आयो पारदर्शी कम्प्युटर, जसले तपाईसंग कुरा गर्छ
प्रविधीविद्ले एक यस्तो पारदर्शी
कम्प्युटर बनाएका छन्, जो तपाईको सिस्टमको भित्रसम्म पुग्ने र डिजिटल
कन्टेन्टलाई छोएर तपाईको कल्पनालाई आफ्नो हिसावले ढाल्ने सुविधा दिन्छ ।
लस एन्जसलमा टीईडीको कन्फ्रेन्समा यस
कम्प्युटरको प्रारम्भिक स्वरुपबारे जानकारी दिइएको छ । बोष्टनको
मासाचुसेट्स इन्सटिच्यूट अफ टेक्नोलोजिबाट स्नातक तथा माइक्रोसफ्ट कम्पनीमा
इन्टर्नसीप गरेका जिन्हा लीले यस्तो पारदर्शी कम्पुटरको अबधारणा अघि
ल्याएका छन् ।
‘स्पेसटप थ्री डी डेस्कटप’ बनाउन जुटेका
लीले यो आबिस्कार पूर्ण हुन एक दशकसम्म लाग्न सक्ने बताएका छन् । यो
कम्प्युटरले प्रयोगकर्ताहरुलाई मेशिनसँग सम्वाद गर्ने मौका समेत दिनेछ । यो
सिस्टममा एक पारदर्शी एलईडी डिस्प्ले हुनेछ, जसमा इन बिल्ट क्यामेरा
लगाइएको हुन्छ । यो क्यामेराले प्रयोगकर्ताको हाउभाउ र आँखाको गति अनुसार
आफूलाई एडजस्ट गर्छ ।
यो सिस्टम मानिसको बस्तुसँग सम्बाद
स्थापित गर्ने आवश्यकतालाई लिएर डिजाइन गरिएको हो । यो आबिस्कारले मूर्तरुप
लिएमा आगामी दशकमा कम्प्युटरको क्षेत्रमा अर्को क्रान्ति हुने बीबीसीले
जनाएको छ ।

0 comments
Write Down Your Responses