mainpageads

प्रिमियर लिगमा म्यानचेष्टर सिटीले विजयी सुरुवात (फोटो फिचरसहित)

४ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले विजयी सुरुवात गरेको छ । सोमबार राति भएको खेलमा आफ्नो पहिलो खेलमा म्यानचेष्टर सिटीले १० खेलाडीमा सिमित न्यूक्यासललाई ४–० ले पराजित गरेको हो । नयाँ प्रशिक्षक म्यानुअल पेलेग्रिनीको डेब्यू खेलमा डेभिड सिल्भाले दोस्रो मिनेटमा ने गोल गरे । इडेन जोकोको पासमा उनले गोल गरेका हुन् । २२ औं मिनेटमा सर्जिओ एग्युरोले सिटीको अग्रता दोब्बर पारे । पहिलो हापको अन्तिममा स्टिभिन टेलरले रातो कार्ड पाएपछि न्यूक्यासल १० खेलाडीमा सिमित भयो । ५५ औं मिनेटमा पाएको फ्रिकिकमा याया टोरे गोल गरे भने ७५ औं मिनेटमा समिर नासरीले गोल गरेपछि ४–० ले विजयी भयो ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts