mainpageads

घलेलाई बचाउन जनजाति महासंघ क्यालिफोर्नियाको आग्रह

क्वालिफोर्निया । नेपाल आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाले मलेसियामा मृत्युदण्डको सजाय सुनाइएका हरि बहादुर घलेको जीवन रक्षाका लागि आग्रह गरेको छ । नेपाल आदिबासी जनजाती महासंघ क्यालिफोर्निया च्याप्टरका अध्यक्ष रेशम तामाङले एक विज्ञप्ती जारी गरी नुवाकोटका घलेलाई मृत्युदण्डको फैसलाप्रति दुख व्यक्त गर्नु भएको छ । उहाँले घलेलाई बचाउन महासंघका तर्फवाट गर्न महासंघले सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । महासंघले घलेको जीवन रक्षाका लागि कुटनीतिक पहल गरिदिन नेपाल सरकार, मलेसियास्थित नेपाली राजदूत तथा मानवअधिकारवादी संघसंस्थाहरुलाई आग्रह गरेको छ । घलेलाई मलेसियाको तल्लो अदातलले गरेको मृत्यु दण्डको फैसलालाई माथिल्लो सदनले सदर गरेको थियो । onlinekhabar


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts