mainpageads

नेपाल भारत सँग ८४ रनले पराजित

काठमाडौं— एसिसी इमर्जिङ टिम्स कपमा नेपाल क्रिकेट सुपरपावर भारतको अन्डर २३ सँग ८४ रनले पराजित भएको छ। २६९ रनको लक्ष्य पाएको नेपालले ५० ओभर खेल्दै १८४ रन बनायो। उत्कृष्ट ब्याटिङ गरेका सागर पुनले ५९ बलमा अर्धसत पूरा गरे। पछिल्लोक्रमका ब्याट्सम्यान पुनले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले राम्रो ५० ओभर खेल्दै राम्रो स्कोर बनाउन सकेको हो। बसन्त रेग्मीले १० ओभर बलिङ गर्दै ९० रन खर्चेर ३ विकेट लिए। १० ओभर नै बलिङ गरेका अविनाश कर्ण र शक्ति गौचनका खातामा पनि एक एक विकेट रह्यो। कर्णले एक मेडन ओभर राख्न सफल रहे। जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले अहिलेसम्म ४१ ओभर खेल्दै ८ विकेटको क्षतिमा १४४ रन जोडेको छ। सुवास खकुरेलले ६० बल खेल्दै २९ रन बनाएर भने कप्तान पारस खड्का २७ बलमा १२ रनमै आउट भए। नेपालको स्कोर माथि ल्याउन अनिल मन्डलले १९ रनको योगदान दिए। बसन्त रेग्मीले २ विकेट ढालेका छन्। ७ ओभर बलिङ गर्दै ५५ रन दिएपछि उनले २ विकेट आफ्नो खातामा लेखाएका हुन्। शक्ति गौचनको बलमा उन्मुक्त भरत ठाकुर चन्दको विकेट ढलेको छ। भारतको १ विकेट ढल्यो। बसन्त नेपालका लागि निकै महँगो सावित भए। उनको ओभरमा एक चौका र एक छक्का सहित भारतले १२ रन बनायो। ११ औं ओभरमा नेपालले बलिङ परिवर्तन गरेको छ। स्पिनर बसन्त रेग्मी बलिङ गर्दैछन्। १० ओभरको समाप्तिसँगै पारस खड्का र अविनाश कर्णले ५-५ ओभरको स्पेल पूरा गरेका छन्। ८ ओभरमा विकेट नगुमाइ भारतले २२ रन जोड्यो। अविनाश कर्णका नाउँमा मेडन ओभर। ७ औं ओभरमा अविनाशले मेडन राखेका हुन्। कप्तान पारस खड्काले १ मेडन ओभर आफ्नो नाउँमा लेखाइसकेका छन्। ६ ओभरको समाप्तिमा भारतले २१ रन बनाएको छ। नेपाली टोलीमा केही परिवर्तन गरेको छ। चन्द्र साउदको स्थानमा विनोद भण्डारी मैदानमा उताारेको छ। सिंगापुर भइरहेको खेलमा नेपालले टस जितेर भारतलाई फिल्डिङको निम्तो दिएको छ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts