mainpageads

नेपालको पुस्तकालय विश्वको उत्कृष्ट १० मा

२४ असोज, काठमाण्डौं । नवलपरासीको अग्यौली सामुदायिक स्रोत पुस्तकालय एसियाकै एक मात्र उत्कृष्ट र विश्वमा उत्कृष्ट १० पुस्तकालयभित्र परेको छ । अमेरिकाको वासिंटन डीसीस्थित इलेक्ट्रोनिक इन्फरमेसन फर लाइब्रेरिज (इआईएफएल) ले सञ्चालन गरेको कार्यक्रममा नेपालमा सञ्चालनमा रहेको सामुदायिक पुस्तकालय विश्वका १० उत्कृष्ट भित्र पर्न सफल भएको हो । ईआइएफएलले आयोजना गरेको कार्यक्रममा सो पुस्तकालयले १ हजार ५ सय अमेरिकी डलर नगद पुरस्कारसहित अवार्ड पाएको खबर राजधानी दैनिकले छापेको छ । रिड नेपालका कन्ट्री डाइरेक्टर सम्झना श्रेष्ठको नेतृत्वमा अमेरिका पुगी अग्यौली पुस्तकालयका पूर्वअध्यक्ष प्रेमबहादुर बस्नेतले सो अवार्ड ग्रहण गरेको रिड नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts