mainpageads

टि्वटरलाई फेसबुक अकाउण्टसँग कसरी जोड्ने ? (फोटोफिचर सहित) आउनुहोस हामी सिकाउछौ

फेसबुक र टि्वटर दुइ मुख्य तथा लोकपि्रय सामाजिक संजाल हुन् । सामाजिक संजालमा रमाउन चाहनेमध्ये धेरैले फेसबुक र टि्वटर दुबैमा खाता खोलेकै हुन्छन् । खासगरी युवाहरुका बीच पछिल्लो समय टि्वटर आफ्नो कुरालाई सटिक ढंगले राख्ने माध्यमको रुपमा लोकप्रियता हासिल गरिरहेकेा छ, जबकी फेसबुकले पहिलेदेखिनै प्रसिद्धि पाएकै हो । यसरी फेसबुक र टि्वटर दुबैमा अकाउण्ट खोलेर बढिभन्दा बढि साथीहरुमाझ आफुलाई पूराउन युवापुस्ता लालायित छन् । अझ टि्वटर र फेसबुक दुबै अकाउण्टलाई एक आपसामा आबद्ध गर्न सकिने कारणले गर्दा सामाजिक संजालमा आफुलाई व्याप्त बनाउन युवायुवतीहरुलाई सजिलो भएको छ । आफ्नो टि्वटर र फेसबुक अकाउण्टलाई जोडेपछि तपाइँले टि्वटरमा टि्वट गरेका कुरा तपाइँको फेसबुक अकाउण्टमा पनि शेयर हुन्छन् । कसरी गर्ने टि्वटरलाई फेसबुकसँग कनेक्ट ? · आफ्नो टि्वटर अकाउण्ट खोल्नुहोस् र प्रोफाइल सेटिङ पेजमा जानुहोस् · प्रोफाइल सेटिङ पेजमा गएर पोस्ट अन फेसबुक नामक अप्सन छान्नुहोस् · फेसबुक अप्सनमा क्लिक गरेसँगै तपाइसामु फेसबुक लगइन अप्सन आउनेछ, जसमा तपाइँले आफ्नो फेसबुक युजर आइडी तथा पासवर्ड हाल्नुहोस् यदि तपाइँले फेसबुक लगइन गरिसक्नुभएकेा छ भने केवल कनेक्ट अप्सनमा क्लिक गर्दा हुन्छ फेसबुकमा टि्वटरको अनुमति लाई स्विकृति दिनुहोस् अर्थात् एलाओ अप्सनमा क्लिक गर्नुहोस् । तपाइँले आफ्नो टि्वटर अकाउण्टमा गरेको जुनसुकै टि्वट तपाइँको फेसबुक वालमा शेयर हुनेछ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts