mainpageads

नेपाली कामदारलाई सहयोग गर्न एनआरएनए साउदीको प्रतिबद्धता

रियाद । गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति साउदी अरबले साउदीमा रहेका नेपाली श्रमिकहरुलाई पर्ने दुःखमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । एनआरएनए साउदी अरबको पुर्बी क्षेत्रिय समितिले अबकिक (ऐनाखेल)मा ‘कामदार साक्षात्कार’ कार्यक्रममा बोल्न अधिकाँश एनआरएनए साउदीका सदस्यहरुले साउदीमा रहेका नेपालीहरुलाई पर्ने हरेक दुःख सुखमा साथ दिने संस्था भएकोमा जोड दिएका थिए । एफएमक्यु कम्पनीमा कार्यरत ४० भन्दा बढी नेपालीहरूसंग सोही कम्पनीको रिक्रियसन हलमा गरिएको कार्यक्रममा श्रमिकहरुले साउदीमा भोग्ने गरेका समस्याहरुका वारेमा छलफल भएको थियो । कार्यक्रममा वोल्दै एनआरएनए साउदीका धरम के.सी, सह कोषाध्यक्ष नारायण पासवान र सदस्य सुनिल बख्रेलले सहभागी नेपाली कामदारहरूलाई एनआरएनएको संस्थागत परिचय दिंदै यो संस्था (एनआरएनए) ले कुनै पनि नेपाली कामदारहरूलाई दुख, आपद र अन्यायमा पर्दा सक्दो सहयोग पुर्‍याउने र आफ्नो तथा परिवारको खर्च टारेर दूई पैसा जोगाउन सक्नेहरूको सुखद भविश्यका लागि ‘सामुहिक लगानी’ कार्यक्रम ल्याएकाले एनआरएनए साउदी कामदारहरूको दु:खको र सुखको दुवैको साथी भएको वताएका थिए ।

आपसी ब्यक्तिगत परिचयबाट शुरू भएको कार्यक्रममा क्षेत्रिय समितिका अध्यक्ष मोहमद जैनुल अब्दिन र उपाध्यक्ष अच्छेलाल ठाकुरले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रमका सञ्चालन भने पुर्बी क्षेत्रिय समितिका सह सचिव केशब खडकाले गर्नुभएको थियो । कार्यक्रममा कामदारहरुले आफूहरुले अत्यन्त न्युन तलबमा काम गर्नुपरेको, ३ महिना सम्मको तलब कम्पनीले नै राखिदिने गरेको र गुनासाहरूको सुनुवाई कम्पनीमा नहुने जस्ता समस्याहरूमा पिल्सिनुपरेकोले गुनासो गरेको थिए । गुनासालाई सम्वोधन गर्दै एनआरएनए साउदी अरबका अध्यक्ष केसीले सामस्या समाधानका चारवटा विकल्प प्रस्तुत गरेका थिए । उनले कामदार आफैले कम्पनी मालिक समक्ष निबेदन दिने, आफुलाई पठाउने म्यानपावर कम्पनीलाई अनुरोध गर्ने, नेपाली दूतावासलाई निबेदन गर्ने र लेबर कोर्टमा उजुरी गर्न सकिने सुझाव दिएका थिए । केसीले निकास खोज्दा साउदी अरबमा कसैले पनि कम्पनि बिरूद्ध हडताल, बन्द जस्ता प्रतिबन्धित अभ्यास नगर्न र कुनैपनि अवस्थामा रोजगारदाता छोडेर भाग्ने निश्कर्षमा भने नपुग्न सचेत गराएका थिए । एनआरएनए साउदी अरब पीडित कामदारहरूलाई समाधानका हरेक चरणमा सक्दो सहयोग पुर्‍याउन तयार रहेको बताउंदै उनले सहयोगी भूमिका निर्बाह गर्नका लागि नै एनआरएनए साउदीले स्थानिय तहसम्म लेबर टास्क फोर्स कमिटीहरूको निर्माण गरेको जानकारी दिनुभयो । सहभागीहरूले एनआरएनले थालेको सामुहिक लगानीका वारेमा जिज्ञासा राखेका थिए ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts