mainpageads

'कि छोरा छाड्, कि राजनीति छाड् भनियो'

३ भदौ, काठमाडौं । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा अध्यक्षको कार्यकाल सकिएपछि विद्यार्थी नेतृ रामकुमारी झाँक्री नेपाली राजनीतिबाट एकाएक हराउनुभयो । एमालेले पनि सम्झनुपर्ने अवश्यकता देखेन, रामकुमारीले पनि मलाई पद देऊ भनेर नेताहरुको घरदैलो चाहार्न चाहनुभएन । एमाले नेता भेट्न बल्खु पुग्दा पनि अपमानित भएर र्फकनुपर्‍यो । तीन वर्षसम्म पनि पार्टीले नसम्भिmएपछि रामकुमारी अब आफ्नै पहलमा एमालेमा सक्रिय हुँदै हुनुहुन्छ । ‘तपाईलाई तीन वर्षसम्म पार्टीले सम्झिएन ?’ अनलाइनखबरको प्रश्नमा शंखमुखस्थित आफ्नै घरमा छोरो सुम्सुम्याउँदै उहाँले भन्नुभयो- ‘साहना प्रधान त्यो हालतमा हुनुहुन्छ र त भेट्न गएका छैनन् । मलाई भेट्न आउने भनेको त धेरै टाढाको कुरा हो ।’ विवाहपछिको तीनवर्षे निश्त्रिmय अवधिमा नेतृ रामकुमारी एमाले नेतालाई भेट्न बल्खु नजानुभएको पनि होइन । उहाँले पुरानो घटना स्मरण गर्नुभयो -’एकचोटि महासचिवलाई समय मागेकी थिएँ, उहाँले १ बजे समय दिनुभयो । बल्खु पुगें । छोरो जन्मिनुभन्दा अगाडिको कुरा हो । उहाँ २ बजे आउनुभयो । अरुलाई नै समय दिनुभएको रहेछ । ठेक्कापट्टा गर्ने मान्छेसँगै कुरा गर्नुभयो र ‘ल सकियो अब जाऔं’ भन्नुभयो र मलाई वेवास्ता गरेर हिँड्नुभयो । त्यसपछि मैले कोही नेतालाई भेट्न टाइम मागिँन ।’ पार्टीमा भूमिकाविहीन रहेको अवस्थामा रामकुमारीको विवाह भयो । अहिले उहाँको १९ महिनाको छोरा छ । विवाहपछि पनि एमालेको राजनीतिमा सक्रिय हुन खोज्दा कि छोरा छाड्, कि राजनीति छाड् भन्ने प्रस्ताव पार्टी नेताहरुबाट आएकोमा रामकुमारीलाई निकै खल्लो लागेको छ । ‘जिल्ला कमिटीको अध्यक्षको हैसियतले प्रतिनिधि परिषदमा पदेन सदस्य थिएँ, तर छोरो जन्मिएर ४/५ महिना काममा नजाँदा मलाई कि छोरो छाड्, कि कमिटी छाड् भनियो’ केही भावुक हुँदै रामकुमारीले भन्नुभयो-’मैले उहाँहरुलाई भनें, यो त ०४६ साल भन्दा अघिको भूमिगत अवस्था त होइन । म मेरो निजी जिन्दगी र राजनीतिक जीन्दगी सँगै लान सक्छु ।’ तीन वर्षसम्म पार्टीले कुनै जिम्मेवारी नदिएपछि सक्रिय हुन समेत समस्या परेको उहाँले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ-’पार्टीको बैठकमा जाने मेरो प्लेटर्फम नै छैन । यो तीन वर्ष त मदन आश्रतिको स्मृति दिवसमा बल्खुको आँगनमा जाने, पुष्पलालको स्मृतिमा जम्मै मान्छे जान्छन् त्यहाँ जाने । त्यो बाहेक मेरो अन्य उपस्थिति हुने ठाउँ नै थिएन ।’ ३ वर्षसम्म पनि पार्टीले बास्ता नगरेपछि रामकुमारी अब सानो पदमा बसेर नै भएपछि राजनीतिमा सक्रिय हुन थाल्नुभएको छ । हालै मात्र एमालेले चलाएको चुनावी अभियानमा उहाँ गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा केन्द्रीय प्रतिनिधि भएर खटिनुभएको थियो । पार्टीले जिम्मेवारी दिए दोस्रो संविधानसभामा उम्मेदवार बन्ने उहाँको योजना छ । ‘म फेरि पनि माग्न त जाँदिन । मैले ३ वर्षसम्म कुनै जिम्मेवारी देऊ भनिँन । पार्टीलाई जतिबेला संकट आउला, त्योबेला हामीले काम नगरेर कसले गर्ला भन्ने ठानियो’ उहाँले भन्नुभयो-’अब पार्टीले पत्यायो भने चुनावमा जानुपर्‍यो । जनताले पत्याउनुभयो भने जितेर आउने हो र यी कामहरु गर्ने हो । अहिले त इच्छा प्रकट गर्छु भन्न पर्‍यो ।’ एमालेको आगामी महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेद्वारी दिने र आफूले बोकेको विचारलाई अगाडि बढाउने झाँक्रीले अनलाइनखबरलाई बताउनुभयो । गगन थापा र आफू समकालीन भए पनि लोकपि्रयतामा पछाडि देखिनुको कारण पनि उहाँल अन्तरवार्तामा खोल्नुभएको छ । विगतमा कनकमणि दीक्षितहरुको नेतृत्वमा गठित नागरिक समाजमा आवद्ध हुनुको रहस्य समेत उहाँले स्पष्ट पार्नुभयो । तपाईले विरोध गरेका लोकमानसिंह कार्कीले त अख्तियारमा राम्रो काम गरेको प्रतिक्रिया आउन थाल्यो नि भन्ने प्रश्नमा ०६२/०६३ को आन्दोलनकी अग्रज झाँक्रीले भन्नुभयो- ‘बिग्रेको घडीले पनि दिनमा दुईचोटि सही समय दिन्छ ।’


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts