mainpageads

बोल्ट बने सर्वाधिक सफल खेलाडी

३ भदौ, काठमाण्डौं । तिव्रगतिका धावक उसेन बोल्टले विश्व एथलेटिक्स च्याम्पियनसिपमा ४ गुणा १ सय मिटरमा स्वर्ण जितेका छन् । यससँगै उनी रुसको मस्कोमा जारी विश्व च्याम्पियनसिपको सर्वाधिक सफल खेलाडी बनेका छन् । च्याम्पियनसिपमा उनले ८ स्वर्णसहित १० पदक जितेपछि बोल्टले महान धावक कार्ल लेविस र एलीसन फेलिक्सको कीर्तिमानसँग बराबरी गरेका छन् । यद्यपी लेविसले ८ स्वर्ण, एक रजत र एक कास्य जितेका थिए भने बोल्टले ८ स्वर्ण र दुई रजत जितेका छन् । ४ गुणा १ सय मिटरको दौड पूरा गर्न बोल्टले ३७ दशमलव ३६ सकेण्ड लगाए ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts