न्युयोर्क, मिस नेपाल अमेरिका २०१३ को ताज बर्तिका राईले पहिरन सफल भएकी छन् । शनिबार राती न्युयोर्कमा सम्पन्न भएको अन्तीम फाईनल शोमा १६ जना प्रतिस्प्रर्धीलाई पछाडि पार्दै न्युयोर्कमा बस्दै आएकी राईले मिस नेपाल अमेरिका २०१३ को ताज पहिरन सफल भएकी हुन् । त्यस्तै फस्ट रनर अपको ताज क्यालीफोर्नियाकी अनुजा मगरले प्राप्त गरेकी छन् भने सेकेण्ड रनर अपको ताज टेक्सासकी सोनी पाठकले पहिरन सफल भएकी छन् । मिस नेपाल अमेरिका २०१३ को जज टिममा टेलिभिजनकर्मि किरण क्षेत्रीको संयोजकत्व रहेको थियो । मिस नेपाल अमेरिका २०१३ की बिजेतालाई मिस नेपाल अमेरिका २०१२ आस्था श्रेष्ठ र मुख्य जज किरण क्षेत्रीले पहिराइदिएका थिए । मिस नेपाल अमेरिकाकी बिजेताले ५ हजार अमेरिकन डलरको छात्राबृतीका साथै नेपाल पर्यटन बोर्डको ब्राण्ड एम्बास्डरको उपाधी समेत पाएकी छन् ।
नायिका करिश्मा मानन्धर र नायक राजेश हमालको जोडी पर्दामा सधै नै जमेको छ । राजेश र करिश्माको बिचमा विभिन्न खालका चर्चा पनि बजारमा हुने गर्दछन् । उसो त नायिका मानन्धर पनि आफ्नो र राजेशसँगको जोडी सर्वाधिक चर्चामा रहेको स्विकार गर्न पछि पर्दिनन् ।तर सार्वजनिक कार्यक्रममा नायक राजेश हमाल र करिश्मा नबोलेको भन्ने कुरा सधै चर्चामा आइरहन्छ । करिश्मा पनि यो कुरालाई स्विकार गर्दै भन्छिन्, ‘मानिसलाई हेर्दा त्यस्तो लागेको हो र यस्तो लाग्नु स्वभाविक पनि हो ।’ राजेशजी को कम बोल्ने स्वभाव हुनु, कहिलेकाही नमस्कार गर्दा पनि नफर्काउने जस्तो बानीले पनि आफुहरु बिच धेरै बोलचाल नहुने उनको तर्क छ ।
करिश्माले राजेश र आफ्नो सम्बन्धको बिषयमा मानिसले कल्पना मात्र गरेको भन्दै त्यस्तो कल्पनालाई स्वभाविक र सकारात्मक भनेकी छिन् । उनका अनुसार कुनै पनि मानिसको अफेयर चलेपनि २० बर्षसम्म नचल्ने भन्दै आफू र राजेशको बिषयमा चल्ने विभिन्न टीप्पणीहरु मानिसको कल्पना मात्र भएको बताइन् ।
आफूले राजेश हमाललाई सधै नै सम्मान गर्ने बताउदै उहाँले पनि मलाई सम्मान गर्नुहुन्छ भन्ने लागेको करिश्मा बताउछिन् । राजेशलाई सन्देश दिनुहोस् भन्दै करिश्माले अझै अगाडी आफूहरु काम गर्नुपर्छ भन्ने पछि परिनन् ।
काठमाडौ, भाद्र ४ - नेपाल सद्भावना पार्टीका अध्यक्ष सरिता गिरी रत्नपार्कस्थित शान्तिवाटिकामा आठ दिनदेखि अनसनमा बसेकी छन् । उनले आफ्ना माग पूरा नभएसम्म आमरण अनशन जारी राख्ने बताएकी छन् ।
गिरीले जनसंख्याको अनुपातमा निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने, संविधानसभामा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने, नागरिकताविहीन मधेसीलाई नागरिकता उपलब्ध गराइनुपर्ने लगायतका ३० सुत्रीय माथ राखेर साउन २७ देखि अनसनमा थालेकी हुन् ।
उच्च स्तरीय राजनीतिक समितिस“ग मधेसी जनअधिकार फोरम नेतृत्वको मोर्चाले गरेको ६ बु“दे सहमतिले मधेसी जनतास“ग अन्याय भएको भन्दै उनले त्यसको खारेजीको माग पनि राखेकी छन् ।
४ भदौ, काठमाडौं । लगानी बोर्डले विभिन्न जलविद्युत् आयोजनाहरूसँग आयोजना विकास सम्झौता (पिडिए)को प्रक्रिया अगाडि बढाए पनि नीतिगत समस्याका कारण सोचेजति प्रगति हुन सकेको छैन । लगानी बोर्डका सहसचिव मुकुन्द पौडेलले नेपालको सन्दर्भमा पिडिएको अवधारणा नयाँ भएकाले समस्या आएको बताउनुभयो । विद्युत् ऐन, सार्वजनिक खरिद ऐन, व्यापार तथा वाणिज्य ऐनलगायत विभिन्न १० वटा ऐनमा सुधार नगर्दासम्म ठूला जलविद्युत् आयोजनामा वैदेशिक लगानी भित्रयाउन समस्या भएको बोर्डको बुझाइ छ ।
सहसचिव पौडेलले विदेशी लगानीकर्ताले विद्युत् ऐनमा रहेका केही प्रावधानमा प्रश्न उठाएका छन्, ती ऐन संशोधन गर्न व्यवस्थापिका संसद्को आवश्यकता पर्दछ, यतिखेर संसद नभएका कारण पनि समस्या थपिएको बताउनुभयो । बोर्डले सहज वातावरण बनाएर लगानीकर्तालाई विश्वास दिलाउने प्रयास गरिरहेको र केही समयपछि पश्चिम सेती जलविद्युत् आयोजनाको सम्बन्धमा काम अगाडि बढाउने प्रयास गरेको सहसचिव पौडेलको भनाइ छ ।
arun-river
कुल ७५० मेगावाट क्षमताको सो आयोजना चिनियाँ कम्पनी थ्री गर्जेजले निर्माण गर्ने विषयमा नेपाल सरकार र चिनियाँ पक्षबीच गत साल प्रारम्भिक सम्झौता भए पनि थप विषय अगाडि बढ्न सकेको छैन । “चिनियाँ पक्षले वार्तामा आउने विश्वास दिलाएको छ, केही दिनभित्रै दुई पक्षबीच वार्ता हुन्छ र सो आयोजनाको काम अगाडि बढ्छ भन्नेमा हामी विश्वस्त छौँ”- उहाँले भन्नुभयो ।
पश्चिम सेती जलविद्युत् आयोजनाका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने र विद्यमान ऐन नियमको परिधिभित्र रहेर पिडिएको काम पनि अगाडि बढाउने सोच बोर्डले राखेको उहाँको भनाइ छ । बोर्डले माथिल्लो कणर्ाली जलविद्युत् आयोजनाको प्रवर्द्धक जिएमआर, अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवर्द्धक जिन्दाल पावरलगायतका प्रवर्द्धकसँग पिडिएको प्रक्रिया अगाडि बढाएको छ । “विद्यमान नीति नियमको परिधिमा रहेर के कति गर्न सकिन्छ सोही विषयमा नै रहेर हामीले प्रक्रिया अगाडि बढाएका छौँ , तर नीतिगत समस्या भने कायम नै छ”, सहसचिव पौडेलले भन्नुभयो ।
यस्तै विभिन्न आयोजनाबाट उत्पादन भएको विद्युत् डलरमा खरिद गरिएको र नेपाल विद्युत् प्राधिकरणलाई धरासायी बनाइएको भन्दै आगामी दिनमा कुनै पनि आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद गर्दा नेपाली रुपैयाँमा नै खरिद गर्ने विषयमा रणनीति बनाउन ऊर्जा मन्त्रालयका सहसचिव केशवध्वज अधिकारीको संयोजकत्बमा एक समितिसमेत गठन गरिएको छ । सो समितिले विद्युत् खरिदका सम्बन्धमा के कसरी प्रक्रिया अगाडि बढाउन सकिन्छ भन्ने विषयमा प्रतिवेदन तयार पार्ने जनाइएको छ । रासस
प्यालेस्टाइन हृयाकरले सामाजिक सञ्जाल फेसबुक संस्थापक मार्क जुकरबर्जको एकाउन्ट हृयाक गरेका छन् ।
प्यालेस्टाइन आईटी एक्सपर्ट खलिल श्रेटेहले पटक पटक फेसबुकको एकाउन्ट सुरक्षाका लागि दिएको सुझाव वेवास्ता गरेको भन्दै जुकरबर्गकै एकाउन्ट हृयाक गरेका हुन् । फेसबुकले एकाउन्ट सुरक्षाबारेको त्रुटि पत्ता लगाउनेलाई पुरस्कार दिने गरेको छ ।
दोस्रो पटक पनि फेसबुक एकाउन्ट सुरक्षाबारे इमेल गरेका उनलाई फेसबुक मुख्यालयबाट 'प्राविधिक त्रुटि नरहेको' जवाफ आएपछि संस्थापककै एकाउन्ट हृयाक गरेर देखाएका हुन् । इन्फरमेशन सिस्टममा बीए गरेका उनले मार्क जुकरबर्गको फेसबुक हृयाक गर्दा पश्चाताप नभएको बरु आफ्नो क्षमतालाई प्रमाणित गरेको प्रतिक्रिया दिएका छन् ।
उसो त नेपाली सिने जगतमा आफ्नो प्रतिद्धन्दी कलाकारहरुको तारिफ भन्दा पनि आलोचना गर्नेहरु धेरै छन् । विशेषगरी अर्काको राम्रो भन्न नसक्ने कलाकारहरुको संख्या पनि यहाँ कम छैन ।तर शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘महशुश’की नायिका केकी अधिकारीले भने आफ्नै सहकर्मीहरुबाट राम्रो तारिफ पाइरहेकी छिन् । केकीले ‘महशुश’मा गरेको अभिनयले धेरैको मन पनि जितेको छ । ‘महशुश’मा नायिका अधिकारी गौरीको भूमिकामा देखिएकी छिन् ।
केकीको प्रशंसा गर्दै अर्की नायिका पि्रयंका कार्कीले फेसबुकमा आफ्नो अनुभव साटेकी छिन् । उनले केकीको अभिनयले आफूलाई गर्व लागेको भन्दै नेपाली सिने नगरीमा वास्तविक अभिनय गर्ने नायिका रहेकोमा खुशी लागेको बताएकी छिन् ।
केकीको अभिनयलाई लिएर यस अघि पनि केही कलाकारहरुले तारिफ भरिएको शब्द कोरेका थिए । आर्यन सिग्देल, बेनिशा हमालको समेत अभिनय रहेको यो चलचित्रबाट नायिका केकी अधिकारीले विशेष प्रशंसा पाइरहेकी छिन् । कल्याण घिमिरेको निर्माणमा नबल नेपालले निर्देशन गरेको यो चलचित्रले व्यापार भने सामान्य गरेको छ ।
फेसबुकमा अनावश्य कुराहरु लेखेर समय खर्च गर्ने नेपाली सिनेमाका कलाकारहरुले सिने नगरी र अन्य कलाकारको बिषयमा सकारात्मक कुरा लेखेको खण्डमा पक्कै पनि सबैलाई फाइदा नै मिल्ने छ ।
३ भदौ, काठमाण्डौं । तिव्रगतिका धावक उसेन बोल्टले विश्व एथलेटिक्स च्याम्पियनसिपमा ४ गुणा १ सय मिटरमा स्वर्ण जितेका छन् । यससँगै उनी रुसको मस्कोमा जारी विश्व च्याम्पियनसिपको सर्वाधिक सफल खेलाडी बनेका छन् ।
च्याम्पियनसिपमा उनले ८ स्वर्णसहित १० पदक जितेपछि बोल्टले महान धावक कार्ल लेविस र एलीसन फेलिक्सको कीर्तिमानसँग बराबरी गरेका छन् । यद्यपी लेविसले ८ स्वर्ण, एक रजत र एक कास्य जितेका थिए भने बोल्टले ८ स्वर्ण र दुई रजत जितेका छन् ।
४ गुणा १ सय मिटरको दौड पूरा गर्न बोल्टले ३७ दशमलव ३६ सकेण्ड लगाए ।
४ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले विजयी सुरुवात गरेको छ । सोमबार राति भएको खेलमा आफ्नो पहिलो खेलमा म्यानचेष्टर सिटीले १० खेलाडीमा सिमित न्यूक्यासललाई ४–० ले पराजित गरेको हो ।
नयाँ प्रशिक्षक म्यानुअल पेलेग्रिनीको डेब्यू खेलमा डेभिड सिल्भाले दोस्रो मिनेटमा ने गोल गरे । इडेन जोकोको पासमा उनले गोल गरेका हुन् । २२ औं मिनेटमा सर्जिओ एग्युरोले सिटीको अग्रता दोब्बर पारे । पहिलो हापको अन्तिममा स्टिभिन टेलरले रातो कार्ड पाएपछि न्यूक्यासल १० खेलाडीमा सिमित भयो ।
५५ औं मिनेटमा पाएको फ्रिकिकमा याया टोरे गोल गरे भने ७५ औं मिनेटमा समिर नासरीले गोल गरेपछि ४–० ले विजयी भयो ।









बलिउड नायक आमिर खानले खलनायकको भूमिकामा अभिनय गरेको चलचित्र ‘धुम ३’ को चर्चा अहिले चुलिएको छ । चलचित्रको फष्ट लुक सार्वजनिक भएसँगै यसको चर्चा निक्कै चुलिएको हो ।हालै मात्र चलचित्रको सेटलाइट्स राइटका लागि एक टेलिभिजन कम्पनीले ७५ करोडको अफर गरेको छ । यशराज व्यानरको निर्माणमा बनेका सबैजसो चलचित्र सोनी टेलिभिजनबाट प्रशारण हँुदै आएको छ । तर ‘धुम ३’ का लागि भने सोनीको दुश्मन मानिएको अर्को एक टेलिभिजनले ७५ करोडमा सेटलाइट राइट्स खरिद गर्ने प्रस्ताव गरेको छ । तर यस बिषयमा यसका निर्माता आदित्य चोपडाले केही पनि बोलेका छैनन् ।
यसैबिच आमिर खान अभिनित यो चलचित्रको हालै मात्र सार्वजनिक गरिएको पोष्टर चोरिएको आरोप भारतिय संचारमाध्यमहरुले जनाएका छन् । चलचित्रको पोष्टर एक हलिउड सिनेमाबाट नक्कल गरिएको आरोप लगाइएको छ । ‘द डार्क नाइट’ नामक सिनेमाको पोष्टरबाट ‘धुम ३’ को पोष्टर चोरिएको बताइएको छ ।
मुम्बई- रकस्टारबाट बलिउड पाइला राखेकी नरगिस फकरी फिल्मको कारण चर्चामा छैनन्। पहिला रणबीर कपूर र त्यसपछि शाहिद कपूर र अहिले उदय चोपडासँगको सम्वन्धले उनलाई बलिउडमा चर्चित बनाइरहेछ।
यो कुराको उनी स्वयंले पनि स्वीकारेकी छन्। 'म सिंगल छु तर कसैको प्रेममा पर्न तत्काल तयार छैन', उनले भनिन्। पछिल्लो दुई वर्षदेखि उनका कुनै फिल्म आएका छैनन्। तर उनी कहाँ ब्यस्त छिन् ? 'म विज्ञापनको शुटिंगमा ब्यस्त छु र पत्रिकाको फोटो शूटको लागि पनि', नरगिसले भनिन्।
आफ्ना बारे आएका हल्लाहरुले हैरान बनाएको नरगिस बताउँछिन्। स्टार भएपछि यति त झैल्नै पर्छ भन्ने उनको मान्यता छ। अब उनको नयाँ फिल्म 'मद्रास क्याफे' आउँदैछ। उनी अहिले यसैको प्रमोशनमा ब्यस्त छिन्। आउन लागेको फिल्म 'फटा पोस्टर निकला हीरो' मा उनले आइटम डान्स गरेकी छिन्
नरगिस फकरी भारतीय पिता र अमेरिकन आमाकी सन्तान हुन्। फिल्ममा आउनु भन्दा पहिला उनि मोडलिङ गर्थिन्।
साउदी अरेबियाकी एक युवतीले आफ्नो हुनलाई ठीक्क परेको विवाह भंग गरिन् । इनगेजमेन्टको तयारीमा रहेकी उनले यस्तो एकाएक त्यो केटासँग इन्गेजमेन्ट नगर्ने निधो गरिन् । उनले यसो गर्नुको कारण जान्न चाहनुहुन्छ ? निकै रोचक कारण पो छ त ।
वास्तवमा उनले आफ्नो हुनै लागेको बिहे भंग गर्नुको कारण फेसबुक हो । अझ फेसबुकका केटीहरु हुन् । गल्फ न्युजका अनुसार आफ्नो हुनेवाला लोग्नेको फेसबुक, टि्वटर तथा इन्स्ट्राग्राम लगायतका सोसल नेटवर्कमा धेरै केटी साथी रहेको भन्दै ती युवतीले त्यो युवकसँग सम्बन्ध नगाँस्ने निधो गरिन् ।
उनको हुनेवाला लोग्नेको सोसल नेटवर्क तथा माइक्रोब्लगका अधिकांस साथी तथा फलोअर्सहरु युवती तथा महिलाहरु रहेको पत्तो पाएपछि ती युवती यस्तो कठोर तथा बहुलट्ठीपूर्ण निष्कर्षमा पुगिन् । उनले दुइ हप्तासम्म त्यो युवकको टि्वटर अकाउण्टका टि्वट्स, फेसबुकका तस्वीर तथा स्टाटस तथा इन्स्ट्राग्रामका तसवीर समेत अनुगमन गरिन् । त्यस्तो अनुगमनबाट उनले के पाइन् भने त्यो युवकको सोसल साइटमा सबैभन्दा धेरै कमेन्ट गर्ने केटीहरु नै थिए र उसका साथीहरु पनि धेरै केटी नै थिए । त्यस्तो देख्दा ती युवतीलाई त्यो युवक प्रति शंका जाग्यो र ऊ कतै धेरै केटी बटुल्ने मान्छे त होइन भन्ने लाग्यो । त्यसपछि उनले त्यो युवकसँग तय भएको इन्गेजमेन्टको कार्यक्रम एकतर्फी रुपमा रद्द गरेर ऊ सँग बिहे नगर्ने घोषणा गरिन् ।
उनको यस्तो अनौठो निर्णयलाई कतिपयले अनलाइनमा सह्राना गरेका छन् पनि कतिपयले सनकी भन्दै गाली समेत गरेका छन् ।
काठमाडौं— एसिसी इमर्जिङ टिम्स कपमा नेपाल क्रिकेट सुपरपावर भारतको अन्डर २३ सँग ८४ रनले पराजित भएको छ। २६९ रनको लक्ष्य पाएको नेपालले ५० ओभर खेल्दै १८४ रन बनायो। उत्कृष्ट ब्याटिङ गरेका सागर पुनले ५९ बलमा अर्धसत पूरा गरे।
पछिल्लोक्रमका ब्याट्सम्यान पुनले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले राम्रो ५० ओभर खेल्दै राम्रो स्कोर बनाउन सकेको हो।
बसन्त रेग्मीले १० ओभर बलिङ गर्दै ९० रन खर्चेर ३ विकेट लिए। १० ओभर नै बलिङ गरेका अविनाश कर्ण र शक्ति गौचनका खातामा पनि एक एक विकेट रह्यो। कर्णले एक मेडन ओभर राख्न सफल रहे।
जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले अहिलेसम्म ४१ ओभर खेल्दै ८ विकेटको क्षतिमा १४४ रन जोडेको छ। सुवास खकुरेलले ६० बल खेल्दै २९ रन बनाएर भने कप्तान पारस खड्का २७ बलमा १२ रनमै आउट भए। नेपालको स्कोर माथि ल्याउन अनिल मन्डलले १९ रनको योगदान दिए।
बसन्त रेग्मीले २ विकेट ढालेका छन्। ७ ओभर बलिङ गर्दै ५५ रन दिएपछि उनले २ विकेट आफ्नो खातामा लेखाएका हुन्।
शक्ति गौचनको बलमा उन्मुक्त भरत ठाकुर चन्दको विकेट ढलेको छ। भारतको १ विकेट ढल्यो।
बसन्त नेपालका लागि निकै महँगो सावित भए। उनको ओभरमा एक चौका र एक छक्का सहित भारतले १२ रन बनायो।
११ औं ओभरमा नेपालले बलिङ परिवर्तन गरेको छ। स्पिनर बसन्त रेग्मी बलिङ गर्दैछन्।
१० ओभरको समाप्तिसँगै पारस खड्का र अविनाश कर्णले ५-५ ओभरको स्पेल पूरा गरेका छन्।
८ ओभरमा विकेट नगुमाइ भारतले २२ रन जोड्यो।
अविनाश कर्णका नाउँमा मेडन ओभर। ७ औं ओभरमा अविनाशले मेडन राखेका हुन्। कप्तान पारस खड्काले १ मेडन ओभर आफ्नो नाउँमा लेखाइसकेका छन्।
६ ओभरको समाप्तिमा भारतले २१ रन बनाएको छ।
नेपाली टोलीमा केही परिवर्तन गरेको छ। चन्द्र साउदको स्थानमा विनोद भण्डारी मैदानमा उताारेको छ।
सिंगापुर भइरहेको खेलमा नेपालले टस जितेर भारतलाई फिल्डिङको निम्तो दिएको छ।
अभिनेत्री नम्रता श्रेष्ठका अनेक रूप पर्दामा देखिइसकेका छन्। नेपाली फिल्ममा अहिलेसम्म कुनै मूल पात्र नदेखिएको भूमिकामा नम्रता देखिने भएकी छिन्। उनले मुख्य भूमिकामा अभिनय गरेको फिल्म 'मौन'मा उनले पूरै मौनता साध्नेछिन्।
बहिराहरूको प्रेमकथामा बनेको फिल्ममा उनको यो रूप देखिने भएको हो। आफूसँगै पढ्ने युवकलाई एकोहोरो मन पराउने युवतीको भूमिकामा प्रस्तुत भएकी उनले नबोलेरै प्रेमको अनुभूति दिलाउन गरेका प्रयास फिल्ममा समेटिएका छन्। यही फिल्मका लागि केही सांकेतिक भाषाको पनि ज्ञान हासिल गरेकी उनले फरक भूमिकामा अभिनय गर्न पाउँदा रमाइलो लागेको बताइन्।
हालै आयोजित एक कार्यक्रममा भनिन्, 'फिल्ममा म नबोले पनि मेरो काम फिल्मले बोलिहाल्छ। फरक काम गर्दा रमाइलो लागेको छ। फिल्मबारे भने मौन बस्छु।' उनको प्रेमीको भूमिकामा अर्पण थापा छन्। उनी पनि फिल्मभरि आवाजविहीन छन्। अर्पणले नै लेखेको कथालाई सुरज भुषालले निर्देशन गरेका हुन्।
३ भदौ, काठमाडौं । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा अध्यक्षको कार्यकाल सकिएपछि विद्यार्थी नेतृ रामकुमारी झाँक्री नेपाली राजनीतिबाट एकाएक हराउनुभयो । एमालेले पनि सम्झनुपर्ने अवश्यकता देखेन, रामकुमारीले पनि मलाई पद देऊ भनेर नेताहरुको घरदैलो चाहार्न चाहनुभएन । एमाले नेता भेट्न बल्खु पुग्दा पनि अपमानित भएर र्फकनुपर्यो ।
तीन वर्षसम्म पनि पार्टीले नसम्भिmएपछि रामकुमारी अब आफ्नै पहलमा एमालेमा सक्रिय हुँदै हुनुहुन्छ । ‘तपाईलाई तीन वर्षसम्म पार्टीले सम्झिएन ?’ अनलाइनखबरको प्रश्नमा शंखमुखस्थित आफ्नै घरमा छोरो सुम्सुम्याउँदै उहाँले भन्नुभयो- ‘साहना प्रधान त्यो हालतमा हुनुहुन्छ र त भेट्न गएका छैनन् । मलाई भेट्न आउने भनेको त धेरै टाढाको कुरा हो ।’
विवाहपछिको तीनवर्षे निश्त्रिmय अवधिमा नेतृ रामकुमारी एमाले नेतालाई भेट्न बल्खु नजानुभएको पनि होइन । उहाँले पुरानो घटना स्मरण गर्नुभयो -’एकचोटि महासचिवलाई समय मागेकी थिएँ, उहाँले १ बजे समय दिनुभयो । बल्खु पुगें । छोरो जन्मिनुभन्दा अगाडिको कुरा हो । उहाँ २ बजे आउनुभयो । अरुलाई नै समय दिनुभएको रहेछ । ठेक्कापट्टा गर्ने मान्छेसँगै कुरा गर्नुभयो र ‘ल सकियो अब जाऔं’ भन्नुभयो र मलाई वेवास्ता गरेर हिँड्नुभयो । त्यसपछि मैले कोही नेतालाई भेट्न टाइम मागिँन ।’
पार्टीमा भूमिकाविहीन रहेको अवस्थामा रामकुमारीको विवाह भयो । अहिले उहाँको १९ महिनाको छोरा छ । विवाहपछि पनि एमालेको राजनीतिमा सक्रिय हुन खोज्दा कि छोरा छाड्, कि राजनीति छाड् भन्ने प्रस्ताव पार्टी नेताहरुबाट आएकोमा रामकुमारीलाई निकै खल्लो लागेको छ । ‘जिल्ला कमिटीको अध्यक्षको हैसियतले प्रतिनिधि परिषदमा पदेन सदस्य थिएँ, तर छोरो जन्मिएर ४/५ महिना काममा नजाँदा मलाई कि छोरो छाड्, कि कमिटी छाड् भनियो’ केही भावुक हुँदै रामकुमारीले भन्नुभयो-’मैले उहाँहरुलाई भनें, यो त ०४६ साल भन्दा अघिको भूमिगत अवस्था त होइन । म मेरो निजी जिन्दगी र राजनीतिक जीन्दगी सँगै लान सक्छु ।’
तीन वर्षसम्म पार्टीले कुनै जिम्मेवारी नदिएपछि सक्रिय हुन समेत समस्या परेको उहाँले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ-’पार्टीको बैठकमा जाने मेरो प्लेटर्फम नै छैन । यो तीन वर्ष त मदन आश्रतिको स्मृति दिवसमा बल्खुको आँगनमा जाने, पुष्पलालको स्मृतिमा जम्मै मान्छे जान्छन् त्यहाँ जाने । त्यो बाहेक मेरो अन्य उपस्थिति हुने ठाउँ नै थिएन ।’
३ वर्षसम्म पनि पार्टीले बास्ता नगरेपछि रामकुमारी अब सानो पदमा बसेर नै भएपछि राजनीतिमा सक्रिय हुन थाल्नुभएको छ । हालै मात्र एमालेले चलाएको चुनावी अभियानमा उहाँ गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा केन्द्रीय प्रतिनिधि भएर खटिनुभएको थियो ।
पार्टीले जिम्मेवारी दिए दोस्रो संविधानसभामा उम्मेदवार बन्ने उहाँको योजना छ । ‘म फेरि पनि माग्न त जाँदिन । मैले ३ वर्षसम्म कुनै जिम्मेवारी देऊ भनिँन । पार्टीलाई जतिबेला संकट आउला, त्योबेला हामीले काम नगरेर कसले गर्ला भन्ने ठानियो’ उहाँले भन्नुभयो-’अब पार्टीले पत्यायो भने चुनावमा जानुपर्यो । जनताले पत्याउनुभयो भने जितेर आउने हो र यी कामहरु गर्ने हो । अहिले त इच्छा प्रकट गर्छु भन्न पर्यो ।’
एमालेको आगामी महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेद्वारी दिने र आफूले बोकेको विचारलाई अगाडि बढाउने झाँक्रीले अनलाइनखबरलाई बताउनुभयो । गगन थापा र आफू समकालीन भए पनि लोकपि्रयतामा पछाडि देखिनुको कारण पनि उहाँल अन्तरवार्तामा खोल्नुभएको छ । विगतमा कनकमणि दीक्षितहरुको नेतृत्वमा गठित नागरिक समाजमा आवद्ध हुनुको रहस्य समेत उहाँले स्पष्ट पार्नुभयो । तपाईले विरोध गरेका लोकमानसिंह कार्कीले त अख्तियारमा राम्रो काम गरेको प्रतिक्रिया आउन थाल्यो नि भन्ने प्रश्नमा ०६२/०६३ को आन्दोलनकी अग्रज झाँक्रीले भन्नुभयो- ‘बिग्रेको घडीले पनि दिनमा दुईचोटि सही समय दिन्छ ।’
३२ साउन,रियाद। साउदी अरबमा श्रीमतीलाइ यातना दिएर मारेको आरोपमा एक व्यक्तिको टाउको काटेर सजाय दिइएको छ। साउदीमा मुसलमानको पवित्र महिना रमजान यताको पहिलो मृत्युदण्डको सजाय हो।
फाउजी अल खाइबारी नामक गरेका व्यक्तिले आफ्नी श्रीमतीलाई कुटेर, जलाएर र फलामे डण्डिले ढाड भाँचेर छोडेका थिए, पछी ती महिलाको मृत्यु भएको थियो ।
श्रीमती मारेका खाइबरीको मुसलमानहरको पवित्र शहर मेदिनामा टाउको काटेर हत्या गरिएको हो।
कट्टर मानिस साउदी अरबमा यो जुलाइ ८ यताको पहिलो मृत्युदण्ड हो। बिचमा रमदान परेकाले मृत्युदण्ड सजाय दिइएको थिइएन।
साउदी अरबमा यो वर्षमात्रै ५८ जना मानिसलाइ मृत्यु दण्डको सजाय सुनाइसकिएको छ।
फाउजी अल खाइबारी नामक गरेका व्यक्तिले आफ्नी श्रीमतीलाई कुटेर, जलाएर र फलामे डण्डिले ढाड भाँचेर छोडेका थिए, पछी ती महिलाको मृत्यु भएको थियो ।
श्रीमती मारेका खाइबरीको मुसलमानहरको पवित्र शहर मेदिनामा टाउको काटेर हत्या गरिएको हो।
कट्टर मानिस साउदी अरबमा यो जुलाइ ८ यताको पहिलो मृत्युदण्ड हो। बिचमा रमदान परेकाले मृत्युदण्ड सजाय दिइएको थिइएन।
साउदी अरबमा यो वर्षमात्रै ५८ जना मानिसलाइ मृत्यु दण्डको सजाय सुनाइसकिएको छ।
नेपालले एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताका लागि २२ सदस्यीय प्रारम्भिक टोलीको छनोट गरिसकेको छ। त्यसमध्ये ५ खेलाडी विदेशमा खेलिरहेका र प्रशिक्षण लिइरहेका छन्। सिंगापुर हुने प्रतियोगिताका लागि केही खेलाडी सोझै त्यतै पुग्ने छन् भने केही छोटो समयका लागि काठमाडौं आएर टोलीसँगै जानेछन्।
गत वर्ष नेपाली क्रिकेटको स्वर्णिम काल थियो। प्रशिक्षक पुबुदु दासानायकेले नेपाली क्रिकेटको ठूलो छलाङको बाटो खोल्ने अभियान थालनी गरे। नेपाली खेलाडीलाई विदेशी लिगमा खेलाउनु सफलताका प्रमुख आधार थिए। फरक क्रिकेट अनुभवले खेलाडी निखारिएका थिए। 'एक्सपोजर' नपाउनु नेपाली क्रिकेटको प्रमुख समस्या भएको पुष्टि भएको थियो। यस पटक पनि ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिल मण्डल, प्रदीप ऐरी, नरेश बुढाऐर र राजेश पुलामी विदेशमै खेलिरहेका छन्।
'कुनै पनि खेलाडीलाई मानसिक रुपमै बलियो बनाउनु पर्छ। त्यसका लागि यहाँ खेलाएर मात्र पुग्दैन, सधै एउटै टोलीसँग खेल्दा सवैलाई सवैबारे थाहा हुन्छ,' मलेसियामा डिभिजन ४ जितेर फर्किएपछि राष्ट्रिय टोलीका कप्तान पारस खड्काले भनेका थिए, 'यो उपाधि त्यही प्रमाण हो। यसको श्रेय प्रशिक्षक दासानायकेलाई दिनुपर्छ। यसको प्रभाव भविषयमा थप देख्न पाइनेछ।'
दासानायकेले खेलाडीलाई निरन्तर खेल्ने वातावरण बनाउदै पारसलाई क्लब क्रिकेट खेल्न क्यानाडा पठाए भने शक्ति गौचनलाई ट्रायलमा राजस्थान रोयल्ससम्मको बाटो देखाए। ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, अनिल मण्डल जस्ता ब्याट्सम्यानलाई भारत प्रशिक्षणका लागि पठाए। अमृत भट्टराई र चन्द्र साउद श्रीलंकाको यु–२३ लिग खेल्न गए। यो सवै दासानायकेको व्यक्तिगत पहलमा सम्भव भएको थियो।
नेपाली खेलाडीको प्रदर्शन
गत वर्ष नेपाली क्रिकेटका सवैभन्दा सफल बलर वसन्तले अन्तत क्यानाडामा विकेट लिने क्रम सुरु गरेका छन्। क्यानाडाको पहिलो डिभिजन लिगमा जेटिए च्यालेन्जर्सबाट खेलिरहेका वसन्तले पहिलो चार खेलमा कुनै विकेट लिन सकेका थिएनन्।
पहिलो चार खेलमा वसन्तले २४.५ ओभर बलिङ गरेका थिए। इकोनोमी २.४२ भए पनि उनले विकेट लिन सकेका थिएनन्। नेपालले खेलेको पछिल्ला चार प्रतियोगितामा वसन्तले ५५ विकेट लिएका थिए। विश्व क्रिकेट लिग डिभिजन ४, एसिसी ट्रफी इलिट र एसिसी ट्वान्टी–२० गरी वर्ष २०६९ मा मात्र उनले ४३ विकेट लिएका थिए।
इम्पेरियल स्टालियन्स सिसीसँगको पछिल्लो खेलमा उनले ५ विकेट लिदैं क्यानाडामा विकेटको खडेरी तोडेका छन्। वसन्तले ८ ओभरमा १ मेडन राख्दै ११ रनमात्र खर्चेपछि इम्पेरियल ३१.४ ओभरमा ७५ रनमा सीमित भएको थियो। वसन्तले अलराउन्ड प्रदर्शन गर्ने क्रममा ५ चौकासहित अविजित ६५ रन बनाउदा जिटिए ४३.६ ओभरमा १ सय ४६ रन बनाई अल आउट भएको थियो।
क्यानाडामा आफ्नो पहिलो खेल खेल्दा पनि वसन्तले जिटिएलाई ब्याटिङबाटै विजय दिलाएका थिए। वसन्तले अविजित ४४ रन बनाएपछि घजनाभी क्रिकेट क्लबसँगको खेल जिटिएले २ विकेटले जितेको थियो। वसन्त यस सिजनमा अहिले सम्म सवैभन्दा बढी रन बनाउने खेलाडी हुन्। उनले ६४.५० को औषतमा १ सय २९ रन बनाइसकेको छ।
वसन्त गएपछि जिटिएले ३ खेल जितेको छ भने एक खेल हारेको छ। १ खेल वर्षाले विथोलेको थियो। वाइलु कन्फ्रेन्समा जिटिए ८ खेलमा २७ अंकका साथ चौथो स्थानमा छ। वसन्तसँगै नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र क्यानाडामा लिग क्रिकेट खेल्न गएका थिए। गत वर्ष कप्तान पारसले खेलेको टोली ओन्टारियो क्रिकेट एकेडेमी क्लबबाट खेलिरहेका छन्।
ज्ञानेन्द्रले पहिलो खेल वाइलु कन्फ्रेन्समा जिटिएबाट खेल्दै ९ रन बनाएका थिए। त्यसपछि खेलेका तीन मध्येका दुई खेलमा व्यक्तिगत उच्च स्कोर गरेका छन्। अर्को खेल वर्षाले पूरै विथोलेको थियो। गुजरात क्रिकेट क्लबसँगको खेलमा ४० रन बनाएका ज्ञानेन्द्रले टोरोन्टो क्रिकेट क्लबसँग १८ रन बनाएका थिए।
नेपालका अर्का दुई खेलाडी प्रदीप ऐरी र अनिल मण्डल यु–२३ लिग खेल्न श्रीलंकामा छन्। बर्मुडामा भएको डिभिजन ३ मा युगान्डासँग म्यान अफ द फाइनल बनेका प्रदीप पहिलो खेलमा शुन्यमै आउट भए। गेल क्रिकेट क्लबसँगको दुइदिवसीय खेल प्रदीपको टोली कुरुनेगाला युथ क्रिकेट क्लबले पहिलो इनिङ्सको आधारमा जित्यो। कुरुनेगालाले केन्डीको असगिरिया क्रिकेट रंगशालामा इङ्ल्यान्ड यु–२३ युनिभर्सिटी टोलीसँग अभ्यास खेलमा प्रदीपले ९ बलमै अविजित २३ रन बनाएका थिए।
सुवास खकुरेलसँगै प्रदीप श्रीलंकामा यु–२३ क्रिकेट लिग खेल्न जेठको अन्तिम साता कोलम्बो लागेका थिए। घरासायी कारण देखाउदै ओपनिङ ब्याट्सम्यान तथा विकेटकिपर सुवास खकुरेल श्रीलंकाबाट फर्किएपछि उनको स्थान लिन अनिल मण्डल यसै हप्ता एक महिनाका लागि श्रीलंका लागेका थिए। उनले डिभिजन २ को प्रतियोगितामा प्रदीपसँग कुरुनेगालाबाट खेल्ने छन्।
त्यस्तै युवा ब्याट्सम्यानद्धय नरेश बुढाऐर र राजेश पुलामी इङ्ल्यान्डमा छन्। उनीहरुले मेरिलीबोन क्रिकेट क्लबमा प्रशिक्षण लिइरहेका छन्। उनीहरुले त्यहाँ ६ हप्ता प्रशिक्षण गर्नेछन्। नरेश र राजेशले क्रिकेटको मन्दिर मानिने लर्डस क्रिकेट मैदानमा अभ्यास गर्न र आसन्न एसेज शृंखला हेर्न पाउने सम्भावना छ।
लन्डनमा रहेका प्रशान्त कुँवरमार्फत नरेश र राजेश मेरिलिबोनसम्म पुगेका थिए। नरेश र राजेशको प्रदर्शन राम्रो हुने हो भने भविश्यमा लर्डसमा अन्य नेपाली खेलाडीको ढोका खुल्ने कुँवर बताउछन्। नागरिक
नेदरल्यान्ड्स – नेदरल्यान्ड्ससँग नाटकीय बराबरी गरेपछि आयरल्यान्डले मंगलबार आइसिसी क्रिकेट विश्वकप २०१५ मा स्थान पक्का गरेको छ। नेदरल्यानडसका मिचेल रिप्पोनले जोन मोनीको अन्तिम दुई बलमा चौका र छक्का प्रहार गरेर खेल बराबरीमा पुर्याएका थिए।
बराबरीपछि आयरल्यान्ड आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष स्थानमा रहँदै छनोट भएको हो। दुई वर्षपछि अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्व क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगितालाई आयरल्यान्ड छानिएको यो लगातार तेस्रोपल्ट हो। मंगलबारको नजितापछि आयरल्यान्ड १२ खेलमा ९ जितसहित २० अंक जोड्न सफल भएको थियो।
प्रतियोगिताबाट बाँकी चार टोली स्कटल्यान्ड, नेदरल्यान्ड्स, अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) मध्ये एकले दोस्रो टोलीमा विश्वकपको स्थान पक्का गर्नेछ।
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट दुई शीर्ष टोली सोझै विश्वकपलाई छानिन्छन् भने छनोट हुन असफल ६ टोलीले दोस्रो अवसर पाउने छन्। जसमा नेपालसहित हङकङ, पपुवा न्युगिनी र युगान्डा सहभागी हुनेछन्। सहभागी १० टोलीमध्ये दुईले विश्वकपको टिकट काट्ने छन्।
मंगलबार इडिन जोएसले ९६, नेल ओ'ब्रायनले ५० तथा पाउल स्टर्लिङले ४९ रन बनाएपछि आयरल्यान्डले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ६८ रन जोडेको थियो। जवाफमा नेदरल्यान्ड्सले पूरा ओभर खेल्दै ९ विकेट क्षतिमा २ सय ६८ रन बनायो।
प्रतियोगिताबाट बाँकी चार टोली स्कटल्यान्ड, नेदरल्यान्ड्स, अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) मध्ये एकले दोस्रो टोलीमा विश्वकपको स्थान पक्का गर्नेछ।
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट दुई शीर्ष टोली सोझै विश्वकपलाई छानिन्छन् भने छनोट हुन असफल ६ टोलीले दोस्रो अवसर पाउने छन्। जसमा नेपालसहित हङकङ, पपुवा न्युगिनी र युगान्डा सहभागी हुनेछन्। सहभागी १० टोलीमध्ये दुईले विश्वकपको टिकट काट्ने छन्।
मंगलबार इडिन जोएसले ९६, नेल ओ'ब्रायनले ५० तथा पाउल स्टर्लिङले ४९ रन बनाएपछि आयरल्यान्डले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ६८ रन जोडेको थियो। जवाफमा नेदरल्यान्ड्सले पूरा ओभर खेल्दै ९ विकेट क्षतिमा २ सय ६८ रन बनायो।
काठमाण्डौ । सिंगापुरमा हुने एसीसी इमर्जिङ कप क्रिकेटको तयारीका लागि बन्द प्रशिक्षणका लागि पहिलो चरणमा २२ खेलाडी छनोट भएका छन् । आगामी अगष्ट १७ देखि सिंगापुरमा हुने इमर्जिङ कप क्रिकेटलाई मध्यनजर राख्दै पहिलो चरणको बन्द प्रशिक्षणका लागि पूर्व कप्तान विनोद दास सहित २२ खेलाडी छनोटमा गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
बन्द सत्रका लागि विनोद दाससहित नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का, सुवास खकुरेल, शरद भेषावकर,ज्ञानेन्द्र मल्ल, अमृत भट्टराई, पृथु बाँस्कोटा, शक्ति गौचन, संजम रेग्मी, वसन्त रेग्मी, रामनरेश गिरी, जितेन्द्र मुखिया, सागर पुन, विनोद भण्डारी रहेका छन् ।
यसैगरी नरेश बुढाऐर, प्रदीप ऐरी, चन्द्र साउद, यज्ञमान कुमाल, अनिल मण्डल, राहुल विश्वकर्मा, महेश क्षेत्री र अविनाश कर्ण पनि पहिलो चरणको छनोटमा परेका छन् । बन्द प्रशिक्षण असार २६ गतेदेखि काठमाडौंमा सुरु हुने क्यानले जनाएको छ । इमर्जिङ कप क्रिकेट अगामी अगष्ट १७ देसिख २५ सम्म सिंगापुरमा हुनेछ ।
काठमाडौ, - 'मैले काम गर्दा कहिल्यै केही अपेक्षा गरेको थिइनँ,' नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दसानायकेले सोमबार कान्तिपुरसँगको टेलिफोन वार्तामा यस्तै जवाफ दिए । उनले थपे, 'तर कसैले तिम्रो कामको प्रशंसा गर्दै सम्मान गर्छ भने त्यसले तिमीलाई आनन्द महसुस हुन्छ ।'
प्रशिक्षक पुबुदु अहिले क्यानडामा छन् । नेपाली टिमलाई बर्मुडामा आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-३ को उपाधि थमाएर उनी उतैबाट घर लागेका थिए । गत साता नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गरेको पल्सर स्पोर्ट्स अवार्ड २०६९ मा उनी वर्षको उत्कृष्ट प्रशिक्षक चुनिए । नेपालले अघिल्लो वर्ष दुई ठूला ट्रफी -मलेसियामा डिभिजन-४ र यूएईमा एसीसी ट्रफी एलिट) यिनै पुबुदुको प्रशिक्षणमा जितेको थियो ।
'मलाई नेपालबाट पनि थुप्रै बधाई आयो । घरमा पनि सबैले बधाई दिए,' उत्साहित रूपमा पुबुदुले भने । उनले क्रिकेट टिम नै वर्षको उत्कृष्ट टिम र क्रिकेटकै कप्तान पारस खड्का वर्ष पुरुष खेलाडी भएकोमा खुसी व्यक्त गरे । उनले भने,'गत १२ महिना टिमले राम्रो खेल्यो । टिमका मुख्य सदस्य पारसले उत्कृष्ट प्रदर्शन गरेका थिए ।'
उनले टिम र पारसले यस्तो सम्मान पाउनु उचित भएको पनि बताए । सम्मानले सबैको हौसला बढाएको उल्लेख गर्दै उनले भने,'अहिलेको सफलतामा धेरै खुसी भएर बस्नु उचित हुन्न । नेपाली क्रिकेटमा अबको ६ महिना सबैभन्दा महत्त्वपूर्ण छ । हामी यसबीचमा ट्वान्टी-ट्वान्टी र वान-डे वल्र्डकप छनोट खेल्दैछौं । त्यसमा सफल हुनु हाम्रो चुनौती हो । त्यसैमा बढी केन्दि्रत हुनुपर्छ ।'
नेपालले नोभेम्बरमा यूएईमा आईसीसी ट्वान्टी-ट्वान्टी वल्र्डकप छनोट र न्युजिल्यान्डमा सन् २०१४ को सुरुमा वान-डे वल्र्डकप छनोट खेल्नेछ । पुबुदुले यी दुई महत्त्वपूर्ण प्रतियोगिताको तयारीका रूपमा लिएका छन्, अगस्ट १७-२५ सम्म सिंगापुरमा हुने एसीसी इमर्जिङ टिम्स कपलाई । भन्छन्,'त्यहाँ हामीले बलिया टिमसँग खेल्नेछौं । खेलाडीलाई अनुभव हुनेछ । आफ्ना थप गल्ती थाहा पाउन सकिनेछन् । कसरी अघि बढ्न सकिन्छ भनेर त्यहाँबाट वल्र्डकप छनोटका लागि बाटो बनाउन सकिनेछ ।'
आठ टिम सम्मिलित इमर्जिङ टिम्स कपमा नेपाल समूह 'ए' मा छ । यसै समूहमा वान-डे मान्यताप्राप्त अफगानिस्तान र टेस्ट मान्यताप्राप्त भारत र पाकिस्तानका यू-२३ टिम हुनेछन् । नेपाली क्रिकेट टिमको चार दिनपछि इमर्जिङ टिम्स कपका लागि प्रशिक्षण सुरु हुने भए पनि प्रशिक्षक पुबुदु भने दुई सातापछि नेपाल आइपुग्नेछन् ।
पुबुदु दसानायके
कान्तिपुर
दुई महिना अघि वर्मुडाको नेपाली क्रिकेटको त्यो यात्रा शायद नेपाली
क्रिकेटका लागि कहिल्यै पुरानो नहोला । चमत्कारजस्तै त्यो यात्राले
बर्षौदेखिको विश्वकप क्रिकेट नजिक पुग्ने सपनालाई विपनामा परिणत गरेको
थियो, त्यो पनि हारको संघारबाट फर्किएर । नेपाली क्रिकेट समर्थकका लागि
आइसीसी विश्व क्रिकेट डिभिजन तिनको त्यो यात्रा, अनि उपाधिको उल्लाहस सदैव
ताजा संस्मरण बनेको छ । पत्रकारको जिम्वेवारीभन्दा पनि नेपाली क्रिकेटको
समर्थकको नाताले कप्तान पारस खड्रकालाई मैले यो यात्राका अन्तर मनका भावना
साट्न अनुरोध गरेकी थिए । आज उनको त्यो रोमान्चक अनुभवको वेलिविस्तार लगाउन
मन लाग्यो उनकै शब्दमा । यसरी शुरु भयो, अनि टुंगियो पारसको मनको डिभिजन
तिनको त्यो यात्रा । जहाँ मैदानको प्रतिस्पर्धा भन्दा पनि मनले लिएको
संकल्प, अठोट अनि कहिँकतै निराशाको विन्दुमा पुगेको, एउटा कप्तान, एउटा
क्रिकेटर अनि एउटा इमान्दार हिरोको भावनात्मक यात्रा बर्मुडाको, यात्रा
नेपाली क्रिकेटको ।
.......जे भयो भयो, त्यसमा हाम्रो नियन्त्रण छैन । बाँकी खेलमा भने
नियन्त्रण गर्न सक्छौं, त्यहि भएर खेल राम्रो खेल्न पर्यो भन्ने सल्लाह भयो
। अन्तिम खेलसम्म टिमको आशा वचाइराख्न के के अवस्था र संभावना हुन सक्छ
भनेर हामिले हिसाव किताब गरेका थियौ । यो प्रतियोगिताको बिशेषता भनेको सबै
टिमको स्तर समान थियो। रेलिगेसनमा परेको ओमान पनि राम्रो थियो । हाम्रो
लागि पनि चाहे मान्नोस या नमान्नोस मैदानले नै खेललाई असर पारेको थियो ।
शायद प्रतियोगिता हारेको भए हाम्रो लागि त्यो एक्स्क्युज मागेको जस्तो
हुन्थ्यो होला अहिले जितेर भन्दा विश्वास लाग्न सक्छ । हारेको भए मैदानको
कारण देखाउदा त्यहि बिषयलाई आलोचना हुन्थ्यो होला । तर अहिले त्यो समस्या
छैन। मरो भनाई के हो भने मैदानले क्रिकेट खेलमा धेरै नै फरक पार्छ । यति
सानो मैदान थियो कि मैले कहिले पनि त्यति सानो मैदानमा खेलेको थिइन ।
विद्यालय स्तरको प्रतियोगिता पनि मैले त्यति सानो मैदानमा खेलेको थिइन ।
व्यक्तिगत रुपमा म आफुलाई ५० ओभरमा यो प्रतियोगितामा असफल भए भबिश्यमा कुनै
संभावना देख्दिनथे । ट्टिवान्टी चाँहि खेलिन्थो होला । अब चार पाँच
बर्षपछि ५० ओभरमा निरन्तरता दिनु गारो कुरा थियो । म आफै निरन्तर हुन सक्ने
थिइन । यहि डर सबैमा थियो। यसले गर्दा हामीले मिहिनेत पनि गरेका थियौं ।
मिहिनेत गरेकै भएर भाग्यले पनि साथ दियो । साथमा प्रशिक्षकले पनि राम्रो
प्रशिक्षण दिएका थिए । यो अवसर गुमाएको भए यतिको केन्द्रित भएर शायद अर्को
प्रतियोगिता खेलिदैनथ्यो होला भन्ने लागेको थियो। हामी ६÷७ जनाले कम्तिमा
युवा खेलाडीलाई छोडिदिन पथ्र्यो होला । किनभने हामिले तिन चार पटक विश्व
क्रिकेट लिगमा प्रयास गरिसकेका थियौं । त्यसले गर्दा म आफैलाई ५० ओभरमा अब
निरन्तरता दिन्न कि भन्ने शंका थियो । यथार्थमा भन्नु पर्दा डिभिजन दुईमा
पुग्नु या नपुग्नु हाम्रो क्यारिएरसँग जोडिएको कुरा थियो । क्रिकेटमा
भविश्य सुनिश्चित छैन त्यो हामीलाई थाहा थियो। कम्तिमा डिभीजन दुईमा पुगियो
भने केहि मात्रामा अवसर र केहि मात्रामा आर्थिक स्थिति मजबुत हुने कुरा
थियो। यो हाम्रो सपना र लक्ष्य सबै थियो । साथमा यो पुस्तामा नेपाली
क्रिकटले धेरै आशा गरेको थियो । त्यो स्वभाविक थियो । हामी लामो समयसम्म
खलिरहेका थियौं । धेरै खारिएका खेलाडी थिए । यो पुस्ताले गर्न नसके फेरि
अर्को यस्तै टिम तयार गर्न भनेको १० बर्ष लाग्थ्यो । यसपटक असफल भएको भए
हाम्रो यात्रा धेरै निराशाजनक हुन्थ्यो । यत्रो बर्ष खेलियो । १० बर्ष हुन
लागिसक्यो खेलेको, मिहिनेत गरेका आखिर आएर के भयो त भन्दा केहि न केहि,
भनेर नमज्जा लागेको थियो ।
जुन तरिकाले हामी प्रतियोगितामा गाको थियौं, अगाडी राम्रो नतिजा निकालेका
थियौं । तयारी राम्रो थियो । तरैपनि लगातार दुई खेल हायौं । सिनीयर टिममा
हामिले ५० ओभरमा दुइवटा म्याच लगातार हारेकै थिएनौं । इटाली विरुद्धको
खेलमा टस जित्नु एकदम जरुरी थियो । पहिले ब्याटिङ गरेको भए त्यत्तिको
अन्तरमा जित्न असंभब थियो । हामीले पहिले ब्याटिङ गरेको भए धेरै भएको भए
२०० रन बन्थ्यो । अनि हामिलाई सय रनको अन्तरले जित्नु पर्दथ्यो जुन असंभव
नै थियो । टस जित्यौं । उनीहरुलाई रन हान्न दिएनौं । सोचे अनुरुप भयो।
सुवास र प्रदिपले राम्रो खेले, सोचे अनुरुप सहज तरिकाले खेल जित्यौं ।
त्यतिबेला मलाई के लाग्यो भने सबै कुरा शायद लेखिएको हुँदो रहेछ । तर
त्यसलाई पाउन सकारात्मक सोच र मिहिनेतको आवश्यकता हुदो रहेछ । प्रशिक्षक र
टिमको इच्छा शक्तिले पनि हामीलाई सहयोग गर्यो ।
यो उपलब्धि हाम्रा लागि सबैभन्दा महत्वपूर्ण छ, खेलाडीको भबिश्यको लागि । म
पनि कप्तान भन्दा पहिले एउटा खेलाडी हुँ । कप्तान म हिजो थिइन आज भएँ भोलि
नहुन सक्छु । तर खेलाडी रहिरहन्छु । हो खेलाडीको भबिश्य सुनिश्चितताको
लागि यो जित महत्वपूर्ण थियो । त्यसैले छनोट हुँदाको पल सबैभन्दा खुशिको
थियो । ओमान र बर्मुडा विचको खेलको नतिजा कुर्नु थियो । त्यो लगभग दुई
घण्टाको समय सारै तनावपूर्ण थियो । के गर्ने के नगर्ने । कोही कता कोही कता
। छनोट भएपछि एकछिन त हो कि होइन जस्तो लाग्यो । बर्मुडालाई जित्नै पर्ने
अवस्था थियो। नत्र रेलिगेसनमा पर्दथ्यो । हो यहि नेर हाम्रो भाग्य चम्कियो
अव माथिल्लो स्तरमा पुगेका छौं । सबैको खेलको स्तर सुधार्न पर्ने चुनौति छ ।
किनकी जुन स्तरमा अब नेपालले खेल्छ, त्यहाँ टिक्न ठुलो परिश्रम चाहिन्छ ।
हाम्रो भबिश्य सुनिश्चित गर्ने बाटो खुलेको छ । अब हामी आफैले मिहिनेत
गर्नुपर्छ । अब कसैको हातमा होइन हाम्रो भविश्य हाम्रै हातमा छ । मिहिनेत
गर्यौं भने त्यो स्थानमा पनि पुग्छौं ।
ब्यक्तिगत रुपमा हामिले आफ्रनो तयारी गरिरहेका छौं । खेलाडीविच
प्रतिस्पर्धा पनि छ । नगरि सुख छैन । प्रदर्शन भएन भने टिममा टिकीदैन भन्ने
सबैलाई थाहा छ । राम्रो गर्न पर्यो र टिममा फिट पनि हुन पर्यो। कहिलेकाही
कस्तो हुन्छ भने खेलाडी राम्रो छ तर टिममा फिट हुदैन । हामीलाई अव
ब्याक्तिगत होइन टिमका लागि खेल्ने खेलाडी चाहिन्छ । कुनै खेलाडी अठार
बिसको होला तर बिस वाला खेलाडी मै हुँ भनेर बस्छ, अठारको खेलाडीमा सामूहिक
भावना छ भने त्यो खेलाडी पहिलो रोजाइमा पर्छ । कप्तानको रुपमा मैले सक्दो
गरेको छु । जहाँसम्म मलाई लाग्छ म इमान्दार छु । मैले बोल्ने भनेको मेरो
लागि होइन खेलाडीको लागि हो । हामीले जे कुराको चाहना राख्छौं, त्यो हामीले
स्वतः पाउनु पर्ने कुरा हो, तर हामीलाई दिइएको हुदैन । हामीले एउटाएउटा
कार देउ भनेको पनि छैन । क्रिकेट र खेलकुदको संस्थासँग हामिले माग्ने भनेको
सीमित स्रोत साधनमा पनि कतिपय कुरा गर्न सकिन्छ, हो हामी त्यो कुरा
खोज्छौं.........
Posted by Pabitra




