mainpageads

यो वर्ष पनि कार्लोस संसारकै धनी


न्युयोर्क, फागुन २३ (एजेन्सी) - अमेरिकाको फोर्ब्स पत्रिकाले सन् २०१३ का लागि तयार पारेको विश्वका अर्बपतिहरूको सूचीको पहिलो स्थानमा मेक्सिकोका कोर्लोस स्लिम हेलु परेका छन्। उनको सम्पत्ति ७३ अर्ब अमेरिकी डलरबराबर रहेको सूचीमा उल्लेख छ।

फोर्ब्सले २७ वर्षदेखि अर्बपतिहरूको सूची तयार पार्दै आएको छ। २०१३ का लागि फोर्ब्सले तयार पारेको उक्त सूचीको पहिलो नम्बरमा परेका कार्लोस टेलिकम व्यवसायी हुन्। उनी गत वर्ष पनि पहिलो नम्बरमै परेका थिए।

दोस्रो स्थानमा अमेरिकाका सूचना प्रविधि व्यवसायी बिल गेट्स परेका छन्। माइक्रोसफ्ट कम्पनीका मालिक उनको सम्पत्ति ६७ अर्ब डलरबराबर छ।

त्यसै गरी ५७ अर्ब डलर सम्पत्तिसहित स्पेनका अमान्सियो ओर्टेगा तेस्रो नम्बरमा आएका छन्। उनी जारा कम्पनीका सञ्चालक हुन्। उनी एकै वर्षमा सबैभन्दा धेरै आम्दानी गर्नेमा दरिएका छन्। उनले एकै वर्ष १९ अर्ब ५० करोड डलर आम्दानी गरेका थिए।

अमेरिकाको बर्कसायर हाथवेका मालिक वारेन बफेट ५३ अर्ब ५० करोड डलर सम्पत्तिसहित चौथो स्थानमा परेका छन्। उनले एक वर्षमा ९ अर्ब ५० करोड डलरबराबर सम्पत्ति कमाएका थिए। सन् २००० यता उनी पहिलो पटक तेस्रो स्थानमा नपरेका हुन्।

सूचीको पाँचौं नम्बरमा अमेरिकाको ओराकल कम्पनीका सञ्चालक ल्यारी एलिसन आएका छन्। उनको सम्पत्ति ४३ अर्ब डलरबराबर रहेको फोर्ब्सले उल्लेख गरेको छ। त्यसै गरी अमेरिकाकै चार्ल्स कोच ३४ अर्ब डलर तथा त्यहीँकै डेभिड कोच पनि ३४ अर्ब डलर सम्पत्तिसहित क्रमशः छैठौं र सातौं स्थानमा परेका छन्।

फोर्ब्सले यो वर्षका लागि तयार पारेको अर्बपतिहरूको सूचीमा विश्वका १ हजार ४ सय २६ जना परेका छन्। उनीहरूसँग कूल ५४ खर्ब अमेरिकी डलरबराबर सम्पत्ति छ। यो परिमाण गत वर्ष ४६ खर्ब डलरमा अडेको थियो।

फोर्ब्सले यो वर्ष २ सय १० जना नयाँ अर्बपति पत्ता लगाएको छ। सूचीमा परेकामध्ये सबैभन्दा धेरै अमेरिकाका ४ सय ४२ जना छन्। एसिया प्रशान्त क्षेत्रका ३ सय ८६, युरोपबाट ३ सय ६६, अन्य अमेरिकी देशका १ सय २९ तथा मध्यपूर्व र अफ्रिकाका १ सय ३ जना अर्बपति यसपालिको सूचीमा परेका छन्।

फोर्ब्सका अनुसार यो वर्ष सबैभन्दा धेरै गुमाउनेमा ब्राजिलका एइके बाटिस्टा परेका छन्। गत वर्ष सातौं स्थानमा परेका उनले यो वर्ष १९ अर्ब ४० करोड डलर गुमाएर १ सयऔं स्थानमा झरेका छन्। उनले प्रतिदिन ५ करोड डलरका दरले गुमाएका थिए।

यो वर्षको सूचीमा आठौ स्थान हङकङका लिका-सिङले ओगटेका छन्। उनको कूल सम्पत्ति ३१ अर्ब डलरबराबर छ। फ्रान्सको लोरियल कम्पनीकी मालिक लिलियान बेट्टेनकोर्ट ३० अर्ब डलर सम्पत्तिसहित नवौं स्थानमा आएकी छिन् भने फ्रान्सकै एलभिएमएच कम्पनीका सञ्चालक बर्नार्ड आर्नल्ट दसौं नम्बरमा परेका छन्। उनको सम्पत्ति २९ अर्ब डलरबराबर छ।

त्यसै गरी ११ देखि २० स्थानसम्म क्रमशः क्रिस्टी वाल्टन (अमेरिका २८.२ अर्ब), स्टेफन पर्सन (स्वीडेन २८ अर्ब), माइकल ब्लुमबर्ग (अमेरिका २७ अर्ब), जिम वाल्टन (अमेरिका २६.७ अर्ब), सेल्डन एडेल्सन (अमेरिका २६.५ अर्ब), एलिस वाल्टन (अमेरिका २६.३ अर्ब), एस रोब्सन वाल्टन (अमेरिका २६.१ अर्ब), कार्ल अल्ब्रेच्ट (जर्मनी ६ अर्ब), जेफ बेजोस (अमेरिका २५.२ अर्ब) र ल्यारी पेज (अमेरिका २३ अर्ब) परेका छन्।

यही सूचीकौ १ हजार ३ सय ४२ औं स्थानमा नेपालका उद्योगपति विनोद चौधरी पनि परेका छन्। चौधरीको सम्पत्ति १ अर्ब डलरबराबर रहेको फोर्ब्सले जनाएको छ।


१. कार्लोस स्लिम हेलु
७३ अर्ब डलर

२. बिल गेट्स
६७ अर्ब डलर

३. एमान्सियो ओर्टगा
५७ अर्ब डलर

४. वारेन बफेट
५३.५ अर्ब डलर

५. ल्यारी एलिसन
४३ अर्ब डलर

६. चार्ल्स कोच
३४ अर्ब डलर

७. डेभिड कोच
३४ अर्ब डलर

८. लिका-सिङ
३१ अर्ब डलर

९. लिलियान बेट्टेनकोर्ट
३० अर्ब डलर
१०. बर्नार्ड आर्नल्ट
२९ अर्ब डलर
प्रतिक्रियाह


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts