सेनाले भन्यो- ‘वधशालाले शान्ति प्रक्रिया भाँड्छ’
चलचित्र वधशालाले शान्ति प्रक्रिया भाँड्ने भन्दै रक्षा मन्त्रालयले
सञ्चार मन्त्रालयलाई दोस्रोपटक पत्राचार गरेको छ । रक्षाले महिना दिनअघि
सञ्चारमन्त्रलायलाई पत्र लेखी वधशालाको सेन्सर नभएको भए सेन्सरमा रोक लगाउन
सेनालाई उधृत गर्दै आग्रह गरेको थियो । रक्षाले पत्र काटेपछि
सञ्चारमन्त्रलायले चलचित्र बिकास बोर्डमा पत्र काटी वधशालालाई रोक लगाउन
भनेको थियो ।
रक्षा
मन्त्रालयले सिनेमा नै नहेरी वधशाला रोकेकोमा चौतर्फी विरोध भएको थियो ।
विरोधपछि रक्षाले सञ्चार मन्त्रलायको नाममा पुनः पत्र काटी वधशालाले शान्ती
प्रक्रिया भाड्ने जनाउादै आफैं विचार गर्न मन्त्रालयलाई आग्रह गरेको हो ।
रक्षाको पत्र पश्चात सोमबार सञ्चार मन्त्रालयमा वधशालाको सेन्सरमा रोक
लगाउने गरी टिप्पणी उठाइएको छ ।
सञ्चार मन्त्रालयले सेन्सरमा रोक लगाउने तयारी गरेपछि वधशाला युनिटले रक्षा मन्त्रायल समेतको जिम्मा सम्हालेका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई भेट्ने प्रयास गरेका छन् ।
निर्देशक समाजको आपत्ति
यसैवीच चलचित्र वधशालाको सेन्सरमा समेत रोक लगाएको प्रति नेपाल चलचित्र निर्देशक समाजले आपत्ति जनाएको छ । समाजका कायम मुकायम महासचिव एम.एस.अ्रगजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मनोेज पण्डित निर्देशित चलचित्र ‘वधशाला’ लाई रक्षा मन्त्रालय र सञ्चार मन्त्रालयबाट सेन्सरमा अवरोध पुर्याउने काम भएको हुँदा निर्देशक समाज आपत्ति व्यक्त गर्दछ ।’

फागुन २५ गतेबाट प्रदर्शनमा आउने भनिएको
यो चलचित्रको सेन्सर हुन सकेको छैन । निर्देशक समाजले सिनेमाको सेन्सर समेत
नगर्न भनी रक्षाले पत्र काटेको १ महिना पछि बल्ल आफ्नो धारणा सार्वजनिक
गर्नु आफैमा आश्चर्यको बिषय छ ।

0 comments
Write Down Your Responses