१ सय १५ खेलमा राष्ट्रिय टोलीको जर्सी लगाएका बेकह्यामले म्यानचेस्टर युनाइटेडबाट ३ सय ९४ खेल खेल्दै ६ प्रिमियरसिप र एक च्याम्पियन्स लिग उपाधि जितेका छन्।
'खेलजीवनलाई निरन्तरता दिने अवसर दिएकोमा पिएसजीप्रति आभार व्यक्त गर्दछु। तर माथिल्लो स्तरको फुटबल छाड्ने यो सही समय हो भन्ने लाग्यो,' बेकह्यामले भनेका छन्।
'उनलाई फुटबलको मात्र होइन खेलजगतकै असाधारण राजदूतका रुपमा हेरिन्छ। उनले प्राप्त गरेका उपलब्धि पनि असाधारण नै छन्,' युनाइटेडका पूर्वसहकर्मी ली सार्पेले भनेको छन्।
पिएसजीले यो सिजन जितेको लिग उपाधिसहित बेकह्यामले खेलजीवनमा १९ उपाधि जिते। २० वर्षे उनको खेलजीवनमा १९ मध्ये १० लिग उपाधि हुन्। चार देशका लिग जित्ने उनी एक्ला खेलाडीसमेत बनेका छन्।
'युनाइटेडबाट खेलेर धेरै उपाधि जितेँ। देशका लागि १ सयभन्दा बढी खेल खेलें। विश्वका ठूलामध्येका केही क्लबबाट पनि खेले। फर्केर हेर्दा साँच्चै यो सुखद थियो,' बेकह्यामले भने, 'मेरा धेरै सपना पूरा भएका छन् त्यसले म भाग्यमानी हुँ।'
२००३ मा युनाइटेडबाट उनी स्पेनको रियाल मड्रिड पुगे। २००७ मा अमेरिकाको एलए ग्यालेक्सी पुग्नुअघि उनले स्पेनिस लिग जितेका थिए।
माल्दोभाविरुद्ध खेल्दै मिडफिल्डर बेकह्यामले राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन्। उनले २००० देखि २००६ सम्म राष्ट्रिय टोलीको कप्तानी गरेका थिए। राष्ट्रिय टोलीको कप्तानी गर्नुलाई उनले सबैभन्दा गर्वको विषयका रुपमा व्याख्या गरेका छन्। 'राष्ट्रिय टोलीको जर्सी लगाएपछि मैले थाहा पाएँ मैले हरेक देशवासीको प्रतिनिधित्व गरिरहेको छु,' उनले भने, 'देशका लागि खेल्ने अन्य थुप्रै उत्कृष्ट खेलाडी छन्।'
डेभिड बेकहृयामले फुटबलबाट सन्यास लिने
लन्डन – इङ्ल्यान्डका पूर्वकप्तान डेबिड बेकह्याम यसै सिजनको अन्त्यसँगै फुटबलबाट संन्यास लिने भएका छन्। जनवरीमा ५ महिनाका लागि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आबद्ध ३८ वर्षे बेकह्यामले त्यसबाट प्राप्त सबै पारिश्रमिक उपकारी कामलाई दिएका थिए।


0 comments
Write Down Your Responses