बुधबार नेपाल, भारत लगायतका देशमा कृष्णजन्माष्टमी मनाइरहदा बलिउड नायिका शर्लिन चोपडाले भने अनौठो तबरले पुजा गरिन् । १६ सय गोपिनीका एक्ला प्रेमि मानिएका श्रीकृष्णलाई खुशी पार्न सेक्सी गर्ल शर्लिनले आफूलाई न्यूड बनाइन् । उनले ट्विटरमा आफ्नो तस्बिर ट्विट गर्दै लेखिन्, ‘आफ्नो दिनको सुरुवात गर्नु पहिला म सम्पुर्ण फ्यानहरुलाई जन्मदिनको शुभकामना दिन चाहन्छु ।’उनले शरीरमा कुनै पनि पहिरन लगाएकी थिइनन् । उसो त शर्लिन यतिबेला ‘कामसुत्र थ्रीडी’ नामक चलचित्रमा काम गरिरहेकी छिन् । यो चलचित्रमा शर्लिनले थुप्रै न्यूड दृश्य दिएकी छिन् । यसैले पनि उनलाई नाङ्गीन कुनै धक लाग्दैन । कृष्णको पूजा गर्दै आफ्ना फ्यानहरुलाई शुभकामना दिने शर्लिनको यो तरिकालाई पनि मान्नैपर्छ ।
काठमाण्डौ - आगामी शनिबारदेखि राजधानीमा सुरु हने साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको अन्तिम छनोट गरिएको छ ।
नेपालका मुख्य प्रशिक्षक ज्याक स्टोफानोस्कीले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी सागर थापाको नेतृत्वमा २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
घोषित टोलीमा अनिल गुरुङ्ग, भरत खवास, जुमनु राई, सन्तोष साहुखल र बिमल घर्ती मगर फरवार्डमा छानिएका छन । त्यस्तै मिडफिल्डमा भोला सिलवाल, राजु तामाङ, जगजित श्रेष्ठ, बिक्रम लामा, टंक बस्नेत र प्रकाश बुढाथोकी छन् ।
रक्षकमा सागर थापा, रविन श्रेष्ठ, रोहित चन्द, सन्दीप राई, बिराज महर्जन र सविन्द्र श्रेष्ठ छन् । गोलरक्षकमा किरण चेम्जोङ, रितेश थापा र विशाल श्रेष्ठ रहेका छन् ।
नेपाली टोलीमा रहेका बिजय गुरुङ, निराजन खड्का, अनन्त तामाङ, टेकबहादुर बुढाथोकी र बिजय धिमाल अन्तिम छनोटमा अटाएनन् ।
शनिबार नेपालले बंगलादेशसँग पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुआत गर्ने भएको छ।
तस्विर सौजन्य : गोल नेपाल डटकम
काठमाण्डौ - नेपाल क्रिकेट संघ क्यानले विश्वकप छनोट तयारीका लागि ब्याटिङ विशेषज्ञ अस्ट्रेलियन प्रशिक्षक ल्याउने भएको छ। अस्ट्रेलियाका क्रि ह्यारिस विश्वकप तयारीका लागि प्रशिक्षणमा सहयोग गर्न नेपाल आउन लागेको आजको अन्नपूर्णमा खबर छ।
ह्यारिस हाल अस्ट्रेलियाको घरेलु क्लब भिक्टोरीयाका प्रशिक्षक हुन्।नेपालको टिट्वान्टी र एक दिवसीय विश्वकप दुबैको तयारीलाई लक्षित गरी अस्ट्रेलियका प्रशिक्षक ल्याउन लागिएको हो।
नेपालले टिट्वान्टी विश्वकप आगामी नोभेन्बरमा यूएईमा खेल्दैछ।एक दिवसीय विश्वकप छनोट भने सन् २०१४को सुरुमा न्यूजिल्यान्डमा खेल्ने छ।दुबै प्रतियोगिता नेपाली क्रिकेटको हालसम्मकै सबैभन्दा महत्वपूर्ण प्रतियोगिता हुन्।
योगेश रावल कैलाली, भदौ १२ - कैलालीका १० जना क्रिकेट खेलाडीले निःशुल्क अध्ययनका साथै राष्ट्रिय स्तरको प्रशिक्षणसमेत पाउने भएका छन्। काठमाण्डौको हिमालयन ह्वाइट हाउस कलेजले उनीहरुलाई निशुल्क शिक्षाका साथै राष्ट्रिय क्रिकेट एकेडेमीबाट प्रशिक्षणको व्यवस्था गर्ने भएको छ।
कलेजले देशका पाँच वटै विकास क्षेत्रबाट ४० जना क्रिकेट खेलाडीलाई यो अवसर जुराएको हो। जसमध्ये कैलालीबाट १० जना खेलाडी छनोटमा परेका छन्।
कैलालीका ४० जना क्रिकेट खेलाडीमध्येबाट आज भएको छनोटमा १० जना छानिएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाश शाहीले जानकारी दिएका छन्।
उनले क्रिकेट खेलाडी न्युरिन अन्सारी, ललीत बम, सौरब बम, सन्जय पन्त र बिराट मल्ल छनोट भएको जानकारी दिएका छन्।
त्यस्तै रोमन बम, प्रकास सिंह, कुवेर शाह, बल्लभ दाहाल र बिरेन्द्र शाहीले समेत यो अवसर प्राप्त गरेको शाहीले बताए।
छनोटमा परेका खेलाडीहरुको अध्ययनमा लाग्ने सबै खर्च कलेजले निशुल्क गर्नुका साथै राष्ट्रिय क्रिकेट एकेडेमीबाट प्रशिक्षण समेत प्रदान गर्ने कलेजका अध्यक्ष युवराज शर्माले जानकारी दिएका छन्।
खेलाडी छनोटका क्रममा धनगढी पुगेका शर्माले खेलाडीहरुले खाने बस्ने व्यवस्था भने आफै गर्नुपर्ने बताए। उनले आर्थिक अवस्था निकै कमजोर रहेको खेलाडीका हकमा भने खानेबस्ने व्यवस्था समेत गर्न सकिने बताए।
'हाम्रो अभियानमा खाने बस्ने व्यवस्था गर्ने भन्ने छैन' उनले भने–'तर राम्रो खेल्छ तर उसको परिवारले काठमाण्डौंमा राख्न सक्ने अवस्था छैन भने त्यो बारेमा सोच्न सकिन्छ।'
उनले पारस खड्का, विनोद दास लगायतका क्रिकेट खेलाडीलाई समेत कलेजले यसअघि छात्रवृत्ति प्रदान गरेको बताए।
'शिक्षाका साथसाथै खेलकुदलाई पनि सँगै लैजानु पर्छ भनेर सानो सहयोग गर्ने प्रयास गरेका हौं' अध्यक्ष शर्माले भने–'अन्य खेलका खेलाडीलाई समेत निशुल्क शिक्षाको बारेमा सोच बनाईरहेका छौं।'
सो अवसरमा कलेजका खेल प्रशिक्षक तथा किर्तिमानी खेलाडी दीपक बिष्टले स्थानीय स्तरका शैक्षिक संस्थाले पनि खेलाडीलाई निशुल्क अध्ययनको बन्दोबस्त गर्नुपर्ने बताए।
उनले खेलकुदमा राम्रो गर्न सक्यो भने पढ्न पनि पाईन्छ भन्ने विश्वास भयो भने धेरै व्यक्ति खेलकुदको क्षेत्रमा प्रवेश गर्ने बताए।
'खेलकदुमा लागेर पनि केही पाईन्छ भन्ने वातावरण बन्यो भने अनि धेरै व्यक्ति खेलकुदमा आउने छन्' उनले भने–'तब मात्रै स्तरीय खेलाडी जन्मिनेछन्।'
उनले अवसर पाए क्षमता भएको खेलाडीले राम्रो प्रदर्शन गर्न सक्ने भन्दै छनौट भएका खेलाडीले नेपालको राष्ट्रिय क्रिकेट टीमको नेतृत्व गर्नेमा आफू आशावादी रहेको बताए।
'म पनि यही धनगढी नजिकैको गाउँबाट यहाँसम्म पुगेको छुँ। सबै अवसर प्राप्त भएर सम्भव भएको हो' उनले भने–'अवसर नपाएर थुप्रै खेलाडी गुमनाम भएका छन्।'
हालै नेपाल क्रिकेट संघको क्षेत्र नम्बर ६ बाट विभाजन भएर क्षेत्र नम्बर ९ भएको धनगढीमा आशलाग्दा क्रिकेट खेलाडी रहेका छन्। क्षेत्र नम्बर ९ मा कैलाली, कञ्चनपुर, डोटी र अछाम जिल्ला रहेका छन्।
हालको क्षेत्र नम्बर ९ बाट भुवन कार्की, प्रदिप ऐरी, नरेश बुढाऐर, विनोद भण्डारी र चन्द्र साउँद राष्ट्रिय क्रिकेट टीममा सहभागी छन्। महिला क्रिकेट तर्फ पनि सोनु खड्का लगायत महिला राष्ट्रिय टीममा रहेका छन्।
काठमाण्डौ - अखिल नेपाल फुटबल सँघ का अध्क्षय गणेश थापा ले फेरी एक पटक नेपाली क्रिकेट को बारेमा मुख खोलेका छन् । तर यस पटक भने उनले क्रिकेट को खुलेरै तारिफ गरेका छन् । आज साझ एक निजि टेलिभिजन लाई अन्तरवार्ता दिदै गणेश थापा ले भने " म पनि एक नेपाली भएको ले क्रिकेट ले गरेको प्रगति बाट एकदमै खुसी छु " । साथै उनले नेपाली क्रिकेट को सफलता देखी कहिल्यै पनि रिस नउठेको र आफु अधक्ष्य भएको बेलामा फुटबल लाई उपाधि दिलाउन नसकेको मा दुखी भएको पनि भन्न भ्याए ।
स्मरण रहोस् नेपाली क्रिकेट टिम ले डिभिजन थ्री जित्नु खासै ठुलो उपलब्धि नभएको भन्ने अभिब्यक्ति दिए पछि गणेश थापा बिबाद मा आएका थिए ।
जनावरले मान्छेको बच्चा जन्माएको र मान्छेले जनावरको बच्चा जन्माएको खबर नयाँ होइन । केही साताअघि मात्र महिलाले घोडाको बच्चा जन्माएकी थिइन् । त्यस्तै हालै एक महिलाले बाख्रा आधारको शिशु जन्मएकी छन्।
रुवान्डाको रुबाबुमा एक महिलाले जन्माएको बच्चा मानिस हो वा जनावर पहिचान गर्नै कठिन भएको छ । मुकेशिमाना एलिजाबेथ नामकी महिलाले जन्माएको बच्चा देखेर सिंगै गाउँमा हल्लीखल्ली मच्चिएको छ । आइजीआइएचइ डट कमका अनुसार मुकेशिमाना नौ महिने गर्भवती थिइन् । अचानक एक रात पेटमा तिब्र दुखाई महशुस भयो । घरमा सबै जना खुस थिए । अब घरमा सानो पाहुना आउनेमा सबै खुसियाली मनाउने तयारीमा थिए । तर, अचम्मको शारीरिक संरचना भएको बच्चा जन्मियो सबै आश्चर्यचकित भए । बच्चाको शरीर केही हदसम्म बाख्रासँग मिल्छ । तर, यो न जनावर हो न मान्छे छुट्याउन गाह्रो भएको छ ।
अचम्मको कुरा त मुकेशिमाना गर्भावस्थाका क्रममा नियमित रुपमा चिकित्सकीय जाँच गराएकी थिइन् । तर डाक्टरहरुले कहिल्यै यसप्रकारको आशंकासमेत गरेका थिइएनन् । एजेन्सी
काठमाडौं - अवैध सम्पत्ति मुद्दामा विशेष अदतलतले मागेको धरौटी बुझाउन नसक्दा राजीव गुरुङ (दीपक मनाङे) लाई विशेष अदालतले मंगलबार डिल्लीबजार कारागार पठाएको छ। आपराधिक गतिविधिबाट १४ करोड सम्पत्ति आर्जन गरेको अभियोग लागेका मनाङेसँग अदालतले २ करोड ९० लाख रुपैयाँ धरौटी मागेको थियो।
थुनछेक बहस सकिएपछि मंगलबार विशेष अदालतका अध्यक्ष केदारप्रसाद चालिसे र सदस्यद्वय मोहनरमण भट्टराई र भुपेन्द्रप्रसाद राईको इजलासले गुरुङसँग धरौटी लिएर छाड्न आदेश दिएको थियो। धरौटी रकम जम्मा गर्न नसकेपछि उनलाई मंगलबार नै कारागार पठाइयो। मनाङेले धरौटी नबुझाएपछि कारागार पठाएको अदालतका उपसचिव केशवप्रसाद घिमिरेले बताए।
उनकी जेठी श्रीमती पासाङ डोेमा गुरुङ भने धरौटी बुझाएर रिहा भइन्। उनीसँग अदालतले २ लाख ५० हजार धरौटी मागेको थियो। उनले नगदै बुझाएकी थिइन्। मनाङेलाई डिल्लीबजार कारागारमा राखिएको छ। कुनै समय मनाङेका 'चेला' रहेका गणेश लामा पनि एक महिनादेखि सोही कारागारमा छन्।
उनी पनि मनाङेझैँ आपराधिक गतिविधिबाट सम्पत्ति आर्जन गरेको अभियोगमा विशेषले मागेको धरौटी नबुझाएपछि कारागार पठाइएका हुन्।
आपराधिक गतिविधिबाट २७ करोड रकम जोडेको अभियोग लागेका लामासँग विशेषले साउन ३ मा ३ करोड धरौटी मागेको थियो।
छ वर्षअघिसम्म गणेश रात्रिकालीन व्यापारमा मनाङेका सहयोगी थिए। रक्तचन्दन तस्करीबाट अकुत सम्पत्ति जोडेपछि उनी मनाङेसँग छुट्टिएर काभ्रेली समूहका नाइके भएका थिए।
डिल्लीबजार कारागार मनाङेको रोजाइको हो। आपराधिक अभियोगमा कारागार चलान हुँदा उनी सधैं डिल्लीबजार नै रोज्छन्। अदालतले पनि उनलाई रोजाइकै कारागार पठाउँदै आएको छ।
१४ करोड ७३ लाख ३१ हजार रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै सम्पत्ति शुद्धीकरण विभागले जेठमा मनाङेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
अनुसन्धानमा उनको नाममा देखिएको सम्पत्तिको वैध स्रोत नदेखिएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरोले सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको प्रतिवेदनका आधारमा मनाङेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको थियो।
जेठमा मुद्दा दायर भएर अदालतले उनलाई पटकपटक उपस्थित हुन जारी गरेको म्याद गुजारेपछि ब्युरोकै टोलीले शुक्रबार कमलपोखरीको सिटी सेन्टरमा पक्राउ गरी आइतबार अदालतमा बुझाएको थियो। मनाङेलाई अदालतमा बुझाएपछि उनकी श्रीमती आफैं हाजिर भएकी थिइन्।
आइतबार उनको नाममा देखिएको काठमाडौंको १८ आना, नुवाकोट ककनीमा ७७ रोपनी जग्गा, वेस्ट पोइन्ट ढुंगा रोडा, इच्छामाई ढुंगा रोडा, गोसाइँकुण्ड क्रसर रोडा, ढुंगा, गोगो बार, क्लब डाइजेस्टी, त्रिलोक प्लाजा, अक्टोपस ट्रेकिङ, ओमश्री ओम मल्टिपर्पोज कम्पनी, मनाङ इन्टरनेसनल ट्रेडर्समा भएको ७४ लाख लगानी लगायतको सम्पत्ति स्रोतबारे बयान लिइएको थियो।
अदालतमा बयानका क्रममा उनले जेठी पत्नी गुरुङ २०५८ मै आफूसँग सम्पत्ति लिएर छुट्टै बस्ने गरेको, र हाल कान्छी श्रीमती दिछेन लामा गुरुङसँग बस्ने गरेको बताउँदै आफ्नो सम्पत्तिको स्रोत वैध भएको र आफूले आपराधिक गतिविधिमा लागेर सम्पत्ति नजोडेको दाबी गरेका थिए।
आफू विभिन्न व्यापारमा संलग्न रहेको, विदेशमा गएर काम गरेर पैसा कमाएको, कवाडीको कारोबार गर्ने गरेको र वैदेशिक रोजगारीका लागि युवालाई कोरिया पठाएर केही रकम जोडेको भए पनि आफूसँग अहिले त्यसको प्रमाण नभएको उनले अदालतलाई बयान दिएका छन्।
मनाङले बयानमा पासाङसँग विवाह गर्दा ससुरालीबाट ४ लाख पाएको, युवाहरु लिएर हङकङ, बंगलादेश गएर सामान ल्याउने गरेको, कोरियामा कामदार पठाउने गरेको, भारतको नागाल्यान्डमा गार्मेन्ट चलाएको पनि बताएका छन्।
बयानअनुसार स्रोत खुल्ने प्रमाण पुष्टि हुन नसकेपछि सरकारी वकिलले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने माग गरे पनि विशेषले धरौटी मागेको थियो।
विशेषले मनाङेझैं आपराधिक गतिविधिबाट सम्पत्ति कमाएको दाबीसहित आएका मुद्दाका अभियुक्तसँग धरौटी नै माग्ने गरेको छ।
ययअघि, विशेषले पर्शुराम बस्नेत र चक्रे मिलन र गणेश लामासँग धरौटी मागेको थियो। बस्नेत धरौटी तिरेर रिहा भए। चक्रे अर्को अभियोगमा कारागारमै रहेकाले उनले धरौटी बुझाएनन्। सम्पत्तिको अनुसन्धान क्रममा अभिषेक गिरी र उनकी श्रीमती अनिशा गिरी भने म्याद गुजारेर बसेका छन्।
- See more at: http://www.nagariknews.com/feature-article/story/6135#sthash.vTeLnjOf.dpuf
थुनछेक बहस सकिएपछि मंगलबार विशेष अदालतका अध्यक्ष केदारप्रसाद चालिसे र सदस्यद्वय मोहनरमण भट्टराई र भुपेन्द्रप्रसाद राईको इजलासले गुरुङसँग धरौटी लिएर छाड्न आदेश दिएको थियो। धरौटी रकम जम्मा गर्न नसकेपछि उनलाई मंगलबार नै कारागार पठाइयो। मनाङेले धरौटी नबुझाएपछि कारागार पठाएको अदालतका उपसचिव केशवप्रसाद घिमिरेले बताए।
उनकी जेठी श्रीमती पासाङ डोेमा गुरुङ भने धरौटी बुझाएर रिहा भइन्। उनीसँग अदालतले २ लाख ५० हजार धरौटी मागेको थियो। उनले नगदै बुझाएकी थिइन्। मनाङेलाई डिल्लीबजार कारागारमा राखिएको छ। कुनै समय मनाङेका 'चेला' रहेका गणेश लामा पनि एक महिनादेखि सोही कारागारमा छन्।
उनी पनि मनाङेझैँ आपराधिक गतिविधिबाट सम्पत्ति आर्जन गरेको अभियोगमा विशेषले मागेको धरौटी नबुझाएपछि कारागार पठाइएका हुन्।
आपराधिक गतिविधिबाट २७ करोड रकम जोडेको अभियोग लागेका लामासँग विशेषले साउन ३ मा ३ करोड धरौटी मागेको थियो।
छ वर्षअघिसम्म गणेश रात्रिकालीन व्यापारमा मनाङेका सहयोगी थिए। रक्तचन्दन तस्करीबाट अकुत सम्पत्ति जोडेपछि उनी मनाङेसँग छुट्टिएर काभ्रेली समूहका नाइके भएका थिए।
डिल्लीबजार कारागार मनाङेको रोजाइको हो। आपराधिक अभियोगमा कारागार चलान हुँदा उनी सधैं डिल्लीबजार नै रोज्छन्। अदालतले पनि उनलाई रोजाइकै कारागार पठाउँदै आएको छ।
१४ करोड ७३ लाख ३१ हजार रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै सम्पत्ति शुद्धीकरण विभागले जेठमा मनाङेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
अनुसन्धानमा उनको नाममा देखिएको सम्पत्तिको वैध स्रोत नदेखिएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरोले सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको प्रतिवेदनका आधारमा मनाङेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको थियो।
जेठमा मुद्दा दायर भएर अदालतले उनलाई पटकपटक उपस्थित हुन जारी गरेको म्याद गुजारेपछि ब्युरोकै टोलीले शुक्रबार कमलपोखरीको सिटी सेन्टरमा पक्राउ गरी आइतबार अदालतमा बुझाएको थियो। मनाङेलाई अदालतमा बुझाएपछि उनकी श्रीमती आफैं हाजिर भएकी थिइन्।
आइतबार उनको नाममा देखिएको काठमाडौंको १८ आना, नुवाकोट ककनीमा ७७ रोपनी जग्गा, वेस्ट पोइन्ट ढुंगा रोडा, इच्छामाई ढुंगा रोडा, गोसाइँकुण्ड क्रसर रोडा, ढुंगा, गोगो बार, क्लब डाइजेस्टी, त्रिलोक प्लाजा, अक्टोपस ट्रेकिङ, ओमश्री ओम मल्टिपर्पोज कम्पनी, मनाङ इन्टरनेसनल ट्रेडर्समा भएको ७४ लाख लगानी लगायतको सम्पत्ति स्रोतबारे बयान लिइएको थियो।
अदालतमा बयानका क्रममा उनले जेठी पत्नी गुरुङ २०५८ मै आफूसँग सम्पत्ति लिएर छुट्टै बस्ने गरेको, र हाल कान्छी श्रीमती दिछेन लामा गुरुङसँग बस्ने गरेको बताउँदै आफ्नो सम्पत्तिको स्रोत वैध भएको र आफूले आपराधिक गतिविधिमा लागेर सम्पत्ति नजोडेको दाबी गरेका थिए।
आफू विभिन्न व्यापारमा संलग्न रहेको, विदेशमा गएर काम गरेर पैसा कमाएको, कवाडीको कारोबार गर्ने गरेको र वैदेशिक रोजगारीका लागि युवालाई कोरिया पठाएर केही रकम जोडेको भए पनि आफूसँग अहिले त्यसको प्रमाण नभएको उनले अदालतलाई बयान दिएका छन्।
मनाङले बयानमा पासाङसँग विवाह गर्दा ससुरालीबाट ४ लाख पाएको, युवाहरु लिएर हङकङ, बंगलादेश गएर सामान ल्याउने गरेको, कोरियामा कामदार पठाउने गरेको, भारतको नागाल्यान्डमा गार्मेन्ट चलाएको पनि बताएका छन्।
बयानअनुसार स्रोत खुल्ने प्रमाण पुष्टि हुन नसकेपछि सरकारी वकिलले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने माग गरे पनि विशेषले धरौटी मागेको थियो।
विशेषले मनाङेझैं आपराधिक गतिविधिबाट सम्पत्ति कमाएको दाबीसहित आएका मुद्दाका अभियुक्तसँग धरौटी नै माग्ने गरेको छ।
ययअघि, विशेषले पर्शुराम बस्नेत र चक्रे मिलन र गणेश लामासँग धरौटी मागेको थियो। बस्नेत धरौटी तिरेर रिहा भए। चक्रे अर्को अभियोगमा कारागारमै रहेकाले उनले धरौटी बुझाएनन्। सम्पत्तिको अनुसन्धान क्रममा अभिषेक गिरी र उनकी श्रीमती अनिशा गिरी भने म्याद गुजारेर बसेका छन्।
- See more at: http://www.nagariknews.com/feature-article/story/6135#sthash.vTeLnjOf.dpuf
५ भदौ, काठमाडौं । नेपाल सिंगापुरमा जारी इमर्जिङ टिम्स कप क्रिकेटको समूह चरणवाटै बाहिरिएको छ । समूह चरणको खेलमा बुधवार पाकिस्तानको २३ वर्ष मूनिको टोलीसंग ९ विकेटले पराजित भएपछि नेपाल अंकतालिकामा खाता नै नखोलि समूहचरणवाटै बाहिरिएको हो ।
नेपालले दिएको १ सय ५७ रनको विजयी लक्ष्य पाकिस्तानले ३३ दशमलब १ ओभरमा १ विकेटको क्षतिमा भट्टाएको हो । पाकिस्तानका लागि बबर अजामले नट आउट एक सय तथा हम्मद अजामले नट आउट ४१ रनको योगदान दिए । अजिम गुम्मानले भने १५ रनको योगदान दिए ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । नेपालका लागि ओप्नर ब्याट्सम्यान सुवास खकुरेलले सर्वाधिक ७८ रनको योगदान दिए । यस्तै विनोद भण्डारीले १६, बसन्त रेग्मीले नटआउट १६ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्ल १० रनमा पभेलियन फर्किए । यस्तै सरद भेष्वाकरले ८, सागर पुन र अनिल मण्डलले समान ५-५ रन जोडे भने शक्ति गौचनले मात्र २ रन जोडे ।
यस्तै कप्तान पारस खड्का र चन्द्र साउन समान १-१ रन जोडे । अविनाश कर्ण भने खाता नै नखोलि पभेलियन फर्किएका थिए । यसअघि नेपाल पहिलो खेलमा अफगानिस्तानसँग ३ रनले तथा दोस्रो खेलमा भारतसंग ८४ रनले पराजित भएको थियो ।
बलिउडमा निकै फेशनेवल नायीकाको रुपमा छवी बनाएकी नायीका सोनम कपुर केही दिन एउटा कार्यक्रमा अफ्ट्यारोमा परिन् ।स्टारडस्ट पत्रिकाको कभर ल लञ्चिङमा पुगेकी निकै रिभीलिङ ड्रेस लगाएकी थिइन्। उनका साथमा नायक इमरान खान समेत थिए।सोनमले लगाएको ड्रेस निकै राम्रो भएपनि सार्वजनिक कार्यक्रम भएकाले वारड्रोव मालफंसन हुने संभावना पनि निकै थियो।कार्यक्रममा भयो पनि त्यस्तै, बस्न खोज्दा उनको ड्रेस तल झर्न थाल्यो तर ठुलो घट्नाबाट भने बचिन्। उनेल लगाएको लुगा पाखूराबाट तल आएको थियो। उनले निकै मुश्किलले आफ्नो लुगा मिलाउन सफल भएकी थिइन् ।नायीका सोनम चर्चित नायक अनिल कपुरकी छोरी हुन। उनले सन २००७ मा चलचित्र सावरियाबाट बलिउडमा पाइला टेकेकी थिइन्।
मुम्बई । सन् २००७ मा फिल्म ‘ओम शान्ति ओम’बाट आफ्नो फिल्मी करियर शुरु गरेकी नायिका दीपिका पादुकोणले सुरुवाती दिनदेखिनै सफलता हात पारेकी छन् ।
पछिल्लो समय दीपिकाको ‘रेस–२’, ‘ये जवानी है दीवानी’ र हाल आएर ‘चेन्नई एक्सप्रेस’ले बक्स आफिसमा सबै रेकर्ड ब्रेक गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बलीउड नायिकामा दीपिकालाई पनि स्टार नायिकाका रुपमा लिन थालिएको छ ।
‘अहिले यो मेरो समय हो,’ एक प्रश्नको जवाफ दिँदै दीपिकाले भनिन्, ‘सबैलाई अहिले मेरो समय आएको लाग्छ भने त्यो कुरा सहि हो ।’
दीपिकाले आफ्नो दिन चम्केर आएको आफूलाई पनि लाग्ने गरेको बताईन् । नायिका दीपिकाले आफ्नो काम ज्यादा लगनका साथ गर्ने गरेको बताईन् ।
‘मलाई थाहा छ,’ दीपिकाले भनिन्, ‘मेरो निजी र पारिवारिक सहयोगका कारण पनि म सफल भएकी हुँ ।’ उनले आफ्ना लागि परिवारले धेरै बलिदान गरेको बताईन् ।
राम्रो काम गरे पछि अन्त्यमा राम्रो परिणाम आउँछ भने त्यसलाई अन्यथा लिन नहुँने उनको भनाई छ ।
दीपिकाले हालै प्रदर्शनमा रहेको फिल्म ‘चेन्नई एक्सप्रेस’मा नायक शाहरुख खानसँग खेलेकी छन् । शाहरुखसँगै दीपिकाले ‘ओम शान्ति ओम’मा काम गरेकी थिईन् ।
‘जति सफल भईन्छ । त्यसलाई बचाउन त्यति नै मुस्किल हुन्छ,’ दीपिकाले भनेकी छन् ।
दीपिका सीमित सफल नायिकामा पर्छिन् । जो मोडलिङबाट फिल्म क्षेत्रमा प्रवेश गर्छन् ।
‘चेन्नई एक्सप्रेस’मा नायिका बनाएकोमा शाहरुखलाई दीपिकाले धन्यावाद दिएकी छन् । अहिले पनि शाहरुखले पहिला जस्तै ख्याल राख्ने गरेको दीपिकाको भनाई छ ।
बलिउडकी चलेकी नायीका प्रियंका चोपरा हाल अमेरिकामा एक विज्ञापनको छायांकन व्यस्त छिन। उनि विज्ञापनको छायांकनको क्रममा न्युयोर्कको सडकमा उत्रिदाँ ट्राफिक जाम नै भएको थियो। विज्ञापनको लागि पोज दिँदै सडकमा हिडेपछि केही आवागमन रोकिएको थियो भने ३० सुपुर सुन्दरी प्रियंकालाई हेर्न मानिसको लाइन लागेको थियो। कालो रंगको लुगामा देखिएकी प्रियंका कालै चश्मामा निकै हट देखिएकी थिइन्। प्रियंका चलचित्र क्रिश ३ को प्रोमो सार्वजनिक चर्चासंग थप चर्चामा पनि छिन्। चलचित्रमा उनि र नायक ऋतिक रोशनबिचको रहेको भनिएको स्पाइडर म्यान स्टाइलको चुम्बन रहेको चर्चा छ।
न्युयोर्क, मिस नेपाल अमेरिका २०१३ को ताज बर्तिका राईले पहिरन सफल भएकी छन् । शनिबार राती न्युयोर्कमा सम्पन्न भएको अन्तीम फाईनल शोमा १६ जना प्रतिस्प्रर्धीलाई पछाडि पार्दै न्युयोर्कमा बस्दै आएकी राईले मिस नेपाल अमेरिका २०१३ को ताज पहिरन सफल भएकी हुन् । त्यस्तै फस्ट रनर अपको ताज क्यालीफोर्नियाकी अनुजा मगरले प्राप्त गरेकी छन् भने सेकेण्ड रनर अपको ताज टेक्सासकी सोनी पाठकले पहिरन सफल भएकी छन् । मिस नेपाल अमेरिका २०१३ को जज टिममा टेलिभिजनकर्मि किरण क्षेत्रीको संयोजकत्व रहेको थियो । मिस नेपाल अमेरिका २०१३ की बिजेतालाई मिस नेपाल अमेरिका २०१२ आस्था श्रेष्ठ र मुख्य जज किरण क्षेत्रीले पहिराइदिएका थिए । मिस नेपाल अमेरिकाकी बिजेताले ५ हजार अमेरिकन डलरको छात्राबृतीका साथै नेपाल पर्यटन बोर्डको ब्राण्ड एम्बास्डरको उपाधी समेत पाएकी छन् ।
नायिका करिश्मा मानन्धर र नायक राजेश हमालको जोडी पर्दामा सधै नै जमेको छ । राजेश र करिश्माको बिचमा विभिन्न खालका चर्चा पनि बजारमा हुने गर्दछन् । उसो त नायिका मानन्धर पनि आफ्नो र राजेशसँगको जोडी सर्वाधिक चर्चामा रहेको स्विकार गर्न पछि पर्दिनन् ।तर सार्वजनिक कार्यक्रममा नायक राजेश हमाल र करिश्मा नबोलेको भन्ने कुरा सधै चर्चामा आइरहन्छ । करिश्मा पनि यो कुरालाई स्विकार गर्दै भन्छिन्, ‘मानिसलाई हेर्दा त्यस्तो लागेको हो र यस्तो लाग्नु स्वभाविक पनि हो ।’ राजेशजी को कम बोल्ने स्वभाव हुनु, कहिलेकाही नमस्कार गर्दा पनि नफर्काउने जस्तो बानीले पनि आफुहरु बिच धेरै बोलचाल नहुने उनको तर्क छ ।
करिश्माले राजेश र आफ्नो सम्बन्धको बिषयमा मानिसले कल्पना मात्र गरेको भन्दै त्यस्तो कल्पनालाई स्वभाविक र सकारात्मक भनेकी छिन् । उनका अनुसार कुनै पनि मानिसको अफेयर चलेपनि २० बर्षसम्म नचल्ने भन्दै आफू र राजेशको बिषयमा चल्ने विभिन्न टीप्पणीहरु मानिसको कल्पना मात्र भएको बताइन् ।
आफूले राजेश हमाललाई सधै नै सम्मान गर्ने बताउदै उहाँले पनि मलाई सम्मान गर्नुहुन्छ भन्ने लागेको करिश्मा बताउछिन् । राजेशलाई सन्देश दिनुहोस् भन्दै करिश्माले अझै अगाडी आफूहरु काम गर्नुपर्छ भन्ने पछि परिनन् ।
काठमाडौ, भाद्र ४ - नेपाल सद्भावना पार्टीका अध्यक्ष सरिता गिरी रत्नपार्कस्थित शान्तिवाटिकामा आठ दिनदेखि अनसनमा बसेकी छन् । उनले आफ्ना माग पूरा नभएसम्म आमरण अनशन जारी राख्ने बताएकी छन् ।
गिरीले जनसंख्याको अनुपातमा निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने, संविधानसभामा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने, नागरिकताविहीन मधेसीलाई नागरिकता उपलब्ध गराइनुपर्ने लगायतका ३० सुत्रीय माथ राखेर साउन २७ देखि अनसनमा थालेकी हुन् ।
उच्च स्तरीय राजनीतिक समितिस“ग मधेसी जनअधिकार फोरम नेतृत्वको मोर्चाले गरेको ६ बु“दे सहमतिले मधेसी जनतास“ग अन्याय भएको भन्दै उनले त्यसको खारेजीको माग पनि राखेकी छन् ।
४ भदौ, काठमाडौं । लगानी बोर्डले विभिन्न जलविद्युत् आयोजनाहरूसँग आयोजना विकास सम्झौता (पिडिए)को प्रक्रिया अगाडि बढाए पनि नीतिगत समस्याका कारण सोचेजति प्रगति हुन सकेको छैन । लगानी बोर्डका सहसचिव मुकुन्द पौडेलले नेपालको सन्दर्भमा पिडिएको अवधारणा नयाँ भएकाले समस्या आएको बताउनुभयो । विद्युत् ऐन, सार्वजनिक खरिद ऐन, व्यापार तथा वाणिज्य ऐनलगायत विभिन्न १० वटा ऐनमा सुधार नगर्दासम्म ठूला जलविद्युत् आयोजनामा वैदेशिक लगानी भित्रयाउन समस्या भएको बोर्डको बुझाइ छ ।
सहसचिव पौडेलले विदेशी लगानीकर्ताले विद्युत् ऐनमा रहेका केही प्रावधानमा प्रश्न उठाएका छन्, ती ऐन संशोधन गर्न व्यवस्थापिका संसद्को आवश्यकता पर्दछ, यतिखेर संसद नभएका कारण पनि समस्या थपिएको बताउनुभयो । बोर्डले सहज वातावरण बनाएर लगानीकर्तालाई विश्वास दिलाउने प्रयास गरिरहेको र केही समयपछि पश्चिम सेती जलविद्युत् आयोजनाको सम्बन्धमा काम अगाडि बढाउने प्रयास गरेको सहसचिव पौडेलको भनाइ छ ।
arun-river
कुल ७५० मेगावाट क्षमताको सो आयोजना चिनियाँ कम्पनी थ्री गर्जेजले निर्माण गर्ने विषयमा नेपाल सरकार र चिनियाँ पक्षबीच गत साल प्रारम्भिक सम्झौता भए पनि थप विषय अगाडि बढ्न सकेको छैन । “चिनियाँ पक्षले वार्तामा आउने विश्वास दिलाएको छ, केही दिनभित्रै दुई पक्षबीच वार्ता हुन्छ र सो आयोजनाको काम अगाडि बढ्छ भन्नेमा हामी विश्वस्त छौँ”- उहाँले भन्नुभयो ।
पश्चिम सेती जलविद्युत् आयोजनाका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने र विद्यमान ऐन नियमको परिधिभित्र रहेर पिडिएको काम पनि अगाडि बढाउने सोच बोर्डले राखेको उहाँको भनाइ छ । बोर्डले माथिल्लो कणर्ाली जलविद्युत् आयोजनाको प्रवर्द्धक जिएमआर, अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवर्द्धक जिन्दाल पावरलगायतका प्रवर्द्धकसँग पिडिएको प्रक्रिया अगाडि बढाएको छ । “विद्यमान नीति नियमको परिधिमा रहेर के कति गर्न सकिन्छ सोही विषयमा नै रहेर हामीले प्रक्रिया अगाडि बढाएका छौँ , तर नीतिगत समस्या भने कायम नै छ”, सहसचिव पौडेलले भन्नुभयो ।
यस्तै विभिन्न आयोजनाबाट उत्पादन भएको विद्युत् डलरमा खरिद गरिएको र नेपाल विद्युत् प्राधिकरणलाई धरासायी बनाइएको भन्दै आगामी दिनमा कुनै पनि आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद गर्दा नेपाली रुपैयाँमा नै खरिद गर्ने विषयमा रणनीति बनाउन ऊर्जा मन्त्रालयका सहसचिव केशवध्वज अधिकारीको संयोजकत्बमा एक समितिसमेत गठन गरिएको छ । सो समितिले विद्युत् खरिदका सम्बन्धमा के कसरी प्रक्रिया अगाडि बढाउन सकिन्छ भन्ने विषयमा प्रतिवेदन तयार पार्ने जनाइएको छ । रासस
प्यालेस्टाइन हृयाकरले सामाजिक सञ्जाल फेसबुक संस्थापक मार्क जुकरबर्जको एकाउन्ट हृयाक गरेका छन् ।
प्यालेस्टाइन आईटी एक्सपर्ट खलिल श्रेटेहले पटक पटक फेसबुकको एकाउन्ट सुरक्षाका लागि दिएको सुझाव वेवास्ता गरेको भन्दै जुकरबर्गकै एकाउन्ट हृयाक गरेका हुन् । फेसबुकले एकाउन्ट सुरक्षाबारेको त्रुटि पत्ता लगाउनेलाई पुरस्कार दिने गरेको छ ।
दोस्रो पटक पनि फेसबुक एकाउन्ट सुरक्षाबारे इमेल गरेका उनलाई फेसबुक मुख्यालयबाट 'प्राविधिक त्रुटि नरहेको' जवाफ आएपछि संस्थापककै एकाउन्ट हृयाक गरेर देखाएका हुन् । इन्फरमेशन सिस्टममा बीए गरेका उनले मार्क जुकरबर्गको फेसबुक हृयाक गर्दा पश्चाताप नभएको बरु आफ्नो क्षमतालाई प्रमाणित गरेको प्रतिक्रिया दिएका छन् ।
उसो त नेपाली सिने जगतमा आफ्नो प्रतिद्धन्दी कलाकारहरुको तारिफ भन्दा पनि आलोचना गर्नेहरु धेरै छन् । विशेषगरी अर्काको राम्रो भन्न नसक्ने कलाकारहरुको संख्या पनि यहाँ कम छैन ।तर शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘महशुश’की नायिका केकी अधिकारीले भने आफ्नै सहकर्मीहरुबाट राम्रो तारिफ पाइरहेकी छिन् । केकीले ‘महशुश’मा गरेको अभिनयले धेरैको मन पनि जितेको छ । ‘महशुश’मा नायिका अधिकारी गौरीको भूमिकामा देखिएकी छिन् ।
केकीको प्रशंसा गर्दै अर्की नायिका पि्रयंका कार्कीले फेसबुकमा आफ्नो अनुभव साटेकी छिन् । उनले केकीको अभिनयले आफूलाई गर्व लागेको भन्दै नेपाली सिने नगरीमा वास्तविक अभिनय गर्ने नायिका रहेकोमा खुशी लागेको बताएकी छिन् ।
केकीको अभिनयलाई लिएर यस अघि पनि केही कलाकारहरुले तारिफ भरिएको शब्द कोरेका थिए । आर्यन सिग्देल, बेनिशा हमालको समेत अभिनय रहेको यो चलचित्रबाट नायिका केकी अधिकारीले विशेष प्रशंसा पाइरहेकी छिन् । कल्याण घिमिरेको निर्माणमा नबल नेपालले निर्देशन गरेको यो चलचित्रले व्यापार भने सामान्य गरेको छ ।
फेसबुकमा अनावश्य कुराहरु लेखेर समय खर्च गर्ने नेपाली सिनेमाका कलाकारहरुले सिने नगरी र अन्य कलाकारको बिषयमा सकारात्मक कुरा लेखेको खण्डमा पक्कै पनि सबैलाई फाइदा नै मिल्ने छ ।
३ भदौ, काठमाण्डौं । तिव्रगतिका धावक उसेन बोल्टले विश्व एथलेटिक्स च्याम्पियनसिपमा ४ गुणा १ सय मिटरमा स्वर्ण जितेका छन् । यससँगै उनी रुसको मस्कोमा जारी विश्व च्याम्पियनसिपको सर्वाधिक सफल खेलाडी बनेका छन् ।
च्याम्पियनसिपमा उनले ८ स्वर्णसहित १० पदक जितेपछि बोल्टले महान धावक कार्ल लेविस र एलीसन फेलिक्सको कीर्तिमानसँग बराबरी गरेका छन् । यद्यपी लेविसले ८ स्वर्ण, एक रजत र एक कास्य जितेका थिए भने बोल्टले ८ स्वर्ण र दुई रजत जितेका छन् ।
४ गुणा १ सय मिटरको दौड पूरा गर्न बोल्टले ३७ दशमलव ३६ सकेण्ड लगाए ।
४ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले विजयी सुरुवात गरेको छ । सोमबार राति भएको खेलमा आफ्नो पहिलो खेलमा म्यानचेष्टर सिटीले १० खेलाडीमा सिमित न्यूक्यासललाई ४–० ले पराजित गरेको हो ।
नयाँ प्रशिक्षक म्यानुअल पेलेग्रिनीको डेब्यू खेलमा डेभिड सिल्भाले दोस्रो मिनेटमा ने गोल गरे । इडेन जोकोको पासमा उनले गोल गरेका हुन् । २२ औं मिनेटमा सर्जिओ एग्युरोले सिटीको अग्रता दोब्बर पारे । पहिलो हापको अन्तिममा स्टिभिन टेलरले रातो कार्ड पाएपछि न्यूक्यासल १० खेलाडीमा सिमित भयो ।
५५ औं मिनेटमा पाएको फ्रिकिकमा याया टोरे गोल गरे भने ७५ औं मिनेटमा समिर नासरीले गोल गरेपछि ४–० ले विजयी भयो ।









बलिउड नायक आमिर खानले खलनायकको भूमिकामा अभिनय गरेको चलचित्र ‘धुम ३’ को चर्चा अहिले चुलिएको छ । चलचित्रको फष्ट लुक सार्वजनिक भएसँगै यसको चर्चा निक्कै चुलिएको हो ।हालै मात्र चलचित्रको सेटलाइट्स राइटका लागि एक टेलिभिजन कम्पनीले ७५ करोडको अफर गरेको छ । यशराज व्यानरको निर्माणमा बनेका सबैजसो चलचित्र सोनी टेलिभिजनबाट प्रशारण हँुदै आएको छ । तर ‘धुम ३’ का लागि भने सोनीको दुश्मन मानिएको अर्को एक टेलिभिजनले ७५ करोडमा सेटलाइट राइट्स खरिद गर्ने प्रस्ताव गरेको छ । तर यस बिषयमा यसका निर्माता आदित्य चोपडाले केही पनि बोलेका छैनन् ।
यसैबिच आमिर खान अभिनित यो चलचित्रको हालै मात्र सार्वजनिक गरिएको पोष्टर चोरिएको आरोप भारतिय संचारमाध्यमहरुले जनाएका छन् । चलचित्रको पोष्टर एक हलिउड सिनेमाबाट नक्कल गरिएको आरोप लगाइएको छ । ‘द डार्क नाइट’ नामक सिनेमाको पोष्टरबाट ‘धुम ३’ को पोष्टर चोरिएको बताइएको छ ।
