mainpageads

पुरुषमा पनि हुन्छ स्तन क्यान्सर


महिलाहरुको हकमा स्तन क्यान्सर प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको छ । तर स्तन क्यान्सर केवल महिलाहरुमा मात्र होइन पुरुषहरुमा पनि हुनसक्छ । यद्यपि स्तन क्यान्सरका रोगी पुरुषहरुको संख्या निकै कम छ तथापि पुरुषहरुमा स्तन क्यान्सर भयो भने त्यो महिलाहरुमा भन्दापनि निकै जटिल हुने चिकित्सकहरु बताउँछन् । खासगरी ४० देखि ६० वर्ष उमेर समूहका पुरुषहरुमा क्यान्सरको जिवाणु विकाश हुने खतरा बढि हुन्छ । धेरै रक्सी खाने पुरुषहरु तथा अधिक मोटोपन र कलेजोमा समस्या भएका पुरुषहरुमा स्तन क्यान्सरको खतरा बढि हुने बताइन्छ । पुरुष क्यान्सरका लक्षणहरु छातिको स्तन क्षेत्रमा भारीपन महसुस हुनु तथा स्तनको आकार असामान्य बन्नु स्तन क्यान्सरको मुख्य लक्षण हो । यद्यपि पुरुषमा कहिलेकाहीँ हर्मोनको गडबडीले पनि स्तनको आकारमा फरकपन आउन सक्छ । तरपनि स्तनको आकारमा असामान्य परिवर्तन भयो भने तुरुन्त स्वास्थ्य संस्थामा गइ जाँच गराउनुपर्छ । यस्तै स्तनमा गाँठागुठी आउनु, स्तनको टुप्पोबाट रगत वा पिप बग्नु पनि पुरुषमा हुने स्तन क्यान्सरका लक्षणहरु हुन् । उपचार पुरुष र महिलामा स्तन क्यान्सरका लक्षण लगभग समान हुन्छन् । तर उपचार भने क्यान्सर कुन चरणको हो भन्ने कुरामा निर्भर रहन्छ । कतिपय अवस्थामा स्तन काटेर फाल्नुको विकल्प रहँदैन । तर कतिपय अवस्थामा लिम्फ नोड बायोस्पी, एडजस्ट थेरापी, रेडियसन थेरापी तथा केमोथेरापी जस्ता उपचार पनि स्तन क्यान्सरको उपचारमा कामयावी हुन्छन् ।
onlinekhabar


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts