mainpageads

कुबेतमा एकै दिनमा दुर्इवटा सामाजिक र राजनीतिक संस्था जन्मिए

कुवेटसीटी । खाडी मुलुक कुबेतमा जति जति नेपालीहरु आउने क्रम बढेको छ। उति उति नै नेपाली संघ संस्था खुल्ने क्रम बढ्दो छ सामाजिक, खेलकुद, साँस्कृतिक, जातीय र राजनीतक संघ सस्थाहरुको संख्या कुबेतमा ३ दर्जन नागिसकेको छ । समाजिक कार्य गर्ने उद्देश्यका साथ नेपाल कुवेत मनकामना उपकार कोष गठन भएको छ। हरेक नेपाली सुख दुखमा साथ दिने र कुबेत स्थित सम्पूर्ण नेपाली संघसस्था सँग हातेमालो गर्दै अघि बढ्ने उद्देश्यका साथ शुक्रबार मुर्गाफमा भएको बिशेष भेलाले राजु भट्टराईको अध्यक्षतामा कार्यसमिति गठन गरिएको छ ।
जसको उपाध्याक्षमा- प्रेम गुरुङ, भवानी खुलाल, सचिब-ज्ञानेन्द्र गुरुङ, सह-सचिब- शुभ फुर्वा तामाङ्ग, कोषध्यक्ष-याम प्रसाद तिमिल्सिना, सह-कोसाध्यक्ष-राम कुमार लामा, एकराज पौडेल, शंकर नेपाल, रेशम गौतम, हुकुम शाही, रोम बहादुर ढकाल र नित्याननद सुबेदी चयन भएका छन भने मन्दिप गिरी, बिराज गुरुङ, राजेन्द्र रानाभाट र सुमन कार्कीलाई सलाल्हाकारमा छनोट गरिएको छ ।
 उता शुक्रबारै कुबेतमा नेकपा–माओबादी बैद्य पक्षिय बैदेशिक भात्रृसंगठन नेपाली जनप्रगतिशील मोर्चा बिधिबत रुपमा गठन भएको छ । शुक्रबार मुर्गाफको सोल्टी होटलमा सम्पन्न नेकपा- माओबादी (बैद्य पक्ष)मा आस्था राख्ने कुबेतमा कार्यरत नेपालीहरुको बिशेष भेला संयोजक दिपक बिस्टको अध्यक्षतामा सम्पन भएको थियो । सोही बिशेष भेलाले राजन घिमिरे अध्यक्ष रहेको १५ सदस्यीय कार्यसमिति समेत सर्बसहमत चयन गरेको छ।
समितिको अध्यक्षमा  राजन घिमिरे, उपाध्यक्षद्वयमा  हर्कसिंह आङ्ग्बो (बन्धु) र  मस्त बि.क., महासचिबमा  दिपक बिष्ट, सचिबमा  हेमराज उपाध्याय, कोषाध्यक्षमा शिब प्रसाद भण्डारी रहेका छन् । यसैगरी सदस्यहरु देबराज अधिकारी, चन्द भटराई, धौलज गिरी, भोज चापागाई, उधिराम वली, सुक बहादुर तामांग, फुल बहादुर बराम, हिमाल भण्डारी र कृष्ण गिरी रहेका छन । नबगठित कार्यसमिति पदाधिकारीलाई अनेस कुबेत च्यापटरका अध्यक्ष राजन रिमालले बधाई दिदै खादा ओढाएर सम्मान गरेका थिए। नेपाली राजनीतिक पाटीको बैदेशिक भात्रीसंगठनको रुपमा गठन भए पनि सामाजिक कार्यमा पनि सक्रिय रहदै कुबेत स्थित सम्पूर्ण नेपाली संघसस्थासँग हातेमालो गर्दै अघि बढ्ने कुरा मोर्चाका अध्यक्ष घिमिरेले जानकारी गराएका छन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts