mainpageads

अश्लील सन्देश पठाउनेलाई सिधै जेल

नयाँदिल्ली , आश्विन २६ - भारतमा महिलालाई अश्लील मल्टिमिडिया मेसेज वा इमेल पठाउनेलाई कम्तीमा ३ वर्ष सजाय हुने भएको छ । भारतीय प्रधानमन्त्री मनमोहन सिंहको अध्यक्षतमा बसेको मन्त्रिपरिषद् बैठकमा महिलासँग यौन दुव्र्यवहार गर्नेलाई रोक्न ऐनमा संशोधन प्रस्तावलाई स्वीकृत गरिएको छ । यस्तो गतिविधिमा संलग्नलाई दोषी पाइएमा सात वर्षसम्म जेल सजायको साथ भारी जरिवाना हुन सक्छ । प्रेमिकासँगको डेटिङमा, आपसी सहमतिमा भएको यौन सम्बन्धमा र चिकित्सकीय जाँचका क्रममा समेत विश्वासमा लिएर वा झुक्याएर यस्तो एमएमएस बनाउने क्रम बढेको छ । यो मामिलामा गाउँ पनि अछुतो छैन । श्रव्यदृश्य मिडिया र इलेक्ट्रोनिक मार्फत सम्प्रेषित गर्ने सामग्रीलाई छेकवार लगाउन कानुनको दायरालाई व्यापक बनाउनलाई यो संशोधन गरिएको सरकारले जनाएको छ । विद्यमान ऐनले छापा सञ्चारलाई मात्र छुने हुनाले यसको आवश्यकता परेको अधिकारीहरूले जनाएका छन् । यो संशोधन अनुरूप पहिलो पटक दोषी पाएमा ५० हजार रुपैयाँ जरिवाना र ३ वर्ष सजाय हुनेछ । यसअघि मात्र २ हजार रुपैयाँ जरिवानाको प्रावधान थियो । दोस्रो पटक दोषी प्रमाणित भएमा ७ वर्ष कैद र एकदेखि ५ लाख रुपैयाँसम्म जरिवाना हुने छ । प्रहरी निरीक्षकभन्दा मुनिको अधिकारीलाई खानतलासी गर्ने अधिकार नहुने यो संशोधनमा भनिएको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts