mainpageads

नम्रता श्रेष्ठका अनेक रूप पर्दामा

अभिनेत्री नम्रता श्रेष्ठका अनेक रूप पर्दामा देखिइसकेका छन्। नेपाली फिल्ममा अहिलेसम्म कुनै मूल पात्र नदेखिएको भूमिकामा नम्रता देखिने भएकी छिन्। उनले मुख्य भूमिकामा अभिनय गरेको फिल्म 'मौन'मा उनले पूरै मौनता साध्नेछिन्। बहिराहरूको प्रेमकथामा बनेको फिल्ममा उनको यो रूप देखिने भएको हो। आफूसँगै पढ्ने युवकलाई एकोहोरो मन पराउने युवतीको भूमिकामा प्रस्तुत भएकी उनले नबोलेरै प्रेमको अनुभूति दिलाउन गरेका प्रयास फिल्ममा समेटिएका छन्। यही फिल्मका लागि केही सांकेतिक भाषाको पनि ज्ञान हासिल गरेकी उनले फरक भूमिकामा अभिनय गर्न पाउँदा रमाइलो लागेको बताइन्। हालै आयोजित एक कार्यक्रममा भनिन्, 'फिल्ममा म नबोले पनि मेरो काम फिल्मले बोलिहाल्छ। फरक काम गर्दा रमाइलो लागेको छ। फिल्मबारे भने मौन बस्छु।' उनको प्रेमीको भूमिकामा अर्पण थापा छन्। उनी पनि फिल्मभरि आवाजविहीन छन्। अर्पणले नै लेखेको कथालाई सुरज भुषालले निर्देशन गरेका हुन्।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts