mainpageads

प्रोमोमा त यस्तो छ, फिल्ममा कस्तो होला ? (भिडियो)

वैशाख १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रिङरोड’ को प्रोमो हेरेपछि धेरैको मनमा विभिन्न कुरा उत्पन्न हुन सक्छ । काठमाण्डौको रिङरोड भित्र हुने विभिन्न खालका गतिविधीलाई उठान गरेको यो चलचित्रको प्रोमोमा केही नयाँ खालका प्रयोग भएको देखिन्छ ।विजय गोपाल दलीको निर्माणमा तयार भएको चलचित्रलाई सन्तोष ढकाल र समुन्द्र भट्टले संयुक्त रुपमा निर्देशन गरेका हुन् । चलचित्रमा राम केसीको नृत्य, प्रकाश महत्तको छायांकन, रमन गायकको संवाद तथा संगीत, शकुन्तला रसाइलीको कथा समावेश छ ।
चलचित्रमा अधिकांश नयाँ कलाकारको अभिनय छ । चलचित्रमा नायक सुरज आरडीलाई देख्न सकिन्छ । यस्तै नायिका जिया केसीले एक गीतमा आइटम नृत्य गरेकी छिन् । चलचित्रको प्रोमो हेर्दा सिनेमा केही भिन्न रहेको वुझ्न सकिन्छ ।


1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts