mainpageads

लौ आयो क्यान्सर पत्ता लगाउने ब्रा

ब्रा अर्थात् वक्षकवच । महिलाको वक्षस्थललाई आकर्षक बनाउन मात्र होइन स्तनको सुरक्षाका लागि समेत महिलाहरु ब्रा पहिरिन्छन् । तर अब ब्रा को उपादेयता यत्तिमा मात्र सिमित छैन । अमेरिकाको फिलाडेल्पिmया स्थित एक कम्पनीलेे यस्तो प्रकारको अत्याधुनिक ब्रा को उत्पादन गर्दैछ जसबाट केवल वक्षस्थलको सुरक्षा तथा सुन्दरता मात्र होइन प्राणकै सुरक्षामा समेत टेवा पुग्नेछ । उक्त कम्पनीले यस्तो ब्रा को उत्पादन गर्दैछ जसले महिलाको स्तनमा हुने क्यान्सर पत्ता लगाउने सक्छ । विशेष प्रविधि जडित यो ब्रा ले सुरुवाती चरणमा नै स्तन क्यान्सर पत्ता लगाउँछ र यसबारेमा सूचना प्रवाह गर्छ । जसका कारण स्तन क्यान्सरको छिटै उपचार सम्भव हुन्छ । स्तन क्यान्सर पत्ता लगाउने म्यामोग्राम प्रविधि भन्दा पनि निकै उच्चस्तरीय प्रविधि जडित यो ब्रा ले स्तनमा क्यान्सरको ट्युमर विकाश हुन थाल्दा बित्तिकै त्यसको जानकारी प्रवाह गर्छ जबकी म्यामोग्राम प्रविधिबाट क्यान्सर पत्ता लगाउन त्यसरी क्यान्सर विकशित भएको ६ वर्षछि मात्र सम्भव हुन्छ । यो ब्रा ले स्तनमा भैरहेको तापक्रमको घटबढ, तन्तुहरुको विकाश लगायतका विषयमा पनि अनुगमन गर्ने बताइएको छ । फिलाडेल्पिmयाको युइ लाइफसाइन्स कम्पनीले बनाउने लागेको यो क्यान्सरप्रतिरोधी ब्रा सन् २०१३ मा बजारमा पठाउने लक्ष्य कम्पनीको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts