mainpageads

तीनवटा ग्राउन्डेड जहाज सञ्चालन गर्ने एनएसीको तयारी

२६ असोज, काठमाण्डौ । राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमले ग्राउन्डेड अवस्थामा रहेका तीन वटा जहाज छिट्टै सञ्चालनमा ल्याउने तयारी थालेको छ । निगमले ग्राउन्डेड अवस्थामा रहेका ट्वीनअटर जहाजलाई मर्मत सम्भार गरी सञ्चालनमा ल्याउने तयारी गरेको हो । निगमले एक महिनाभित्रमा जहाजका इन्जिन मर्मतमा गरी जहाज सञ्चालनमा ल्याउन सकिने बताइएको छ । सामान्य मर्मत गरेर ग्राउन्डेड अवस्थामा रहेका जहाज सञ्चालनमा आउँछ भने किन सञ्चालन नगर्ने भन्ने उद्देश्यका साथ जहाजलाई सञ्चालनको लागि प्रक्रिया अगाडि बढाइएको निगमले जनाएको छ । निगमसँग रहेका सात वटा ट्वीनअटर जहाजमध्ये हाल ग्राउन्डेड अवस्थामा रहेका तीनवटा जहाज मर्मत गरी आन्तरिक गन्तव्यमा सेवा दिने तयारी गरिएको निगमका कायममुकायम महाप्रवन्धक राजुबहादुर केसीले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय जहाज खरिद प्रक्रिया अन्योलमा रहेको परिस्थितिमा आन्तरिक गन्तव्यमा सेवा विस्तार गरी नाफा आर्जन गरी निगम अघि बढ्न लागेको केसीले बताउनुभयो । सातवटा ट्वीनअटर जहाजमध्ये हाल दुईवटा जहाजले उडान गरिरहेका छन् भने दुईवटा तारा एयरलाई भाडामा दिइएको छ । ग्राउन्डेड तीनवटा जहाज सञ्चालनका लागि करिब १५ करोड रकम मर्मत खर्च लाग्ने निगमले जनाएको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts