम्वन्धी चेतावनी आएपनि
त्यस्तो भिडियो ट्वीटरमा रहिरहन्छ । फेसबुक र युट्युवमा भने यस्ता तस्वीर र
भिडियोमाथि रिपोर्ट भएमा आबश्यक छानविनपछि हटाउने ब्यबस्था छ ।
पोथी होइन, बास्न लागेको भाले चाहियो’
५ युवतीको समुह एक रेष्टुरेण्डमा जान्छन् र यही संवाद बोल्छन् ।
उनीहरुले खोजेको भाले भर्खरैको पुरुष हो । प्रदर्शनको तयारीमा रहेको
चलचित्र ‘ब्ल्याक नाइट’ मा युवकलाई पैसा तिरेर सम्वन्ध राख्ने युवतीको कथा
देखाउन खोजिएको छ । हिराजबाबु गोर्खालीको लगानीमा तयार भएको यो सिनेमालाई
मधुकर भट्टराइले निर्देशन गरेका हुन् । वल्र्ड टच एक्सप्रेसको प्रस्तुतीमा
तयार भएको सिनेमामा सुरज सिलवाल, निशा रिसाल, अनुपा कार्की, श्रीयस, युनिका
खड्का लगायतका कलाकारको अभिनय छ ।
२१
औ शताब्दिमा पुरुषले मात्र होइन महिलाले पनि पुरुषलाई बलात्कार गर्न
सक्छन् भन्ने बिषयलाई सिनेमाले उठान गरेको छ । सिनेमा भित्र समाजले घृणा
गरेको व्यक्तिलाई माया नदिने हो भने उ कसरी विग्रन्छ भन्ने बिषयलाई समेत
उठान गरिएको छ ।
नेपाली
सिनेमाका लागि यो बिषय नौलो भए पनि दर्शकले यसलाई कसरी स्विकार गर्ने हुन्
त्यो भने हेर्न बाकी छ । चलचित्रमा बिकास चौधरीले संगीत भरेका छन् ।
नायक राजेश हमाल वीरगञ्जबाट रित्तो हात
फर्केका छन् । चलचित्र ‘राजनीति’ को छायांकनका लागि वीरगञ्ज पुगेका हमाल
रित्तो हात फर्किएका हुन् । चलचित्रकर्मीहरुको आन्दोलनका कारण छायांकन समेत
प्रभावित भएपछि चलचित्र ‘राजनीति’ युनिट ३ दिन विरगञ्ज बसेर काठमाण्डौ
फर्किएको हो ।
चलचित्रका
निर्देशक बसन्त निरौलाले अनलाइनखबरसँग भने, ‘३ दिन विरगञ्ज बसियो तर
छायांकन गर्न नपाएपछि रित्तो हात फर्कियौ ।’ उनले निर्माणपक्षलाई ३ दिनमा ५
लाख भन्दा बढि घाटा लागेको जानकारी समेत दिए ।
आइतबारबाट चलचित्रको छायांकन, पोष्ट
प्रोडक्शन समेत ठप्प पारेर चलचित्रकर्मीहरु आन्दोलित छन् । निर्देशक बसन्त
निरौलाले भने, ‘हामीलाई छायांकन समेत बन्द भन्ने थाहा थिएन, तर विरगञ्ज
पुगेपछि छायांकन नगर्नु होला भन्दै फोन आयो ।’ खुल्छ कि भनेर २ दिन
पर्खिएपनि नखुलेपछि आफुहरु छायांकन नै नगरी काठमाण्डौ फर्किएको निरौलाको
भनाई छ ।
नायक राजेश हमाल सहित ४० जनाको युनिट
‘राजनीति’ को छायांकनका लागि वीरगञ्ज पुगेको थियो । कोमल वली, पवित्रा
आचार्य लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रले राजनीतिक बिषयबस्तुलाई
उठान गरेको छ । चलचित्रकर्मीहरुको आन्दोलनले सिंगो सिनेमा नगरी नै प्रभावित
हुदा समेत सरकारले कुनै सुनुवाई गरेको छैन ।
१७ माघ, दाङ । नेपाली काँग्रेसका सभापति
सुशील कोइरालाले एकीकृत माओवादी समयमै नसच्चिए राजसंस्था विलय भएर गएको
नहरबाट बगेर जाने बताउनुभएको छ । कोइरालाले प्रजातन्त्रको मूलधारमा नआए
पञ्चायती र राज संस्थाहरु बिलय भएको नहरबाटै माओबादी पनि बग्ने चेतावनी
दिनुभयो ।
नेपाल प्रेस युनियन दाङले बुधवार
घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले
भन्नुभयो,’एमाओबादीले तानाशाही प्रवृति देखाइरहेको छ । पञ्चायती र राज
संस्थालाई त हटाईयो । माओबादीहरु को हुन र ? यिनीहरुलाई पनि हटाउन गाह्रो
छैन ।’ कोइरालाले एमाओवादीमारहेको हतियारको दम्भ र सैन्य मानसिकता नहटेको
वताउनुभयो । आगामि जेठ १५ सम्ममा संबिधानसभाको चुनाबमा बिपक्षीहरुलाई लौरो
लगाएर पनि ल्याउछु भन्ने प्रधानमन्त्री बाबुरामको भनाई्प्रति इंकित गर्दै
कोइरालाले भन्नुभयो,’ माओबादीमा हतियारको दम्भ छ । उसलाई न कानुन चाहिन्छ न
बिधी नै । ‘
कोइरालाले आफू सिंहदरबारमा फोटो झुण्डाउन
मात्रै प्रधानमन्त्री नबन्ने स्पष्ट पार्नुभयो । अब संबिधान सभाको
पुनःस्थापना हुन नसक्ने भन्दै कोइरालाले जसरी भएपनि नयाँ चुनाब हुनुपर्ने र
त्यसका लागि पहिले सहमतीय सरकार गठन हुनु पर्ने वताउनुभयो । कोइरालाले
सरकारविरुद्ध विपक्षी दलहरुले गरिरहेको आन्दोलन सत्ता प्राप्तीका लागि नभएर
राष्ट्रिय सहमति र नयाँ निर्बाचनका लागि भएको दाबी गर्नुभयो ।
अर्जुन सुवेदी, काठमाडौं, माघ १६
(नागरिक)- प्रजातन्त्र स्थापनामा बलिदान दिने शहीदको सम्झनामा जारी शहीद
सप्ताह मंगलबार सकिँदैछ तर त्यस्ता शहीद कति छन् भन्ने राज्यसँग तथ्यांक
छैन। शहीद घोषणा गर्ने राजनीतिक होडले संख्या बढे पनि त्यसको तथ्यांक
राख्ने निकायबीच समन्वय नहुँदा राज्यले अहिलेसम्म कतिजनालाई शहीद घोषणा
गर्यो भन्नेसम्म यकिन छैन।
जहानियाँ राणाशासनविरुद्ध आवाज उठाउँदा ज्यान गुमाएका गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई सबैले गर्वसाथ शहीदको संज्ञा दिन्छन् तर दस वर्षयता सरकारले दसौं हजारलाई शहीद घोषणा गरे पनि उनीहरुको उचित सम्मानसमेत हुन सकेको छैन। शहीदका नाममा अर्बौँ रुपैयाँ खर्च गरिए पनि को कस्ता शहीद हुन्, कसको योगदान के हो भन्ने विवरण पनि राज्यसँग छैन।
गृह मन्त्रालयसँग १ सय १ जनाको मात्र सूची छ। 'गृहको प्रस्तावमा सरकारले घोषणा गरेका शहीद यिनै हुन्,' गृह प्रवक्ता शंकर कोइरालाले नागरिकसँग भने, 'यसबाहेक अरू शहीदबारे हामीलाई जानकारी छैन।' उनका अनुसार गृह र शान्ति मन्त्रालयमार्फत मन्त्रिपरिषदमा शहीद घोषणाको प्रस्ताव लगिए भए पनि हालसम्म शहीदकै लागि काम गर्ने भनेर कुनै निकाय नरहेकाले समस्या भएको कोइराला बताउँछन्। पुराना शहीदबारे त गृह नै बेखबर रहेको कोइराला स्विकार्छन्।
जनआन्दोलनपछि शान्ति तथा पुनर्निर्माण मन्त्रालयको प्रस्तावमा पनि केही शहीद घोषणा भएका छन् जसको विवरण न गृहसँग छ न शान्तिसँग। 'द्वन्द्वको समयमा मारिएका शहीदमात्रै हाम्रो तथ्यांकमा छन्,' प्रवक्ता भरतप्रसाद पौडेलले भने, 'हालसम्मका सबै शहीद र तिनले पुर्यारएका योगदानबारे एकीकृत तथ्यांक हुनुपर्ने हो, तर अहिलेसम्म छैन।' सात सालयताकै शहीदको संख्या एकीकृत गर्न गृहसँग छलफल भइरहे पनि काम नभएको पौडेल बताउँछन्।
स्रोतका अनुसार लेनदेन झगडामा मारिएका समेत पछिल्लो समय दलीय दबाबमा शहीद घोषणा गरिएको छ। 'सबै शहीदलाई एउटै ठाउँमा राखेर तुलना गर्ने हो भने वास्तविक शहीद त्यसभित्र पनि शहीद नै हुन्छन्,' एक सचिवले भने 'त्यसो नगर्दा शहीदको संख्या नै कति छ भन्ने थाहा पाउन गाह्रो भो।'
लेनदेन, गुन्डागर्दीमा ज्यान गुमाउने, राजमार्ग दुर्घटनामा पर्नेलगायत शहीद घोषणा भएपछि शहीद शब्द नै महत्त्वहीन बन्दै गएको उनको तर्क छ। 'योगदानभन्दा पनि १० लाख रुपैयाँ पाउन शहीद घोषणा गर्ने होडबाजी देखियो,' उनले भने।
वास्तविक शहीदको वर्गीकरण गर्ने भन्दै सरकारले विभिन्न कार्यदल बनाएर सरकारलाई प्रतिवेदन बुझाइसकेको छ तर हालसम्म त्यो कार्यान्वयन हुन सकेको छैन। यसअघि जनयुद्धमा मारिएका माओवादी कार्यकर्तालाई माओवादीले शहीद घोषणा गरेपछि जनआन्दोलन ०६२/६३ शहीद परिवारका १२ सदस्यले आत्मदाहको चेतावनी दिएका थिए। चार वर्षपहिले माओवादी सरकारले द्वन्द्वमा मारिएका आफ्ना साढे ८ हजार कार्यकर्तालाई शहीद घोषणा गरेपछि त्यसले सर्वत्र विरोध खेप्नुपरेको थियो। तीमध्ये करिब २ हजारको नामथर स्पष्ट नभएकाले झन्डै ६ हजारलाई विभिन्न चरणमा गरेर १० लाखका दरले राहत दिने घोषणा गरेको थियो। पछि कांग्रेस समर्थनको माधवकुमार नेपाल सरकारले सत्तासाझेदार २२ दलको समर्थनमा युद्ध र अन्य बेला मारिएका सुरक्षाकर्मी, राजनीतिक कार्यकर्ता र सर्वसाधारण गरी करिब ४ हजार व्यक्तिलाई शहीद घोषणा गरेको थियो।
माओवादीको शहीद तथा बेपत्ता प्रतिष्ठानसँग पनि सशस्त्र युद्धमा मारिएका ८ हजार ६ सय शहीदको मात्र तथ्यांक छ। संविधानसभा निर्वाचनअघि मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका ५३ जनालाई मधेसवादी दलको दबाबमा शहीद घोषणा गरिएको थियो। त्यसबाहेक कार्यक्षेत्रमा खटिएर मारिएका निजामती कर्मचारीलाई निजामति शहीद घोषणा गरेको छ भने मस्जिदमा ज्यान गुमाउनेलाई समेत सरकारले धार्मिक शहीद घोषणा गरेको छ। त्यसबाहेक विद्यार्थी झडपमा मारिनेलाई विद्यार्थी शहीद, लुटेराको आक्रमणमा मारिने वित्तीय संस्थाका कर्मचारील्ाई वित्तीय संस्था कर्मचारी शहीद घोषणा गरिएको छ। गत वर्षमात्रै चितवन जेलभित्र दुईपक्षीय झडपमा मारिएका आफ्ना कार्यकर्ता शिव पौडेललाई शहीद घोषणा माग गर्दै कांग्रेसले बन्द आयोजना गरेको थियो।
त्यस्तै ०६२/६३ को जनआन्दोलनमा घाइते भई त्यसपछि मृत्यु भएका २५ जनालाई राज्यले शहीद घोषणा गरेर उनका परिवारलाई १० लाख रुपैयाँ राहत दिइसकेको छ।
२०४६ सालको जनआन्दोलनमा ४५ र २००७ सालको आन्दोलनमा चार व्यक्ति शहीद भएका थिए।

फेसबुकका
मालिक तथा सहसंस्थापक मार्क जुकरबर्ग राजनीतिमा लागेका छन् । नेपालमा भएको
भए यस्ता चर्चित व्यक्तिलाई कुनै पार्टीले ठूलै पद दिएर भित्राउँथ्यो होला ।
तर जुकरबर्ग भने एक जना नेताको कार्यकर्ता बनेर राजनीतिमा पाइला हाल्न
लागेका हुन् ।
जुकरबर्ग अर्को महिनादेखि न्यु जर्सी
राज्यका गभर्नर क्रिस क्रिस्टीको चुनावी अभियानमा होमिन लागेको फेसबुकले
पुष्टी गरेको छ । अर्बपति जुकरबर्ग क्रिसको चुनावी अभियानका लागि खर्च
जुटाउने कार्यक्रमहरुमा सहभागि हुनेछन् ।
यसै क्रममा मध्य फेब्रुअरीमा उनको
क्यालिफोर्नियास्थित पालो अल्टोमा रहेको घरमा एक कार्यक्रमको आयोजना हुनेछ ।
न्यू जर्सी राज्यका गभर्नर क्रिस्टी समेत सहभागि हुने उक्त कार्यक्रम
आगामी गभर्नरको चुनाव र त्यसको प्रचार अभियानका विषयमा केन्द्रीत हुनेछ ।
स्मरण रहोस् रिपब्लिकन पार्टीका क्रिस्टीलाई अमेरिकाका भावी राष्टपतिका
प्रत्यासी समेत ठानिएको छ ।
रिपब्लिकन पार्टीको कार्यकर्ता बनेका पति
जुकरबर्ग भावी राष्टपतिलाई बोलाएर घरमा राजनीतिक कार्यक्रम गर्न लागेको
प्रति जुकरबर्गकी पत्नी पि्रस्सीला पनि खुसी रहेको एएफपीले जनाएको छ ।
स्मरण रहोस् जुकरबर्ग र क्रिस्टी ३
वर्षदेखि मिल्ने साथीको रुपमा रहेका छन् । जुकरबर्गको घरमा हुने चुनावी
कार्यक्रमबाट ३ हजार ८ सय अमेरिकी डलर रकम उठ्ने अपेक्षा गरिएको छ ।
नायिका निशा अधिकारी यूवा उडान नामको संस्था खोलेर समाज सेवामा होमिएकी
छिन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले
नेपालीहरुकै सहयोगमा नेपालीलाई सहयोग गर्ने उद्देश्यले राहतको लागि उडान
भन्ने नारा सहितको यूवा उडान नामक संस्था गठन गरिएको जानकारी दिईन ।
शितलहरबाट
मृत्यू भएको समाचार आए पछि पाँच जना साथीहरुसँगको सहकार्यमा लुगा संकलन
गरेर वितरण गरेर पछि समाजसेवाको चाहना बढेको उल्लेख गर्दै ब्यक्तिगत
प्रयासलाई संस्थागत गरेर समाजसेवामा होमिएको बताईन ।
उनले आफ्नो संस्थाले अन्तर्राष्ट्रिय र राष्ट्रिय एनजीओ, आइएनजीओबाट कुनै सहयोग नलिई यूवाहरुको समय, शक्ति, साधन र ईच्छाशक्तिको प्रयोगबाट समाजिक सेवा गर्ने स्पष्ट पारिन ।
निशा र उनको समूहले यसअघि रौतहटको जोगौलिया, देबीपुर माझी र मुसहर टोलमा शितलहर पिडीतकालागी न्यानो लुगा वितरण गरेको थियो । यसपछि उनको संस्थाले सरस्वती पुजाको दिन गरिब विद्यार्थीहरुलाई कापी कलम वितरण गर्ने योजना समेत बनाएको पत्रकार सम्मेलनमा निशाले सुनाईन ।
पत्रकार सम्मेलनमा आफ्नो पेशाबाट समय निकालेर समाजसेवा गर्ने जानकारी दिदै तत्काल राजनीतिमा जाने आफ्नो कुनै सोच नरहेको तर सगरमाथा चढ्ने सपना भने अधुरै रहेको सुनाईन ।

काठमाडौं ।
एक नेपाली युवाले आइतबार राजधानीमा रिमोर्ट कन्ट्रोलको माध्यमबाट जमीनमा
उभिएर सानो यानजस्तै ‘हेलीकोप्टर’ आकाशमा उडाई सबैलाई आश्चर्यचकित बनाए ।
ललितपुरका युवा सुनील महर्जनले तयार पारेको सो यान एमाले मुख्यालय बल्खुमा
आयोजित कार्यक्रममा उडाएर देखाइएको हो ।
शुरुमा एमाले उपाध्यक्ष वामदेव गौतमले
रिमोर्ट ‘अन’ गरेर उद्घाटन गरेपछि आविस्कारक सुनीलले बाइनाकुलरजस्तै
रिमोर्ट कन्ट्रोल घाँटीमा झुण्ड्याएर भुईंबाटै ‘हेलीकोप्टर’ आकाशमा उडाए ।
‘क्वाडकोप्टर’ नाम दिइएको यो यानले आकाश चुमेपछि दुईवटा चील अचम्म मान्दै
मेसिन छेउमा आउँदै भाग्दै गरेको दृश्य जमीनबाट निकै रोचक देखिएको थियो ।
यान आकाशमा केहीबेर उडेर पुनः पहिले
राखिएकै टेबलमा ‘ल्याण्ड’ भएको थियो । ल्याण्ड हुने बेलामा साँच्चैको
हेलीकोप्टरले जस्तै धूलोसमेत उडाएको थियो भने टेबलमा रहेको रातो कपडासमेत
हावाले भुइँमा झारेको थियो । भित्री इञ्जिनजस्तै देखिने यो फुच्चे यानको
छेऊमा प्लेनजस्तै आकारको काठले बनेको ढकनीसमेत राखिएको थियो ।
सुनीलले यान उढाउनुअघि एमाले पोलिटब्यूरो
सदस्य गंगालाल तुलाधरले माइकबाट भन्नुभयो-’हाम्रो आन्दोलन दबाउन विगतमा
ज्ञानेन्द्रले हेलिकोप्टर उडाए । अहिले बाबुारमले दैलेखमा जनतालाई दमन गर्न
हेलिकोप्टर उडाए । अब जनताको हेलीकोप्टर उड्ने छ र अब यसले बल्खुको
आकाशबाट एमालेको कार्यक्रम निरीक्षण गर्ने छ ।’
‘हेलीकोप्टर’ टेबलमा फर्किसकेपछि तुलाधरले
फेरि भन्नुभयो- ‘ पढेको मान्छेले त यस्तो काम पो गर्नुपर्छ । बाबुरामले त
डाक्टर पढेको रे तर बन्दूक बोक्नमात्रै जाने । त्यस्तो पढाइ के पढाइ ?’
आविस्कारक युवा के भन्छन् ?
आइतबार बल्खुमा उडाइएको क्वाडकोप्टरमा
एउटा १२ भोल्टको ब्याट्री प्रयोग गरिएको थियो भने मोटर र पंखा ४/४ बटा थिए ।
सानो आकारको सामान्य यान बनाउन न्यूनतम १५/१६ हजार खर्च लाग्ने सुनील
बताउँछन् । मान्छे बस्न मिल्ने पनि बनाउन सकिने तर, अलि बढी खर्च लाग्ने
उनको भनाइ छ ।
‘क्वाडकोप्टर’ उडाउने युवा सुनील महर्जन
ललितपुरको बालकुमारीमा आफ्नो परिवारले सञ्चालन गरेको हेन्डीक्राफ्ट पसलमा
काम गर्छन् । ०३७ साल असारमा जन्मिएका सुनीललेसेन्ट जेभियर्स र ललितपुरकै
सगरमाथा स्कुलबाट माध्यमिक तह पार गरेका हुन् । उनले व्यवस्थापनमा १२
कक्षासम्म पढेका छन् ।
सानैदेखि विज्ञानप्रति रुची भएकाले ८/१०
वर्ष अघि नै यस्तो मेसिन आकाशमा उडाएको उनले अनलाइनखबरलाई बताए । ‘घरमा ५/७
वटा अझै छन्, केही क्र्यास भए । धेरैवर्ष अघि यस्तो आविस्कार गरिसकेको भए
पनि द्वन्द्वका बेला अप्ठ्यारो पर्ने डरले बाहिर आउन सकिँन ।’ महर्जनले
भने-’यसमा क्यामेर राखेर आकाशबाट भिडियो खिच्न सकिन्छ, भर्खरै मनकामनामा
यसैगरी भीडियो खिचेको छु ।’
‘क्वाडकोप्टर’मा आकर्षक ढकनीसमेत राख्न
सकिने र बढी रकम खर्च गरेर राम्रो बनाउन मिल्ने सुनीलको कथन छ । यसमा
लाग्ने सामान मल्टी रोडरजस्तै भएको उनले अनलाइनखबरलाई बताए । आफूले कतैबाट
प्रोत्साहन पाए देशका लागि केही गर्न सक्ने उनले बताए । आफूले कुनै पार्टी
वा गुटको नभई सिंगै देशका लागि काम गर्न चाहेको समेत उनले अनलाइनखबरसँग भने
।
सुनीलले केही महिनाअघि काठमाडौंको चोभारमा उढाएको ‘क्वाडकोप्टर’ को भिडियो उनको युट्युबमा समेत हेर्न सकिन्छ ।
हेर्नुस भिडियो
१६ माघ, ललितपुर । एकीकृत माओवादीका
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाओवादीलाई जनताले अझै १० वर्ष सत्ता
चलाउन दिने दावी गर्नु भएको छ ।
एमाओवादी ललितपुरको ७ औं जिल्ला सम्मेलनको
मंगलवार उद्घाटन गर्दै प्रचण्डले जनताको विश्वास अझैपनि एमाओवादीमै रहेको
वताउनुभयो । दलित, जनजाति, मुस्लिम लगायत सबैको मुद्दालाई उठाएकोले
एमाओवादीको जनतासंग रहेको बलियो सम्बन्ध कसैले टुटाउन नसक्ने उहाँको भनाई छ
।
जेठ १५ भित्रै नयाँ निर्वाचन गर्न आफूहरु
जस्तोसुकै त्याग गर्न तयार रहेको भन्दै प्रचण्डले कांग्रेस-एमाले तयार
नभएपछि देशलाई चुनावमा जान अब सबैले रोक्न नसक्ने बताउनुभयो । उहाँले
भन्नुभयो-’नयाँ निर्वाचनमा जान एमाओवादीले के गर्नु पर्छ, जस्तो सुकै त्याग
र बलिदान गर्न हामी तयार छौँ । तर निर्वाचन जेठ १५ भित्रै निर्वाचन
हुनुपर्यो ।’
प्रचण्डले अब नेपालमा परिवर्तन
विरोधीहरुको भविष्य नरहेको समेत वताउनुभयो । उहाँले दैलेखमा १०-१५ जनालाई
ढुंगा हान्न लगाएर विपक्षी दल काँग्रेस एमालेले लोकतन्त्रमा फाशिष्ट चरित्र
देखाएको आरोप लगाउनुभयो ।
नथ्थी लाएर विपक्षीलाई चुनावमा ल्याउँछौं: भट्टराई
प्रधानमन्त्री एवं एमाओवादी उपाध्यक्ष डा.
बाबुराम भट्टराईले विपक्षी दलहरु चुनाव हुन नदिन षड्यन्त्र गरिरहेको भन्दै
नथ्थी लाएर विपक्षीलाई चुनावमा ल्याउने बताउनु भयो । उहाँले
भन्नुभयो-’चुनाव हुन नदिन विपक्षीहरुले षड्यन्त्र गरिरहेका छन् । उनीहरुलाई
हामीले नथ्थी लगाएर भएपनि चुनावको बाटोमा ल्याउँछौ ।’
प्रधानमन्त्री भट्टराईले जसरी भएपनि
जेठभित्र नयाँ निर्वाचनमा जानु पर्ने वताउनुभयो । उहाँले
भन्नुभयो-’काँग्रेस-एमालेसहितका दलहरु चुनावदेखि डराइरहेका छन् । यदि
जनताको विश्वास छ भने चुनावमा जान किन डराउनु पर्यो ?’
भट्टराईले लोकतान्त्रिक गणतन्त्रका
उपलब्धिहरुलाई संस्थागत गर्नेवेलामा दलहरु चिढिएको भन्दै चिन्ता व्यक्त
गर्नुभयो । भट्टराईले हेटौँडामा हुने पार्टीको ७ औं महाधिवेशनवाट पार्टी
नयाँ कार्यदिशाका साथ अगाडि वढ्ने विश्वास व्यक्त गर्नु भयो ।
१६ माघ, काठमाडौं । नेकपा एमालेका नेता
केपी शर्मा ओलीले चलचित्रकर्मीहरुको मागप्रति समर्थन जनाउँदै आन्दोलनलाई
अझै सशक्त बनाउन सुझाव दिनुभएको छ । चलचित्र विकास बोर्डमा धर्ना तथा
अनसनमा बसेका चलचित्रकर्मीहरुलाई भेटेर ओलीले उनीहरुको आन्दोलनमा पार्टीको
तर्फबाट ऐक्यबद्धता जनाउनुभएको छ । मंगलबार दिउँसो आन्दोलनरत
चलचित्रकर्मीहरुलाई भेटेर ओलीले आन्दोलनलाई आफूहरुले पनि सहयोग रहने वचन
दिनुभयो ।
हरेक क्षेत्रलाई कार्यकर्ता भर्तीको
केन्द्र बनाउने सत्तारुढ दलको नीति चलचित्र क्षेत्रमा पनि भएको भन्दै ओलीले
आपत्ति जनाउनुभयो ।ओलीले भन्नुभयो-’सद्धे मान्छेलाई समेत धुलो पारेर
कुट्दा पनि मरेन भनेर गाड्ने जातकाहरुले तपाईंहरुको माग पूरा गर्छन् जस्तो
मलाई लाग्दैन’ पत्रकार डेकेन्द्र थापाको प्रसंग निकाल्दै ओलीले भन्नुभयो ।
उहाँले चलचित्रकर्मीहरुको जायज मागलाई सम्बोधन नगरी दुःख दिएको भन्दै
सरकारको विरोध पनि गर्नुभयो ।
आन्दोलनमा सम्बोधन गर्नुअघि ओलीले सोमबार
१२ बजेदेखि रिले अनशनमा बसेका कलाकारहरुलाई जुस खुवाएर अनशन तोडाएका थिए ।
उनले नायिकाहरु केकी अधिकारी, पि्रयंका कार्की, बिनिता बराल, नायक बाबु
बोगटी, निर्माता राजेश घतानी, कलाकार आकाश खवासलाई जुख खुवाएर रिले अनशन
तोडाउनुभएको हो ।
६ जना चलचित्रकर्मी आमरण अनशनमा
रिले अनशनमा बस्दा समेत सरकारले मागमा
सुनुवाई नगरेपछि ६ जना चलचित्रकर्मीहरु आमरण अनशनमा बसेका छन् । निर्देशक
बिमल पौडेल, नायक मुकेश ढकाल, निर्देशक एम.एस अंग्रज, कलाकार निला बस्नेत,
प्राविधिक संघका महासचिव अनन्त तिमिल्सिना, निर्देशक सूर्य रेग्मी आमरण
अनसनमा बसेका हुन् । शहीद दिवसको दिनमा आमरण अनशनमा बसेको भन्दै
