mainpageads

डोरीले घाँटीमा बाँधेर भर्खरै जन्मिएकी छोरीको हत्या


sisuलमजुङ,फागुन २१ । लमजुङमा एक महिलाले जन्म दिने वित्तिकै आफ्नै छोरीलाई डोरीले घाँटीमा बाँधेर हत्या गरेकी छिन् । धादिङ जिल्ला रि गाउँ विकास समिति वडा नम्बर ९ किच्यन गाउँ घर भई बेसीशहर बस्ने अन्दाजी १९ बर्षिया वाङ्चीमाया तामाङले सोमवार विहान तन्ना च्यातेर बनाएको डोरीले भर्खरै जन्मिएकी छोरीको हत्या गरेकी प्रहरीले जनाएको छ । वेसीशहरको झिङ्गेखोलामा रहेको एउटा होटलमा डेढ महिनादेखि काम गर्दै आएकी तामाङले विहान आफ्नै कोठामा जन्माएकी नवजात शिशुको घाँटीमा डोरीले बाँधेर हत्या गरेको प्रहरीको भनाई छ । गत कार्तिक महिनादेखि लमजुङमा आएर मजदुरी गर्दै आएकी तामाङ अविवाहित रहेको प्रहरीले जनाएको छ । विहान काम गर्न नआएपछि होटलधनीले उठाउने जाने क्रममा तामाङले ढोका नखोलेपछि जवर्जस्ती ढोका खोल्दा कोठा रगताम्य भएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले अस्पताल लाने भन्दै तामाङलाई उठाउने क्रममा महिलाले नवजात शिशुको घाँटीमा डोरीले बाँधेर मारेको भेटेका प्रहरीले जनाएको छ । शिशुको पोष्टमार्टमका लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ भने आमाको सोही अस्पतालमा उपचार भईरहेको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts