कतार /लुकेर भारतीय भूमि हुँदै वैदेशिक रोजगारीमा आइपुगेकी २७ वर्षीया संजना (नाउँ परिवर्तन) महिला यौन दुराचारीको फन्दामा परी दैनिक सात पटक बलात्कृत हुँदै आएकी छिन् ।
यौटा फैक्ट्रीमा काम गर्न आएकी ती महिलालाई लेवर मेटकीले पैmक्ट्रीमा काम गराउनुको सट्टा गोदाममा राखी दिउँसै बलात्कार गर्दै आएको कुरा थाहा भएको छ ।
उनी अब विदेशमा नबस्ने भन्दै आए पनि तीन वर्ष बस्नै पर्ने र यौनदासी भई कार्य गर्नु पर्ने दवाव सहित दिनहुँ बलात्कृत हुँदै आएको उनलाई देख्ने अर्का लेवरले बताएका छन् ।
तीन दिन अघि रंजना बलात्कारको विरोध गर्दा चुरोटको ठूठ्ठाले तीघ्रामा पोलेको र स्तन दाँतले टोकेर घाउ बनाई दिएको पीडा सुन्दा विदेशमा लुकेर जाने नेपाली चेलीहरु बरु स्वदेशमा रुखोसुखो खाएर कार्य गर्नु पर्ने पीडित महिलाहरुले सुझाव दिएका छन् ।

महेश्वर चामलिङ राई, उदयपुर, माघ १८ - कक्षाकी सहपाठी किशोरीलाई प्रेम प्रस्ताव राखेको आरोपमा यहाँका एक किशोरलाई सिस्नुपानी लगाइङ्कए छ । जिल्लाको पहाडी गाविस ताम्लिछा- ३ का १५ वर्षीय रामचन्द्र कार्कीलाई छोरीलाई प्रेम प्रस्ताव राखेको भन्दै किशोरीका बाबु सोही ठाउँका कृष्ण निरौला खत्रीले सिस्नोपानीले कुटेको पीडितका आफन्तले बताएका छन्।
पीडितका दाजु राजन कार्कीका अनुसार स्थानीय महेन्द्र उच्च मावि ताम्लीछामा कक्षा १० का विद्यार्थी कार्कीले आफ्नै कक्षाकी सहपाठी १४ वर्षीया सिर्जना (नाम परिवर्तन) लाई पत्र लेखेर प्रेम प्रस्ताव राखेको भन्दै खत्रीले भाइमाथि सिस्नुपानीले कुटपिट गरेको बताए। 'खत्रीले रामचन्द्रलाई घर नजिकै बोलाएर लगाएको लुगा च्यातच्युत पारी सिस्नुपानीले झ्याम कि झ्याम हाने' कार्कीले भने, 'गाउँले र हामीले केही गर्न सकेनौं।'
अर्का स्थानीय रमण लुईटेलका अनुसार रामचन्द्रले सिर्जनालाई 'म तिमीलाई मन पराउँछु, तिमीले मलाई मन पराउछ्यौ कि पराउदिनौ ?,' पत्रमा उनले लेखेका थिए 'मन पराए पराउँछु भन, नपराए पराउँदिन भन।' किशोरीले सो पत्र बाबुलाई लगेर देखाएपछि खत्रीले कार्कीलाई बोलाएर सिस्नुपानीले छ्याप्दै कुटपिट गरेको उनले बताए। लुइटेलका अनुसार किशोर बाबुविहीन र गरिव भएकाले खत्रीले हेपेर कुटपिट गरेका हुन्।
गत १२ गतेको घट्नाको विषयमा जिल्ला प्रहरीमा हिजो साँझ उजुरी परेको छ। तर, प्रहरीले निवेदन नै लिन नमानेर फिर्ता पठाएको आफन्त भुपेन्द्र थापाले बताए। प्रहरीले भने १६ वर्ष नपुगेका किशोर-किशोरीबीचको घट्ना भएकाले कारबाही अघि नबढाएको जनाएको छ। दुवै किशोर किशोरी नाबालक परेकाले कारबाही गर्न नमिल्ने हुदा गाउँमै मिलापत्र गराउन स्थानीयलाई नै जिम्मा दिएर पठाएको प्रहरी निरीक्षक श्रीकृष्ण पौडेलले बताएका छन्।

लामो आन्दोलनका बीच सरकारले मैथिली, भोजपुरी फिल्म, टेलिफिल्मका कलाकार,
निर्माता धर्मेन्द्र मरवैता 'पप्पु' लाई चलचित्र विकास बोर्ड अध्यक्षमा
नियुक्त गरेको छ । आन्दोलनरत फिल्मकर्मीले भने पप्पुलाई बहिष्कार गर्दै
रिले अनशनलगायतका विरोध कार्यक्रम जारी राखेका छन् । उनी के भन्छन् ? योजना
के छन् ?
२०६४ मा मात्रै नेपाली नागरिकता लिएको आरोप लागेको छ नि ?
मेरो जन्म सिरहाको माडरमा भएको हो । हामी बाजेको पालादेखि त्यहीँका हौं । हजुरबुबाले त्यहाँ कलेज बनाएकै २० वर्ष भइसक्यो । मैले एस मुभी दर्ता गरेर फिल्म बनाउन थालेकै दस वर्ष भइसक्यो । निर्माता संघको निर्वाचनमा भाग लिइसकेको छु । यी सबै ०६४ मा आएकाले वा नागरिकताबिना गर्न सम्भव छ ?
आन्दोलन चलिरहँदा तपाईंलाई चाहिँ अध्यक्ष बन्ने भाग्य कसरी जुर्यो ?
यसलाई भाग्य भनौं वा चुनौती ? यस्तो परिस्थितिमा राम्रो र ठोस कदम चाल्ने चुनौती हुन्छ । अप्ठ्यारो अवस्थामा साहसिक काम गर्ने अवसर पाइरहेको छु, यो भाग्य पनि हो । सञ्चारमन्त्रीले प्रधानमन्त्रीलाई चुनौती दिँदै तपाईंलाई ल्याउने साहस कसरी गर्नुभयो होला ?
चलचित्रकर्मी नै अध्यक्ष हुनुपर्ने आन्दोलनकारीको मागमा प्रधानमन्त्री र मन्त्री पनि सकारात्मक हुनुहुन्थ्यो । त्यसैले मलाई पठाउनुभएको ।
कसरी काम गर्ने रणनीति बनाउनुभएको छ ?
अहिलेसम्म फिल्म उद्योगका लागि केही कामै भएको छैन । गर्ने ठाउँ धेरै थियो तर बोर्डको पैसा फ्रिज भएर गयो । थाहा नै छ, फिल्मको स्थिति डामाडोल छ । यसलाई कसरी बचाउने हो ? राम्रो फिल्म बनाउने निर्मातालाई कसरी पुरस्कृत गर्न सक्छौं ? सोच्दै छु । त्योबाहेक फिल्मसिटी बनाउने कुरा छ । कलाकार पब्लिक फेस हुन् । उनीहरूलाई पेन्सनको व्यवस्था गर्ने लगायत थुप्रै डिजाइन छन् ।
गर्नुपर्ने काम त थुप्रै छन् । प्राथमिकताचाहिँ ?
मन्त्रीजीले आन्दोलनकारीसँग प्रतिबद्धता जनाएका दुई-चार माग अविलम्ब पूरा गर्नुपर्ने स्थिति छ । जानेबित्तिकै गर्ने त्यही हो । यसैका लागि यत्रो आन्दोलन भइसक्यो । अब त्यसलाई पूरा गरेपछि फिल्मसिटी निर्माणमा लाग्छु ।
फिल्मसिटी कहाँ र के गर्ने सोच छ ?
नेपालबाटै फिल्मसिटी बन्ने अवस्था छैन । हामीले त जग्गा उपलब्ध गरिदिने मात्रै हो । पैसा बाहिरबाट आउने हो । पहिले पैसा भित्र्याउनुपर्यो, नर्वे, भारत कहाँबाट आउँछ । त्यसपछि ठाउँ तोकिदिने हो ।
योजना पहिला कि पैसा ?
योजना त छँदै छ नि । अफिसमा गएर पूरै प्रपोजल हेर्नुपर्छ, हेरेको छैन । अघिल्लो बोर्डले केही गरेको छ जस्तो लाग्दैन । केवल फाइलमा सीमित छ । न जग्गा, न पैसा । दोलखामा पनि जग्गा पाइसकेको छैन । हेरेको मात्रै हो । यही नै जग्गामा हुन्छ भन्ने छैन । सजिलोसँग जहाँ पाउँछौं र राम्रो हुन्छ ।
तपाईंविरुद्ध आन्दोलन भइरहेकाले गाह्रो होला नि ?
म चलचित्रकर्मी होइन भनेर आन्दोलन भएको हो । अब धेरैले बुझिसक्नुभयो, म पनि कलाकार नै हुँ । खालि दुई-चार जना अध्यक्षको लाइनमा हुनेले मात्रै यताउति गरिरहेका छन् । अरू साथीहरूले त बधाई दिन थालिसके । हाम्रो समर्थन छ भनिसकेपछि वातावरण सजिलो हुँदैछ ।
नेपाली फिल्मको जड समस्या के लाग्छ ?
राज्यबाट पनि सहयोग नभएको देखिन्छ । राम्रो फिल्म बनाए पनि एउटै व्यवहार गरिन्छ । बरु ग्रेडिङ गरेर राम्रोलाई पुरस्कृत गर्दा फरक र राम्रो फिल्म बन्थे । एउटाले भल्गर फिल्म बनाएर चल्दियो भने सबै त्यतै दौडिन्छन् । फरक विषयको बनाउनेलाई वास्तै गरिँदैन । विशेष फिल्म घोषणा गरेर मात्रै हुँदैन । राष्ट्रियता, देशका हकहित समेटिएको फिल्म छ भने पचास प्रतिशत कर छुट नै गर्ने हो कि ? अध्ययन गरेर सबैलाई समेट्दै लान्छु ।
आन्दोलनकारीले उठाएका नौबुँदे माग कति समयसम्ममा पुरा गरिसक्नुहुन्छ ?
दुई महिनाभित्रै । काम गर्ने वातावरण भयो भने समय लाग्दैन । माग सबै सम्बोधन हुने भइसकेपछि आन्दोलन किन ? म पदका लागि भन्दा पनि काम गर्न आएको छु । दुई महिनामा पूरा गर्न सकिनँ भने पद छोडेर म पनि आन्दोलनमा उत्रन्छु । म पनि त कलाकार हुँ । कामै नहेरी केका लागि विरोध ? भाषागत फिल्म खेल्नेचाहिँ के कलाकार नै नहुने ?
थारू, मैथिली, लिम्बू, किराँती फिल्मलाई कहाँको भन्ने ? जहाँको भए पनि हामी स्वदेशी हौं । म त कुनै राजनीतिक कारण वा क्षेत्रीय हिसाबले भन्दा पनि कलाकारको नाताले आएको हुँ ।

लन्डन (एजेन्सी), माघ १८ -
बेलायतमा एक अनलाइन सेवाले महिला ग्राहकका लागि पुरुषको बिक्री सुरु गरेको
छ । आधुनिक महिलाले लग अन गरेर उक्त अनलाइनमा पुरुषको खरिद गर्न सक्छन् ।
यो वेबसाइट विवादमा आए पनि आनलाइन आफ्नो रुचिसँग मेल खाने पुरुष किन्न आउने
महिलाको कमी छैन । सपिङको क्रममा ह्यान्ड ब्याग छाने झैं महिलाले यो
सेवामा डेटिङका लागि एक पुरुष छान्न पाउँछन् । महिलाले यसका लागि थप कुनै
प्याकेज किन्नु पर्दैन । यो अनलाइन सेवालाई स्वतन्त्र महिलालाई यसका लागि
प्रोत्साहित गरिरहेको छ । डेली मेलका प्रवक्ता म्यारी एनिओर्टले यो पुरुष
शो रूपमा कुण्ठित भावनालाई प्रकट गर्नुका साथै प्रेममाथि प्रयोग गर्ने अवसर
पाइरहेको बताइन् ।
मान्छेको रुची पनि अचम्म अचम्मका हुन्छन् । कसैलाई के मन पर्ने, कसैले कस्तो चाहाने । यसै बिषयमा एउटा अनौठो र नयाँ सर्वेक्षण भएको छ । बेलायतका मानिसहरूको यौन चाहाना बारेमा समय समयमा बिभिन्न सर्वेक्षणहरू भइरहन्छन । अहिले भर्खरै भएको एक सर्वेक्षणमा बेलायतका ५५ प्रतिशत भन्दा बढी महिलाहरू यौनका समय पुरा नग्न हुन चाहाँदैनन । यस सर्वेक्षणमाबाट ५५ प्रतिशत भन्दा बढी महिलाहरूलाई यौनका समय कुनै न कुनै कपडा लगाउनु नै पर्ने तथ्य फेला परेको छ ।
अझ ४४ प्रतिशत महिलाहरूका अनुसार कुनै कपडाले उनीहरूको शरिर लुक्ने भएबाट उनीहरूमा रहेको आत्मविश्वास बढ्ने गर्दछ । उता ३६ प्रतिशत पुरूषहरूले मात्र महिलाहरूले यौनका समय केही लगाएको मन पराउने गर्दछ । महिलाहरूका अनुसार उनीहरूले यौनका समय केही बेर्ने कपडा वा ब्रा लगाएर यौन गर्ने गर्दछन् । यस सर्वेक्षणमा ६१ प्रतिशत महिलाहरू अध्यारोमा यौन गर्न मनपराउने तथा ३७ प्रतिशत उज्यालोमा यौन गर्न मन पराउने तथ्य फेला परेको छ । यसबाट जती बिकसित भएपनि बेलायती महिलाहरू यौनका बारेमा भने कतै न कतै रूढीबाढी नै देखिएको छ ।
दैलेख, माघ १८ -
पत्रकार डेकेन्द्रराज थापा हत्याका अभियुक्तको अदालती बयान सुरु भएको छ । जिल्ला अदालतले बुधबार पाँचै अभियुक्तको बयान
सकेको जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालयले सोमबार हत्या अभियोगमा ९
जनाविरुद्ध कर्तव्यज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो ।
'दुवै पक्षका वकिलको बहस सुनेर बिहीबार न्यायाधीशले थुनछेक आदेश दिनुहुनेछ,' जिल्ला अदालतका स्रेस्तेदार आनन्दराज पन्तले भने, 'फरारका हकमा वारेन्ट तथा म्यादी पुर्जीसमेत आदेश हुन सक्छ ।' अभियुक्तहरू लक्षीराम घर्तीमगर, हरिलाल पुन, वीरबहादुर केसी, निरकबहादुर घर्तीमगर र जयबहादुर शाहीको बयान सकिएको छ । यसैबीच दुवै पक्षका वकिलले वकालतनामा गरेका छन् । वादीका तर्फबाट अधिवक्ताहरू कृष्णबहादुर हमाल, सुरेन्द्र अधिकारी, ललित मल्ल र प्रतिवादीका तर्फबाट गोपाल शिवाकोटी चिन्तन र केदार गुरागाईंले वकालतनामा दर्ता गरेका छन् । प्रतिवादीका वकिल दुवै जिल्लाबाहिरका हुन् ।

कुवेत, माघ १८ -
खाडी मुलुक कुवेतमा आयोजित हस्तकला सम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनीमा
नेपाली भेषभूषाको चिनारी लिएर सहभागी उपस्थित भए पनि र्याम्पमा उत्रने
नेपाली मोडेलहरू थिएनन् ।
नेपाल हस्तकला महासंघले जनाएको सहभागितामा वल्र्ड क्राफ्ट काउन्सिलका उपाध्यक्ष पुष्करमान शाक्य र हिमालयन अल्लो सिल्क ह्यान्डी क्राफ्टका प्रबन्धक हरिगोपाल च्यासीले नेपाली भेषभूषामा कुवेती मोडेललाई र्याम्पमा उतारेर भिन्न प्रशंसा बटुलने काम गरे । २० मुलुकका कला शिल्पीमाझ नेपालबाट लुम -धागो) ल्याएर पस्मिना बनाउने तरिकाको प्रदर्शनीदेखि ज्यापू र भोटे भेषभूषामा कुवेती युवतीको 'फेसन सो' प्रयोग धेरै अर्थमा उदारणीय थियो । 'जसरी हुन्छ, हामीले नेपाली चिनारी बाँड्न खोजेका थियौं,' समारोहपछि आइतबार स्वदेश फिर्न लागेका सहभागी शाक्यले कान्तिपुरसँग भने, 'भेषभूषाको भिन्न प्रदर्शनीले धेरैको स्याबासी बटुल्न सफल भयौं ।'
प्रदशर्नीमा कुवेतस्थित राजदूत मधुवन पौडेलको उपस्थिति थियो । प्रदर्शनी क्रममा नेपालबाट पस्मिना सल र गलैंचा समेतको प्रवर्द्धन गरिएको शाक्यले बताए ।

बझाङ, माघ १८ -
जिल्ला अस्पताल बझाङमा उपचारका लागि आउने बिरामीलाई केही दिनयता म्याद
सकिएका औषधि वितरण भइरहेको खुलासा भएको छ । बिरामीलाई डाक्टरले चेकजाँच गरी
बिरामी पुर्जामा औषधि लेखिदिएपछि औषधि वितरण फाँटका स्वास्थ्यकर्मीबाट
म्याद सकिएका औषधि वितरण भइरहेको अस्पताल आएका बिरामीका आफन्तले बताएका छन्
।
मंगलबार चैनपुर ३ घर भएका रवीन्द्र कुँवरले बिरामी छोरालाई डाक्टरले जाँच गरेपछि अस्पतालले दिएको औषधि घरमा हेर्दा सबै म्याद सकिएको भेटिएको बताए । उनले भने, 'छोरालाई निमोनियाँ भएर अस्पताल लगेको थिएँ । अस्पतालले दिएको औषधि हेर्दा सबै म्याद सकिएको रहेछ ।' यसअघि पनि म्याद सकिएका औषधि अस्पतालले वितरण गरेको बिरामीका आफन्तले गुनासो गर्दै आएका थिए ।
अस्पतालबाट म्याद सकिएका औषधि वितरण भइरहेको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमिल्सेनाले जानकारी पाएपछि बुधबार जिल्ला प्रशासनका नायब सुब्बा राजेन्द्रबहादुर बोहरासहितको टोली औषधि जाँच गर्न अस्पताल पुगेको थियो । टोलीले जिल्ला स्वास्थ्यमा भएका दुई स्टोरमा रहेको औषधि चेकजाँच गरेका थिए ।
टोलीमा संलग्न बोहराले स्टोरमा औषधि जाँच गर्दा चार प्रकारका औषधि म्याद सकिएको अवस्थामा भेट्टाएको बताए ।

सरकारले माघ २० गतेदेखि हात्तीपाइले (फाइलेरिया) औषधि खुवाउने भएको छ ।
९० प्रतिशत जनता अर्थात् दुई करोड ५० लाखलाई यो औषधि खुवाउन लागिएको हो ।
मुलुकका ६१ जिल्लामा हात्तीपाइले रोगको जोखिम रहेको भन्दै निवारणका लागि सरकारले चार वर्षदेखि औषधि खुवाउने अभियान थालेको हो । यो औषधि ६ सालसम्म वर्षको एकपटक खानुपर्छ । यसैका आधारमा सरकारले छ वर्षे अभियान चलाएको छ । यस वर्षको अभियानको पहिलो चरणअन्तर्गत माघ २० देखि २३ गतेसम्म उपत्यकालगायत ३७ जिल्लामा यो औषधि खुवाउने जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख श्रीकृष्ण भट्टले जानकारी दिए । दोस्रो चरणमा फागुन ५ देखि ७ सम्म १९ जिल्लामा खुवाउने भएको छ । हात्तीपाइले लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । लामखुट्टे नियन्त्रण गर्न सके मात्र हात्तीपाइले रोग नियन्त्रण गर्न सकिने उनले जानकारी दिए ।
'रोग लाग्न नदिन यो औषधि प्रत्येक वर्ष खान जरुरी छ,' उनले भने, 'दुई वर्ष मुनिका बालबालिका, सात दिनसम्मका सुत्केरी, गर्भवती महिला, र सिकिस्त बिरामी व्यक्तिले औषधि सेवन नगर्नु होला ।'
औषधिले कुनै पनि किसिमको नकारात्मक असर नपार्ने जानकारी दिँदै उनले सबैलाई औषधि सेवन गर्न आग्रह गरे ।

१८ माघ, सप्तरी । आफ्नै जन्मदाता बाबुले
राखेको यौनसम्पर्कको प्रस्ताव नमान्दा घरबाट निकालिएकी सप्तरीकी एक युवती
न्यायको खोजीमा छिन् ।
सप्तरी टिकुलिया २ कि २० बर्षकी युवती
घरबाट निकालिएकी हुन् । रक्सीको लतमा लागेका ५० बर्षका बाबु शिवशंकर शाहले
पटक पटक शारीरिक सम्बन्ध कायम गर्न दिएको दवाव प्रतिकार गर्दा कुटपिट गर्दै
घरबाट निकालेको उनको गुनासो छ । उनी मंगलबार न्याय खोज्दै सदरमुकाम
राजविराज पुगेको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
उनका अनुसार आमा ईश्वरीवती माइत गएको
मौकाछोपी बाबु रक्सीले मातेर आउने तथा कोठामा पसेर सहवास गर्न दवाव दिने
गरेका थिए । ‘अस्वीकार गर्दा अप्राकृतिक यौन सम्बन्ध भए पनि गर्नुपर्ने
दवाव दिन्थे, त्यो पनि नमानेपछि कुटपिट गर्थे,’ उनले भनिन्, ‘एक दिन त आमा
माइत गएको मौकाछोपी बुबा दिउँसो घर आएर लुगा च्यात्दै शारीरिक सम्बन्ध कायम
गर्न खोजे । म चिच्याउन थालेपछि तीनचार झापड हिर्काएर अर्को कोठामा सुत्न
गए ।’ यसबारे आमालाई जानकारी दिएपछि बुबा र आमाबीच निकै झगडा परेको उनले
सुनाईन् । ‘बुबाले तँ बुँढी यो झमेलामा नपर भन्दै आमालाई मरणासन्न हुनेगरी
कुटे, त्यसपछि आमाले पनि डरले केही भन्नुभएन, चुपचाप सहेर बस्नुभयो ।’
लोकलाज र डरका कारण अत्याचार सहँदै आएकी
ती युवती ठूलाबा रामलखनको सहयोग पाएपछि साहस गरेर न्याय खोज्न सदरमुकाम
आइपुगेकी हुन् । उनले भनिन् ‘लगातारको प्रयास असफल भएपछि बुबाले कुटेर
घरबाट निकालिदिए, ६ महिनादेखि ठूला बुबाको घरमा बसेकी छु ।’ उनले
सञ्चारकर्मीसँग आग्रह गरिन् ‘मलाई त्यो घरमा र्फकनु छैन्, आमा र मलाई
शान्तिपूर्ण रुपमा बस्ने वातावरण बनाईदिनुस् ।’
छोडी कहाँ गयौ यो पबित्र नाता हाम्रो तोडी कहाँ गयौ ,
मलाई आँशु दिएर तिमि टाढा भयौ
डाउनलोड गर्नुहोस
यूएई(आबुधाबी), माघ १७ -
संयुक्त अरव एमिरेट्स यूएईबाट करीब डेढ सय नेपाली स्वदेश फर्किएका छन् ।
यूएई सरकारले दिएको आममाफीको अवसरलाई प्रयोग गर्दै ती नेपाली फर्किएका हुन्
।
यूएईमा अबैधानिक रुपमा कार्यरत कामदारका लागि दिएको आममाफी (एमनेस्टी) को समय सकिन ५ दिन मात्र बाँकी रहँदा अहिलेसम्म १ सय २० नेपाली नेपाल फर्किएका हुन् ।
नेपाली दुतावास आबुधाबीले अहिलेको आममाफी अबधीमा १ सय २० जनालाई "आउट पास" दिएको दुतावासका प्रथम सचिव लोक बहादुर थापा क्षेत्रीले बताए ।
'यसै अवसरमा अत्यधिक महिला कामदारले 'आउट पास' बनाएर फर्किएका छन्, घरेलु कामदारको रुपमा आएका अत्यधिक महिलाहरु काम छोडेर अबैधानिक रुपमा कार्यरत रहेको पाइयो' क्षेत्रीले भने । 'आफैसँग राहदानी राखेर भागेकाहरु समेत यसअवसरमा जान सक्ने भएकोले त्यो तथ्याकं दुतावासमा हुँदैन, राहदानी साथमै छ भने एम्नेष्टी केन्द्रले सिधै स्वदेश पठाउछ' उनले भने ।
आफ्नो देश फर्किन संयुक्त अरब इमिरेट्स (यूएई) को आन्तरिक मामला मन्त्रालयले स्थानीय भाषामा "खल्लीबल्ली" भनिने अन्य मुलुकका कामदारलाई एम्नेष्टी दिन फेब्रुवरी ३ (माघ २१) सम्मको अवसर प्रदान गरेको हो । अब ५ दिन म्याद रहेकोले दुतावासमा 'आउट पास'का लागि आउनेको सख्या बढेको छ । अझै पनि सँख्या थपिन सक्ने दुतावासका अधिकारिले बताए । ति अधिकारिका अनुसार आममाफीको समय थपिने कुनै सम्भावना देखिएको छैन ।
गत डिसेम्बर ४ (मंसिर १९) देखि लागु भएको यो एम्नेष्टी अवसरमा भिसाबिहीन वा आधिकारिक कागजातसहिन विदेशी नागरिकले सामान्य प्रकृया पुरा गरेर घर फिर्न पाउने व्यवस्था गरिएको छ । यूइएमा बैधानिक तवरले बस्न चाहनेले निश्चित जरिवाना शुल्क तिरेर पुन:कानूनी हैसियत लिन सक्नेछन् ।
आबुधावीस्थित नेपाली दुतावासका अनुसार यूएइका दुवइ, शारजाह, रस-अल-खेमा, उमअलक्वैन, अजमन, फुजैरा लगायतका सात इमिरेट्समा १० वटा एम्नेष्टी केन्द्र निर्धारित छन् ।
नियमानुसार पासपोर्ट वा ट्राभल डकुमेन्ट तथा फिर्ती हवाइ टिकट लिएर एम्नेष्टी केन्द्र जाने जोकोही व्यक्तिले जरिवाना तिर्नु नपर्ने र एम्नेष्टी पाएर घर फिरेको व्यक्ति कुनै कठिनाई बिना फेरि युएइ फर्कन सक्ने प्रावधान तय गरिएको छ ।
यसअघि सन् २००७ को अन्त्यतिर दिइएको तीन महिने एम्नेष्टी अवसरमा ३५ सय नेपाली घर फिरेका थिए । यूएइमा करिव ३ लाख नेपाली रहेको अनुमानित तथ्यांकमा ५० हजारभन्दा बढी गैरकानूनी हैसियतमा रहेको दावी स्थानीय संघसंस्थाले गर्दै आएका छन् ।
– उमाकान्त पाण्डे गाउँले

काठमाडौं, माघ १७ -
थ्रीडी प्रविधिमा छायांकन, पोस्ट प्रोडक्सन गरिएको पहिलो स्वदेशी फिल्म
'भिजिलान्ते' ले मंगलबार थ्रीडी प्रोमो र पोस्टर सार्वजनिक गरेको छ ।
दीपेन्द्र के खनाल निर्देशित फिल्म स्टेरियोग्राफीको सहायताले लोकेसनमै
थ्रीडी प्रविधिमा खिचिएको हो । यसको अन्तिम चरणको काम भने भारतमा गरिने
जनाइएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने फिल्मको प्रोमोलाई
पत्रकारले पोलराइज्ड चस्मा लगाएरै हेरेका थिए । चैत्र ९ मा प्रदर्शन मिति
तोकेको फिल्मलाई हलमा भने दुई प्रविधिमा देखाइने बताइएको छ । राजधानीका
क्यूएफएक्स र एफक्यूब फिल्म हलमा पोलराइज्ड चस्मा लगाएर हेर्न सकिने
प्यासिभ थ्रीडीमा र अन्य सामान्य हलमा भने एनाग्लिफ प्रविधिमा रेड क्यान
चस्मा लगाएर हेर्न मिल्नेछ । समाजमा विद्यमान कुरीति र दण्डहीनताको विषयलाई
मनोवैज्ञानिक रूपमा पस्किएको भनिएको 'भिजिलान्ते' ले दर्शकमा विषयवस्तुको
थि्रलर सहित दृश्यात्मक रोमाञ्चकता पनि दिने ठानिएको छ । पुरुषोत्तम
प्रधानको थ्रीडी खिचाइरहेको फिल्मलाई सान बस्न्यातले सात महिना लगाएर
लेखेका हुन् । फिल्ममा सूर्य थोकरले द्वन्द्वनिर्देशन गरेका छन् । राज
घिमिरे, पि्रयंका कार्की, मेनुका प्रधान, शंकर आचार्य, सुवास थापा, शिखा
शाही, ए. गुरुङ लगायतको अभिनय रहेको फिल्मको सम्पादन भने दीर्घ खड्काले
गरेका हुन् । अश्लेषा इन्टरटेनमेन्टमा थ्रीडी प्रविधिमै पोस्ट प्रोडक्सन
गरिएको फिल्ममा सुरेश राईको संगीत छ भने गीतहरू भूपेन्द्र खड्काका हुन् ।
पहिलो पटक थ्रीडी प्रविधि भित्र्याउने श्रेय पाएका निर्देशक खनालले भने
सुरुमा अरूलाई विश्वास दिलाउनै गाह्रो परेको खुलाउँदै भने, 'त्यसका लागि
पनि मैले बोलेरभन्दा पनि गरेरै देखाउनुपर्ने थियो, आज त्यो सम्भव पनि भयो
।' उनले प्रविधि र ज्ञानको अपर्याप्तताले गर्दा फिल्म बनाउँदा सोचेभन्दा
गाह्रो भएको बताए ।
काठमाडौं, माघ १७ -
सरकारी उच्चपदस्थ हुन वा व्यवसायी 'ठूलाबडा' को उपस्थिति भएका ठाउँमा
एप्पलको आइफोन मोबाइल सेट छ्याछ्याप्ती देखिन्छन् । तर मुलुकमा भित्रिएका
अधिकांश आइफोन अवैध हुन् ।
मोबाइल भित्र्याउँदा आयातकर्ताले दूरसञ्चार प्राधिकरणबाट 'टाइप अप्रुभल' लिनुपर्छ । आयात गर्न खोजिएको मोबाइल सक्कली, अन्तर्राष्ट्रिय प्राविधिक र सुरक्षा मापदण्ड पूरा भएको विश्वस्त भए प्राधिकरणले टाइप अप्रुभल दिन्छ । तर मुलुकमा एप्पलको आधिकारिक बिक्रेता नभएका कारण टाइप अप्रुभल लिइएको छैन । विदेश -खासगरी अमेरिका) बाट फर्किंदा ल्याउने वा आफन्तले ल्याइदिएका मोबाइलको भरमा बजारमा छ्याछ्याप्ती आइफोन छन् । 'विमानस्थल भन्सार प्रमुख हुँदा व्यापारिक प्रयोजनका लागि आइफोन आयात भएको थाहा पाइएन,' भन्सार विभागका उपमहानिर्देशक तोयम राया भन्छन्, 'विदेशबाट फर्किंदा एकाध सेट ल्याइएको हुनपर्छ ।' विदेशबाट फर्किंदा एउटा मोबाइल भन्सार छुटमा ल्याउने सुविधा छ । तर बजारमा आइफोन किन्न पनि पाइन्छ । एकै जनाले दर्जनौं मोबाइल ल्याएर बजारमा बिक्रीसमेत गरेकाले नेपाली उपभोक्ताका लागि आइफोन अभाव नभएको हो । एप्पलले आधिकारिक बिक्रेता पनि नबनाएको र नेपालका लागि उपयुक्त मोबाइल उत्पादन पनि नगरेकाले आइफोन ल्याएपछि १ हजार रुपैयाँभन्दा बढी खर्च गरेर अनलक गर्नुपर्ने अवस्था छ ।
आममानिसको आवश्यकताको वस्तु बनिसकेको मोबाइलको अवैध कारोबार नियन्त्रण होस् भनेरै आयातमा भन्सार महसुल शून्य गर्नुका साथै तिरेको मूल्य अभिवृद्धि कर -भ्याट) ६० प्रतिशत फिर्ताको सुविधा दिइएको छ । बिलबिजक जारी गरी खरिदकर्ताबाट भ्याट असुल गरेपछि आयातकर्ताले भन्सारमा तिरेको भ्याटको ६० प्रतिशत रकम फिर्ता पाउँछन् । तैपनि मोबाइल बजारको उल्लेख्य हिस्सा अवैध रूपमा भित्रिएका मोबाइलले लिएका छन् । चिनियाँ मोबाइलको बजार अंश २० प्रतिशतभन्दा बढी रहेको अनुमान छ । तर तिनको ठूलो हिस्सा अवैध रूपमा भित्रिएका छन् । 'थोरै सस्तो छ भने सामान किन्न सीमापारि पुग्ने चलन सीमावर्ती क्षेत्रमा छ,' कलर्स मोबाइलका आधिकारिक बिक्रेता रोहित गुप्ता भन्छन्, 'भारत र चीनका सीमावर्ती बजारमा मोबाइल यहाँभन्दा सस्तो
छ ।' भारतमा मोबाइलमा ४ प्रतिशत मात्र भ्याट लगाइएको छ ।
टाइप अप्रुभल अनिवार्य गरेपछि चिनियाँ बजारबाट चोरी आयात गर्ने प्रवृत्ति ह्वात्तै बढेको तातोपानी भन्सारका प्रमुख निर्मलहरि अधिकारी बताउँछन् । उनका अनुसार बितेका दुई आर्थिक वर्षमा १८ करोड रुपैयाँ बराबरको चिनियाँ मोबाइल तातोपानी नाका हुँदै भित्रिएको थियो । तर चालू आर्थिक वर्षको ६ महिना पुग्न लाग्दा १ करोड रुपैयाँ जतिको मात्र मोबाइल भन्सारबाट आएको छ । 'तर बजारमा चिनियाँ मोबाइलको कमी छैन,' उनले भने । व्यवसायीले अरू सामान ढुवानी गर्न सीमापारि पुर्याइएका गाडीमा फल्स बटम बनाएर मोबाइल ल्याउने गरेका छन् । यस्तै चोरी बाटोबाट भरियालाई बोकाएर भित्र्याउने गरिएको छ । विद्यार्थी भरियाका रूपमा प्रयोग भइरहेको उनी सुनाउँछन् ।
अवैध रूपमा भित्र्याइएका मोबाइल सेट लुकाउन मिनी ट्रकमा बनाइएको फल्स बटमले राजस्व अनुसन्धान विभागका कर्मचारीलाई छक्क पार्यो । तातोपानीबाट अवैध तरिकाले भित्रिएका मोबाइलसमेत बोकेर आएको बा२ख ३८०० नम्बरको मिनी ट्रकलाई गत ७ गते काभ्रेको साँगामा प्रहरीले बरामद गरी राजस्व अनुसन्धानमा बुझाएको थियो । चिनियाँ बजारबाट अवैध रूपमा भित्रिएका ४ सय ६३ थान मोबाइल, ५ सय १८ थान ब्याट्री र ५ वटा कभर प्रहरीले काभ्रेको साँगामा बरामद गरेको थियो । 'गाडीका कुनाकाप्चामा मोबाइल लुकाउन फल्स बटम बनाइएको थियो,' राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक दामोदर रेग्मी सुनाउँछन्, 'सुराकीबाट पक्का खबर नपाउने हो भने बरामद गर्न नसकिने रहेछ ।'
तर अवैध रूपमा भित्रिने कारण टाइप अप्रुभल मात्र होइन । गत वर्षको मंसिरमा तातोपानीमा राजस्व गस्ती प्रमुखको जिम्मेवारी पूरा गरी फर्किने क्रममा सशस्त्रका डीएसपी हर्क पन्तबाट ७ सय ६१ थान चोरीका मोबाइल बरामद भएको थियो ।
'टाइप अप्रुभल अनिवार्य गरे पनि बजार अनुगमन हुन नसक्ता अवैध कारोबार प्रोत्साहित भयो,' सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेजका प्रेसिडेन्ट डिकेश मल्होत्रा भन्छन्, 'सम्बद्ध निकायले बजार अनुगमन गरी अवैध कारोबारलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।'
प्रमुख १० भन्सार नाका (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, वीरगन्ज, सुख्खा बन्दरगाह, काँकडभिट्टा, तातोपानी, विराटनगर, भैरहवा, कृष्णनगर, नेपालगन्ज, कैलाली) बाट २०६८/६९ मा ५ अर्ब ६८ लाख रुपैयाँ बराबरको १९ लाख ३४ हजार मोबाइल सेट भित्रिएको थियो । आव २०६७/६८ मा ४ अर्ब ४३ करोड ५८ लाख रुपैयाँको १६ लाख ३८ हजार सेट भित्रिएको थियो । तर बजारको मागअनुसार भन्सारमा देखिएको संख्या निकै कम भएको व्यवसायी बताउँछन् । दूरसञ्चार प्राधिकरणका अनुसार जनसंख्याको ६१ प्रतिशत (१ करोड ६१ लाख) मोबाइल बोक्ने भइसकेको छ । एकाध वर्षमा नयाँ सेट किनिने र एकभन्दा बढी मोबाइल प्रयोग गर्नेको संख्या पनि बढ्दै गएकाले वर्षमा १९ लाख मोबाइल आयात हुनु भनेको अवैध बजार ठूलो भएको प्रमाण हो ।

नेकपा–माओवादी अध्यक्ष मोहन बैद्यले कुनै पनि पक्षमा नलागि फागुन १ बाट आन्दोलन गर्ने उद्घोष गरेका छन्।
वैद्यले सरकार र विपक्षीको विवाद सत्ताका लागिमात्र भएको आरोप लगाउँदै आफूहरुले राष्ट्रियता, जनजिविकाको पक्षमा फागुन १ गतेदेखि आन्दोलन घोषण गर्ने बताएका छन्।
आज राजधानीमा नौ दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलन बोल्दै वैद्यले भने ‘एमाओवादी, कांग्रेस र एमाले एउटै हुन ।’
वैद्यले अन्य राजनीतिक दलले संविधान सभाको पुनस्थापनाको विषय उठाइरहेका बेला संविधानसभा पुनःस्थापनाको सम्भावना सकिएको र नयाँ चुनाव हुने सम्भावना पनि नभएका बताउँदै वर्तमान संकटको लागि गोलमेच सम्मलेन उत्तम विकल्प भएको समेत बताएका छन् ।
वैद्यले माओवादीको अबको जनआन्दोलन गोलमेच सम्मेलनका लागि हुने समेत प्रष्ट पारे। वैद्य माओवादीको नौ दिन लामु वैठकले फागुन १ गते जनयुद्ध दिवस, ८ मार्च अन्तराष्ट्रिय महिला दिवस, चैत्र ५ मा सांस्कृति प्रतिरोध दिवस र चैत्र २४ लाई जनआन्दालने दिवसको रुपमा मनाउँने निर्णय गरेको समेत आजै सार्वजनिक गरेको छ ।

माघ १७, तपाइँ सुतेका बेला कतिको घुर्ने
गर्नुहुन्छ ? घुर्ने मानिसहरूमा मोटोपन, धूम्रपान गर्ने वा अत्यधिक
कोलस्टेरोल भएका व्यक्तिहरूको अपेक्षा हृदय रोगको खतरा निकै हुने गर्दछ ।
यो कुराको जानकारी हालै गरिएको एक नयाँ अध्ययनबाट देखिएको हो ।
मस्तिष्कमा आक्सीजन युक्त रक्त पुर्याउने
दुइ ठुला रक्त नलिहरू साँगुरो हुने कारणले गर्दा मानिसहरूलाइ घुर्ने
बाँनीले समाउँदछ । यसले धमनी तथा हृदय सम्बन्धि बिभिन्न प्रकारका रोगहरू
निम्त्याउन सक्दछ ।
यस अध्ययन भन्दा अघि निकै कम मात्र जानकारीहरू प्राप्त भएका थिए । जसले घुर्ने बानी र हृदयरोगका बीचमा सम्बन्ध रहेको हुने गर्दछ । डीब र यस अध्ययनका वरिष्ठ लेखकले यस अनुसन्धानका लागी ९१३ जना रोगीहरूलाइ लिएर अध्ययन गरेका थिए ।
१७ माघ, काठमाण्डौं । एकैपटक आमाबुबा
मारिएपछि बेसहारा बनेका सप्तरी जन्डौंलका सात बर्षका बालक दिनेश भट्टराईलाई
काठमाण्डौं तीनकुनेका मनोविज्ञ डा. चण्डीप्रसाद चापागाई र उनकी पत्नी
विमलाले धर्मपुत्र बनाएर काठमाण्डौं ल्याएका छन् । धर्मपुत्र बनेपछि
दिनेशले नयाँ नाम पाएका छन् ‘विवेकानन्द चापागाई’ ।
चापागाई दम्पतीले उनलाई धर्मपुत्र बनाएर
राजधानीकै एक बोडिङ स्कूलमा भर्ना गरिदिएका छन् । चापागाई दम्पतीका दुई
छोरी छन् । अब उनीहरु तीन सन्तानलाई असल नागरिक बनाउने दायित्वबोध गरिरहेका
छन् । गत पुस १६ गते राति सप्तरी जन्डौलस्थित आफ्नै निवासमा सुतिरहेका
बेला विवेकानन्दका बाबु ४५ बर्षका डम्बर भट्टराई र आमा ३५ बर्षकी कौशल्याको
हत्या भएपछि उनीसहित उनका दाजु १५ बर्षका दीपेश र दिदि ११ बर्षकी दीपीका
बेसहारा भएका थिए । त्यसपछि उनीहरु विराटनगरस्थित आफन्त भक्ति भट्टराईका
घरमा आश्रय लिएर बसिरहेकेा खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
विवेकानन्दलाई धर्मपुत्र बनाउने
चण्डीप्रसादले अमेरिकाबाट सकारात्मक सोधखोज विषयमा विद्यावारिधि गरेका छन्
भने पत्नी विमला अक्सफाम इन्टरनेसनल नेपालकी उपनिर्देशक हुन् । आमाबाबुको
हत्याका कारण छोराछोरी बेसहारा भएको समाचार पत्रिकामा पढेपछि चापागाई
दम्पतीले धर्मपुत्र बनाएर पालनपोषण गर्ने इच्छा देखाएका थिए ।
चण्डीप्रसादले भने, ‘मैलेमात्र चाहेर भएन् । पत्नी छोरी र मेरा ड्राइभरसँग
पनि सल्लाह गरें । सबैजना सहमति भएपछि उनलाई तेस्रो सन्तानका रुपमा ग्रहण
गरेका हौं ।’
मान्छेले विभिन्नअनौठा र साहसिककाम गरेर
आफ्नो नाम संसारमाचिनाउन चाहन्छन् । अमेरिकाका एक जनामानिसले पनि यस्तै
अनौठो काम गरेर विश्व कीर्तिमान राख्ने प्रयास गरे । क्यालिफोर्नियाका एक
युवाले एक दिनमा सबैभन्दा बढि जनासँग अँगालो मारेर विश्व कीर्तिमान राख्ने
प्रयास गरे, तथापि उनी सफल भने हुन सकेनन् ।
२५ वर्षे डेभिड प्यार्सनले आफ्नो मिल्ने
साथीको सम्झनामा आलिंगनमा उत्रिएका छन् । उनकी मिल्ने साथी शारोनको
दुइवर्षअघि क्यान्सरका कारण मृत्यु भएको थियो ।
पहिलोपटकमा आफुले १ हजार भन्दा बढि जनासग
अगालो मारेको र आफु भविष्यमा सबैभन्दा बढि जनासँग अँगालो मार्ने किर्तिमान
राख्न सफलहुने दाबी डेभिडको छ । मान्छेको लागि सबैभन्दाप्रिय वस्तु भनेको
मायातथा सद्भाव भएको र अँगालो मार्नुले माया र सद्भाव प्रकट गर्ने भन्दै
उनले आफु यही सन्देश फैलाउन अँगालो मार्ने अभियानमा होमिएको बताए ।
अँगालो मार्ने अभियानबाट १ लाख डलरभन्दा बढि रकम संकलन गरी क्यान्सर पीडित बालबालिकाको उपचारमा सहयोग गर्ने धोको उनको छ ।
परमाणु हतियारको विकाशमा लाग्दै पश्चिमा
विश्वलाई आयलकायल पारिरहेको उत्तर कोरियाली जनता भोकमरीको चरम चपेटामा
परेको खबर सार्वजनिक भएको छ । त्यहाँ भोकमरी यति नराम्ररी फैलिएको छ कि
भोकले ग्रस्त भएपछि एक जना उत्तर कोरियाली पुरषले आफ्ना दुइजना बच्चालाई
मारेर मासु खाएका छन् । बच्चालाई मारेको आरोपमा ती पुरुषलाई फाँसीको सजाय
दिएको छ सरकारले ।
समाचार अनुसार उत्तर कोरियामा भोकमरी
यतिधेरै फैलिएको छ कि त्यहाँ मान्छेले मान्छे खाने अवस्था उत्पन्न भएको छ ।
भोकमरीकै कारण मानिसहरुले चिहानबाट मान्छेका लास निकालेर समेत खाने गरेका
छन् ।
एसिया प्रेसको समाचार अनुसार भोकमरीबाट
उत्तर कोरियाका विभिन्न प्रान्तमा गरी १० हजार भन्दा बढि मानिसको ज्यान
गैसकेको छ । उत्तरी र दक्षिणी हवांगइ प्रान्तबाट अन्नजफत गरेर सरकारले
राजधानी पूराएकाले ती क्षेत्रमाभोकमरी फैलिएको बताइउको छ ।
स्मरण रहोस् यसअघि सन् १९९० मा उत्तर कोरियामा भएको भिषण अनिकालमा परी साढे ३ लाख जनाले ज्यान गुमाएका थिए ।
नेपाल पत्रकार महासंघ जनआन्दोलन २०६२/६३
को एक प्रमुख हिस्सेदार हो । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जे जस्ता
परिवर्तन भए ती सबैको अंशियार नेपालका पत्रकार पनि हुन् । विस्तृत शान्ति
सम्झौताको पत्रकार महासंघले स्वागत गर्दै त्यसको पालना गर्न आठ हजार
सदस्यलाई निर्देशन दिएकै हो । विस्तृत शान्ति सम्झौतालाई कागजको खोष्टो
बनाउने काम नेपालका पत्रकारले होइन, सरकारको नेतृत्व गर्ने प्रमुख दलहरूले
नै गरेका हुन् । बरु पत्रकारले त शान्ति सम्झौता पालना गराउन, शान्ति
सम्झौता र अन्तरिम संविधानअनुरुप सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरी
युद्ध अपराधीलाई कारबाही गर्न, अदालतबाट दोषी ठहर भएर सजाय तोकिएका
बालकृष्ण ढुंगेलहरूलाई कानुनबमोजिम कारवाही गर्न, युद्धबन्दीलाई बेपत्ता
पार्ने कर्णेल राजु बस्नेतदेखि पत्रकार कृष्ण सेनको हत्यामा संलग्न प्रहरी
अधिकृत विक्रमसिंह थापालाई बढुवा नगर्न तथा कानुनी कारवाही गर्न पटक-पटक
झक्झक्याएकै हुन् ।
यदि अदालतबाट दोषी ठहर भइसकेका र बिभिन्न
प्रतिवेदनहरूबाट आरोपितहरूलाई दण्डित गरेको भए अहिले बेलायतमा कर्णेल कुमार
लामा पक्राउ पर्ने थिएनन् होला । अनि डेकेन्द्र थापा प्रकरण सत्ता र
विपक्षीहरूको राजनीतिको रोटी सेकाउने इन्धन बन्ने थिएन होला ।बिडम्बना,
यहाँ डेकेन्द्र थापाको कुरा उठ्दा कृष्णसेनको कुरा किन उठाइएन भनेर
सत्ताधारीले भन्छन् । कृष्णसेनको पक्राउदेखि हत्यासम्मको खबर बाहिर ल्याउने
अरु कोही थिएन पत्रकार नै हुन् । कृष्ण सेनको गिरफ्तारी र हत्यामा
संलग्नलाई बढुवा होइन कारबाही गर भन्दा कृष्णबहादुर महरा गृहमन्त्री भएका
बेलामा बढुवा गरियो । राजु बस्नेतलाई कारबाही गर भनेर सबैतिरबाट दबाब आउँदा
रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री बाबुरामको जोडबलमा जर्नेलमा बढुवा
गरिएको घटना आलै छ । अनि फेरि पनि पत्रकार र पत्रकार महासंघलाई बिचारका
आधारमा बिभाजित गरिदिने र तल्लो तहका कार्यकर्ताको भावना भड्काउन खोज्ने
सत्ताधारी प्रवृत्ति निन्दनीय छ ।
पत्रकार महासंघले त डेकेन्द्रको प्रकरणलाई
न्यायिक निरुपण हुन दिनुपर्छ भनेको मात्र हो । भोलि अदालतले अन्तरिम
संविधानको अभिन्न अंग बनेको शान्ति सम्झौता अनुरुप डेकेन्द्रको हत्या
प्रकरणको अनुसन्धान र कारबाही अघि बढाउन नपर्ने भनेर फैसला गरेमा सबैभन्दा
पहिले त्यसलाई स्वीकार नेपाल पत्रकार महासंघले नै गर्नेछ । पत्रकार आफ्नो
पक्षमा फैसला हुँदा न्यायालय जिन्दावाद र विपक्षमा फैसला हुदा मूर्दावाद
भन्ने जात होइन । तर हाम्रो आग्रह त, यो प्रकरणलाई स्वतन्त्र ढंगले न्यायिक
निरुपण हुन दिनुपर्छ र व्यक्तिहत्याको फौजदारी अभियोग तथा मानवता विरोधी
अपराधको केशलाई राजनीति नभनियोस् भन्ने मात्र हो ।
डेकेन्द्र प्रकरणले न्यायिक निरुपण पाउने
बित्तिकै कृष्ण सेनदेखि मिलन नेपालीसम्मका पत्रकारलाई हत्या र बेपत्ता
पार्ने अपराधमा संलग्न अभियुक्तहरूलाई पनि न्यायको कठघरामा उभ्याउने बाटो
खुल्छ भन्ने दृढ विश्वास महासंघको हो । यसमा महासंघ एकजुट छ । कसैले
बाहिरबाट धारे हात लगाएर बिभाजित गर्न खोज्दैमा महासंघ बिभाजित हुने छैन
।अहिले डेकेन्द्र प्रकरण चर्किरहेका बेला दैलेखलाई केन्द्र बनाएर बिपक्षी
गठबन्धनले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । उनीहरूले दैलेखमा
एमाओवादीको जिल्ला सम्मेलनमा सहभागी हुन गएका प्रधानमन्त्री र एमाओवादी
अध्यक्ष लगायतका नेताहरूमाथि अवरोधका प्रयास गरे । ढुंगा, मुढा र
बलप्रयोगको घटना पनि भयो । पत्रकारको आन्दोलनको फेरो समातेर कसैले सत्तामा
जान खोजेको हो भने त्यो पनि किमार्थ सम्भव छैन ।
लोकतन्त्रमा कुनै पनि दलको शान्तिपूर्ण
कार्यक्रममा अवरोध गर्ने कुरालाई पत्रकार महासंघले स्वीकार गर्दैन ।
त्यहाँका पत्रकारहरूले सहकर्मीको हत्यामा संलग्न अभियुक्तलाई जोगाउने र
पत्रकार महासंघलाई डलर खेतीको आरोप लगाउने प्रधानमन्त्रीप्रति विरोध जनाएका
हुन् । विपक्षीको आन्दोलनमा पत्रकारको समर्थन वा विरोध केही पनि हुँदैन र
हुनु पनि हुँदैन । यसै घटनाको घानमा परेर विस्थापित भएका पत्रकारलाई
पुनस्र्थापित गर्न सरकारले सुरक्षाको सुनिश्चितता दिनुपर्छ ।डेकेन्द्र
प्रकरणलाई विपक्षीले राजनीतिक दलहरूले आ-आफ्नो दूनो सोझ्याउने अस्त्र बनाउन
नेपालको स्वतन्त्र पत्रकारितालाई बलजफ्ती राजनीतिक लेपन गर्न खोजिरहेका
छन् । तर जाँदाजाँदै एउटा कुरा स्पष्ट होस, पत्रकार सत्ता बचाउने वा हटाउने
दुवैको हतियार बन्न सक्दैनन् । डेकेन्द्रको आत्मालाई शान्ति दिलाउने र
पीडित परिवारलाई न्याय दिने लडाइँमा पत्रकार आफैं लड्न सक्षम छन् । मौकामा
चौका छोपेर सरकारलाई हटाउने अस्त्र आन्दोलनलाई बनाउन विपक्षीहरूले खोजेका
हुन् भने त्यसमा पत्रकार महासंघ सचेत छ । डेकेन्द्रको चिहानमा उभिएर अग्लो
बन्ने छुट कसैलाई पनि छैन ।