पाकिस्तानमा ‘लायन अफ पन्जाब’को पुनरागमन
२९ वैशाख, काठमाडौं । पाकिस्तान शनिबार
सम्पन्न निर्वाचनको मतगणना लगभग सकिएको छ । पूर्व प्रधानमन्त्री नवाज
शरीफको पार्टी पाकिस्तान मुस्लिम लीग नवाज (पीएमएल एन) बहुमत नजिक छ र शरीफ
१४ वर्षपछि फेरि सत्ताको बागडोर सम्हाल्ने लगभग पक्का भएको छ ।
क्रिकेटरबाट नेता बनेका इमरान खानको तहरीक
ए इन्साफ पीटीआई दोस्रो स्थानमा छ । निर्वाचन अघि इमरानलाई
प्रधानमन्त्रीको दावेदारका रुपमा हेरिएको थियो । तर, उनले आफ्नो हार
स्वीकार गरेका छन् । राष्ट्रपति आसिफ अलि जरदारीको पाकिस्तान पिपुल्स
पार्टी पीपीपी तेस्रो स्थानमा छ ।
नवाज र इमरानले आफ्नो सिट भने जितिसक्नु
भएको छ । इमरानले लाहोरमा भने हारको सामना गर्नु परेको बीबीसीले जनाएको छ ।
तालिबानको धम्कीका बीच शनिबार भएको निवार्चनमा ६० देखि ८० प्रतिशतले मतदान
गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।
‘लायन अफ पन्जाब’
पन्जाब प्रान्तको एक भान्से परिवारमा २५
डिसेम्बर १९४९ मा जन्मिएका मियां मोहम्मद नवाज शरीफ दुईपटक प्रधानमन्त्री
भइसकेका छन् । कानुनमा डिग्री गरेका शरीफको जीवन निकै उतार-चढावले भरिएको छ
। उनलाई पन्जाबमा ‘लायन अफ पन्जाब’ नामले बोलाइन्छ ।
सन् १९७६ मा प्रधानमन्त्री जुल्फिकर अली
भुट्टोले शरीफ परिवारको स्टीलको कारबारलाई राष्ट्रीयकरण गरेपछि नवाज शरीफले
पाकिस्तान मुस्लिम लिगको सदस्यता लिएका हुन् ।
पन्जाबका गभर्नर मुलाम जिलानी खानले १९८१
मा उनलाई वित्तमन्त्री र १९८५ मा मुख्यमन्त्री बनाएका थिए । तर, राष्ट्रपति
जनरल जिया उल हकले शहरीको सरकारलाई ३ वर्षमै खारेज गरिदिए । राष्ट्रपति
हकको विमान दुर्घटनामा मृत्यु भएपछि शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग
फिदा र जुनेजो समूहमा विभाजित भयो । दुबै समूहले १९८९ मा बेनजिर भुट्टोको
पाकिस्तान पीलुल्स पार्टीसँग भिड्न सात धार्मिक र रुढिवादी पार्टीसँग मिलेर
गठवन्धन बनाए । गुलाम मुस्तफा जटोई र नवाफ शरीफको नेतृत्वमा रहेको यो
गठवन्धनले बहुमत ल्यायो र नवाफ नेशनल एसेम्ब्लीमा जानुको सट्टा पन्जावको
मुख्यमन्त्री बने । उनी १९९० मा देशको १२ औं प्रधानमन्त्री बने । तर,
सेनाको बढ्दो दवदबाका कारण १९९३ अवि्रलमा राजीनामा दिए । जुन सरकारलाई
सर्वोच्च अदालतले पुनर्वहाली गरेको थियो ।
सन् १९९७ मा आम चुनावमा शरीफको पार्टीले
फेरि सानदार जित हात पार्यो र नवाज शरीफ फेरि प्रधानमन्त्री भए ।
संवैधानिक सुधारको प्रयास गरेपछि उनीप्रति सेना र न्यायालय रुष्ट भए र
तत्कालीन सेना अध्यक्ष जनरल परवेज मुशर्रफले १२ अक्टोवर १९९९ मा उनको
सरकारमाथि सैन्य कू गरे । उनीमाथि श्रीलंकाबाट आउँदै गरेका मुशर्रफको विमान
अपहरण गरेको र आतंकवाद फैलाएको आरोप लाग्यो र यही आरोपमा उनी पक्राउ परे ।
सरकारसँग एक सम्झौता भएपछि उनी परिवारका ४० सदस्य सहित साउदी अरब
निर्वासित भए । २००७ मा उनी स्वेदश फर्किए र २००८ को चुनावमा भाग लिए ।
उनको पार्टीको राम्रो अवस्था रहे पनि पूर्वप्रधानमन्त्री वेनजीर भुट्टोको
हत्याको सहानुभूतिका कारण पाकिस्तान पीपुल्स पार्टीले धेरै सिट जित्यो र
सरकार चलाउने मौका पाएको थियो ।

0 comments
Write Down Your Responses