सामुहिक बलत्कारमा संलग्न दुई जनालाई १३ बर्ष कैद सजाय
जिल्ला अदालत बैतडीले एक किशोरीको सामुहिक बलत्कारको अभियोगमा पक्राउ
परेका २ जनालाई १३ वर्ष कैदको फैसला सुनाएको छ । अदालतका न्यायाधीश हिमालय
राज पाठकको एकल इजलाशले एक किशोरीलाई सामुहिक बलत्कारको आरोपमा पक्राउ
परेको एक वर्षपछि गुजर-३, का २८ बर्षीय अमरराज अवस्थी र भुमेश्वर-२, का
सागर भट्टलाई १३ बर्षको जेल सजाय सहित जनहि ५० हजार रुपैयाँ जरिवानाको
फैसला सुनाएको अदालतका श्रेस्तेदार खेम नारायण लामिछाने जानकारी दिनुभयो ।
जिल्लाको पाटन गाबिसमा गत चैत्र ९ गते कैलपाल-२, कि एक किशोरीलाई फोटो
स्टुडियो भित्र उनिहरुले सामुहिक बलात्कार गरेका थिए । फैसलासंगै
अभियुक्तहरुलाई मंगलवार नै जिल्ला कारागार बैतडी चलान गरिएको छ ।


0 comments
Write Down Your Responses