फिल्म चलाउन डेटिङको अफर ल्याइन् बिनिताले
नायिका बिनिता बरालालाई ‘चपली हाइट’
चलेपछि सिने नगरीमा एकछत्र राज गर्छु भन्ने सोचाई थियो । तर दोश्रो सिनेमा
‘फुलस्टप’ सम्म आइपुग्दा बिनिताको सम्पुर्ण सोचाई चकनाचुर भयो । बिनिता
जसरी उचाईमा पुगेकी थिइन् त्यसरी नै झरिन् ।
अहिले
हातमा सिनेमा नभएर रित्तै बसेकी बिनिताका लागि अन्तिम अस्त्रको रुपमा
चलचित्र ‘सुपरहिट’ रहेको छ । ‘सुपरहिट’ मा आफै पटकथा समेत लेखेर बिनिताले
आफ्नो करिअरलाई बचाउने कोशिश गर्दैछिन् ।
‘सुपरहिट’ चलाउनका लागि बिनिताले कुनै कसर
बाँकी राखेकी छैनन् । सामाजिक सञ्जाल फेसबुकममा बिनिता दैनिक ‘सुपरिहट’ का
बारेमा केही न केही कुरा अपलोड गरिरहेकी हुन्छिन् । यो सिनेमा पनि नचलेको
खण्डमा बिनिताको सिने करिअर ओझेलमा पर्ने पक्का छ । यसैले पनि बिनिताले
सिनेमाको प्रचारका लागि नौलो फण्डा झिकेकी छिन् । फेसुबकमा रहेको ‘सुपरहिट’
को पेजमा सबैभन्दा धेरै लाइक गर्नेले नायिका बरालसँग डेटिङ जान पाउने भएका
छन् । यस्तै ‘सुपहिट’ को प्रोमोलाई सबैभन्दा धेरै शेेयर गर्नेले पनि
बिनितालाई भेट्न र डेटिङ जान पाउने छन् ।
‘चपली हाइट’ मा विभिन्न खालका फण्डा झिकेर
नायिका बराल चर्चामा आएकी थिइन् । तर करिअर ओझेलमा पर्दै गएपछि बिनिताले
डेटिङको अफरलाई नै अगाडी सारेकी छिन् । हेरौ, बिनिताको यो नयाँ उपायले
सिनेमा र उनको करिअरलाई कत्ती फाइदा पुर्याउने हो ?

0 comments
Write Down Your Responses