चलचित्रकर्मीहरुले चलचित्र उद्योगका लागि आफुहरु शहीद हुन पनि तयार रहेको
बताएका छन् ।
१६ माघ, काठमाण्डौ । एकीकृत माओवादीका
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाओवादीलाई जनताले अझै १० वर्ष सत्ता
चलाउन दिने वताउनु भएको छ । एमाओवादी ललितपुरको ७ औँ जिल्ला सम्मेलनको
मंगलवार उद्घाटन गर्दै प्रचण्डले जनताको विश्वास अझैपनि एमाओवादीमै रहेको
वताउनुभएको हो ।
प्रचण्डले प्रचण्डले मुलुकलाई निकास दिन
जेठ १५ भित्रै ताजा जनादेशका लागि नयाँ निर्वाचनमा जानु पर्नेमा जोड दिनु
भयो । नयाँ निर्वाचनमा जान आफूहरु जस्तोसुकै त्याग गर्न तयार रहेको भन्दै
प्रचण्डले नयाँ निर्वाचनमा जान तयार रहन विपक्षी काँग्रेस एमालेलाई आग्रह
गर्नुभयो । उहाँले भन्नुभयो,’नयाँ निर्वाचनमा जान एमाओवादीले के गर्नु
पर्छ। जस्तो सुकै त्याग र बलिदान गर्न हामी तयार छौँ । तर निर्वाचन जेठ १५
भित्रै निर्वाचन हुनुपर्यो ।’ प्रचण्डले जेठ १५ भित्र नयाँ निर्वाचनमा जान
विपक्षी दलले अस्विकार गरेपनि निर्वाचनमा जान कोही कसैले रोक्न नसक्ने
वताउनुभयो ।
एमाओवादीले दलित, जनजाती, मुस्लिम लगायत
सबै जातिका मुद्दालाई जाडेदारका साथ उठाएकाले एमाओवादीको जनतासंग रहेको
बलियो सम्बन्ध कसैले टुटाउन नसक्ने प्रचण्डको भनाई छ । प्रचण्डले अब
नेपालमा परिवर्तन विरोधीहरुको भविष्य नरहेको समेत वताउनुभयो । उहाँले
दैलेखमा १०-१५ जनालाई ढुंगा हान्न लगाएर विपक्षी दल काँग्रेस एमालेले
लोकतन्त्रमा फाशिष्ट चरित्र देखाएको आरोप लगाउनुभयो ।
यस्तै प्रधानमन्त्री समेत रहेका पार्टी
उपाध्यक्ष डा. बाबुराम भट्टराईले विपक्षी दलहरु चुनाव हुन नदिन षड्यन्त्र
गरिरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,’चुनाव हुन नदिन विपक्षीहरुले
षड्यन्त्र गरिरहेका छन् । उनीहरुलाई हामीले लठ्ठी लगाएर भएपनि चुनावको
बाटोमा ल्याउँछौ ।’ मुलुकलाई निकास दिनुको विकल्प नरहेको भन्दै
प्रधानमन्त्री भट्टराईले जसरी भएपनि जेठभित्र नयाँ निर्वाचनमा जानु पर्ने
वताउनुभयो ।
उहाँले भन्नुभयो,’काँग्रेस-एमालेसहितका
दलहरु चुनावदेखि डराइरहेका छन् । यदि जनताको विश्वास छ भने चुनावमा जान किन
डराउनु पर्यो ?’ भट्टराईले लोकतान्त्रिक गणतन्त्रका उपलब्धिहरुलाई
संस्थागत गर्नेवेलामा दलहरु चिढिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
भट्टराईले हेटौँडामा हुने पार्टीको ७ औँ महाधिवेशनवाट पार्टी नयाँ
कार्यदिशाका साथ अगाडि वढ्ने विश्वास व्यक्त गर्नु भयो ।