mainpageads

लौ हेर्नुस साहसिक यात्रा ..हेलिकप्टरबाट झर्दाझर्दै बच्चा

सुर्खेत, आश्विन २४ - बाजुराकी एक महिलाले हेलिकप्टरबाट ओर्लने क्रममा मंगलबार सुर्खेत विमानस्थलमै बच्चा जन्माएकी छन् । बाजुराको रुगिनस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन नसक्ने अवस्था आएपछि उनलाई हेलिकप्टरबाट सुर्खेत ल्याइएको थियो । रुगिनस्थित स्वास्थ्य संस्थामा सुत्केरीका लागि आएकी रुगिन ५ की २८ वर्षीया नानी बुढथापाको स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाई हेलिकप्टरबाट सुर्खेत ल्याइएको थियो । बाजुराको दुर्गम गाउँमा स्वास्थ्य सेवा पाउन नसक्ने अवस्था भएपछि आमा र बच्चाको सुरक्षाका लागि हेलिकप्टरबाट पत्नीलाई सुर्खेत ल्याएका दानबहादुर बुढथापाले हेलिकप्टरबाट ओर्लदाओर्लदै छोरा जन्मेको देखेका थिए । दानबहादुरले अस्पताल लैजान एम्बुलेन्समा राख्न हेलिकप्टरबाट ओराल्ने क्रममा बच्चा जन्मेको बताए । सालनाल नकाटेका कारण एम्बुलेन्समा जान नसक्ने भएपछि बच्चा जन्माएर हेलिकप्टर छेउ बसेकी उनले भनिन्, 'बाजुरामा बच्चा जन्माउन नसक्ने अवस्था भएपछि हेलिकप्टरमा सुर्खेत आइयो, यहाँ आउँदाआउँदै बच्चा जन्म्यो ।' स्थास्थ्य अवस्था कमजोर भएका कारण उपचारका लागि सुर्खेत ल्याउँदा विमानस्थलमै बच्चा जन्मे पनि बच्चा र आमाको अवस्था राम्रो भएको दानबहादुरले बताए । उनले भने, 'आमा र बच्चा दुवैलाई राम्रो भयो ।' सकुशल बच्चा जन्माएकी उनले स्थास्थ्य संस्थाको लापरवाहीका कारण झन्डै २ घन्टा विमानस्थलमा सालनालसहित विताउनुपर्‍यो । सालनाल नकाटेका कारण एम्बुलेन्समा राख्न नमिलेपछि स्वास्थ्यकर्मीको पर्खाइ धेरै समय लागेको थियो । नवजात शिशुकी आमा नानीले सुर्खेतमा आफ्नो चिनेको कोही नभएका हुनाले अस्पतालबाट स्वास्थ्यकर्मी बोलाउन सुरक्षाकर्मी र एयरलाइन्सका कर्मचारीलाई सहयोग मागेको बताइन् । स्वास्थ्यकर्मी ढिलो गरेको गुनासो गर्दै उनले भनिन्, 'सुत्ेकरी भएको डेढ घन्टा भयो, अहिलेसम्म आएनन् ।' विमानस्थलमा रहेका स्थानीय कमल गौतम र विमानस्थलका प्रहरीले सुत्केरी भएकी महिलाको उपचारका लागि पहलमा क्षेत्रीय अस्पतालका स्वास्थ्यकर्मीले सालनाल काटेपछि उनलाई थप उपचारका लागि क्षेत्रीय अस्पताल लगिएको थियो । हुम्लामा रहेको माउन्टेन एयरको हेलिकप्टरले बाजुरा गई रुगिन भन्ने ठाउँबाट दुई वटा डेलिभरी केश ल्याएको क्याप्टेन हीरा दाहालले बताए । युनिसेफले हुम्ला र बाजुराको सीमामा पर्ने रुगिनमा डेलिभरी भएकी महिलाको स्वास्थ्य अवस्था कमजोर भएको भन्दै उद्धार गर्न आग्रह गरेपछि आफूले त्यहाँबाट ल्याएको क्याप्टेन दाहालले बताए ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts