mainpageads

नेपालद्धारा हङकङसामू २ सय २६ रनको लक्ष्य प्रस्तुत

२३ असोज, काठमाडौं । एसीसी ट्रफी एलिट कप क्रिकेटमा नेपालले हङकङसामू २ सय २६ रनको लक्ष्य प्रस्तुत गरेको छ । हङकङले केहीबेरमा जवाफी व्याटिङ गर्नेछ । टस जितेर पहिले व्याटिङ थालेको नेपालले कप्तान पारस खड्काको अर्धसतकको मदतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय २५ रन बनायो । पारसले ५४ बलमा २ छक्का र ६ चौकाको मदतमा ६१ रन बनाए । अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउन नेपाललाई आजको खेल जित्नै पर्ने दबावमा छ । नेपाल ३ खेलबाट ४ अंकका साथ समूहको दोस्रो स्थानमा छ भने समान अंक जोडेको हङकङ रन रेटमा अघि रहँदै शीर्ष स्थानमा छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts