mainpageads

पारसले बोल्न र पानी पिउन थाले (विज्ञप्तिसहित) भेण्टिलेटर हटाइयो


२१ फागुन, काठमाण्डौ । थाइल्याण्डमा उपचार गराईरहेका पूर्व युवराज पारस शाहले आजदेखि आफैं पिउन र कुरा गर्न थालेका छन् ।
हृदयघातपछि दुई सातादेखि थाइल्याण्डको समित्भेज अस्पतालमा उपचार गराईरहेका पारसको अबस्थाबारे सोमबार अपरान्ह अस्पतालले जारी गरेको बिज्ञप्तिमा भनिएको छ- उहाँ पुरै होसमा आउनुभएको र कुरा गर्न पनि थाल्नुभएको छ । आज बिहानदेखि उहाँले आफैं पानी पिउन थाल्नुभयो ।’
यद्यपी उहाँको दिमाग र नसाको अबस्थाबारे एमआरई पश्चात केही दिनपछि मात्र भन्न सकिने अस्पतालले बताएको छ । स्थीतिमा सुधार ल्याउन पारसको फिजियो थेरापीसमेत गर्नुपर्ने उपचारमा संलग्न मुटुरोग बिशेषज्ञ मान चान्दाभिमोल र स्नायुरोग बिशेषज्ञ सोङचाई चिन्वातान्कुलले जारी गरेको संयुक्त प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
करिव दुई सातादेखि उपचार गराईरहेका पारसको शनिवार होस खुलेको र आइतवारदेखि उहाँलाई भेण्टिलेटरबिनै उपचार गराउन थालिएको बिज्ञप्तिमा उल्लेख छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts