mainpageads

प्रेमको शुरुवात सेक्सबाट ...

संसारमा सबैभन्दा मीठो, प्रिय शब्द कुन हो भनेर सोध्यो भने अधिकांशको जवाफ ‘प्रेम’ भन्ने आउँछ । साँच्चैभन्दा हामी प्रेमकै कारण जीवन जिइरहेका हुन्छौँ ।

प्रेमका प्रकार र प्रकृतिमा फरक–फरक हुन्छ । बुबाआमा, दाजुभाइ, दिदीबहिनी, इष्टमित्र, साथीसंगीलाई गर्ने प्रेम पनि फरक हुन्छ तर सबैसँग गर्ने प्रेम निकै चोखो र मीठो हुन्छ । अझ प्रेमिकासँग गर्ने प्रेम त सबैभन्दा माथि हुन्छ, चोखो हुन्छ ।
यस्तो चोखो मायालाई अझ गाढा बनाउन सेक्सका महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसैले पनि सेक्सलाई प्रेम अभिव्यक्तिको अन्तिम बिन्दु भनिन्छ । तर अब भने व्यवहारमा यो भनाइभन्दा ठीकविपरीत हुन थालेको छ ।
केही अगाडिसम्म पहिले प्रेम त्यसपछि सेक्स हुन्थ्यो तर अब भने पहिले सेक्स अनिमात्र प्रेम हुन थालेको छ । अर्थात् प्रेमको सुरुआत नै सेक्सबाट हुन थालेको छ । लन्डनमा हालै भएको एक अध्ययनले यस्तो तथ्य फेला पारेको हो ।
प्रेम सम्बन्धमा बाँधिएका चार हजारभन्दा बढी जोडीबीच गरिएको सो अध्ययनमा सहभागी अधिकांशले प्रेमको सुरुवातताका नै सेक्स गरेको बताएका थिए । प्रविधिको विकास र सेक्सलाई हेर्ने दृष्टिकोण खुकुलो भएकोले पनि प्रेमभन्दा पहिले सेक्स गर्ने संस्कृतिको विकास भइरहेको अध्ययनको निष्कर्ष छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts