रसायनशास्त्र तर्फको नोबेल पुरस्कार दुइ अमेरिकी वैज्ञानिकलाई
यो वर्षको रसायनशास्त्र तर्फको नोबेल पुरस्कार दुइजना अमेरिकी वैज्ञानिकलाई प्रदान गरिने भएको छ । मानव सरीरका कोषले कसरी वातावरणबाट चेतना ग्रहण गर्छन् भन्ने कुराको अनुसन्धान गर्ने अमेरिकी वैज्ञानिक रोबर्ट लिफकोविज र ब्रेइन कोबिल्कालाई संयुक्त रुपमा सन् २०१२ को रसायनशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको हो । यी दुइ वैज्ञानिकले कोषको भित्तामा रहने चेतना प्रापकहरु अर्थात् जी प्रोटिन रिसेप्टरका विषयमा अनुसन्धान गरेका थिए । मानव सरीरका कोष र वातावरण बीचको सम्पर्क तथा सरीरमा त्यसको प्रवाहका विषयमा महत्वपूर्ण खोज गरेबापत रोबर्ट र ब्रेइनलाई नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नोबेल कमिटीले जनाएको छ । नोबेल पुरस्कार पाउने मध्येका रोबर्ट अमेरिकाको हवार्ड हुज मेडिकल संस्थामा कार्यरत छन् भने कोबिल्का स्टानफोर्ड विश्वविद्यालयमा कार्यरत छन् ।



0 comments
Write Down Your Responses