mainpageads

रातभरमा सलमानलाई गलाइन् प्रियंकाले

बलिउडमा सलमान खान र पि्रयंका चोपडाबीचको सम्बन्धलाई पछिल्लो समय रहस्यमय तरिकाले हेर्न थालिएको छ । कहिले पि्रयंका सलमानको घर बाहिर देखा पर्छिन् तर कहिले सलमानले पि्रयंकालाई टि्वटरमा प्रोमोट गर्छन् । यी दुइबीचको यो लुकामारी अझ उचाइमा पुग्ने भएको छ, अर्थात् आफ्नो घरमा धाइरहने पि्रयंकाको गुनको पैँचो तिर्नका लागि सलमानले पि्रयंकालाई आफ्नो एउटा फिल्ममा खेलाउने भएका छन् । केही समयअघि पि्रयंकालाई सलमानको घरमा रंगेहात भेटाएपछि पत्रकारहरुले त्यसलाई समाचारको शीर्षक बनाए । सलमानले त्यो कुरालाई खासै ठूलो मानेनन् तर चोपडा भने मिडियासँग रिसले आगो भइन् । त्यसबेला सलमान खानको घरमा पि्रयंकाले किन रात बिताइन् होला ? भन्ने बारेमा विभिन्न टिकाटिप्पणी बाहिर आए । त्यो मधूर रातमा अरु के के भए त्यो त भगवानले जाने होलान् तर सायद सोही रात एउटा महत्वपूर्ण कुरामा यी दुइमा सहमति भएछ । त्यो भनेको सलमान र पि्रयंका एउटा फिल्ममा सँगै देखिने भएका छन् । सलमान र चोपडाको त्यो रातको भेटघाट कुनै व्यक्तिगत नभएर प्रोफेसनल मात्र थियो र उनीहरुले सोही भेटमा सलमानलाई गलाउन चोपडा सफल भइछन्, जसकाकारण सलमानले आफ्नो आगामी फिल्ममा चोपडालाई खेलाउन सहमत भएछन् । श्रोतका अनुसार सलमानको आसन्न फिल्ममा सलमान र पि्रयंकाबीच रोमान्स भएको देख्न पाइनेछ । उक्त फिल्म अरु कोही नभएर सलमानकै भाइ सोहेल खानले बनाउँदैछन् । यसअघि सोहेलले शेर खान शीर्षकको फिल्म बनाउने कुरा चलेको थियो । तर उनले त्यसअघि नै दक्षिण भारतीय फिल्म वृन्दावनको रिमेक बनाउने भएका छन् । सायद सोही फिल्ममा सलमान र चोपडाको रोमान्स समावेश हुनेछ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts