mainpageads

स्नायुरोगी निष्मालाई मलेसियावाट डेढ लाख रुपैयाँ सहयोग

क्वालालम्पुर । मलेसियामा रहेका नेपाली श्रमिकहरुले स्नायुरोगी नवलपरासीकी एक युवतीलाई डेढ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । नेपाल तमु समाजको पहलमा मलेसियामा कार्यरत नेपाली श्रमिहरुले स्नायुरोगी नवलपरासी नयाँ बेलहानी-२, की १६ वर्षीया निष्मा गुरुङलाई यहाँ संकलित १ लाख ५० हजार शनिबार रिलायवल फाइनान्सका रेमिट्यान्स प्रमुख अर्जुनबाबु तिवारीबाट निश्माका बुबाआमा श्रीप्रसाद गुरुङ र बेलकुमारी गुरुङलाई नयाँबसपार्क स्थित सोल्टी मनि ट्रान्सफरमा हस्तान्तरण गरेका हुन् । स्नायुसम्बन्धि रोग लागेर हातखुट्टा नचलेपछि निष्माको उपचारको क्रममा आर्थिक अभावमा राम्रोसंग उपचार हुन पाएको थिएन । मलेसियाका श्रमिकहरूबाट उठेको नेपाली पीडितलाई सोल्टी मनि ट्रान्सफरका प्रोप्राइटर कुसुम गुरुङबाट पनि ५ हजार रुपैयाँ सहयोग गरेकी थिइन् । नेपाल तमू समाज मलेसियाको सक्रियतामा नेपाली श्रमिकलगायत मलेसियन, इण्डोनेशियन, भियतनामी, बंगलादेशी, म्यानमार, पाकिस्तानी, भारत, फिलिपिन्सका श्रमिकहरूबाट आरएम ४ हजार ८ सय २५ उठाइएको थियो । कक्षा ७ मा पढ्दै विरामीले छोएपछि लामो समयसम्म उपचाररत रहेकोले आर्थिक अभाव भएपछि उनका बुबाले मलेसियास्थीत नेपाल तमू समाजसँग आग्रह गरेका थिए । समाजले यसभन्दा अगाडि पनि धेरै रोगी र पीडितहरूलाई सहयोग गर्दै आएको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts